नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

बुद्ध तिमी नफर्किनु

           
बुद्ध तिमी नफर्किनु यहाँ यस्तो बेहाल छ ॥
सराप्या छन सतीले पल्किएको काल छ ॥

जसै तिमी फर्कने छौ स्वागत गर्न तिमीलाई
 तड्पाई तड्पाई मार्ने षडयन्त्रको जाल छ ॥

उहिले जस्तो छैन ,छँदै छैन हिजोआज नेपाल
पुरानो त केभो केभो ऐले नयाँ नेपाल छ ॥

यत्रतत्र हत्या,हिँसा, आतङ्क र डर  उस्तै
 भिज्यो जमिन रगतले हेरे हुन्छ लाल छ ॥

 जतिसुकै मैँ हुँ भन टिक्न कसरी सक्लाऊ ?
कसले टेर्छ दर्शन तिम्रा हेर फालाफाल छ ॥

बिर्सिए हुन्छ तिमीले  अब यो जन्मभूमि
मान्छे छैनन् कोही यहाँ पशुहरू झै चाल छ ॥

No comments:

Post a Comment