नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, May 26, 2015

यो बात बुझियो

केहि रहेनछ जीन्दगी, यो बात बुझियो ॥
आजै यौटा यस्तो रहश्य हठात बुझियो ॥

गाड़ीमा सर्ररर हुईकिने, महलमा बस्ऩेको
आखिर के नै रहेछ र औकात बुझियो ॥

मेरो मनको यौटा कौतुहल मेटिइयो- अब
कस्ता हुन्छ्न् चिसो सड़कका रात बुझियो ॥

ज्युँदा जन्ती मर्दा मलामी जान्छु भन्नेहरुमा
कसले समायो हात, कसले दियो लात बुझियो ॥

सर्बश्रेष्ठ बुद्धिजीवी मै हुँ भन मान्छे कै
यस्तो गरी सुक्दो रहेछ - आँत बुझियो ॥

दाजु भन्नुहुन्थ्यो-भाई अचम्मै छ दैवको खेला
कसरी ह-यो क्षण भरमै त्यत्रो जमात बुझियो ॥


                                         - शंकर निरौला 'निरक्षर'
                                                  फत्तेपुर, सप्तरी ।

Thursday, May 7, 2015

'नेपाली गजलको बर्तमान बस्तुस्थिति'

नेपाली साहित्यमा गजललाई तुलनात्मक रुपमा नयाँ बिधा मान्नुपर्छ । यसको  मोटामोटी ईतिहास मोतिराम भट्ट कालीन समयसम्म पुगेको छ । थोरै समयमा यो बिधाले नेपाली साहित्यका अन्य अन्य बिधाभन्दा बढि नै चर्चा परिचर्चा कमाएको छ । अहिले प्राय: सबैलाई गजल बिधाले चुम्बकले आफुतिर तानेझै तानेको छ भन्दा अत्युत्ति नहोला । साहित्यमा लागेका र अलिअलि लेख्नेहरूले त गजल प्रति चाख दिने नै भए, नलेख्ने र साहित्यको 'स' समेत नथापाएकाहरू गजल सुन्न मन पराउँछन् । यो  गजलको  यौटा सकारात्मक पाटो हो । गजलको प्रभाव र शत्ति भनेको पनि यहि नै हो ।

                     ज्ञानुवाकर पौडेल यौटा यस्तो नाम हो नेपाली गजलमा जसलाई छुटाए नेपाली गजल अपुरै अधुरै हुन्छ । हो, उनकै भनाई अनुसार नेपालमा 'अहिले गजलको बाढि नै आएको छ ।'
 बाढी आउनु एक किसिमले राम्रो पनि हो । यसले पाखा पखेराका फोहोर पात पतिङ्गर सारालाई बगाएर लैजान्छ र  खोला स्वच्छ सफा हुन्छ । यो जुन बाढी आएको छ त्यो बिस्तारै सङ्लीदै जानेछ र सङ्लीदै गएको बताउछन् स्थापित गजलकारहरू ।

                         साँच्चै अहिले गजलको बाढि यस्तो गरि आएको छ कि यसले सबैलाई बगाउन थालेको छ । भन्नुको तात्पर्य यो हो कि जसलाई पनि गजल लेख्ने बन्नु परेको छ । गजल लेख्नु परेको छ । लेखि टोपल्नु परेको छ । साहित्यमा रूचि हुने, साहित्यिक पुस्तकहरू पढ्ने र यसो कहिलेकाही फाट्टफुट्ट लेख्नेहरूले त गजल लेख्छु भन्नु , गजल लेख्न खोज्नु र गजल लेख्नु सामान्य कुरो नै भयो तर यहाँ  यस्ता यस्ता नव-गजल श्रष्ठाहरू जन्मदै छन् जसलाई साहित्य केहो ? साहित्यमा केचै हुनैपर्छ ? के भएपछि साहित्य 'साहित्य' बन्छ ? भन्ने जस्ता कुरासँग कुनै सरोकार छैन । बस् कम्तिमा यौटा गजल संग्रह आफ्नो नाममा छपाउन पाईयोस् त्यति भए पुग्यो । अनि त आफु गजलकार भइगईयो । त्यसपछि त कसले - 'तँ गजलकार होइनस् भन्न सक्ला र ?'
                कुनै पनि रचना कोर्नु, लेख्नु, लेख्न खोज्नु, लेख्न रूचाउनु राम्रै कुरो हो । नराम्रो भन्न मिल्दैन र भन्नु हुँदैन पनि  । साहित्य प्रतिको लगावले कोहि कसैलाई आजसम्म बिगारेको ईतिहास छैन र बिगार्दैन पनि । बरू साहित्यको संगतमा बिग्रिएका पनि सुध्रिएका धेरै उदाहरण छन् । तर कुरा के भने गजल लेख्न रहर गर्नेहरूले कम्तिमा गजलका बारेमा अध्यन गरून, बुझुन, थाहा पाउन् । त्यसपछि मात्र गजल लेखुन् भन्ने सम्मको मत हो -यो पंतिकारको । समग्र बिश्व साहित्य , नेपाली साहित्यको अध्यन गर्नैपर्छ भन्ने तर्क अनिबार्य होला / नहोला ।त्यसका सम्बन्धमा छुट्टै बहस गर्न सकिन्छ तर कम्तिमा गजल के हो ? यसको केकस्तो संरचना हुन्छ ? यसका तत्वहरू केके हुन् ? त्यसमा कुन कुन अनिबार्य छन् ? कुन नभए पनि गजल 'गजल' हुन सक्छ ? जस्ता आधारभुत, न्युनतम र अनिबार्य कुरा त जान्नैपर्छ । अनि पो श्रस्टाले बाचन गर्दा पनि आनन्द आउँछ, सुन्ने- सुन्नेलाई आनन्द । पाठक -पाठकलाई आनन्द । गजल भनिएको तर गजल संरचनाको छेऊटुप्पो कै पनि नमिल्ने खालका अचम्मका गजल लेख्नेहरू पनि भेटिन्छन - आजभोलि ।

             अध्ययन नगरी लेख्नेहरूको बस्तु स्थिति त माथि अबगत भइहाल्यो । अध्ययन गरेकाहरू पनि परिमार्जित हुन नसकिरहेको भान हुन्छ । बिभिन्न साहित्यिक समारोह ,गोष्टीमा छलफल तथा बहस चल्दा एक दुई ओटा गजल संग्रह निकाल्न भ्याइसकेका, अरूले तपाई भन्नुभन्दा पहिले नै आफुले आफैलाई 'मपाई' भन्ने गजलकार ज्युहरूले गजलको शिर्षक हुँदैन भनेर जित्ने गरेका छन् । यो पंतिकारको मत छ हिजोका दिनमा हामीभन्दा अघिल्ला गजलकारको समयमा श्रृङ्गारिक भावधारामा अधिकांश गजल लेखिन्थ्यो । ति बाहेकका अन्य बिषयमा फाट्टफुट्ट मात्रै लेखिन्थ्यो । श्रृङ्गारिक भाबधारामा कि त  संयोगको अबस्था रहन्छ या त बियोगको । बस यत्ति । ति बाहेक अरू कुनै तेस्रो बिकल्प हुनै सक्दैन । त्यस कारण गजलको शिर्षक राख्नु आश्यक देखिएन, राखिएन । आज गजलले श्रृङ्गारिक भाबधाराको सिमा तोडेर धर्म, कला, राजनिति, दर्शन, समाज, संस्कृति, अंतरिक्ष, बिज्ञान लगायत संसारका हरेक क्षेत्रलाई छुन पुगेको छ, छोएको छ । यस्तो परिस्थितिमा कसरी गजलको शिर्षक केबल 'गजल' लेख्न मिल्छ ? पंतिकार नेपाली साहित्यको बिद्यार्थी । सानैदेखि आज पर्यन्त हरेक साहित्य कृतिको शिर्षक हुन्छ अर्थात टाउको हुन्छ भन्ने बाक्य पढ्दै, घोक्दै आयो । आज जब गजलको संदर्भ जोडियो तब कसरी गजलको शिर्षक हुदैन भनेर भन्न मिल्छ ? के टाउको बिनाको मान्छे संभव छ ? छ भने पंतिकारले भन्नु केहि छैन । तर यदि छैन भने गजलका संदर्भमा पनि यो नियम लागु हुनुपर्छ । उहिलेका गजलकारले शिर्षक राखेका छैनन तसर्थ हामीले पनि राख्नु हुदैन, मिल्दैन भन्ने तर्क गर्नु भनेको बिरालो बाधेर श्राद्ध गर्नु सरह हो भन्ने लाग्छ यो पंत्तिकारलाई । समय या भनौँ युगसँग परिमार्जित हुँदै जान सक्नुपर्छ । त्यसरी परिमार्जित हुँदै जानेहरू मात्रै लक्ष्यमा पुग्छन् । गन्तब्यमा पुग्छन । नत्र त बिलिन हुनु बाहेकको अरू कै बिकल्प छैन । सबैलाई चेतना भया ।

              गजल चोरहरुको बिगबिगी पनि बढ्दै जान थालेको छ । यौटा आफ्नै अनुभव राखौँ -यहाँ । यो पंतिकारले आफ्ना साथीहरूसँग मिलेर सामाजिक संजाल फेसबुकमा यौटा साहित्यिक समुह बनाएको छ । उत्त समूहमा देश बिदेशका लगभग पाँच हजार ब्यति आबद्ध छन् । उत्त समुहको खातामा हरेक दिन चालीस पचासको संख्यामा गजल प्राप्त हुन्छ । ति गजल हाम्रो समुहले यौटा 'वेब साइटमा' आजिबनका लागि संग्रहित गर्ने गर्छ । यहाँ यो कुरा उठान गर्नुको पछाडिको कारण केहो भने त्यसरी प्राप्त हुने गजलहरुमा कति गजल त यो पंत्तिकारकै  हुन्छन । तर दुख लाग्छ कोहि अर्कैको नाम धरेर आएको हुन्छ -ति आफ्नै गजलले । सामाजिक संजालमा तपाई हामी आफ्ना रचना  सेयर गर्ने  गर्छौ । यो पंत्तिकार पनि अपवाद हैन । धेरै साथीभाई इस्टमित्रहरूको प्रतिकृयाले आफ्ना रचना अझ खारिन्छ भन्ने ठानेर त्यसरी हजारौँमा बाडीन्छ । यो पंतिकारले मात्रै हैन आजभोलि धेरैले त्यसो गर्न थालेका छन् । तर बिडम्बना त्यही रचना जुन आफ्नो हो -अरुकै नाम धरेर आईपुग्छ । सायद त्यो बिभिन्न साथि, त्यो साथिको पनि अर्को साथि हुदै उत्त ब्यत्तिसम्म पुगेको हुनुपर्छ । र चलाख भनाउँदाहरूले आफ्नो चलाखी (मुर्खता?) देखाउदै उत्त रचनामा आफ्नो दुई शब्दको नाम थर टासेँर पठाइदिन्छन् । जब त्यसरी गजल प्राप्त हुन्छ तब 'त्यो गजल मेरै हो' भनेर दाबी गर्न सकिने आधार  हुदैन ।  या भनौ आफुसंग त्यस्तो कुनै प्रमाण हुँदैन जसले उत्त रचना पंतिकारकै हो भनी दाबी गर्न सकियोस् । किनकी केबल डाईरीमा लेखिएको हुन्छ र सामाजिक संजालमा बाडिएको हुन्छ । कहि कत्तै प्रकाशित भइसकेको पनि हुँदैन तसर्थ लिखित प्रमाण पनि भएन । हुन त यो मुलुकमा 'कपिराईट' सम्बन्धी ऐन नियम  भएको कुरा पनि यदाकदा सुन्नमा पाईन्छ तर बडेबडे लेखक रचनाकारका रचना त खुलेआम 'कपि पेस्ट' भईरहेको बेलामा हामी जस्ता भाराभुरे, सिकारू लेखकको कपिराईटको कसलाई चिन्ता ?
                               मेरै रचना हो भनी दाबी गर्ने उत्त महासयसँग सोझै आमने सामने कुरा गरौँ न त भन्दा आरोप लाग्छ -'ए अरूको राम्रो गजल जतिलाई मेरो गजल भन्ने ? आफ्नो गजल भनी हकदाबी गर्ने ?' बडो असमञ्जसमा पर्छौ हामी, हाम्रो समुह । त्यसपछि नारायण गोपालको 'मुटुमाथि ढुङ्गा राखी हास्नु प-या छ ' गित गाउदै जोजसको नाममा जुन गजल प्राप्त भएको छ, आँखा चिम्लेर सिधै राखिदिने गर्न थालेका छौँ । थाहा छ यो मौन स्विकृतिले गलत संस्कारको बिकास हुँदैछ तर गर्ने के ? कानुन ,नियम मान्ने कसले ?

भनिन्छ कुनै पनि रचनाकारका लागि  उसको रचना आफ्ना छोराछोरी सरह हो । या भनौँ छोराछोरी नै हो तर आफ्नै छोराछोरिलाई जब कोहि कसैले मेरो भनि हक दाबी गर्छ तब अभिभाबको ,मातापिताको हबिगत के होला ? तपाई आफै बिचार गर्नुहोस। यो त भो लुकिछिपि, अरूको आंखा छलेर रचना चोर्ने प्रबृति । यो पंतिकारको प्रसङ्गमा मात्र हैन पंतिकार जस्ता सयौँ सिकारू लेखक श्रष्ठाले भोग्दै आएको राम कहानी हो यो । एक एकको गरी सुनाउन थाले निकै लामो सूचि बन्छ पंतिकारजस्ता पिडितहरूको । कतिपय फेरी कस्ता हुन्छन् भने- भाडाका गजलकार । आफु गजल लेख्न नजान्ने तर अरुअरुकै गजल मागेर काम चलाउने । माग्न पनि बिना कुनै हिच्किचाहट यसरी माग्छन् मानौँ की एक छिनका लागि कलम मागिएको होस् । त्यसरी मागिएको गजलले महाशयहरूलाई प्रतियोगिता जित्नु परेको हुन्छ । म पनि गजल लेख्छु, गजलकार हुँ भनी देखाउनु परेको हुन्छ ।

                               यसरी आज जो पनि आफुलाई गजलकार भनाउन लागि परेका छन् । अलीअली लेख्नेहरूले कनिकुथी गजल संग्रह निकाल्छन त नसक्ने नजान्नेहरु अरुअरूको गजल मागेर काम चलाउँछन् । गजल संग्रह निकाल्नु गलत हो भन्ने आशय होईन र त्यस्तो आशय हुनु पनि हुदैन । पंतिकारको भनाई के मात्र हो भने संख्यामा हैन गुणात्मकतामा ध्यान दिऔँ । कसैले गजल संग्रह छपाउदैमा राम्रो गजलकार भै हालिने पनि होइन । फेरी कसैको गजल संग्रह प्रकाशित भएको छैन भन्दैमा ऊ गजलकार नै होईन भनी भन्न पनि सकिन्न । स्रष्टाको रचनामा त्यो शत्ति हुनुपर्छ जसले सिङ्गो युगको प्रतिनिधित्व गरोस् । रचनाले जनबोली जनभावनाको अभिब्यति देओस् । जनस्तरको वकालत गरोस् । तब मात्र उत्त रचनाका सहारामा श्रष्टा जुगजुग अमर रहन्छ अजर रहन्छ । शंकर लामिछानेले मात्र 25 पानाको यौटै निबन्ध संग्रह - 'एब्स्ट्र्याक चिन्तन प्याज' भन्ने लेखेका छन् त्यही 25 पानाको लेखनीको भरमा नेपाली निबन्धमा तहल्कै मच्चाइ दिए । आजसम्म पनि त्यो तहल्काको महसुस हुन्छ । तसर्थ आफु उत्क्रिष्ट बन्ने तर्फ लागौँ । आफ्नो रचनालाई मथ्ने निखार्ने खार्ने काम गरौँ । रचना दमदार भए 25 पानाको भरमा सिङ्गो साहित्य आकाश हल्लाउन सकिन्छ भन्ने कुराको प्रमाण त तिनै लामिछानेले मजाले दिएर गएका छन् ।

                    यौटा अज्ञात लेखकले  राम्रो कथनी भनेर गएका छन् जुन निकै मनन योग्य छ भन्ने लाग्छ यो प्रसङ्गमा- 'खराब लेखक हुनु भन्दा राम्रो पाठक हुनु धेरै जाति ।'

जिन्दगी झुरजस्तो लाग्छ


अब त यो जिन्दगी झुरजस्तो लाग्छ ॥
आफ्नै छाँया पनि दुरजस्तो लाग्छ ॥

तिमीसँगै हुँदा लाग्थ्यो जीबन सकिदैनँ
 तर आज किनकिन क्षणभङ्गुरजस्तो लाग्छ ॥

स्वाद पटक्कै छैन अचेल किन जीब्रोमा ?
 गुलिया सबचिज अमिलो अङ्गुरजस्तो लाग्छ ॥

म बद्लीएँ या बद्लीएको हो त्यो गाइने ?
सबै-सबै गीत उसका बेसुरजस्तो लाग्छ ॥

हिजोसम्मको आफ्नै लाग्ने यो सुकेधारा
नचिनेको नजानेको भत्तपुर जस्तो लाग्छ ॥

'खुशी को रहस्य'


 जीवनका सन्दर्भमा जीवनवादीहरू, दर्शनवादिहरू भन्ने गर्छन " तपाईंको जिबनलाई अरु कोही कसैको जिबन सँग तुलना नगरनुस्  "
 तपाईंको जीबन केबलतपाईंको मात्रै हो त्यसैले त्यो केबल तपाईंको जस्तो छ । अरू कोहि कसैको जस्तो छैन र अरुकोजस्तो हुँदैन पनि, हुनै सक्दैन ।  तपाईंको दु:ख- सुख  अरूभन्दा पृथक छन् । तपाईंको अबस्था केबल तपाईंको अबस्था हो ,  तेसैले तपाईंको आफ्नो जिबन अरु कोही कैसैको जिबन सँग तुलना नगरनुस् । 

तर यो पङ्तिकार ति जिबन्वादी दर्शनबादी को मान्यता भन्दा ठीक बिपरित मान्यता राख्दछ ।यसलाई  'तुलनावादी  सिध्धान्त' पनि भन्न सकिन्छ ।  यो  सिध्धान्त ले के भन्छ भने
- तपाईं जिबनमा सुख सन्तुस्टी चाहानु हुन्छ भने  भने तपाईं आफ्नो जिबनको तुलना कुनै अर्को ब्याक्ती सँग गर्नुस् । या आफ्नो बर्तमान अवस्था को तुलना कुनै ब्याक्तिको अर्को अवस्था सँग गर्नुस् । अब को सँग तुलना गर्ने र कस्को कस्तो अवस्थासँग तुलना गर्ने ? यो कुरा जान्नका लागि यहाँ छोटो कथा राखौ -  .

                                   ....................................................

एक चोटी बुद्धको आश्रममा बिहान बिहानै यौटा कुरामा छलफल हुदै थियो । छलफलको बिषय थियो कुन शिष्य कुन गाउमा भिक्षा माग्न जाने । यो यो शिष्य यो यो गाउँमा जाने भनेर निर्णय भो तर यौटा यस्तो गाउँ थियो जहाँ चोर, फटाहा, लफङ्गाको रजाई थियो ।  हो ,त्यो गाउँमा जान कोही पनि शिष्य तयार भएनन ।
अन्तीममा
पछाडीबाट यौटा शिष्य बोल्यो -" गुरुवर म जान्छु त्यो गाउँमा ।" बुद्धले पनि सोचे ' ठिकै छ कोही न कोही त जानै पर्थ्यो यो शिष्य जाने भएछ ।'
बुद्ध : ठिकै छ तिमि आज देखी एक मैनाका लागि त्यो गाउमा जानेछौँ ।
निर्णभो । सबै आफ्नो आफ्नो भागमा परेको गाऊँतिर लागे ।

भोली पल्ट फेरी बिहान नित्य प्रार्थनाको समय भो  ।त्यो युवक लाइ देखेर बुद्ध छक्क परे । ऊ त सामान्य  मुद्रामा देखिन्छ फेरी उसको यौटा हात पनि भाँचिएको छ ,
बुद्ध : बालक के हो ? के भो तिमीलाई ?
छेऊको अर्को शिष्य बोल्यो- गुरुवर हिजो त्यो गाउँमा भिक्षा माग्न जाँदा उँहामाथि कै युवाले जथाभाबी गरेछन, कुटेछन गुरुवर !
बुद्ध :त्यो त ठिक छ तर यो बालकलाई तिनीहरुले कुटे ,लछारपटार गरे त्यो  हात पनि भाचिदिए तै पनी सामान्य मुद्रामा छ किन ?
उत्तर शिष्य: गुरुवर म खुसी यो कारणले छु कि ति उत्श्रृङखल युवाहरुले मेरो यौटा मात्र हात भाँचिदिए । तिनिहरूले चाहेका भए दुबै भाँचिदिन सक्थे मार्न पनि सक्थे  तर  त्यस्तो गरेनन् दया देखाए ।त्यसैले म खुसी छु गुरुवर।

बुद्ध : लौ अब आज त्यो गाउमा अर्को को जान्छ त ?
  उत्त शिष्य: गुरुवर मै गईहाल्छु नि !

सबै बाटो लागे ।
भोलीपल्ट बिहान फेरी प्रार्थना समयमा भेट हुन्छ ।
बुद्ध : बालक आज पनि खुसी नै छौ किन ? आज अर्को पनि हात भाँचिदिएछन त ?

शिष्य:  गुरुवर  म खुसी यस कारणले छु कि मेरो दुईटा हात मात्र भाँचिदिए । तिनीहरुले चाहेका भए मेरो खुट्टा पनि भाच्न सक्थे तर दया देखाए ममा ।तेसैले खुसी छु गुरुवर ।

यति भनि आज पनि त्यही शिष्य त्यो गाऊँ जाने भो -स्वईच्छाले ।

भोलिपल्ट बिहान ।
 ति उत्श्रृङखल गाउलेले त्यो भिक्षुको यौटा खुट्टा पनि भाँचिदिए छन ।
बुद्ध :बालक हिजो तिम्रा खुट्टा भाँचेनन् भन्दै खुसि थियौ आज त  त्यो यौटा खुट्टो भाँचिदिएछन  तै पनि खुसी नै देखिन्छौ त किन ?

शिष्य : गुरूवर म खुसी यो कारणलेछु कि तिनीहरुले मेरो यौटा मात्र खुट्टो भाँचे अर्कोलाइ त कै पनि गरेनन तिनीहरुले चाहेका भए दुईटै भाच्न सक्थे तर दया गरे तेसैले खुसी छु गुरुवर ।

आजको दिन पनि आफु नै त्यो गाउ जाने ढिपी कस्यो -त्यो शिष्यले ।

भोलीपल्ट बिहान । त्यो शिष्य त्याहाँ देखिएन । बुद्धले सोधपुछ गर्दा थाहा भो कुटी मै थला परेर बसेको छ । त्याहा पुगे ।
बुद्ध :बालक आज त यो तिम्रो अर्को खुट्टो पनि भाचीदिएछन । पुरै जिउ भरि घाऊ नै घाऊ छ । तै पनि तिमी खुसी नै देख्छु किन ?
शिष्य: गुरुवर म खुसी यो कारणले छु कि तिनिहरुले मेरो हात खुट्टा मात्र भाँचे । तिनीहरूले चाहेका भए मलाइ त्यही मारिदिन सक्थे । तर तेसो नगरी दया देखाए । तेसैले खुसी छु गूरूवर ।

बुद्ध : अनि तिम्लाइ त्याहीँ मारि दिएका भए त दुखि हुन्थ्यौ कि ?
शिष्य : हैन गुरुदेव मलाइ त्यहि मारीदिएका भए पनि म खुसी नै हुन्थे किनकी मलाइ तिनीहरु आजका दिनमा मारे जब कि सुरू कै दिनमा पनि मार्न सक्थे । तर दया देखाए ।

बुद्ध कै बोलेन । बोले त केबल यौटा बाक्य । त्यो पनि  मनमनै - ' मैले दिएको शिक्षा  यौटा चै शिष्यले चै ग्रहण गरेछ है ।'

......................................................................

घटना जुनसुकै हुन् तपैले आफुलाइ को र कस्तो अबस्थासँग तुलना गर्नुहुन्छ त्यसले निर्धारण गर्छ तपाईको सुख अनि दु:ख । त्यो शिष्यले 'आफ्नो स्थिति अझ खराब हुन सक्थ्यो तर भएन 'भनेर खुसी मनायो ।
त्यहि घटनालाइ ' बेकारमा गईएछ । नजाने चै सद्दे छन् म बाठ्ठो भएर गएको यस्तो भो ! मेरा मित्र सबै ठिकै छन आफु चै अपाङ्गो भइने भो ' हो , यो तरिकाले त्यो शिष्यले सोचेको भा पक्का पनि दुखि हून्थ्यो ।तर उसले उसको अबस्था अझ खराब हुन सक्ने स्थितिसँग तुलना ग-यो र खुसी नै भो ।

तसर्थ सुख यै हो दुख यै हो भनेर भन्नै सकिन्न ।यो तपाईंको तुलना वादी दृष्‍टिकोणमा भर पर्दछ  ।

संसारमा कोही पनि बिद्वान छैन । र कोही पनि मुर्ख छैन । कोहि पनि धनी छैन कोही पनि गरिब छैन । कोही पनि राम्रो छैन । र कोही पनि नराम्रो छैन । कोही ठुलो छैन कोही सानो छैन ।
  हो,  फलानो भन्दा फलानो ठुलो होला , फलानो भन्दा फलानो जान्ने होला । फलानो भन्दा फलानो मुर्ख होला । फलानो भन्दा फलानो ठुलो सानो होला ।तर आफैमा ठुलो -सानो ,जान्ने- नजान्ने, मुर्ख- बिद्वान हुँदैन ।

  तसर्थ यो तुलनावादी दिध्धान्त  को निष्कर्श के हो भने सूख- दुख, धनी- गरिब, असल- खराब, राम्रो- नराम्रो, ठुलो- सानो, कालो -गोरो ,बिद्वान- मुर्ख भन्ने हुँदै हुदैन । त्यो कुरा आफैमा भर पर्दैन बरु त्यो कुरो तिसँग भरपर्छ जोसँग तपै तुलना गर्नु हुन्छ ।
कालो बस्तु पनि त्योभन्दा झन कालो बस्तुसँग तुलना गर्दा गोरो भईदिन्छ ।

जस्तो तपैसँग ऐले गोजीमा हजार रूपैयाँ छ । अब तपै दुखि हुने कि खुसी ?
यो तपैको हेराइमा भर पर्छ अर्थात तुलनामा भर पर्छ । मानौ अहिले साथमा तपाईंसँग १० हजार रुपैया छ अब यस्तो अवस्थामा यदि तपाईंले  लाख रुपैया बोकेको मान्छेसँग आफुलाई तुलना गर्नु भो भने पक्कै दुखि हुनुहुनेछ ।
तर त्यही बेला तपैले एक सुक्का पनि गोजीमा नभएकाहरूसँग आफुलाई तुलना गर्नु भो भने म लेखेरै दिन्छु तपै पक्का खुसी हुनुहुनेछ । यो त यौटा उदाहरण मात्र हो  'तुलनावादी   सिध्धान्त' को। यदी यो तुलनावादी  सिध्धान्तको रहस्यलाई सुक्ष्म रुपमा बुझियो भने खुशीको रहस्य बुझिए सरी हुनेछ । मान्छेका जिबनमा बर्तमान अवस्थामा देखा परेका यावत तनाब, निरासा, असन्तुस्टी, बैर्भाब,द्वन्द जस्ता तत्वहरुले ठाउ नै पाउने छैनन । 



-


-शंकर निरौला 'निरक्षर'

..


पिरैपिरमा छ जीबन

    खै के भनुँ म पिरैपिरमा छ जीबन ॥
  उम्कनै नसकिने जंजिरमा छ जीबन ॥
   साथीसंगी सबै जना शिखर उक्ली सके
मेरै मात्रै किन आधार शिबिरमा छ जीबन ॥

"आमा"


लिने हैन सदा दिइरहने काम जसको छ । ।
'आमा' भन्ने दुइ अक्षरको नाम जसको छ । ।

उनै मेरी आमा हुन्, ब्रम्हा बिस्णु महेश्वर
मेरो शिरमा उज्यालो घाम जसको छ । ।

त्यो मान्छे थाक्दैन- यो कुरो बुझ्नु तिमीले
आफ्ना सारा इन्दृय फलाम जसको छ । ।

पर्दा पछाडिको यौटा परिचय -भुल्छन सबै
दानिहरुको भिडमा गुमनाम जसको छ । ।

गुरु भन्नुहुन्थ्यो - बाबु हो, उनै हाम्री आमा हुन्
सन्तानको सन्तुस्टिमा पूर्णबिराम जसको छ । ।

यौटा दुर्लभ सपना



हिजो राती यौटा अनौठो सपना देखेँ ।त्यस्तो सपना कहिल्यै देखेको थिइनँ र देख्नु पनी नपरोस ।

 मेरो त्यो दुर्लभ सपनामा दुई ब्यात्तीहरू  थिए सोफामा बसेका। यौटा थिए अरबिन्द केजरीवाल ,भारतका आम आदमी पाटिका नेता ,जो दिल्लीका नायक भएका छन् ।अर्का भने नेपालकै नामुद नेता ।तथाकथित राजनितिक नेतृत्वकर्ता ,जसलाई रातदिन हेर्दाहेर्दा ,सुन्दासुन्दा देख्दादेख्दा  वाक्क दिक्क प्याक्क भएको थिएँ । केजरीबाल शान्त, भद्र, मुद्रामा नेपाली नेता कड्कीएको सुन्दै थिए । नेपालीको स्वाभाब न हो बोल्न पाएँ भनेर एकोहोरो बोलिरहेका- केजरीवालतिर औला ठड्याउँदै :

" बुझिस अरबिन्द ! तैँले के ठानेको छस् आफूलाई ? ठुलै ठानिस कि क्या हो ? यो त तेरो भाग्य हो कि म जस्तो महान नेतासँग सँगै बस्न पाको छस् ।मलाई चानचुने मान्छे ठानेको तैँले ?  म अरुजस्तो हैन छैन । अझ तिमीहरु जस्तो त हुँदैहैन । म त बीर छू । महान छु ।  म तिमीहरुजस्तो झुक्दीनँ । र रुक्दीनँ । लुटिन्न म ।म त अगाडी बढिरहन्छु कुनै पनि हालतमा ।

तिमिहरु जस्तो कमजोर दिलको छुईनँ म । देशका साना साना मुद्धामा पनि आँसु चुवाइहाल्ने मानौँ की आफन्तै मरेको छ भरखर । म तिमीहरू जस्तो छुईन । छुट्टै छु, बेग्लै छु ,बिशेष छु, खास छु, पृथक छु ।

तिमीहरु सामान्य मुद्दालाइ राष्ट्रीय मुद्दा बनाउछौ । यौटा सामुहिक बलात्कारको घटनामा पुरै देश उल्टन्छौ- ब्यर्थै । त्यसबाट तँलाई के फाइदा भो ? कै भएन । तेरो देशलाइ फाइदा भयो होला । माटोलाइ फाईदा भयो होला ।तर तँलाई कै न कै !

मलाई हेर म राष्ट्रीय मुद्दालाइ पनि कति सजिलै सामान्य घरायसी मूद्दा बनाईदिन्छु ।

तँ जस्ता आम आदमी त म यत्तिकै 15 बीस लाखमा किनि दिन्छु ,बेचीदिन्छु ।
तिमेरको देश सबैभन्दा ठुलो प्रजातान्त्रीक देश भन्छौ हैन ? खै म त कै  स्वतन्त्रता देख्दीनँ । यसो खुलेआम दश बाह्र जना मार्न पाईयोस् ।अभरपर्दा दुइ नम्बरी काम गर्न पाइयोस् । अनि पो मजा हुन्छ स्वतन्त्रताको । नत्र त के को स्वतन्त्रता ?

मेरो देशमा हेर् कत्रा कत्रा कस्ता खोलाहरू झोलामा बोकि हिन्छौ हामी  के तिमीहरूको आँट छ ?
-छैन र हुँदैन पनि पानीमरूवाको के  आँट हुनु र ?

खासमा तेरो र मेरो स्तरै मिल्दैन ।कहाँ को म कहाँको तँ । तेरो यो सर्ट र पाइन्टको मुल्य कति ? यो स्वीटरको मुल्य कति ? धेरै भए हजार होला हैन ? यी यँहा हेर मेरो यो कालो कोट लंडनमा किनेको अस्ती घुम्न जाँदा । यो पेन्ट युएसमा किनेको । दाम पनि के सुनाऊ ? भैगो डलरमा छ ।

  तेरो छोरो कहाँ छ ? त्यै दिल्लीमा होला हैन ? मेरो छोरो अमेरिकामा पढ्छ । छोरी लंडन जादैंछे एक मैनापछि । तेरो संपति कति छ ? लाखमा होला हैन ?
 मेरो बिलियन डलरमा छ  । कति ओटा जिरो हुन्छ था छ बिलियनमा ?

आफ्नो औकात हेरेर कुरा गर । तिमीहरू कमजोर,
पानीमरूवा,
 ब्रिटिसको गुलाम,
 भएर बस्यौ  ।झुक्यौ ।रोयौ । ब्रिटिसबाट लुटियौ ।................"

त्यसपछि तिन चार वाक्य भनेको थियो अलि प्रष्ट सुनिनँ -मैलै ।त्यति भनेर त्यो तथाकथित नेपाली नेता उठेर बाहिर  गयो ।

XXXXXXXXXXX

त्यसको आधाघण्टासम्म अरबिन्द केजरीबाल आसु झार्दै बसिरहे । निकै नै अपहेलित भएको महसुस गरेछन् कि भनि मैले  भने-
" अरबिन्द सर , उसके तरफ से मेँ आपसे माफी मांगता हुँ । उसने बहुत बुरा काहा । माफ करदिजिएगा ।"

अरबिन्द केजरीवालले भने
" बेटा निरक्षर ,  उसने मुझे भलाबुरा कांहा यिसलिए ये आँसु नहि बेहरहे हे ।मैँ तो ये सोचकर रो पडा की जिस देशके नेता ऐसा हे ,उस देशकी जनताका भबिश्य क्या होगा  "

-कुरा बुझ्दै जाँदा थाहा भो अगि जाँदाजादै ति हाम्रा नेताले  भनेको तीन चार लाईन यी रैछन्-
- " म तँ जस्तो झुक्दीनँ बरू झुकाउँछु- देशलाईं।
 - म तँजस्तो रूक्दीनँ बरू रुकाउँछु- देशलाई ।
- म  तँ जस्तो लुटिन्नँ बरु लुटाउँछु -देशलाई।
- म बीर योद्दा हुँ रूदिनँ बरू रुवाउछु -देशलाई 


-nirakshar

हल्ला धेरै भो


काम कुरो छैन केहि हल्ला धेरै भो ॥
 बास्ने भाले छैन यौटै चल्ला धेरै भो ॥

निर्णायक बहस आजसम्मै, हुन सकेन
 अर्थहिन र बेतुकका सल्लाह धेरै भो ॥

 किन उम्रिएन बाली -रहस्य बुझियो
फुक्का धुलो माटोभन्दा डल्ला धेरै भो ॥

जगको आधारमा घर ठड्याउनु पर्छ
लहडमा थपिएका तल्ला धेरै भो ॥

कबिता : स्वदेश फर्क युवा

झ्याउरे छन्दमा रचित

देशको भार सिङ्गै संसार थेग्नुछ युवाले
यो राष्ट्र हाम्रो बन्दैछ कालो बिदेशी धुँवाले ।
परदेशी बन्ने  किन हो यस्तो चलेको लहर
गाउँ र बस्ती शुन्य छ आज उस्तै छ शहर॥

हिमाल रित्तो तराई रित्तो रितो छ पहाड
कसैको कता कसैको कता जिन्दगी उजाड।
हिरा र मोति फलाऊ अब नेपाली माटोमा
भोलिका पुस्ता हिड्नेछ तब यो तिम्रो बाटोमा ॥

यौटाले थाले अर्कोले थाल्छ उठ्नेछ जमात
समृद्ध सभ्य बन्नेछ भोलि यहि गाऊँ समाज॥

turning point जिन्दगीको

ती महान ब्यात्तीत्वहरू जसले इतिहासका पानामा आफ्नो नाम दर्ज गरेर गए  हो , ती सबका जिन्दगीमा  turning point आएकै हुन् ।जसले तिनीहरूलाई महान यात्रामा होम्न लगायो ।घटनाहरू सामान्य नै हुने गर्छन । बरीपरीका परीदृश्य सामान्य नै हुने गर्छन्  तर तिनै सामान्य घटना नै turning point भईदिन्छ तिनीहरूको जिन्दगीका निमित्त ।

 जापानीज उपन्यासकार हारूकी मुराकामीको कुरो गरौँ ।
 उनी सामान्य मान्छे थिए । सामान्य जागिर गरो घरमा यताउता सघायो दिन बितायो । एकदिन फुटबल खेल हेर्न रंगशालामा गए । उनले सपोर्ट गरेको टिमले अन्तीम समयमा बल्ल गोल गयो जुरूक्क उठे उनी यौटा सोच आयो '' मैले कै गर्नैपर्छ ।'' बस् यत्ती ।
 अनी उनी हतारीदै घर आएर लेख थाले । यसरी लेख्न थाले कि मानौँ म्याराथन चलिरहेछ लेखाईको । 
आज  उनका दर्जनौँ उपन्यास world wide best seller  भएका छन् । उनी अझै लेखिरहेकै छन् ।
 फुटबल तपै हामीले पनि हेरेकै हौँ । गोल गरेको हामीले पनी देखेकै छौं । तर हामीले देखेको गोल गराई turning point बन्न सकेन ,मुराकामीका लागी त्यही turning point बन्यो 

।अर्का महान कथाकार खलील जिब्रानको turning point हेरौँ । खलील जडिया थिए । दिनभरी भट्टीमै दारु पिउदै दिन बिताउथे । एक दिन दारू पिउदै गर्दा यौटा सोच आयो र भटाभट त्यहीँ कथा कल्पीन थाले । आज उनका हजार भन्दा बढी कथा छन र सबै उत्क्रीष्ट । जसमध्ये सय ओटा जति यो पंत्तीकारले पनि पढेको छ ।हामीले पनि साथीभाइकासाथ पेग लडाएकै हौँ । त्याहा हामीले turning point भेटेनौ तर खलीलले त्यहीँ turning point भेटे जीन्दगीको ।

 बाल्मीकीको प्रसङ्ग पनि जोडिहालौँ । रत्नाकार नाम गरेका डाकु थियो यौटा जसको नाम सुन्दै सारा थर्कमान हुन्थे । एकदिन  यौटा प्रश्न आयो त्यो डाकुमा  के तिमीले गरेको पापको भोगी तीम्रा परिबार पनि छन त ? बस यत्ती यौटा प्रश्न  थियो जसले डाकुलाई बाल्मीकी बनायो । हो तिनै बाल्मीकी जसले सस्कृतको रामायण लेखे ।

 भानुभत्तको प्रसङ्ग तपै हामीलाइ थाहै छ जसले घासीसँगको पाँच मिनेटको बार्तालापमा जिन्दगीको turning point भेटे । उनले क्या मिठो गरी कबितैमा भनेका छन्

भरजन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस भनेर कुवा खनायो ।
घाँसी दरीद्र घरको तर बुद्धि कस्तो
म भानुभत्त धनी भैकन पनि आज यस्तो ॥

त्यसपछि आदिकबि भानुभत्तले के गरे त्यो तपै हामी सबैलाई सर्बबिदित्तै छ । घाँसी हामीले पनि देखेकै छौँ । तर हामीले केही भेटेनौँ जहाँ भानुभत्तले turning point भेटे । म पनि खोजीरहेछु खोजीरहेछु जिन्दगीको turning point ।  खोजीका क्रममा कैले  भौतारिदै पुग्छु आर्यघाटमा जलिरहेका लास हेर्न सायद त्याहाँ पो छ की मेरो turning point भन्दै । कैले पुग्छु बृद्धाआश्रममा आईरन नगरीएका मुहार हेर्न त्यता पो भेटिन्छ कि भन्दै । तर मैले त  आजसम्म भेटेको छुइनँ त्यो turning point । सायद तपैले पो भेट्नु भो कि  तपैको जिन्दगीको turning point ?

-nirakshar

देश बन्न केके चाहिन्छ?


देश बन्न गतिलो आधार चाहिन्छ ॥

धरमर हैन दृढ़ बिचार चाहिन्छ ॥

 संकुचित मन बोकेर हुँदै हुँदैन बिकास

 त्यसका लागि हृदय उदार चाहिन्छ ॥

योजना परियोजना सफल पारी छाड्न

 शत्तिशाली र स्थिर सरकार चाहिन्छ ॥

सधैँ नेता ज्युको गुण, गाएर मात्रै हुन्न

जनताको चेतावनी खबरदार चाहिन्छ ॥

 नेता ज्युमा यो चेत हुनैपर्छ- अब

 मलाई जस्तै जनतालाई दरबार चाहिन्छ ॥

देश दुखिरहन्छ .....


आजभोलि बिहान उठेदेखि बेलुकी नसुतीञ्जेल सम्मै देश दुखिरहन्छ 
।घरी अखबारका पानामा देश दुख्छ
 घरी टेलीभिजनमा देश दुख्छ 
।घरी बाटोमा देश दुख्छ घरी स्कुल कलेजमा देश दुख्छ ।
अनि घरी त्रिभुवन बिमानस्थलमा बिदेशिन लागेका युवाहरूको दृश्य देख्दा देश दुख्छ ।

 देश हिजो पनि दुखेकै थियो आज पनि दुखैकै छ । हिजो पंचायतको नाममा दुख्यो देश । कैले माओबादिका नाममा त कैले मधेश बिद्रोहका नाममा र आज सत्ता र पदका नाममा ,संबिधान सभाका नाममा दुखीरहेको छ । यो दुखाई तपाई हाम्रो मात्र रैछ । आम नेपालीको रैछ । तथाकथित राजनीतिक दलको , नेताको रहेनछ ।

सतिले सरापेको देश भनेर भन्छन् होला पनि आशंका गर्ने ठाउँ धेरै छ । छिमेकी राष्ट्र चिनले चन्द्रमा यान पु-यायो । भारत त्यसको पछिपछी छ । 
हाम्रो नेपाल ...........
? नेपाल हिजो पनि निर्वाचन र जनमतकै भुवरीमा घुमिरह्यो आज पनि त्यहीँ घुमिरहेको छ । संबिधान सभाको दोस्रो निर्बाचन भयो  ।एक बर्षमा संबिधान दिन्छौँ भनेर सबैले आफ्नो घोषणापत्रमा भनेकै हुन् ।  प्रतक्ष निर्बाचन भएको डेढ महिना हुँदैगर्दा भर्खर भर्खर निर्बाचनको प्रकृया टुङ्गीन खोज्दैछ ।  अब फेरि संबिधान सभाको पैलो बैठक कसले बोलाउने भन्ने कुरामा बिबाद चुलिदै छ । बिवाद त्याहाँ पनि छ ।

 निर्बाचन अघिका पार्टी धमाधमा फुट्ने लक्षण देखाउदैछन्  । यौटा शत्ती संबिधानसभामा छैन । भएका बिच पनि कुरो मिल्ने छाँट देखिदैन । हुन त संख्यात्मक गणनामा बहुमत पु-याएर संबिधान त बन्ला तर बनेकै दिन सो जलाईए त्यसको अर्थ के , ? निर्बाचनमा खर्चीएको अर्बौ रूपैयाको जिम्मा यी राजनितीक पाटीले लीने कि नलिने ? लिनुपर्छ कि पर्दैन ।खेर गएको अमुल्य समय के तिनीहरू फिर्ता दिन सक्छन् ?

हामी नेपाली कति सोझा छौँ ।सपना बाँड्नेका पछी पछी दौडिन्छौँ । हामी सबै नेपालीलाई बौलाहा कुकुरले टोकेको छ  नत्र  हिजो कै पाटि हुन हिजो कै मान्छेहरू हुन् ती मान्छेको प्रवृति पनि त्यही हो  तै पनि हामी तिनीहरूकै आश गरिरहेका छौं । आँपको बोटमा सुन्तला फल्छ कि भनी आश गरि बसेका छौँ । राजनितीमा असंभब भन्ने हुँदैन भन्छन् सायद तेसैले पो हो कि त नेपालीहरू एकोहोरो आशा गरि बसेका ?आजको आँपको बोटमा भरे भोली सुन्तला फली पो हाल्छ की ? आशा गरिबसेका छौँ हामी । आशा गर्नु बाहेक बिकल्प नै के छ र हामीमा ?

यो त भो भोली होला कि भन्ने आशा ।

 तर अहिले ....?
  देख दुखिरहेछ । माटो दुखीरहेछ र
 दुखिरहेछ सीमानाका सीमास्तम्भहरू जुन हरेक रात गायब हुन्छन् रहस्यमय तरीकाबाट ।

COPYright: निरक्षर निरौला

जुत्ता चप्पल रोजे झैँ

    जुत्ता चप्पल रोजे झैँ रोजेर जानेलाई ॥
 अँह,म रोक्दै रोक्दिनँ निहु खोजेर जानेलाई ॥
         खाँटी कुरो केहो मै सँग बुझ्नु पर्थ्यो
        बाहिर बाहिर अरूसँग सोधेर जानेलाई ॥

'नसोध देशको हाल कस्तो छ '

(बिबिसी  नेपाली सेवामा प्रसारित) 

के भनुँ म तिमीलाई देशको हाल कस्तो छ ॥
देश हाँक्ने यी (ना)मर्दहरुको चाल कस्तो छ ॥

बिहानीले दिनको सङ्केत गर्छ भन्ने सुनेथेँ
 तिमी आफै जान  आउने साल कस्तो छ ॥

 ए, बिदेशीने मित्र यौटा आग्रह छ मेरो
नसोध भो हिजोआज नेपाल कस्तो छ ॥

खोक्रो पार्न तम्सेका छन् धमिराहरू यहाँ
भनी साध्य छैन यसको संजाल कस्तो छ ॥

धेरै जना थाकी सके सोध्दा सोध्दा मलाई
तिम्रो हाम्रो जीन्दगीको सवाल कस्तो छ ॥

हात्ती पढेरै ठुलो भा को हो

हिजो
कक्षा पाचमा फेल हुँदा
घरका सबैले
वरपरकाले गाली गर्दा
ऊ भन्थ्यो- " के हात्ती पढेर ठुलो भा'को हो ?"

हिजो SLC फेल हुँदा
अनि
 तीन तीन बर्ष लगाएर
बल्ल बल्ल
 SLC पास हुँदा
 फेरी भन्थ्यो ऊ -" के हाती पढेर ठुलो भा 'को हो ?"
हिजो कलेज बंक गरेर बाहिर बाहार डुलि हिडेको
 आफ्ना आफन्तले देख्दा
अझै ऊ भन्थ्यो -" के हात्ती पढेर ठुलो भा को हो ?"
आज
पाच हजारको जागिर पाइने
यौटे आधार-  सर्टिफीकेट
अर्थात त्यही खोस्टो
उसँग नभएर
 आफै सडकमा
 एक्लै भन्दै हिडेको छ-"  हात्ती पढेरै ठुलो भा को हो । "
हिजो र आजमा
मात्र अलिकति
 हो ,मात्र अलिकति फरक छ
हिजो त्यही कुरा भन्थ्यो- तर त्यो प्रश्न हुन्थ्यो
 आज त्यही कुरो भन्दैछ- तर त्यो  उतर भएको छ  ।

शहर टेक्दै छु म

   मेरो सुन्दर गाऊ छोडी शहर टेक्दै छु म ॥
 जे देखेँ सोही कुरो आज लेख्दै छु म ॥
 बा,तिमी भन्थेऊ शहरमा ठूला मान्छे बस्छन्

    मान्छे हैन बरू यहाँ पशु देख्दै छु म ॥

अन्य

निरक्षरले चलाउदै गरेका केहि blog (website) का लिस्टहरु तल दिइएका छन । केबल एक click भरमा ति  तमामblog (website ) मा जान सक्नुहुन्छ :-------


Sakhubani Post e-magazine
1. www.sakhubani.blogspot.com
             सखुबनी गाऊ -जहाँ म हुर्केँ बढेँ र यत्रो भएँ । मेरो गाउलाई चिनाऊन मैले केहि त गर्नै पर्छ भनेर यो Blog तयार गरियो । त्याहाँ तपाईले सखुबनी गाऊका फोटो भिडियो , अनि सखुबनिका भाई बहिनीका लेख (जुन नागरिक कोपिला लगायत पत्रिकामा छापिईसकेका छन्) ति तपाईले त्याहाँ पढ्न पाऊनुहुनेछ ।



     The Pashupati Campus [the one and only campus]
2. www.pashupaticampus.blogspot.com
              यौटा त्यस्तो Blog जस्ले पशुपति क्याम्पसका कार्यक्रम , यहाँका गतिबिधि र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बारेमा जानकारि गराऊँछ । समग्रमा पशुपति क्याम्पसको जानकारि गराऊछ ।


      गजल डाईरी_ gajal diary
3.  www.gajaldiary.blogspot.com
           तपाई साथिभाई कै समसामयिक गजलहरू प्रकाशन हुन्छन् यहाँ । तपाई पनि गजल दिन चाहानुहुन्छ भने मलाई संपर्क गर्नु होला ।e-mail: niraulanirakshar@gmail.com
Contact : 977-9843584348
facebook:   निरक्षर निरौला (niraula nirakshar)



       The Motivation World
4. www.11speech.blogspot.com
         कसैलाई प्रेरणा दिनू उत्प्रेरणा जगाउनू चानचुने कुरो हैन । तर यसमा मेरो यौटा सानो प्रयास तपैलाई जगाउनलाई , तपाईलाई उठाउनलाई । तपाइलाई inspired गर्नलाई ।




अन्तरवार्ता ब्लग_antarbarta blog
5.  www.antarbarta.blogspot.com
         देशका बिभीन्न गन्यमान्य साहित्यीक ब्यातित्वसँग लिईएको अन्तरबार्ता तपाइले यहा पढन पाउनुहुनेछ ।के तपैले पढ्नु भो के ?




हाँस्य ब्याङ्ग्य गजल संग्रह (रमाईलो गजल )
6 .www.ramailogajal.blogspot.com
           समसामयिक राजनितिक सामाजिक आदि क्षेत्रलाई ब्यङ्ग्य गरिएको एबम् हाँस्य ब्यङ्ग्य गजल पढ्नका लागि एक पटक तपैले क्लीक गर्नै पर्ने Blog ।



     हाम्रो साहित्य_नेपाली साहित्य
7. www.hamroshahitya.blogspot.com
            समसामयिक लेखकका उत्क्रीष्ट गजल कबिता मुत्तक हाईकु गित आदिको संकलन । के तपैले पढ्नु भो त ?


     'जीन्दगी बाँच्नु मात्र छ ' ई गजल सङ्ग्रह
8.  www.nnkogajal.blogspot.com
        यौटा ई गजल सङ्ग्रह हो यो जसमा 20 ओटा गजल समेटिएका छन् । यौटा नया सोच ईन्टरनेट दुनियाँमा इ- गजल संग्रह आर्थात ईन्टरनेट गजल संग्रह ।




      Chhadke aakho_छड्के आँखो [बैचारिक स्तम्भ ]
9www.chhadkeaakho.blogspot.com
          यो यौटा स्तम्भ हो जहाँ नियमित रूपमा  लेख छापिन्छन् साप्ताहिक रूपमा ।
'छड्को आँखो ' अर्थात यौटा तेर्सो हेराई । अर्थात यौटा बेग्लै हेराई । यौटा बेग्लै सोच । यौटा बेग्लै बिचार जसले तपाइलाई एकछिन घोरिएर सोच्न बाध्य तुल्याउन सक्छ ।
एक पटक पढ्नै पर्ने ईन्टरनेट स्तम्भ ।


      निरक्षर निरौलाका कविताहरू
10. www.nnkokabita.blogspot.com
           कविता के हो र कसरी लेखिन्छ थाहा छैन । अनि मैले लेखेका कविता के साँच्चीकै कविता भए त ? म आफैलाई थाहा छैन तर पनि म लेखिरहेछु ।औसी पुर्णे गर्दै । निर्णय गर्ने काम तपैको ।औला ठड्याउने काम तपैको । गाली गर्ने अनी यसरी हैन यसरी पो त हो भन्ने काम अब तपाईको ।


       नेपाली बाककला PMC
  11.  www.nepalibakkala.blogspot.com
     -यो यौटा त्यस्तो website हो जहाँ पशुपति बहूमूखि क्याम्पसमा नेपाली बाककला बिषय पढाऊदाका sound track हरू राखिएको छ । कसरी बोल्ने ? बोल्ने कला के हो ? यी यावत कुराको उत्तर तपैले यहाँ भेट्नुहुनेछ ।


तयारी कक्षा { लोकसेवा बिसेस ]
12.www.tayarikaksha.blogspot.com
लोकसेवा आयोगको तयारीमा लाग्नुहुने महानु भाबले यो Blog मा धेरै सामाग्री पढ्न पाऊनु हुनेछ ।


   श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह

13.www.shraprini.blogspot.com
      श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
यो यौटा त्यस्तो वेबसाईट हो जहाँ तीन जना नेपाली साहित्यका सिकारू बिद्यार्थी आबद्ध छन् । श्र =श्रमिक ,पृ= पृथक ,नि= निरक्षर ।यहाँ तिनै जनाका साहित्यीक रचना नियमित रूपमा छापिन्छन् ।





: अन्य केही  blog (website) हरू ब्याक्तिगत प्रायोजन का लागि भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ।  



निरक्षरका तस्बिरहरू

ज्योतिष बा भन्देऊ

ज्योतिष बा भन्देऊ मलाई डिभी पर्छ पर्दैन ॥
 जुत्ता किन्दा उपहारमा टिभी पर्छ पर्दैन ॥
सुनेको छु धेरै छन रे बौलाउने कारण

 तिनै कारणहरू भित्र बिवी पर्छ पर्दैन ॥

देश चिच्याउँदा



जब देश 
चिच्याऊँछ
 मरे मरेँ भन्दै कराऊछ 
आफ्नो अस्तीत्व गुमाई
 चुपचाप मौन बसी 
सुँक्क गर्दै 
कतै अश्रु धारा  बगाउँछ 
तब 
म केवल दर्शक बनी हेर्न बाध्य छु 
 घरी घरी सोध्छु आफैलाई
  के यो म मै हुँ ?
 या कुनै लास हो
 जसले कुनै प्रतिक्रीया गर्दैन
 बस् लाचार लडिरहन्छ
 आफ्नो उपस्थीति जनाई 
केबल सोकको माहौल बनाईरहन्छ ।

अरे नाममे क्या लगा रखा हे ?

मलाइ थुप्रै महानुभावहरुले सोधिरहनुहुन्छ- 

- तिमिले आफ्नो नाम "निरक्षर" किन राखेको ? 

- तपैले किन ........................ राख्नुभो ?
- तेरो नाम किन ........................... राख्छस ?
 - पढाइ पनि ठिकै छ, फेरी यस्तो नाम राख्नुको के अर्थ ?

धेरैले सोधे ।
तँले सोध्यो ।
 तिमीले सोध्यौ ।
तपाईले सोध्नु भो।
र हजुरले पनि सोधिबक्सनु भो।
  यी त भए सोधिने कुरा । प्रश्न गरिने कुरा ।

त्यसपछि मेरो जवाफ के हुन्छ त ? यो भन्नु भन्दा पैला यौटा छोटो कथा सुनाई हालुँ है !!          

                                            ..................


कुनै गाउँमा यौटा टुहुरो केटो थियो, जसको नाम ' ठ्याके ' रहेछ। खासमा उसको नाम के थियो ? त्यो उसैका आमाबुवालाई मात्रै थाहा थियो। तर ऊ सानै छदा उसका आमाबुबा बिते। ऊ जिबिको पार्जनका लागि गाउँका मुखियाको गोठालो भएर रहन थाल्यो। त्यो केटो जतिबेलै डण्डी-बीयो खेलिरहने भएकाले पछि यत्तिकै त्यो केटोको नाम "ठ्याके"  रहन गयो। ठ्याक्के समय बित्दै जादा हुर्किदै गयो। र सत्र अठार बर्षको भो।

यसैक्रममा एक दिन  गोठालो गएका बेला घोरिएर बिचार गरेछ।
"मान्छेका कति राम्रा- राम्रा नाम हुन्छन्, कमल ,बिमल, राम, सीता ,भिम मोहन। आहा ! सुन्दा मात्रै पनि आनन्द लाग्छ। तर आफ्नो नाम चै 'ठ्याके' छ। छि ! कति नराम्रो छ -यो ठ्याके भन्ने नाम। अर्थ न बर्थको !! सुन्दै
 रिस उठेर आउँछ।

यो त हुँदै भएन। अब म यति लक्का जवान भैसके। यति बलवान् भैसके। मान्छे पनि राम्रै छु तर नाम चै ठ्याके ? यो त सुहाउँदो भएन। हुँदै भएन।"

ठ्याकेलाई यो बिचारले बारम्बार ठुङिरह्यो। र एकदिन "म नाम फेर्छु, फेर्छु" भन्ने निस्कर्समा पुग्यो-ठ्याके। 

"नाम फेर्न त फेर्ने तर नयाँ नाम के राख्ने ?" यो प्रश्नले फेरि उसलाई ठुङन थाल्यो। तब उसले आफ्नो दिमाग र मनमा आएका, उसले जानेका/सुनेका सबै नाम एक-एक गुनगुनाउन थाल्यो।


-कमल । ..... ? कमल ?  हैन हैन  यो के राम्रो छ र अर्को नाम राख्छु।
 राम। .... राम ? ....... ह्या अर्को राख्छु।
हरी ? ........................ हे अर्को राख्छु।


आखिर ऐलेसम्म सुनिआएका बरतिर -परतिरका सबैको नाम ऊस्लाई ठिक लागेन । चित्त बुझेन। र एक दिन त हिड्यो, वल्लो गाउँ, पल्लो गाउँ - गतिलो नाम खोज्न भनेर।

हिँड्दै जाँदा बाटामा दुईटी आइमाई धान झार्नका लागि खलो तयार गर्दै रहेछिन् । ठ्याकेलाई लाग्यो -यीनीहरुको नाम सोधि हालुँ कत्तै चित्त बुझ्दो नाम पो छ की ?
उसले सोध्यो - "दिदी तपैहरुको नाम के हो ?"

उताबाट जवाफ आयो- "सरस्वती"

 अर्की दिदिलाई सोध्यो - अनि तपाईंको ?

उताबाट जवाफ आयो- लक्ष्मी।

 "अनि तपैहरू त पढेलेखेका सम्पन्न हुनुहुन्छ होला हैन ?" नामका आधारमा अनुमान लगायो- ठ्याकेले ।
यौटी दिदिले जवाफ फर्काइन् -

" के पढेलेखेको हुनु बाबु , छाक टार्न यी यसरी अर्काको काम गर्नु परेको छ ।"

ठ्याके अझै अगाडि बढ्दै गयो गतिलो नाम भेटिने आसमा। बाटोमा यौटा भिखारी भिख माग्दै ठ्याकेको खुट्टा समाउदै रुदै भन्न थाल्यो-


-हजुर दुई दिन भो खा'को छैन। तपाईंलाई धर्म हुनेछ- दुई चार रूपैया दिनुस् न।
चानचुन पैसा भिखारीको हातमा दिदै ठ्याकेले सोध्यो- 

" दाई तपैको नाम चै के हो नी ?"
 भिखारी मुस्कुराउदै भन्यो- धनपति शर्मा ।

हाँस उठ्यो ठ्याकेलाई। "जो यसरी भिख माग्दै हिंड्छ, उसैको चै नाम धनपती शर्मा ?" 

 अझै पर जाँदै गर्दा मलामीहरू लास लिएर घाटतिर जादै रैछन्। यौटा मलामीलाई यसो कोट्याएर उसले सोध्यो-

- दाजु तपाईंको नाम के हो ?
- "बलवान सिंह थापा"
मान्छे हेर्दा बलवान् सिंह थापा अलि बेस्सरी हावा चल्यो भने उडाउला कि भन्ने खालको थियो। मनमनै हास्दै ठ्याकेले फेरि सोध्यो-

- दाई यो मर्ने मान्छेको नाम के हो ?
 बलवान् सिंह थापाले भन्यो -अजम्बरी प्रसाद उपाध्याय  ।

अब ठ्याके गहिरो सोचमा डुब्यो। अर्थपुर्ण र गतिलो नाम खोज्न हिडेको मान्छे, अब नामको कुनै अर्थ नरहेको निष्कर्शमा पुग्यो। 

अनि के ?


अनि राम्रो नाम खोज्ने अभियानलाई उसले त्यहीँ विश्राम दियो। त्यसपछि बडो प्रफुल्लित हुँदै आफ्नो नाम ठ्याके भएकोमा खुसी मनाउदै फटाफट घर फर्कीयो । फर्किदा बाटोमा ऊ सँगै यौटा आवाज पनि फर्किदै थियो । आकाशबाणी भएको थियो या ऊ आफैले गाउदै थियो ?थाहा भएन। 

तर आवाज ऊ सँगै गुञ्जीदै थियो यसरी -


सरस्वती लक्ष्मी खलो बढारे, धनपतिले मागे भिख ।
अजम्बरी त मरिगयो भने, मेरो नाम ठ्याके नै ठिक ॥

                               ..................     


मान्छेहरू सोध्छन् मलाई
- किन "निरक्षर" नाम राखेको ? म फुर्सदमा छु र प्रश्न सोध्ने पनि फुर्सदमा छ भने माथिको कथा सुनाइदिन्छु ।
 बेफुर्सदमा भएका बेला -
"अरे यार नाममे क्या लगा रखा है ?" भनेर 'साईड' लाग्छु।
सामाजिक सन्जाल फेसबुक र क्याम्पसमा पनि निरक्षर नै भनेर चिन्छन् मलाई। मेरा लगभग साठ्ठी प्रतिशतभन्दा साथिले सोधेका छन्। सबैलाई त्यो कथा सुनाउन भ्याइएको छैन ।

कक्षा बाह्रमा राखेको हूँ निरक्षर नाम -मैले। म त्यतिबेला कक्षामा प्रायः राम्रो बिद्यार्थीमा गनिन्थेँ। प्रतियोगिता लगायतमा पनि पैलो, दोस्रो या तेस्रो कै न कै स्थान पक्का हून्थ्यो- मेरो। सबैले चिन्न थालेपछि, सबैले भाऊ दिन थालेपछि मान्छेमा अहङ्कार जन्मदो रैछ। अनि आफु "जान्ने हुँ, राम्रो हुँ" भन्ने सोचिदो रैछ अन्तर्यमा त्यस्तो नभए पनि।
 त्यसताका त्यस्तो अभिलक्षण ममा पनि देखिन थालेको अनुभब गरेँ-मैले। यद्यपि मैले अहङ्कारलाई दबाउने प्रयत्न गरेकै थिएँ। त्यस बेला म रजनिश ओशोको दरो 'फ्यान' थिएँ। जिबनको 
त्यसपछि राखेको हुँ निरक्षर भनेर जसको अर्थ हून्छ
-अनपढ
-गँवार
- लाटो
-कै नजान्ने
-नराम्रो ।
निरक्षर भएपछि ममा भएको अहंकार अलिकति सही मरेको छ । हरेकमा अहङ्कार हुन्छ हुन्छ । यहाँ सम्म कि ऐले खाएँ भरे के खाने भन्ने भिखारीमा समेत ।


म निरक्षर छु । नराम्रो छु लाटो छु नजान्ने छु गँवार छु तर मैलै लाटोबाट बाठो हुनैपर्छ ।
नजान्नेबाट जान्ने हुनैपर्छ ।
नराम्रोबाट राम्रो बन्नै पर्छ ।
 गँवारबाट नगँवार हुनैपर्छ मैले ।
त्यसकालागि निरक्षर शब्दले हल्का भए पनि सहयोग गरेकै छ मलाई ।

 फेरि म नेपाली साहित्यको बिद्यार्थी । पढ्नु मेरो काम । म जति नया कुरा पढ्दै सिक्दै जान्छु उति आफूलाई नजान्ने , निरक्षर भएको जस्तो लाग्छ ।हिजो त्यो किताब नपढ्दा सब थोक थाहा छ भन्ने लाग्थ्यो आज जसै त्यो किताब पढेँ लाग्यो मैले त कै पो बुझेँको रैनछु । कुरा त यसो पो रै छ त ।
हिजो यो बिश्व अथाह ज्ञानको सागर  हो र मैले पाएको शिक्षा पाएको ज्ञान त्यो सागरको एक चम्ची मात्र हो भन्ने लाग्थ्यो । आज त्यो त एक चम्ची भन्दा पनि थोरै पो रैछ त भन्ने लाग्छ।
भनेपछि भईनँ त म निरक्षर ?

निरक्षर छु तर साक्षर बन्ने प्रयत्न जीन्दगी भर जारी छ मेरो ।
हिड्दा हिड्दै कत्तै बाटोमा ,घरमा , बरतितर परतिर, facebookमा या कहिँ कत्तै
-तैले
- तपैले
-तिमिले
-हजुरले भेट्नु भो भने निर्धक्क "ओई निरक्षर" भनेर बोलाए हुन्छ मलाई ।
 खुसी लाग्नेछ मलाई त्यो सम्बोधन ।जति पटक म त्यो संबोधन पाउनेछु त्यतिपटक ममा भएको अहङ्कार , मान्छेमा हुने अहङ्कार  कै न कै मात्रामा अलिकति घट्ने नै छ ।

तपस्वी रिषिमुनि तेसैका लागि त कत्रो तपस्या गर्थे आफुमा हुने अहङ्कार घमण्ड त्याग्न ।
भनेपछि राम्रै भएछ निरक्षर नाम राखेको ।मिल्ने भए नागरिकतामा पनि म यहि नाम राख्ने थिएँ ।

आखिर श्री क्रिष्ण रहेछन् एक भनेझै निश्कर्ष  केबल तीन लाईन छ -

सरस्वती लक्ष्मी खलो बढारे ,धनपति मागे भिख ।
अजम्बरी त मरिगयो भने मेरो नाम निरक्षर नै ठिक ॥

'अरे दोस्त  नाममे क्या लगा रखा है ?'