नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

देश दुखिरहन्छ .....


आजभोलि बिहान उठेदेखि बेलुकी नसुतीञ्जेल सम्मै देश दुखिरहन्छ 
।घरी अखबारका पानामा देश दुख्छ
 घरी टेलीभिजनमा देश दुख्छ 
।घरी बाटोमा देश दुख्छ घरी स्कुल कलेजमा देश दुख्छ ।
अनि घरी त्रिभुवन बिमानस्थलमा बिदेशिन लागेका युवाहरूको दृश्य देख्दा देश दुख्छ ।

 देश हिजो पनि दुखेकै थियो आज पनि दुखैकै छ । हिजो पंचायतको नाममा दुख्यो देश । कैले माओबादिका नाममा त कैले मधेश बिद्रोहका नाममा र आज सत्ता र पदका नाममा ,संबिधान सभाका नाममा दुखीरहेको छ । यो दुखाई तपाई हाम्रो मात्र रैछ । आम नेपालीको रैछ । तथाकथित राजनीतिक दलको , नेताको रहेनछ ।

सतिले सरापेको देश भनेर भन्छन् होला पनि आशंका गर्ने ठाउँ धेरै छ । छिमेकी राष्ट्र चिनले चन्द्रमा यान पु-यायो । भारत त्यसको पछिपछी छ । 
हाम्रो नेपाल ...........
? नेपाल हिजो पनि निर्वाचन र जनमतकै भुवरीमा घुमिरह्यो आज पनि त्यहीँ घुमिरहेको छ । संबिधान सभाको दोस्रो निर्बाचन भयो  ।एक बर्षमा संबिधान दिन्छौँ भनेर सबैले आफ्नो घोषणापत्रमा भनेकै हुन् ।  प्रतक्ष निर्बाचन भएको डेढ महिना हुँदैगर्दा भर्खर भर्खर निर्बाचनको प्रकृया टुङ्गीन खोज्दैछ ।  अब फेरि संबिधान सभाको पैलो बैठक कसले बोलाउने भन्ने कुरामा बिबाद चुलिदै छ । बिवाद त्याहाँ पनि छ ।

 निर्बाचन अघिका पार्टी धमाधमा फुट्ने लक्षण देखाउदैछन्  । यौटा शत्ती संबिधानसभामा छैन । भएका बिच पनि कुरो मिल्ने छाँट देखिदैन । हुन त संख्यात्मक गणनामा बहुमत पु-याएर संबिधान त बन्ला तर बनेकै दिन सो जलाईए त्यसको अर्थ के , ? निर्बाचनमा खर्चीएको अर्बौ रूपैयाको जिम्मा यी राजनितीक पाटीले लीने कि नलिने ? लिनुपर्छ कि पर्दैन ।खेर गएको अमुल्य समय के तिनीहरू फिर्ता दिन सक्छन् ?

हामी नेपाली कति सोझा छौँ ।सपना बाँड्नेका पछी पछी दौडिन्छौँ । हामी सबै नेपालीलाई बौलाहा कुकुरले टोकेको छ  नत्र  हिजो कै पाटि हुन हिजो कै मान्छेहरू हुन् ती मान्छेको प्रवृति पनि त्यही हो  तै पनि हामी तिनीहरूकै आश गरिरहेका छौं । आँपको बोटमा सुन्तला फल्छ कि भनी आश गरि बसेका छौँ । राजनितीमा असंभब भन्ने हुँदैन भन्छन् सायद तेसैले पो हो कि त नेपालीहरू एकोहोरो आशा गरि बसेका ?आजको आँपको बोटमा भरे भोली सुन्तला फली पो हाल्छ की ? आशा गरिबसेका छौँ हामी । आशा गर्नु बाहेक बिकल्प नै के छ र हामीमा ?

यो त भो भोली होला कि भन्ने आशा ।

 तर अहिले ....?
  देख दुखिरहेछ । माटो दुखीरहेछ र
 दुखिरहेछ सीमानाका सीमास्तम्भहरू जुन हरेक रात गायब हुन्छन् रहस्यमय तरीकाबाट ।

COPYright: निरक्षर निरौला

No comments:

Post a Comment