नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, February 8, 2017

अन्तरास्ट्रिय राजनिती सम्बन्धी मेरा केही लेख हरु:


     अन्तरास्ट्रिय विषय सम्बन्धी मेरा केही लेखहरु:


१. World Politics: A Dirty game -

२. के चन्द्र धरातलमा मान्छे पुगेकै छ ? - पुगेको छैन
Link..>> http://niraksharniraula.blogspot.com/2016/11/the-conspiracy-theory-about-next.html?m=1

३..अमेरिका: यौटा धुर्त खेलाडी
http://niraksharniraula.blogspot.com/2016/11/the-conspiracy-theory-about-next.html?m=1

४. ट्रम्पलाई हेर्ने मेरो आफ्नै चस्मा
Link..>> http://niraksharniraula.blogspot.com/2016/11/donald-trump.html?m=1

५. धर्म: कति भ्रम कति यथार्थ ?
Link...>> http://niraksharniraula.blogspot.com/2016/09/blog-post_78.html?m=1

६. जोजो शाकाहारी छन् ती सबै मान्साहारी हुन्
Link...>> http://niraksharniraula.blogspot.com/2016/08/blog-post_96.html?m=1


मेरा थप लेखहरु पढ्न यो लिन्कमा जानुहोस>>http://niraksharniraula.blogspot.com/search/label/छड्के%20आँखो%3A%20बैचारिक%20स्तम्भ?m=1

Saturday, February 4, 2017

लेख्दै जाँदा......

लेख्दै जाँदा......

जिबनलाई यसो फर्केर हेर्दैछु आज। हुन त यसरी आफ्नै ईतिहास पल्टाएको घटना कम्सेकम मेरा निम्ति नयाँ होइन। तर के भने आज जुन विषयका बारेमा जुन पाटोलाई लिएर म मेरो इतिहास पल्टाउदै छु यो चै नयाँ हो।

मैले सम्झिने उमेरदेखि आजसम्म मेरो सम्पर्कमा आएका (मैले चिनेका) वरिपरिकाहरुले कति जनाले आत्महत्याको बाटो रोजे ? यसो सम्झिदै छु- म।

लिस्ट बनाउदा यती पुग्यो।

१.. आज भन्दा चारपाँच बर्ष अघि मेरो गाउकी यौटी १७ बर्षकि बुनुले आत्महत्या गरी।

२... आजभन्दा नौ बर्ष अघि हुनुपर्छ, म त्यति बेला भैरहवामा पढ्थे। त्यस बेला हाम्रो छिमेकी आन्टीले आफ्ना पाँच बर्ष र आठ बर्षकि दुई छोरीमाथीसगै आफ्नो शरिरमा मट्टीतेल छर्केर यो संसारबाट बिदा भइन।

३.. आज भन्दा ३ बर्ष अघि हुनुपर्छ, छिमेकका एक भाइ जो SLC दिनेवाला थिए, तिनले आत्महत्या गरे।

४... दुई बर्षअघि पल्लो घरका छिमेकी खत्री  अङ्कलले पनि बिष सेवन गरि आफ्नो इहलिला समाप्त गरे।

५.. त्यसै साल प्रायः म सामान किन्न गैरहने पसलका ६० वार्षिय अङ्कलले आत्महत्या गरे।

६.. दुइतिन बर्षअघि हाम्रो क्याम्पसकै एउटा दाईले आफैले जीवन सिद्याए।

७... आजै मात्र पनि मेरा एक 'फेसबुके मित्र' को दुखद खबर सुनियो।

मैले आजसम्म बाचेको समय खासै धेरै हैन- कमसेकम नेपालकै औसत आयु हेर्ने हो भने पनि। नाजाने आगे यो लिस्ट बढ्दै कति नम्बरसम्म जाने हो ? यो लिस्ट यत्तिकैमा रोक्कियो भन्ने अपेक्षा हो।

बिश्व स्वास्थ सङ्गठन WHO को पछिल्लो रीपोर्टले भन्छ- "बिश्वभर प्रत्येक बर्ष दस लाख जनाले आत्यहत्या गर्छन् ।"
यसो भन्नुको अर्थ हरेक दिन २,७४० जनाले आत्महत्या गरेको ठहर्छ।
नेपालकै डाटाबेस हेर्ने हो भने सन् २०१६ मा WHO ले नेपाल सम्बन्धि गरेको एक अध्यन रीपोर्टको निस्कर्स छ- "नेपालमा त्यो बर्ष ६,४८० जनाले आत्महत्या गरे ।" यसको अर्थ नेपालमै मात्र पनि हरेक दिन १८ जना (खासमा १७.८ जना हुन्छ हिसाब गर्दा) ले आत्महत्या गर्दा रहेछन्। आत्महत्याको दर बिश्वमै बढ्दै गएकाले नेपालमा पनि बढ्दै गएको हुनुपर्छ।

नेपाल जस्तो सानो मुलुकमा दिनमै १८ जनाले आत्महत्या गर्दा रहेछन् भन्ने कुरो थाहा पाएदेखी म अचम्ममा छु। खासमस यो डाटाले प्रत्येक नेपालीलाई झस्काउनु पर्ने हो, तर दुर्भाग्य कसैलाई झस्काएको देखिदैन। आत्महत्या गरेर जसले इहलिला समाप्त गरेर गए तिनका आफ्ना आफन्त नातेदारहरु पनि आत्महत्या के हो ? यो किन हुन्छ ? यसको रोकथामका निम्ति छल्फल गरेको भेटिदैन। राजनितीका अनेक गफ छाटेर दिन कटाउने मेरो समाजले स्वस्थ्य र सुखी समाज निर्माणका निम्ति मैले पनि कै गर्नुपर्छ भन्ने सोच्दैन। धेरै ठुलठुला पहाड चड्नुपर्ने कुरा पनि छैन यहाँ । बस्  अलिअली पढेलेखेका र समाज बुझेकाहरुले आफ्नो साथिसर्कल र आफ्नै घरमा मात्रै पनि बुझ्न/ बुझाउन सके भने हजारौं मुटुहरुलाई रोकिनबाट जोगाउन सकिन्छ। लाखौं धड्कन 'धड्काइरहन' सकिन्छ।

आत्महत्या गर्नु भनेको यौटा मुटुलाई धड्किनबाट रोक्नु हो। तर बुझ्नै पर्ने कुरा के छ भने त्यो यौटा मुटु धड्किनु भनेको 'फगत यौटा मुटु धड्किनु' मात्रै हैन। त्यो यौटा धड्कनलाई हेर्दै सयौं हजारौं मुटुहरु धड्किरहेका हुन्छन्।
ती एक जोडा आँखा चलमलाइरहनु भनेको सयौं हजारौं जिन्दगी चलमलाइरहनु हो। बस् मान्छेले यत्ती कुरो बुझिदिए कयौं जिबनहरुले 'जीवन' भेट्थे। कयौं ओठहरुले मीठो मुस्कान भेट्थे।

उहिले मुक्तक लेख्न सिक्दाको समयको एक मुक्तक सम्झिदै छु म यहाँ -

"म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
यहाँ हजारौं लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन्
मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥



म यसरी सोच्दछु- यहाँ बाच्नु मात्र पनि जित्नु हो।

जीवन मुस्कुराउनु र धुम्मिनुमा पनि मान्छेको निजि सोच जिम्मेवार हुँदा रहेछन्। मैले झुपडीमा जिन्दगी मुस्कुराएको देखेको छु। आलिसान महलमा जिन्दगी तड्पिएको देखेको छु। मुटुमा हजार भालाहरुले घोच्दा समेत "ऐया" नभन्नेहरु हाम्रै वरिपरि हुन्छन्। यौटा कमिलाले चिल्दा "मरे मरे" भन्दै बिलाप गर्नेहरु पनि नभएका होइनन् । सबै यतै छन् ।
बस् "हामी कता कुन समुहमा पर्छौ ?" भन्ने सवाल अहम छ।

आत्महत्या गर्ने ब्याक्तिले उसको मृत्युपछि केबल एक मिनेटमात्र पनि अाँखा खोलेर देख्न सक्ने हुन्थ्यो भने मेरो बिस्वास छ ती सम्पुर्ण मृतकहरु "हैट ! मलाई माया गर्ने मनहरु यतिका धेरै रहेछन्" भन्दै फर्किने थिए। तर यस्तो सुबिधा हुँदैन-यो जिन्दगिका सवालमा।

लेख्दै जाँदा आज म यसरी ब्लगमै पोखिएछु। धेरैपछी आज म पोखीएँ- आफ्नो अमुल्य जिन्दगी पोखाउनेहरुको नाममा।

......

२०७३ माघ २२
धुम्बाराही ।