नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, May 16, 2016

मुक्तक

१. ( देश प्रेम )
देश भक्तीको एउटा पाठ पढाएर आउँदा 
बलीदानिको जङगे पिल्लर ठड्याएर आउँदा
मलाई यि मान्छेहरुले लखेटे-  मुर्कुटा भन्दै 
देशका निम्ती मैले शिर चढाएर आउँदा ।। 



२. (समाज / राजनीति )
चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन 
मान्छेकै भेषमा उ.. हेर गिद्दहरु आइरहेछन  
यहाँ तिनै मान्छेहरु साकाहारी घोसित भए, आमा 
जो जस्ले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन ।। 


३. ( बिक्रिती बिसंगती ) 
रित  हेर  समाजको मान्छे यहाँ हेपिएछ 
पर्खाल बीच विभेदका कठै बरा ! चेपिएछ 
हामी जस्तै बोल्छ, खान्छ- हिँड्छ उसै गरी  
मान्छेकै छ संरचना कहाँ फरक देखिएछ ।।  



४. ( प्रकृति )
यती बिघ्न सौन्दर्यको खानि देखेर 
दिइ मात्रै रहने तिम्रो आनी-बानी देखेर 
ए प्रकृति,  के तिमीले चै बुढो हुनु पर्दैन ?
म त छक्क पर्छु तिम्रो यो जवानी देखेर ।।


५. ( प्रणय प्रेम )
मेरो दिलको क्यान्भासमा रङग भर्न आऊ 
कती सुन्दर छ यो प्रिया दङग पर्न आऊ 
युगौँ देखी तिम्लाई पाउन तपस्यामा बसेको छु 
अब अती भयो तपस्या यो भङग गर्न आऊ ।। 

गजल

 गजल    
          
देशलाई यस्तो गरि भड्खालोमा चेटी रहेछन् ॥
आमा, यहाँ दाजुहरूले नै भाइलाई लखेटी रहेछन् ॥

नेता भन्नू अभिभावक हुन्, मैले यहि मात्रै बुझी रहे
तर आज थाहा भो-ति अभिभावक केटाकेटी रहेछन् ॥

ए गाइने दाइ, के अर्थ छ तिमिले सारङ्गी रेट्नुको ?
जब मान्छेहरुले नै मान्छेको घाँटी रेटी रहेछन् ॥

महाशयहरूले जातजाती, धर्म-सम्प्रदाय, वर्णलाई समेटे
तर मेरो प्रश्न छ- के यो देशको माटोलाई समेटी रहेछन् ॥


शकर निरौला 'निरक्षर '
फत्तेपुर, सप्तरी ।

Friday, May 13, 2016

गजल

                            गजल 

    तर्क- बितर्क मनमा, केके हो केके आइरहन्छ ॥
    कस्तो- कस्तो चिन्ता, हर बखत मलाई रहन्छ ॥

    कोइ-कोइ दिन दुगुना रात चौगुना, मालामाल हुँदैछन
    तर आफ्नो भने प्रगती एक दुई अनी अढाइ रहन्छ ॥

    सम्पत्तिको मामिला जब छेडिन्छ, कसैको घरमा
    तब न दाई, दाई रहन्छ, न भाई, भाई रहन्छ ॥

    दैबले पनि साथ छोडेपछी, अपवाद बनेको छ यौटा-
    थाहा छैन मेरो छायाले किन मलाई पछ्याइरहन्छ ॥

    झुपडीमा बस्ने म बाबुरो ! भन्नुस्, कसरी निदाउँ  ?
    जब सम्म मेरो दुश्मनको हातमा सलाई रहन्छ ॥



Thursday, May 5, 2016


आमा प्रती समर्पित बिचारहरू ...


# मान्छेको स्वाभाव देखेर पनि म बडो छक्क पर्छु, साक्षात इस्वरलाई ब्रिद्धा-आश्रममा राखेर इस्वर भेट्न् भन्दै चार धाममा निस्किएका छन् । # धन्न, बर्षको ३६५ दिनमा एउटा दिन 'आमाको मुख हेर्ने दिन' छ र मान्छेले आमालाई बिर्सेंका छैनन । नत्र त्यो एक दिन पनि नहुदो हो त आमाहरू कसरी बाच्थे होलान ? # फेसबूकमा आमाको फोटो तिनिहरूले मात्रै राख्छन, जस्ले आमालाई कहिल्यै दिलमा राख्न सकेनन् । # यि शब्दहरूमा त्यती ताकत कहाँ छ र जस्ले आमाको महिमा दर्शाउन सकोस् । # आज जेजती आमाहरूले उपहारमा फलफुल, मिठाइ पाउनु भो, उहाहरूलाई मेरो बिन्ती छ । आफ्ना छोरा छोरीलाई यो प्रश्न बिर्सेंर पनि नसोध्नु- "म प्रतिको यत्रो प्रेम ३६४ दिन कहाँ थ्यो ?" # 'आमाको मुख हेर्ने' दिनमा सप्पैलाई मेरो आग्रह छ- कृपया आमाको मुख मात्रै हेर्नु होला, उहाँको आँखा हैन । किनकी आँखा हेर्नु भो भने त्यहा आसु हुनेछ र त्यो आसुले तपाईंलाई धिक्कर्ने छ ।  

- शंकर निरौला 'निरक्षर'