नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, May 16, 2016

मुक्तक

१. ( देश प्रेम )
देश भक्तीको एउटा पाठ पढाएर आउँदा 
बलीदानिको जङगे पिल्लर ठड्याएर आउँदा
मलाई यि मान्छेहरुले लखेटे-  मुर्कुटा भन्दै 
देशका निम्ती मैले शिर चढाएर आउँदा ।। 



२. (समाज / राजनीति )
चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन 
मान्छेकै भेषमा उ.. हेर गिद्दहरु आइरहेछन  
यहाँ तिनै मान्छेहरु साकाहारी घोसित भए, आमा 
जो जस्ले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन ।। 


३. ( बिक्रिती बिसंगती ) 
रित  हेर  समाजको मान्छे यहाँ हेपिएछ 
पर्खाल बीच विभेदका कठै बरा ! चेपिएछ 
हामी जस्तै बोल्छ, खान्छ- हिँड्छ उसै गरी  
मान्छेकै छ संरचना कहाँ फरक देखिएछ ।।  



४. ( प्रकृति )
यती बिघ्न सौन्दर्यको खानि देखेर 
दिइ मात्रै रहने तिम्रो आनी-बानी देखेर 
ए प्रकृति,  के तिमीले चै बुढो हुनु पर्दैन ?
म त छक्क पर्छु तिम्रो यो जवानी देखेर ।।


५. ( प्रणय प्रेम )
मेरो दिलको क्यान्भासमा रङग भर्न आऊ 
कती सुन्दर छ यो प्रिया दङग पर्न आऊ 
युगौँ देखी तिम्लाई पाउन तपस्यामा बसेको छु 
अब अती भयो तपस्या यो भङग गर्न आऊ ।। 

No comments:

Post a Comment