नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, May 8, 2023

तिमी र म

तिमी र म (२०८०/०१/२५...७ बजे साझ) तिमीलाई यो जीवन देखि वाक्क लागेको छ मलाई यही जिबन सुन्दर बनाउनु छ तिमी प्रतेक पटक फुत्किन खोज्छौ मबाट म प्रतेक पटक तिम्लाई समाउँछु तिमी अँध्यारो छ भन्छौ म भोलि पक्कै उज्यालो आउनेछ भन्छु तिमी प्रतेक पटक जिन्दगी सिद्याउन खोज्छौ म प्रतेक क्षण जिउनु पर्छ भन्छु के गर्नी तिम्रो मेरो ग्रह नै मिल्दैन सायद सायद सायद म अनावश्यक प्रयास गर्दैछु या तिमी अनावश्यक टाढा हुन खोज्छौ ।। तिमी प्रतेक पल म सिद्दिए भन्छौ म प्रतेक पल तिमी बाच्नु पर्छ भन्छु मलाई था छ तिमी पिडामा छौ तिमिलाई तिमीलाई मैले टेक केयर भन्दैमा तिम्रो दुख घट्दैन घट्दै घट्दैन तर पनि म टेक केयर भन्न छोड्दिन किनकी मलाई था छ - त्यो शरीरको घाउ मनको शान्तिले घटाउछ ।। तिमी खुशी हुँदा चन्द्रमा झै उजेलिन्छौ अनि दुखी हुदा औसी झै धुम्मिन्छौ। तिमी चन्द्रमा हुदा तिमी चन्द्रमा हुदा साथ दिन नसके नि तिमी औसी हुदा साथ दिउ भन्ने लागेरै मेरो म ले तिम्रो तिमिलाई बारबार भन्छ् - "आऊ म डोहोराउछु- औसीको बाटो पूर्णिमा हो पूर्णिमामा त मैले डोहोराउनै पर्दैन उज्यलो हुन्छ तिमी आफै आफ्नो बाटो पहिल्याउनेछौ बरू छोड्नु परे तिम्लाई ऊ त्यो पूर्णेको दिनसम्मै पुराएर छोडुला पृय !! मेरो कारणले त्यो चन्द्रमा कहिल्यै धमिलो नहोस मेरो कारणले त्यो नयनमा आँसु नचुहुन। किनकी त्यहाँ आँसु चुदा प्रत्येक पटक म तिमिबाट चुहिनेछ तप्प तप्प तप्प।। मलाई था छ तिम्रो जिन्दगीमा पिडाको बाढी आएको छ आई नै रहन्छ एक पछि अर्को अर्को पछि अर्को अनि त्यो अर्कोपछि नया अर्को तर पृय, खहरे जति गडगडाए पनि बर्खाभरी मात्रै हो। हिउद शरद शिशिर र बसन्तमामा त्यसले सुक्नै पर्छ र सुक्छ सुक्नेछ।। म चाहान्छु त्यो फूल नचुडियोस ब्यर्थै न ओइलाओस मुस्कान अनाहक नधमिलोस चन्द्रमा बिनिसित्ती। त्यसैका लागि त हो मैले प्रतेक दिन तिमिलाई सम्झाउने यो गर्‍यौ तो गर्‍यौ भनेर सोध्ने नगरेको भए गाली गर्ने र कहिले काहीँ थर्काउने। तिमी त्यसलाई गाली र थर्काउनुको संज्ञा दिन्छौ देऊ म त्यही लाई प्रेम भन्छु म त्यसैलैई केयरीङ ठान्छु म त्यसैलाई आफ्नोपन मान्छु म त्यसैलाई साथीको धर्म जान्दछु।। बलेको बत्तिको वरिपरि सबै सबै किरा फट्याङ्रा धुम्मिन्छन था छ मलाई तिमी बत्ती हौ सयौं किरा फट्याङ्रा तिम्रो वरिपरि झुम्मिएलन। झुम्मिन्छन तर म त्यही बत्तिकै तल अधेरोमा म तिमिलाई पर्खिरहनेछु पालो पर्खिएर हैन कसैले अफ्ठ्यारोमा पारे भने साथ दिऊ भनेर म त्यही बत्तिको मुनि पर्खिरहनेछु तिमिलाई।। तिमी रिसाउछौ म फकाउछु तिमी रिसायौ भने न म फकाउछु। तिमिले रिसाएकाले म फकाउने मौका पाउछु या यसो भनु मलाई फकाउनैछ त्यैसैले तिमी रिसाउछौ रिसाउन पाउनु तिम्रो अधिकार हो फकाउने मेरो कर्तब्य।। तिमी तिम्रो अधिकार प्रयोग गरीरहनु जिन्दगी भर म मेरो कर्तब्य पूरा गरूम्ला बाचुन्जेल। तिमी आफ्ना कुरा खुलेर भन्छौ र म सुन्न पाउछु। म सुन्छु भनेरै तिमी खुलेर भन्छौ हो तिमीले भनेकै बेला म बुझ्दिन, सुन्दिन जान्दिन मेरो आफ्नै बाध्यता का कारण तर फकाउनु मेरो कर्तब्य छ रिसाउनु तिम्रो अधिकार।। तिमिले तिम्रो अधिकार प्रयोग गरुन्ज्जेल म मेरो कर्तब्य पूरा गरीरहु।। मैले मेरो कर्तब्य पूरा गरीयुन्जेल सम्म मात्रै तिमीले तिम्रो अधिकार प्रयोग गर्नु ल माया ।। तिमि कल उठाउदिनौ त्यसैले म बारबार कल गर्छु। तिमी बोलेर कहिल्यै थाक्दिनौ अनि म सुनेर। तिमी बोलिरहन खोज्छौ तर तिम्रो स्वास्थले दिदैन। म सुनिरहन खोज्छु थकानले जित्छ। फेरि भोलि हाम्रो झगडा हुन्छ अनि तिमी तिम्रो अधिकार प्रयोग गर्नु म मेरो कर्तब्य पूरा गर्न स्ट्यान्ड बाई छु। तिमी बारबार म फलामको मुटु भएको मान्छे होईन भन्छौ मलाई पनि भन्न मन हुन्छ- मेरो पनि पत्थरको मन छैन तर भन्न सक्दिन। तिम्रो फलामकै मुटु छ मलाई था छ त्यसैले त्यत्रो पीडा सहन सक्छु सबै कुरा बार्न सक्छौ औसधि पैठेजोरी खेल्न सक्छौ म पथरको मुटु बनाउ भन्छु आफ्नो तर सक्दिन र भिडियो कलमा हुदा बेला बेला क्यामेरा अफ गर्छु यो सोचेर कि- म आफै कम्जोर रहे तिम्लाई कसले तिम्लाई कसले सम्झाउने कसले यो खाउ त्यो नखाउ भन्ने ? कसले हौसला दिने प्रेरणा दिने ? तिम्रो पो हजार होलान लाइनमा मलाई था छ मैले पनि 2/4 जना साइड लगाएर आएको छु किन ? किनकी तिम्रो अधिकार छ रिसाउने मेरो कर्तब्य छ फकाउने। मैले मेरो कर्तब्य छोड्न सक्दिनँ तिमीले तिम्रो अधिकार ........