नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, March 19, 2016

                          गजल

जोजो नजिक-नजिक थिए, ती सबै दुर भएका छन् ॥
के भनौं..सम्बन्धहरू यसरी चकनाचुर भएका छन् ॥

आफू पत्थर भएर पनि, यस कारणले खुसी छु -
मेरा सबै 'आफन्तहरू' कोहिनुर भएका छन् ॥

यहाँ चोटहरू सहेरै पनि मैले बाँचिरहनु छ तर
मेरा सपनाहरू आत्महत्या गर्न आतुर भएका छन् ॥

यो दिल तोडेर जाने उनिसँग, यत्ति मात्रै गुनासो छ
आखिर किन भनीनाैँ- मबाट केके कसुर भएका छन् ॥

बा! तिम्ले सिकाएका जिबनका, जेजती आदर्श थिए
मैले अँगाल्दै जाँदा ती कामै नलाग्ने झुर भएका छन् ॥

                                            
                                      - शंकर निरौला 'निरक्षर'