नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, November 24, 2016

के चन्द्र धरातलमा मान्छेले पाइला टेकेकै हो ?


     के चन्द्र धरातलमा मान्छेले पाइला टेकेकै हो ?


सन् १९६१ तिर अमेरिका र तत्कालीन सोभियत युनियन बिच शीत युद्ध चलिरहेको थियो। त्यस बेला दुबै मुलुक बिच सैन्य शक्ति र बिज्ञान प्रबिधिकों बिकासमा कसले कसलाई जित्ने भनेर तीब्र प्रतिस्पर्धा चलिरहेको थियो। दुई मुलुक मध्ये जसले एक अर्कालाई दबाउन सक्छ ऊ नै संसारको शक्तिशाली हुनेछ भन्ने खालको अघोषित मान्यता जस्तै भैसकेको थियो। ती दुबै देशमा कसरी हुन्छ "आफू अब्बल छु, राम्रो छु, जान्ने छु, विकसित छु" भनेर देखाउन होडबाजी नै चलेको थियो। 

त्यसै बेला सन् १९६१ अप्रिलमा सोभियत युनियनका  युरिगागरिन अन्तरिक्षमा पुगेर सकुसल पृथ्वीमा फर्किएर आए। यो खबरले अमेरिकाका तत्कालीन रास्ट्रपति जोह्न एफ. केनेडीलाई बस्नु खानु भएन। त्यो घटनाको एक महिना पनि नबित्दै सन् १९६१ मे २५ का दिन उनले- "अन्तरिक्षमा रुसले मान्छे पुर्‍याउने ? पर्ख ! अबको दस बर्षमै हामी  चन्द्रमामा मान्छे  पुर्‍याएर देखाइदिन्छौ"  भन्दै सनकको भरमा रास्टृय घोषण गरे। त्यसका लागि यति/उति खर्च लाग्नेछ भन्दै योजना पनि बनाए। बैज्ञानिकहरु भेला पारेर काम थाल्न आदेश दिए।
नभन्दै तिनले बाचा गरेको दस बर्ष पुग्न पुग्न लाग्दा सन् १९६९ जुलाई २० का दिन अमेरिकाले महत्त्वपूर्ण  उपलब्धि हासिल गर्‍यो।  संसारलाई नै अदभूत लाग्ने गरी एउटा खबर आयो- "चन्द्र धरातलमा मान्छेले पाइला टेक्यो" भनेर। मानव इतिहासमै यो उपलब्धि 'ठुलो उपलब्धि' हो भनियो। 'एपोलो ११' नाम गरेको यानमा ३ जना अन्तरिक्ष यात्रीहरु गएकामा निल आर्मस्ट्रङ्ग र बज एल्ड्रीनले चै चन्द्र धरातलमा पाइला टेके। ती दुई मध्ये निल आर्मस्ट्रङ्गले पहिले त्यो उपग्रहमा टेक्ने सौभाग्य पाए। बज एल्ड्रीन  दोस्रा भए।  दुनियाँ भरका साराले  अमेरिकाले भने अनुसार पत्याए। यसैको प्रभाव/दबाबले त्यो शीत युद्धमा अमेरिका बिजयी भएको मानियो। त्यहाँ देखि अमेरिका बिश्वमा एक नम्बरको शक्तिशाली रास्ट्र हो भन्ने सबैलाई लाग्यो। अमेरिका सङ्ग त्यस्तो विकसित science & tevhnology छ भन्ने बुझेर सबैले अमेरिकाको "ज्यु हजुर" गर्न थाले।

NASA को कुरा पत्याउने हो भने ऊ भन्छ- हाल्सम्म यी यानमा मान्छेले चन्द्रमामा टेकिसके:

एपोलो ११ - July, 1969
एपोलो १२ - November, 1969
एपोलो १३ - April, 1970(चन्द्रमाको छेउमै पुगेर पनि असफल)
एपोलो १४ - January, 1971
एपोलो १५ - July, 1971
एपोलो १६ -April, 1972
एपोलो १७ - December, 1972 

सन् १९६९ देखि १९७२ को December को समयाबधी हिसाब गर्दा साढे दुई बर्ष हुन आउँछ। त्यति बेलाको science & Technology ले जम्मा साढे दुई बर्षमा ६ पल्ट सम्म चन्द्रमाको सफल यात्रा गर्न सम्भव थियो ? त्यस्तो ६ पल्टसम्म पुग्ने मुलुकले त्यसपछी किन त्यहाँ जान ठप्पै बन्द गरेको ? यसको जवाफ खुद अमेरिका सङ्ग नै छैन। साढे दुई बर्षमा ६ पल्ट सम्म त्यो मिसन पूरा गर्न कति खर्च लाग्ला ? सन् २००९ मा नासाले छापेको एक लेखमा  भनिएको छ- सन् १९६० को बेलाको १७० बिलियन खर्च भएको थियो। आजको डलरको भ्याल्युमा कन्भर्ट गर्दा त्यो रकम २०० बिल्लियन डलर हुन आउँछ। अर्थात अङ्कमा भन्दा २००,०००,०००,०००/- डलर। 
नेपाली रुपैयाँमा २,००,००,००,००,००,०००/- हुँदो रहेछ।त्यत्रो खर्चिएर अमेरिकाले चन्द्रमामा यान पठायो होला ? बरु त्यो भन्दा उसलाई सजिलो उपाय दिमागमा आयो। पृथ्वीमै कुनै ठाउँमा मुन स्टुडियो बनाएर दुनियाँलाई त्यै मुन हो भनी भन्ने/देखाउने।

हो,  "चन्द्र धरातलमा मान्छे पुगेको छैन" भन्ने कुरा यदि कसैले तपाईंलाई भन्यो भने एक क्षण त तपाईंलाई अचम्म लाग्ला।  यो मान्छे बौलाएछ कि क्या हो ? भन्ने पनि लाग्ला। तर यथार्थ यहि हो कि- आजसम्म चन्द्र धरातलमा कसैले पाइला टेकिसकेको छैन। अमेरिकाको 'एपोलो ११' र  निल आर्मस्ट्रङ्गगको कुरा सब झुट   हुन्। अमेरिकाले बिगत ४६ बर्ष देखि यो घटनामा बिश्वलाई गुम्राहमा राख्ने असफल प्रयास गरिरहेको छ। त्यतिबेला NASA ले जारी गरेको फोटोहरू जुन "निल आर्मस्ट्रोङ्ग चन्द्रमामा जादाको" भनी भनिएको थियो/छ बास्तबमा  ती सबै झुट हुन्। 
तत्कालीन परिस्थितिमा "रुसलाई देखाइ दिन्छु"  भनी हतारिए गरिएको भासणका कारण अमेरिकाले त्यो नाटक मन्चन गरेको थियो। गर्नु परेको थियो। अमेरिकाको नैतिकताको सवाल थियो। इज्जतको सवाल थियो। त्यैसैले निर्धारित मितिको ठ्याक्कै एक बर्ष अघि अमेरिकाले त्यस्तो नाटक रच्यो। यहाँनेर  हामिले के बुझ्नुपर्छ भने पृथ्वीमा ३ जना अन्तरिक्ष यात्रीलाई रकेटमा अन्तरिक्षतिर पठाइएकै हो फर्किदा पनि अन्तरिक्षबाट फर्किए झैँ फर्किएकै हुन तर बिचको समयमा  पुनः पृथ्वीमै फर्किएर कुनै एउटा मून स्टुडियोमा ती सब फोटो भिडियो लिइयो। चन्द्र धरातल बाट प्रत्यक्ष प्रसारण भनिए पनि बास्तबमा त्यो प्रसारण पृथ्वीकै एक स्टुडियोबाट हुँदै थियो। यो कुरा नासाका ती सयौ हजारौं बैज्ञानिकहरुलाई थाहा थियो/थिएन त्यो भन्न गाह्रै छ तर नासाका प्रमुखहरुलाई चै राम्ररी थाहा थ्यो। आखिर ती प्रमुखहरुकै योजना जो थियो- त्यो। 

ती फोटो र भिडियो जुन नासाले जारी गरेको थियो,  किन चन्द्रमाका हैनन भन्ने कुरा तल बताइने नै छ। यसरी त्यो नाटक एक हद्सम्म त विश्वको आखामा छारो हाल्न सफल पनि भएकै मान्नु पर्छ। त्यतिबेला इन्टर्नेटको बिकास भैसकेको थिएन। सुचना समाचार थाहा पाउन मान्छेहरू सिमित पत्रीका, रेडियो र टिभिमा भर पर्थे। ती तीन माध्यममे जेजे भन्छन् त्यही कुरा सुचना र समाचार हुन्थ्यो। बन्थ्यो। त्यतिबेला अमेरिकाका तिनै सन्चार माध्यमलाई उदृत गर्दै अरु देशका पत्रपतृका रेडियो टिभिहरुले उसैले भनेको/देखाएको/ छापेको अनुसार बुझे। अध्यन अनुसन्धानको क्षेत्रमा त्यति बिकास नभैसकेका हुनाले मान्छेहरूलाई गुमराहमा राख्न अमेरिकालाई सजिलो भो। तर पछि सन् १९९१ तिर इन्टरनेटको बिकास भो।  सन् २००० तिर बाट चै धेरैले इन्टरनेटको सुभिधा पाए। अनि संसार भरीका बैग्यानिकहरुले आ-आफ्नै पहलमा नासाको website मा राखिएका सामागृहरुलाई सुक्क्ष्म ढङ्गले नियाल्न थाले । अमेरिकाको दुर्भाग्य, अन्तत:  बिस्तारै त्यो नाटकको पर्दा खुल्दै आयो। खासमा त्यो नाटकको पर्दा दुनियाँका थुप्रै बैग्यानिकहरुले खोलिदिए। 

NASA कै website बाट मैले केही तस्बिरहरु लिएको छु, जुन तल छन्। ती तस्बिरहरूलाई नियाल्दै यी तर्कमा बिचार गर्नुहोस्।

तर्कहरु:
१..... 
तलको पहिलो र दोस्रो तस्बिर हेर्नुस। त्यहाँ अमेरिकाको झन्डा फर्फराई रहेको छ। झन्डाको त्यस किसिमको फर्फराहट हेर्दा यस्तो लाग्छ- त्यहाँ मज्जाले हावा चलेको छ। हावा चल्दा मात्रै कुनै पनि झण्डा त्यसरी हल्लिन सम्भव हुन्छ। तर बिज्ञानले के भन्छ भने- चन्द्रमामा बायुमण्डल छदै छैन। त्यसैले त्यहाँ हवाहुरी चल्दै चल्दैन। हावा नचल्ने हुँदा त्यो झन्डा त्यस्तो गरि कसरी फर्फरायो ? नासाले यो प्रश्नको जवाफ चित्त बुझ्दो गरि दिन सकेको छैन। ऊ भन्छ- "झन्डालाई एउटा ट्युबमा राखिएको थियो त्यसैले भर्खरै ट्युबबाट निकालिएकाले त्यस्तो भो।" नासाको यस्तो जवाफमा कुनै दम छैन। बरु यी तस्बिरहरु पृथ्वीकै कुनै ठाउँमा 'मुन स्टुडियो' बनाएर लिएको हुनुपर्छ।


























२....... 
तलको तेस्रो तस्बिर हेर्नुस्। त्यसमा एउटा ठूलो यान देखिन्छ, जुन आठ ओटा टेकोमा अडिएको छ। त्यसै यानमा ती तीन जना सवार भएको भनिएको छ। निल आर्म स्ट्रोङ्ग र बज एल्ड्रीन चै त्यो यानबाट तल भुइँमा ओर्लिए तर एक जना त्यहीँ यानमा बसिरहे भनिएको थियो। त्यत्रो तीन जनालाई बोक्ने यान भनेपछी त्यो यान हजारौं किलो हुनुपर्छ। किनकी सारा उपकरण त्यसैमा थिए। तब त्यत्रो भारी यान त्यो चन्द्र धरातलमा झर्दा त्यसका खुट्टा बालुवामा अलिकती भए पनि गाडिनु पर्ने हो तर त्यस्तो भएको छैन।  फेरि त्यो यान रकेटको सिद्धान्तमा आधारित भएर चल्ने हो अर्थात तयानको खुट्टा(टेका) तिरको भागबाट तीब्र गतिमा हावा निस्किन्छ। हामिले बेलुन फुकेर त्यस्को मुख खुल्ला पार्दा हावा जसरी जान्छ ठिक त्यसै शैलीमा त्यो यानको भुइँ तिरबाट हावा फाल्दै जमिनमा ओर्लिन्छ। तर तेस्रो तस्बिर नियाल्दा त त्यस्तो लाग्दैन। बालुवै बालुवा भएको ठाउँमा पनि त्यो यानले निकाल्ने बायुले एक रत्ती पनि बलुवा बिस्थापन गरेको देखिदैन। त्यो यानले फाल्ने हावाको गति अनुसार त त्यहाँ कम्तिमा सानोतिनो खाल्डो नै हुनुपर्ने हो। तर त्यस्तो भएको छैन। बलुवामाथी त्यो यानलाई सरक्क राखे झै लाग्छ।













३....... 
चौथो र पाचौं तस्बिर हेर्नुस्। त्यहाँ पर पृथ्वी देखिन्छ। चन्द्रमामा बायुमन्डल हुँदैन। त्यसैले त्यहाँ बादल अथवा धुलो धुवाँका कण पनि हुदैन। तसर्थ त्यहाँ बाट आकाशका तारा, ग्रह आदि छ्याङ्गै देखिनुपर्छ। हामी यहाँ पृथ्वीमा औसिको रातमा सफा मौसम हुँदा ताराहरु जति स्पष्ट देख्छौ, त्यो भन्दा सफा देखिनु पर्ने हो -चन्द्रमाबाट। तर त्यो तसबिरमा पृथ्वी मात्रै देखिएको छ। एउटा पनि तारा देखिएको छैन। चन्द्रमाको सफा आकाशबाट हेर्दा त चारैतिर नै तारैतारा देखिनु पर्ने हो। यो तर्कका सम्बन्धमा नासाले कै जवाफ दिन सकेको छैन।













४...... 
नासाकै तस्बिरहरूमा एउटा बस्तुको छाया तीन चार दिशा तिर ढल्किएको देखिन्छ। चन्द्रमामा प्रकाशको एक मात्र  श्रोत भनेको सुर्य हो। त्यसैले त्यहाँ सुर्यको मात्र प्रकाश आउनुपर्छ तर नासाका कयौं तस्बिरहरूमा अन्तरिक्ष यात्रीको छाया तीन्चार दिशातिर ढल्किएको छ। तीन एकै ब्याक्तीको छाया तीनचार तिर त्यतिबेलामात्रै देखिन्छ, जब त्यहाँ तीनचार ओटा प्रकाशका स्रोत हुन्छन्।ती तस्बिर कुनै स्टुडियोमा लिइएकाले त्यस्तो हुन गएको हो।



५ ...... 
नासाको भिडियो: नासाको अरिजिनल भिडियो अहिले उपलब्ध छैन। खासमा त्यो भिडियोमा थुप्रै प्रश्न उब्जेकाले त्यो भिडियो लुकाउन अनेक बहानाबाजी गरेको देखिन्छ NASA ले यो हेर्नुस् ।


पछिल्लो समयमा त्यो टेप हरायो भनिए पनि त्यति बेला टिभीमा त्यो भिडियो प्रसारित हुँदा कयौंले सो रेकर्ड गरेर राखेका रहेछन्। त्यही भिडियोलाई आधार मान्दा त्यहाँ एक पल्ट अन्तरिक्ष यात्री कुद्ने उफृने क्रममा भुइँमा लड्छ। ऊ उठ्न खोज्छ तर सक्दैन। त्यसबेला अर्को साथी अलि पर हुन्छ। नजिक आउँछ र त्यो लडेको साथिलाई पछाडीबाट धकेल्दै (डोको बोक्ने मान्छेलाई सुरुमा उठ्ने बेला पछाडिबाट धकेल झैँ गरि) त्यो लडेको साथिलाई ठेल्छ ।
 एक जना अन्तरिक यात्रीले लगाउने 'स्पेस सुट' सहित उसको पुरै शरीरको तौल त्यहाँ चन्द्र धरातलमा केबल ३४ केजी हुन्छ (चन्द्रमाको गुरुत्व बल पृथ्वीभन्दा कम हुने भएकाले) । अब यहाँ हामिले के बुझ्नु पर्छ भने त्यो भिडियोमा लडेका ती ब्याक्तीले (आफ्नो शरीर+ स्पेस सुटको पूरा तौल) जम्मा ३४ केजी पनि उठाउन सकेनछन। 
पृथ्वीमा, मान्छेले आफू रित्तो हुँदा पनि आफ्नो शरीरको तौल  त नथापाउदो गरि बोकिरहेकै हुन्छ। भन्नुको तात्पर्य यो हो कि- मान्छेले कै भारी बोकेको छैन भने पनि आफ्नो शरीरको तौल उचालिरहेकै हुन्छ।  मानौँ - ती अन्तरीक्ष यात्री पृथ्वीमा ६० केजीका थिए रे। उनले कुनै भारी नबोकि उभिरहदा पनि उनको शरीरले उनकै शरीरको ६० केजी तौल बोकिरहेको हुन्छ। यसको अर्थ हुन्छ- उनको शरिरमा पृथ्वीको ६० केजी सजिलै बोक्न सक्ने एनर्जी छ। शरीर जहाँ जुन ग्रहमा गए पनि उहीँ हो। त्यसले बोक्न सक्ने क्षमता उहीँ हो। त्यसो हुँदा, उनको त्यो शरीरले चन्द्रमामा चन्द्रमाको ६० केजी सजिलै बोक्नु पर्ने हो। चन्द्रमाको ६० केजी भनेको पृथ्वीको ३६० केजी (६० × ६ =३६० ) हुन्छ।  अर्थात चन्द्रमामा उनको शरीरले ३६० केजी सजिलै बोक्न सक्नुपर्छ ।  तर त्यो भिडियो अनुसार त ३६० केजीको कुरै छोड्नुस, त्याहाको ३४ केजी ( चन्द्रमामा उसको शरीरको तौल + स्पेस सुटको कुल तौल =३४ केजी ) बोकेर उठ्न  उनले साथिको सहारा लिनु पर्‍यो। पृथ्वीमा पृथ्वीको ६० केजी बोक्ने सरिरलाई चन्द्रमामा चन्द्रमाको ३४ केजी भार उचाल्न किन गाह्रो भो ? कुरा स्पस्ट छ-त्यो भिडियो यहीं कुनै स्टुडियोमा खिचिएको थियो । चन्द्रमा र पृथ्वीको गुरुत्व आकर्षप्रब्गावको सामान्य हिसाब किताब पनि नासाले त्यतिबेला बिचार गर्नै भ्याएनछ।



६.... 
नासाका तस्बिर र भिडियोका सम्बन्धम यस्ता अनेक प्रश्नहरु उठ्न थालेपछि उसको व्यवहार पनि सङ्कास्पद देखिदै गएको छ। सन्सर भरीका बैज्ञानिकहरुले अमेरिकको "एपोलो ११" का बारेमा सत्यतथ्य जान्न आफैले अनुसन्धान गर्न भनी नासासङ्ग सामाग्री माग्दा उसले अनेक बहाना बनाएको छ।  चन्द्रमाबाट फर्किदा त्यहाँका  सानातिना ढुङगा पृथ्वीमा ल्याइएको छ भनिएको थियो। ती ढुङ्गा विभिन्न मुलुकका ५९ जना बैज्ञानिक/अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्न दिइएको छ भनिएको थियो। नासा बाहेकका अन्य सयौं बैज्ञानिकहरुले अनुसन्धान गर्न एउटा मात्रै ढुङ्गा माग्दा पनि दिइएको छैन। ती सबै हरायो भनिएको छ।

जोजोलाई   दिएको भनिएको थियो ती मध्ये "कुनै  बैज्ञानिक मरेर गए, कोइ कता सरुवा भएर गए, आफुसङ्ग ल्याबमा भएको पनि चोरी भो, कता पर्‍यो" भन्ने जस्तो बडो हल्का उत्तर दिएको छ- नासाले। अमेरिका माथी यत्तिका प्रश्न उठ्दा पनि उसले त्यस बेला ल्याएको ढुङ्गा आज ऊसङ्ग एउटा छैन भन्दा अचम्म लाग्छ। नासा जस्तो  सस्थाले त्यस्तो दुर्लभ ढुङ्गा राखेन होला त ?  यथार्थ त के हो भने उसका बैज्ञानिक चन्द्रमामा पुगेकै थिएनन। ती ढुङ्गा पृथ्वीकै थिए।आज यस्तो प्रबिधिको बिकास  भैसकेको छ कि जसले कुन चिज कति बर्ष पुरानो हो ? र त्यो केके तत्व बाट बनेको छ भन्ने पत्ता लाग्छ। ती ढुङ्गा पृथ्वी कै भएकाले त्यो यहीँ पृथ्वीमा भएका तत्वबाट बनेको हो। अहिले अनुसन्धान गर्न दिइयो भने सत्री थाहा हुने भएकाले बरु "हरायो, चोरी भो" भन्दियो, टण्टै साफ। 

७......
सन् २००९ को एक समाचारमा नासाले त्योबेलाको भिडियो फुटेज पनि इरेज भो भनेर अन्तरास्ट्रिय समाचार सस्था Reoters लाई बताएको थियो। किन त्यसो गरियो ?  भनेर सोध्दा पैसा बचाउनका लागि हजारौ टेप पुनः प्रयोग गर्दा त्यो चन्द्र धरातलवाला अरिजिनल फुटेज पनि इरेज भएछ भनी सो समाचारमा भनेको छ। तपाईं आफै अनुमान लगाउनुस, करोडौ डलर खर्च गरी मान्छेलाई चन्द्रन्द्रमामा पठाउने मुलुकको त्यो सस्थाले त्यस्तो दुर्लभ भिडियो फुटेज त्यस्तो बेवारिसे गरि राख्यो होला त ? अथवा टेपमा लाग्ने  अलिकती पैसा बचाउन त्यस्तो दुर्लभ भिडियो फुटेज इरेज गर्‍यो होला त ? कत्तिको पत्याउन सकिने कुरा हो यो ?

८......  
अमेरिकाको "एपोलो ११" चन्द्रमामा पुगेको आज ४६ बर्ष भैसक्यो त्यो पहिले पटक त्यहाँ पुगिएको भनेको। उसैको भनाइ अनुसार "एपोलो १७" पनि सन् १९७३ तिर पुगेको थियो रे। त्यसै हो भने आज यत्तिका बर्षसम्म किन फेरि जान नसकेको ? दुनियाँ भरका बैज्ञानिकहरुले नासामाथी  प्रश्न उठाइरहेका छन् तर नासाले अझै सम्म चित्त बुझ्दो जवाफ दिन सकेको छैन। आफू सहि हो भने त "सत्य यस्तो हो" भन्दै बिश्व भरका बैज्ञानिकहरुलाई बुझाउन सक्नु पर्ने हो। तर यसका सम्बन्धमा ऊ मौन बसिरहेको छ। बोल्ने ठाउँ नै नभएपछी बोल्नु पनि के ?     नासामा आजका दिनमा लगभग  १८,००० हाराहारी बैज्ञानिक कुनै न कुनै रुपमा आबद्ध भएर काम गरिरहेका छन्। तर दुर्भाग्य कसैसँग चित्त बुझ्दो उत्तर छैन।

९.......
 चन्द्र धरातलमा टेकेर आइसकेपछिको पत्रकार सम्मेलनमा बज एलड्रीनको जवाफ दिने तरिका पनि अलि असामान्य लाग्छ। उनमा खुसी हैन तनाब छ जस्तो लाग्छ। उनले बोल्दा बडो सोची सोची शब्द शब्द तौलिएर बोलेझै लाग्छ।  त्यत्रो ईतिहास बनाएको मान्छे खुसी हुँदै, हासी हासी त्यहाको बर्णन गर्नु पर्नेमा आत्तिनु पर्ने कारण के थियो- पत्रकारका अघि पर्दा ?  निल आर्मस्ट्रङ्गले BBC लाई अन्तरबार्ता दिइरहदा पनि उनको अनुहार तनाबपुर्ण देखिन्छ। खासमा चन्द्रमामा पुगेको कुरै झुट भएकाले बडो होसियार भै सोचिसोची बोल्नु परेको हो। 
नत्र कुरा चिप्लिएला भन्ने डर।

१०......
 त्यो 'एपोलो ११' त्यहाँ सवा दुई घन्टा बसेको थियो भनेर नासाले जानकारी दिएको छ। निल आर्मस्ट्रोङ्ग त्यहाँ झरेको २० मिनेट पछि अर्का अन्तरिक यात्री बज एल्ड्रीन झरेका थिए रे। सङ्गै गएका तेस्रो ब्याक्ति माइकल कोलिन्स चै त्यहाँ किन नझरेका ? नासा भन्छ-  उनी पाइलट भएकाले  चन्द्रमाको वरिपरि त्यो यानलाई घुमाउदै थिए रे। ल, यो कुरालाई पत्याउने नै भए पनि वरिपरि घुमेर पूरा दृश्य देख्ने मान्छेलाई त झन एक चोटि एक मिनेट नै सहि त्यहाँ ओर्लिने रहर त हुनुपर्ने हो। ती दुईलाई ओराल्दा या चढाउदा या झार्दा एक दुई मिनेट निकाल्न सकिँदैन थियो होला ?  त्यत्रो सवा दुई घण्टा त्यहाँ बसिरहदा ती पाइलट किन ओर्लिएनन ? एक दुई मिनेट त त्यो यानलाई 'स्ट्याण्ड बाइ' राख्न सकिँदैन थियो होला ? लाखौं करोडौं डलर खर्चिएर, त्यत्रो समय लगाएर दिनरात गरेर बल्लतल्ल  सफल भएको त्यो मिसन फेरि फेरि सफल हुन असम्भव नभए पनि गाह्रो चै अवश्य गाह्रो हुनेछ भन्ने कुरो त्यो पाइलटलाई थाहा हुनु पर्ने हो। तसर्थ त्यहाँ सम्म पुगेर  एक जना चै त्यतिकै फर्किनु अचम्म लाग्दो कुरो छ।

११........ 
www.airandspace.si.edu मा प्रकाशित एक लेखका अनुसार आज अमेरिकाका २७ % अमेरिकिहरुले त्यो चन्द्रमामा पाइला टेकेको कुरा झुटो हो भनी बिस्वास गर्छन् भनी भनिएको छ। त्यसै लेखमा "एपोलो १७" का एक अन्तरिक्ष यात्रीले "एपोलो ११" मा मान्छे चन्द्रमामा पुगेकै हुन् भनेर जित्न खोजिएको छ। उनि भन्छन्- "यदि मान्छेहरु ईतिहास र बिज्ञान प्रबिधिको कुरालाई अस्वीकार गर्छन् भने त्यस्तालाई  हामी कै गर्न सक्दैनौं। त्यस्ताको ज्ञान प्रती मलाई दया लागेर आउँछ।" यो website अमेरिकी सरकार मातह रहेको हुँदा नासाको वकालत गरिएको छ तर रमाइलो कुरा के छ भने त्यो सरकारी वेबसाइटमा छापिएको त्यो लेखमा १२६ जना त्यहीँका अमेरिकनले कमेन्ट गरेका छन्। ती सबैले "अमेरिकि सरकारले जनतालाई मूर्ख बनाउदै छ, त्यो सब फेक हो, ए नासा मान्छेलाई मूर्ख नबनऊ" भन्दै गाली गरेका छन्। त्यस्ता प्रतिकृयाको कुनै प्रतिवाद गरिएको छैन। Youtube मा "चन्द्रमामा मान्छे पुगे भन्ने कुरा झुट हो" भन्ने अनेकौं documentries छन्। जसमा करोडौंवि views छ। अर्थात् ती भिडियो करोडौं पटक हेरिएछ। दुनियाँलाई चासोको यो विषयमा अमेरिकाले "सत्य यस्तो हो, बाहिर आएका कुरा हल्ला मात्रै हो" भनेर भन्ने आट पनि गरेको छैन। यस्तो लाग्छ- उसलाई कै जानकारी नै छैन।

१२..... 
एक क्षणलाई माथिका एघार ओटै नम्बरका तर्कलाई बिर्सिदिऊ।  मानौं "एपोलो ११" मा निल आर्मस्ट्रङ्ग लगायत अन्तरीक्ष यात्रीहरु चन्द्रमामै पुगे रे। त्यहाँ पुगेर सकुसल नै फर्किए रे। त्यसो हो भने डेढ बर्षमा सात सात चोटि जानुपर्ने आवश्यता के छ ? चन्द्रमाको बस्तुस्थितीको अध्यन गर्न गएको भनौं भने त्यहाँबाट ल्याउन सकिने सामाग्री दुइतिन पल्टमा ल्याइसक्नु पर्ने हो।  अनुसन्धानका लागि नयाँ नयाँ सामाग्री लिन गएको भनौं भने एक पल्टको यात्रा र अर्को चोटिको यात्रा बिच पाँच छ मैनाको पनि फरक छैन । त्यति छोटो समयाबधिमा उता चन्द्रमाबाट ल्याएको जानकारी केकती अध्यन अनुसन्धान भयो होला ? एपोलो ११ सफल भएपछि त त्यसको ठ्याक्कै तीन महिनापछि अर्को यान एपोलो १२ पठाइएको छ। चन्द्रमा मानबका लागी नयाँ विषय थियो। त्यसका बारेमा पहिलोचोटि उताबाट ल्याएका फोटो भिडियो स्याम्पलका रुपमा ल्याएको ढुङ्गा माटो ती सबको अध्यन अनुसन्धान विश्लेषण गर्न ३ महिनाले पुग्छ ?  त्यहाँ त्यतिकै त पुगिदैन। करोडौं डलर खर्च हुन्छ -एकचोटि जादा। आखिर फजुलमा अमेरिकाले अर्बौं डलरकि किन खर्च गर्‍यो ? एकचोटि जादा हुने ठाउँमा सात्सात चोटि एकोहोरो गएको गएकै किन गर्‍यो ?

१३...... 
खासमा कुरा के भने त्यतिबेलाको सोभियत युनोयनले अन्तरिक्षमा मान्छे पठाइ सकेको थियो। अमेरिका त्यो बेलाका रास्ट्रपतिले सनक चढेका बेला "हामी चन्द्रमामा मान्छे पुर्‍याउछौ" त भने तर अमेरिकासङ्ग त्यो बेला त्यो हैसियतको technology थिएन। त्यसैले ऊसले स्टुडियोमा खिचिएको फोटो, भिडियोलाई चन्द्रमाको भनेर प्रसारण गर्‍यो। एक चोटि पुहेपछी उसलाई डर भो कतै सोभियत युनियनले पनि त्यहाँ मान्छे पुर्‍यायो भने ? यदि त्यस्तो भो भने त ऊ अमेरिका जत्तिकै पावरफुल मानिनेछ।  त्यसपछि त त्यो भन्दा ठूलो मिस्सन भनेको मङल ग्रह मा पुग्ने बनाउने पर्नेहुन्छ। मङल ग्रहका बारेमा त्यति बेला खासै थाहा थिएन पृथ्वीका बैज्ञानिकहरुलाई। त्यसैले बरु धेरै चोटि चन्द्रमामा गएको रेकर्ड बनाउने।  र उसले गर्‍यो पनि त्यस्तै सात पल्ट सम्म गएको भन्ने देखायो। अब अरुले त्यो रेकर्ड तोड्न सक्ने हिम्मत नै गर्न सकेनन। यहाँ उसले अलिकती बुद्धि के लगाएको छ भने हरेक पल्टको मिसनमा सजिलै सफल भएको देख्दा दुनियाँले सन्का गर्छन् भनेर तेश्रो पल्टको मिसन "एपोलो १३" चन्द्रमामा पुग्नै लागेको थ्यो तर यानमा कै खराबी भएर त्यहाँ नझरी फर्क्यो भनेर भनियो। यत्ती भनेपछी सुन्नेलाई हेर्नेलाई पनि "ए साचैको हो रैछ है !" भन्ने भान पर्छ सन्का गर्ने ठाउँ रहदैन। 

१४..... 
अमेरिकाले जारी गरेको एउटा फोटोमा अन्तरिक्ष यात्रीको हेलमेटको सिसामा पर कुनै दुई ओता चिज तुर्लुङ्ग झुन्डेको देखिएछ।  अरु फोटो भिडियोमा पनि यस्तै नमिल्दा चिजबस्तु देखिएका छन्। ती अमिल्दा र त्यहाँ हुँदै नहुनुपर्ने चिजहरु बास्तबमा मुन स्टुडियोमा खिच्दा उज्यालोका लागि झुन्ड्याएको लाइट हुन भनेर अनुसन्धानकर्ताहरुले भनेका छन्। नासाले चै ती चिज एलियन हुन सक्छन् भन्ने खालको सङ्ग्केत गरेको पाइन्छ।

१५....... 
कयौं website मा के भनिएको छ भने- एपोलो १७ चन्द्रमामा जादा त्यसका अन्तरीक्ष यात्रीलाई एलियनले "अब फेरीफेरी यहाँ नआउनु नत्र ठिक हुँदैन" भनेर भनिएको छ। बास्तबमा यस्ता बेतुकका हल्ला तीनै नासामा आबद्द बैज्ञानिकहरुले चलाएका छन् । नासामा काम गरेका तर रिटायर्ड भै'सकेका बैज्ञानिकहरुले "एलियनको डरले नै अमेरिका फेरि चन्द्रमामा नगएको हो" भन्ने तर्कलाई बल पुग्ने गरि एलियन सम्बन्धी किताब लेखेका छन्। तर हामीले के बुझ्नुपर्छ भने यस्ता हावादारी कुरा गरेर अमेरिकाले फेरि आफ्नो कम्जोरी लुकाउन खोजेको हो। नासामै कार्यरत एक बैज्ञानिकले त्यहीँको टिभिलाई प्रत्यक्ष प्रसारणका बेला "मैले एउटा UFO देखेको थिए हिजो" भनेर भन्छन। त्यो पत्रकारले ती बैज्ञानिकलाई त्यो केकस्तो थ्यो ? भनेर प्रश्न गर्दा "त्यो कस्तो थ्यो भनेर त म भन्दिन तर त्यो UFO नै हो" भनेर बिसयबाट पन्छिन्छन। 

यो बिसयमा अध्यन गर्दै जादा अमेरिका, क्यानडा र मेक्सिकोका आकाशमा कैलेकाही UFO देखिएको खबर त्यहाका पतृकाले फ्रन्ट पेजमै छापेको पनि पाइयो। तर यी यस्ता हावादारी कुरा जुनमा कुनै तर्क छैन, यस्ता कुरामा हामीले बिश्वास गर्नु हुन्न। त्याहाँका बिकाऊ पत्रीकाहरुलाई किनेर अमेरिकाले आफू अनुकुल मत बनाउन यस्तो उस्तो भन्दै "यहि पृथ्वीमा, चन्द्रमामा एलियन्हरू घुमिरहन्छन" भन्ने खाल्को लेखहरु  प्रायोजित बैज्ञानिकद्वारा  लेख्न लगाउछ। यसरी दुनियाँलाई अर्को  गुमराहमा राख्न आफैले ड्रोनहरु उडाएर "एलियनको यान हो" भन्ने भ्रम फैलाउछ। आजकल बजारमै पनि ससानो ड्रोन तीस पैतिस हजारमा आउँछ। त्यस्तै ड्रोनको ठुलो रुप बनाएर बेलाबेलामा आकाशमा उडाउछ -अमेरिका। त्यसैलाई सर्बसाधारणहरु त्यो UFO एलियनको हो भन्ने भ्रम सङ्गल्छन। नासाका बैग्यानिकको त कुरै नगरौ अमेरिकाको रणनीति अनुसार त्यहाका बैज्ञानिकहरु चल्ने हुन्। 
                        .................

माथी भनिएका तर्क अनुसार तलका तस्बिरमा कमजोरी छन् /छैनन् राम्ररी हेर्नुस् अनि आफै निर्क्यौल गर्नुस्।आजको युगमा पनि भ्रममा बाच्नु राम्रो होइन। सत्य बुझौ र अरुलाई पनि बुझाऔ। आफुलाई कुवाको भ्यागुता नबनाऔ। कागले कान लग्यो भन्दा कागको पछिपछि नभागौ, पैला आफ्नो कान छामौ। 'अमेरिका छट्टु स्याल हो' बेलौमा बुझौं। भ्रम नपालौ।

यो लेखका सम्बन्धमा अध्ययन गर्नु भन्दा अघिसम्म यो पङ्तिकारलाई पनि कति मान्छेहरुले "चन्द्रमामा मान्छे पुगेको कुरो झुटो हो" भनेर भन्दा "हैन होला" भन्ने लाग्थ्यो। नासा जस्तो बैज्ञानिक सस्थाले त्यसो गर्ला र ? भन्ने लाग्थ्यो। तर अध्यन अनुसन्धान गर्दै जादा बास्तबमै अझै सम्म मान्छे चन्द्र धरातलमा पुगेकै रहेनछ भन्ने यथार्थ बोध भो। अमेरिकाले फैलाएको भ्रमबाट मुक्त भइयो।  यो लेख तैयार पार्ने क्रममा यो पङ्तिकार wikipedia का १४ ओटा लेख अध्ययन गर्‍यो। Time magazine, Haffington Post, BBC लगायतका website का २३ ओटा लेख एकेक गर्दै अध्ययन गर्‍यो। Youtube मा यो विषयसङ्ग सम्बन्धित बिस्तृत रुपमा व्याख्या गरिएका आठ ओटा dacumentry हेर्‍यो। Youtube का सानातिना भिडियो फुटेज त कति हेरियो त्यसको हिसाब नै राखिएन। अन्त्यमा आफू क्लियर भएर मात्रै यो लेख लेख्न थालेको हुँ।


-निरक्षर निरौला 
२०७३/ ०२/ १२

तस्बिरहरु:-





Sources:
1.https://www.nasa.gov
2. www.wikipedia.org
3. https://soapboxie.com/world-politics
4. www.nato.int
5. www.atomicarchive.com
6. www.history.com
7. www.anonhq.com
8.www.quora.com
9. www.cnn.com
10. www.hri.org
11. www.therealnewsonline.com
12. www.independent.co.uk
13. www.ibtimes.com
14. www.bbc.com
15. www.infoplease.com
16. www.rand.org
17 www.cbsnews.com
18.https://www.nasaspaceflight.com


6 comments:

  1. Bafre yasto pani hunxa ?

    patyaunai muskil vo kasako kura patyaune ?

    ReplyDelete
  2. Bro moon landing hain yo video her

    Aile samma kunai rocket pani space ma pugeko xain.
    NASA is making us fool
    https://youtu.be/MuYKbEUae94

    ReplyDelete
  3. ला सन् १९६१ अप्रिलमा सोभियत युनियनका युरिगागरिन अन्तरिक्षमा पुगेर सकुसल पृथ्वीमा फर्किएर आए। यो खबरले अमेरिकाका तत्कालीन रास्ट्रपति जोह्न एफ. केनेडीलाई बस्नु खानु भएन। त्यो घटनाको एक महिना पनि नबित्दै सन् १९६१ मे २५ का दिन उनले- "अन्तरिक्षमा रुसले मान्छे पुर्‍याउने ? पर्ख ! अबको दस बर्षमै हामी चन्द्रमामा मान्छे पुर्‍याएर देखाइदिन्छौ" भन्दै सनकको भरमा रास्टृय घोषण गरे।

    Hahaha budo ko sanakale garnu garyo.
    america ko ijjat badaune hain matoma milyo

    ReplyDelete
  4. hait yo t tahalka machaune lekh po raixa

    Ke yo real ho? ho vane ta kuro gamvir po xa. Hami sapai ullu po bhaeka raixau ta����

    ReplyDelete
  5. हल्लै हल्लाको देश

    हल्लै हल्लाको दुनियाँ !!

    ReplyDelete
  6. सत्य बुझौ र अरुलाई पनि बुझाऔ। आफुलाई कुवाको भ्यागुता नबनाऔ। कागले कान लग्यो भन्दा कागको पछिपछि नभागौ, पैला आफ्नो कान छामौ। 'अमेरिका छट्टु स्याल हो' बेलौमा बुझौं। भ्रम नपालौ।

    ReplyDelete