नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, August 30, 2016

                            गजल          

    तर्क बितर्क मनमा, केके हो केके आइ-रहन्छ ॥
    कस्तो कस्तो चिन्ता, हर बखत मलाई रहन्छ ॥

    कोइकोइ दिन दुगुना रात चौगुना मालामाल हुँदै छन
    तर आफ्नो भने प्रगती एक दुई र अढाइ रहन्छ ॥

    सम्पत्तिको मामिला जब छेडिन्छ कसैको घरमा
    तब न दाइ 'दाइ' रहन्छ, न भाइ 'भाइ' रहन्छ ॥

    दैबले नि साथ छोडेदेखी अपवाद बनेको छ यौटा-
    थाहा छैन मेरो छाँयाले किन मलाई पछ्याइ-रहन्छ ॥

    झुपडीमा बस्ने म बबुरो भन्नुस्,कसरी निदाउँ ?
    जबसम्म मेरो दुश्मनको हातमा सलाई रहन्छ ॥

    आखिर समय पनि धोकेबाज रहेछ, मान्छेहरु जस्तै-
    उमेर बढाउदै लैजान्छ तर जिन्दगी घटाइ-रहन्छ ॥


                                        - निरक्षर निरौला


    

Monday, August 29, 2016

Hindus religion & philosophy is depends on these book / grantha 

1. VEDAS :
a. RIGA VEDAS 
b. YAJUR BEDAS
c. ATHARV VEDAS 
d. SAAM  BEDAS
2. MAHA- BHARAT 
3. GEETAA
4. RAMAYAN
5. PURANS:  18 PURANS (so many sub-purans)
6 ...................... 

Sunday, August 28, 2016

जोजो साकाहारी छन्, बास्तवमा ती सबै मांसाहारी नै हुन्

जोजो साकाहारी छन्, बास्तवमा ती सबै मांसाहारी नै हुन् 
  
धर्मग्रन्थलाई आधार मान्दा:-

 हिन्दू धर्म सङ्ग सम्बन्धित जती पनि उपनिसद र शास्त्र छन, तिनको सारको रुप मानिने 'गीता'मा बडो स्पस्टसँग भनिएको छ- "बनस्पतिमा पनि आत्मा हुन्छ ।"
आत्मा हुन्छ भनिसके पछी त्यसमा प्राण हुन्छ भन्ने बुझ्नु पर्‍यो । यदी बनस्पतिमा प्राण छ भने त्यसलाई  "प्राणी" भन्दा भो । जसमा प्राण हुन्छ त्यो स्वत: प्राणीमा गनिन पुग्यो । खासमा प्राण भन्नु चेतना हो । बनस्पतिमा मानिस र पशुपंक्षि जत्तिको स्तरको  चेतना नभए पनि निक्कै कम स्तरकै सही तर चेतना हुन्छ, हुन्छ । त्यही चेतना ले हो बनस्पतिले आफ्ना कोशहरुलाई प्रकाशबाट ऊर्जा प्राप्त गर्न र जमिनबाट पानी लगायतका अन्य तत्व लिन आदेश दिने ।  यसरी हेर्दा यस पृथ्बीमा भएका जेजती बनस्पती ( स-साना झारपातदेखी लिएर ठुलठुला रुखसम्म)  छन् ति सप्पै प्राणी हुन् । तपाईं हामी मान्छे जस्तै । पशुपंक्षि जस्तै । तिनको पनि आत्मा छ । तिनको पनि शरीर छ । बनस्पतिको शरीरबाट आत्मा निस्किए पछी त्यो मर्छ । जस्तो मान्छेको शरीरबाट आत्मा निस्किदा मान्छे मरे जस्तै ।     

आधुनिक बिज्ञानलाई आधार मान्दा:-

बिज्ञानले भन्छ - मानिस र पशुपंक्षिमा जस्तै बन्सपतिमा पनि कोश हुन्छ । हरेक कोशमा DNA हुन्छ । त्यो DNA ले नै हो-  सो बनस्पतीलाई  बिकास हुन, बाँच्न  र पुनरुत्पादन गर्न, बंशाणु गुण सार्न निर्देशन दिने वा भनौ त्यो काम गर्ने/गराउने ।
DNA कोश भित्र हुन्छ । त्यसैले जबसम्म कोस जिउदो छ, त्यसले system चलाउँछ । बनस्पती बाच्छ । जब कोश मर्छ, बनस्पती मर्छ । 
पछील्ला अनुसन्धानहरुले त  गीत संगीत र मान्छेको व्यबहार अनुसार बनस्पतिले कृया प्रतिकृया देखाउछ  भन्ने सम्मका कुरा प्रमाणित भएको छ । बनस्पतिले गर्ने कृया प्रतिकृया निक्कै सुस्त गतीको हुने भएकाले त्यो सहजै मान्छेले चाल पाउदैन  । 

निस्कर्श:-

यसरी दुबै (धर्मग्रन्थ र बिज्ञान)  नजरले हेर्दा बनस्पती र पशुपंक्षिमा कै फरक छैन- जाती र आकार प्रकार बाहेक । चेतनाको स्तर बाहेक । DNA र कोशको सङ्ख्या बाहेक । तर मान्छेहरु अचम्मका छन् । "कुनै प्राणीलाई मारेर खानु पाप हो" भन्दै धर्मकर्मका कुरा गर्छन् । आफुले माछामासु नखाएकै भरमा "मांसाहारी हैन, साकाहारी हुँ"  भन्छन् ।

त्यस्ता महानुभावहरुलाई मेरो प्रश्न छ- मासु केलाई भन्ने ? 
मैले बुझेको यत्ती हो- जसरी मान्छे र  पशुपंक्षिका सन्दर्भमा मासु भन्नु शरीरको हो । त्यसैगरी बनस्पतिको पनि मासु भनेको त्यसको शरीर हो । त्यसको काण्ड, जरा, हाँगा, पात, फल, फुल लगाएत हो । बनस्पतीको मासु र पशुपंक्षिको मासुमा रङ्ग र स्वादको मात्रै फरक हो । आखिर दुबैको मासु "मासु" नै हो ।  मान्छेले मानिस र पशुपंक्षिको शरीरलाई चै "मासु" नाम दियो तर बनस्पतिको शरीरलाई "मासु" को नाम दिएन । फरक यत्ती मात्रै हो । 
          आफुलाई  साकाहारी भन्नेहरुले बनस्पतिकै शरिर आहार गर्छन् ।  बिज्ञान र धर्मग्रन्थले  बनस्पतीलाई  सजिब बस्तु भनिसके पछी दुबै किसिमका सजिब बस्तुको शरीर पनि  मासु नै मान्नु पर्ने हुन्छ । अनी मासु खानेहरु स्वत: मांसाहारी भैहाले । यसमा बिबादै रहेन ।
- तसर्थ मेरो नजरमा आज जोजसले आफुलाई  (सागपात फल्फुल मात्रै खाएका भरमा)  "साकाहारी" भनेका छन् /भन्दै छन् वास्तवमा ती सप्पै मांसाहारी नै हुन् । भलै उनिहरुले यो तर्कलाई मान्नु/ नमान्नु उनिहरुको आफ्नो कुरा भो ।


निरक्षर निरौला
२०७३ भाद्र ११, दशमी तिथी 

......................



माथिको लेखका सम्बन्धमा भएका कृया प्रतिकृया टिप्पणीहरु जसमा मैले आफ्नो तर्क राख्न खोजेको छु 


Madhava Kunwar Kshetri सर  सङ्गको मेरो बहस:-


Madhava Kunwar Kshetri MachhaMasu, Sagpat (boat biruwa), Dugdha padartha, Kandamul, Phalphool, Madira (anny jhol padartha), Annapaat, Jal, Hawa, pharak pharak bastu hun.....Yi maddhe kunai euta bastu matra prayog garne lai aaphnai prakar le bykhya garinchha....sidhai Mansahari bhann milla ra...




हावा र पानीको कुरा तिर म गइन- ऐलेलाई । खाली बनस्पती र पशुपक्षीका सम्बन्धमा मेरो भनाइ हो ।
पशुपक्षी सजिब बस्तु हुन । त्यो त हामीले मान्दै आएकै हौ । तर बनस्पतिमा पनि आत्मा हुन्छ चेतना हुन्छ भन्ने कुरा धर्म ग्रन्थ र बिज्ञान दुबइले भनी सकेपछी बनस्पती र पशुपक्षी फरफ फरक किसिमका तर दुबै "जिबित प्राणी" नै ठहरिए ।
यदी दुबै जिबित प्राणी हुन भने तिनको शरीरलाई जेसुकै नाम दिनुस्, आखिर फरक कती मात्रै भो भने- बनस्पतिको शरीर भनेको फलफुल अन्न सागपात भो । पशुको शरीर भनेको (हाम्रा लागी) मासु भो ।

तपाईं हामी सागपात अन्न फलफुल खान्छौ भने त्यो बनस्पतिलाई घाइते बनाएर या मारेर खान्छौ ।
अब बताउनुस् सर, कुनै सजिब बस्तुलाई मारेर वा घाइते पारेर वा जे सुकै गरेर उसको शरीरलाई हामीले आहारा बनाउछौ भने हामी "मान्साहारी" भयौ कि भएनौ ? एउटा सजिब प्राणीको शरीरलाई "मासु" मानिन्छ भने अर्को सजिब प्राणिको शरीरलाई "मासु" मान्ने कि नमान्ने ?
हो रङ्ग र स्वाद फरक छ त्यसमा दुई मत छैन तर तात्विक रुपमा के फरक भो र ?

निरक्षर निरौला



Write a reply...
Madhava Kunwar Kshetri Yestai kurai kurama- campus prabesh Ko briefing Ko Pahilo din group lecture Kai Silsila ma eak jana bidhyarthi Le teacher sanga question gareka thiye - hami bhainsi ra Gai Ko dudha khanchhaun, Tara Gai lai aama bhanchhaun bhane bhainsi lai Aama kin nabhanne? Tyo sathi Ko kura suner aaja pani malai Mazza lagchha.... (Khali yo ramailo matra...)



त्यसपछी ..... उहाको प्रश्न पछीको बहस चै केकसरी अघी बढ्यो ? के कसरी त्यो बहस टुङ्गियो ? मलाई जान्ने इक्षा लाग्यो ।

मेरो पनि लग्भग त्यस्तै तर्क छ । गाइलाई "आमा" भनिन्छ भने भैंसीलाई किन भन्न मिल्दैन ? हामी हिन्दू धर्मका अनुयायी भएकाले गाई हाम्रा लागी "गौ माता" भएको हो । शास्त्रले त्यसइ भन्छ । तर एक्छिनलाई हिन्दू धर्मको चस्मा खोलेर हेरौ त । कस्तो देखिन्छ ?

एक क्षणलाई मानौ कुनै एउटा अमुक धर्म छ रे (उदाहरणक लागि मात्रै मानौ भनेको ) । त्यो धर्मको शास्त्रले भैंसी चै "भौ-माता" हुन । इस्वरकै एउटा रुप हुन" भन्ने ढङ्गले व्याख्या गर्‍यो रे । अनी गाइका बारेमा कै पनि भनेन रे । अब त्यस्तो समुदायको ब्याक्तिले भईसीलाई नै "भौ माता" मान्छ कि मान्दैन ? उसलाई "गाइ पो माता हो" भनेर भन्दा पत्याउछ कि पत्याउदैन ?

- उत्तर स्पस्ट छ; त्यस्तो अवस्थामा उसले गाईलाई हैन भैसींलाई "माता" मान्छ, ठान्छ । पूजा गर्छ ।

- अब फेरी त्यही ठाउँमा हिन्दू धर्म र त्यो अमुक धर्म भन्दा मानौ अर्को तेश्रो धर्मको ब्याक्ति त्यहा आयो रे । अब त्यो तेश्रो ब्याक्तिले भैसिलाई माता मान्ने कि गाइलाई ?

धर्मको चस्माले हेर्दा त कैले गाई, कैले भैसी, कैले कुनै अर्को जिबलाई माता देखिन्छ । देखिने सम्भावना हुन्छ । जुन स्वाभाविक नै हो । तर निस्पक्ष भएर तर्क गर्ने हो भने त गाइलाई माता भन्दा भैसिलाई नि भन्नु पर्ने हुन्छ ।

LikeReply1August 28 at 8:50amEdited
निरक्षर निरौला



Write a reply...
Madhava Kunwar Kshetri Hindu sanatan dharma parampara Ko halka byakhya garna mildaina ra sakindaina pani...Aadi Sankaracharya pachhi koi manuwa janmeka chhainan yo dharma Ko barema byakhya garne...it is said by a famous monk. who became a monk after being unsuccessful to get a tiny touch of Hindu philosophy. I can give you his name. But I don't think you can get him easily. So in Hinduism there always hidden meaning of each and every word. Hindu is Great.



सर्बप्रथमत: के भन्न चाहे भनेँ- मैले यहाँ हिन्दू धर्मको व्याख्या गर्न खोजेकै हैन । म हिन्दू धर्मको व्याख्यान दिने हैसियतको मनुवा पनि हुइनँ ।

हिन्दू धर्म र दर्शनलाई समग्रमा बुझ्न गीतादेखी लिएर महाभारत, बेद, पुराण, पुराणका पनि उप-पुराण लागायतका यावत ग्रन्थ पढ्नु पर्छ । पढेर मात्रै पनि भएन, त्यहा लेखिएका शब्द शब्दलाई फुटाउदै अर्थ केलाउनु पर्छ । ती सबै ग्रन्थ सस्क्रित भाषामा छन, सस्क्रीत भाषामा एउटै शब्दका अनेक अर्थ हुन्छन- प्रसङ्ग अनुसार ।

मलाई त के लाग्छ भने- हिन्दू धर्मदर्शनको असली मर्म बुझ्न एउटा मान्छेको जिन्दगी पुरै खर्चिनु पर्छ । त्यतिले पनि पुग्छ पुग्दैन भन्न् सकिन्न । किनकी यो यती ब्रिहत जो छ । हिन्दू धर्मदर्शन बाइबल र कुरान जस्तो एउटा किताबको भरमा अघी बढेको छैन । यो कुरो म पनि मान्छु । म पनि एक हिन्दू नै हुँ । हिन्दू भएको नाताले मेरो पनि यी धर्म ग्रन्थ प्रती श्रद्दा भाव छ । हुनु पनि पर्छ ।

हिन्दू परम्परा अनुसार गरिदै आएका कयौ कार्य हरु जस्तो पीपल रोप्नु, तुलसी रोप्नु, ब्रत बस्नु जस्ता कुरा बैज्ञानिक ढङ्गबाटै सही छ भनेर त बिज्ञानले नै प्रमाणित गरिसकेको छ । अरु कुरा पनि प्रमाणित गर्दै जाने क्रम जारी छ् । पश्चिमाहरु पनि हाम्रो धर्मदर्शन प्रती बडो चाख दिएर अध्ययन अनुसन्धान गर्न थालदै छन । यस्तो बेलामा म एक मनुवाले यसको व्याख्या गर्न खोजेकै हुइन । मैले अलिअली पढेको भनेको गीता र महाभारत मात्रै हो । त्यो पनि सतही रुपमा मात्रै । त्यो बाहेक अरु त मैले अरुअरुको मुख बाट मात्रै हल्का सुन्या छु । मैले अध्ययन नगरेको कुरा अध्ययन गरेको छुइन भन्न मलाई कुनै संकोच लाग्दैन ।

तर मैले यहाँ (स्ट्याटस मा) " गीतामा पढे अनुसार यस्तोयस्तो भेटें, र बिज्ञानले यस्तोयस्तो भन्छ" भनी दुबइ कुरा राखेपछी मात्रै आफ्नो धारणा राखेको हुँ । समग्र हिन्दू धर्मदर्शन प्रती मेरो त्यो धारणा होइन । यावत बिषयहरुको खन्डको पनि उपखण्डको एउटा प्रसङ्गमा मेरो त्यस्तो धारणा बनेको हो । जिज्ञासा उब्जिएको हो ।
मलाई थाहा छ- जसले बुझेको छैन उसैले जिज्ञासा राख्ने हो -आफुलाई चित्त बुझ्दो जवाफ आउछ कि भन्ने आशले । मैले दुई चार जना पण्डीत बाहरु सङ्ग बुझ्न खोज्दा आफुलाई चित्त बुझ्दो जवाफ नआएपछी आफुले भेटे जाने अनुसार धारणा बनाएको हुँ । अरु कै हैन । मलाई चित्त बुझ्ने गरी भोली कसैले तर्क गरे सहर्श म आफ्नो धारणा परिवर्तन गर्न तैयार छु । तर चित्त बुझ्दो तर्क हुनु पर्‍यो ।






मित्र चक्रपाणी सङ्ग गरिएको बहस:-

Chakra Pani Yo tarka sahi ho...but tehi gitale sakahari vhojanko rupma explain gariyeko xa...sakahari khana Uttam ho vaniyeko xa....Gitama kk Kura sakahari ho kk hoina pura xan... scientifically sakahari Uttam ho...Aatma ta har jivanu ma hunxa vanxa Gita...tesaile sakahari ra aatmako tarkale mansahari hunna...



पैलो कुरा त म गीताको ज्ञाता हैन, पाठक मात्रै हुँ । तसर्थ त्याहा लेखिएको कुरा केकती ठीक हो ? मेरो मगजले,मेरो मगजको स्तरले भ्याएसम्म म आँफैमा तर्क बितर्क गरिहन्छु । शायद पाठक मात्रै भएर हुनुपर्छ- गीताका तथ्य/तर्क प्रती जिज्ञासा उब्जिन्छन मेरा मनमा ।

तर यी सब हुनुको बाब्जुद म के कुरामा पूर्णत: सहमत छु भने "श्रीमदभाग्वद गीता" अत्माको रहस्य र जिबनको सार्थकतालाई सबैभन्दा बैज्ञानीक ढङ्गले व्याख्या बिस्लेसण गर्ने/गर्न सक्ने एक मात्रै ग्रन्थ हो- यस् धरा धाममा । त्यसमा दुई मत छैन ।

मान्छेले बाच्नु त छदै छ । आत्माको सिधान्तबाट हेर्दा- बाचियो भने न यो जिबनलाई उपायोग गरेर परम आत्मा सन्ङ मेल गराउन सकियो । बाच्नका लागि आहार गर्नै पर्‍यो । हामी सङ्ग आहारका लागि दुई बिकल्प छन: की बनस्पती कि त पशुपक्षी ।
गीताले गरेको आत्माको परीभासाले बनस्पती पनि पशुपक्षी जस्तै आत्माधारी हुन भ्न्नु पर्ने हुन्छ ।

त्यसइ गरी अर्को सन्दर्भमा भनिएको छ- "आफ्नो नितान्त निजी स्वार्थका लागि कुनै पनि जिबको हत्या गर्नु पाप हो।" यो तर्कलाई पकडिने हो भने एउटा खसीको हत्या गर्नु र एउटा सागको बिरुवा को हत्या गर्नु बराबर नै हुन आउछ किनकी दुबइमा आत्मालाई जबर्जस्ती शरीरबाट अलग गराइन्छ । र् त्यसपछी त्यस्को शरीर भोजन गरिन्छ । पाप धर्मको सिध्सान्तलाई मान्ने हो भने यी दुबै काम (खसी मार्नु र सागको बिरुवा काट्नु) पापकर्म भित्र पर्छ । परेको मान्नु पर्ने हुन्छ ।

फेरी त्यही गीतामा स्पस्ट सङ्ग "फलाहार, अन्न सागपात खाए चै त्यो हत्या गरेको नमानिने" भनिएको छ । जुन तर्क माथिको आफ्नै तर्क सङ्ग बाझिन पुगेको छ । त्यसैले यी एक अर्कामा जुध्ने कुरा भएका छन । चित्त बुझ्दो जवाफ मैले गीताबाट पनि भेटिनँ ।

तर खोज्दै जादा मैले गीतामा नभेटेको यो प्रश्नको जवाफ इन्टरनेटमा एक व्याख्याताले लेखेको भेटे । हुन त यही तर्क ठीक हो भन्न् म सक्दिनँ तर चित्त बुझ्दो जवाफ भेटेको महसुस गरें मैले । ती व्याख्याताको तर्क यस्तो छ-

मान्छे र पशु जस्तै बनस्पतिमा पनि आत्मा हुन्छ । तर आत्माको चेतना स्तर मान्छेमा, पशुमा र बनस्पतिमा बराबर मात्रामा हुँदैन । चेतनाले नै हो दुखेको/ नदुखेको थाहा दिने । थाहा हुने । उनको तर्क के छ भने चेतना जुन स्तरको छ जिबलाई त्यही मात्रामा दुखेको महसुस हुन्छ । अर्थात चेतनाको लेबल अनुसार दुख्छ । ढुङ्गो मा चेतना छैन त्यसैले त्यसलाई दुख्दैन भन्न् सकिन्छ ।
तर बनस्पतिमा चेतना भएकाले त्यसलाई पनि दुख्छ, दुख्छ । बनस्पतिमा चेतनाको स्तर मानिस र पशुपक्षी भन्दा कम हुने भएकाले उसलाई तुलनात्मक रुपमा कम दुख्छ भन्न् सकिन्छ । गीता धर्म दर्शन भएकाले प्रथमत: कुनै प्राणीको हत्या नै नगर्नु भन्ने आसय हुन्छ । तर मान्छेले बाच्नलाई खानु त छदै छ । कै त खानै पर्‍यो ?
तसर्थ गीताले स्पस्ट सङ्ग किटेरै नभने पनि त्यसको आसय यदी कुनै जिबको हत्या गर्नै परे जुन जिबलाई कम दुखेको महसुस हुन्छ त्यसलाई हत्या गर्नु भन्ने हुन सक्छ । त्यसैले सागपात खान जोड दीएको हुनुपर्छ । यसो सोच्दा- जिबलाई हत्या गर्नै परेपछी सकभर कम दुख्नेलाई गरेको राम्रो भन्ने यो तर्क बढी बैज्ञानीक र न्याय सङ्गत लाग्छ ।

तर फेरी पाप धर्मको आँखाले हेर्ने हो भने बनस्पतीलाई मार्दा पनि पाप लाग्छ नै । बनस्पतिलाई कम दुख्ने भएकाले तिनको हत्या गर्दा तुलनात्मक रुपमा कम पाप लाग्छ भन्ने तर्क गर्न सकिन्छ । यदी पाप धर्मलाई मान्ने हो भने चै।

मित्र, मैले हाल सम्म भेटेको र पढेकोको तथ्य/ तर्कहरु मध्ये मलाई सबै भन्दा तार्किक तर्क यो नै लाग्यो ।

Chakra Pani Food cycle panita xa...Hamra purkha Badar Hun jasle veg Matra khanxa...gitale banaspati praniho vanxa ... vegetarian ma katera khane derai Kam hunxan...ubjine derai hunxan...dal, Mula,gajar,aalu sabai falne Kura Hun...Aatma sabaima xa...gitale margadarsan garxa k khane k nakhane...3 prakar Ko khana hunxa...satwik tamasi and rajasi...satwik khana Uttam ho vaniyeko xa...Gita Ko mul deya himsa nagarnu ho....chahe manaviya hos chahe prani...sagko biruwa Ko hatya ra khasi Ko hatya ma derai antar hunxa...Aatma Ko aadhar ma mamsahari yaa sakahari vaniyeko hoina Mitra...rup gun ra prayogka aadharma sakahari mamsahari vaniyeko ho...



फेरी यहाँ अर्को कुरा आयो के भने-
यदी तिमी "हाम्रा पुर्खा बाँदर हुन" भन्ने तर्क मान्छौ भने तिमीले डार्विन्लाई मानेको ठहरिन्छ । र तिमी डार्विन्लाई मान्छौ भने गीता लाई मान्न पाउदैनौ ।
किनकी डार्विन र गीताको थेउरी नितान्त भिन्न छ । जुन तिमीलाई नि थाहै छ । डार्विन भन्छन- एक कोशीय, दुई कोशीय जिब हुँदै लामो समय पार गरी बाँदर हुँदै मान्छे "मान्छे" बन्यो । तर उता गीता भन्छ- मान्छेलाई ब्रह्माले बनाए । त्यसैले यी दुबइ सिध्दान्त एकै पटक मान्नै सकिन्न भन्ने मेरो मत छ । यद्यपी म खुद पनि यी दुबइ सिद्धान्तको बिचमा पेण्डुलम भएको छु । घरी यताको कुरा मान्छु, त घरी उताको ।

जहाँ सम्म भोजनको कुरा गर्‍यौ त्यो मैले माने गीताले त्यही भन्छ । सात्विक भोजन राम्रो भनिएको छ । त्यो पनि मैले माने । सात्विक भोजन भनेको फलाहार र सागपात भन्ने बुझेको छु मैले । त्यसमा पनि बढी चिल्लो, पिरो, नुनिलो केके कुन खाने ? कुन नखाने भन्ने छ , कुन खानेकुरा कता पर्ने भन्ने छ । त्यो छुट्टै बहसको बिषय छ । म यो मान्छु कि सात्विक भोजनले मान्छेलाई शान्त र बिचलित हुन दिदैन । शरीरलाई पनि फाईदा गर्छ । स्वास्थ्य राख्छ ।

तामसिक भोजन भनेको मैले बुझ्दा- पाशुपछीको मासु, जाड रक्सी, लसुन प्याज, र बासी सडे गलेका लगायत का ती तमाम खाना कुराहरु जुन श्वास्थ्यका लागि श्वासथकर छैनन । बिज्ञानको आँखाबाट पनि तामसिक भोजन भन्दा सात्विक भोजन धेरै अर्थमा राम्रो हो ।

तर मेरो लेखको मुल लक्ष्य कुन भोजन उत्तम हो कुन हैन भन्नेतिर नभै दुबइ किसिमका या तिनै किसिमका भोजनमा जे हामी ग्रहण गर्छौ त्यो ती बनस्पती या पशुपक्षी कै शरीर हुन । ती दुबइ किसिमका भोजनमा तीनको शरीर खाइने हो । बनस्पतीमा शरीर - भन्नाले सागपात, फाल्फुल आदी भन्ने बुझिन्छ र पशुपक्षीमा "मासु" भन्ने भो । खान त दुबइ अवस्थामा शरीर नै खाइएको हो । भने पछी के हामीले दुबइ अवस्थामा हत्या गरेनौ र ? के हामीले दुबइ अवस्थामा शरीरलाई तिनको आत्मा सङ्ग अलग गराएनौ र ? कुनै जिबित बस्तु (बनस्पती पनि जिबित हो भन्ने कुरा तिमीले माथि नै स्वीकारी सक्यौ) को शरीरबाट आत्मालाई अलग गराउनु हत्या होइन ?

हो हामीसङ्ग खनका लागि अरु बिकल्प छैन तर दुबइ अवस्थाको हत्या "हत्या" नै हो भन्न्ने मेरो जोड हो । एक अवस्थाको हत्या चै "हत्या" हुने अनी अनी अर्को अवस्थाको हत्या चै किन "हत्या" नहुने ?
बरु म मान्छु- बनस्पती हत्या भन्दा पशुपक्षीको हत्या गर्नु क्रुर र अमानबिय हो । तर हत्या "हत्यै" हो ।

Chakra Pani Banaspatiko hatya hoina faleko fal khane ho...dal falxa...aalu mula sab faleko khane ho...kohi apabad holan...sristi ma food cycle Jo manisle bigare...pashu Panchi swikar gareko food cycle hami manisle follow garenou...sakahari ma sabai marera hudaina...derai Kura falne ubjane hunxan...



तिमीले जुन "खाध्य श्रिण्खला" फुड चेनको कुरा गर्‍यौ त्यओ मैले माने । त्यसले कुन कुन जिबले केके खाने भन्ने नियम ब्यबस्था बतायो । त्यो अनुसार मनिसले बनस्पती खानु पर्छ नकी पशुपक्षी भन्ने तिम्रो तर्क हो भने मैले त्यो सहर्श स्वीकारेँ ।
तर मेरो जोड के भने लौ तिमीले बनस्पती नै खायौ, पशुपक्षीको मासु खाएनौ रे । त्यो राम्रो कुरा पनि हो । हिस्ना गर्नु राम्रो होइन ।

तर अब मलाई तिमी यो बताउ कि बनस्पतिमा हामीले खाने फलफुल रुखकै अङ्ग हो कि हैन ? रुखकै अङग भएपछी त्यो रुखको भाग भाईगो । रुख सजिब हो भन्ने कुरो माथि नै तिम्ले नि मान्यौ । भनेपछी सजिबको कुनै अङ्ग (फल्फुल, सागपात,अन्न) त्यो सजिबको मासु हो कि हैन ? तिमीले त्यो बनस्पती मारेर खायौ या नमारी खायौ त्यता तिर म गैन ।
पाप धर्ममा विश्वाश गर्ने हो भने यदी- त्यो बनस्पती नमारीकनै फल्फुल अन्न सागपात खादा पाप नलाग्ला । या कम लाग्ला, त्यो अर्कै कुरो भो ।

तर जसरी खाए पनि अन्तिम निचोड निकाल्दा तिमीले रुखकै या कुनै बिरुवाकै एक भाग खाएको मानिएन र ? मेरो जोड यो कुरामा चै हो ।







Tej Narayan Adhikari सर सङ्गको मेरो बहस:-

Tej Narayan Adhikari कुरो गम्भीर छ है । बनस्पति पनि प्राणिनै हो । चौपाया हत्या, पन्छी हत्या र वनस्पति हत्या भन्नुनै आत्मा वा प्राणको हत्या हो । त्यसकारण कुरो सहि लाग्यो । तरपनी शाकाहारिले के खानु त भोजनमा ? भन्नुहोस् त निरक्षर जि ।
निरक्षर निरौला Tej Narayan Adhikari सर,
पैला त् तपाईं मेरो माथिको कुरा सङ्ग सहमत हुनुहुन्छ भन्ने लाग्यो यहाँको टिप्पणीबाट ।

"साकाहारीले के खाने ?" भन्दा पनि "आज सम्म आफुलाई साकाहारी भन्नेहरुले चै अब के खाने ?" भन्ने सवाल जुन यहाँको छ, त्यो बडो गम्भिर छ । त्यसको ठ्याक्कै जवाफ धर्मग्रन्थमा पनि छैन । अथवा हाम्रो धर्मग्रन्थले र बिज्ञानले त्यतातिर सोच्न भ्याएकै छैन । त्यसैले झन म एउटा मनुखेले यो प्रश्नको उत्तर कै दिन सक्दिनँ ।
आज सम्म मान्छेले खाँदै आएको भनेको बनस्पती र पशुपक्षी मात्रै हो । भविश्यमा पनि यी बाहेक कुनै तेश्रो चिज मान्छेले बनाउला, बिकास गर्ला जस्तो चै मलाई लाग्दैन ।
हुन त सन २०१२ मा चिन र उत्तर कोरिया मिलेर चामल जस्ताइ हुबहु देखिने चामलका दानाहरु बनाएका थिए । जुन हेर्दा र खादा पनि चामलै जत्तिको थियो रे ("रे" भनौ आफुले चाख्न नपाएपछी) । तर त्यो मानब निर्मित चामलका गेडा पनि आलु र प्लास्टिकको सम्योजणबाट बनाइएको थियो । त्यसैले त्यो खानु पनि आलु खानु जत्तिकै भो ।
बनस्पती र पशुपक्षी बाहेक अरु चिज खान मिल्ने नभएकाले यी दुई मध्येबाटै मान्छेले आहारा बनाउनु पर्ने अनिवार्यता छ । खानलाई हामीसङ्गअरु कै बिकल्प छैन ।

तर मेरो जोड के भने तपाईं सागपात फल्फुल खानुस् या पशुपक्षीको मासु खानुस्; आफुलाई "साकाहारी" भन्न चै पाउनु हुन्न भन्नेमा छ ।

Tej Narayan Adhikari हामिहरु त साधारण मानिस यो कुरोले त्यत्रो उथलपुथल नल्याउला हामिमा । तर कुरो के भनेनी ठुल्ठुला हिन्दु धर्मका पिठाधिस, मठाधिश , एकहजार आठ स्वामी, आर्यसमाज, वैश्णव समाज सबैसबैले चै के भन्छन त यसबारेमा ? यो अर्थमा त गाईको दूध खानु पनि कुनै अपराध गरे सरहनै भयो त, हैन र ?

निरक्षर निरौला Tej Narayan Adhikari सर,
म कुनै विद्वान हैन । एक सामान्य पाठक हुँ । त्यो पनि निरक्षर हैयियतको । तर मैले उठाएका यी कुरामा धर्म ग्रन्थ पनि मौन छ । या यसो भनौ आजसम्म मैले भेटेका धर्म ग्रन्थ मौन छन । भोली त्यस्तो कुनै मैले भेटे भने म मेरो धारणा सहर्श फेर्नेछु । तर मलाई चित्त नबुझीकनै कसरी कुनै कुरा मान्नु ?

"एकहजार आठ स्वामी, आर्यसमाज, वैश्णव समाज" जस्तालाई मैले सोध्ने मौका पाएको छुइन । पन्डित्याइ गर्ने र पुराण,यज्ञ,होम आदी गर्ने आठ/ दस जना गुरुलाई मैले सोधें । तर चित्त बुझ्दो जवाफ दिन सक्नु भएन । अनी मैले सोध्नै छोड्दिए । तथ्य र तर्कहरुलाई समेटेर आफ्नो धारणा बनाउन तिर लागें ।

त्यसैले मैले स्टाटसमा बिज्ञानले के भन्छ र धर्मग्रन्थले के भन्छ ? भनेर दुइटै तर्क राखिसकेपछी मात्रै मेरो तर्क राखेको हुँ । मैले जे बुझें त्यसइ अनुसार मेरो धारणा बन्यो ।

निरक्षर निरौला Tej Narayan Adhikari सर,
यसरी अहिले सम्मको हाम्रो यो छलफलले गाइको दूध खानु पनि अपराध नै मान्नु पर्ने हुन्छ । किनकी गाइको दूध उसकै सरिरबाट सिर्जित तत्व विशेष हो । यसै तर्कलाई आधार मानेर हुनुपर्छ जैन धर्ममा लागेका हरुले दुग्ध र दुग्ध पदार्थ खादैनन ।


Tej Narayan Adhikari सबै मानिस प्राणी भक्षिनै रहेछन । चाहे वनस्पतिको प्राण लिउन वा चौपाया पशुपन्छिको । निष्कर्षमा पुगियो । धन्यवाद ।
निरक्षर निरौला Tej Narayan Adhikari स्वागतम सर । आज हामी यो निस्कर्शमा पुगे पनि यसका सम्बन्धमा छलफल बहस भइरहनु पर्छ । के थाहा भोली यो भन्दा चित्त बुझ्दो तर्क अर्को आउँला कि ? सम्भावना सधैं जिबित रहन्छ । तर आजलाई चै चित्त बुझ्दो तर्क यी नै हुन ।
LikeReply2August 27 at 11:03amEdited