नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, August 28, 2016

भाषामा नियम बनाउनै मिल्दैन, त्यो त आफसे आफ बन्छ

भाषामा नियम बनाउनै मिल्दैन, त्यो त आफसे आफ बन्छ

सबै भन्दा पैला त के बुझ्नु पर्छ भने "भाषाको संबिधान" र कुनै  "देशको संबिधान"  हेर्दा खेरी उस्तै-उस्तै लागे पनि उस्तै होइनन । ती दुबै फरक फरक खालका नियमका ठेली पुस्तक हुन् ।

देशको संबिधान:-
कुनै पनि देशको संबिधान बनाउन/ संशोधन गर्न सबैभन्दा पैला त् सर्बस्विकार्य निश्चित बिधी/ प्रकृया पुर्‍याएर त्यसको 'ड्राफ्ट'  तैयार गरिन्छ । र जब त्यो तैयार भैसक्छ  तब फेरी निश्चित बिधी अनुसार "आज बाट लागु भयो"  भन्ने घोषणा गरिन्छ । त्यस्तो घोषणा भएको तत् क्षणदेखी नै देशभर त्यो लागु हुन थाल्छ । सो मुलुकमा रहने/ बस्ने कुनै पनि नागरिकले त्यो संबिधानले भने अनुसार चल्दिन भन्न पाउदैन । उनीहरुले कुनै पनि हालतमा उक्त संबिधान अनुसार चल्नै पर्छ ।

 भाषाको संबिधान:-
  "भाषाको संबिधान" बनाउने र संशोधन गर्ने प्रकृया देशको संबिधान बनाउने र संशोधन गर्ने  प्रकृया जस्तो छैन/ हुँदैन । बरु त्यसको ठीक उल्टो हुन्छ । भन्नुको तात्पर्य के भने भाषामा पैला नियम बन्दैन, पैला लागु हुन्छ । प्रयोगमा आउछ अनी त्यसपछी मात्रै त्यो नियम बन्छ । भाषामा के लागु गर्ने ? के नगर्ने ?  भन्ने कुरा पनि प्रयोगकर्ताले (कुनै घोषणा नगरि) श्वास्फुर्त  रुपमै आँफै निर्क्यौल गर्छन् । बहुजनले जेजे स्वीकार्दै जान्छन त्यही त्यही कुरा उक्त भाषाको नियम बन्छ । बहुजनले स्विकारीएको नियम उक्त भाषाको नियम किताबमा थपिदै जान्छ । यसरी नै भाषाका नियमहरु परिवर्तित र संशोधित हुँदै जाने हुन् ।

हिजोको भानुभक्त कालिन नेपाली भाषा पनि यही प्रकृया अनुसार परिवर्तित र संशोधित हुँदै आजको नेपाली भाषा बनेको हो । कोही कसैले उर्दी फर्मान गरेका भरमा परिवर्तन भएको होइन । त्यसरी हुँदैन पनि । संसारका सबै भाषा लगभग यही प्रकृया अनुसार परिवर्तन हुँदै जाने हुन् । यसै प्रकृया अनुसार नियम बन्दै जान्छन ।  आफ्नै गतिमा बग्नु (कसैको उर्दिमा हैन) नै भाषाको बिशेषता हो । धर्म हो ।

तर हाम्रो सन्दर्भमा अहिले भाषामा क्रान्तिकारी छलाङ मार्न उद्दत पन्डितहरु (जोजो नयाँ नियम लागु गराउन लागि परेका छन्) ले "भाषाको संबिधान" बन्ने र संशोधन हुने प्रकृया बुझेकै छैनन । तिनिहरुलाई देशको संबिधान र भाषाको संबिधान बन्ने/ बनाउने प्रकृया उस्तै उस्तै लाग्छ । भाषाको संबिधान बन्ने उसको आफ्नै खालको "बिशेष प्रकृया" लाई नियमित रुपले चल्न नदिएर अहिले जेजसरी केही पण्डितहरुको सनकको भरमा नियम बनाउदै छन, लागु गर्न खोज्दै छन । त्यसले भाषाका प्रयोगकर्तामा अन्योलता थप्दै लान्छ । भाषाको वजन घट्दै जान्छ ।  र भाषा बीस्तारै मर्दै जान्छ ।

राजनीतिक रुपमा त देश सन्क्रमण कालिन अवस्थामा छदै थ्यो ।अब भाषिक जगतलाई पनि सङ्क्रमण
कालमा ल्याएर भाषामाथि राजनीति गर्न खोजिदैछ ।  नयाँ नियम लागु गराउने अभियानमा लागेका पन्डितहरुलाई  "भाषामा नयाँ नियम ल्याउनै पर्ने त्यस्तो के जरुरत पर्‍यो हजुर ?" भनी सोध्दा एउटा पनि चित्त बुझ्दो तर्क दिन सक्दैनन । ती महाशयहरुको नयाँ उर्दि जारी गरियो भने  कयौ शब्दले अर्थको अनर्थ बुझाउछन । त्यता तिर उहाँहरुको ध्यान किन जान नसकेको हो कुन्नी ?

आजको संसारमा सबैभन्दा बढी बिक्ने भाषा अङ्रेजी हो । त्यो अङ्रेजिमा अनेकौ किसिमका कमिकम्जोरी छन । तर त्यो भाषा त्यत्तिकै चलिरहेकै छ । अङ्रेजी भाषामा लाखौं नभए नि हजारौको सन्ख्यामा विज्ञहरु छन । तर तिनले भाषालाई   डोहोर्‍याउने गल्ती गरेनन । गर्दैनन ।  भाषालाई आफ्नै गतिमा बहन दिए / दिन्छन । अङ्रेजि भाषामा लेख्य र कथ्यबिच धेरै बिबादित कुराहरु छन । तर अहिलेलाई चै यहाँ एउटा शब्दलाई उदाहरण लिउँ-

नेपाली भाषामा आदरका लागि चार तहका शब्द छन । ति चार तहमा "तँ", "तिमी", "तपाईं" र "हजुर" भन्ने शब्दले बेग्लाबेग्लाई स्तरको आदर बुझाउछन । नेपाली भाषामा "तपाईं" भनेर जसलाई सम्बोधन गरिन्छ उसलाई "तँ" भन्नु असभ्य ठानिन्छ । आदरको स्तर अनुसार शब्द छन । अङ्रेजहरुमा पनि ब्याक्ती अनुसार   सम्मान भाव फरक-फरक भए पनि यी चारै तहको आदरका लागि उनिहरु एउटै शब्द "You" सम्बोधन गर्छन् ।  अङ्रेजी भाषाका त्यात्रा विद्वान छन के तिनिहरुले चार तहको आदरका लागि जाबो चार वटा शब्द पनि बनाउन सक्दैनन होला ?

उत्तर स्पस्ट छ । सक्छन । अङ्रेजि डिस्नरीमा हरेक बर्ष एक हजार देखी चार हजार ओटासम्म नयाँ शब्द डिक्सनरीमा चढाइरहने तिनिहरुको जम्बो बिद्वत बर्गलाई जाबो  चार वटा शब्द थपिदिनु कुनै गाह्रो काम हैन । तर तिनिहरु त्यसरी चली आएको भाषाको परम्परालाई तलमाथी गर्दैनन । जेजस्तो छ,  चल्न दिन्छन । भाषालाई आफ्नै गतिमा बहन दिन्छन । किनकी उनिहरुलाई राम्रो सङ्ग थाहा छ "भाषाको संबिधान" बन्ने र संशोधन हुने प्रकृया । त्यसै अनुसार चल्छन् ।

      हाम्रा भाषा पन्डितहरु मात्रै हुन् आफुलाई जेजे मन लाग्छ, जस्तो जस्तो लाग्छ  त्यही त्यही प्रयोग भाषामा गर्न खोज्ने । गर्नलाई मरीहत्ते गर्ने ।


No comments:

Post a Comment