नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, September 26, 2016

संबिधान खारेज गरौ, देश जारी गरौं

सम्बिधान खारेज गरौ, देश जारी गरौं 



- Nirakshar Niraula

 हाम्रा नेता ज्युहरुले "नेपालको संबिधान" लाई 'संसार कै उत्क्रिस्ठ संबिधान' हो भनेर एकोहोरो फलाकिरहनु भो । तर यो संबिधानका प्राबधानहरुलाई सर्सर्ती हेर्दा "संसारको उत्क्रिस्ठ" हैन बरु "संसारकै निक्रिस्ठ" मध्येको एउटा संबिधान तयार भएको भान हुन्छ । थाहा छैन हाम्रा महाशयहरुले के आधारमा यो संबिधानलाई उत्क्रिस्ठ देख्नु भो ? शायद डलर खाएपछी त्यसको सोझो (नुनको सोझो गरेझै) गर्नै पर्ने बाध्यता भएर पो त्यसो गर्नु भएको हो कि ?  त्यो उहाँहरु नै जान्नु होला ।  

यो संविधान जारी गर्नु पुर्ब देश भरबाट सुझाव सङ्कलन गर्न भनी दुई दिन सार्बजनिक बिदा दिइएको थियो । देश भरबाट जनताले लाखौ सुझाब प्रस्तुत गरे जसमा प्रमुख यी चार मुद्दा बहु सङ्ख्यकले दउठाएका थिए-

१..... प्रत्यक्ष निर्बाचित कार्यकारी हुनु पने
२..... प्रधानमन्त्री मन्त्री लगायतका पदमा पदासिन हुन न्युनतम शैक्षिक योग्यता तोकिनु पर्ने 
३..... यो देशमा संघीयता आवश्यक छैन
४..... देश हिन्दु रास्ट्र रहनु पर्छ।

तर यी कुरामा कुनै बहस भएन संविधान सभामा। त्यत्तिकै सम्बिधान ल्याउन हतार गरियो। यसो भनिरहदा यो पङ्तिकार संघीयता बिरोधि, धर्मनिरपेक्षता बिरोधी हो भन्ने आरोप पनि लाग्न सक्ला तर म न त संघीयता बिरोधी हु, न त धर्म निरपेक्षता बिरोधी। कुनै पनि देशको राज्य सत्ता धर्मबाट अलग्गै रहनुपर्छ । निरपेक्ष नै रहनुपर्छ।  तर बहुसंख्यक नागरिकको अपेक्षा के छ ? त्यसलाई पुर्णतः नजरअन्दाज गर्नु पनि कत्तिको जायज हो- लोकतन्त्रमा ? 

अहिले धेरै नागरिक र कयौं बिस्लेशक/बिज्ञहरुलाई समेत बर्तमान संविधान निक्कै उत्कृष्ट लागेको छ। राम्रो लागेको छ। सतही रुपमा हेर्दा त्यस्तो लाग्नु स्वाभाविक पनि हो । तर बास्तबमामै सोच्दा, बिचार गर्दा यो संबिधानले कुनै पनि हालतमा शान्ती, स्थायित्व र बिकास दिनै सक्दैन । कति न ठुलो उपलब्धी भन्दै देशमाथि थोपरिएका कयौं मुद्दा आँफैमा गलपासो भएको छ आज। संसारका सबै देशका संविधानका राम्रा राम्रा प्राबधान राख्न खोज्दा उँट जस्तो भैदिएको छ। यो मुलुकको आवश्यकता र सामर्थ्य के हो ? हाम्रो जस्तो मुलुकलाई त्यस्ता पद्ध्ती के/ कती अर्थमा न्याय सङ्गत छन ? त्यता तिर कसैको पनि ध्यान गएको देखिदैन ।  कसैले एजेण्डा बोकाइदिएकै भरमा दलहरुले यी यस्ता एजेन्डा बोकेर हिंडेका हुन । ती एजेण्डाले नेपाली समाज र नेपालको हित गर्ने लक्षण देखाएको भए त "अर्कैले देखाएको बाटो भए पनि सही बाटो हिडिएछ" भनी चित्त बुझाउन सकिन्थ्यो । तर नेपालमा यो संबिधान जारी भएदेखी र अब आगे राम्रो होला भन्ने अनुमान लगाउन समेत मुस्किल भइसकेको छ । बिहानीले दिनको संकेत गरिसकेको छ।

  

"नेपालको संबिधान-२०७२" का केही कमी कम्जोरीहरु तथा जटिलताहरु : 
  1. यो संबिधान १६ बुँदे सम्झौताको धरातलमा टेकेर तैयार गरिएको हो । २५ जेठ,२०७२ मा ८ वटा संघीय प्रदेशसहितको संविधान जारी गर्न प्रमुख ४ राजनीतिक दलवीच १६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यस दिन मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त सहमतिमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेका थियो । संबिधान के कसरी बनाउने भन्ने कुरो संबिधान सभामा छलफल र बहस नचलाएर बाइर बाइर कुनै कोठरीमा ४ जनाले "लु यस्तो बनाऊ" भनेर बनाइेको संबिधानलाई पछी संबिधान सभामा ल्याएर, त्यसइलाई अन्तिम टुङ्गो लगाइयो । ४ जनाले बनाउनु थियो भने त्यात्रो ६०१ जनाको जम्बो बथान किन बनाइयो ? ६०१ जनाको काम थिएन भने तिनको पालन पोसण र सेवा सुबिधामा खर्च भएको अर्बौ रुपैया किन नेपाली जनताले तिर्ने ? ४ जनाको खर्च तिर्दा हुन्छ । बाकिले गरेको खर्च नेपाली जनताको पैसा फिर्ता गर्नु पर्छ कि पर्दैन ?
  2. संबिधान बनाउने बेलामा "फास्ट ट्र्याक" बिधी अपनाइयो । दलका साम्सदहरु माथि 'ह्वीप' जारी गरियो । 'ह्वीप' को अर्थ हुन्छ आफ्नो पार्टीको अध्यक्षले जे भन्छ त्यसैमा ल्याप्चे हान्नु । तसर्थ संबिधान सभामा हाम्रा प्रतिनिधि जसलाई हामीले राम्रो संबिधान बनाउनु है भनेर जिताएर पठायौ तिनिहरुले कै गर्न र बोल्न नै पाएनन । दलका अध्यक्ष्य ले जेजे भन्छन त्यही त्यही शैलीमा टाउको हल्लाउनु मात्रै तिनिहरुको काम भयो । हाम्रा प्रतिनिधिले संबिधानका धारा उपधारामा छलफल बहस नै गर्न पाएनन । त्यसो भए यो संबिधान कसरी हाम्रा जनप्रतीनिधीले बनाएको संबिधान भयो त ?
  3. संबिधानको मस्यौदा तयार गर्न भनी नेताहरु देश दौडाहा जाँदा त्यती बेला जनताहरुले दिएको सुझाबलाई नेताहरुले टेर्दै टेरेनन । देश भरी बाट अाएको सुझाबमा बहुसङ्ख्यक नेपाली जनताले "नेपाल हिन्दू राष्ट्र हुनुपर्छ" भनेर आफ्नो सुझाब दिएका थिए । त्यसै गरी यो ८० % भन्दा बढी नेपालीले "नेपालमा संघियता ठीक छैन, यसका बारेमा पुनर्बिचर गर्नु है" भनी सुझाब दिएका थिए । त्यसइ गरी "प्रतक्ष निर्बाचित कार्यकारी राष्ट्रपती कि त प्रधानमन्त्री हुनु पर्छ" भनी सुझाब दिएका थिए । तर यी मुद्दामा हाम्रा नेताहरुले पुनर्बिचर नि गर्न चाहेनन । आफुलाई जेजे मन लाग्छ । बिदेशिको डलर खाइसकेकाले पनि ती मुद्दाहरुबाट हाम्रा नेता ज्युहरुलाई पछी हट्न गाह्रो परेको मेरो ठहर छ् ।
  4. अहिले बनेको यो संबिधानमा हरेक ठाउँमा जातिगत कुरा ल्याइेको छ् । जहाँ पनि जातिको मात्रै कुरा छ् । यो जाती भयो भने यती आरक्षण, यती छुट यस्तै यस्तै कुरा मात्रै छन। आरक्षण हुनु हुँदैन भन्न खोजिएको हैन।  पिछडिएका बर्ग तथा समुदायलाई आरक्षण दिनु पर्छ। त्यसमा दुई मत छैन। तर आरक्षण दिने आधार कुनै जातलाई हैन, उक्त ब्याक्तिको आर्थिक अवस्थालाई बनाउनु पर्थ्यो । मधेसी समुदायकालाई आरक्षण दिनु पर्छ भनिरहदा कोइ २ छाक खान नपाउने पनि छन भने कोही करोडपती/ अरबपती पनि छन । अब मधेसी समुदायका लागि छुट्याइको त्यो आरक्षण गरीबले नपाएर करोडपती अर्बपती मधेसी मुलको कसैले पायो भने त्यसले मधेसी गरीबहरुको न्याय हुन्छ ? यसरी कसैले न्याय पाउछ ? तसर्थ आरक्षण जनताको आर्थिक अवस्था हेरेर दिनु पर्छ। आजको युगमा पनि कुनै ब्याक्तिको छालाको रङ हेरेर, नाकको उचाई हेरेर, अनी उसको आखा चिम्सा छन कि छैनन भन्ने आधारमा सहुलियत दिनु/नदिनु कत्तिको बिग्यान्सम्मत कुरो हो ? आरक्षणको अन्तिम लक्ष्य नागरिकको जिबन जिबनस्तर उकास्नु सङ्ग हुन्छ/हुनुपर्छ । तसर्थ आरक्षण दिने/नदिने कुराको निर्धारण ब्याक्तिको आर्थिक अबस्थामा भर पर्नुपर्छ। अर्को कुरा- आरक्षण निश्चित समयाबधीका लागि भनेर तोकेर दिनु पर्छ जस्तो १० बर्ष,१५ बर्ष, २० बर्ष। भारतमा दस बर्षका लागि भनेर ल्याइेको आरक्षण प्रणाली आज ५५ बर्ष भन्दा बढी भइसक्यो । तर आज सम्म पनि त्यहा असली गरीबले त्यो आरक्षणको फाईदा लिन सकेका छैनन । 'गरीब' गरीबको गरीबै रहिरहेका छन। आरक्षण दिने भनी छुट्याइेका जातका सिमित धनीले मात्रै त्यसको फाईदा उठाएकाले अहिले भारतलाई ठुलो तनाब भइरहेको छ। "गलत गरिएछ" भनेर पछुताइरहेको छ् -भारत । भारतमा जातका आधारमा आरक्षण प्रणाली  अमेरिका र ब्रिटेनको दबाबमा ल्याइएको थियो। सयौं जातजातीहरु बसोबास गरिरहेको मुलुक भारतमा कालान्तरमा जातको बिसयलाई लिएर द्वन्द्व निम्तियोस र त्यो द्वन्द्व निरन्तर चलिरहोस भन्ने अभिप्रायका साथ त्यहाँ त्यसो गरिएको थियो। आरक्षण दिनका लागि सबै भन्दा उत्तम आधार ब्यक्तिको 'आर्थिक अवस्था' लाई नलिएर किन जातमाथी नै जोड दिइयो ? यदि नेपालमा भएका १००% ब्राह्मण/क्षेत्री धनी र बाकी अन्य मधेसी, थारु, मुस्लिम, दलित लगायत सबै सबै गरिब भएका भए चै आरक्षणको आधार जातलाई लिन सकिन्थ्यो। तर नेपालमा त त्यस्तो छैन। यहाँ त कोहि मधेसीमुलका ब्याक्ति करोडपति छन्  भने कोहि ब्राह्मण - 'सडक छाप'। यस्तो अबस्थामा छ भन्ने जान्दा जान्दा आखिर किन आरक्षणको आधार जातलाई मानिदैछ ?
  5.       
  6. यो संबिधानमा जुन ७ प्रदेश छुट्याइएको छ्, त्यो कुनै बैज्ञानीक आधारमा नभै नेताहरुलाई जसोजसो मन लाग्छ, त्यसै त्यसै छुट्याइएको हो । संबिधान बनाउन १६ बुदे सम्झौता गर्दा आठ प्रदेशमा फाइनल भएको थियो । तर सुदुर पश्चिममा  "हाम्रो क्षेत्र टुक्र्याउन पाउदैनौ" भनेर आन्दोलन गरेपछी आठ बाट सात वटा प्रदेशमा कुरो फाइनल भएको हो । यत्ती एउटा कुरो बाटै प्रस्ट हुन्छ हाम्रा नेता ज्युहरुले मन खुशी प्रदेश निर्धारण गर्दा रहेछन भन्ने ।
  7. प्रदेश सिमा निर्धारण गर्दा उत्तर दक्षिण गरिनु पर्छ नकी जता जता मन लाग्छ त्यतै त्यतै । मानौ भोली हिमाल तिरको प्रदेशले पर्यटकलाई आकर्शित गरी हिमाल देखाउदै अर्बौ रुपैयाको आम्दानी गर्‍यो भने त्यती बेला तराइका नागरिकले चै "हामीलाई चै किन हिमाल प्रदेश नदिएको ? हामी पनि त हिमालको सदुपयोग गरी पर्यटन ब्यबसाय गर्थ्यौ नि भने भने त्यती बेला हिमाल तिरको हिमाल कुन्कुन प्रदेशलाई दिने ? दिने की नदिने ? नदिदा काटमार चल्यो भने त्यसको जिम्मा कसले लिने । सबै राष्ट्रका सबै प्रदेशलाई समान श्रोत तथा साधन(हिम्चुली, नदी,बन सम्पदा) बितरण गर्नु पर्छ कि कसैले के कसैलाई के मात्रै ?
  8.   जुन देशमा लगानिको बातावरण बन्दैन, त्यो देशमा सम्रिद्दिको सम्भावना रहदैन। हाम्रो संबिधानले "अर्थतन्त्र समाजवाद उन्मुख" भनिएको छ् । जसले लगानीकर्तालाई स्वत: निराश तुल्याउछ । कुनै पनि उद्योग ब्यबसाय, र कुनै पनी औध्योगिक प्रतिस्ठानमा मजदुर प्रतिनिधिलाई संचालक समितिमा ब्यबस्थापन समितिमा प्रतिनिधित्व गराउन प्रोत्साहन गर्ने भनिएको छ। अर्थात जसले करोडौ अर्बौ रुपैया खर्च गरेर कुनै ब्यबसाय सुरु गर्छ, ऋण लगायत अनेक तनाब झेल्दै उद्योग सुरु गर्छ हो उही सङ्ग ब्यबस्थापन समितिमा समान हैसियत राख्दै दस बिस हजारको जागिर खाने मजदुर पनि सामेल हुन्छ। ब्यबस्थापन समितीमा नै मजदुर भएपछी मजदुरलाई जसोजसो गरी फाईदा हुन्छ त्यसइ त्यसइ अनुसार कम्पनिलाई चल्न उसले दबाब दिन्छ। त्यो मजदुरको हितका दृष्‍टिले राम्रो पनि हो तर कम्पनिको मालिकको पनि त हित केछ ? उसलाई केमा फाईदा छ हेरिदिनु पर्छ । कम्पनी मालिकले मजदुरलाई नोकरी दिन कम्पनी खोलेको हुँदैन । नाफा कमाउन खोल्ने हो। जब कम्पनी मालिकले अाफुखुसी कम्पनी चलाऊन पाउदैन तब उसले किन नेपालमा आएर कम्पनी खोल्नु ? बिदेशी लगानिकर्ता मात्रै हैन स्वदेशी लगानी कर्ता पनि निरुत्साहित हुनेछन यो प्राबधानले ।  
  9. राजनीतिक दललाई "थ्रेस होल्ड" को ब्यबस्था गरी थोरै राजनीतिक दल बनाउनु पर्छ भन्ने ठुलो आवाज थियो जनताको तर त्यो पनि गरिएन । "साना राजनीतिक दलले मानेन" भनेर बहाना बनाइ ठुला राजनीतिक दलहरुले टारे । जबकी तीन प्रमुख दलले "ओके" भनेका भए त्यो जतिसुकै बिबाद भए नि पारीत हुने थ्यो। (साना दलले बिबाद गरिहाले भने भन्ने कुरो भो त्यो)
  10. निर्वाचनमा उमेद्वार हुनेहारुको निस्चित सैक्षिक योग्यता तोक्नु पर्छ । नपढेकाहरु पनि निर्णयक तहमा पुगे भन्ने आरोप जनाटकओ थियो । त्यसैले उमेद्वारहरुको न्युनतम शैक्षिक योग्यता नतोकेर अहिलेको संबिधानअले पनि पुरानै जस्तो नपढेकाहरुलाई नि माथिल्लो तहमा पुर्‍याउने बाटो गरिदियो ।
  11. समानुपातिक निर्वाचन प्रणाली नेपालको सन्दर्भमा आज सम्म सही साबित हुन सकेको छैन । २०६३ देखी २०७३ सम्म दस बर्षसम्मको अभ्यासमा यसको फाईदा होइन बरु बेफाईदा ज्यादा देखिएको छ। प्रतक्ष निर्वाचनमा हारेका उमेद्वारहरु पनि समानुपातिक कोटाबाट सम्सदमा छिर्ने गतिलो बाटो भएको छ- समानुपातिक निर्वाचन प्रणाली । अर्को कुरो ल्यारक्याल लामा जस्ता डनहरुले पैसामा साम्सद पद किनेर सम्सदमा छिरेको त हामीले देखेकै छौ । एमालेले उध्योगीहरुलाई सम्सद पद बेचेको पनि देखिएकै छ । काङ्रेस पनि अछुतो छैन । मधेसवादी दलका भन्ने हरुले त साम्सद पदलाई दाईजोमा समेत राखे। आफ्नै श्रीमती छोरी ज्वाँईलाई सो पद दिए । तसर्थ समानुपातिक निर्वाचन प्रणाली खारेज गरिनु पर्छ ।  
  12. यदी समानुपातिक निर्वाचन प्रणालीको मोह छोड्न सकिदैन भने "उमेद्वारको बन्द सुचिको ब्यबस्था" गर्नु पर्छ। निर्वाचनमा जानु भन्दा अघी हरेक दलले आफ्नो समानुपातिक कोटामा कोको पर्छन ? त्यो रोलक्रम अनुसार एक दुई भन्दै राख्नु पर्छ । पछी निर्वाचनमा सो पार्टीले जेजती जना साम्सद पाउछ त्यही बन्द सुचिको नाम अनुसार एक नम्बर दुई नम्बर हुँदै माथिबाट सम्सद छानिनु पर्छ । त्यो बन्द सुची निर्वाचनअघी नै निर्वाचन आयोगमा बुझाउने ब्यबस्था गर्नु पर्छ र पछी त्यही अनुसार नै हुनु पर्ने ब्यबस्था गर्नु पर्छ । बन्द सुचिको रोल्क्रम मिच्ने, थप्ने हटाउने, तलका माथि, माथिका तला आउने जस्ता काम भए कडा कारबाही हुनु पर्छ । त्यस्तो खालको ब्यबस्था बनाइनु पर्छ । अनी मात्र पैसाले साम्सद सीट किन्ने प्रब्रिती रोक्किन्छ । साम्सद भनेको "जनप्रतिनिधी" हो । जनप्रतिनिधी भनेको जनताको विश्वाश हो। तसर्थ जनताको विश्वाश जनताकै भोटले जितिनु पर्छ, पैसाले होइन ।  
  13. भ्रस्टाचारीलाई मृत्‍यु दण्डको ब्यबस्था हुनु पर्छ भन्ने पनि ठुलो चाहना थियो नेपाली जनताको ।ठुलठुला भ्रस्टाचार गरेर करोडौ अर्बौ रुपैया कमाउने तर कानुन बाट सजिलै उम्किने नेताहरु हामीले देखी आएकै छौ । कसै कसैलाई कानुनले आफ्नो दाँयारामा ल्याएर जेलमा पठाए पनि दुई चार बर्ष पछी ऊ फेरी सजिलै उम्किने गरेको हामीले देखेकै छौ । त्यसैले ठुल्ठुला अपराध तथा ठुल्ठुला भ्रस्टाचारमा दोशी ठहरिएकाहरुलाई मृत्‍यु दण्डको सजायको ब्यब्स्था गरिनु पर्छ । यसो गर्नाले कोही कसैले पनि आर्थिक हिनामिना गर्ने आँट गर्दैन । कोही कसैले गरी हालेछ भने उसलाई मृत्‍यु दण्ड दिए पछी अरु पनि डराउछन । यसो गर्न सक्दा सबै नेता कार्यकर्ता कर्मचारी, ब्यापारी आँफै ट्र्याकमा आउछन । तर यसो नगरिए माथी माथि पहुच भएकाहरु दुइचार जना मिलेर कागज पत्र यता उता मिलाएकै भरमा करोडौ अर्बौ रुपैया लुटिरहने छन । अहिले भएकाइ जस्तो स्थिती सदा भइरहने छ ।
  14. बर्तमान संबिधानमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको ब्यबस्था गरिएको छ। माथिल्लो तहमा राष्ट्रिय सभा तथा त्यसको तल प्रतिनिधि सभा रहने ब्यबस्था छ। प्रतिनिधि सभामा प्रतक्ष निर्बाचित १६५ जना र समानुपातिकबाट ११० जना गरी कुल २७५ हुने ब्यबस्था छ।   प्रतक्ष निर्वाचनबाट आउनेहरु त जनताको भोट पाएर आउने भैगए तर  समानुपातिकबाट आउने ११० जना कस्ता हुन्छन ? कै टुङ्गो हुँदैन । त्यो ११० जनाको कोटामा पार्टीले चोर, फटाहा, भ्रस्टचारी, डन जो सुकैलाई पार्न सकियो ।  नाम चै "प्रतिनिधि सभा" भन्ने राखेर त्यहा प्रतिनिधिसङ्गै अरुलाई छिराउन मिल्छ ? समानुपातिकबाट आएकाहरुलाई राख्ने हो भने अर्को सभा या समितीमा राख्दा भो प्रतिनिधि सभामा राख्नु हुन्न ।     
  15. निर्वाचन ब्यबस्थामा "Right To Reject" "Right To Recall" को ब्यबस्था स्पस्ट सङ्ग राखिनु पर्छ । "Right To Reject" को ब्यबस्था भयो भने कुनै पार्टीले खराब उमेद्वारलाई टिकेट दिए पनि जनताले त्यो उमेद्वारलाई निर्वाचनमा भोटबाटै बहिस्कार गर्न पाउने छन । जसले गर्दा पार्टीले राम्रो उमेद्वारलाई नै टिकेट दिनु पर्ने बाध्यता हुनेछ । त्यसइ गरी "Right To Recall" को ब्यबस्था गरियो भने कुनै उमेद्वार निर्बाचित भएर गए पनि हर क्षण जनताको निगरानीमा हुन्छ । बर्तमानको संबिधानमा एक चोटि चुनिएर गएको जनप्रतिनिधीले पाँचबर्ष सम्म जेसुकै गरे पनि कै बोल्न सक्ने ठाउँ दिएको छैन । तर "Right To Recall" ब्यबस्था गर्दा भोली उसले राष्ट्रको सवालमा कुनै खराब काम गर्‍यो भने रातारात उसलाई फिर्ता ल्याएर अर्को प्रतिनिधि पठाउन मिल्छ । यसो गर्दा जितेर गएका उमेद्वारले सधैं जनता प्रती बफादार हुनै पर्ने अवस्था सिर्जना गर्दछ ।
  16. संघियता, धर्म-निरपेक्ष र गणतन्त्र भन्ने कुरा कुनै सतही कुरा होइनन । यसका सम्बन्धमा पार्टीका दुई चार जनाले निर्णय गर्दैमा देशका सम्पूर्ण ३ करोड जनताले मान्नै पर्छ भन्ने छैन । यो जटिल बिषय हो । तसर्थ यी तीन मुद्दामा के कसरी गर्ने ? के गर्ने ?  भन्ने बारे जनमत सङ्रह द्वारा निर्णय गरिनु पर्छ । जनमत भनेको जनताको भोट हो । जनताको भोट भनेको जनताको बिचार, विश्वाश र आस्था हो । जनमत गर्दा भोली जनताले "संघियता हुनुपर्छ"  भन्ने पक्षमा बहुमत दिए भने संघियतामा जानुपर्छ । फेरी "संघियतामा जानु हुँदैन" भने भने त्यसको बिकल्प के हुन सक्छ खोज्नु पर्छ । त्यसै गरी धर्म निरपेक्षता र गणतन्त्रका बिषयमा नि जनताले जे/ जसो चाहना राख्छन त्यसै गरिनु पर्छ । 
  17. संविधानको धारा २८८ को उपधारा १ मा "नेपालको राजधानी काठमाडौं हुनेछ" भनेर प्रष्ट भनिएको छ तर प्रदेशको हकमा त्यस्तो प्रष्टता छैन। त्यहि धाराको उपधारा २ मा "प्रदेशको राजधानी संबंधित प्रदेश सभामा तत्काल कायम रहेको सदश्य सङ्ख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ" भनी उल्लेख गरिएको छ। यो "तत्काल  कायम रहेको" भन्ने पदले  बडो अन्योलत ल्याउनेछ। यहाँ "पहिलो  चोटिको प्रदेश सभाले एक पल्ट निर्णय गरिसकेपछि प्रदेश राजधानी फेरि फ़ेरि परिवर्तन हुने छैन" भनी भनिएको छैन। यसर्थ भोलि प्रदेश राजधानी बदलिरहने खेल अवश्य हुनेछ। यो प्राबधान अनुसार त जब जब प्रदेश सभामा उक्त प्रदेश को राजधानी  सार्ने कुरामा दुई तिहाई मत जुट्न्छ, तबतब  त्यो प्रदेशको राजधनी फेर्ने कुरा आउने छ। यौटा सरकारी कार्यलय अत अर्को ठाउँमा सार्दा त काटमार चल्ने यो मुलुकमा; भोलि प्रदेश राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा काटमार नचल्ला भन्न सकिन्न।
  18. बर्तमान सम्बिधानमा सरकारको स्थायित्वका लागि "एक पल्ट प्रधानमन्त्री चुनिए पछि २ बर्षसम्म उनका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताब ल्याउन नपाउने" प्राबधान छ। यो प्राबधानले सरकार स्थाइ हुनेछ- कमसेकम दुई बर्षसम्म भनी भनिएको छ। तर फेरि त्यहीँ "प्रधानमन्त्रीको दल फुटेमा या प्रधानमन्त्रीलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले एक महिना भित्रै प्रतिनिधि सभाबाट बिश्वासको मत लिइसक्नु पर्ने छ, त्यसरी आफ्नो पक्षमा बिश्वासको मत लिन नसके प्रधानमन्त्री पदबाट हट्नेछन" भनी भनिएको छ। अब यहाँ जब यस्तो प्राबधान छ त कसरी सरकार स्थायी रहन्छ ? हो पहिलो दुई बर्षसम्म अबिस्वासको प्रस्ताब ल्याएर सरकार ढाल्न सकिने छैन तर प्रधानमन्त्रीलाई समर्थन दिने दलले समर्थन फिर्ता लियो भने त त्यो सरकार त्यसै बेला ढल्ने भो। संविधानमा ब्यबस्था गरिएको प्राबधानले त त्यसै भन्छ। फेरि हाम्रो सम्सदिय संरचना नै यस्तो गरि बनाइएको छ कि कुनै पनि एक दलले एक्लै बहुमत ल्याउनै सक्नेछैन। यस्तोमा सरकार बन्ने भनेकै -दुई वा दुई भन्दा बढी पार्टीको गठजोडमा हो।  त्यसैले यो ब्यबस्थाले अहिले जेजस्तों  अस्थिरता छ, हो यसैको निरंतरता सिवाय केही दिने छैन।
                     ................


"नेपालको समबिधान२०७२" सर्सर्ती पढ्दा यस्ता यस्ता समस्या तथा जटिलता भेटें। या यसो भनौ यस्ता यस्ता कमिकमजोरीहरु भेटेँ। 

अझै दोहोर्‍याइ तेहर्‍याइ पढ्ने हो भने कती कमजोरी भेटिएलान् ? झन संबिधानबिद र ठुलठुला विद्वानहरुले मिहिन गरी हेर्दा यो संसारकै उत्क्रिस्ठ संबिधानको के हबिगत होला ? 
           हुन त यो संबिधानमा राम्रा कुरा हुँदै नभएका हैनन्। केही राम्रा प्राबधान पनि छन्। बिशेष त मौलिक हकमा थुप्रै अधिकारहरु समेटिएका छन्। तर संबिधानमा जबसम्म यस्ता कमिकमजोरिका रहिरहन्छन् तबसम्म मौलिक हकका रुपमा राज्य द्वारा दीने भनिएका सेवा सुबिधाहरु नागरिकले पाउने छैन। संबिधानमा माथि उल्लेखित कमी कमजोरीहरु रहिरहे भने देशमा आशान्ती, सामाजिक द्वन्द, अराजकता, भ्रस्टाचार र आर्थिक असमानता बढ्दै जाने लगभग निस्चित प्राय: छ। यो संबिधान यही रुपमा लागु भयो भने अबको दस बर्षपछी यो मुलुक रहला/ नरहला ?  भन्न सकिन्न । अन्तरराष्ट्रिय शक्तिलाई खेल्ने ठाउँ बर्तमान संबिधानले प्रस्स्त दिएको छ। 

यहाँ यौटा कुरा के प्रष्ट पारौं भने मधेसी मोर्चाले "बर्तमान संविधान खारेज गरौं" भन्नु र यो पङ्तिकारले "संविधान खारेज गरौं" भन्नुमा हेर्दा उस्तै देखिएनी आकाश जमिनको फरक छ।

सिद्धान्तत: यो पङ्तिकार सम्बिधानको बिरोधी होइन।लोकतान्त्रिक पद्धति अनुसार चुनिएका जनप्रतिनिधिहरुको सभाले ९० % को हताक्षरमा जारी गरिएको सम्झौताको पत्रमा म जस्तो ब्याक्तिको बिरोध या समर्थनले कै फरक पर्ने छैन। जिम्मेवार नागरिक भएको नाताले सम्बिधान प्रती समर्थन गर्नु आफ्नो ठाउँमा छ। तर यो मेरो फरक मत हो- संविधान प्रति। कि गलत बाटो   हिड्दै नहिड्नु, गलत बाटो हिडिहालिएछ भने
बेलैमा फर्किएको राम्रो। "हिड्नु हिडिहालियो, अब जेसुकै होस् " भन्दै त्यहि बाटो हिडिरहने हो भने त कसले कसलाई के भन्नू छ र ?

..........

Saturday, September 24, 2016

अन्तरराष्ट्रिय स्तरको शुभकामना

अन्तरराष्ट्रिय स्तरको  शुभकामना

मेरा इस्टमित्र, आफन्तजन तथा दुश्मनहरुलाई समेत: ISO 9001:2015 सर्टिफिकेट प्राप्त अन्तरराष्ट्रिय स्तरको आशिर्बाद र शुभकामना दिन चाहेँ- अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु । जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु । चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै जिन्दगीमा अघी बढ्यौ भने धेरै माथि पुग्छौ । भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु । तिमी/ तपाईं आफु आफु सही छु भन्ने लाग्छ भने उत्तर कोरिया जस्तो हठी भएर लाग्नु । जिन्दगीमा नेपाल जस्तो निरिह चै कहिल्यै नहुनु। जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु। जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु । ग्रीस जस्तो "भित्र खोक्रो बाहिर बोक्रो" भएर पनि काम छैन, जरै देखी मजबुत हुनु। रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटीको क्षेत्रफल जस्तो सानो सोच लिएर नहिंड्नु । तिमीले संयुक्त राष्ट्र संघ जस्तो दादागिरी देखाउन थाल्यौ भने IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन ।

Wednesday, September 21, 2016

यो देशका निष्ठावान युवाहरु

यो देशका  निष्ठावान युवाहरु

सामाजिक सन्जालमा मित्रहरुले गर्ने राजनैतीक टिकाटिप्पणी सर्सर्ती हेर्दा यस्तो लाग्छ -
यो देशमा जेजती युवाहरु छन् ती सबै कुनै न कुनै पार्टीका कि त प्रवक्ता, कि त कार्यकर्ता मात्रै छन् । यिनिहरुको सारा शक्ती आफ्नो पार्टी केकती कारणले सही हो ? र आफ्ना "नाइके" मात्रै किन सही हुन् ? भनेर बुझ्न र अरुलाई बुझाउनमा नै खर्च भएको छ ।
आफ्नो पार्टीका "नाइके" ले गरेको खराब कामलाई पनि "राम्रो हो" भनी वकालत गर्नु र आफु भन्दा इतरको पार्टीले गरेको राम्रो कामलाई पनि "खराब हो" भनी प्रमाणित गर्नु (गर्न खोज्नु) ती प्रवक्ता तथा कार्यकर्ताको एक मात्र धर्म भएको छ ।

खुशी लाग्छ, जे होस् आ-आफ्नो धर्म निभाएका छन्/ निभाउनु भएको छ ।  निष्ठा हराएको देशमा कमसेकम एउटा जमात त निष्ठावान छ- आफ्नो जिम्मेवारी प्रती ।

Tuesday, September 20, 2016

सामाजिक अगुवाहरु: जसको बिचारबाट म निक्कै प्रभावित भएँ

सामाजिक अगुवाहरु: जसको बिचारबाट म निक्कै प्रभावित भएँ  

नेपालमा अधिकांश ब्याक्ती पत्रकारदेखी लिएर आफुलाई बौद्धिक ब्यक्तित्व, लेखक भन्न रुचाउनेहरु प्राय: कुनै न कुनै पार्टी या संस्था (NGO/ INGO) को कार्यकर्ता छन । तिनिहरुले आ-आफ्नै शक्तिको वकालत गरिरहन्छन । यस्तो प्रब्रितीले नेपाली राजनीति, समाज, संस्कार नै दुसित बनाउदै लागेका छन । आफु भन्दा कनिस्ठहरुलाई भेडो ठान्ने र आफुले नै भनेको सही हो भनी दाबी गर्छन् ।

यस्तो माहौलका बिच निस्पक्ष भएर सही के हो ? गलत के हो ? किन हो ? केकती कारणले हो ? भन्ने जस्ता सवालमा जस्ताको तस्तै भन्ने/ बताउनेहरु मैले यी दश जना भेटें । यी दश जना ब्यक्तित्वको नाम लीइरहदा यी बाहेक अरु सप्पै खराब भन्ने अर्थ नलागोस । यी दश जना छान्नुको कारण के हो भने कम्तिमा यी दश जनाको बिचार, लेख, अन्तर्वातालाई पछ्यायो भने एउटा साधारण मान्छेले यो नेपाली समाज, आजको समय बुझ्छ ।  को कती पानीमा छ ? सो बुझ्ने मौका पाउछ । त्यसपछी नेपालको राजनीतिलाई हेर्ने बास्तबिक दृष्‍टिकोण तैयार गर्न सहज हुन्छ भन्ने सम्मको मेरो मत हो । यो लिस्टमा सहमत हुनु नहुने तपाईं आँफैमा भर पर्छ तर मेरो आजसम्मको बिश्लेशणमा यी दश ब्याक्ती सही ठहरिएका छन/ हुनुहुन्छ ।
 आगे पाठकको जो मर्जी ।


दश जना ब्यक्तित्व हरु यस् प्रकार हुनुहुन्छ:

१. प्रा. डा. सुरेन्द्र केसी ( राजनीतिक बिस्लेशक तथा प्राध्यापक )
२. भरत दाहाल ( राजनीतिक बिस्लेशक )
३. कृष्ण पहाडी ( नागरिक समाजका अगुवा )
४. नारायणमान बिजुक्छे (नेमकिपाका  अध्यक्ष )
५.. डा. देब प्रकाश त्रिपटी  (पत्रकार  )
६. कुमार रेग्मी ( संबिधान बिद )
७. शम्भु थापा (पूर्व न्ययाधिस तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष )
८. पुरुशोत्तम दाहाल ( बरिस्ठ पत्रकार, बिस्लेशक )
९. अरुण कुमार सुवेदी (ब्याबसायी तथा जलश्रोत बिज्ञ)
१०. राजिभ दीक्षित (भारतिय सामाजिक अभियन्ता, इन्जीनीयर, बिस्लेशक )

यी दस ब्याक्तित्वहरुका अलावा अन्तरास्ट्रिय राजनिती र नेपालको राजनीतिलाई हेर्ने मेरो  आजको दृष्टिकोण जेजस्तो छ, त्यो हुन/बनाउन यी महानुभाबको पनि उल्लेख्य भुमिका छ :-

- बालकृष्ण न्यौपाने (बरिस्ठ अधिवक्ता) 
- श्रीकृष्ण अनिरुद्द गौतम ( राजनीतिक बिश्लेशक)
- युबराज गौतम ( पत्रकार तथा राजनितिक बिस्लेशक) 
- प्रदीप नेपाल 
- सौरभ ( राजनीतिक बिश्लेशक)
- पेशल निरौला (एसियाली बिकास अध्ययन केन्द्रका अनुसन्धानकर्ता)
-  राजिभ मल्होत्रा (भारतिय बिद्वान)
- राहुल मेहता (भारतिय राज्नितिक बिस्लेशक, Right To recall/reject का अभियान कर्ता)
- टिकाराम यात्री ( कार्यक्रम प्रस्तोता तथा युवा विद्वान)


....

हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हैसियत

हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हैसियत

बर्तमान बिक्रित राजनीति, प्रनालिको अस्त-ब्यस्तता, सरकार फेर्ने बादलइने तर सर्बसाधारणको जिबनमा कुनै साकारात्मक परिवर्तन नदेखिने यस्तो अवस्थाका माझ यसै सन्दर्भलाई लिएर मैले आदरणिय गुरु राम लोहनी सँग गरेको सन्क्षिप्त छलफलको सम्पादित अंश -


9/19, 9:11pm
निरक्षर निरौला 
 सर,  आज चै यहाँ सङ्ग बर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा यहाँको बिचार जान्न चाहेँ ।
"नेपाली राजनीतिमा अहिले महत्वपूर्ण स्थान ओगट्ने काङ्रेस, एमाले, माओवादी र मधेसी मोर्चा (अहिलेको गठबन्धन) ईतिहास काल्देखी नै भारतको अथवा भारतको बाटो भएर आउने अन्य मुलुकको ईशारामा चल्ने "एस् म्यान" थिए र अहिले पनि छन" भनेर भनियो भने कत्तिको सही गलत हुन्छ ?

9/19, 9:54pm
Ram Lohani
सिद्धान्तत: म कुनै पनि पार्टी भारतको यस म्यान हो चाहिँ भन्न सक्दिनँ। तर यिनीहरूको स्पष्ट नीति, कार्यक्रम केही छैन। यिनीहरूलाई सत्तामा पुग्‍नु छ। यसको लागि कुनै रणनीति पनि छैन। क्षणिक र सीमित स्वार्थबाट प्रेरित भएर राजनीतिमा लाग्‍नेहरूको बाहुल्यता छ। यसो हुँदा सानो लोभमा यिनीहरू फस्छन्, विदेशीहरूले गरेको तर्क र देखाएको बाटोप्रति यिनीहरूको विश्लेषणात्मक दृष्टिकोण हुँदैन। आफ्नो धारण पनि स्पष्ट नभएको र अर्काले भनेको कुरालाई होइन भन्न पनि नसक्दा जानी नजानी यिनीहरू विदेशीले देखाएको बाटो र विकल्प नै सही दृष्टिकोण हो भन्ने निष्कर्षमा पुग्छन्। तत्काल त्यसको प्रभाव देखिंदैन। तर समयक्रममा एकचोटी अपनाएको बाटोको निरन्तरताको लागि, आफ्नो स्वार्थ संरक्षणको लागि, आफूलाई सक्रिय र विचारशील देखाउनको लागि निरन्तर सल्लाह लिइरहनु यिनीहरूको बाध्यता हो। केही गरिरहनको लागि आफूसँग कार्यक्रम हुनुपर्छ। तर यिनीहरूसँग मौलिक कार्यक्रम, त्यसको उपर्युक्त तर्क र आधार, त्यसप्रतिको वफादारिता खासै छैन। र, "छैन" भन्ने पनि थाहा छैन। आफ्‍नो नराम्रो, विदेशको राम्रो भन्ने अर्को मनोविज्ञान छ। सल्लाह सापट लिएर उनीहरूले भनेजस्तै गरेर उनीहरूकै स्तरमा पुर्‍याउँछु, पुग्‍छु भन्दा  यिनीहरू विदेशको इशारामा चल्न बाध्य भएका हुन्। दुई कदम अर्काको इशारामा , राम्रै गर्छु भन्ने नियतले भए पनि, चलेपछि त्यसपछि तिनीहरूको निर्देशन मान्नु बाध्यता हुन्छ। किनभने यिनीहरूसँग मौलिक चिन्तन हुँदैन। सबभन्दा ठूलो कुरा स्वार्थ - व्यक्तिगत र राजनीतिक दुबै - अगाडि रहन्छ।

11:19pm
निरक्षर निरौला अनी सर,
सामान्य आँखाले हेर्ने सर्बसाधारणले दुई चार जना नेता (जस्तो कि गगन थापा लगायत) ले केही गर्न सक्छन कि भन्ने खालको आश गर्छन् । तर फेरी तिनिहरु पनि तिनै बद्नाम भएकै पार्टीकै वकालत गर्न छोड्दैनन । आशा गरिएको भनिनेहरु- "जेजस्तो अवस्था छ त्यसइमा टेकेर माथि पुगेपछी यस किसिमको सन्स्कारलाई बदलछु" भनेर लागेका हुन या जेजस्तो छ त्यसमै आफ्नो स्पेस खोज्न आएका हुन ?

2:13am
Ram Lohani
केही गर्छु वा गरौं भन्ने उत्साह युवा नेताहरूमा छैन भनेर म भन्न सक्दिनँ। त्यसो भन्दा मैले आफू मात्र असल भन्ने धारणा लिएको देखिन्छ। म वा कोही एकजना मात्र असल भएर केही हुँदैन। र मबाहेक अरू असल छैनन् भन्नु पटमूर्खता हो। त्यस हिसाबले पनि गगन थापा, गोकर्ण विष्टहरु पक्कै पनि निश्चित हदसम्म इमान्दार होलान् भनेर म विश्वास गर्न चाहन्छु। किनभने विश्वास गर्नुबाहेक हामीसँग कुनै विकल्प छैन। तर यिनीहरूले केही गर्न खोजेको देखिए पनि उपल्धीपूर्ण हुने र देखिने गरी केही गरेजस्तो लाग्दैन। यसका दुईटा कारण छन्। पहिलो त उनीहरू पनि अन्य नेता जस्तै प्रक्रियाबाट छानिएर आएका हुन्छन्। एउटा एउटा गुटको पछि नलागी छानिन गाह्रो छ। गगन थापा सिटौला क्याम्पबाट आए। त्यसैले आशिर्वाद लिन सिटौलाकहाँ पुगे सर्वप्रथम। सिटौलाकको आफ्नो स्वार्थ छ। महिलासँघको चुनावमा शेरबाहादुरसँग यिनको साँठगाँठ भयो। त्यसो हुँदा गगन थापा पनि घुमिफिरी शेरबहादुरकै क्याम्प नजिक पुगेको प्रमाणित हुन्छ। गुटको सदस्य भए पछि गुटको धर्म निर्वाह गर्नुपरिहाल्यो। त्यसमाथि नीजि र राजनैतिक स्वार्थसँग सम्झौता त गर्नु परिहाल्यो । दोस्रो, उनीहरूको शिक्षाको हो। जतिसुकै प्रगतिवादी शिक्षा पाए पनि सामन्ती संस्कारमा हुर्केको मान्छेले आफ्नो पहिचान छाड्न सक्दैन। त्यस्तै नेपाली काङ्ग्रेसको जुन चरित्र छ, त्योबाट गगन र एमालेको जुन चरित्र छ त्यसबाट गोकर्ण अलग्गिन सक्दैनन्। रसदपानी खाए पछि त्यसको पक्षपोषण त गर्नै पर्‍यो। गगनले रामवरण यादवको लागि निकास हुन लागेको रकम रोक्न सकेनन्, गिरीको रोके। बदल्नै नसक्ने त होइन। त्यसको लागि ठूलो आँट चाहिन्छ, त्यसैअनुसारको इच्छाशक्ति पनि। त्यो अहिलेका हाम्रा युवा नेताहरूमा आइसकेको जस्तो लाग्दैन। यसको पनि कारण छ। त्यो के भने हाम्रो नेपाली समाज एकप्रकारले भ्रष्ट भैसकेको छ। भ्रष्ट समाजबाट शुद्ध व्यक्ति माथि आउन मुश्किल पर्छ। त्यसको लागि व्यक्तिमा छुट्टै करिष्मा चाहिन्छ। जादुयी र करिस्माटिक व्यक्तित्व भएको कोहीले केही परिवर्तन गर्न सक्छ। अर्को कुरा हाम्रो प्रशासन यन्त्र एकदमै भ्रष्ट छ। यो यन्त्रबाट सही काम हुनै सक्दैन। जस्तो कि जनार्दन शर्माले बढी महशुल नतिर्नेको लाइन काटिदिनु भनेको भनेर प्राधिकरणका कर्मचारीले पहिले महेन्द्र मञ्जिलको लाइन काटिदिए। वास्तवमा मन्त्रीको त्यो निर्देशन त होइन। तर पछि मन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो।

4:07am
निरक्षर निरौला त्यही त सर,
आफुलाई राम्रो हुँ भनेर भन्ने हरु र सतहि रुपमा हेर्दा "राम्रै हुन कि" जस्तो लाग्नेहरु पनि केबल देखाउनका लागि मात्रै प्रचारबाजी काम गर्छन् ।
यस्तो परिस्थितिमा देशलाई ट्र्याकमा लिएर आउने अबको निकास के हुन सक्छ ?
मानौ कुनै ब्य्ताक्ती जो कहिकतै मुछिएको छैन र स्वच्छ छबी भएको छ- त्यस्ताहरुले नयाँ गुट खडा गरी, आफ्नो ज्यानकै बाजी लगाएर आए  भने अहिलेको यो बिक्रित, बिश्रिन्खलित अवस्थालाई किनारा लगाउन सक्ने   सम्भावना कतिको रहन्छ ?
कि अहिलेकाले नै नयाँ आउनेहरुलाई पाखा लगाइदिन्छन ?

9/20, 9:39am
Ram Lohani
अहिले कुनै नयाँ समुह यत्तिकै जन्मन सक्दैन। नयाँ समुह जन्मने, नयाँ नेता निस्कने भनेको उथलपुथलको समयमा हो। अहिले त्यस्तो भैसकेको छैन। अहिलेको अवस्था भनेको saturation को अवस्था जस्तै हो। भाँडको पानी छ, भाँडो हल्लिराखेको छ, तर ढलेको छैन।

9:44am
निरक्षर निरौला
धन्यबाद सर,
 यहाँलाई यहाँको अमुल्य समय र बिचारका लागि ।


................

Wednesday, September 14, 2016

तैंले चै कती मलामी कमाएको छस् त शंकर ?

तैंले चै कती मलामी कमाएको छस् त शंकर ? 


जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहदा  प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको सम्भाब्यता लगभग यस्तै यस्तै  हुन्छ,छ ।
        यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि जीवन लीला समाप्त हुने सम्भावना  रहन्छ । यहाँ यसो भनिरहनुको तात्पर्य के हो भने  जिबन छोटो छ,   यो कस्तो र कत्रो छ भन्ने पहिल्याउनै खोज्दा खोज्दै यत्तिकै सकिन्छ ।
   
         मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । त्यसका निमित्त प्रत्येक ले फरक माध्यम शैली र बिषय अपनाउछन ।  मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कबी मोतिराम भट्ट बिक्रम सम्बत्  १९२३ मा आएर १९५३  सालमा गए । केबल ३० बर्षर हेछ उनको हातमा । या भनौ निधारमा ।  त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले के-के सम्म गर्न सक्छ ?भन्ने कुरो प्रमाणीत गरेर गए । उनको पोल्टामा त्यो तिस बर्ष रैछ ।
          यही नेर मेरो 'म' ले प्र्श्न गर्छ -  मेरो भागमा चै आखिर  कती बर्ष छ ? तीस बर्ष....चालिस बर्ष.... या त्यो भन्दा काम या त्यो भन्दा बढी ?

कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु ।  अनी सोच्छु - म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?

        मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे कथम कदाचित मरी गए  यस्का मलामी कत्तिको सन्ख्या मा होलान ?  १०/१५,  ५०/ ६०,  १००/२०० या २/ ४ हजार या लाख/ लाखौं  ? अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ?   त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।



...

Monday, September 12, 2016

अमेरिकामा भएको ९/११ एट्याक

 अमेरिकामा भएको ९/११ एट्याक  
( छलफल आदरणिय गुरु राम लोहनी सँग )

आज सेप्तेम्बर ११, २०१६ । इस्वीको सन् २००१ सेप्टेम्बर ११ तारिखका दिन बिहान नौ बजे (उताको समय) अमेरिकाको वासिङ्गटन डिसीमा रहेको संसारकै अग्ला दुई भवन माथि आक्रमण भो । त्यो घटनालाई "९/११ एट्याक" भनेर पनि चिनिन्छ । त्यो आक्रमण अफगानिस्तानका बिन लादेनले नै गरेको हो भनी हौवा पिटाइयो । त्यसैको बिरोध गरी अमेरिकाले अफगानिस्तान माथि बम्बारी गर्न थाल्यो ।  संसारमै मोस्ट वाण्टेड आतंकवादि का रुपमा रातारात बिन्लादेनलाई उभ्याइयो ।  बिन लादेनलाई मार्नु आफ्नो एक मात्र लक्ष्य भनी अमेरिका लाग्न थाल्यो ।  र अन्तत: २ मे, २०११ मा बिन लादेनलाई अमेरिकाले अफ्गानिस्तानको राजधानीमा लुकेर रहेको अवस्थामा राति नै आक्रमण गरी राति नै उसको शरीर कतै दफ्नाइदियो ।  अमेरिकाको त्यो दुई बिल्डिङ्ग जुन ११५ तल्लाको थियो, त्यो बिन लादेनले ध्वस्त पारेको भनी भनिन्छ । त्यसइ गरी पढिन्छ, पढाईन्छ । संसारमा आज पनि लग्भग ९९ % मान्छेले यसै गरी सोच्छन । आज यसै सन्दर्भमा हाम्रा गुरु सङ्ग मैले गरेको छलफलको महत्वपूर्ण भाग मात्रै काटेर राखिएको अंश -  



9/11, 8:25am
निरक्षर निरौला -  
नमस्कार सर,
यहाँलाई एउटा कुरो सोध्न मन लाग्यो ।  दुई तीन वाक्यमै उतर टुङ्गिन्छ । आज अमेरिकामा भएको "९/११ एट्याक" को पन्ध्र बर्ष । तपाईंको बुझाईमा  "९/११ एट्याक"  बिन्लादेन ले नै गरेको हो ?

9/11, 11:14am
Ram Lohani -
- मलाई चाहिँ बिन लादेनकै हो जस्तो लाग्छ। के चाहिँ हुन सक्छ भने बिन लादेनको प्रत्यक्ष मास्टर माइन्ड नहुन पनि सक्छ। तर मुस्लिम आतंकबादीकै हो भन्नेमा विश्वास गर्न मन छ मलाई। केही व्यक्तिको दिमागको उपज हुन सक्छ, जो त्यो सङ्गठनसँग त्यति नजिक त थिएनन् तर अमेरिका विरोधी थिए, बिन लादेनको समर्थन गर्थे। जब घटना घट्यो र त्यसका मास्टर माइन्ड पनि क्र्यासमा परे, बिन लादेनले स्वामित्व लियो। यसको फाइदा संगठनलाई हुन्थ्यो।
         तर अमेरिका यस्तो देश हो, जहाँ जे पनि हुन सक्छ। अब्राहम लिङ्कन, जोन एफ केनेडीको पनि हत्या गर्नेहरू हुन उनीहरू आफैं। राम्रा काम पनि गर्ने, नराम्रा काम पनि गर्नेमा उनीहरू नामी छन्। १९६० मा संयुक्त राष्ट्र संघका महासचिव ड्याग ह्यामरसोल्डको प्लेन क्र्यास भएको होइन। अमेरिका, बेलायत समर्थित कंगोका पृथकतावादी नेतालाई भेटेर कंगोमा शान्ति स्थापना गर्ने उद्देश्यले कंगो पुगेका ह्यामरसोल्डलाई बेलायतले पृथकतावादी नेतालाई भेट्न प्रेरित गर्‍यो र भेटको लागि ह्यामरसोल्ड चढेको प्लेन केही समयमै क्र्यास भयो। यसमा बेलायत अमेरिकाकै हात हुन सक्ने सम्भावना देखिए पनि कसैले गर्न सक्ने केही रहेन। केही वर्षअघि पाकिस्तानका नेता जिवाउल हकलाई पनि अमेरिकाले आफ्ने राजदूत प्रयोग गरेर क्र्यासमा पारेको सम्म चर्चा चल्यो।


9/11, 9:50pm
निरक्षर निरौला
तर सर, बिन लाद्देन या मुस्लिम आतंकवादिले गरेको भन्ने तपाईंको मत भए पनि यहाँले दिनु भएको पछील्ला उदाहरणलाई आधार मानेर त्यो घट्ना अमेरिका आँफैले गरेको हुन सक्ने सम्भावना कत्तिको छ ?

9/11, 9:51pm
Ram Lohani
सानोतिनो क्षति आफ्नो पनि गराउन त अमेरिका कहिल्यै पछि पर्दैन ठूलो उपलब्धी हाँसिल गर्नको लागि।  तर यो घटना ठूलै क्षतिको भएकोले त्यति सम्म गरेन होला भन्ने मेरो अनुमान।


9/11, 10:32pm
निरक्षर निरौला सर,
मैले अन्लाइनमा उपलब्ध दस/ बाह्र वटा लेख (उतैतिरका बिदेशिले लेखेको) र यु ट्युबमा उपलब्ध  डक्युमेन्ट्रीहरुलाई सामान्य ढङ्गले सर्सर्ती बुझ्दा त्यो अमेरिकाले नै गरेको हो भन्ने शन्का गर्ने ठाउँ धेरै भेटेँ । मैले भेटेका लेख र डक्युमेन्ट्रीहरुहरुको तर्क लग्भग यस्तो छ ।

- अफ्गानिस्तानमा हमला गरी त्यहा आफ्नो पकड जमाएर त्यहाको पेट्रोल आफुले लिनाको लागि नै बिन्लादेन माथि आरोप लगाइयो र अफ्गानिस्तान भुमिमा बादला लिने भन्दै  त्यो देशमा छिर्ने गतिलो बहान बनाइयो ।  अमेरिकाले  "९/११ एट्याक"  गर्नु पछीको कारण अफगानिस्तानमा हम्ला गर्ने आधार तैयार पार्नु हो, किनकी त्यहा केही बर्ष अगी (त्यतिबेला) स्याटेलाइटले ठुलो मात्रामा तेल, पेट्रोल छ भनी निर्क्यौल गरेको थियो ।

 १...  त्यो घटना सम्बन्धी भिडियोमा त्यहाका प्रतक्षदर्शिले भन्छन- कि त्यहा मिलिटरी प्लेन नै आएको थ्यो अरु होइन। प्लेन हिट नै भएको होइन, त्यो त प्लेन आउनु भन्दा चार पाँच सेकेन्ड अगी नै बिल्डिङ्गमा बम जस्तो पड्किएको थ्यो ।
२... त्याहाको एउटा बिल्डिन्ङ लग्भग आठ सेकेण्डमा ध्वस्त भएको रेकर्ड रहेछ । त्यो भनेको ११० तल्लाको भवन आठ सेकेन्डमा भुइमा सिद्दिएको  छ, मत्लब एक सेकेण्डमा दस तला माथिबाट तलतिर खस्किदै गएको छ् ।  जुन "फ्रीफल" हुँदा मात्रै सम्बव छ, त्यसैले बिल्डिन्ङ्को हरेक तलाको हरेक पिल्लरको जोइन्टमा सक्तीसाली बम राखेर, ती सारा बम्लाई मास्टर बम सङ्ग कणनेक्ट  गरी अमेरिका आँफैले रिमोट द्वारा पढ्कायो ।
 ३... प्लेनले हिट गरेकै हो भने पनि १०३ या १०४ तल्ला तिर गरेको मान्न सकिन्छ, त्यसो हो भने १०३ तला भन्दा माथिको भाग त झर्‍याम झुरुम्म तल खस्ला तर १०३ तल्ला भन्दा मुनिको भाग पनि ग्राउन्ड लेबल मै त्यो रफ्तारमा झर्नु अली असम्भव छ् ।
४.... ती दुई टावरको सुरक्षा जिम्मा मार्बिन बुशको कम्पनिको थ्यो रे । मार्बिन बुश जर्ज बुशको भाई भएकाले त्यहा बम फिट गर्न सजिलो भो ।
- पैला आगो एक क्षण माथि मात्रै लागि रहयो ।  त्यती बेला आगो निभाउन जाने दम्कलका मान्छेहरुले समेत्  त्याहा कै सामन थिएन । पुरै खालिखाली थ्यो भन्ने खाल्को अन्तर्वाता दिएको छ् ।
 मत्लब  बिल्डिन्ङगका सारा सामान राती नै अन्तै सारीएको थ्यो, ताकी सामान जोगियोस ।
 ५ ... त्यो दिन अमेरिकाको सैनिक परेडको दिन थ्यो । तेसैले प्लेन जताततै उडिरहेकाले प्लेनले हिट गर्‍यो गरेन ठ्याक्कै वास्ता गरेनन वरिपरिकाले ।
६.... त्यो घटनाको एक दिन अघी ती टावरका सप्पै कर्मचारीलाई अनिवार्य बिदा दीएको थियो । (गोरा अमेरिकनहरुलाई मात्रै) अरुलाई कै भनिएन । अनिवार्य छुट्टीको पत्र त्यो भवनबाट होइण सिधै राष्ट्रपतिको कार्यालयबाट काटिएको छ् ।
७.... राष्ट्रपती भवनमा पनि हमला गरेको जस्तो देखाउन खोजेका थिए तर त्यहा कसो कसो के मिलेन । तर राष्ट्रपती भवन पनि पुरै खाली गरिएको थियो ।   तल्लो स्तरको एक पनि कर्मचारी त्यो भवनमा थिएन । छुट्टीमा अन्तै पठाइयो ।
८... ९/११ कै दिन त्यो छेउको  सि. आइ. ए. रहेको बिल्डिङ्ग भत्काइयो, ताकी अनुसन्धानमा कै सबुत हात नलागोस ।
९.... जर्ज बुस कै कम्पनिको म्यानेजर हामीद कार्जाइलाई पछी गएर अफ्गानिस्तानको राष्ट्रपती बनाइयो ।
  १०... जर्ज बुशको भाई र बिन्लादेनको संयुक्त कम्पनी थ्यो, "युरोकोल कम्पनी" नाम गरेको । जसले पेट्रोलको कारोबार गर्थ्यो । त्यसमा बिन्लादेन सङ्ग खटपट  बाद्बिवाद भएको र अफ्गानिस्तानको पेट्रोल डिजेल पनि चाहिएकाले अमेरिकाले यो सब गर्‍यो ।

र खर्च भएको कुरो छ । त्यो टावरको बिमा जापानि कम्पनिले लिएको थ्यो ।  त्यहाको खर्च सप्पै जापानि कम्पनीले ब्यहोर्‍यो ।


9/11, 10:34pm
निरक्षर निरौला
सर यी तर्कलाई कतिको सत्य मान्न सकिन्छ ।
कत्तिको पत्याउन लायक छ् ?
यहाँको बिचार  जान्न चहेँ ।


9/11, 10:42pm
Ram Lohani
बिल्डिङ निमेषभरमै झर्‍याम झुरुम भएको कुरामा चाहिँ मलाई पनि अचम्म लागिरहेको थियो। प्लेनले हान्दा त्यत्रो बिल्डिङ जेरो लेवलमा पुग्‍ने भनेको पत्याउन गाह्रो पर्ने कुरा हो। मैले यी सबै प्रमाण र कुराहरू यसरी चासो दिएर खोजेको छैन। अफगानिस्तानमा अमेरिकाकाो चासो नभएको त होइन। तर सोभियत संघ असफल भएर फर्केको ठाउँ हो त्यो। त्यति सजिलै अमेरिकाले नियन्त्रण गर्न सकिन्छ भनेर त्यति घातक योजना बनायो होला र भन्ने एउटा अमेचर तर्क मात्र हो मेरो।
         conspiracy principle ले जहाँ पनि काम गर्छ। यी कुराहरूलाई मसिनो गरी हेर्दा अमेरिकाकै मास्टर माइन्ड नहोला भन्न चाहिँ सकिंदैन। त्यही भएर मैले पनि शंका चाहिँ गरेको हो। तर बिनलादेनकै प्रत्यक्ष संलग्नताको कुरा पत्याउन मलाई गाह्रो परेको हो। अमेरिकाले आफ्ना त्यतिका नागरिकको बली चढाउने गरी त्यसो गर्‍यो होला र भन्ने मेरो आग्रह मात्र हो। evacuation का कुरा यदि साँच्चै नै हो भने चाहिँ शंका गर्न सकिन्छ। भन्न त टावर निशाना भएको हल्ला त पहिले नै चलेको भन्ने छ। खालि के भने दिन मात्र थाहा नभएको भनिएकोले हल्का इभ्याकुएन गर्न सुरु भएको हुन सक्छ कि भन्ने कुरा हो। उही शंकाको सुविधा मात्र।


2:01am
निरक्षर निरौला
धेरै धेरै धन्यवाद सर । यहाँको बिचार  र अमुल्य समयका लागि ।

Thursday, September 8, 2016

पढ्नुको अर्थ पढ्नु मात्रै हो त ?



पढ्नुको अर्थ पढ्नु मात्रै हो त ?

हामी यस्तो देशका नागरिक हौ जहाँ हरेक बर्ष करीब डेढ लाख बिद्यार्थी एक्जाम्टेड बन्छन त्यो पनि SLC को मात्र कुरो गरेको । त्यो भन्दा माथिल्लो तहको हालत के छ ? भनेर यो पंत्तिकारले भनिरहनु नपर्ला ।

यौटा आम बिद्यार्थी जो आफ्ना आमाबुबाको आधा पेट काटेर जोगिएको पैसाले गाउँबाट शहर पढ्न आउँछ । अनेक पारिवारिक समस्याका बाबजुद IA ,BA, MA गर्छ ताकी भोलिका दिनमा गतिलो जागिर पाईयोस् ।
        ऊ पढ्छ किनकी 'पढ्यो भने गतिलो जागिर पाईन्छ 'भन्ने सुन्दै आएको हून्छ , त्यै घोक्दै आएको हुन्छ । जसै MA लेवलको पढाइ सकियो तब उ बजारमा छिर्छ । देख्छ त्याहाँ त यौटै पनि खालि ठाउ छैन ।भए पनि यौटा सिटकालागि हजार जना पर्खी बसेका छन ।
       अनि के ?   अनि Masters को सर्टिफिकेट पाएको भोलिपल्ट धाउछ- पररास्ट्र मन्त्रालय  । मलेसीया, कतार, साउदि, दुबईको भिसा लगाउन , लगाई माग्न ।
       हामी कस्तो शिक्षा लिइरहेका छौ ? अचम्म लागेर आउँछ यो पंत्तिकारलाई । हामी पुस्तकमा यौटा कुरो घोक्छौँ ब्याबहारमा पाउँछौ त्यसको ठिक उल्टो ।

 हामी सिद्धान्त घोक्छौ रट्छौँ । पानी पानी पार्छौ सिद्धान्त । तर ब्यबहारमा त्यो सिद्धान्त कहाँ ?कसरी ? कुन परिस्थीतिमा लागु हुन्छ, हुन सक्छ ? त्यको हेक्का राख्ने औकात छैन हामीमा । हामीलाई त्यसको ब्याबहारिकता चाहिएको छैन । त्यसको मानब जीबनमा हुन सक्ने प्रयोग चाहिएको छैन । त्यो पढ्नुको त्यो सिद्धान्त घोक्नुको औचित्य के ? हामीलाई केही मतलब हुँदैन । मतलब हुन्छ त बस् त्यो सिद्धान्तको- जुन घोकेर पास हुनुछ,  हुनु नै छ ।

      हामीलाई कसरी हुन्छ नंबर ल्याउनु छ । पास हुनुछ । अझ प्रथम श्रेणी चाहिएको छ तर अफसोस कसैलाई ज्ञान चाहिएको छैन । पढ्नुको पनि मजा हुन्छ तर कसैलाई त्यो मजा चाहिको छैन । हामीलाई कसरी हुन्छ किताब सक्नुछ ।
       यसै सन्दर्भमा यौटा प्रसङ्ग यहाँ राखि हालौँ । यो प्रसङ्ग यो पंत्तिकारले साथीहरुबाट हो या गुरुबाहरुबाट सुनेको हो । यकिन भएन ऐले । तर प्रसङ्ग चै सान्दर्भीक नै होला भन्ने लागेको छ ।

- यौटा नेपाली अमेरिकाको University मा पढ्न गएको रहेछ । त्याहाँ यौटा घटना के घटेछ भने त्यो नेपाली सधै त्यो बिश्वबिद्यालयको बिशाल पुस्तकालयमा पढन जाँदा यौटा बिदेशीलाइ रामायण किताब लिएर घोरिरहेको देख्दो रहेछ । एक दिन हैन दुई दिन हैन 10/12 दिनसम्म त्यो नेपालीले बिचार गरिरा'को रैछ । यौटै किताब ,त्यो पनि यौटै पानामा त्यसरी त्यो बिदेशि अड्कीएको देखेर एकदिन त नेपाली बिद्यार्थीले सोधेछ:

- "मित्र के बुझेनौँ तिमीले यो किताबमा ? किन यौटै पानामा यसरी घोरिराखेको ? यस्ता जाबो सानो कुरामा पनि अड्कीएर हुन्छ ? मैले यो किताब पढिसकेको छु , के चै बूझेनौ ? सोध मलाई ।"

त्यो बिदेशीले भनेछ -
"म धेरै दिन देखि यो पानामा अड्कीराखेको छु । जब लक्ष्मणले सिताजीलाई छाडेर राम लाई खोज्न हिडे तब उनले यौटा रेखा कोरे -सीताजीलाई बिचमा पारेर । जब राबण सीता जीलाई हरण गर्न आईपुग्यो तब ऊसले त्यो रेखा कट्न सकेन । त्यो रेखा अरू जो सुकै (सिता राम लक्ष्मण बाहेक ) ले कट्ने बितिकै भस्म हुन्छन भनिएको छ । त्यस्तो शत्तीशाली, बिद्वानका पनि बिद्वान रावणले समेत पार गर्न नसक्ने जाबो यौटा चकको रेखा संभव छ ? छ भने त्यो रेखामा कुन technology प्रयोग गरेका थिए त लक्ष्मणले ? अनि त्यो technology कुन सिद्धान्तको आडमा बन्यो त ?
हो यै कुरो बुझीन मैले ।"

नेपाली विद्यार्थी  हेरेको हेरेकै भयो-  त्यो बिदेशी मित्रका प्रश्नले । उत्तर थिएन उसँग

बास्तबमै हामी नेपालीहरु किताब सिध्याऊन मै हतारिन्छौँ । कसरी हुन्छ किताब पढि सिध्याउनु परेकोछ हामीलाई । त्यसैले हामी ति झिना मसिना कुरामा अड्कीन्नौं जसरी त्यो यौटा अमेरीकी बिद्यार्थी अड्कीयो ।
हामी हिमाल चढन हिडेका मान्छे सानातिना डिस्का , उकाला ओरालाको मतलब हुदैन हामीलाई ।तर यथार्थ के हो भने हिमाल चढ्छु भन्नेले ढिस्का, ओराला, उकाला र पहाडहरूमा हिड्न जानेकै हुनुपर्छ । जान्नै पर्छ । हामी आफुलाई हिमाल चढ्न हिडेको बताउछौ तर समथर मैदानमा पनि सरासर हिड्ने ल्याकत छैन हाम्रो ।

माथिको प्रसंगमा बिदेशीहरू त्यसरी सोच्छन   त्यसैले ति "बिदेशी" छन् । जापानिजहरु त्यसरी सोच्छन- त्यसैले ति "जापानी" छन । अमेरिकीहरु त्यसरी सोच्छन् त्यसैले ति "अमेरिकी" छन ।

 हामी त्यसरी सोच्दैनौँ । सोचेका छैनौ तेसैले त हामी "नेपाली" छौ । "नेपाली" भएका छौँ ।

परापुर्ब कालमा ऋषी मुनीहरुले बरपिपलको बोटको तल बसेर दिईने शिक्षा, ज्ञानले आज अर्कै परिभाषा बोकिसकेको छ । आजका दिनमा शिक्षामा पनि एक्काईसौँ सताब्दीका मान्यता अगाडी आउन थालेका छन्, आएका छन् । आजको यो जमाना अब कोहि कसैले घोकेरै कण्ठ पारेरै पढ्छ भने त्यो पतनको बाटो हो । यसमा कसैको दूई मत नरहला । हो घोक्नुपर्छ तर बुझेर , बुझ्दै ,बुझाउँदै ।

पढ्नुको मतलब केबल पढ्नुसँग मात्र पनि छैन । यो त सम्बन्धीत छ मान्छेको चरित्रसँग । मान्छेको ब्यबहारसँग  चिन्तनसँग । र अब त सिङ्गो युगसँग जोडिएको छ । आजको युग सुहाउदो ज्ञान चाहिएको छ- मान्छेलाई । अनि हाम्रो शिक्षा त्यो मर्म अनुकुल छ त ? के हामीले शिक्षालाई त्यो अर्थमा बुझ्न सकेका छौ ?  

 शिक्षा शहरका ठुलठुला बिद्यालय भवन र कलेजमा मात्रै हैन गाउगाउ, बस्तीबस्ती, खेतखेतमा पुर्‍याउनु आजको माग हो । माग यस कारणले हो कि- यो अनिवार्य आबश्यकत्ता नै भइसकेको छ ।
यस प्रसङ्गमा हाम्रो मुलुक कुन स्थानमा छ ? एक पटक गंभिर भएर सोचिदियुन सरोकारवालाहरुले ।

पढ्नका लागि पढ्ने हो या यो बिश्वब्रम्हाण्डलाई ब्यापक अर्थमा बुझ्नलाई पढ्ने हो ?
आफुमात्र बुझ्नका लागि पढ्ने हो या अरुलाई पनि बुझाउन पढ्ने हो ?
आफुमात्र हिड्न पढ्ने हो या अरूलाई पनि हिडाउन पढ्ने हो ?
यो बुझ्नु जरूरी छ । फेरि कोही कसैले कोही कसैलाई पनि पढाउन सक्दैन । अरूले त "यसरी यसरी पो हो" भन्नेसम्म मात्र हो । बाँकी त पढ्ने अध्यनकर्तामै निहित छ । परिश्रम लगनकर्ताकै हो  । अरुले त यसो बाटो देखाइ दिनेसम्म हो ।

अनि पढेको छु भन्दै गमक्क परी आडम्बर देखाउनु पनि पढ्नुको अर्थ कदापि नहोला । पढेकोले त अरूलाई पढाउन सक्नुपर्छ ,बुझाउन सक्नुपर्छ । यौटा पढेको ले दशजना नपढेकालाई बाटो देखाओस तब पो पढ्नुको सार्थकता भेटिएला । म पढेको छु भनी गमक्कै परि बस्ने मात्र भने त के अर्थ पढ्नुको जान्नुको ?
ज्ञान गुम्साएरै राख्ने मात्र हो भने त किताबमै पनि गुम्सीराखेकै त छ नि !

पर्सी सरस्वति पुजा । यो जाडोमा एका बिहानै एक बाल्टीन पानी खन्याएर सरस्वतिको फोटोमा या मुर्तीमा सबैले पुजा गर्लान ।
माला लगाई देलान् । तर त्यतिमै सिमित छिन त सरस्वति माता ? के हामीले साँचिकै सरस्वतिको पुजा गरिएको ठहरिएला त त्यातिले ?

-शंकर निरौला 'निरक्षर '





राजधानी दैनिक   (२०७० -१० -२३  )



.

Tuesday, September 6, 2016

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा 
(आदरणिय गुरु राम लोहनी सन्ङ्ग गरिएको सवाल जवाफ)


धेरै बर्ष अघीदेखी म यी पाँच प्रश्नहरुको जवाफ पाउन भौतारी रहेँ । धर्म सम्बन्धी यी जिज्ञासाहरुले मेरो मथिङल सदा खल्बलाउँथ्यो । अन्तत: आज आएर मेरा जिज्ञासाहरु आदरणिय गुरु Ram Lohani सरले मेटाइदिनु भो ।

प्रस्तुत छ उहाँ र म बिच भएको सवाल जवाफ:  

#प्रश्न_१. हिन्दू धर्म दर्शनका जती पनि ग्रन्थ छन् ती सबै त्यतिबेला लेखिएका स्तरिय उपन्यास र कथा हुन् भनेर भन्न सकिन्छ कि सकिन्न ? हामीले मान्दै आएको भगवानहरु त्यतिबेलाका लेखकहरुको कथा उपकथा, महाकथाका पात्र मात्रै हुन् भनी भन्न सकिन्छ/ सकिन्न ?

 ती निश्चित प्रकारका साहित्य नै हुन् । असल पात्र र खराब पात्र खडा गरेर तिनमा द्वन्द्व देखाएर असलले विजय हुने, खराब कामबाट सजायँ पाइने खालका नीति कथा हुन् कुनै । कुनै त्यो बेलाका मानिसले अनुमान गरेका सृष्टि स्थिति आदिका बारेमा वर्णन हुन् र तिनको व्याख्याको लागि कल्पना गरिएका पात्र हुन् । ती पात्र स्वाभाविक रूपमा मानिसभन्दा शक्तिशाली हुने नै भए किनभने मानिसले गर्न नसक्ने काम गर्न सक्छन् ती । मान्छेको चाहना व्यापक हुन्छ। प्राप्तिका साधन र समय थोरै । त्यसकारण मान्छेले असीमित शक्तिको भगवानको अनुमान गरेका हुन् । ती पात्र पनि साहित्यका अङ्ग भए । वास्तवमै भगवान छ नै भने पनि त्यसरी जसरी हाम्रा शास्त्रमा भनिएको छ, उपस्थित भएर केही व्यक्तिका नीजि जीवनसँग जोडिने भन्ने बेकारको कुरा हो । भगवानले कति व्यक्तिको दैनिकीहरूको लेखाजोखा राखेर बस्‍ने, कतिलाई सहयोग गर्ने, कतिलाई सजाय गर्ने ?
 त्यसकारण ती कवि र साहित्यकारका अनुमानका पात्र नै हुन् । र कतिपय पात्रहरू चाहिँ ऐतिहासिक हुन सक्छन् । तिनका बारेमा किम्बदन्तिहरू प्रशस्तै निस्कने र फैलने नै भए । असाधारण व्यक्तिका बारेमा चलेका किम्बदन्ति समयक्रममा विस्तारित हुँदै जान्छ र त्यो पात्रले भगवानको हैसियत प्राप्त गर्छ । त्यस्ता पात्रलाई साहित्यकारले फूलबुट्टा भरेर पात्रता प्रदान गरेका हुन्छन् ।

#प्रश्न_२. चार बेद, महाभारत, गीता 'व्यास' द्वारा लेखिएको भनिन्छ, के 'व्यास' एक्लैले ती सब लेख्नु सम्भव छ ? श्रुती परम्परामा सुन्दै /सुनाउदै आएको कथा उपकथालाई 'व्यास' ले ब्यबस्थित ढङ्गले लिपिबद्द गरेको  हुन सक्ने सम्भावना कत्तिको रहन्छ ?

 व्यासले लेखिएको भनिएको पनि सम्भवत: एकै व्यक्तिले नगरेर एउटा समूहले गरेको होला भन्ने मेरो अनुमान हो । व्यासको अर्थ अहिले हामीले एउटा व्यक्तिको रूपमा बुझेका छौं । सम्भवत: त्यो बेला एउटा संस्था थियो होला, समूह थियो होला विद्वानहरूको । त्यो समूहको नेतालाई 'व्यास' भनिन्थ्यो । सदस्यहरूले काम गर्थे प्रधानसम्पादक समूहको नेता हुन्थ्यो होला र त्यो प्रधानसम्पादक आवधिक वा उत्तराधिकारीको रूपमा नयाँ व्यक्ति आएर परिवर्तन भैरहन्थ्यो होला । त्यो नेता व्यास भयो । र, के पनि हुन सक्छ भने पछि अरूले गरेका काम पनि व्यासले गरेको भनियो । पूर्विय परम्परामा व्यक्तिको महत्व गौण रहने गरेको छ । व्यक्तिले आफ्नो परिचय कुनै नाम विशेषले भन्दा पनि काम विशेषले दिने गरेको छ । त्यसअर्थमा शास्त्रको काम गर्ने लेखनदासहरूलाई व्यास भनिन सक्ने मेरो अनुमान हो । र यो छोटो समयमा भएको होइन । लामो कालखन्डमा यो निर्माण भएको हो । थपघट हुने क्रम पनि जारी रह्यो।

#प्रश्न_३. व्यासले ती ग्रन्थ लेख्नु अगी हिन्दू धर्म अस्तित्वमा थियो या थिएन ? थियो भने त्यो कुन रुपमा थियो होला ?

 व्यास आफैमा सम्प्रदायको सदस्य भनेर बुझ्‍नुपर्छ । जब व्यासद्वारा ती लेखिएका, सम्पादन गरिएका, संकलन गरिएका भनेपछि त्यसअघि पनि मानिसहरूमा धार्मिक चेत थियो र त्यो धार्मिक चेतको प्रतिनिधित्व गर्ने ग्रन्थ थियो भन्ने अनुमान गर्नुपर्छ। ती ग्रन्थरहरू श्रुति परम्परामा रहेका थिए । तर अहिले हामीले जसलाई जुन परम्परालाई हिन्दु भनेका छौं, हजारौं वर्षअघि त्यो आजको जस्तो रूपमा त पक्कै पनि थिएन । हिन्दु नै भनेर नामाकरण गरिएको पनि पछि हो । वेद आदिमा त्यो बेलाको आर्थिक संरचनाको झल्को पाइन्छ। त्यसले पनि धर्मको रूप नितान्त बेग्लै थियो।

#प्रश्न_४. जो जसले ती ग्रन्थ लेखे पनि त्यती बेलाको साहित्य निक्कै बिकसित रहेछ भन्ने अर्थ लगाउन सकिन्छ । यदी साहित्य त्यो स्तरमा बिकास भएको थियो भने समाज पनि बिकसित नै  थियो भनेर भन्न सकिन्छ/ सकिन्न ?

 साहित्य विकसित थियो । साहित्यले समाजको ऐनाको काम गरेको हुन्छ । यसअर्थमा समाज पनि विकसित थियो भन्ने अनुमान गर्नुपर्छ । तर त्यो विकास सीमित वर्गमा थियो । साहित्यमा भएका सबै कुरा ठ्याक्कै समाजमा थियो भनेर भन्नुभन्दा पनि त्यसखालको कल्पना थियो, अथवा त्यसको कच्चा रूप यथार्थ हो, साहित्यमा आदर्श रूप आयो । कतिपय कुरा नीतिको रूपमा देखिन्छ -- यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर। आज गरिएको अर्थले पनि यथार्थलाई ठ्याक्कै नबुझेको पनि हुन सक्छ । तर जति विकसित थियो भनेर साहित्य आदि ग्रन्थमा देखिन्छ, त्यो वर्णन आदर्श वर्णन हो भन्ने मेरो अनुमान हो । अर्को कुरा समाजमा विभाजन व्यापक थियो । साहित्य, सुविधा आदि शासक र शक्तिशाली समूहमा मात्र केन्द्रीत थियो । ऐश आराम गर्ने फुर्सदिला समुहले रचना गरेका शास्त्रमा स्वैरकल्पनाको मात्रा पनि प्रशस्त हुने सम्भावना रहन्छ।

#प्रश्न_५. हिन्दू परम्पराका कतिपय कृयाकलाप बिज्ञान सम्मत देखिन्छन, ती कृयाकलापको सुरुवात जुन पुर्खाहरुले गरे तिनले बिज्ञान बुझेर गरे या त्यतिकै गरेका कृयाकलाप अहिले संयोगले बिज्ञानसँग जोडीन पुगेको हो ? 
यदि  बिज्ञान बुझेरै गरेको हो भने त्यो सभ्यता कालान्तरमा कसरी र किन पछाडि पर्‍यो ?  

⇒  हामीले जेलाई अहिले विज्ञानसम्मत भनेर भन्छौं, त्यही रूपमा वैज्ञानिक चिन्तनले प्रेरित क्रियाकलाप थिए भनेर चाहिँ मलाई विश्वास लाग्दैन । तर मान्छेले अनुमान, अवलोकन र अध्ययनबाट निकालिएका कतिपय निष्कर्षहरू विज्ञानसँग मिल्न गएका चाहिँ हुन् । ती घटनाहरू अनुमान र अनुभवबाट निसृत थिए, त्यसको व्याख्या त्यो समयमा थिएन । अहिलेको विज्ञानले त्यो किन भयो भनेर व्याख्या गर्छ । जस्तो कि गुरुत्वबलको कुरा । वस्तुलाई पृथ्वीले आफूतिर तानेको हुनाले माथि गएको कुरा तल झर्छ भन्ने त अनुमान गरे होलान् । तर त्यो बल भनेको के हो भन्ने र चराहरू चाहिँ किन खसेनन् भन्ने व्याख्या त्यो बेलामा थिएन । अरू दैनिक जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्यको कुरा, अौषधिका कुरा आदिमा अनुभवबाट आर्जित ज्ञान हुन् । विज्ञानको विकास जहिले पनि अनुभवबाटै सुरु हुने हो । गहिरो चिन्तनबाट निस्केका निष्कर्षहरू सत्य ठहरिन्छन्, त्यो अस्वाभाविक होइन । यी ज्ञानहरू सही रूपमा विश्लेषण र व्याख्या नभएर प्रचार प्रसार हुन सकेन । त्योभन्दा पनि प्रविधिको विकास थिएन, त्यसैले ती ज्ञान प्रचार प्रसार भएन। केही व्यक्तिमा सीमित रह्यो। एकले गरेको अनुमानलाई अर्कोले अघि बढाउन सकेन अहिलेको जस्तो । जसले गर्दा ती फल्न फुल्न पाएनन् । बिलाएर गए।

....

http://niraksharniraula.blogspot.com/2016/09/blog-post_78.html

..

Thursday, September 1, 2016

गजल

भावनात्मक सम्बन्ध कोकसमा के कती हुन्छ भन्ने सम्बन्धमा मेरा पिता श्रीले एक पल्ट मलाई भन्नु भएको थियो - छोरा ! "तपाईं" र "हजुर"  भनेर सम्बोधन हुने सम्बन्धहरु सबभन्दा टाढाका सम्बन्ध हुन् । "तिमी" भनियो भने चै "तपाईं" भन्दा अली नजिकको सम्बन्ध भन्ने बुझ्नु पर्छ । र "तँ" भन्ने सम्बन्धहरु चै सबभन्दा नजिकका सम्बन्ध हुन् । तर मैले मेरा पिता श्रीलाई सधैं "तपाईं" भन्ने शब्दले सम्बोधन  गरी रहेँ  ।  पिताश्रीले भनेको सबभन्दा  नजिकको सम्बोधन "तँ" त मैले (पिताजी का सन्दर्भमा) भन्ने कुरै भएन । तसर्थ दुबैको बिच बाटो "तिमी" लाई पकडिएँ । मैले मेरा पिता श्रीलाई "तिमी" भनेर सम्बोधन गरी डाइरी लेख्ने गर्‍या छु । मेरा कतिपय लेखहरुमा पनि मैले प्रसङ्ग बस "तिमी" नै लेखेको हुन्छु । गजलमा "तिमी" सम्बोधन गरी लेखिएको यो एक रचना -
               

          गजल 

जसले आशु मात्रै पियो मेरा निम्ती 
अरे यार उही त थियो मेरा निम्ती 

भनेर भनी साध्य छैन उसका बारे
उसले केके दियो दियो मेरा निम्ती 

मेरो जिन्दगी चुलिमा पुर्‍याउनका खातिर
कठ्ठै ! ऊ पातलमै भासियो मेरा निम्ती 

मलाई शहर पठाएर जसको जिन्दगी
घर खेत र बारीमै सक्कियो मेरा निम्ती 

'जेजती गर्दैछु तेरै लागि हो' भनेको सुन्दा-
म ओठ लेप्र्‍याउथेँ- नाप्पियो मेरा निम्ती 


                             - निरक्षर निरौला