नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, September 1, 2016

गजल

भावनात्मक सम्बन्ध कोकसमा के कती हुन्छ भन्ने सम्बन्धमा मेरा पिता श्रीले एक पल्ट मलाई भन्नु भएको थियो - छोरा ! "तपाईं" र "हजुर"  भनेर सम्बोधन हुने सम्बन्धहरु सबभन्दा टाढाका सम्बन्ध हुन् । "तिमी" भनियो भने चै "तपाईं" भन्दा अली नजिकको सम्बन्ध भन्ने बुझ्नु पर्छ । र "तँ" भन्ने सम्बन्धहरु चै सबभन्दा नजिकका सम्बन्ध हुन् । तर मैले मेरा पिता श्रीलाई सधैं "तपाईं" भन्ने शब्दले सम्बोधन  गरी रहेँ  ।  पिताश्रीले भनेको सबभन्दा  नजिकको सम्बोधन "तँ" त मैले (पिताजी का सन्दर्भमा) भन्ने कुरै भएन । तसर्थ दुबैको बिच बाटो "तिमी" लाई पकडिएँ । मैले मेरा पिता श्रीलाई "तिमी" भनेर सम्बोधन गरी डाइरी लेख्ने गर्‍या छु । मेरा कतिपय लेखहरुमा पनि मैले प्रसङ्ग बस "तिमी" नै लेखेको हुन्छु । गजलमा "तिमी" सम्बोधन गरी लेखिएको यो एक रचना -
               

          गजल 

जसले आशु मात्रै पियो मेरा निम्ती 
अरे यार उही त थियो मेरा निम्ती 

भनेर भनी साध्य छैन उसका बारे
उसले केके दियो दियो मेरा निम्ती 

मेरो जिन्दगी चुलिमा पुर्‍याउनका खातिर
कठ्ठै ! ऊ पातलमै भासियो मेरा निम्ती 

मलाई शहर पठाएर जसको जिन्दगी
घर खेत र बारीमै सक्कियो मेरा निम्ती 

'जेजती गर्दैछु तेरै लागि हो' भनेको सुन्दा-
म ओठ लेप्र्‍याउथेँ- नाप्पियो मेरा निम्ती 


                             - निरक्षर निरौला   

No comments:

Post a Comment