हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हैसियत
बर्तमान बिक्रित राजनीति, प्रनालिको अस्त-ब्यस्तता, सरकार फेर्ने बादलइने तर सर्बसाधारणको जिबनमा कुनै साकारात्मक परिवर्तन नदेखिने यस्तो अवस्थाका माझ यसै सन्दर्भलाई लिएर मैले आदरणिय गुरु राम लोहनी सँग गरेको सन्क्षिप्त छलफलको सम्पादित अंश -
बर्तमान बिक्रित राजनीति, प्रनालिको अस्त-ब्यस्तता, सरकार फेर्ने बादलइने तर सर्बसाधारणको जिबनमा कुनै साकारात्मक परिवर्तन नदेखिने यस्तो अवस्थाका माझ यसै सन्दर्भलाई लिएर मैले आदरणिय गुरु राम लोहनी सँग गरेको सन्क्षिप्त छलफलको सम्पादित अंश -
9/19, 9:11pm
निरक्षर निरौला
सर, आज चै यहाँ सङ्ग बर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा यहाँको बिचार जान्न चाहेँ ।
"नेपाली राजनीतिमा अहिले महत्वपूर्ण स्थान ओगट्ने काङ्रेस, एमाले, माओवादी र मधेसी मोर्चा (अहिलेको गठबन्धन) ईतिहास काल्देखी नै भारतको अथवा भारतको बाटो भएर आउने अन्य मुलुकको ईशारामा चल्ने "एस् म्यान" थिए र अहिले पनि छन" भनेर भनियो भने कत्तिको सही गलत हुन्छ ?
9/19, 9:54pm
Ram Lohani
सिद्धान्तत: म कुनै पनि पार्टी भारतको यस म्यान हो चाहिँ भन्न सक्दिनँ। तर यिनीहरूको स्पष्ट नीति, कार्यक्रम केही छैन। यिनीहरूलाई सत्तामा पुग्नु छ। यसको लागि कुनै रणनीति पनि छैन। क्षणिक र सीमित स्वार्थबाट प्रेरित भएर राजनीतिमा लाग्नेहरूको बाहुल्यता छ। यसो हुँदा सानो लोभमा यिनीहरू फस्छन्, विदेशीहरूले गरेको तर्क र देखाएको बाटोप्रति यिनीहरूको विश्लेषणात्मक दृष्टिकोण हुँदैन। आफ्नो धारण पनि स्पष्ट नभएको र अर्काले भनेको कुरालाई होइन भन्न पनि नसक्दा जानी नजानी यिनीहरू विदेशीले देखाएको बाटो र विकल्प नै सही दृष्टिकोण हो भन्ने निष्कर्षमा पुग्छन्। तत्काल त्यसको प्रभाव देखिंदैन। तर समयक्रममा एकचोटी अपनाएको बाटोको निरन्तरताको लागि, आफ्नो स्वार्थ संरक्षणको लागि, आफूलाई सक्रिय र विचारशील देखाउनको लागि निरन्तर सल्लाह लिइरहनु यिनीहरूको बाध्यता हो। केही गरिरहनको लागि आफूसँग कार्यक्रम हुनुपर्छ। तर यिनीहरूसँग मौलिक कार्यक्रम, त्यसको उपर्युक्त तर्क र आधार, त्यसप्रतिको वफादारिता खासै छैन। र, "छैन" भन्ने पनि थाहा छैन। आफ्नो नराम्रो, विदेशको राम्रो भन्ने अर्को मनोविज्ञान छ। सल्लाह सापट लिएर उनीहरूले भनेजस्तै गरेर उनीहरूकै स्तरमा पुर्याउँछु, पुग्छु भन्दा यिनीहरू विदेशको इशारामा चल्न बाध्य भएका हुन्। दुई कदम अर्काको इशारामा , राम्रै गर्छु भन्ने नियतले भए पनि, चलेपछि त्यसपछि तिनीहरूको निर्देशन मान्नु बाध्यता हुन्छ। किनभने यिनीहरूसँग मौलिक चिन्तन हुँदैन। सबभन्दा ठूलो कुरा स्वार्थ - व्यक्तिगत र राजनीतिक दुबै - अगाडि रहन्छ।
11:19pm
निरक्षर निरौला अनी सर,
सामान्य आँखाले हेर्ने सर्बसाधारणले दुई चार जना नेता (जस्तो कि गगन थापा लगायत) ले केही गर्न सक्छन कि भन्ने खालको आश गर्छन् । तर फेरी तिनिहरु पनि तिनै बद्नाम भएकै पार्टीकै वकालत गर्न छोड्दैनन । आशा गरिएको भनिनेहरु- "जेजस्तो अवस्था छ त्यसइमा टेकेर माथि पुगेपछी यस किसिमको सन्स्कारलाई बदलछु" भनेर लागेका हुन या जेजस्तो छ त्यसमै आफ्नो स्पेस खोज्न आएका हुन ?
2:13am
Ram Lohani
केही गर्छु वा गरौं भन्ने उत्साह युवा नेताहरूमा छैन भनेर म भन्न सक्दिनँ। त्यसो भन्दा मैले आफू मात्र असल भन्ने धारणा लिएको देखिन्छ। म वा कोही एकजना मात्र असल भएर केही हुँदैन। र मबाहेक अरू असल छैनन् भन्नु पटमूर्खता हो। त्यस हिसाबले पनि गगन थापा, गोकर्ण विष्टहरु पक्कै पनि निश्चित हदसम्म इमान्दार होलान् भनेर म विश्वास गर्न चाहन्छु। किनभने विश्वास गर्नुबाहेक हामीसँग कुनै विकल्प छैन। तर यिनीहरूले केही गर्न खोजेको देखिए पनि उपल्धीपूर्ण हुने र देखिने गरी केही गरेजस्तो लाग्दैन। यसका दुईटा कारण छन्। पहिलो त उनीहरू पनि अन्य नेता जस्तै प्रक्रियाबाट छानिएर आएका हुन्छन्। एउटा एउटा गुटको पछि नलागी छानिन गाह्रो छ। गगन थापा सिटौला क्याम्पबाट आए। त्यसैले आशिर्वाद लिन सिटौलाकहाँ पुगे सर्वप्रथम। सिटौलाकको आफ्नो स्वार्थ छ। महिलासँघको चुनावमा शेरबाहादुरसँग यिनको साँठगाँठ भयो। त्यसो हुँदा गगन थापा पनि घुमिफिरी शेरबहादुरकै क्याम्प नजिक पुगेको प्रमाणित हुन्छ। गुटको सदस्य भए पछि गुटको धर्म निर्वाह गर्नुपरिहाल्यो। त्यसमाथि नीजि र राजनैतिक स्वार्थसँग सम्झौता त गर्नु परिहाल्यो । दोस्रो, उनीहरूको शिक्षाको हो। जतिसुकै प्रगतिवादी शिक्षा पाए पनि सामन्ती संस्कारमा हुर्केको मान्छेले आफ्नो पहिचान छाड्न सक्दैन। त्यस्तै नेपाली काङ्ग्रेसको जुन चरित्र छ, त्योबाट गगन र एमालेको जुन चरित्र छ त्यसबाट गोकर्ण अलग्गिन सक्दैनन्। रसदपानी खाए पछि त्यसको पक्षपोषण त गर्नै पर्यो। गगनले रामवरण यादवको लागि निकास हुन लागेको रकम रोक्न सकेनन्, गिरीको रोके। बदल्नै नसक्ने त होइन। त्यसको लागि ठूलो आँट चाहिन्छ, त्यसैअनुसारको इच्छाशक्ति पनि। त्यो अहिलेका हाम्रा युवा नेताहरूमा आइसकेको जस्तो लाग्दैन। यसको पनि कारण छ। त्यो के भने हाम्रो नेपाली समाज एकप्रकारले भ्रष्ट भैसकेको छ। भ्रष्ट समाजबाट शुद्ध व्यक्ति माथि आउन मुश्किल पर्छ। त्यसको लागि व्यक्तिमा छुट्टै करिष्मा चाहिन्छ। जादुयी र करिस्माटिक व्यक्तित्व भएको कोहीले केही परिवर्तन गर्न सक्छ। अर्को कुरा हाम्रो प्रशासन यन्त्र एकदमै भ्रष्ट छ। यो यन्त्रबाट सही काम हुनै सक्दैन। जस्तो कि जनार्दन शर्माले बढी महशुल नतिर्नेको लाइन काटिदिनु भनेको भनेर प्राधिकरणका कर्मचारीले पहिले महेन्द्र मञ्जिलको लाइन काटिदिए। वास्तवमा मन्त्रीको त्यो निर्देशन त होइन। तर पछि मन्त्रीले स्पष्टीकरण दिनुपर्यो।
4:07am
निरक्षर निरौला त्यही त सर,
आफुलाई राम्रो हुँ भनेर भन्ने हरु र सतहि रुपमा हेर्दा "राम्रै हुन कि" जस्तो लाग्नेहरु पनि केबल देखाउनका लागि मात्रै प्रचारबाजी काम गर्छन् ।
यस्तो परिस्थितिमा देशलाई ट्र्याकमा लिएर आउने अबको निकास के हुन सक्छ ?
मानौ कुनै ब्य्ताक्ती जो कहिकतै मुछिएको छैन र स्वच्छ छबी भएको छ- त्यस्ताहरुले नयाँ गुट खडा गरी, आफ्नो ज्यानकै बाजी लगाएर आए भने अहिलेको यो बिक्रित, बिश्रिन्खलित अवस्थालाई किनारा लगाउन सक्ने सम्भावना कतिको रहन्छ ?
कि अहिलेकाले नै नयाँ आउनेहरुलाई पाखा लगाइदिन्छन ?
9/20, 9:39am
Ram Lohani
अहिले कुनै नयाँ समुह यत्तिकै जन्मन सक्दैन। नयाँ समुह जन्मने, नयाँ नेता निस्कने भनेको उथलपुथलको समयमा हो। अहिले त्यस्तो भैसकेको छैन। अहिलेको अवस्था भनेको saturation को अवस्था जस्तै हो। भाँडको पानी छ, भाँडो हल्लिराखेको छ, तर ढलेको छैन।
9:44am
निरक्षर निरौला
धन्यबाद सर,
यहाँलाई यहाँको अमुल्य समय र बिचारका लागि ।
................
No comments:
Post a Comment