यो देशका निष्ठावान युवाहरु
यो देशमा जेजती युवाहरु छन् ती सबै कुनै न कुनै पार्टीका कि त प्रवक्ता, कि त कार्यकर्ता मात्रै छन् । यिनिहरुको सारा शक्ती आफ्नो पार्टी केकती कारणले सही हो ? र आफ्ना "नाइके" मात्रै किन सही हुन् ? भनेर बुझ्न र अरुलाई बुझाउनमा नै खर्च भएको छ ।
आफ्नो पार्टीका "नाइके" ले गरेको खराब कामलाई पनि "राम्रो हो" भनी वकालत गर्नु र आफु भन्दा इतरको पार्टीले गरेको राम्रो कामलाई पनि "खराब हो" भनी प्रमाणित गर्नु (गर्न खोज्नु) ती प्रवक्ता तथा कार्यकर्ताको एक मात्र धर्म भएको छ ।
खुशी लाग्छ, जे होस् आ-आफ्नो धर्म निभाएका छन्/ निभाउनु भएको छ । निष्ठा हराएको देशमा कमसेकम एउटा जमात त निष्ठावान छ- आफ्नो जिम्मेवारी प्रती ।
No comments:
Post a Comment