पढ्नुको अर्थ पढ्नु मात्रै हो त ?
हामी यस्तो देशका नागरिक हौ जहाँ हरेक बर्ष करीब डेढ लाख बिद्यार्थी एक्जाम्टेड बन्छन त्यो पनि SLC को मात्र कुरो गरेको । त्यो भन्दा माथिल्लो तहको हालत के छ ? भनेर यो पंत्तिकारले भनिरहनु नपर्ला ।
यौटा आम बिद्यार्थी जो आफ्ना आमाबुबाको आधा पेट काटेर जोगिएको पैसाले गाउँबाट शहर पढ्न आउँछ । अनेक पारिवारिक समस्याका बाबजुद IA ,BA, MA गर्छ ताकी भोलिका दिनमा गतिलो जागिर पाईयोस् ।
ऊ पढ्छ किनकी 'पढ्यो भने गतिलो जागिर पाईन्छ 'भन्ने सुन्दै आएको हून्छ , त्यै घोक्दै आएको हुन्छ । जसै MA लेवलको पढाइ सकियो तब उ बजारमा छिर्छ । देख्छ त्याहाँ त यौटै पनि खालि ठाउ छैन ।भए पनि यौटा सिटकालागि हजार जना पर्खी बसेका छन ।
अनि के ? अनि Masters को सर्टिफिकेट पाएको भोलिपल्ट धाउछ- पररास्ट्र मन्त्रालय । मलेसीया, कतार, साउदि, दुबईको भिसा लगाउन , लगाई माग्न ।
हामी कस्तो शिक्षा लिइरहेका छौ ? अचम्म लागेर आउँछ यो पंत्तिकारलाई । हामी पुस्तकमा यौटा कुरो घोक्छौँ ब्याबहारमा पाउँछौ त्यसको ठिक उल्टो ।
हामीलाई कसरी हुन्छ नंबर ल्याउनु छ । पास हुनुछ । अझ प्रथम श्रेणी चाहिएको छ तर अफसोस कसैलाई ज्ञान चाहिएको छैन । पढ्नुको पनि मजा हुन्छ तर कसैलाई त्यो मजा चाहिको छैन । हामीलाई कसरी हुन्छ किताब सक्नुछ ।
यसै सन्दर्भमा यौटा प्रसङ्ग यहाँ राखि हालौँ । यो प्रसङ्ग यो पंत्तिकारले साथीहरुबाट हो या गुरुबाहरुबाट सुनेको हो । यकिन भएन ऐले । तर प्रसङ्ग चै सान्दर्भीक नै होला भन्ने लागेको छ ।
- यौटा नेपाली अमेरिकाको University मा पढ्न गएको रहेछ । त्याहाँ यौटा घटना के घटेछ भने त्यो नेपाली सधै त्यो बिश्वबिद्यालयको बिशाल पुस्तकालयमा पढन जाँदा यौटा बिदेशीलाइ रामायण किताब लिएर घोरिरहेको देख्दो रहेछ । एक दिन हैन दुई दिन हैन 10/12 दिनसम्म त्यो नेपालीले बिचार गरिरा'को रैछ । यौटै किताब ,त्यो पनि यौटै पानामा त्यसरी त्यो बिदेशि अड्कीएको देखेर एकदिन त नेपाली बिद्यार्थीले सोधेछ:
- "मित्र के बुझेनौँ तिमीले यो किताबमा ? किन यौटै पानामा यसरी घोरिराखेको ? यस्ता जाबो सानो कुरामा पनि अड्कीएर हुन्छ ? मैले यो किताब पढिसकेको छु , के चै बूझेनौ ? सोध मलाई ।"
त्यो बिदेशीले भनेछ -
"म धेरै दिन देखि यो पानामा अड्कीराखेको छु । जब लक्ष्मणले सिताजीलाई छाडेर राम लाई खोज्न हिडे तब उनले यौटा रेखा कोरे -सीताजीलाई बिचमा पारेर । जब राबण सीता जीलाई हरण गर्न आईपुग्यो तब ऊसले त्यो रेखा कट्न सकेन । त्यो रेखा अरू जो सुकै (सिता राम लक्ष्मण बाहेक ) ले कट्ने बितिकै भस्म हुन्छन भनिएको छ । त्यस्तो शत्तीशाली, बिद्वानका पनि बिद्वान रावणले समेत पार गर्न नसक्ने जाबो यौटा चकको रेखा संभव छ ? छ भने त्यो रेखामा कुन technology प्रयोग गरेका थिए त लक्ष्मणले ? अनि त्यो technology कुन सिद्धान्तको आडमा बन्यो त ?
हो यै कुरो बुझीन मैले ।"
नेपाली विद्यार्थी हेरेको हेरेकै भयो- त्यो बिदेशी मित्रका प्रश्नले । उत्तर थिएन उसँग
बास्तबमै हामी नेपालीहरु किताब सिध्याऊन मै हतारिन्छौँ । कसरी हुन्छ किताब पढि सिध्याउनु परेकोछ हामीलाई । त्यसैले हामी ति झिना मसिना कुरामा अड्कीन्नौं जसरी त्यो यौटा अमेरीकी बिद्यार्थी अड्कीयो ।
हामी हिमाल चढन हिडेका मान्छे सानातिना डिस्का , उकाला ओरालाको मतलब हुदैन हामीलाई ।तर यथार्थ के हो भने हिमाल चढ्छु भन्नेले ढिस्का, ओराला, उकाला र पहाडहरूमा हिड्न जानेकै हुनुपर्छ । जान्नै पर्छ । हामी आफुलाई हिमाल चढ्न हिडेको बताउछौ तर समथर मैदानमा पनि सरासर हिड्ने ल्याकत छैन हाम्रो ।
हामी त्यसरी सोच्दैनौँ । सोचेका छैनौ तेसैले त हामी "नेपाली" छौ । "नेपाली" भएका छौँ ।
परापुर्ब कालमा ऋषी मुनीहरुले बरपिपलको बोटको तल बसेर दिईने शिक्षा, ज्ञानले आज अर्कै परिभाषा बोकिसकेको छ । आजका दिनमा शिक्षामा पनि एक्काईसौँ सताब्दीका मान्यता अगाडी आउन थालेका छन्, आएका छन् । आजको यो जमाना अब कोहि कसैले घोकेरै कण्ठ पारेरै पढ्छ भने त्यो पतनको बाटो हो । यसमा कसैको दूई मत नरहला । हो घोक्नुपर्छ तर बुझेर , बुझ्दै ,बुझाउँदै ।
शिक्षा शहरका ठुलठुला बिद्यालय भवन र कलेजमा मात्रै हैन गाउगाउ, बस्तीबस्ती, खेतखेतमा पुर्याउनु आजको माग हो । माग यस कारणले हो कि- यो अनिवार्य आबश्यकत्ता नै भइसकेको छ ।
यस प्रसङ्गमा हाम्रो मुलुक कुन स्थानमा छ ? एक पटक गंभिर भएर सोचिदियुन सरोकारवालाहरुले ।
पढ्नका लागि पढ्ने हो या यो बिश्वब्रम्हाण्डलाई ब्यापक अर्थमा बुझ्नलाई पढ्ने हो ?
आफुमात्र बुझ्नका लागि पढ्ने हो या अरुलाई पनि बुझाउन पढ्ने हो ?
आफुमात्र हिड्न पढ्ने हो या अरूलाई पनि हिडाउन पढ्ने हो ?
यो बुझ्नु जरूरी छ । फेरि कोही कसैले कोही कसैलाई पनि पढाउन सक्दैन । अरूले त "यसरी यसरी पो हो" भन्नेसम्म मात्र हो । बाँकी त पढ्ने अध्यनकर्तामै निहित छ । परिश्रम लगनकर्ताकै हो । अरुले त यसो बाटो देखाइ दिनेसम्म हो ।
अनि पढेको छु भन्दै गमक्क परी आडम्बर देखाउनु पनि पढ्नुको अर्थ कदापि नहोला । पढेकोले त अरूलाई पढाउन सक्नुपर्छ ,बुझाउन सक्नुपर्छ । यौटा पढेको ले दशजना नपढेकालाई बाटो देखाओस तब पो पढ्नुको सार्थकता भेटिएला । म पढेको छु भनी गमक्कै परि बस्ने मात्र भने त के अर्थ पढ्नुको जान्नुको ?
ज्ञान गुम्साएरै राख्ने मात्र हो भने त किताबमै पनि गुम्सीराखेकै त छ नि !
पर्सी सरस्वति पुजा । यो जाडोमा एका बिहानै एक बाल्टीन पानी खन्याएर सरस्वतिको फोटोमा या मुर्तीमा सबैले पुजा गर्लान ।
माला लगाई देलान् । तर त्यतिमै सिमित छिन त सरस्वति माता ? के हामीले साँचिकै सरस्वतिको पुजा गरिएको ठहरिएला त त्यातिले ?
-शंकर निरौला 'निरक्षर '
राजधानी दैनिक (२०७० -१० -२३ )
.
No comments:
Post a Comment