नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, August 18, 2018

गजल

                  गजल 

अब त गाउँघरमा, आफ्नै आँगनीमा सरकार छ ॥
हो हजुर हो, 'सिंहदरबार' हैन, 'सिङ्गो दरबार' छ ॥

         मोनो रेल र मेट्रो रेलमा चड्न पाइन्थ्यो सररर....
         उत्तरले बनाइदिने कि दक्षिणले, यसैमा दोधार छ ॥

बाख्रापाठा गाईभैँसी, हुँदैहुँदै साइकलमा समेत
गरिबको ढाडै भाँच्ने 'कर' अनेक प्रकार छ ॥

            आम्दानी अठन्नी मात्रै छ जसको, खर्च गर्छ रुपैयाँ 
            केकसरी चलाउछौ प्रभु, न उद्योग छ न व्यापार छ ॥

स्विजरल्यान्ड बनाउछु भन्थे, 'सोत्तर-ल्यान्ड' बनाए
ए नेता ज्यु !! अब आगे के-के बनाउने बिचार छ ॥

         भिखारीले भिख मागे हजार रुपैयाँ जरिवाना !!
        आहा ! हेर्नुस् महोदय, मेरो सरकार कति उदार छ ॥

                                                   
                                                       - निरक्षर निरौला 



Monday, August 13, 2018

समकालीन नेपालका केही ब्याक्तित्व: जसलाई बुझे नेपाल बुझिन्छ

नेपालका केही ब्याक्तित्व: जसलाई बुझे नेपाल बुझिन्छ
यो लिस्टमा अधिकांंसत: राजनीतिक सामाजिक बिश्लेषक हुनुहुन्छ भने कोहि चाहिँ मिडियामा आवद्ध पत्रकार। यसै लिस्टमा केही यस्ता ब्याक्ति पनि हुनुहुन्छ जो नेपालको बास्तबिकतालाई नजिकबाट हेरिरहने र त्यस प्रति काउन्टर गर्ने। भलै त्यो काउन्टर सामाजिक सन्जाल मार्फत मात्रै किन नहोस्। कति चाहि उहाँको सामाजिक संजाल facebook का टाइमलाइन भिजिट गर्ने हो भने अहिलेको वास्तविक नेपाल बुझिने भएकाले उहाँहरुलाई यहाँ समेटिएको छ। यस लिस्टमा अटाउनुहुनेलाई एकेक गर्दै भेटेर अन्तरक्रिया गर्ने मेरो रहर छ। अब यसलाई तपाईं एक किसिमको लक्ष्य भन्दा नि भो । कम्तीमा यी यहाँ उल्लेखित लिस्टमा अटाइएकासङ्ग एकेक घन्टा मात्रै पनि अन्तरक्रिया गर्न सके/ छलफल बहस गर्न सके समकालीन नेपालको चित्र छर्लङ्ग हुनेछ हुन्छ भन्ने मेरो बुझाई हो।
यो मेरो आफ्नो धारणा हो, बुझाई हो तसर्थ यो ब्लग डाइरीमा यसरी नामै तोकेर लेख्दैछु। यसलाई गोल सेट गरेको भन्दा हुन्छ- एक किसिमले।

  1. पेशल कुमार निरौला  ✔✔
  2. अर्जुन ज्ञवाली  ✔✔
  3. टिकाराम यात्री ✔✔
  4. मोहन बन्जाडे  ✔✔
  5. बिन्दु पाठक 
  6. तनय देवकोटा 
  7. राम लोहनी 
  8. देबेन्द्र नेपाली
  9. डा. शास्त्र दत्त पन्त
  10. सौरभ  ✔✔
  11. श्रीकृष्ण अनिरुद्ध गौतम 
  12. डा. युवराज सङ्रौला
  13. भिमार्जुन आचार्य 
  14. बालकृष्ण न्यौपाने
  15. युबराज गौतम
  16. देब प्रकाश तृपाटी ✔✔
  17. युबराज घिमिरे
  18. डा. प्रेम सिंह बस्नेत 
  19. दीपक गजुरेल ✔✔
  20. डा. उपेन्द्र देवकोटा 
  21. मोहन लामा रुम्बा  ✔✔
  22. श्रेष्ठ सुनिल
  23. डा. सुरेन्द्र केसी  ✔✔
  24. .जनकमान डङ्गोल
  25. अरुण कुमार सुबेदी
  26. डा. राजेश अहिराज ✔✔
  27. बिपिन अधिकारी
  28. कुमार रेग्मी 
  29. पुरुशोत्तम दाहाल
  30. शम्भु थापा
  31. ध्रुवहरी अधिकारी 
  32. डा. जगमान गुरुङ्ग
  33. भरत जङ्गम
  34. सुरेन्द्र राज भण्डारी
  35. बिष्णु भट्टराई
  36. निर्मल मणि अधिकारी 
  37. डा. सुन्दरमणि दिक्षित
  38. डा. कटक मल्ल ( स्वेडनको बिश्वविद्यालयम अध्यापनरत प्राध्यापक)

                               XxxxxxxxX

समकालीन बिश्व राजनिती बुझ्न यो पङ्तिकारले सम्भव भएसम्म रेगुलर फलो गर्ने गरेका नेपाल भन्दा बाहिरका ब्याक्तित्वहरु:-

  1. राजिव मलहोत्रा
  2. राहुल मेहता
  3. डा कपिल कपुर
  4. Dr. Subramanian swamy
  5. Nicholas G. Carr
  6. Alfredo Bowman/ Dr. Sebi
  7. Yogesh Kumar Mishra
  8. Swaminathan Gurumurthy 
  9. Professor Willie Soon
  10. Pratik Sinha (Head of Alt News)
  11. Dr. Ram Puniyani
  12. Ravish kumar 
  13. Aniruddha bahal (Head of Cobra Post)




समकालीन नेपाललाई भित्रैबाट बुझ्नका लागि एउटा नेपालीले पढ्नै पर्ने 25 पुस्तकहरु:

  1. बाइबल र माओवाद - पेशल निरौला र अर्जुन ग्यवाली 
  2. जासुसीको जालो - सरोजराज अधिकारी 
  3. प्रयोगशाला - सुधीर शर्मा
  4. रजगज -हरीबहादुर थापा
  5. असङ्गती - सौरभ
  6. ब्रेकिङ नेपाल - सुजित मैनाली र सौरभ
  7. निसङ्कोच अभिव्यक्ति - युवराज सङ्ग्रौला
  8. चक्रब्युह - भरत जङ्गम 



कृष्णप्रसाद भट्टराईका स्वकीय सचीव Peshal Niraula 
र झट्ट सुन्दा रुखो बोलेझैँ लाग्ने तर यथार्थ ओकल्ने Arjun Gyawali 

यो देशले गर्व गर्न लायक एक पत्रकार:  Tikaram Yatri




Mohan Lama.Rumba सर, जो बाहिर नआईकनै एउटा सच्चा नेपालीले गर्नुपर्ने काम गर्न रुचाउनु हुन्छ


कानुनका ज्ञाता तथा नेपाल सरकारका पूर्वसचीव मोहन बन्जाडे सर सङ्ग म।

सौरभ सरसँग म।

डा. राजेश अहिराज सर सङ्ग...
देब प्रकाश त्रीपाटी सर सङ्ग...


..

Thursday, August 9, 2018

NISHAN KHADKA Case Study: अपहरण कि अपहरणका नाउँ दिएर प्रहरी हिरो बन्ने योजना ?


[नोट: यो केबल धारणा मात्रै हो। यो धारणा निर्माणका लागि मैले  youtube मै उपलब्ध सम्वन्धित ब्याक्तिका भिडियो फुटेज र कान्तिपुर दैनिक नयाँ पतृका लगायतका समाचारलाई आधार बनाएको छु। यसका सम्बन्धमा मेरो अन्तिम निश्कर्श बिस्तारै अर्को लेखमा लेख्नेनै छु। तसर्थ अहिलेलाई  बस् एक धरणा हो यो ।]

घटनालाई हेर्ने दुई भिन्ना भिन्नै एङ्गल:

१. प्रहरीको नजरबाट
२. स्थानिय प्रत्यक्ष दर्शीका नजरबाट


१. प्रहरीको नजरबाट:

२१ श्रवण, २०७५ मा छापिएको कान्तिपुर दैनिकमा दिइएको यो समाचार एक चोटि पढ्नुस। यो समाचार प्रहरीले दिएको/भनेको तथ्यलाई आधार मानी तैयार पारिएको भनिएको छ-









 


 समाचारका गुदीकुरा:-

 प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ । पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।  





अपहरणकारीले आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेलगत्तै परिवारले प्रहरीलाई जानकारी गराएको थियो । निसानको डेराबाट उनको हत्या भएको ठाउँ केही किलोमिटर मात्रै टाढा पर्छ । बाक्लो बसोबास क्षेत्रमै लगेर निसानलाई लुकाए पनि फिरौती असुल्न नसकिने र घटना सार्वजनिक हुने डरले हत्या गरिएको प्रहरीको अनुमान छ । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।
अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो । अपहरणकारीको लोकेसन मध्यपुर थिमि देखिएलगत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो । समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
‘महाशाखाले पाएको सूचना आफैंसँग राख्ने र परिसरले पनि त्यस्तै गर्ने समस्या देखियो,’ उनले भने, ‘सकेसम्म आफैं अपहरणकारी पत्ता लगाउँ भन्ने प्रतिस्पर्धाले अनुसन्धान कमजोर भएको हो ।’ प्रहरी परिसर काठमाडौं र भक्तपुरबाट झन्डै दुई सय प्रहरी परिचालित थिए भने महाशाखाले पाँच/पाँच जनाको चार टोली परिचालन गरेको थियो । अपहरणकारीलाई प्रहरी गतिविधिबारे थाहा नहोस् भनेर सामान्यत: कोभर्ट (भेस बदलेर गरिने गोप्य कारबाही) गरिन्छ । तर आइतबार परिसर र महाशाखा दुवैले त्यसो गरेनन् । 
यसरी भयो हत्या
पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निसानकी आमा चमेलीले चलाएको रेस्टुराँमा लामो समयदेखिका ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निसानलाई चिनेका मात्रै थिएनन्, चमेलीका श्रीमान्ले विदेशबाट पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार श्रीमान्ले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरूले अपहरण गरेको प्रहरी अनुमान छ ।
सधैं होटलमा आउने, खाने र कहिलेकाहीं बस्ने भएकाले निसान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निसानलाई नगदेशस्थित आफू बस्ने डेरामा पुर्‍याएपछि उनकै अघि चमेलीलाई फोन गरेर फिरौती मागेका थिए । त्यसपछि अपहरणकारीले ८:५७ मा मोबाइल बन्द गरेको प्रहरीले जनायो । लगत्तै उनीहरूले अर्को सिमबाट चमेलीसँग कुरा गरेका थिए । फिरौती मागेको थाहा पाएलगत्तै निसान आत्तिएर कराएकाले अरुले थाहा पाउने डरले कोठामै हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । हत्यालगत्तै शव सोही घर नजिकैको खाडलमा हालेका थिए । राति १२ बजे अगाडि नै हत्या भइसकेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाए ।
महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको टोली आ–आफ्नै शैलीमा निसानको खोजीमा जुटेका थिए । परिसर टोलीले निसानलाई धुलिखेलतिर पुर्‍याएको सूचना पाएको थियो । महाशाखाको टोली अपहरणकारीको लोकेसन खोज्न केन्द्रित भएको थियो ।
शव फेला परेलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणपछि बालकको हत्या गरेर भागेका दुई जना मुठभेडमा मारिएको विज्ञप्ति जारी गरेको थियो । एसएसपी सिंहले सूर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम नजिकको जंगल हुँदै भागिरहेका अपहरणकारीलाई पक्राउ गर्ने क्रममा भएको मुठभेडमा अपहरणकारी मारिएको दाबी गरे । महाशाखाका अनुसार मारिनेमा नुवाकोट समरी स्थायी घर भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय अजय तामाङ छन् । प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल, दुई थान गोली र अपहरणमा धम्क्याउन प्रयोग भएको सिम बरामद गरेको जनाएको छ । प्रहरीले मुठभेडबारे विस्तृत बताएको छैन । स्रोतका अनुसार अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । महाशाखाको टोलीले १९ राउन्ड फायर गरेको तर अपहरणकारीका तर्फबाट कुनै फायर नभएको स्रोतको  दाबी छ।
आइतबार निसान घर आए । आफ्नै शैलीमा फ्यात्त झोला फाले र खाजा खाएर खेल्न निस्के । ११ वर्षीय निसान साँझ झमक्कै भइसक्दा पनि फर्किएनन् । रात ढल्किँदै जाँदा निसानको फिक्रीले चमेली छट्पटाउन थालिन् । रातको ९ बज्यो । चमेलीको मोबाइल लगातार बज्न थाल्यो । उनले मोबाइल त उठाइन् तर उताबाट बोल्नेको कुरा प्रस्ट बुझिएन । एकैछिनमा फेरि सोही नम्बरबाट फोन आयो ।
फोन गर्नेले धम्कीको स्वरमा सोझै भन्यो, ‘तपाईंको छोरा हाम्रो कब्जामा छ । ४० लाख लिएर आउनु । प्रहरीलाई खबर नगर्नु,’ सोमबार बिहान अपहरणकारीको खोजी भइरहेका बेला कान्तिपुरसँगको कुराकानीमा चमेलीले अघिल्लो साँझको घटना सुनाइन् । उनको स्वर रुँदारुँदै थाकेर भास्सिएको थियो । ‘खै के पो हुन्छ होला,’ उनले आत्तिएको स्वरमा सोधिन्, ‘के हुन्छ होला ?’
चमेली र रामकाजी प्रहरीसँगै राति १२ बजेसम्म खोजीमा जुटे । निसानको केही पत्तो नभएपछि कोठामा आए ।   
पानी रोकिन थालेपछि हामी प्रहरीले चमेलीलाई लिएर गएको ठाउँ खोज्दै हिँड्यौं । तरकारी खेतीका कारण प्रसिद्धी कमाएको भक्तपुरको नगदेशमा एउटा विहार छ । त्यसैको तल्लो पाखामा तरकारी खेती छ । वडा नम्बर–९ स्थित श्याम लवटको भर्खरै खनेको जग वरिपरि झरीको पर्वाह नगरी सयौं स्थानीय भेला भएका थिए । पानी जमेको जगको खाल्डोबाट प्रहरीहरू घोप्टो परेका निसानलाई तानेर निकाल्दै थिए । अर्जेन्टिनाको जर्सी लगाएका निसानको आँतमा धुकधुकी थिएन । उनको मुखमा केही कोचिएजस्तो देखिन्थ्यो भने घाँटीमा सलजस्तो कपडा कसिएको देखिन्थ्यो । भेला भएका स्थानीयको मुखमा आश्चर्य र पीडा मिश्रित आवाज आइरहेको थियो । छोराको मृत देह देखेपछि चमेली आकाश फाट्ला झंै गरेर चिच्याइन् । उनको आँखाबाट घोप्टिएका आँसु आकाशबाट परेको पानीमा मिसिइरहेको थियो । उनलाई आफन्तले दुई पाखुरामा टेको दिएर उभ्याइरहेका थिए । तर चमेली आफूलाई धान्न सक्ने हालतमा थिइनन् ।
.......

अर्थात् यसको छोटकरी निश्कर्श:-
२०७५ श्रावण २० गते आइतबार साँझ पौने नौ बजेतिर प्रहरीलाई फोन आयो। अपहरणकारीले फिरौती रकम ४० लाख मागेको छ भन्ने ब्यहोराको। त्यसपछी प्रहरीले करिब २०० जनालाई विभिन्न टोलि बनाई बालक खोज्न थालियो। राती १२ बजेसम्म खोजियो तर भेटिएन। नभेटेपछि "अब आज धेरै राती भो, यो केस सफल भो भने त ठिक्कै हो तर सफल भएन भने पब्लिकलाई बेक्कारमा राती किन दु:ख दिने ? अब भोलि बिहान खोजौला" भनी निशान खड्काका मामा र आमालाई घरैमा लगेर छोडियो। 

अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो । 

भोलिपल्ट दिउँसो १२ बजे शव फेला पर्‍यो। करिब दिउँस  १ बजेतिर महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणपछि बालकको हत्या गरेर भागेका दुई जना मुठभेडमा मारिएको विज्ञप्ति जारी गरेको थियो । एसएसपी सिंहले सूर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम नजिकको जंगल हुँदै भागिरहेका अपहरणकारीलाई पक्राउ गर्ने क्रममा दिउँस  १ बजेतिर भएको मुठभेडमा अपहरणकारी मारिएको दाबी गरे ।

२.. स्थानिय प्रत्यक्ष दर्शीका नजरबाट:

-  स्थानिय प्रत्यक्ष दर्शी तथा ती अपहरणकारी भनिएका ब्याक्तिको घरबेटी, वरतिर परतिरका छिमेकीको भने अलि फरक बयान छ। तिनका अनुसार -
आइतबार साँझ अपहरण भो। पौने नौबजे अपहरणकारीको  अपहरणकारीको फोन आएछ। राती १२ बजेसम्म प्रहरीले यता उता खोजेछन। भोलि बिहान करिब ९ बजेतिर अपहरणकारी भनिएका ब्याक्तिको कोठामै दुई भ्यान सहित प्रहरी आए। करिब ११ बजेसम्म त्यहीँ कोठामै केरकार गर्‍यो।

 त्यसपछि ती दुई युवाको अबस्था भुईमा खुट्टा टेक्ने स्थिति थिएन। ती दुबैलाई अङालो हालेर प्रहरीले लगेको प्रत्यक्ष दर्शीले देखे। त्यसको २ घन्टापछि घ्याम्पे डाडामा दोहोरो हानाहान हुँदा दुबै को ज्यान गएको कुरा अन्लाइनमा भाइरल हुन थाल्यो।
यसै एङ्गललाई नयाँ पत्रीका दैनिकले नि उजागर गर्न खोजेको देखिन्छ।


                          XxxxxxxxxxX

फिल्डमा देखिएको घटलाले के भन्छ ? 

- दुबै एङ्गलबाट हेरेर मुल्याङ्कन गर्दा प्रहरीले बताएको अनुसार घटना घटेको हो भन्नलाई पर्याप्त आधार भेटिन्न। प्रहरीले बताए अनुसारअनुसार ती दुई युवा नै अपहरणकारी हुन् भन्नलाई पक्का आधार पनि भेटिन्न। प्रहरीले जेजस्तो बताएको छ सो अनुसार कुनै पनि घटनाको कनेक्सन मिल्दैन। प्रहरी आफैले भनेका कुराहरु नै एक अर्कामा बोरोधाभास छन् । जस्तो-

जस्तो राती नौ ११ बजे फोन ट्यापिङ गैसजिएको थियो भने रातभरमा पनि कसरी अपहरणकारीको नजिक पुग्न सकेन ? प्रहरीकै कुराकुराआन्न्र हो भने पनि २०७५ श्रावण २१ गते दिउँस १२ बजे बालकको शव उत्खनन गरियो र १ बजेतिर घ्याम्पपे डाडामा दोहोरो हानाहान भो। प्रहरीका कुरालाई आधार मान्ने हो व्हने बालकलाई माटोमा गाडेर भाग्न खोज्दै थिए त्यसैक्रममा इन्काउन्टर भो। राती नै बालकलाई मारिसकेको हुनुपर्छ भनी भनिएको छ। ल मानौ त्यहीँ कुरो पत्याउला रे तर बेलुका पैसा मागेर पुनः फोन समेत नगरेका ती अपहरणकारी भनिएका ब्यातिसङ्ग कुरा नै नभै प्रहरीलाई कसरी थाहा भो कि मृत बालक फलानो ठाउँमै गाडिएको छ भनेर ? फेरि कुनै समाचारमा चाहिँ ती युवाले एक्गोली नि नहानेको भन्ने कुरा पनि छ। खैर जे होस् जङ्गलमा दोहोरो हानाहान भएर ज्यान् जोगाई भाग्न खोज्दा ती अपहरणकारी भनिएका ब्याक्तिको खुट्टामा चप्पल अझै कसरी भैरहन सक्छ। साथै त्यसरी भागाभाग भएको बेलामा आफुलाई छ सात गोली लागिसक्दा पनि ती अपराधकारी भनी बताइएका ब्याक्तिको हातमा अझै पेअतोल रहिरहन केकसरी सम्भव छ? तस्बिर हेर्नुस् ....




























यसरी थुप्रै प्रत्यक्ष दर्शीले देखेको अनुसारको कहानीमा एक ठाउँमा हैन थुप्रो ठाउँमा लूप होल देखिन्कछ ।

तर यो भान्दा अमिल्दो कुरा त के छ भने प्रहरीले बिहानै नौ बजे ती दुई ब्याक्तिको कोठामै आएर गरेर लगभग दुई घन्टा केरकार पछि अर्थात्  अङ्गालो हाल्दै सादा पोसाकका प्रहरीले लगेको देख्ने प्रत्यक्ष दर्शी छन् । त्यसै घरका घरबेटी छन् । वरतिर परतिरका छिमेकाहरु छन् । यिनले प्रत्यक्ष लगेको देखेको भन्दैछन् भिडियोमा...










 यो भिडियो हेर्नुस् ...







यसरी दुई ब्याक्तिलाई कोठाबाटै आखामा पट्टी बाधी लगेको हो भने पछि १ बजेतिर घ्याम्पे डाडामा कसरी मुठभेट हुन सम्भव छ ? यसबाट प्रष्ट हुन्छ प्रहरीले इन्काउन्टर हैन सङ्गै लगेर मारेर इन्काउन्टरको सिन् तैयार गरेको हो। त्यो सिन तैयार गर्न उसलाई ११ बजे कोठाबाट लगेर १ बजेसम्मको अवधी चाहिएको रहेछ।  दुई भ्यान मा आएका प्रहरीलाई छक्याएर जङ्गलमा पुग्न सम्भव हुदैन तसर्थ त्यो इन्काउन्टर हैन मर्डर भन्ने कुरा १००% देखिन्छ। पछि भिडियो हेर्दा ती एक जनाको पेटमा छातीमा गोलि लागेको देख्न सकिन्छ। इन्कान्टर गर्न खोज्दा घुडा मुन्तिर हान्नुपर्ने हो पैला । तर यहाँ त छ सात गोली एकै जनालाई लागेको छ र घुडा भन्दा मुनि एउटा पनि गोली छैन।














प्रश्न यत्तिमै सक्किदैन। अपहरित भनिएका बालकका मामाको भनाई अनुसार ९ बजे ४० लाखको माग सहित फोन आयो। प्रहरीले अपहरणको सुचना पाएको समयदेखि राती १२ बजेसम्म सकृय भएर खिजेजस्तो देखाइएको छ। प्रहरीले यस्तो देखाउन खोजेको छ कि मानौ प्रहरी धुई पत्ताल खोज्दैछ। प्रहरीकै अनुसार राती ११ बजे नै कल लोकसेन पत्ता लाग्यो रे। त्यसो भा ११ बजे नै त्यो लोकेसनमा किन केन्द्रित भएर खोजिएन ? 

प्रहरीलाई थाहा हुने बित्यिकै त्यसपछि रातको १२ बजेसम्म प्रहरीको भ्यानमा बसी भिभिन्न डाडामा खोजिएको भन्ने कुरा गरेका छन् । अब यहाँ अचम्मको कुरो छ। बालक अपहरण भनेर फिरौती रकम मागेको छ। यस्तो अवस्थामा त शन्स्कास्पद ब्याक्तिको डेरा घरमा गै खोज्ने जस्ता काम गर्नुपर्ने हो तर प्रहरीले त्यसो नगरी बाटो बाटो डाडा घुमाएको देखिन्छ । कुनै बाटो वा डाडामा बसेर त अपहरणकारीले फोन गर्दैन नै ।यो कुरा प्रहरीले बिझेरै पनि बालकका मामालाई आव्श्वस्त पार्न र प्रहरी खटिरहेको छ भन्ने पार्न रातको १२ सम्म गाडीमा हुइकाईरहे। उता अर्को तीन भ्यानमा त्यसै गरि हुईकाइयो भन्ने यिनको कुरा छ।
भिडियो हेर्नुस् ।



कल लोकेसन पत्ता ११ बजे नै लाग्यो भने रातभर अनिदो बसेर नखोजेर किन "अब राती भो, भोलि बिहान खोजौला.." भनेर अनुसंधान रोकियो ?

प्रहरीले सबैभन्दा शुरुमा कोको प्रती शङ्का छ भनेर हेर्छ। यदि कसै प्रति छैन भने त्यो दिनभरमा कोको सम्पर्कमा आए ?  भन्ने सोध्नै पर्ने हो त्यसो हुँदा त्यो अपहरणकारी भनिएको ब्याक्ति जो दिउँसो निशान खड्काकै मम्मिलाई मोबाइल किन्दिन गएको थियो भनिएको छ। हो, त्यसलाई रातिनै समात्न अनेक प्रयत्न गर्नुपर्ने हो। तर प्रत्यक्ष दर्शी अनुसार बिहान ९ बजे ती अपहरणकारी भनिएका ब्याक्तिको कोठामा प्रहरी पुगेको थियो। त्यसो भए राती ११ बजेदेखि बिहान ९ सम्म को अवधी १० घण्टा कसरी लाग्यो ?कल लोकेसन पत्ता लागिसकेको ब्याक्तिलाई भेट्न प्रहरीलाई किन १० घण्टा लाग्यो ?

अपहरणकारी भनिएका ब्याक्ती त्यहीँका कोठा छेउकाले राती १२ बजेतिर मात्रै कोठामा आए भन्ने कुरो छ। त्यसो भए ती अपहरणकारीले अपहरण नै गरेका भए पैला बालकलाई कहाँ राखेर फोन गरे ? कोठामा १२ बजे आए भनेपछी उनिहरुले मारेकै भए नि जता मारे त्यत्तै छोडेर गाडेर भाग्नु पर्ने हो साधारणत। तर आफ्नै कोठाको छेउमा ल्याएर कसरी गाड्न पुगे ? ल मानौँ आफ्नै कोठा छेऊ नै ल्याएर मारेर पुरे भने पनि त्यत्ती गरीसकेपछी भोलि डर त हुनुपर्ने हो उनिहरुलाई। तर छेऊका कोठावालाकै कुरा मान्दा करिब नौ बजे मात्रै प्रहरी त्यहाँ आएको देखिन्छ। पैसाका लागि कसैलाई किड्न्याप गर्नु, र फिरौती रकम माग्नु। अनि फिरौती कसरी कतिबेला ल्याउने भन्ने बारे पुनः सम्पर्कमै नआउन चाहानु। फेरि फिरौतीका लागि प्रयुक्त मोबाइल सिम साथसाथै राख्नु। के यो पत्याउन लायक कुरा छ ? 

ती अपहरणकारी भनिएका दुई जना मध्ये एक जना त एकपल्ट इराक र अर्कोचोटी अर्को देश गएर आइसकेको भन्ने बुझिन्छ मारिएका युवाको घरपरिवारलाई बुझ्दा।  त्यसो हो भने देश बिदेश घुमेको ब्याक्तिलाई त्यत्ती पनि थाहा छैन कि फोन लोकेसन पत्ता लगाउदै प्रहरी हाम्रै कोठामा आउछन् भन्ने कुरा ? घटना भएको राती त लौ राती नै भैगयो रे  तर भोलिपल्ट बिहान आठ नौबजेसम्म पनि कुनै हत्यारा आफ्नै कोठामा आरामले बसिरहन सक्छ ? 

प्रहरीकै कुरा अनुसार बालकले चिनेकाले पछि बालकलाई जिबित छोड्दा आफ्नो नाम भन्दिने डरले राती नै मारेको हुनुपर्छ रे। त्यसो भा उनिहरुले यो अपहरणको योजना बनाउदा यो कुरा सोचेनन ? अपहरण गरीसकेपछि कहाँ बालक्लाई लाने ? कति पैसा माग्ने ? माग्दा पैसा बोकेर कहाँ आउन भन्ने ? जस्ता आधारभुत कुरा पनि सोच्न नसक्नेले अपहरण जस्तो घटनालाई अन्जाम दिने आट गर्न सक्छ ? 

ल मानौं ती दुई युवाले नै मारे रे। त्यसो भा ती दुइ युवाको कोठामा ९ बजेदेखी ११ बजेसम्म केरकार गर्दा नि ती दुईले सत्य बताएनन् ? प्रोफेसनल होइन भनेपछी ती दुई युवाले घटना थाहा भएछ भन्ने डरले दस पन्द्रमिनेट मै कुरा बक्नु पर्ने हो । तर त्यस्तो भएको छैन। पुरै दुई घण्टा प्रहरीले केके गर्दै कोठामा समय बितायो ? 
...

प्रश्न स्वयं बालकै आमातिर पनि तेर्सिन्छ।
उनले बारबार अन्तर्वार्तामा भनेकी छन् कि ती पैलादेखी चिनिएका युवा हुन् । आइरहने पसलमा खाइरहने युवा हुन् ।  चमेलीको चिया खाजा पसल साधारण खाल्को पसल हो। यो हेर्नुस् हजुरबा अहिले पसलमा छन् । पृष्ठभुमि हेर्नुस् ।











यस्तो साधारण पसलमा १३/१४ हजार उधारो त्यो पनि एक ब्याक्तिलाई दिईन्छ ? त्यो पनि २३/२४ बर्ष का केटाहरुलाईकेटाहरुलाई ? बडो अचम्म लाग्छ। जसले १३/१४ हजार आफैलाई दिनु छ हो उनैलाई आफ्नो बाबू सुम्पेर १०००/- रुपैयाँको मोबाइल किनेर आऊ भनेर छोडिन्छ ?

फेरि निशान खड्काकि आमाले प्रत्येक अन्तर्वार्तामा धाराप्रवाह शैलीले घटनाको बिस्तार लगाएकी छन् । प्रायः सप्पै लाई दिएको अन्तर्वार्ता एकै जस्तो एकै स्केलको आवाज जस्तो र शब्द पनि एक पछि अर्को एकै तरीकाले आएको भेटिन्छ।

दिउँस उनैसङ्ग मोबाइल किन्न गएको थियो र आफ्नै होटलमा दुई बोतल पिएर हिडेको थियो भने शुरुमै ती युवा प्रती आसङ्का गरेर ती युवालाइ खोज्न तोर सोच्नु पर्ने हो। तर यहाँ त रातभरी सम्म पनि ती युवालाई खोजिएको देखिदैन। अझ प्रहरीकै कुरा सुन्ने हो भने त १ बजे सम्म पनि ती युवालाई नभेटिएको र एक्कासि जङ्गलमा भेटेर इन्काउन्टर गरिएको अर्थले रीपोर्ट छ। 

अर्को कुरा के पनि छ भने, अपहरणकारीले पुलिसलाई भनिस भने छोरोलाई जे पनि हुन्छ भनिसकेपछि आमाले आफ्ना आफन्तले छोरोको ज्यानलाई प्राथमिकता दिई सकेसम्म प्रहरीलाई भन्न नखोज्नुब्पर्ने सो साधारण तरिकाले हेर्दा । यद्यपि प्रहरीलैइप्रहरीलाई बताउनै हुन्न भन्ने मेरो आशय हैन तर छोराको ज्यानै खतरामा हुन्छ भने प्रहरीलाई खबर भन्न अलि समय लाग्नुपर्ने अलि हिच्किचाउनु पर्ने तर यहाँ त पौने नौ बजे कल आयो, ४० लाख चाइयो भनेर त्यस्कको १५ मिनेट पनि नबित्दै प्रहरीलाई इन्फम गराइसकिएको छ।

यो घटनाको दुई दिनपछि महानगरीय प्रहरी परिसर प्रमुखले अपराध नियन्त्रणमा कडा कारबाही चालिने भन्दै भासण ठोकेका छन् एक कार्यक्रममा । 
प्रहरी का अनुसार यो पैसाकै लागि गरिएको अपहरण थियो, तर चिनेको बालकले पछि पोल खोल्दिने भएकाले आत्तिएर बालकलाई मारियो भन्ने शैलीको निश्कर्श निकालेको देखिन्छ।

तर यसमा बुझ्नै पर्ने कुरो के छ भने पैसाका लागि अपहरण गर्छ भने कम्तिमा अपहरणकारीले त्यो परिवारसङ्ग केकती पैसा छ ? सो अलिअली थाहा पाएर मात्रै त्यसो गर्न सक्छ। तर यहाँ त ती दुई युवा पाच बर्ष भन्दा बढिका चिनारी थिए। यिनलाई थाहा हुनुपर्ने हो साधारण चिया नास्ता पसल चलाउने मान्छेसङ्ग दुई चार्लाख निकाल्न पनि गाह्रो छ त्यसो भए किन ४० लाख माग गरियो ?  फेरि पैसाकै लागि अपहरण गर्ने मनसाय हो भने एक पल्ट रकम माग गरेपछी पुनः सम्पर्कमा आउन खोज्नु पर्ने हो तर फेरि फोनै ननआएको देखिन्छ। विभिन्न कारणले बालकलाई मार्नै पर्ने परिस्थिति सिर्जना भएर ती दुई युवाले मारे पनि पैसका लागि अपहरण गरेको मान्छेले बच्चा जिउदै छ भन्दै पैसा कसरी पाइन्छ सो बुद्धि लगाउनु पर्ने हो तर यहाँ त स्वीच अप गरेर बसेको तथ्य छ।  फेरि दिउँस १०००/- रुपैयाँको अअफैले मोबाइल किनिदिएको परिवार सङ्ग ४० लाख हुन्छ भन्ने दिमागले सोच्न सक्छ ?  तसर्थ यो पैसाका लागि गरिएको अपहरण थिएन। कुनै पनि तर्कले पैसा पाउनका लागि गरिएको भन्ने कुरालाई पुष्टि गर्न सक्दैन।

के रीसीबीका कारण हो त ? त्यो पनि होइन। किनकी रीसीबी हो भने चुप्प लागेर बालकलाई मारेर फालिन्थ्यो। नाकी अपहरण भन्न्दै सुइको दिइन्थ्यो।

पैसाका लागि पनि हैन, रीसीबी पनि होइन भनेपछी आखिर कारण के हो त ? 

अब कुरा प्रष्ट हुँदै आउँछ। त्यो घटनामा यदि सम्लग्न नै थिए भने पनि ती दुई युवाभन्दा माथी अरु कोईथियो जो चाहादैनथ्यो यो रिस्क लिन त्यसैले उसले सारा घटनाको दोष ती दुबैलाई मात्रै हुने गरि प्लट तैयार गर्‍यो। त्यो घटनामा ती युवा सम्लग्न थिए भने यदि उनिहरुलाई यति सम्म्म निश्चिन्त पारिएको थियो कि आएर आफ्नै कोठामा बिहान नौ बजेसम्म आरामले सुतेका थिए। अर्थात निक्कै हाइकमाण्डबात उसलाई निश्चिन्त पाइएको थियो यदि मतियार हुन्थे भने।

अर्को पक्ष के पनि छ भने ती दुई युवा बेलुका १२ बजे मात्रै आफ्नो कोठामा फिरेका थिए । यसको मतलब तिनिहरुले नै बालकलाई गायब गरेका थिए भन्ने पक्का गर्न सकिन्न। ती दुईले मात्रै त्यो काम गरेकै हो भने त्यो बालकलाई मारीसकेपछी आफू वच्न कुनै न कुनै प्रयास गरेको हुनुपर्ने हो। त्यत्रो काण्ड गरेर आएपछी कुनै ब्याक्ती कसरी लुगा जुत्ता धोएर आरामले बिहान नौ बजेसम्म त्यहीँ कोठामा बसीरहन सक्छ ?  

ती दुई युवा रातको १२ बजे आएर गाइगुई गरेको कुरा छिमेकीले बताएका छन् । जुत्ता लुगा धोएको पनि भन्ने कुरा छ। उनिहरुले नै मारेको भए पनि पुलिसले नथापाउला भनेर कोठामै बसे रे त्यसो हो भने पुलिसलाई इन्काउन्टर गर्न किन हतार हुन्थ्यो ? पैला सप्पै प्रमाड सहित बयान बकाउने थियो र पछि कुनै दिन जेल सार्दा भिडन्तमा मारिए भनीदिन सक्थे ।तर त्यसस्सो भएन र हैन पनि। 

घरबेटीको कुरा बुझ्दा ती अपहरणकारी भनी मारिएका युवाको व्यबहार निक्कै राम्रो थियो। जे भन्यो त्यै काम गरिदिने। कसैलाई नाईनास्ती गर्न नसक्ने। सबैसङ्ग राम्रो बोल्ने। यसैको फाइदा उठाएर यो साराको ग्राण्ड डिजायन कर्ताले अनेक बहाना गरेर कतै यी दुई युवालाई नै त्यो खाल्डो खन्न त लाएन ? पेन्टरका लागि मजदुरी गर्ने केटाहरुलाई "म पाँच छ हजार दिन्छु, यत्ती खाल्टो खन्देऊ न !!" भन्नेर प्रस्ताब आए सजिलै तिनले खाल्डो खन्देलान। अब प्रश्न आउँछ रातीराती खाल्डो किन खन्ने ? 
कन्भिन्स गराउनका लागि जे पनि भन्दिन सकिन्छ जस्तो- मेरो घरको प्यारो कुकुर थ्यो त्यो मर्‍यो, त्यसलाई गाड्ने ठाउँ छैन। कतै गाड्नु पर्‍यो भनेर प्रश्न गरे ती युवा स्वयम ले "हाम्रो घरबेटीको घरको जग बनाइसकेका छन। त्यसैमा गाड्दिए थाहै हुन्न पछि त पुरी जान्छ" यो परिस्थितिको सम्भावना कत्तिको रहन्छ ?  सोच्ने जिम्मा पाठकलाई नै छोडेँँ मैले।


तसर्थ सारा कुरालाई केलाउदा कारण केबल दुईदुईटा हुन सक्छन्:-
१..
प्रहरीले आफ्नो हिरोइजम देखाउनका लागि सारा घटना घटायो र त्यसको दोष ती दुई युवाको टाउकोमा थुपरिदियो र अन्तमा इन्काउन्टरमा ती दुबै मारिए भनेर च्याप्टर क्लोज्ड गर्ने र वाहवाही कमाउने लक्ष्य ।

२.. आमाको बारेमा वा अरु कोइकसैका बारेमा त्यो बालकले त्यस्तो कुरा थाहा पाएको थियो, जुन कुरो बाहिर नआउनुमै उचित हुनेमा कोहि शतर्क थियो। त्यसैले प्रहरीसङ्ग मिलेर यो काण्डको रचना गर्‍यो र यता प्रहरीलाई नि हिरोइज्म मिल्यो। उता 'त्यो विशेष ब्याक्तीको' राज राजमै रहिरहने भो।

यस आलेख तैयार पार्दा सङ्कलित भिडियो क्लिप जहाँ सप्पै एकै ठाउमा राखिएको छ।



थप भिडियो क्लिपहरु:-










समाप्त 
                                     ............