नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, August 18, 2018

गजल

                  गजल 

अब त गाउँघरमा, आफ्नै आँगनीमा सरकार छ ॥
हो हजुर हो, 'सिंहदरबार' हैन, 'सिङ्गो दरबार' छ ॥

         मोनो रेल र मेट्रो रेलमा चड्न पाइन्थ्यो सररर....
         उत्तरले बनाइदिने कि दक्षिणले, यसैमा दोधार छ ॥

बाख्रापाठा गाईभैँसी, हुँदैहुँदै साइकलमा समेत
गरिबको ढाडै भाँच्ने 'कर' अनेक प्रकार छ ॥

            आम्दानी अठन्नी मात्रै छ जसको, खर्च गर्छ रुपैयाँ 
            केकसरी चलाउछौ प्रभु, न उद्योग छ न व्यापार छ ॥

स्विजरल्यान्ड बनाउछु भन्थे, 'सोत्तर-ल्यान्ड' बनाए
ए नेता ज्यु !! अब आगे के-के बनाउने बिचार छ ॥

         भिखारीले भिख मागे हजार रुपैयाँ जरिवाना !!
        आहा ! हेर्नुस् महोदय, मेरो सरकार कति उदार छ ॥

                                                   
                                                       - निरक्षर निरौला 



No comments:

Post a Comment