नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, October 31, 2016

के खेलौना उपन्यास 'अश्लील उपन्यास' हो ?



         के खेलौना उपन्यास 'अश्लील उपन्यास' हो ?

बहु चर्चीत उपन्यास 'खेलौना'का लेखक राजेन्द्र थापालाई  मैले गरेको  25 प्रश्नको जवाफ:




1. भुमिका मा छलफल र द्वन्द अब सुरु हून्छ भन्नु भा छ सुरु भो त ?

-भयो नि त भएन र यसको अर्थ के बुझ्नुस भने संसारमा साहित्य भनेको तत्कालीन  तस्बीर हो तर हाम्रोमा चै हिजोको कुरालाई आजमा ल्याएर प्रस्तुत गर्ने चलन छैन तर बाहिर भने तेस्तो चलन सुरु भाको छ । हामी काँ के भै दियो भने 30 40 बर्ष साहित्यका कै गुरूबाहरूले केही प्याटनलाई मात्रै पकडिए । आजको पुस्ता परिबर्तनशिल भै सक्यो । मैले त तीनै पुस्ता देख्न पाएँ मभन्दा अगाडिका देबकोटाका पुस्ता  पनि पढेँ मेरा पुस्ता पनि पढियो तपैका पूस्ता पनि पढिदै छ  । पैले सय बर्षमा हुने परिबर्तन ऐले दस बर्षमा भैराछन् । आज भन्दा 30 बर्ष अगिका मेरा गित आज पनी उत्तिकै पपुलर छन ।किनकि साहित्य भनेको आजका पूस्ताको तस्बिर हो जो म प्रस्तुत गर्छु ।मेरो हिजोको बौद्धीकताले ।अर्थात मैले जुन रचना स्रिष्टीको शैली ल्याएँ बिषय त ठुलो कुरो हैन । मैले उठाएका कुरा नौलो लागे पनि तपैका पूस्ताका आम पुस्ताले उठाईरहेकै कुरा हुन ।

2.खेलौना उपन्यासमा तपैले नयाँ बिषय उठाउनु भएको छ नि हैन ?

-यौन शोषण यौन मनो बिज्ञान कुनै पनि मानब सभ्यतामा नँया हैन पैले देखी नै थियो ।

3.तै पनि तपैले लेखेजस्तो गरी त कसैले लेखेकै थिएन हैन ?

-टेक्नीक चै मेरो नया हो मैले मेरो खेलौनामा यौटा थीम दिन खोजेको छु की पुरूषको दिमागमा महिलाको यौन छ हुन्छ ।फ्रययडले भनेजस्तो पुरुषको दिमागमा महिलाको योनी हुन्छ मेरो थीम त्यहि हो ।त्यो थिम प्रमाणित गर्न पात्र जन्माएको छु ति पात्र कुनै पनी बेकार छैनन ।त्याहाँ का एघार पात्रले के देखाएका छन भने महिलालाई खाली यौन र मोजमस्ती कै रुपमा मात्र सोचेका छन ।ति एघार पुरुषबाट मेरो थीम पुरूषको दिमागमा महिलाको यौनी हुन्छ भनि प्रमाणित गर्छन ।जस्तो कि स्मिताकी दिदी जसले कुखुराको भाले ले झम्ट्यो भन्दा नानी भोली पर्सी तँलाई पनी भालेले यसरि नै झम्टीन्छ भन्छे  । यौटी मोडल एक छिन मात्रै आउछे तै पनी अर्थ राख्छे ति सबैले के भनिरहेका छन भने पुरुषले हामीलाई SEX का रूपमा मात्र लियो भन्ने कुरा था हुन्छ यसरी किताबका अठार पात्रले पुरूषको मनोबिज्ञान भनिरहेका छन् ।

4.ओभर कोट लाएर स्वीमीङ् पुलमा उतारिन भन्नु भा छ तर कतिले त स्वीमीङ कस्टम समेत नलगाएको आरोप लगाऊछन् यो किताबलाई के भन्नुहुन्छ ?

-निश्चीत रूपमा तपै ट्वाइलेटको कुरा गर्नु हुन्छ भने त्याहाँ दिसाको कुरा गर्नै पर्छ ।ट्वाइलेटमा भर्ररर आवाज आऊछ खाना खाने ठाऊमा त्यो आवाज सुहाउदैन ।जब टवाईलेटको कुरा आउछ तब त्याहाँ कमोडको कुरा गर्नैपर्ने हुन्छ ।दिसा पिसाबका कुरै आउछन नै ।जब मैले पुरूषको यौन मनोबिज्ञानको कुरा प्रमाणीत गर्न खोज्दैछु  भने ति कुरा जायज नै हुन ।मेरो सबै कथा इन्द्रमा घुमेको छ स्मितामा हैन । खासमा नेपाली साहित्यमा थिम चाहिन्छ ।अबको पुस्ताले थिमको आबश्यकत्ता महसुस गरोस भन्ने लक्ष हो ।

5.भुमिकामा उदेश्यभन्दा यात्राको महत्व हुन्छ भन्नु भाको छ  यसलाई अलि प्रस्ट पार्नु हुन्छ की ?

-कुनै पनि यात्राको अन्तीम बिन्दु हुन्छ हाम्रो ambition को पनि अन्तिम बिन्दुहुन्छ ।बिन्दु टुक्रा टुक्रा पनि लिएको हुन्छ तर पनि यौटा direction लिएकै हुन्छ ।काठमाडुबाट धनगढी पुग्नु लक्ष्य हो अर्थात थीम । अनि धनगडी सम्मजादा बाटामा देखिएको चै यात्रा । सबैले यात्रामा एउटै कुरो देखे पनि अलग अलग द्रीष्टीकोणले हेर्छन । साहित्यमा थीम मात्र दिईयो भने त्यो साहित्य भएन । त्यो थिम प्रमाणित गर्न मैले अनेक पात्र जन्माएँ हुर्काएँ संघर्ष गराए तै नै यात्रा हो तै नै हो उपन्यास लेख्नुको मजा ।  ।बाल्मीकीले काम क्रोध लोभ मोहलाई प्रमाणित गर्न रामायण लेखे भने त्यही कुरा प्रमाणीत गर्न ब्यासले महा भारत लेखे खोजे । कुरा तै हो तर तरीका फरक छ हेर्ने ।तसर्थ मेरो उपन्यासमा थिम यौटा छ , लक्ष यौटा छ तेस्लाई प्रमाणित गर्न बीचमा तर्क दिदै गएँ ।

6.जगदिश घिमिरे सरले यसलाई Documentry novel  भन्नु भएछ नि हैन ?

-यस्तो लेखन America तिर सुरु भएको हो ।उपन्यासमा आजको भै रहेको कुरा आउछ भने त्यसलाई Documentry novel  भन्छन् ।समाजको फोटो खिचिन्छ  र जस्ताको तस्तै देखाइन्छ आफ्नो कला थपेर । ऐले Last monarchy देखाईदै छ नि ? हामीले तेस्लाई आख्यानका रूपमा हेर्छौँ । जब बास्तविकतालाई कल्पनामा जोडिन्छ तब Documentry  novel बन्छ ।यो अमेरिकि culture हो ।
अब आउने उपन्यास द्रौपदी मा पनि भैरहेकै कुरालाई जोड्दै गएको छु ।यथार्थलाई काल्पनीकीकरण गर्छु म चैं ।बलात्कार , बाउले छोरीलाई गरेको ,यस्तै यस्तै । त्यो किन भयो त भन्ने कारण , तेस्को समाधान कसरी गर्ने भन्ने कुरा छन्

7.यसले मदन पुरस्कार पाउला भन्ने कुरामा कत्तिको आश छ ?

-मलाई था छैन । मदन पुरस्कारमा बुझाएको छ कि छैन  मेरो चासो पनि छैन  । यौटा मदन पुरस्कार त पाईसक्यो तपैलाइ था छैन ?

8.कैले अनि कुनले ?

-आज नेपालभरी नपढ्ने मान्छेका बीचमा पनि यो किताबको चर्चाको बिषय बनेको छ  । अरू कतिका किताबहरू को बिज्ञापन हुन्छ एकै महिनामा यति तेति बिक्री भो भन्छन् तर पछी सेलाएर जान्छन् ।सेतो धरती 200/300 बिक्यो मदन पुरस्कार पाएपछिमात्र धेरैले पढे । कुनै पत्रिकामा यसलाई निषेध नै गरियो ।तर आज छ मैना भो आमजनताले झनझन पढ्दै छन् ।चर्चा बढ्दै छ ।

9.तपाइलाइ स्मिता पात्रजस्ता पाठकको प्रतिक्रिया आउछ कि आउदैन ?

-म काहाँ direct  प्रतिक्रिया आउछन् ।हिजै पनि आयो आजै दुईटा आए ।प्रतिक्रिया बढ्दै छन्

10.प्रतिक्रिया कस्ता हुन्छन् सकारात्मक की नकारात्मक ?

-सकारात्मक नै आउछ । नकारात्मक भए कीन पढ्छ मान्छेले ?पर्बतमा एउटै किताब 100 जनाले पढे भन्ने खबर आएको छ ।

11.बढी अश्लील भयो भनेर आउछ की आउदैन ?

-अश्लीलता भए आफै कोठामा नाङ्गो देखाए भै गो नि ।महिलाले पढदा त्याहाँ कतै स्मिता देखेनन् त्याहा आफुलाइ देखे ।आफु देख्नुको मतलब उनीहरूलाई पुरुषले यौनीकताका रूपमा हेरेको ,बाल्यकालदेखि ऐलेसम्मको पुरूषको हेराई , सडकामा हिड्दा छातिमा हेरेको यी सब आफैलाई भएको देखे । उनि हरू त यो पुरूषले लेखेकै हैन भन्छन् ।

आजसम्म महिलालाई sex ,स्तनका रुपमा देखाईयो ।यहाँ पुरूषको मनोब्रीतिले महिलाको मनोबिज्ञानमा कसरी प्रभाब परेको छ  भन्ने कुरो छ । अशलीलता छैन ।

12.तपाइका उपन्यास र तसलीमा नसरीनका उपन्यासमा पाठकले के फरक पाऊछ ?-

-त्याहाँ ( तसलिमाकोमा ) चैँ महिलामाथीको  बिभेद देखायो , त्याहाँ जातिबादको कुरो आयो महिला मात्रै हैन जातिबादको कुरो छ ।धार्मिक बिभेद देखायो भने मेरोमा (खेलौनामा) जगदिश शमशेरले भन्नुभाछ की-
यसमा यौनिकताका बिबिध पक्ष यसरी केलाईएको छ की भनी उहाँले पुराना श्लोक हालेर प्रमाणित गर्नु भएको छ  ।उहाँले पनि पुरुष भएका कारण यौन नै देख्नु भो तर यौनको कुरा त आजभन्दा 5000 हजार बर्ष पैले पनि त हुदै आएकै हो ।चौथो संस्करण हेर्नु भयो भने अझ यी कुरा थाहा पाउनुहुन्छ ।

13.मेरा कतिपय साथि माझ छलफल हुँदा पढ्ने साथीले पनि खेलौना त झुर छ नपढ भन्ने सल्लाह दिएको मैले देखेको छु ।यसमा के भन्नुहुन्छ नि ?

-आफ्नो आफ्नो द्रीष्टीकोण हो । चण्डी पाठ पढेकाले के ठान्छ भने पुरूषले गरेको महिलामाथिको अत्याचार अन्यायका बारेमा बोल्नुहुन्न ।

यसभित्र

 कै छ नत्र किन आज छ मैना सम्म पनि चर्चाको बिषय बनिरहेछ त ?यसभित्र कै छ खोजे पाईन्छ । नखोज्नेका लागि छ्या भयो ।यसमा कतै अश्लीलता छैन । किनकी स्मिताले 5 वटा घटना भनेकी छे  ।पैलो ओरल sex ,अर्कोमा चार लाईनको कुरा छ कोठामा लग्यो ड्यामडुम पारयो सकियो ।यदि यौन कथा बनाउनु थियो भने प्रतेक प्रङ्गमा लामा लामा उत्तेजनात्त्मक कुरा लेख्न सकिन्थ्यो । जैले पनि यौन कथा पुरूषबाट भनिन्छ यहाँ त स्मिताले SEX को कुरा गरेकी छ ।महिलामाथिको शोषण पुरूषले गरिराछ । अनि  यौनको enjoyment  चैँ स्मिताले भनिरहेकी छे ।यो धेरै scientifically  बिचार गरेर लेखेको किताब हो ।जस्ले जति बुझ्ने हो उति बुझ्छ ।सुर्यको घाम सबै ठाउमा पाईन्छ कसैले अहो ! जाडो भो घाम तापौँ भन्छन् त कोहि गर्मि भो भन्दै घरभित्र छिर्छन् ।कोई भने धान सुकाउछन् ।लुगा सुकाऊछन् ।अर्थात त्यही घाम ब्याक्तीले आफु अनुकुल ग्रहण गर्छ । जसलाई यो कुरा अश्लील लाग्यो ऊ नै अश्लील हो ।

14. अश्लील भनेको के ?

-पैलो कुरा उपन्यास को सँग बसेर पढिन्छ ? एक्लै हैन त ? तपाई एक्लै भएका बेला गरिएको हस्तमैथुन अश्लील हुदैन । तपैले आफ्नो प्रेमाका बिच कोठामा गर्नुभ एको कुरा अश्लील हुदैन ।तर तेस्रो ब्याक्तीको उपस्थीती भए अश्लील हुन्छ ।

उपन्यास तपैलेमात्र पढ्नु हुन्छ  । त्याहाँ तपैलाई मनलागे पढ्नुहुन्छ नत्र अँ हँ पढ्नुहुन्न ।उपन्यासको सेन्सर आफै गर्छ । यत्रो जनसङ्ख्या छ सबैले पढुन् भनेर पनि त लेखेको हैन नि !

15. नारीले पुरूषलाई द्रौपदि झै कज्याउन सक्छन् भन्नु भाको छ अर्थ अलि स्पष्ट पार्नुहुन्छ की ?

-यो कुरो स्मिताले भन्छे क्यार ! के भन्न खोजेको छ भने नारीको अङ्ग राम्रो पुरूषको नराम्रो । तर पनि पुरूषको पनि नभइ हुदैन है ।

लेखकले समाजमा जे छ तै पस्कीने हो । समाजमा गुहु भए गुहु नै तै पस्कीने हो । नारीको अस्तित्व आखिर पुरूष नभइ कै छैन ।मैले एकाइस बाइस बर्षको  तपैको पुस्ताको CYBER पुस्ताको  कुरा हालेको छु जुन तपैको साथीले अश्लील भनिदियो ।

16.त्यो त खेलौना नपढ्नेले भनेका हुन नी ?

-हो सवा 3 करोडमा सबैले कहाँ राम्रो भन्छन् त !
ऐलेसम्म यौटाले NEGETIVELY पाराले फोन गरयो । के भन्यो भने-"तपैले आफ्नो समय बर्बाद गर्नु भो"
मैले भने-" भाइ तपैसँग अब के कुरा गर्नु , तपै पुरै किताब पढ्नुस अनि फोन गर्नुस "

बेलुका यौटा sms आयो लेखेको थियो -I give you 99%

भोली फेरी फोन आयो -
सर तपैको यो किताब नपढेको भए खत्तम हुने रैछु ।

15/20 page पढेर कमेँट गरेको रैछ ।उस्ले बुझेन किनकी सुरू सरूका कुरा स्मिताका माध्यम गरेर म 60 बर्षको बुढोले भनेको हुँ ।
अर्को MAIL  आको थियो गणेश चौधरीको

-"यो पढेपछी लाग्यो अरू सेतो धरती , पल्पसा क्याफै कै हैन ।

17. अवश्य त्यो त मैले पनि महसुस गरेको कुरो हो !

-पल्पसा , सेतो धरतीमा त  साधारण कुरा छ यहाँ त जीबनको यति गहन दर्शन छ ।

18.अनि उपन्यासो भाषाको कुरा नि ?

-जहाँसम्म भाषाको कुरो छ ,हाम्रो चण्डी पाठे(जात हैन) ले , घोकन्ते बिद्यामा जे सुन्यो तै गरिन्छल तर आफै फरम्याट बनाऊनुपर्छ साहित्यमा ।
जगदिश समशेरले भन्नु भाछ - राजेन्द्र थापाले आफै साँचो बनाउछ त्यसभित्र निमार्ण गर्छ

19. तपैको आउदो दौपदी उपन्यास कैले आऊछ ?

-मैले असि दिनमा लेखे अनि 60 दिन आफैले editing गरे । प्रेसमा आजै बुझाएर आएको छु

20.पाठकले कैले पढ्न पाऊछ ?

-प्रेसले 15 दिनमा निकाल्ने लक्ष गरेको छ ।

21.द्रौपदी कस्तो खालको उपन्यास हो?-

द्रौपदी पुरा मनोबैज्ञानीक उपन्यास हो । जति पनि घरेलु हिँसा छ (छ बर्षको बच्चाको बाबुले बलात्कार ,महिलामाथिको हिँसा आदि आदि)  किन हुन्छन ? के कारणले ? समाधान के छ त ? त्यसकालागि घरघरमा बच्चालाई कसरी सुरक्षित राख्ने ? भन्ने कुरा छन्

यसकालागी मैले धेरै मेहनत गरेको छु  ,डाक्टरहरूसँग सल्लाह लिएको छु । नेपाली उपन्यासमा यति धेरै मेहनत सायदै भएको छैन ।
कुनै पुस्तकलाई थुकिन्छ भने थुक्नको पनि कारण चाहिन्छ ।

22.लेखकलाई केले लेखक बनाउछ ?

-म त जन्मीदैको लेखक हुँ ।आठ बर्षमै लेख्न थालेको हुँ ।

23.भनेपछी जन्मजातै गुण चाईन्छ लेखक बन्न ?

-अवश्य ,अब ऐले प्रचार प्रसारले गर्दा पनि लेखक बन्न थालेका छन् ।ऐले त सबै लेखक बनेका छन् ।

24.असल पाठक या असल लेखक को महत्वपुर्ण छ साहित्यमा ?

-पाठक असल खराब भन्ने हुदैहुदैन । पाठक पाठक मात्र हुन्छ ।लेखक पनि असल खराब हुदैहुदैन । लेखकले लेखेको कुरा जब पाठकले जब रुचाउँछ तब लेखकको अस्तीत्व रहन्छ ।जब पाठकले रुचाउदैन तब अखबारले छापेर कै हुदैन , किताब निस्केर कै हुदैन ।


25. अब आउने नयाँ लेखकलाई के चैँ गरेर आऊ भन्नु हुन्छ ?

-त्यो त तपै आफैले जन्मजात लेखक हो वा हैन पत्ता लगाउनुस् ।साथी भाईले भनेका भरमा हुदैन । आफुलेलेखेको साच्ची कै तिनीहरूले रूचाएका हुन या गफ दे का  त्यो पत्ता लगाउनुस ।

अब आउनेले हिन्दि साहित्य पढेकै हुनुपर्छ । साथै अमेरिकन साहित्य पनि ।




नेपाली साहित्यमा चर्चाको बिषयमा रहेको खेलौना उपन्यासका लेखक राजेन्द्र थापासँग मैले लिएको अन्तरबार्ता तपैलाई कस्तो लाग्यो ? प्रतिक्रियाका लागी niraulanirakshar@gmail.com मा मेल गर्नुहोला । अथवा तल कमेन्ट गर्नुहोला ।

गजल

                  गजल 


हात्ती उहिल्यै छिरेको हो तर पुच्छर अड्किएको छ 
मेरो चिठ्ठी ठेगानामै पुगे पनि खबर अड्किएको छ 

मेरा साथी इस्टमित्र, झन्डा फहराउदै छन् -शिखरमा
हेर्नुस् ... आधार शिबिरमै यो निरक्षर अड्किएको छ 

मैले जिउनी खेत, बारी र आँगन- उकासेँ साहुबाट 
अझै उकास्न बाँकी नै छ मेरो घरअड्किएको छ 

यो बाटो हिडिरहदा कही न कही पुगिन्थ्यो होला तर
मेरो त जिन्दगी अड्किएको छ, सफर अड्किएको छ 





Sunday, October 30, 2016

यौटा सस्तो उपन्यास - मनसुन

पुस्तक टिप्पणी

यौटा सस्तो उपन्यास - मनसुन 

छील्लो समय नाम चलेको लेखक भनिन्छ- सुबिन भट्टराईलाई। उनको हाल्सालै 'मनसुन' भन्ने उपन्यास आएको छ- बजारमा। यो भन्दा अघी 'समर लभ' 'साया' आएको थियो। युवा पुषतामाझ खुब नाम चलेका भनिएको छ सुबिन भट्टराईलाई। जसरी भारतमा चेतन भगत युवा पुस्ता माझ चर्चित छन, लग्भग त्यही अनुपातमा नेपालमा उनलाई लीइने गरिन्छ। तर यो केबल युवाहरुको सोचाइ हो। युवाहरुको हेराइ हो। 

नेपाली साहित्यका वास्तबिक पाठक निक्कै थोरै सन्ख्यामा छन्। त्यसमाथी आजकल मौसमी पाठकको बिगबिगी नै छ भन्दा हुन्छ। ती मौसमी पाठकहरुलाई सस्तो कृति खुब मन पर्छ। सस्तो साहित्यमा दिमागी परिश्रम गर्नु नपर्ने, दिमाग चलाऊनु नपर्ने हुनाले त्यस्ता कृति तिनिहरु खुब रुचाउछन्।  त्यस्तो कृति पढ्न थालनु भन्दा अगाबै सामाजिक सन्जालमा त्यो कृतिको फोटो राख्न भ्याइहाल्छन। उनीहरुलाई त्यो किताब पढ्नुमा भन्दा अरुलाई "मैले नि त्यो किताब पढेको छु नि" भन्न पाउनुमा ज्यादा मज्जा छ। 

फेरी आज्कल त्यस्तै सस्तो साहित्य लेख्ने लेखकहरुको "हाइ-फाइ" का कारण उनिहरुको किताब नपढ्नु भनेको त समाजबाटै बहिस्क्रित प्राणी हो भन्ने जस्तो शैलीले सोच्छन- सस्तो साहित्य प्रेमिहरु। 
          हो, सस्तो साहित्यले मौसमी पाठक कमाउन सक्ला, पैसा नि कमाउन सकिएला, लेखक सेलिब्रेटी पनि बन्ला तर त्यो मौसमी प्रभावको हुन्छ। साहित्य भनेको मौसमी हुनु हुँदैन। साहित्यले त जुगजुग बाच्नु पर्छ। सस्तो साहित्य जुग्जुग बाच्ने होइन, हावाको झोक्का झै एक समय बतासिएर आउछ। सबैलाई बगाउला झै गर्छ र अली पछी उस्तै। न कुनै प्रभाव, न कुनै आभास।

यसै सन्दर्भमा उनै सुबिनको मनसुनका सम्बन्धमा टिप्पणी गर्दैछु। मैले गर्ने टिप्पणीका आधारहरु:

१. उपन्यासको कथानक केकस्तो छ ?
२. उपन्यासका पात्रहरुको चरित्र केकस्तो छ ?
३. उपन्यासले के सन्देश दिएको छ ?
४. उपन्यासमा बौद्दिक्ता केकस्तो केकती छ ?   


   

 उपन्यासको कथानक:
- मनसुन उपन्यासको कथानकको कुरा गर्नु पर्दा यो पूर्णत: रतीरागात्मक प्रेम कथा भनु पर्ने हुन्छ। यस् कथामा कहिले सम्योग श्रीङ्गार त कहिले बियोग श्रीङगार भेटिन्छ। कथाको अन्त्यमा बियोग भएकाले यो उपन्यासको कथा बियोगान्त छ भनेर भन्नुपर्छ।  

कथाको मुख्य पुरुष पात्र शुभान छ। उसका साथी रमेशवर र सुन्दरे छन। तिनै जनाको दोस्ती खुब जम्छ। रमेश्वरले धरानकी केटी सँग विवाह गर्ने हुन्छ। त्यही विवाहमा एउटी सुन्दर युवती भेट्छ- शुभानले। त्यो केटीको नाम मनसुन हुन्छ। मनसुन सङ्ग सुभानको प्रेम बिस्तारै बढ्दै जान्छ। शुभान काठमाडौंको बासिन्दा हुन्छ, मनसुन धरानकी। तै पनि प्रेम चल्दै जान्छ। ख्याल ख्यालमै शुभान एक चोटि धरान पुग्छ मनसुनलाई भेट्न्। पछी एक चोटि मनसुन पनि काठमाडौं आउछे। काठमाडौंमा ती दुबै जोडीले घुमघाम गर्छन्। रमाइलो गर्छन्।   शुभानले के-के किनेर दिन्छ मनसुनलाई - उपहार भन्दै। मनसुन धरान फर्किने क्रममा धादिङमा एउटी साथीकोमा बस्ने हुन्छे। सुभानले उसलाई धादिङसम्म छोडी दिन्छ। 

बिचमा माया प्रेमका कुरा हुन्छन। तर धरान पुगेको केही दिनपछी मनसुनले उपहारमा पाएको भनिएका सबै सामान फिर्ता पठाइदिन्छे- कुरिएर गरेर। साथमा पत्र पनि हुन्छ - "सरी म तिमीलाई प्रेम गर्न असमर्थ छु" भन्ने पाराले। तर किन असमर्थ ? भनेर खुलाउदिन- मनसुनले। त्यसपछी दुईको सम्बन्ध टुट्छ। पछी आफ्नै साथीहरुले मनसुन सङ्ग बल्ल्बल्ल संपर्क गराउछन- फोन संपर्क। तर मनसुनले सुभान सङ्गको प्रेम त्यतिमै टुङ्ग्याउने जवाफ दिन्छे। 

पछी मनसुनले आत्महत्या गर्ने प्रयास गरी रे र हस्पिटलमा छे भन्ने खबर पाएर शुभान हतारिदै धरान पुग्छ। बिस्तारै मनसुनलाई ठीक हुँदै जान्छ। मनसुनले शुभानलाई अघिल्लो चोटि किन प्रेम गर्न सक्दिन भन्ने कुरो खोल्छे। मनसुनले एउटा केटोलाई प्रेम गर्दी रहीछ। तर त्यो केटोले उमनसुनलाई उत्ती चासो नदिने रहेछ।  त्यसैको दोधारमा परेर मनसुन कैले शुभान सङ्ग नजिकिने त कैले टाढा हुने गर्दी रहीछ। तर अब चै त्यो केटोलाई पुरै छोडेर शुभान सङ्गै जिबन बिताउने कुरा गर्छे।   यसै गरी एक हप्ता बिताएर सुभान काठमाडौं फर्किन्छ। एक चोटि फेरी मनसुन काठमाडौं आइपुग्छे शुभानलाई भेट्न। दुबैको बिहे हुने पक्का हुन्छ तर शुभानको हजुरबा बितेकाले बिहे एक बर्षपछी मात्र गर्ने छलफल हुन्छ। 

त्यसको एक बर्षपछी केटीले शुभानलाई धरान भेट्न् बोलाउछे। शुभान खुशी हुँदै धरान आइपुग्छ। तर मनसुनले त्यो पुरानो केटोलाई बिर्सनै नसक्ने र शुभनलाई गरेको प्रेम जबर्जस्तिको जस्तो मात्र भएको बताउछे। त्यो पुरानो केटो जतीको प्रेम शुभानप्रती जगाउनै नसकेको कुरा मनसुन बताउछे। शुभानले उसलाई सम्झाउने अनेक प्रयास गर्छ तर ऊ त्यही पुरानो केटोप्रती एकोहोरिएकी छ, जबकी त्यो केटोले मनसुन सङ्ग फोनमा बोल्न समेत चाहदैन। वास्तै गर्दैन। अन्तत: कै नलागेपछी रित्तो हात फर्किन्छ- शुभान।  

कथानक यत्ती हो यो उपन्यासको। कथानकको सामयाबधी लग्भग तीन बर्षको अनुमान लगाउन सकिन्छ।
यत्तिको कथानकलाई मैले चै दम्दार मान्न सकिनँ। ठिकै छ। तर उत्क्रिस्ठ होइन। आहा ! भन्ने खाल्को होइन। 


उपन्यासका पात्रहरुको चरित्र:
पात्रको चरित्रको कुरा गर्नु पर्दा शुभान र मनसुनमा परीपक्कताको कमी देखिन्छ। परीपक्कताको अर्थ- बौदिक अर्थमा। उनिहरुमा एकै छिनमा रिसाइ हाल्ने, एकै छिनमा फेरी ठीक भइहाल्ने खाल्को स्वाभाव देखिन्छ। मनसुनमा आफुले गरेको निर्णयप्रती कटिबद्द देखिदिन। घरी आफ्नो पुरानो केटोसङ्ग प्रेम गरिरहन खोज्ने, भलै त्यो एकोहोरो नै किन नहोस्। घरी शुभान चाहिने। शुभन पनि केटाकेटी जस्तो उसले जसो जसो भन्छे- त्यै त्यै र त्यसै त्यसै मान्ने खाल्को देखिन्छ। मनसुनलाई भेट्न् उता धरान जादा यता घरपरिवारलाई पूर्णत: बिसिए जस्तो देखिन्छ। फेरी यता हजुरबा सङ्ग नजिकिदा "हजुरबा जत्ति म कसैलाई पनि प्रेम गर्दिनँ" भन्ने खालको व्यबहार गर्ने। त्यसैले शुभान एकोहोरो खालको देखिन्छ। जता गयो उतै ठीक। स्थाइ सोच छैन। मौसमी सोच लिएर हिंड्ने पात्र जसको आफ्नो स्थाइ बिचार छैन।  

उपन्यासमा नायकको हजुरबा पनि आउछन  घरी घरी  अलिअली। हजुरबा नातीको चालामाला नियालिरहने खाल्को स्वाभावको देखिन्छन।


  उपन्यासको सन्देश:

- उल्लेख नै गर्नु पर्ने खाल्को सन्देश चै मैले यो उपन्यासमा भेटिनँ। 
   


  उपन्यासमा बौद्धिक्ता  
- यो उपन्यासमा मैले चै कै बौदिक्ता भेटिनँ। सामान्य बिचारधारा धारा अनुसार बगेको छ। कही कती दिमाग लगाएरै सोच्नु पर्ने या यसो एक्क्षण घोरिएर सोच्नु पर्ने कुनै ठाउँ छैन।
उपन्यासको कथा अन्त्य अब के होला ? भन्ने खाल्को बनाउन त खोजिएको छ तर सोच्नै पर्ने गरी कर लगाउनै पर्ने स्थिती चै छैन। अब फेरी मनसुनले शुभान सङ्ग पहिले जस्तै गरी फर्केर आइ भने शुभानले उसलाई स्वीकार्ला ? वा के होला भन्ने जस्तो मसिना जिज्ञासा पलाउछ तर त्यो त्यती जोड सङ्ग उब्जिदैन।   



उपन्यासका कमिकमजोरीहरु:
 - उपन्यासको सुरुवात उनै भारतिय लेखक चेतन भगतको किताबमा आधारित हिन्दी चलचित्र 'थ्री इडियट' को शैलीमा हुन्छ। पात्र पनि तीन जना। परिवेश पनि लगभग उहीँ। उपन्यास पढ्न थाल्दा सुरु सुरुमा पाठकलाई  यस्तो लाग्छ "म थ्री इडियट फिल्म हेर्दै छु।" लेखकले त्यो उपन्यासको सुरुवाती चरणमा कथा भन्ने शैली त्यही फिल्मबाट लिएको जस्तो लाग्छ।

त्यसैगरी उपन्यासलाई अनावश्यक रुपमा लम्ब्याउन खोजिए जस्तो लाग्छ।  त्यती नै कुरा त्यतिनै प्रभाव पार्ने गरी निक्कै थोरै पानामा भन्न् सकिन्छ। कतै कती कुनै कुरा, प्रसङ्ग या बिषयको व्याख्या गर्दा एकै शैलीको वाक्य आठ दश पटक प्रयोग गरिएको छ। एक ठाउँमा त दुई वाक्य एक अनुच्छेद पछी ठ्याक्कै दोहोरिए जस्ता छन। यस्तो लाग्छ लेखकले टिपोटबाट टिप्न खोज्दा लेखकले त्यही एक लाइन दुई पल्ट् सारे।  

"हजुरबालाई आफ्नी प्रेमिका जत्तिकै प्रेम गर्छु या त्यो भन्दा ज्यादै नै पनि" भन्ने खाल्को आसय ब्यक्त गरे पनि सुभानले हौरबाको मृत्‍युको खबर सुन्दा खासै ठुलो प्रतिकृया दिदैन। यस्तो लाग्छ कै भएकै छैन। त्यो खबर थाहा पाए पछीको कुरा भन्दा चार पाँच अनुच्छेदमा चाँही "हजुरबा बिना मेरो जिबन अधुरो छ"  भन्ने खाल्को कुरा गरे पनि त्यस किसिमको प्रतिकृया उक्त दु:खद खबर सुन्दै आउनु पर्थ्यो। अनी प्रभावकारी हुन्थ्यो। 

  हजुरबा प्रती शुभान बढी नै नजिक थ्यो भन्ने कुरा सुभानको मनस्थितिले देखाउन खोजिएको त छ तर प्रभावकारी छैन। एकोहोरो हो कि हो भन्ने शैलीमा जोड दीइेको छ। पाठकलाई शुभान र हजुरबाबीच बिसिस्ठ सम्बन्ध थियो भनेर पत्याउन मन लाग्दैन। बरु लेखकले त्यहा हजुरबा र नातीका बीच यस्स्तो कुनै घटना या प्रसङ्ग जोडीदिनु बेस हुन्छ जसले ती दुई निक्कै घनिश्ठ छन थिए भन्ने विश्वाश होस्।  


अन्त्यमा, 
अन्त्यमा के भन्न चाहे भने यो उपन्यास पढ्नै पर्ने स्तरको चाँही हुँदै होइन। अझ बौदिक पाठकले कुनै खुराक भेटिएला भन्दै यो पुस्तकमा पैसा र समय लगायो भने त्यस्ता पाठक "हाता लाग्यो सुन्य" को स्स्थितिमा पुग्ने छन। 
पढन भनेपछी काडा उम्रिनेहरुका लागि चै पढ्न लायक कै मानिएला। पाँच छ घण्टा छ र त्यो समय यत्तिकै बितिरहेको छ भने त्यो उपन्यास- मनसुन  पढ्दा हुन्छ। 'टाइम पास' मज्जाले हुनेछ। 

सुबिनको यो उपन्यासलाई मैले चाँही नम्बर दिदा पूर्णङ्क पाँचमा २ दिन सक्छु। ज्यादासे ज्यादा साढे दुईसम्म। 



-निरक्षर निरौला। 
२०७३

Monday, October 24, 2016

को कती पानीमा छन् ?

को कती पानीमा छन् ?

अहिले सामाजिक सन्जाल, चिया पसल, बैठक, भेला, पत्रपत्रीका, रेडियो टि.भी सबै तिर लोकमान सिंह कार्की र उनका बिरुद्द संसदमा प्रस्तावित महाअभियोगका सम्बन्धमा चर्चा परिचार्चा, बहस, बाद्बिवाद चलिरहेको छ। अहिले यो बिषयका सम्बन्धमा जानकारी नराख्ने शायदै होलान्। हरेकलाई चासो छ- अब के हुन्छ ? अबको राजनीतिक कोर्स कसरी आगाडी बढ्छ ? संसदमा प्रस्तावित महाअभियोग प्रस्ताव हुन्छ ? उक्त प्रस्ताव संसदको दुई तिहाइ बहुमतले पारीतहोला /नहोला  ?  अथवा के होला ? महाअभियोगका सवालमा सबै राजनीतिक दल एकातिर र काङ्रेस चै किन अर्कोतिर ?  काङ्रेसको यस्तो अलमलाईको कारण के हो ? यस्तै यस्तै सवालहरुले अहिले गाउ शहर बजार तातेको छ।

संबिधानको कार्यन्वयनका लागि २०७४ माघ ७ सम्मको समयबधी छ। त्यो मिती भन्दा अघी नै हामीले स्थानिय तह, प्रदेश र केन्द्र (संघ) को निर्वाचन गराइसक्नु पर्न्ने संबैधानिक बाध्यता छ। उक्त निर्धारित मिती भन्दा अघी यी तीन निर्वाचन गर्न नसके यो संबिधानको भविश्य के हुने हो ?  कसैले भन्न सक्ने अवस्था छैन।प्रदेश सिमाङ्कनको कुरो अझै टुङ्ग्याउन सकिएको छैन। मधेसी दलहरुलाई साथमै लिएर जादा तिनिहरुका केकती माग पुरा गर्न सकिन्छ ? केकती सकिन्न ? भन्ने कुरा सरकार-मधेसी दल बार्ता द्वारा सुल्झाउनै छ।  सिमाङकन टुङगिहाले पनि निर्वाचन गर्न /गराउनका लागि थप सयौ कनुन बनाउनु पर्ने देखिन्छ।

तसर्थ  यस्तो अवस्थामा हरेक सेकेण्ड सेकेण्डको ख्याल राखिनु पर्ने हो। तर दुर्भाग्य हामी सही बाटोमा भए पनि जुन गतिमा हिंड्नु पर्ने हो त्यो गतीमा हिंड्न सकिरहेका छैनौं।  हामीले सधैं के कुरा याद राख्नु पर्छ भने- बाटो भलै सही होस् तर यात्राामा अलमलिनेहरु कहिल्यै गन्तब्यमा पुग्दैनन्। पुगेका छैनन्। हाम्रासामु अलमलिनका लागि पहिले नै अनेक अल्झ्याइहरु काफी थिए। अब झन अर्को एक थपिएको छ -यो महाअभियोग प्रसङ्ग। अब यसले नेपालको राजनीतिक यात्रा (संबिधान कार्यन्वयन) लाई एक महिना अल्मलाउने पक्का भो।


माथि सुरुमा उठाइएका प्रश्नहरुलाई अहिले थाती राखेर यो महाअभियोग प्रस्ताबका सम्बन्धमा यहाँ चर्चा गर्न खोज्दै छु। यो महाअभियोग प्रस्ताब किन यसरी रातारात आयो भन्ने कुराहरु त छापाहरुमै छरपस्ट भइसक्यो। लोकमानले आफु अख्तियारको प्रमुख आयुक्त भएदेखी समानान्तर सत्ता चलाऊने गरेको भन्ने पनि समाचारहरु अैरहेकै छन्। आखिर यो प्रकृया जती लम्बिधै जान्छ उती उती थप कुराहरु बाहिर निस्किदै जालान्। तपाईं हामीले त्यो हेर्नु नै छ। तर यहाँ अहिले चै लोकमान सिंह कार्की बिरुद्दको महाअभियोग प्रकृयाका  उत्प्रेरकहरु: अदालत, मीडिया, नेताहरु र लोकमान बिरुद्ध उफ्रिनेहरु यी ४ पक्षका भूमिकाका सम्बन्धमा सङक्षिप्त चर्चा गरिदैछ।   


अदालत:
अदालतमा कुनै पनि ब्याक्ती उपर उजुरी परिसकेपछी त्यसका सम्बन्धमा अनुसन्धान थालिन्छ। अनुसन्धान गर्ने क्रममा उक्त आरोपीलाई "अदालतमा हाजिर हुनु" भन्ने ब्योहोराको पत्र थमाइन्छ। तर आरोपीलाई प्रतक्ष नभेटिए उसको निवास स्थानमा सो ब्योहोराको पत्र, तामेली भनौ टासिन्छ। त्यसरी तामेली टास्न नसकिए पत्रीकामा छपाईन्छ। यसरी तहगत प्रकृया छन्। हरेक तहमा कती समय पर्खिने भन्ने पनि समय छ।
फेरी नेपाल सरकारले आफ्ना बिशिस्ठ ओहोदामा बसेकाहरुलाई क्वाटरको ब्यबस्था गरेको हुन्छ। त्यसमाथी लोकमान सिंह कार्की भनेको सम्बैधानिक निकायका प्रमुख हुन्। उनलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय परिसर भित्रै क्वाटर दिएर राखेको छ। त्यसो हुनाले अदालतले तामेली टास्नलाई लोकमानको क्वाटर तिरै नपठाएर किन अरु अरु ठाउँ पठाएको हो ? यो बुझ्न सकिएन। नेपाल सरकारका निकाय प्रमुख कहाँ बस्छन् भन्ने कुरो के अदालतलाई थाहा नभएकै हो ? हैन भने कुरो के हो ?  स्पस्ट आउनु पर्‍यो। कतै हाम्रो अदालत "स्टन्टबाजी" को सिकार भएको त हैन ?

सम्मानित अदालतमाथि प्रश्न उठाउने मेरो मनशाय हुँदै होइन। तर यो प्रसङ्गलाई यसरी पनि हेर्न सकिन्छ भन्ने सम्मको मत हो। अदालतले आफ्नो कामकारबाही गर्दा त्यो कारबाहीका सम्बन्धमा  कुनै पनि प्रश्न उठाउने मौका दिनु हुँदैन।

मिडिया: 
लोकमानका यो प्रसङ्गमा हाम्रा नेपाली मिडिया पनि एक्सुरे प्रब्रितिका देखिन्छन्। लोकमानले आजसम्म केके गरे भन्ने कुराको फेहरिस्त प्रस्तुत गर्नु पत्रपत्रीकाको अहिलेका धर्म भएको छ।  यहाँ लोकमान सही हुन् भनेर भन्न खोजिएको होइन तर कानुनी रुपमा अझै पनि उनी "गलत हुन" भन्ने कुरा प्रमाणित भइसकेको छैन, त्यता तिर पनि सोच्नु पर्‍यो। लोकमानका सम्बन्धमा अहिले सारा मिडियाले यसरी लेखिरहेका छन्, प्रसारण गरिरहेछन - कि मानौ अहिले नै उनी दोशी ठहर भैसके।
लोकमानले भलै प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान अगाडि बढाउन थालेका होलान् तर हामीले भुल्नु भएन कि अख्तियार प्रमुखको काम भनेकै अधिकारको दुरुपयोग गरियो /गरिएन त्यो हेर्नु हो। भलै लोकमानको नियुक्ति गलत थियो भनी अदालतमा मुद्दा बिचराधीन छ, निर्णय भइसकेको छैन। तसर्थ उनी अहिले पनि संबैधानिक निकायका प्रमुख हुन्। थिए भनौ अब त निलम्बनमा जो परिसके उनी। तर निलम्बनमा पर्नु भन्दा अघी लोकमानले ठुला नेताहरु माथि अनुसन्धान थाल्नु /थालन खोज्नु अख्तियारको काम कर्तब्य भित्रै पर्छ। बाहिर होइन।  हाम्रो मिडियाले यसरी चै किन सोच्न नसकेको ? कि यसरी सोच्नै नचाहेको हो ?


नेताहरु:
लोकमान अहिले भर्खर अस्ख्तियार प्रमुख भएका होइनन्। हिजो यिनको नियुक्तिमा पनि यसै गरी बिरोध भएकै हो। त्यती बेला यीनै नेताहरुले लोकमान प्रमुख आयुक्तको लागि उपयुक्त छन् भनेर बिरोध गर्नेहरु सबैलाई जितेका थिए। यीनै ठुला दलको आपसी सहमतीमा उनको नियुक्त भएको हो। लोकमान माथि महाअभियोग लगाउनै पाइदैन भनेर भन्नु मुर्खता हुन जानेछ। तर हिजो किन यीनै लोकमनलाई ठीक देखियो ? यो प्रश्नको जवाफ दिनु पर्छ कि पर्दैन जनतालाई ? लोकमान बिरुद्द डाक्टर गोबिन्द केसिले महाअभियोग लगाउनु पर्छ भनेर त्यात्त्रो दिन अनसन बस्दा र त्यात्रो  जनलहर उर्लिदा कानमा तेल हालेर बसेका यी नेताहरुलाई के र कुन तत्वको प्रभावमा एक्कासी रातारात महाअभियोग प्रस्ताब दर्ता गर्नु पर्ने जरुरी भो ? यो कुराको जवाफ नदीइकन उम्किन पाईन्छ ? हो भोली सम्सदको दुई तिहाइ बहुमतले लोकमान बिरुद्दको महाअभियोग प्रस्ताब पारीत गर्‍यो भने उनी पदबाट बर्खास्त हुने नै छन। त्यसमा दुई मतै भएन। तर नेता ज्युहरुको यस्तो घबराहटको अर्थ के हो ?
  
महाअभियोग प्रस्ताब दर्ता गर्दा लोकमानले प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान चलाएको भन्ने आरोप प्रस्तावक नेता ज्युहरुको छ। नेता ज्यु, हो एक क्षणलाई मानौ लोकमानले प्रतिसोधपूर्ण ढङ्गले नै अनुसन्धान चलाएछन् रे तर तपाईंहरुले रातारात ल्याउनु भएको महाअभियोग प्रस्ताबमा चै 'प्रतिसोध' को गन्ध पनि छैन हो ?
प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान चलाए छन् नै भने पनि आफु चोखो हुनुहुन्छ भने किन ब्यर्थै आत्तिनु हुन्छ ?  आफुलाई चोखो भन्ने /ठान्ने महोदयहरुलाई चिटचिट पसिना आउनुको कारण के चै  रहेछ त ? हामी त सामान्य जनता ! त्यती बुझ्दैनौ। कृपया यो कुरो स्पस्ट पारिदिएर हाम्रा आशङ्कालाई गलत साबित गराइदिनु हुन सबिनम्र अनुरोध छ।


लोकमान बिरुद्ध उफ्रिनेहरु:
अहिले पुरै देश लोकमान सिंह कार्की बिरुद्ध खनिए जस्तो देखिएको छ। । सारा नेपालीहरु आफुले "जानेको तर भन्न मिल्ने" जती गालीका शब्दहरु खर्चिएर उनै लोकमान बिरुद्द उफ्रिँदै छन्। तर यसरी बिरोध गर्दै उफ्रिनेहरुलाई मुख्यत: तीन समुहमा बाँडेर हेर्नुपर्ने हुन्छ।

१.....डा. गोबिन्द केसिले "लोकमान सिंह कार्की बिरुद्द महाअभियोग लगाउनु पर्छ" भनेर अनसन बसेका दिन भन्दा अगाडि देखी नै उफ्रिनेहरु,
२..... डा. केसीले त्यो माग राखेर अनसन बस्न थालेको दिनदेखी उफ्रिनेहरु,
३....ठुला दलका ठुला नेताहरुलाई खोरमा जाक्ने लोकमानको "मास्टर प्लान" थाहा पाएको दिनदेखी (क्षणदेखी) लोकमान बिरुद्द उफ्रिनेहरु,


- यी तिनै समुहका उफ्र्याँइ फरक-फरक भएर पनि एकै जस्तो छ। एकै जस्तो भएर पनि फरक-फरक जस्तो छ। तर उफ्रिनु मात्रैले कै अर्थ राख्दैन, बरु कुन मान्छे कुन बेलादेखी उफ्रिन थाल्यो ? यो चैं महत्वपूर्ण सवाल हो।

अन्त्यमा,  लोकमान सिंह कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेकाले अब तिन वटा मध्ये कुनै एउटा पारीणाम निस्किने देखिन्छ।

कि त भने  दुई तिहाइ बहुमतले  प्रस्ताव पारीत भएर लोकमान पदबाट बर्खास्त हुनेछन्।
कि त  दुई तिहाइ नपुगेर प्रस्ताव तुहिनेछ।  अथवा यो प्रस्ताबमा भोटिङ्ग सुरु हुनु भन्दा पहिले नै लोकमानले रजिनामा दिने छन्। तर निस्कर्श के हो भने- कार्की बिरुद्धको महाअभियोग प्रकृया जे जसरी टुङ्गिए पनि यो घटनाले को कती पानीमा रहेछन् भन्ने चै घाम जत्तिकै छलङ्ग भो।



- निरक्षर निरौला 
  फत्तेपुर, सप्तरी। 
 niraulanirakshar@gmail.com

...

Saturday, October 22, 2016

चौथो नम्बरवालाहरुको देशमा डाँका

चौथो नम्बरवालाहरुको देश
कथा 


मिती: १४ अगष्ठ, सन् २०६७  
समय: रातको साढे नौ बजे (अनुमानित)
स्थान: काठमाडौं नाम गरेको शहरको एक घरको एक कोठा 


(हजुरबा र नाती ओछ्यानमा ढल्किएका छन्। अघी नै देखी निदाउन खोजेको नातीलाई किनकिन निन्द्रै लागिरहेको छैन- आज। हजुरबा पनि निदाउन असफल प्रयास गर्दैछन। )


नाती:    हेर्नुस् न हजुरबा ! मलाई निन्द्रै लागेको छैन आज। खै.....  किन हो ?

हजुरबा: निन्द्रै लागेको छैन ?  के भन्छ यो ? अरु बेला त ओछ्यानमा ढल्किन पा'को छैन घुर्न थाल्थीस् तँ । आज चै के भएछ  तँलाई  ?

नाती:    खै......... ?

हजुरबा:  खोइ ज्वरो त आको छैन नि ? (नातीको निधार छाम्दै) छैन छैन। ज्वरो स्वरो कै आ'को छैन। चुप लागेर सुत। चाडै निन्द्रा आउछ अब। 

नाती:   हजुरबा ! अस्ती एउटा कथा भन्छु भन्नु' भाथ्यो नि मलाई..........  त्यो कथा भन्नु न ! 

हजुरबा:  कुन कथा भन्छ यो फेरी ? चुप लागेर सुत, भोली भनुम्ला बरु।

नाती:   नाइ के नाइ ! भन्नु न त्यही क्या 'चौथो नम्बरवालाहरुको देश' भन्ने वाला। अस्ती पनि अर्को दिन सुनाउँछु  भन्नु भा'थ्यो तर सुनाउनु भएन।

हजुरबा:  'चौथो नम्बरवालाहरुको देश' ?  .......... (केही सम्झिएझै) ए.... ए.......  त्यो ?     ल ठीक छ आज म तलाई त्यो कथा भन्छु।  तर....... नाती ! त्यो त कथा भन्दा पनि नाटक जस्तो पो छ त ! नौटङ्की जस्तो।

नाती: नाटक जस्तो ? नौटङ्की जस्तो ?  हजुरबा! के हो यो नौटङ्की भनेको  ?

हजुरबा:  "नौटङ्की" भनेको नौटङ्की नै हो। दश या एघार टङ्की होइन।

नाती: मत्लब ?

हजुरबा: मत्लब.......... पत्याउनै मुस्किल जस्तो नाटक। एकदमै ठुलो मञ्चमा मञ्चन गरिएको नाटक।

नाती: कती ठुलो मञ्चमा हजुरबा ? हाम्रो स्कुलको मञ्च भन्दा नि ठुलो ?

हजुरबा:     हा हा हा ! .......  हँसाउँछ केटाले। नाती ! त्यो एकदमै ठुलो मञ्च थियो। लगभग एक लाख सड्चालिस हजार एक सय एकासी बर्ग किमी (1,47,181 km²) क्षेत्रफलमा फैलिएको बिशाल मञ्चमा प्रहसन गरिएको नाटक। सुन्नेलाई पनि पत्याउन गाह्रो पर्ने र भन्नेलाई पनि भन्न अफ्ठ्यारो पर्ने खालको नाटक जस्तै एउटा रोचक कथा। रमाइलो कथा। हाँस उठ्दो कथा।

नाती: आहा ! खै छिटो भन्नु न त .... !

 हजुरबा:   एका.........देशमा एउटा देश थियो। त्यो देश आँफैमा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, अखण्ड र लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिलाई अङगिकार गरेको एउटा नमुना देश थियो। उदाहरणिय देश थियो।  त्यो देशको नाम पनि 'नेपाल' थियो।

नाती:  नेपाल.......  ?  (''नेपाल" भनेको सुन्दा नातीलाई अचम्म लाग्छ)

हजुरबा:  हो, त्यो देशको नाम पनि नेपाल नै थियो। त्यहाका जनताहरु आ-आफ्नै किसिमले जिन्दगी चलाइरहेका थिए। समुहमा बिभाजन गरेर भन्नु पर्दा त्यो देशमा मोटामोटी ४ किसिमका नागरिक थिए-

१..... काम गरी खाने, जो आफ्नै काम गर्नमा ब्यस्त रहन्थे,
२ ..... काम गरेर खान नसक्ने मागी खाने, जो कसले पेट भरिदेला भनेर माग्दै हिड्थे
३...... काम गर्ने शक्ती पनि नभएका र मागेर पनि खान नसक्ने, बरु भोकभोकै मर्न तैयार हुने तर  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न नसक्ने/नजान्ने
४.....  काम गर्ने शक्ती भएका तर काम गर्न जाँगर नचलाऊने, मागेर खान आफ्नो 'स्व'ले नदिने र भोकै मर्न पनि नसक्ने

चौथो अथवा अन्तिम नम्बरकाहरु चै  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न हमेशा तैयार रहन्थे। तिनिहरुको पेशा भनेकै 'चोर्नु' थियो। यी चौथो नम्बरवालाहरुमा नैतीकता छदै थिएन भनेर चै भन्नु पाप हुनेछ। किनकी यीनिहरुमा 'चोर' हुनु तर डाँका चै कहिल्यै नहुनु भन्ने असल भावना ब्याप्त थियो। त्यही भावनाको मुल्यमान्यता अनुसार ती चौथो नम्बरवालाहरु हिड्थे।
         ती चौथो नम्बरवालाहरु (अन्तिमका) मान्छेहरुलाई अचेल 'चोर' भन्छन्। तर त्यती बेला त्यो देशमा तिनिहरुलाई "नेता ज्यु" भनेर सम्बोधन गरिन्थ्यो। खुब 'भाउ' दीइन्थ्यो। नेता ज्युहरु पनि जनताले दिएको 'भाउ' खुशी हुँदै लिन्थे। त्यो 'भाउ' लाई बडो जतन गरेर कोटको खल्तिमा सुरक्षित राख्थे।

 देशलाई ब्यबस्थित पाराले चलाऊनका लागि कोही न कोही त चाहिन्छ नै। शासन चलाऊने एउटा मान्छे/समुहको खोजी भो। देशै भरी खोजी अभियान चलाइयो। यसरी खोज्दै जादा ती चौथो नम्बरवालहरु चै फुर्सदिला र काम नभै बसिरहेका भेटिए।  त्यसैले तिन्तिघ्रे पनि भएको र काम पनि नगरि फुर्सदमा बसेको एउटा समुह मात्रै थियो/थिए- त्यही चौथो नम्बरवालाहरु। त्यसैले ती चौथो नम्बरवाला नागरिकहरुलाई शासन हस्तान्तरण गर्ने निधो भो। यसरी देश चलाऊने जिम्मा ती चौथो नम्बरवालाहरुले पाए।

नाती:  (अचम्म मान्दै) चौथो नम्बरवालाहरुलाई ? मत्लब चोरहरुलाई पो देश जिम्मा लगाको ?

हजुरबा: त्यस्तै भन्दा हुन्छ। बुझ्दा हुन्छ। चौथो नम्बरवालाहरु = चोरहरु । हुन त त्यो देशमा राम्रा मान्छे हुँदै नभएका होइनन, थिए तर पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरु आ-आफ्नै कर्ममा ब्यस्त थिए। यिनिहरुलाई  राजनीति र सत्ता सङ्ग कै लिनु दिनु थिएन।
एक नम्बरवलाहरुलाई कसरी पेट पाल्नु भन्ने ध्याउन्न हुन्थ्यो। उनुहरु यो बाहेक अरु सोच्नै भ्याउदैनथे। त्यसैले यिनिहरुलाई फुर्सद हुने कुरै भएन।
दुई नम्बरवालाहरु आफु काम गर्न नसक्ने भएकाले कसले पेट भरिदेला भनेर माग्न डुल्दै फुर्सद थिएन।
तेश्रो नम्बरवालाहरु बडो नैतीकवान  र स्वाभिमानी भएकाले त्यस्ताहरु राजनीति जस्तो फोहोरी खेलमा छिर्ने कुरै भएन।
  तर देश त चलाऊनु छ। कोही न कोही त चाहियो नि देश चलाऊने।   त्यसैले ती चौथो नम्बरवालाहरु फुर्सदिला र चलाख पनि भएकाले कुटनिती/राजनीति  तिनिहरु जती राम्रो तरिकाले अरुले  'ह्यान्डल' गर्नै सक्दैनन भन्ने निस्कर्श निकालियो। फेरी, पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरुलाई राजनीतिको र पनि आउँदैनथ्यो। रुची पनि थिएन भनौ। तसर्थ चाहे पनि नचाहे पनि ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिनु पर्ने भो।

 तर ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिने बेलामा हरेक पल्ट "देश र जनताको भलो गर्छु" भनेर सपत खानै पर्ने कडा नियम जारी गरियो। त्यहा देखी उपरान्त जो-जो शासन सत्तामा जान्थे, उनिहरुले  "देश र जनताको भलो गर्छु" भन्दै सपत खान्थे।

नाती:  हजुरबा ! त्यो सपत भनेको कस्तो हुन्छ ?  त्यो खाएपछी नराम्रा मान्छे पनि राम्रा मान्छे बन्छ हो ?
मलाई पनि ल्याइदिनु न ल !  एक प्याकेट सपत !

हजुरबा  "हा  हा  हा" गर्दै कोठा नै थर्किने गरी हाँस्छन........  हासिरहन्छन- लग्भग दश सेकेण्डजती।
 नातीले आजसम्म नाजाने कती प्रश्न सोध्यो सोध्यो।  गन्दै जाने नै हो भने पनि  लाख भन्दा बढी प्रश्नहरु सोधिएका होलान। नातीको नजरमा यो संसारमा सबै भन्दा जान्ने मान्छे- तीनै हजुरबा थिए। हुन पनि हो, हजुरबा  "देश खाएर शेष भएका " मान्छे थिए। (माफ गर्नु होला खासमा- देश खाएर शेष भएका मान्छेहरुलाई हजुरबाले नजिकबाट जानेका थिए चै भन्न् खोजिएको हो)। 
नातीले हजुरबासङ्ग सोध्न हुने /नहुने सारा कुरा सोध्यो। एक पल्ट  "मान्छे कसरी जन्मिन्छ ?" भनेर आफ्नो ड्याडीलाई सोधेको थियो। ड्याडीले "मलाई थाहा छैन ममिलाई सोध" भन्दै पन्छिएका थिए। त्यसपछी ममिलाई गएर सोध्दा "छाडा  ! यस्तो कुरा पनि सोध्छन ?" भनेर झापारेकी थीइन। त्यो बेला देखी उसले ममी र ड्याडीलाई कै सोधेन। हजुरबालाई सोध्यो बरु। हजुरबाले त हरेक प्रश्नहरुको उतर बडो सभ्य र केटाकेटिले सजिलै बुझ्ने गरी बुझाईदिनु हुन्थ्यो।  उदाहरणका लागि त्यही प्रश्नलाई लिदा हुँन्छ।  "मान्छे कसरी जन्मिन्छ  ?" भन्ने प्रश्नको उतर हजुरबाले यसरी यती सभ्य भाषाले दिनु भो कि त्यो कुनै  "छाडा कुरा" हो भन्ने नै लागेन।   त्यसैले ऊ सधैं हजुरबाको साथमै हुन्थ्यो। स्कुल छुट्टी भएका दिन घरमा हुँदा  "हजुरबा-नाती" लग्भग चौबिसै घण्टा सँगसँगै हुन्थे। 
हजुरबालाई एक दिनमै डेढ दुई सय प्रश्न सोध्नु त नातीको दैनिकी नै हुन्थ्यो। प्रमाणका लागि यही कथालाई लिदा हुन्छ। यही कथामा पन्ध्र बीस वटा प्रश्न त सोधि भ्याउला जस्तो छ।     


तर फेरी पनि .......... नातीले सोधेको कुनै  पनि प्रश्न सुनेर  हजुरबा  यसरी हाँसेका थिएनन् -जसरी आज अहिले हाँसे। नातीलाई हजुरबाको यस्तो हाँसो रामायाण सिरियलमा  रावण हाँसे जत्तिकै लाग्यो।  
नातीको हरेक प्रश्नको जवाफ सटिक र सरल भाषामा दिनु हजुरबाको अघोसित धर्म हो भन्ने लागेको थियो- नातीलाई। तर आज चै किन हजुरबा यसरी अट्टहास हासेका हुन् ? नातीले सोच्नै सकेन। अस्ती नातीले हजुरबालाई हम्जाएगाको 'जोक' सुनाएको थियो। त्यत्ती बेला चै यी हजुरबा यसै गरी हाँसेका थिए। नातिको कलिलो बुद्दिले कलिलो अनुमान लगायो- शायद हजुरबालाई त्यही जोक याद आएको हुनुपर्छ।    
  


हजुरबा:  नाती यो सपत भन्ने कुरो किनेर किन्न पाइने जिनिस हैन।  फेरी तँ त ज्ञानी मान्छे छस् । ठुलाले भनेको पनि मान्छस्। ओछ्यान पनि मुत्दैनस्। यती राम्रो मान्छेले किन खानु पर्‍यो सपत ?


हजुरबाले "तँ त ज्ञानी मान्छे छस्" भन्दा मिठो लाग्यो -नातीलाई।  तर यो  "ओछ्यान पनि मुत्दैनस्" चै  नभनेको भए जाती हुन्थ्यो। "ओछ्यान पनि मुत्दैनस्" भन्ने वाक्य सुन्ने बित्तिकै नातीलाई दुई महिना अगाडिको एक घटना याद आयो जुन दिन उसले ओछ्यान मुतेको थियो। तर त्यती बेला हजुरबा तिर्थ घुम्न जाने भनेर तीन चार दिनका लागि जानु भा'को थियो। त्यसैले नातीले ओछ्यान मुतेको उनलाई थाहा नै भएन। नातीको ममी पनि जाती रहेछिन - यो कुरा हजुरबालाई बताइनछिन। नातीले मुसुक्क हाँस्यो र हजुरबाको  'तिर्थ भ्रमण'लाई  धन्यवाद दियो।   


नाती:  मलाई हैन क्या हजुरबा ! हाम्रो क्लासका केटाहरुलाई ख्वाउनलाई हो। लास्ट बेन्चमा बस्ने जोह्नले मसङ्ग सधैं निहु खोज्छ, त्यसलाई एउटा सपत दिन्छु। माइकल पनि नराम्रो छ। सरले पढाईरहेका बेलामा नि एन्जेलालाई हेर्दै घुरिरहन्छ। त्यसलाई 'नि एउटा सपत दिन्छु।

हजुरबा:  नाती ! सपत खाँदैमा कोइ मान्छे सुध्रिन्छ भन्ने हुँदैन। मान्छे सुध्रिने कि बिग्रिने भन्ने कुरा त मान्छे भित्रको 'मान्छे' मा भर पर्ने हो।


 सपत नै खुवाए पनि त्यो जोह्न नसुध्रिने रैछ भनेर नाती अली खिन्न हुन्छ। 

नाती:  सपत खुवाए पनि नखुवाए पनि आखिर मान्छेलाई कै फरक पर्दैन भने ती चौथो नम्बरवालाहरुलाई सपत खुवाइरहनुको के अर्थ छ ?

हजुरबा:  नाती ! सपत खुवाएपछी मान्छे सुध्रिन्छ कि भन्ने आशा रहन्छ।  त्यती मात्रै हो।

नाती: अनी त्यो देशका चौथो नम्बरवालाहरु सुध्रिए त ?

हजुरबा:  उनिहरुले सकेसम्म सुध्रेने प्रयास गरे। अथवा यसो भनौ हामीले देख्दा चै सुध्रिएको देखियो।

नाती:  अनी..............  ?

हजुरबा:  त्यसरी ती चौथो नम्बरवालाहरु "देश र जनताको भलो गर्छु" भन्दै उक्त राज्यको राज्य -ब्यबस्थालाई ब्यबस्थित रुपमा चलाऊन थाले।  यसरी त्यो देश चल्दै गयो........ चल्दै गयो..........चल्दै गयो।

 तर ................. समय एकनास ढङ्गले अगाडि बढीरहदैन। समयको यात्राामा थुप्रै उतारचढाव आइरहन्छ।

अनी एक दिन ती चौथो नम्बरवालाहरुबाटै चुनिएर गएको 'लोके' नाम धरेको एक ब्याक्तीले तिनै चौथो नम्बरवालाहरुसँग निहु खोज्न थाल्यो। डाँका शैलीमा त्यो लोकेले देशै भरी नै  'डाँकागिरी' गर्न थाल्यो। त्यसले  चौथो नम्बरवालाहरुलाई छानीछानी प्रतिसोधपूर्ण ढंगले मुद्दा लगाउने र जेलमा जाकिदिने 'मास्टर प्लान' बनायो। उसको 'मास्टर प्लान' अरुले बुझ्दासम्म त कतिलाई खोरमा जाकिसकेको थियो।
अब के गर्ने भनेर देशै भरी ठुलो खैलाबैला मच्चियो। भागारेभाग भयो। एक, दुई र तीन नम्बरकालाई त कै लिनु दिनु थिएन तर चौथो नम्बरवलालाई ठुलो समस्या भो। आतङ्क  भो।

 त्यो देशै भरी 'डाँकागिरी' ब्याप्त भो।  'डाँकागिरी' ले कसैलाई पनि बस्नु खानु दिएन।


फेरी त्यो लोकेको 'डाँकागिरी' सुरु हुनु भन्दा ठ्याकै एक बर्ष अघी त्यो देशका ती चौथो नम्बरवालाहरुले धेरै खर्च गरेर "संसारकै उत्क्रिस्ठ संबिधान"  बनाएका थिए। त्यसैले पनि  "संसारकै उत्क्रिस्ठ संबिधान" भएको देशमा कसैको 'डाँकागिरी'  कसैले सहने कुरै भएन।

 "जाबो एउटा 'लोके' को आतङ्कबाट हामीहरुले आजित हुनु पर्ने ?" भनेर ती चौथो नम्बरवालाहरुको झुण्डले महाअभियोग लगाएर त्यो लोकेलाई  घोक्रेठ्याक लगाउने निर्णय गरे।

नाती:  हजुरबा ! यो 'महाअभियोग' भनेको चै के हो नि ?

हजुरबा: नाती ! तैले बुझ्ने भाषामा भन्नु पर्दा महाअभियोग भनेको ठुलो आरोप हो। सानो तिनो होइन। । निक्कै ठुलो आरोप। त्यो डाँका लोकेप्रती चोरहरुको यो आरोप थियो कि -
 "'चोरगिरि'लाई चट्टकै छोडेर उसले 'डाँकागिरी' गर्नै हुँदैन्थ्यो। हिजो त्यही चोरहरुको समुदायबाट गएर 'चोरनीती' अनुसारै चल्छु भन्ने अनी अहिले आएर चै 'डाँकानिती' अपनाउने ? यो त सरासर धोका हो। बैमानी हो। तसर्थ उसलाई सजाय दिनै पर्छ।"

यसरी ठुलो बहस भो। चर्चा भो। छलफल भो। भेटघाट भो। कृया प्रतिकृया भो। र अन्तत: त्यो 'डाँकागिरी' गर्नेलाई चोरहरुको बैठक भेलाले सर्बसम्मत निर्णय गरी आइन्दा चोरहरुको समुदायमा छिर्नै नपाउने गरी उसलाई त्यो माथिल्लो पदबाट हटाईयो।  
र यसरी त्यो देशमा कानुन भन्दा माथि कोही पनि छैन भन्ने कुरा प्रमाणीत गरे ती चौथो नम्बरवालाहरुले।  देशबाट 'डाँकागिरि'को अन्त्य भएकामा त्यो देशका सबै जनताहरु बडो खुशी भए।

यसरी फेरी त्यो देश "कानुनी राज्य हो" र त्यहा "कानुन भन्दा माथी कोही पनि छैन" भन्ने कुरामा सबैलाई विश्वाश भो।  अनी.................  देश आफ्नै गतिमा, आफ्नै पाराले चल्दै.... चल्दै......... गयो। र  यसरी चल्दै चल्दै गएर एक दिन देश नै .........  गयो।
तँ ज्ञानी मान्छेलाई  कुरा नलुकाइ नढाँटी भन्नु पर्दा त्यो देश त्यतिन्जेल सम्म चल्यो जतिन्जेल सम्म त्यो चल्न सक्थ्यो।

नाती: अनी हजुरबा ! डाँकालाई त त्यसरी हटाएछन् त्यो राम्रै भो तर ती चौथो नम्बरवाला चोरहरुलाई  चै किन नहटाएका त ?

हजुरबा: नाती ! किनकी त्यो देशका नागरिकहरुलाई त्यो डाँकाप्रती मात्रै सङ्का थियो। चोरहरुप्रती त विश्वाश छदै थियो नि त।

नाती: तै पनि हजुरबा ! ती चोरहरुलाई चै किन विश्वाश गरेका त त्यो देशका जनताले ?

हजुरबा: किनकी ती चोरहरुले त सपत खाएका छन् नि त "देश र जनताको हित गर्छु" भनेर।

नाती: अनी ती चोरहरुले देश र जनताको हित गरेका थिए त ?

हजुरबा: देशको हित गरेका थिए/ थिएनन त्यो त म भन्न सक्दिनँ,  तर यती चै पक्का हो तिनिहरुले 'डाँकागिरी' चै गरेका थिएनन्- जस्तो त्यो 'लोके' भन्नेले गर्‍यो।

नाती:  हजुरबा !  त्यो देशमा 'डाँकागिरी' नागरिकन  'चोरगिरी' गर्नलाई चै छुट थियो हो ?

हजुरबा: खै नाती ! त्यो त म के जान्नु ?

नाती:  तर त्यो देशका जनता मुर्खै रहेछन् डाँकालाई लखेट्ने अनी चोरलाई चै विश्वाश गर्ने ? अच्चम्मै खालका रहेछन्।

हजुरबा: (हजुरबा एक्क्षण कै बोलेनन, अध्यारो मुख लाए) ती जनतालाई 'मुर्ख' नै चै भन्नु हुन्न नाती।

नाती:  चोरहरुलाई विश्वास गर्ने जनतालाई मुर्ख नभनेर विद्वान भन्नु त ? (हाँस्दै)  हजुरबा पनि हसाउनु हुन्छ।


       तर नाती हाँसे पनि हजुरबा हाँस्न सकेनन्। उनलाई कताकता भित्र घोचिरह्यो। हजुरबालाई यस्तो लाग्यो- त्यो नातीले उनैलाई मुर्ख भनिरहेछ। उनैको बिद्वतालाई जिस्काइरहेछ। उनैको जिम्मेवारी, कर्तब्य र नैतीकता माथि प्रश्न उठाइरहेछ। हजुरबालाई असह्य भएर आयो। 

 
हजुरबा: लु लु धेर ठुला कुरा नगर, अब सुत। भोली तेरो स्कुलमा के कार्यक्रम छ भन्दै थीइस हैन ? चाडै उठेर स्कुल जानु पर्छ। अब सुत।


नाती: ओ हो.......  हो त नि ! भोली त १५ अगस्ट।  'इन्डिपेन्डेन्स डे'। बिहानै स्कुल जानु पर्छ, ठुलो कार्यक्रम छ- हाम्रो स्कुलमा।  हजुरबा तपाईं पनि आउनु ल ? पोहोर पनि तपाईं १५ अगस्ठको कार्यक्रममा जानु भएन।  यस पाली चै जानुपर्छ है ?

हजुरबा: खै.........  हेरौं.......  के हुन्छ। आज बिहानै देखि मेरो टाउको अलिअली दुखिरा'छ। भोली सम्ममा  सन्चो भो भने चै म पनि जान्छु तेरो स्कुल।

नाती: ओ हो !  हो र ? अनी हजुरबा दबाइ खानु भएन ?

हजुरबा: अँ..........  खा'को।


"अँ ....... खा'को" भनेर हजुरबाले नातीलाई झुट बोले। वास्तवमा उनले दबाइ खाएकै थिएनन्। दबाइ खाइरहनु जरुरी पनि थिएन किनकी हजुरबाको टाउको दुखेकै होइन। त्यतिक्कै नातिलाई भनेदे'का मात्रै हुन्।  खासमा हरेक  '१५ अगस्ट'का दिन यसरी नै हजुरबालाई कि टाउको कि पेट दुख्छ। टाउको र पेट दुखेन भने खुट्टा त अवश्य दुख्छ, दुख्छ।  पोहोरको  '१५ अगस्ट'मा खुट्टा दुखेको थियो। यस पाली चै टाउको दुख्ने लक्षण देखियो। म दावाका साथ भन्छु- अब अर्को साल  '१५ अगस्ट'का दिन हजुरबाको पेट दुख्ने छ।  त्यसरी  टाउको ,पेट र खुट्टा दुखेका दिन भरीका लागि हजुरबाको संसार भनेको त्यो कोठाको ओछ्यान र बाथरुम मात्रै हुन्।  त्यो दिन उनी कही निस्किदैनन्। अरु दिनको रमझम उनलाई खुब मन पर्छ तर त्यो एक दिनको रमझम खै किन हो- मन पर्दैन। भोली उनी नातीको स्कुल जानेवाला छैनन्, तैपनी नातीलाई आशा देखाउँछन् -  "सन्चो भो भने चै जान्छु" भनेर। नाती पनि हजुरबाको कुरा पत्याउँछ।  नातीले ठीक त्यसै गरी हजुरबाको कुरो  पत्याएको छ, जसरी उसको 'ड्याडी'ले आफ्नो स्कुले जिबनमा पत्याएथ्यो। तर हजुरबा आफ्नो छोरोको बेलामा 'नि कहिल्यै गएनन् - १५ अगस्ठ 'सेलिब्रेसन' प्रोग्राममा। 
      
नाती:  हजुरबा ! बिहान छिट्टै जानु पर्छ है ? भोली त हामी स्टेजमा गएर 'नेसनल एन्थम' गाउँछौ। हाम्रो सरले क्रिश, एन्जेला, पार्थ र मलाई 'नेसनल एन्थम' कण्ठ गरेर आउनु भन्नु भा'छ।

हजुरबा: अनी 'नेसनल एन्थम' कण्ठ गरिस् त ?

नाती: अँ.... गरिसकेँ।  सुनाऊँ ?

जन गन्-मन-अधिनायक,
 जय हे, भारत भाग्य बिधाता !
पन्जाब सिन्धु गुजरात .....


नातिले  'नेसनल एन्थम' (
राष्ट्रिय गीत होइन )पुरै सुनाउँछ -लय हालेर। यता हजुरबालाई हजार सियोले मुटुमै घोचेजस्तो हुन्छ। ज्युदै मरेको भान हुन्छ। आँखाबाट समुन्द्र नै निस्केला जस्तो हुन्छ। तर आफुलाई सम्हाल्दै कुरो बनाउछन। 

हजुरबा: लु लु ......  अब सुत।

नाती: हजुरबा तपाईंहरुको बेलामा 'इन्डिपेन्डेन्स डे' का दिन के-के गर्नु हुन्थ्यो- स्कुलमा ?

हजुरबा: नाती हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो।

नाती: (अचम्म मान्दै) 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो .........  ? अनी स्कुल पनि छुट्टी हुन्नथ्यो ?

हजुरबा:  हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' मनाउनु जरुरी नै  नै थिएन। 'डिपेन्डेन्ड' हुने हरुले मात्रै हो,  'इन्डिपेन्डेन्स डे' मनाउनु पर्ने।

नाती:  (टाउको कन्याउँदै) मत्लब..............  ?

हजुरबा:  मत्लब..............  जुन दिनदेखी हामी  'डिपेन्डेन्ड' भयौ, हो........  त्यही दिनदेखी हामीले 'इन्डिपेन्डेन्स डे' मनाउन थालेका हौ।

नाती:  मत्लब.....  ?  मैले त अझै कुरो बुझिनँ।

हजुरबा:  नाती, मैले पुरै ७१ वटा हिउँद फटाएको छु। म आँफैलाई यो कुरा बुझ्न त बर्सौ लाग्यो भने तँ त हिजोको अण्डा आजको फूल।

नाती:  त्यै पनि भन्नु न ........  बुझाए पछी त म बुझी हाल्छु नि ! हजुरबा यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' को कुरो के हो  ?  भन्नु न प्लिज......।

 हजुरबा:  नाती ! यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' भन्ने कुरो कसैले कसैलाई सिकाएर सिकिने र बुझाएर बुझिने हुँदै होइन। यो त समयले बिस्तारै सिकाउँदै जाने हो।   

नाती: हजुरबा ! अनी म चै कैले यी जान्ने हुन्छु त ?

हजुरबा:  हुन्छस्  हुन्छस् । एक दिन अवश्य यस्ता कुरा जान्ने/बुझ्ने हुन्छस्।  तर तैले जानेर/बुझेर कै फरक पर्ने छैन- यो माटोलाई। समयमै जान्नु/बुझ्नु त मेरो पुस्ताले पर्थ्यो। दुर्भाग्य ! बुझिएन। जानिएन।

नाती:  मत्लब ?

हजुरबा: मत्लब सत्लब कै होइन....  अब सुत। एकै दिनमा धेर जान्नु पनि हुँदैन। दिमाग दुख्छ। बाह्र बज्न लाग्यो होला ...... छिटो सुत। म पनि एउटा काम सकेर चाडै सुत्छु।  


हजुरबा उठेर बाथरुमतिर जान्छन्। नातीले  "यती राती त्यो कुन काम होला  ?" भनेर सोध्नु जरुरी ठान्दैन। सोध्दैन। हजुरबाले 'नि त्यो  "एउटा काम" के चै हो  ? भनेर बताउँदैनन्। बताउन जरुरी ठान्दैनन् भनौ। कसैले कसैलाई  त्यो 'जरुरी काम'का सम्बन्धमा कै नबताइएका कारण यो संसारमा केबल दुईलाई मात्रै थाहा छ - त्यो   'जरुरी काम'के हो भन्ने कुरो। ती दुई मध्ये एक त स्वयम् हजुरबा  भै'गए भने अर्को चाँही  हजुरबाको कोठाको  बाथरुमको भित्तो।  त्यो जरुरी काम भनेको  "देशलाई सम्झेर रुनु" हो, जुन ती हजुरबाको दैनिकी हो।  

मेरा छिमेकीहरु भन्छन् कि यी हजुरबा त्यो  नेपाल नाम गरेको एकादेश कथाको पैलो दोस्रो या तेश्रो नम्बरवाला नागरिक थिए।  हुन त यो कथाको लेखक मै हुँ। त्यसैले कुन पात्रको ईतिहास भुगोल के हो ? भन्ने कुरो   अरु भन्दा बढी मलाई थाहा हुनु पर्ने हो। तर मैले आजसम्म मेरा कथाका पात्रलाई प्रश्न सोधेर दिक्क लगाउने काम गरिनँ /गरेको छुइनँ।  कथाका ती पात्रहरुलाई जसोजसो गरी मन लाग्छ त्यसै त्यसै गरी बग्न दिन्छु -म। यी हजुरबाका सम्बन्धमा मेरा छिमेकीले गरेको त्यो अनुमानलाई नै मैले 'नि सत्य हो भन्ने अड्कल गर्‍या'छु।  

तर जे होस्, सदा झैं आज पनि अबेर सम्मै हजुरबाले  'जरुरि काम' गर्दै आधा रात बिताउलान् भन्ने अनुमान- बाथरुमका भित्ताहरुले  गरेका छन्। 


नोट: यो कथा केबल एउटा 'एकादेशको कथा' मात्रै होइन। यो नाटक मात्रै पनि होइन। समयले नेपाल नामको राज्यमा ती चौथो नम्बरवाला पात्र खटाएर मञ्चन गरिएको एउटा भद्दा मजाक हो। यसलाई कथा र नाटक भनेर मात्रै पुग्दैन। समयले आफ्नो गतिको नियमलाई बिर्सिएर भबिश्यतकाल मार्फत लेखिएको/लेखाइएको डाइरीको एउटा पाना पनि हो। भबिस्यतकालले बर्तमानमा हुत्याएको एउटा चिर्कट्टो भनौ अझ। 

भन्नेहरुले अझै पनि माथि उल्लेखित नेपाल नाम गरेको देश छ भन्छन्। तसर्थ कोही कसैले यो चिर्कट्टो फेला पार्नु भो भने त्यो नेपाल नाम गरेको देश खोजेर त्यहाका पहिलो, दोस्रो र तेस्रो नम्बरवाला नागरिकलाई थमाइदिनु होला- ताकी ती बेलैमा सचेत होऊन्। आफ्नो माटो जोगाउने मौका उनिहरुले पाऊन्।  कृपया चौथो नम्बरवाला नागरिकको हातमा यो चिर्कट्टो नदिनु होला। तिनिहरुले यसलाई रद्दिको टोकरीमा फालिदिनेछन् र यो चिर्कट्टोको आशङ्कालाई चरितार्थ पार्ने छन्। 



॥ इतिश्री 



 निरक्षर निरौला

Tuesday, October 18, 2016



                  गजल  

 यो जीन्दगी भिर भएको छ, पहरा भएको छ 
 म निरक्षरलाई 'एबीसिडी' र कखरा भएको छ 

 मेरा ती सारा दुश्मनहरुलाई, मात खुवाउने गरी
 मलाई आफ्नै आफन्तहरुबाट खतरा भएको छ 

 बलेसीमा उम्रिएको एउटा जौंले यसरी रिस पोख्यो-
 मैजस्तो हो तर घरभित्र उम्रिँदा ऊ जमरा भएको छ 

 यहाँ चरालाई उड्न सिकाइँदै छ, पखेटा काटिदिएर
 हो, मेरो अवस्था ठ्याक्कै त्यही चरा भएको छ 

 मुर्खहरु सम्मानित हुँदै छन्, सभा र गोष्ठिहरुमा
 तर विद्वान जो छ ऊ चैं बलिको बकरा भएको छ 

                                   
                                         - निरक्षर निरौला 



Tuesday, October 4, 2016

रोबोटहरुको देश

रोबोटहरुको देश 

मेरो देश 'रोबोट'हरु द्वारा सन्चालित छ। रोबोटको बिशेषता भन्नुस् या कमजोरी- यसमा 'आर्टीफिसियल इन्टेलिजेन्स' हुँदैन।  'प्रोग्रामिङ इन्टेलिजेन्स' मात्रै हुन्छ।  अर्थात् रोबोट पूर्णत: रिमोट द्वारा सन्चालित/ निर्देशित हुन्छ।  'रिमोटवाला'ले रिमोटमा जेजस्तो 'बटम' थिच्छ, त्यसै अनुरुप कृया/प्रतिकृया दिनु रोबोटको एक मात्र धर्म हो।
         रिमोटवालाले उता (दिल्ली,वासिङ्गटन डिसी र लण्डन) बाट 'राष्ट्रवाद'को बटम थिच्यो भने यता रोबोटहरु 'राष्ट्रवादी मोड' मा आइहाल्छन्। भाइब्रेसनमा भएको मोबाइल झैं राष्ट्रवादको नारा उराल्दै बुरुकबुरुक उफ्रिनै खोज्छन्। तर रिमोटवालाहरु बडो चतुर भएका हुनाले 'राष्ट्रवाद बटम' थिचे लगत्तै 'राष्ट्रघाती बटम' थिचिहाल्छन्। किनकी 'राष्ट्रघाती बटम' अनुसार 'फङसन' गराउनकै लागि रोबोटहरु परिचालित गरिन्छन्/ गराइन्छन्।        
          पहिला पहिला कुन रोबोट कताको रिमोटबाट चल्दै छ भन्ने थाहा पाउन सजिलो थियो। किनकी त्यतिबेला हरेक रोबोटको तार रिमोटसम्म पुगेको हुन्थ्यो। त्यही तार नियाल्दै जाँदा रिमोट कहाँ छ ? र रिमोटवाला को हो ? भन्ने सहजै पत्ता लगाउन सकिन्थ्यो। तर प्राबिधिको बिकाससँगै 'वायरलेस टेक्नोलोजी' भित्रियो। त्यसपछी त कुन रोबोट कहाँको रिमोट द्वारा सन्चालित हो ? छुट्याउनै मुस्किल पर्न थाल्यो। अहिलेको अवस्था ठ्याक्कै यही हो।

            रोबोट मेसिन भएकाले यसलाई चल्न उर्जाको आवश्यकता पर्छ, जुन उर्जा दिल्ली,वासिङ्गटन डिसी र लण्डनबाट प्राप्त हुन्छ। कहिले काही अपवादमा यी बाहेक अन्य तिरबाट पनि उर्जा पाइदो रहेछ।

पुराना रोबोटले राम्रोसँग 'फङसन' गर्न सकेन भने नयाँ रोबोट जन्माइन्छ। नयाँ रोबोटले दस पन्द्र बर्ष आरामले रिमोटवालाको निर्देशन पालना गर्छ। दश पन्द्र बर्षपछी त्यो नयाँ रोबोट 'नि पुरानो हुन्छ, अनी फेरी अर्को नयाँ रोबोटको जन्म गराइन्छ।


यसरी मेरो देश आज 'रिमोटवाला'हरु द्वारा रोबोटमार्फत् चलेको छ। चलाइएको छ। अझ भनौँ- जसोतसो घिस्रिदै छ, घिसारिइदै छ।

Monday, October 3, 2016

तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो

तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो

हुन त एउटा सर्वसाधारण नागरिकले यो देशको सरकारसँग आफ्ना माग राख्न पाईन्छ/पाइन्न ? थाहा छैन, तैपनी डराइ डराइ यो तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो-
१....
हिन्दि भाषालाई होइन, बरु अङ्रेजी भाषालाई नेपालको एकमात्र राष्ट्रिय भाषाका रुपमा लागु गरियोस् भन्ने पहिलो माग छ- मेरो। आज अमेरिका यती बिकसित हुनुका पछाडिको एकमात्र कारण भनेको अङ्रेजि भाषा नै हो। अमेरिकामा स-साना केटाकेटीले पनि फरर्र अङ्रेजि बोल्छन्। अङ्रेजिमै सोच्छन्। अङ्रेजिमै खान्छन्, अङ्रेजिमै सुत्छन्। अनी पो अमेरिका बिकसित हुन सक्यो। तर हाम्रोमा चै डीग्री पढेकाहरु पनि कनीकनी अङ्रेजी बोल्न सक्ने अवस्था छ।
तसर्थ सरकार, अङ्रेजी भाषालाई नेपालको एक्मात्र राष्ट्रिय भाषा घोषणा गरी तुरुन्त लागु गरियोस्।
२.....
बिकासका नाममा सडक, पुल,कलाकारखानाहरु (बिशेषत: उतरतिर सडक बिस्तार गर्दा) बनाउँदा पर्याबरण बिग्रिन्छ। पर्याबरण बिग्रिनु भनेको पृथ्वी बिग्रिनु हो। पृथ्वी बिग्रिनु भनेको मानब लगायत सम्पूर्ण प्राणी जगतकै अस्तित्व माथिको ठुलो खतरा हो। तसर्थ उर्बर्शिल जमीनमा बनाइएका शहरका यी सम्पूर्ण घरहरु बिस्थापित गर्नुपर्छ। गाउका झुप्राहरु पनि उब्जाउ जमिनमै बनाइने भएकाले त्यहाँका बस्तीहरु पनि उठाइनु पर्छ। अब आइन्दा मान्छेहरुले घर बनाउन नपाउने गरी कडा कानुन ल्याउनु पर्छ। यसो गर्दा पर्याबरण बिग्रिदैन। पृथ्वीको आयु लामो हुन्छ। पृथ्वी हराभरा भैरहन्छ।
३.....
हाल सम्म भएका शहीदहरुको नाम लिस्ट सर्सर्ती हेर्दा त्यो समानुपातिक पद्धती अनुरुप नमिलेको/नमिलाइएको पाइयो। तसर्थ त्यहाँ मधेसी, दलित, मुस्लिम, आदिबासी जनजाती, पिछडा बर्ग लगायत अन्य अन्य सम्प्रदायको समानुपातिक प्रतिनिधित्व हुने गरी सबैको उपस्थिती हुनुपर्छ। त्यसका लागि कुनै समुदायबाट बढी शहिद भएका रहेछन् भने तिनलाई घटाउनु/हटाउनु पर्छ। त्यसै गरी कुनै समुदायका तर्फबाट शहिद नभएका भए तिनलाई के/कसरी हुन्छ, शहिद बनाएर त्यो लिस्टमा राख्नु पर्छ। यसरी राष्ट्रका लागि जिबन उत्सर्ग गर्नेहरुको समुहमा सबैको समानुपातिक प्रतिनिधित्व कायम गरिनु पर्छ।

सरकार,
हालका लागि धेरै होइन, यत्ती तीन वटा माग छन्।