नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, October 3, 2016

तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो

तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो

हुन त एउटा सर्वसाधारण नागरिकले यो देशको सरकारसँग आफ्ना माग राख्न पाईन्छ/पाइन्न ? थाहा छैन, तैपनी डराइ डराइ यो तीन बुँदे मागपत्र सरकारसमक्ष राख्ने निर्णय गरीयो-
१....
हिन्दि भाषालाई होइन, बरु अङ्रेजी भाषालाई नेपालको एकमात्र राष्ट्रिय भाषाका रुपमा लागु गरियोस् भन्ने पहिलो माग छ- मेरो। आज अमेरिका यती बिकसित हुनुका पछाडिको एकमात्र कारण भनेको अङ्रेजि भाषा नै हो। अमेरिकामा स-साना केटाकेटीले पनि फरर्र अङ्रेजि बोल्छन्। अङ्रेजिमै सोच्छन्। अङ्रेजिमै खान्छन्, अङ्रेजिमै सुत्छन्। अनी पो अमेरिका बिकसित हुन सक्यो। तर हाम्रोमा चै डीग्री पढेकाहरु पनि कनीकनी अङ्रेजी बोल्न सक्ने अवस्था छ।
तसर्थ सरकार, अङ्रेजी भाषालाई नेपालको एक्मात्र राष्ट्रिय भाषा घोषणा गरी तुरुन्त लागु गरियोस्।
२.....
बिकासका नाममा सडक, पुल,कलाकारखानाहरु (बिशेषत: उतरतिर सडक बिस्तार गर्दा) बनाउँदा पर्याबरण बिग्रिन्छ। पर्याबरण बिग्रिनु भनेको पृथ्वी बिग्रिनु हो। पृथ्वी बिग्रिनु भनेको मानब लगायत सम्पूर्ण प्राणी जगतकै अस्तित्व माथिको ठुलो खतरा हो। तसर्थ उर्बर्शिल जमीनमा बनाइएका शहरका यी सम्पूर्ण घरहरु बिस्थापित गर्नुपर्छ। गाउका झुप्राहरु पनि उब्जाउ जमिनमै बनाइने भएकाले त्यहाँका बस्तीहरु पनि उठाइनु पर्छ। अब आइन्दा मान्छेहरुले घर बनाउन नपाउने गरी कडा कानुन ल्याउनु पर्छ। यसो गर्दा पर्याबरण बिग्रिदैन। पृथ्वीको आयु लामो हुन्छ। पृथ्वी हराभरा भैरहन्छ।
३.....
हाल सम्म भएका शहीदहरुको नाम लिस्ट सर्सर्ती हेर्दा त्यो समानुपातिक पद्धती अनुरुप नमिलेको/नमिलाइएको पाइयो। तसर्थ त्यहाँ मधेसी, दलित, मुस्लिम, आदिबासी जनजाती, पिछडा बर्ग लगायत अन्य अन्य सम्प्रदायको समानुपातिक प्रतिनिधित्व हुने गरी सबैको उपस्थिती हुनुपर्छ। त्यसका लागि कुनै समुदायबाट बढी शहिद भएका रहेछन् भने तिनलाई घटाउनु/हटाउनु पर्छ। त्यसै गरी कुनै समुदायका तर्फबाट शहिद नभएका भए तिनलाई के/कसरी हुन्छ, शहिद बनाएर त्यो लिस्टमा राख्नु पर्छ। यसरी राष्ट्रका लागि जिबन उत्सर्ग गर्नेहरुको समुहमा सबैको समानुपातिक प्रतिनिधित्व कायम गरिनु पर्छ।

सरकार,
हालका लागि धेरै होइन, यत्ती तीन वटा माग छन्।

No comments:

Post a Comment