नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, October 24, 2016

को कती पानीमा छन् ?

को कती पानीमा छन् ?

अहिले सामाजिक सन्जाल, चिया पसल, बैठक, भेला, पत्रपत्रीका, रेडियो टि.भी सबै तिर लोकमान सिंह कार्की र उनका बिरुद्द संसदमा प्रस्तावित महाअभियोगका सम्बन्धमा चर्चा परिचार्चा, बहस, बाद्बिवाद चलिरहेको छ। अहिले यो बिषयका सम्बन्धमा जानकारी नराख्ने शायदै होलान्। हरेकलाई चासो छ- अब के हुन्छ ? अबको राजनीतिक कोर्स कसरी आगाडी बढ्छ ? संसदमा प्रस्तावित महाअभियोग प्रस्ताव हुन्छ ? उक्त प्रस्ताव संसदको दुई तिहाइ बहुमतले पारीतहोला /नहोला  ?  अथवा के होला ? महाअभियोगका सवालमा सबै राजनीतिक दल एकातिर र काङ्रेस चै किन अर्कोतिर ?  काङ्रेसको यस्तो अलमलाईको कारण के हो ? यस्तै यस्तै सवालहरुले अहिले गाउ शहर बजार तातेको छ।

संबिधानको कार्यन्वयनका लागि २०७४ माघ ७ सम्मको समयबधी छ। त्यो मिती भन्दा अघी नै हामीले स्थानिय तह, प्रदेश र केन्द्र (संघ) को निर्वाचन गराइसक्नु पर्न्ने संबैधानिक बाध्यता छ। उक्त निर्धारित मिती भन्दा अघी यी तीन निर्वाचन गर्न नसके यो संबिधानको भविश्य के हुने हो ?  कसैले भन्न सक्ने अवस्था छैन।प्रदेश सिमाङ्कनको कुरो अझै टुङ्ग्याउन सकिएको छैन। मधेसी दलहरुलाई साथमै लिएर जादा तिनिहरुका केकती माग पुरा गर्न सकिन्छ ? केकती सकिन्न ? भन्ने कुरा सरकार-मधेसी दल बार्ता द्वारा सुल्झाउनै छ।  सिमाङकन टुङगिहाले पनि निर्वाचन गर्न /गराउनका लागि थप सयौ कनुन बनाउनु पर्ने देखिन्छ।

तसर्थ  यस्तो अवस्थामा हरेक सेकेण्ड सेकेण्डको ख्याल राखिनु पर्ने हो। तर दुर्भाग्य हामी सही बाटोमा भए पनि जुन गतिमा हिंड्नु पर्ने हो त्यो गतीमा हिंड्न सकिरहेका छैनौं।  हामीले सधैं के कुरा याद राख्नु पर्छ भने- बाटो भलै सही होस् तर यात्राामा अलमलिनेहरु कहिल्यै गन्तब्यमा पुग्दैनन्। पुगेका छैनन्। हाम्रासामु अलमलिनका लागि पहिले नै अनेक अल्झ्याइहरु काफी थिए। अब झन अर्को एक थपिएको छ -यो महाअभियोग प्रसङ्ग। अब यसले नेपालको राजनीतिक यात्रा (संबिधान कार्यन्वयन) लाई एक महिना अल्मलाउने पक्का भो।


माथि सुरुमा उठाइएका प्रश्नहरुलाई अहिले थाती राखेर यो महाअभियोग प्रस्ताबका सम्बन्धमा यहाँ चर्चा गर्न खोज्दै छु। यो महाअभियोग प्रस्ताब किन यसरी रातारात आयो भन्ने कुराहरु त छापाहरुमै छरपस्ट भइसक्यो। लोकमानले आफु अख्तियारको प्रमुख आयुक्त भएदेखी समानान्तर सत्ता चलाऊने गरेको भन्ने पनि समाचारहरु अैरहेकै छन्। आखिर यो प्रकृया जती लम्बिधै जान्छ उती उती थप कुराहरु बाहिर निस्किदै जालान्। तपाईं हामीले त्यो हेर्नु नै छ। तर यहाँ अहिले चै लोकमान सिंह कार्की बिरुद्दको महाअभियोग प्रकृयाका  उत्प्रेरकहरु: अदालत, मीडिया, नेताहरु र लोकमान बिरुद्ध उफ्रिनेहरु यी ४ पक्षका भूमिकाका सम्बन्धमा सङक्षिप्त चर्चा गरिदैछ।   


अदालत:
अदालतमा कुनै पनि ब्याक्ती उपर उजुरी परिसकेपछी त्यसका सम्बन्धमा अनुसन्धान थालिन्छ। अनुसन्धान गर्ने क्रममा उक्त आरोपीलाई "अदालतमा हाजिर हुनु" भन्ने ब्योहोराको पत्र थमाइन्छ। तर आरोपीलाई प्रतक्ष नभेटिए उसको निवास स्थानमा सो ब्योहोराको पत्र, तामेली भनौ टासिन्छ। त्यसरी तामेली टास्न नसकिए पत्रीकामा छपाईन्छ। यसरी तहगत प्रकृया छन्। हरेक तहमा कती समय पर्खिने भन्ने पनि समय छ।
फेरी नेपाल सरकारले आफ्ना बिशिस्ठ ओहोदामा बसेकाहरुलाई क्वाटरको ब्यबस्था गरेको हुन्छ। त्यसमाथी लोकमान सिंह कार्की भनेको सम्बैधानिक निकायका प्रमुख हुन्। उनलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय परिसर भित्रै क्वाटर दिएर राखेको छ। त्यसो हुनाले अदालतले तामेली टास्नलाई लोकमानको क्वाटर तिरै नपठाएर किन अरु अरु ठाउँ पठाएको हो ? यो बुझ्न सकिएन। नेपाल सरकारका निकाय प्रमुख कहाँ बस्छन् भन्ने कुरो के अदालतलाई थाहा नभएकै हो ? हैन भने कुरो के हो ?  स्पस्ट आउनु पर्‍यो। कतै हाम्रो अदालत "स्टन्टबाजी" को सिकार भएको त हैन ?

सम्मानित अदालतमाथि प्रश्न उठाउने मेरो मनशाय हुँदै होइन। तर यो प्रसङ्गलाई यसरी पनि हेर्न सकिन्छ भन्ने सम्मको मत हो। अदालतले आफ्नो कामकारबाही गर्दा त्यो कारबाहीका सम्बन्धमा  कुनै पनि प्रश्न उठाउने मौका दिनु हुँदैन।

मिडिया: 
लोकमानका यो प्रसङ्गमा हाम्रा नेपाली मिडिया पनि एक्सुरे प्रब्रितिका देखिन्छन्। लोकमानले आजसम्म केके गरे भन्ने कुराको फेहरिस्त प्रस्तुत गर्नु पत्रपत्रीकाको अहिलेका धर्म भएको छ।  यहाँ लोकमान सही हुन् भनेर भन्न खोजिएको होइन तर कानुनी रुपमा अझै पनि उनी "गलत हुन" भन्ने कुरा प्रमाणित भइसकेको छैन, त्यता तिर पनि सोच्नु पर्‍यो। लोकमानका सम्बन्धमा अहिले सारा मिडियाले यसरी लेखिरहेका छन्, प्रसारण गरिरहेछन - कि मानौ अहिले नै उनी दोशी ठहर भैसके।
लोकमानले भलै प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान अगाडि बढाउन थालेका होलान् तर हामीले भुल्नु भएन कि अख्तियार प्रमुखको काम भनेकै अधिकारको दुरुपयोग गरियो /गरिएन त्यो हेर्नु हो। भलै लोकमानको नियुक्ति गलत थियो भनी अदालतमा मुद्दा बिचराधीन छ, निर्णय भइसकेको छैन। तसर्थ उनी अहिले पनि संबैधानिक निकायका प्रमुख हुन्। थिए भनौ अब त निलम्बनमा जो परिसके उनी। तर निलम्बनमा पर्नु भन्दा अघी लोकमानले ठुला नेताहरु माथि अनुसन्धान थाल्नु /थालन खोज्नु अख्तियारको काम कर्तब्य भित्रै पर्छ। बाहिर होइन।  हाम्रो मिडियाले यसरी चै किन सोच्न नसकेको ? कि यसरी सोच्नै नचाहेको हो ?


नेताहरु:
लोकमान अहिले भर्खर अस्ख्तियार प्रमुख भएका होइनन्। हिजो यिनको नियुक्तिमा पनि यसै गरी बिरोध भएकै हो। त्यती बेला यीनै नेताहरुले लोकमान प्रमुख आयुक्तको लागि उपयुक्त छन् भनेर बिरोध गर्नेहरु सबैलाई जितेका थिए। यीनै ठुला दलको आपसी सहमतीमा उनको नियुक्त भएको हो। लोकमान माथि महाअभियोग लगाउनै पाइदैन भनेर भन्नु मुर्खता हुन जानेछ। तर हिजो किन यीनै लोकमनलाई ठीक देखियो ? यो प्रश्नको जवाफ दिनु पर्छ कि पर्दैन जनतालाई ? लोकमान बिरुद्द डाक्टर गोबिन्द केसिले महाअभियोग लगाउनु पर्छ भनेर त्यात्त्रो दिन अनसन बस्दा र त्यात्रो  जनलहर उर्लिदा कानमा तेल हालेर बसेका यी नेताहरुलाई के र कुन तत्वको प्रभावमा एक्कासी रातारात महाअभियोग प्रस्ताब दर्ता गर्नु पर्ने जरुरी भो ? यो कुराको जवाफ नदीइकन उम्किन पाईन्छ ? हो भोली सम्सदको दुई तिहाइ बहुमतले लोकमान बिरुद्दको महाअभियोग प्रस्ताब पारीत गर्‍यो भने उनी पदबाट बर्खास्त हुने नै छन। त्यसमा दुई मतै भएन। तर नेता ज्युहरुको यस्तो घबराहटको अर्थ के हो ?
  
महाअभियोग प्रस्ताब दर्ता गर्दा लोकमानले प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान चलाएको भन्ने आरोप प्रस्तावक नेता ज्युहरुको छ। नेता ज्यु, हो एक क्षणलाई मानौ लोकमानले प्रतिसोधपूर्ण ढङ्गले नै अनुसन्धान चलाएछन् रे तर तपाईंहरुले रातारात ल्याउनु भएको महाअभियोग प्रस्ताबमा चै 'प्रतिसोध' को गन्ध पनि छैन हो ?
प्रतिसोधपूर्ण ढङ्गले अनुसन्धान चलाए छन् नै भने पनि आफु चोखो हुनुहुन्छ भने किन ब्यर्थै आत्तिनु हुन्छ ?  आफुलाई चोखो भन्ने /ठान्ने महोदयहरुलाई चिटचिट पसिना आउनुको कारण के चै  रहेछ त ? हामी त सामान्य जनता ! त्यती बुझ्दैनौ। कृपया यो कुरो स्पस्ट पारिदिएर हाम्रा आशङ्कालाई गलत साबित गराइदिनु हुन सबिनम्र अनुरोध छ।


लोकमान बिरुद्ध उफ्रिनेहरु:
अहिले पुरै देश लोकमान सिंह कार्की बिरुद्ध खनिए जस्तो देखिएको छ। । सारा नेपालीहरु आफुले "जानेको तर भन्न मिल्ने" जती गालीका शब्दहरु खर्चिएर उनै लोकमान बिरुद्द उफ्रिँदै छन्। तर यसरी बिरोध गर्दै उफ्रिनेहरुलाई मुख्यत: तीन समुहमा बाँडेर हेर्नुपर्ने हुन्छ।

१.....डा. गोबिन्द केसिले "लोकमान सिंह कार्की बिरुद्द महाअभियोग लगाउनु पर्छ" भनेर अनसन बसेका दिन भन्दा अगाडि देखी नै उफ्रिनेहरु,
२..... डा. केसीले त्यो माग राखेर अनसन बस्न थालेको दिनदेखी उफ्रिनेहरु,
३....ठुला दलका ठुला नेताहरुलाई खोरमा जाक्ने लोकमानको "मास्टर प्लान" थाहा पाएको दिनदेखी (क्षणदेखी) लोकमान बिरुद्द उफ्रिनेहरु,


- यी तिनै समुहका उफ्र्याँइ फरक-फरक भएर पनि एकै जस्तो छ। एकै जस्तो भएर पनि फरक-फरक जस्तो छ। तर उफ्रिनु मात्रैले कै अर्थ राख्दैन, बरु कुन मान्छे कुन बेलादेखी उफ्रिन थाल्यो ? यो चैं महत्वपूर्ण सवाल हो।

अन्त्यमा,  लोकमान सिंह कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेकाले अब तिन वटा मध्ये कुनै एउटा पारीणाम निस्किने देखिन्छ।

कि त भने  दुई तिहाइ बहुमतले  प्रस्ताव पारीत भएर लोकमान पदबाट बर्खास्त हुनेछन्।
कि त  दुई तिहाइ नपुगेर प्रस्ताव तुहिनेछ।  अथवा यो प्रस्ताबमा भोटिङ्ग सुरु हुनु भन्दा पहिले नै लोकमानले रजिनामा दिने छन्। तर निस्कर्श के हो भने- कार्की बिरुद्धको महाअभियोग प्रकृया जे जसरी टुङ्गिए पनि यो घटनाले को कती पानीमा रहेछन् भन्ने चै घाम जत्तिकै छलङ्ग भो।



- निरक्षर निरौला 
  फत्तेपुर, सप्तरी। 
 niraulanirakshar@gmail.com

...

1 comment:

  1. Great judgement. I agree to your point and have been able to judge the national issue through impartial lens. Keep it up incoming days too.

    ReplyDelete