नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, October 4, 2016

रोबोटहरुको देश

रोबोटहरुको देश 

मेरो देश 'रोबोट'हरु द्वारा सन्चालित छ। रोबोटको बिशेषता भन्नुस् या कमजोरी- यसमा 'आर्टीफिसियल इन्टेलिजेन्स' हुँदैन।  'प्रोग्रामिङ इन्टेलिजेन्स' मात्रै हुन्छ।  अर्थात् रोबोट पूर्णत: रिमोट द्वारा सन्चालित/ निर्देशित हुन्छ।  'रिमोटवाला'ले रिमोटमा जेजस्तो 'बटम' थिच्छ, त्यसै अनुरुप कृया/प्रतिकृया दिनु रोबोटको एक मात्र धर्म हो।
         रिमोटवालाले उता (दिल्ली,वासिङ्गटन डिसी र लण्डन) बाट 'राष्ट्रवाद'को बटम थिच्यो भने यता रोबोटहरु 'राष्ट्रवादी मोड' मा आइहाल्छन्। भाइब्रेसनमा भएको मोबाइल झैं राष्ट्रवादको नारा उराल्दै बुरुकबुरुक उफ्रिनै खोज्छन्। तर रिमोटवालाहरु बडो चतुर भएका हुनाले 'राष्ट्रवाद बटम' थिचे लगत्तै 'राष्ट्रघाती बटम' थिचिहाल्छन्। किनकी 'राष्ट्रघाती बटम' अनुसार 'फङसन' गराउनकै लागि रोबोटहरु परिचालित गरिन्छन्/ गराइन्छन्।        
          पहिला पहिला कुन रोबोट कताको रिमोटबाट चल्दै छ भन्ने थाहा पाउन सजिलो थियो। किनकी त्यतिबेला हरेक रोबोटको तार रिमोटसम्म पुगेको हुन्थ्यो। त्यही तार नियाल्दै जाँदा रिमोट कहाँ छ ? र रिमोटवाला को हो ? भन्ने सहजै पत्ता लगाउन सकिन्थ्यो। तर प्राबिधिको बिकाससँगै 'वायरलेस टेक्नोलोजी' भित्रियो। त्यसपछी त कुन रोबोट कहाँको रिमोट द्वारा सन्चालित हो ? छुट्याउनै मुस्किल पर्न थाल्यो। अहिलेको अवस्था ठ्याक्कै यही हो।

            रोबोट मेसिन भएकाले यसलाई चल्न उर्जाको आवश्यकता पर्छ, जुन उर्जा दिल्ली,वासिङ्गटन डिसी र लण्डनबाट प्राप्त हुन्छ। कहिले काही अपवादमा यी बाहेक अन्य तिरबाट पनि उर्जा पाइदो रहेछ।

पुराना रोबोटले राम्रोसँग 'फङसन' गर्न सकेन भने नयाँ रोबोट जन्माइन्छ। नयाँ रोबोटले दस पन्द्र बर्ष आरामले रिमोटवालाको निर्देशन पालना गर्छ। दश पन्द्र बर्षपछी त्यो नयाँ रोबोट 'नि पुरानो हुन्छ, अनी फेरी अर्को नयाँ रोबोटको जन्म गराइन्छ।


यसरी मेरो देश आज 'रिमोटवाला'हरु द्वारा रोबोटमार्फत् चलेको छ। चलाइएको छ। अझ भनौँ- जसोतसो घिस्रिदै छ, घिसारिइदै छ।

No comments:

Post a Comment