गजल
हात्ती उहिल्यै छिरेको हो तर पुच्छर अड्किएको छ ॥
मेरो चिठ्ठी ठेगानामै पुगे पनि खबर अड्किएको छ ॥
मेरा साथी इस्टमित्र, झन्डा फहराउदै छन् -शिखरमा
हेर्नुस् ... आधार शिबिरमै यो निरक्षर अड्किएको छ ॥
मैले जिउनी खेत, बारी र आँगन- उकासेँ साहुबाट
अझै उकास्न बाँकी नै छ मेरो घर, अड्किएको छ ॥
यो बाटो हिडिरहदा कही न कही पुगिन्थ्यो होला तर
मेरो त जिन्दगी अड्किएको छ, सफर अड्किएको छ ॥

No comments:
Post a Comment