गजल
यो जीन्दगी भिर भएको छ, पहरा भएको छ ॥
म निरक्षरलाई 'एबीसिडी' र कखरा भएको छ ॥
मेरा ती सारा दुश्मनहरुलाई, मात खुवाउने गरी
मलाई आफ्नै आफन्तहरुबाट खतरा भएको छ ॥
बलेसीमा उम्रिएको एउटा जौंले यसरी रिस पोख्यो-
मैजस्तो हो तर घरभित्र उम्रिँदा ऊ जमरा भएको छ ॥
यहाँ चरालाई उड्न सिकाइँदै छ, पखेटा काटिदिएर
हो, मेरो अवस्था ठ्याक्कै त्यही चरा भएको छ ॥
मुर्खहरु सम्मानित हुँदै छन्, सभा र गोष्ठिहरुमा
तर विद्वान जो छ ऊ चैं बलिको बकरा भएको छ ॥
- निरक्षर निरौला
No comments:
Post a Comment