नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, October 30, 2016

यौटा सस्तो उपन्यास - मनसुन

पुस्तक टिप्पणी

यौटा सस्तो उपन्यास - मनसुन 

छील्लो समय नाम चलेको लेखक भनिन्छ- सुबिन भट्टराईलाई। उनको हाल्सालै 'मनसुन' भन्ने उपन्यास आएको छ- बजारमा। यो भन्दा अघी 'समर लभ' 'साया' आएको थियो। युवा पुषतामाझ खुब नाम चलेका भनिएको छ सुबिन भट्टराईलाई। जसरी भारतमा चेतन भगत युवा पुस्ता माझ चर्चित छन, लग्भग त्यही अनुपातमा नेपालमा उनलाई लीइने गरिन्छ। तर यो केबल युवाहरुको सोचाइ हो। युवाहरुको हेराइ हो। 

नेपाली साहित्यका वास्तबिक पाठक निक्कै थोरै सन्ख्यामा छन्। त्यसमाथी आजकल मौसमी पाठकको बिगबिगी नै छ भन्दा हुन्छ। ती मौसमी पाठकहरुलाई सस्तो कृति खुब मन पर्छ। सस्तो साहित्यमा दिमागी परिश्रम गर्नु नपर्ने, दिमाग चलाऊनु नपर्ने हुनाले त्यस्ता कृति तिनिहरु खुब रुचाउछन्।  त्यस्तो कृति पढ्न थालनु भन्दा अगाबै सामाजिक सन्जालमा त्यो कृतिको फोटो राख्न भ्याइहाल्छन। उनीहरुलाई त्यो किताब पढ्नुमा भन्दा अरुलाई "मैले नि त्यो किताब पढेको छु नि" भन्न पाउनुमा ज्यादा मज्जा छ। 

फेरी आज्कल त्यस्तै सस्तो साहित्य लेख्ने लेखकहरुको "हाइ-फाइ" का कारण उनिहरुको किताब नपढ्नु भनेको त समाजबाटै बहिस्क्रित प्राणी हो भन्ने जस्तो शैलीले सोच्छन- सस्तो साहित्य प्रेमिहरु। 
          हो, सस्तो साहित्यले मौसमी पाठक कमाउन सक्ला, पैसा नि कमाउन सकिएला, लेखक सेलिब्रेटी पनि बन्ला तर त्यो मौसमी प्रभावको हुन्छ। साहित्य भनेको मौसमी हुनु हुँदैन। साहित्यले त जुगजुग बाच्नु पर्छ। सस्तो साहित्य जुग्जुग बाच्ने होइन, हावाको झोक्का झै एक समय बतासिएर आउछ। सबैलाई बगाउला झै गर्छ र अली पछी उस्तै। न कुनै प्रभाव, न कुनै आभास।

यसै सन्दर्भमा उनै सुबिनको मनसुनका सम्बन्धमा टिप्पणी गर्दैछु। मैले गर्ने टिप्पणीका आधारहरु:

१. उपन्यासको कथानक केकस्तो छ ?
२. उपन्यासका पात्रहरुको चरित्र केकस्तो छ ?
३. उपन्यासले के सन्देश दिएको छ ?
४. उपन्यासमा बौद्दिक्ता केकस्तो केकती छ ?   


   

 उपन्यासको कथानक:
- मनसुन उपन्यासको कथानकको कुरा गर्नु पर्दा यो पूर्णत: रतीरागात्मक प्रेम कथा भनु पर्ने हुन्छ। यस् कथामा कहिले सम्योग श्रीङ्गार त कहिले बियोग श्रीङगार भेटिन्छ। कथाको अन्त्यमा बियोग भएकाले यो उपन्यासको कथा बियोगान्त छ भनेर भन्नुपर्छ।  

कथाको मुख्य पुरुष पात्र शुभान छ। उसका साथी रमेशवर र सुन्दरे छन। तिनै जनाको दोस्ती खुब जम्छ। रमेश्वरले धरानकी केटी सँग विवाह गर्ने हुन्छ। त्यही विवाहमा एउटी सुन्दर युवती भेट्छ- शुभानले। त्यो केटीको नाम मनसुन हुन्छ। मनसुन सङ्ग सुभानको प्रेम बिस्तारै बढ्दै जान्छ। शुभान काठमाडौंको बासिन्दा हुन्छ, मनसुन धरानकी। तै पनि प्रेम चल्दै जान्छ। ख्याल ख्यालमै शुभान एक चोटि धरान पुग्छ मनसुनलाई भेट्न्। पछी एक चोटि मनसुन पनि काठमाडौं आउछे। काठमाडौंमा ती दुबै जोडीले घुमघाम गर्छन्। रमाइलो गर्छन्।   शुभानले के-के किनेर दिन्छ मनसुनलाई - उपहार भन्दै। मनसुन धरान फर्किने क्रममा धादिङमा एउटी साथीकोमा बस्ने हुन्छे। सुभानले उसलाई धादिङसम्म छोडी दिन्छ। 

बिचमा माया प्रेमका कुरा हुन्छन। तर धरान पुगेको केही दिनपछी मनसुनले उपहारमा पाएको भनिएका सबै सामान फिर्ता पठाइदिन्छे- कुरिएर गरेर। साथमा पत्र पनि हुन्छ - "सरी म तिमीलाई प्रेम गर्न असमर्थ छु" भन्ने पाराले। तर किन असमर्थ ? भनेर खुलाउदिन- मनसुनले। त्यसपछी दुईको सम्बन्ध टुट्छ। पछी आफ्नै साथीहरुले मनसुन सङ्ग बल्ल्बल्ल संपर्क गराउछन- फोन संपर्क। तर मनसुनले सुभान सङ्गको प्रेम त्यतिमै टुङ्ग्याउने जवाफ दिन्छे। 

पछी मनसुनले आत्महत्या गर्ने प्रयास गरी रे र हस्पिटलमा छे भन्ने खबर पाएर शुभान हतारिदै धरान पुग्छ। बिस्तारै मनसुनलाई ठीक हुँदै जान्छ। मनसुनले शुभानलाई अघिल्लो चोटि किन प्रेम गर्न सक्दिन भन्ने कुरो खोल्छे। मनसुनले एउटा केटोलाई प्रेम गर्दी रहीछ। तर त्यो केटोले उमनसुनलाई उत्ती चासो नदिने रहेछ।  त्यसैको दोधारमा परेर मनसुन कैले शुभान सङ्ग नजिकिने त कैले टाढा हुने गर्दी रहीछ। तर अब चै त्यो केटोलाई पुरै छोडेर शुभान सङ्गै जिबन बिताउने कुरा गर्छे।   यसै गरी एक हप्ता बिताएर सुभान काठमाडौं फर्किन्छ। एक चोटि फेरी मनसुन काठमाडौं आइपुग्छे शुभानलाई भेट्न। दुबैको बिहे हुने पक्का हुन्छ तर शुभानको हजुरबा बितेकाले बिहे एक बर्षपछी मात्र गर्ने छलफल हुन्छ। 

त्यसको एक बर्षपछी केटीले शुभानलाई धरान भेट्न् बोलाउछे। शुभान खुशी हुँदै धरान आइपुग्छ। तर मनसुनले त्यो पुरानो केटोलाई बिर्सनै नसक्ने र शुभनलाई गरेको प्रेम जबर्जस्तिको जस्तो मात्र भएको बताउछे। त्यो पुरानो केटो जतीको प्रेम शुभानप्रती जगाउनै नसकेको कुरा मनसुन बताउछे। शुभानले उसलाई सम्झाउने अनेक प्रयास गर्छ तर ऊ त्यही पुरानो केटोप्रती एकोहोरिएकी छ, जबकी त्यो केटोले मनसुन सङ्ग फोनमा बोल्न समेत चाहदैन। वास्तै गर्दैन। अन्तत: कै नलागेपछी रित्तो हात फर्किन्छ- शुभान।  

कथानक यत्ती हो यो उपन्यासको। कथानकको सामयाबधी लग्भग तीन बर्षको अनुमान लगाउन सकिन्छ।
यत्तिको कथानकलाई मैले चै दम्दार मान्न सकिनँ। ठिकै छ। तर उत्क्रिस्ठ होइन। आहा ! भन्ने खाल्को होइन। 


उपन्यासका पात्रहरुको चरित्र:
पात्रको चरित्रको कुरा गर्नु पर्दा शुभान र मनसुनमा परीपक्कताको कमी देखिन्छ। परीपक्कताको अर्थ- बौदिक अर्थमा। उनिहरुमा एकै छिनमा रिसाइ हाल्ने, एकै छिनमा फेरी ठीक भइहाल्ने खाल्को स्वाभाव देखिन्छ। मनसुनमा आफुले गरेको निर्णयप्रती कटिबद्द देखिदिन। घरी आफ्नो पुरानो केटोसङ्ग प्रेम गरिरहन खोज्ने, भलै त्यो एकोहोरो नै किन नहोस्। घरी शुभान चाहिने। शुभन पनि केटाकेटी जस्तो उसले जसो जसो भन्छे- त्यै त्यै र त्यसै त्यसै मान्ने खाल्को देखिन्छ। मनसुनलाई भेट्न् उता धरान जादा यता घरपरिवारलाई पूर्णत: बिसिए जस्तो देखिन्छ। फेरी यता हजुरबा सङ्ग नजिकिदा "हजुरबा जत्ति म कसैलाई पनि प्रेम गर्दिनँ" भन्ने खालको व्यबहार गर्ने। त्यसैले शुभान एकोहोरो खालको देखिन्छ। जता गयो उतै ठीक। स्थाइ सोच छैन। मौसमी सोच लिएर हिंड्ने पात्र जसको आफ्नो स्थाइ बिचार छैन।  

उपन्यासमा नायकको हजुरबा पनि आउछन  घरी घरी  अलिअली। हजुरबा नातीको चालामाला नियालिरहने खाल्को स्वाभावको देखिन्छन।


  उपन्यासको सन्देश:

- उल्लेख नै गर्नु पर्ने खाल्को सन्देश चै मैले यो उपन्यासमा भेटिनँ। 
   


  उपन्यासमा बौद्धिक्ता  
- यो उपन्यासमा मैले चै कै बौदिक्ता भेटिनँ। सामान्य बिचारधारा धारा अनुसार बगेको छ। कही कती दिमाग लगाएरै सोच्नु पर्ने या यसो एक्क्षण घोरिएर सोच्नु पर्ने कुनै ठाउँ छैन।
उपन्यासको कथा अन्त्य अब के होला ? भन्ने खाल्को बनाउन त खोजिएको छ तर सोच्नै पर्ने गरी कर लगाउनै पर्ने स्थिती चै छैन। अब फेरी मनसुनले शुभान सङ्ग पहिले जस्तै गरी फर्केर आइ भने शुभानले उसलाई स्वीकार्ला ? वा के होला भन्ने जस्तो मसिना जिज्ञासा पलाउछ तर त्यो त्यती जोड सङ्ग उब्जिदैन।   



उपन्यासका कमिकमजोरीहरु:
 - उपन्यासको सुरुवात उनै भारतिय लेखक चेतन भगतको किताबमा आधारित हिन्दी चलचित्र 'थ्री इडियट' को शैलीमा हुन्छ। पात्र पनि तीन जना। परिवेश पनि लगभग उहीँ। उपन्यास पढ्न थाल्दा सुरु सुरुमा पाठकलाई  यस्तो लाग्छ "म थ्री इडियट फिल्म हेर्दै छु।" लेखकले त्यो उपन्यासको सुरुवाती चरणमा कथा भन्ने शैली त्यही फिल्मबाट लिएको जस्तो लाग्छ।

त्यसैगरी उपन्यासलाई अनावश्यक रुपमा लम्ब्याउन खोजिए जस्तो लाग्छ।  त्यती नै कुरा त्यतिनै प्रभाव पार्ने गरी निक्कै थोरै पानामा भन्न् सकिन्छ। कतै कती कुनै कुरा, प्रसङ्ग या बिषयको व्याख्या गर्दा एकै शैलीको वाक्य आठ दश पटक प्रयोग गरिएको छ। एक ठाउँमा त दुई वाक्य एक अनुच्छेद पछी ठ्याक्कै दोहोरिए जस्ता छन। यस्तो लाग्छ लेखकले टिपोटबाट टिप्न खोज्दा लेखकले त्यही एक लाइन दुई पल्ट् सारे।  

"हजुरबालाई आफ्नी प्रेमिका जत्तिकै प्रेम गर्छु या त्यो भन्दा ज्यादै नै पनि" भन्ने खाल्को आसय ब्यक्त गरे पनि सुभानले हौरबाको मृत्‍युको खबर सुन्दा खासै ठुलो प्रतिकृया दिदैन। यस्तो लाग्छ कै भएकै छैन। त्यो खबर थाहा पाए पछीको कुरा भन्दा चार पाँच अनुच्छेदमा चाँही "हजुरबा बिना मेरो जिबन अधुरो छ"  भन्ने खाल्को कुरा गरे पनि त्यस किसिमको प्रतिकृया उक्त दु:खद खबर सुन्दै आउनु पर्थ्यो। अनी प्रभावकारी हुन्थ्यो। 

  हजुरबा प्रती शुभान बढी नै नजिक थ्यो भन्ने कुरा सुभानको मनस्थितिले देखाउन खोजिएको त छ तर प्रभावकारी छैन। एकोहोरो हो कि हो भन्ने शैलीमा जोड दीइेको छ। पाठकलाई शुभान र हजुरबाबीच बिसिस्ठ सम्बन्ध थियो भनेर पत्याउन मन लाग्दैन। बरु लेखकले त्यहा हजुरबा र नातीका बीच यस्स्तो कुनै घटना या प्रसङ्ग जोडीदिनु बेस हुन्छ जसले ती दुई निक्कै घनिश्ठ छन थिए भन्ने विश्वाश होस्।  


अन्त्यमा, 
अन्त्यमा के भन्न चाहे भने यो उपन्यास पढ्नै पर्ने स्तरको चाँही हुँदै होइन। अझ बौदिक पाठकले कुनै खुराक भेटिएला भन्दै यो पुस्तकमा पैसा र समय लगायो भने त्यस्ता पाठक "हाता लाग्यो सुन्य" को स्स्थितिमा पुग्ने छन। 
पढन भनेपछी काडा उम्रिनेहरुका लागि चै पढ्न लायक कै मानिएला। पाँच छ घण्टा छ र त्यो समय यत्तिकै बितिरहेको छ भने त्यो उपन्यास- मनसुन  पढ्दा हुन्छ। 'टाइम पास' मज्जाले हुनेछ। 

सुबिनको यो उपन्यासलाई मैले चाँही नम्बर दिदा पूर्णङ्क पाँचमा २ दिन सक्छु। ज्यादासे ज्यादा साढे दुईसम्म। 



-निरक्षर निरौला। 
२०७३

No comments:

Post a Comment