नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, May 16, 2017


एक जना फेसबुक प्रयोगकर्ता 'निर्वाचन बुलेटिन' भन्दै लेख्छन -

"कोरिया को बङ्गुर फाम मा काम गर्ने रुकुम निवासी माओबादी समर्थक को रुकुम मा माओबादी ले जित्ने बितिक्कै बङ्गुर ले कोकाकोला मुतेको खबर प्राप्त भएको छ । आज देखी मुत सोहोर्न नपरेको ले उनि माओबादी लाई धन्यबाद दिदै रुम मै बसेका छन ।
अमेरिका मा भाडा माझ्ने बाग्लुङ निवासी काङ्रेस समर्थक को नवलपरासी मा काङ्रेस ले जित्ने बितिक्कै भाडा माझ्ने मस्को ले आफै भाडा माझेको प्राप्त समाचार मा जनाइएको छ । उनी धन्य काङ्रेस भन्दै कुर्सी मा उपर खुट्टी लगाएर बसेका छन ।
कतार मा उट चराउने भोजपुर निवासी रा प्र पा समर्थक को सिन्धुपाल्चोक मा रा प्र पा ले जित्ने बितिक्कै आज उट आफै च र्न गएको प्राप्त समाचार मा जनाइएको छ उनि अहिले कोठा मा एसी लगाएर आराम गरी राखेको अवस्था मा भेटियो ।
इजरायल मा केयर गिभर को काम गर्ने झापा निवासी एमाले समर्थक को आज मनाङ मा एमाले ले जित्ने बितिक्कै काम गर्ने घर कि बुडी ले कुराउनी हगेको समाचार मा जनाइएको छ अब देखी गु सोहोर्न नपर्ने भयो भनेर धन्य एमाले भन्दै जेरुसलेम तिर घुमी राखेको अवस्था मा भेटियो ।
बैदेसिक रोजगार मा गएका हरु तेसै बेर्नो फुस्किने गरी काङ्रेस एमाले माओबादी रा प्र पा भन्दै कराएका छैनन् नि ! कराए अनुसार फाइदा नि छ नि ।"

 त्यसै गरि निर्वाचन निर्वाचन आयोगको कार्यशैलीका सम्बन्धमा सामाजिक संजालमा यी यस्ता धारणा व्यक्त हुँदै छन् -


# हिजो भर्खर बिहे गरेको मेरो मित्रले जिज्ञासा राख्दै सोध्यो- "मेरा छोरो/छोरी नर्सरीमा भर्ना हुने बेलासम्ममा त अन्तिम नतिजा कसो नआउला ?"

# यौटा कछुवाले हार खाएर 'सुसाइड नोट'मा लेखेछ - "ढिलासुस्तीमा मैले नेपालको निर्वाचन आयोगलाई जित्न सकिनँ।"
# नेपालको निर्वाचन आयोगले २ बिधामा गिनिज बुकमा नाम लेखाउने पक्का भो- एक, विश्वकै सबैभन्दा ठुलो मतपत्र भएको देश र दुई, विश्वकै सबै भन्दा ढिलो मतगणना हुने देश।
# "काठमाडौंमा बरु मेलम्चीको पानी चाडैं आउला तर अन्तिम मतपरीणाम आउने छाँटकाँट देखिएन।
# "एक्कासी हर्ष र बिस्मातले उम्मेद्बारको ज्यान तलमाथि हुन सक्ने" भन्दै निर्वाचन आयोगले यस्तो कदम उठाएको दाबी गरेको छ।
# मतगणना गर्ने कर्मचारीहरु उमेर हदका कारण 'रिटायर' होलान् जस्तो छ- मत गन्दागन्दै।
# चार कक्षा पढ्दै गरेको छोरो र आमा बिचको सम्बाद:
छोरा : "मम्मी मम्मी ! ड्याडी खै ?"
आमा : "काठमाडौं महानगरपालीकाको भोट गन्न जानुभाको छ।"
छोरा : "अनि कहिले आउनुहुन्छ त ?"
ममी : "खै कै भन्न सकिन्नँ बाबू, तँ क्याम्पस भर्ना हुने बेलासम्म त आइपुग्नु पर्ने हो।"
# निर्वाचन आयोगले भर्खरै एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी दुई वर्षभित्रमा सबै मत परिणाम सार्वजनिक गर्ने जनाएको छ।
# यसपालि २१ बर्षकि युवा उम्मेद्बारलाई जिताऊ भनेको, भोट गनिसक्दा वृद्ध भैसक्लान् भन्ने पीर भो।

Monday, May 8, 2017

हामी अध्यारोमा बाचिरहेछौ

         हामी अध्याँरो युगमा बाँचिरहेका छौ 

सामान्यतया भन्दा हामी सुचनाको युगमा बाचिरहेका छौं भनेर भन्छौं। आजको युग भनेको सुचनाको युग हो। त्यसैले आज कोहि कसैलाई ठग्न झुक्याउन गाह्रो छ भन्ने मानसिकता छ -हाम्रो। सुचना सङ्गको पहुँचले हाम्रो ज्ञानको दायरा फराकिलो भएको महसुस गरिरहेका छौं -हामी। 
तर तपाईंलाई यो कुरा बताइदिऊँ कि - आज हामी जेजती भ्रममा बाँचिरहेका छौँ, यति त इतिहासमा कुनै पनि कालखण्डमा बाचेका थिएनौं। अर्थात् हामी इतिहासकै सबैभन्दा अन्धकार र भ्रमको युगमा बाचिरहेका छौँ।  तपाईं भन्नू होला कसरी ? आउनुस त्यसका सम्बन्धमा बहस गरौं। 

आजको दिनमा कुनै पनि ब्याक्ति (सस्था, कम्पनी लगायत) को प्रसिद्धि, ख्याति, उसको धन्सम्पती, उसको शक्ति; उसको हैसियत जस्ता बिसेस्श्ता नाप्ने आधार के हो ?

माथि उल्लेखित प्रश्नको जवाफ पत्ता लगाउने आधारहरू हुन् :
# Tweeter, facebook, youtube लगायतका सामाजिक सन्जालमा सम्बन्धित ब्याक्ती संस्था कम्पनी को 'फलोवर्स' र 'भिउज' केकती छन् ?
# google मा कसलाई बढी 'सर्च' गरिएको छ ?
# Forbes जस्ता magazines ले बेला बेलामा निकाल्ने रीपोर्ट (जस्तै: संसारकै धनी हरुको लिस्ट, संसारकै सफल ब्यक्तिको लिस्ट) मा सम्बन्धित ब्याक्ती, संस्था, कम्पनी वा देशको स्थान कहाँ छ ? कतिमा छ ? 
# Amesty internnational जस्ता समुहले निकाल्ने बार्सिक प्रतिवेदनमा सम्बन्धित ब्याक्ती, संस्था, कम्पनी वा देशको स्थान कहाँ कति छ ? 
# Oscar Award, grammy award, Nobel prize जस्ता पुरस्कार सम्बन्धित ब्याक्ती, संस्था, कम्पनी वा देशले केकती पाएको छ ? कतिपल्ट पाएको छ ? 
# miss world, miss universe को भयो ? कहाँको भयो ?

 यिनै हुन् प्रमुख आधार; आधुनिक युगमा को ब्याक्ती शक्तिशाली छ ? को विद्वान छ ? को प्रख्यात छ ?  को धनी छ ? भनी थाहा पाउने 'मीटर'। 

तर माथी उल्लेखित मीटरहरु भन्दा माथी पनि कोहि छ, जसले यी मिटरलाई आफु अनुकुल प्रयोग गर्न सक्छ/गरिरहेका छन् ? ती को हुन् त ? 
कुरो 'क्लियर' छ- Youtube, Facebook, google जस्ता कम्पनिका मालिक; Forbs पत्रीका निकाल्ने समूह, Amesty internnational को समुह, Oscar Award, grammy award, Nobel prize जस्ता पुरस्कार बाड्ने समुह, miss-world miss- universe जस्ता 'टाइटल' दिने ठेक्का लिएर बसेका समुहहरु। यीनै हुन् बिस्वका ठेकेदारहरु जसले यो बिश्वमा को कती धनी छ ? को कती प्रख्यात छ ? कुन देश कति खुसी/दुखी छ ? कुन कुन देश/ब्याक्ति भ्रस्टाचारी छ ? कहाँ मानवअधिकारको हनन भैरहेछ ? जस्ता सयौं शीर्षकमा मान्छे या देशहरूको स्थान तोकिदिन्छन। त्यसरी तोकिदिने सबै समुहका सदश्यअमेरिकन र युरोपियनहरु नै हुन्। 

 अमेरिकन र युरोपियनहरु संसारमै "पैसाका लागी जे पनी गर्ने" समुहमा पर्छन्। धार्मिक मामिलामा उनिहरु जत्ती कट्टर अरु देखिदैनन्। हुन त संसारमा सबभन्दा कट्टर भनेर मुस्लिमलाई भन्ने गरिन्छ, तर तिनीहरुको कट्टरता आफुमै मात्रै सिमित छ। उनिहरु आफू कट्टर होलान् तर अरुको धर्ममा हात हाल्दैनन्। हो, इतिहासमा राज्य बिस्तार गर्दै जादा मुस्लिम राजाहरुले भारतको कयौं भुभाग कब्जा गरेको देखिन्छ। तर त्यसको प्रथमतः लक्ष्य राज्य बिस्तार थ्यो। धर्म हैन। आजको स्थितिमा हेर्दा अमेरिकन र युरोपियनहरु धर्मको साम्राज्य फैलाउन दिनरात लागी परेका छन्। आफ्नो देशलाई सधै एक नम्बरको धनी रास्ट्र बनाउनु, आफ्ना बहुराष्ट्रिय कम्पनीलाई के कसरी हुन्छ अधिकतम मुनाफामा लैजानु र आफ्नो धर्म संसार भर फैलाउनु यी तीन मुख्य लक्ष्य नै पश्चिमाहरुको लक्ष्य हो।

 अब तपाईं आफै अनुमान लगाउन सक्नु हुन्छ, जसले यस्तो उदेश्य लिएर हिडेको छ- उसले माथी उल्लेखित मीटरहरुलाई आफ्नो रणनीति अनुसार प्रयोग नगर्ला ? माथी उल्लेख गरिएका मीटरहरुको सहायताबाट उनिहरुको रणनीति सफल पार्न अझ सहज र छिटो छरितो हुन्छ। तसर्थ "उनिहरु स्वयंकै हातमा भएको हतियार (माथिका मिटर) उनिहरुको हितमा प्रयोग गर्दैनन्" भनेर यदि कोहि कसैले बिश्वास गर्छ भने; कि ऊ विश्व रणनीति/राजनीति बुझ्ने क्षमता राख्दैन, कि ऊ उनीहरुको रणनीतिको सिकार भैसकेको 'मनुवा' हुनुपर्छ।

पश्चिमाहरुको रणनीतिमा जोजसले सघाउँछन्, हो उनिहरुलाई पश्चिमाहरुले खुब 'भाउ' दिन्छन्। कुनै काम अह्राए अनुसार गरिदिएपछी 'एजेन्ट'लाई दिइने 'कमिसन' जस्तै।

जस्तैः केही उदाहरण हेरौं-

- सन् २०१५ मा नेपालका नेपालका अर्थमन्त्री रामशरण महतलाई एसिया प्रशान्त क्षेत्र तथा विश्व दुबै तर्फबाट उत्कृष्ट अर्थमन्त्री बनाइयो। उक्त उपाधी उनलाई बेलायती पत्रीका 'The Banker' ले दिएको हो। बाहिर दुनियाँलाई चै "भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तराष्ट्रिय सहायता ल्याउन महतले गरेको योगदानका निम्ति" भनिएको छ। तर वास्तविकता त्यस्तो हैन। खासमा उनले "नेपालमा निजीकरणलाई प्रवर्द्धन गरेका हुनाले"  त्यो 'ग्रान्ड' दिइएको हो। नेपाली अर्थतन्त्रमा उनको भुमिकालाई हेर्ने हो भने एउटै 'प्लस पोइन्ट' भेटिदैन जसका लागि उनलाई सम्मान गरिनु परोस्।

- त्यसै गरि तिब्बती धर्म गुरु दलाई लामालाई नोबल शान्ति पुरस्कार दिनुमा पनि पस्चिमा रणनीति घुसेको छ। चिनबाट बिस्थापित यी लामालाई नोबल पुरस्कार दिएर यिनको हाइट बढाउने र तिब्बती मुद्दालाई अन्तरास्ट्रियक्रण गरि चिनलाई टुक्र्याउने योजना पस्चिमाहरुको प्रस्टै देखिन्छ। स्मरण रहोस् कि आजसम्म दलाई लामा बाहेक कुनैपनी धर्म गुरुलाई नोबल पुरस्कार दिइएको छैन।


- त्यसैगरी रबिन्द्र नाथ ठाकुरलाई नोबल पुरस्कार दिइनुमा पनि पस्चिमाहरुको स्वार्थ थियो। रबिन्द्र नाथको कृतित्व आफ्ना ठाँउ छ तर उनले त्यत्तिबेला भारतमा बेलायतिहरुको शासन भैरहदा पनि तत्कालीन  शासककै गुणगान गाएका थिए। त्यसैको 'ग्राण्ट' स्वरुप उनलाई नोबेल पुरस्कार  दिइएको थियो।


- पछिल्ला बर्षहरुमा miss world र miss univer जस्ता सुन्दरी प्रतियोगितामा भारतिय सङ्सङै अफ्रिकन महिलाहरूलाई बढी जिताइदै आइएको छ। त्य्सको प्रमुख कारण भनेको- बहुराष्ट्रिय कम्पनिका शृङागरिक प्रोडक्टहरु भारत लगायत अफ़्रिकि मुलुकमा बेच्न त्यस्ता महिलालाई प्रयोग गर्न सकिन्छ भन्ने हो। यही मान्यतालाई टेकेर उनीहरुले एकपछि अर्को गर्दै ब्युटी पेजेन्ट भारतिय र अफृकनहरुलाई दिलाउदै गएका छन् ।


- एक बर्ष अघि मदर टेरेसालाई 'मरणोउपरान्त सन्त' घोशित गरियो। त्यो घोषणा गर्ने ब्याक्ती भ्याटिकन सिटिका पोप थिए। बाहिर भन्दा "टेरेसाले त्यतिबेला गरिबलाई सेवा गरेवापत त्यो उपाधी उनलाई दिइएको हो" भनिए पनि भित्री कुरो  अर्कै छ। मदर टेरेसाले त्यसबेलाको भारतमा कृस्चियानिटी फैलाउन ठूलो भुमिका खेलिन्। कृस्क्जियानिटी फैलाउनकै लागि दिन दुखी गरिबलाई आफ्नो आश्रममा ल्याउने र उनिहरुलाई सहयोग गरेजसो गर्दै बाइबल थमाउने। उनले यसै गरि त्यो बेला लाखौं भारतियलाई क्रिश्चियन बनाइन्। उनको त्यो (कु)कर्म को श्रेय स्वरुप उनी मरेको यत्रो बर्षपछि भएनी 'ग्रान्ट' दिइएको हो।


- त्यसै गरि पाकिस्तानककी किशोरी मलाला लाई २०१४ को शान्ति तर्फको नोबल पुरस्कार दिइयो। नोबल शान्ति पुरस्कार पाउनेहरुमा मलाला सबसे कम उमेरकी महिला हुन्। उनलाई त्यो पुरस्कार दिइनुमा पनि पस्चिमी रणनीति घुसेको छ। त्यसरी पुरस्कार दिदा दुनियाँलाई शंका नहोस् भनेरै कैलाश सत्यार्थि सङगै पुरस्कार दिइएको थियो। खासमा मलाला त नाटककी एक पात्र मात्रै हुन्/बनाइन्। 


 तालिबानीहरुबाट बच्दै भाग्दा मलालाको टाउकोमा गोली लागेको समाचार बाहिर आएका थिए। तर बास्तवमा कुरा के भने उनलाई न तालिबानीले आक्रमण गरेका थिए, न त उनको टाउकोमा गोलि नै लागेको थियो। अमेरिकन शैनिकहरुकै एउटा 'ड्रामा' थ्यो त्यो। पाकिस्तानमा बाच्न कति गाह्रो छ ? र मान्छे कति असुरक्षित छन् भनेर दुनियाँको आखामा भ्रम छर्न त्यो नाट्क अमेरिकाले रचिएको थियो। त्यती गरेपछि अमेरिकालाई पाकिस्तान माथी आतंकबाद सम्बन्धी दबाब दिन थप सहज भयो। अहिले मलाला परिवार बेलायतको Birmingham मा बस्छन्।

- पछिल्ला बर्षहरुमा नेपालका थुप्रै सस्थाले लगातार CNN HERO को उपाधी पाइर्हेका छन्। र आगामी आठ दस बर्षसम्मै पाइरहनेछन। यसका पछाडिको रणनीति सामान्य मानिसले बुझ्दैन/ बुझेको छैन। यसको पछाडीको पस्चिमाहरुको रणनीति भनेको- दुनियाँको नजरमा "नेपाल कति अस्तब्यस्त छ ? कति अव्यवस्थित छ ? कति अन्यायपुर्ण मुलुक छ ?" भनेर भ्रम छर्नु हो। 


अब प्रश्न उठ्न सक्छ - यस्तो गर्दा पस्चिमाहरुलाई के फाइदा छ ? हो, तत्काल  केहि फाइदा छैन उनिहरुलाई। तर यस्तै यस्तै पुरस्कार नेपालले पाइरहदा दुनियाँका अघि त्यो पुरस्कार पाउने ब्याक्ती वा सस्थाको इज्जत बढेपनी नेपालको छवि भने बिगृन्छ। यस्ता यस्ता पुरस्कारहरुको ओइरो लाग्नुले अमेरिकालाई कालान्तरमा (सायद आठ दस बर्षपछि) नेपालमा अनावश्यक हस्तक्षेप गर्न/हमला गर्न र मानव अधिकार् को संरक्षणको नाममा UN सेना पठाउन 'लेजिटिमेसी' तैयार हुन्छ। बिश्वको आखा अघि "नेपाल अस्त ब्यस्त छ है" भन्ने  'जनमत' तैयार पार्ने काम  यस्ता पुरस्कारले गर्छ। 

- सम्भावना: 

नेपालमा पनि अन्तरिम संविधान २०६३ बनाउदा मस्यौदामा हुँदै नभएको "धर्मनिरपेक्ष" भन्ने शब्दलाई संविधान पारित हुने क्षणमा घुसाउन तत्कालिन गृहमन्त्री र सभामुखले निक्कै बुद्धि लगाए। र सफल पनि भए। अब आउदो कुनै पनि बर्ष नोबल पुरस्कार नै त हैन तर सानोतिनो ठिक्ठिक्कैको पुरस्कार दिएर ती मनुवाहरुलाई ग्रान्ट दिइने सम्भावना छ। 

हामी धेरैलाई(सबैलाई नै भनौ) भ्रम छ कि सुचनाको युगमा छौँ, जस्तोसुकै सुचना एकै क्षणमा प्राप्त गर्न सक्छौं। तर यथार्थ के हो भने माथी उल्लेखित मीटर चलाउनेहरुले खटाइ खटाइ जेजति सुचना दिन्छन्, बस् त्यत्ती मात्रै सुचना हामी पाउछौ। यो सत्यलाई ब्याक्तिले बेलैमा मनन गर्‍यो भने बिश्व राजनिती बुझ्न उसलाई त्यसपछि सहज हुन्छ। google ले जतिजती सुचना हाम्लाई दिन उचित ठान्छ, बस् हाम्ले त्यति सुचना पाउने हो। google भन्दा पनि माथी ४/५ जना छन् जसले यसै गरि दुनियाँलाई आफ्नो इशारामा चलाइरहेका छन्। facebook देखि लिएर youtube लगायत सारा चिज उनिहरुकै इशारामा चलाउन सम्भव छ र चल्छ। 

तपाईं अनुमान लगाउन सक्नु हुन्छ- facebook, youtube का मालिकहरुले कुनै पनि ब्याक्तिलाई चुट्किमा विश्व प्रसिद्ध बनाइदिन सक्छन्। ती  मालिकहरु व्यापारी हुन्। तसर्थ उनिहरुसङ्ग 'बिज्नेस माइन्ड' हुन्छ। आफुलाई राम्रो रकम प्राप्त हुन्छ भने उनिहरुले कुनै पनि TV presenter, singer, actor/actress, ब्याक्ती वा कुनै कम्पनिको कुनै प्रोडक्टलाई 'नम्बर वान' बनाउन सक्छन्। आज जोजो बिश्व प्रसिद्ध भएका छन्, जरुरी छैन कि ती सब आफ्नै बलबुताले भएका हुन्। यी मालिकहरुको निगाह, आशिर्वाद वा बिज्नेस माइन्डको एक रणनीति पनि हुन सक्छ। भएकै त्यही छ। 


तसर्थ 'सुचना नपाउनु' भन्दा 'गलत सुचना पाउनु'ले मानिसलाई बेबकुफ बनाइरहेको हुन्छ। सुचना नपाएको ब्याक्तिमा कमसेकम "म कै जान्दिनँ" भन्ने यथार्थ बोध हुन्छ। त्यसैले ऊ सम्हालिएर हिंड्छ, सम्हालिएर जिन्दगी चलाउछ। तर गलत सुचना पाएको ब्याक्तिमा "मैले सुचना पाएको छु" भन्ने घमण्ड हुन्छ। मैले जानेको कुरा नै अन्तिम सत्य हो भन्ने ठानेर ऊ अघि बड्छ। 

सुचना नपाएको ब्याक्तिलाई माथी उल्लेखित मालिकहरु आफू अनुकुल चलाउन सक्दैनन् किनकी त्यस्ता अनपढहरु आफ्नै धुनमा हुन्छन्। तर "सुचना पाएको छु" भन्नेहरूलाई माथी उल्लेखित मालिकहरुले खटाइ खटाइ उनिहरुको रणनीति अनुसार तौलेर जोखेर सुचना दिएको कुरो थाहा हुँदैन। तसर्थ माथिबाट जेजस्तो सुचना प्राप्त हुन्छ, त्यसै अनुसार चल्छ- आजको विद्वान मनुवा। झन आजका 'बडा' हरु त BBC, CNN, NewYork Times, washinton post, google ले "जे भन्यो त्यही नै अन्तिम सत्य हो" भन्दै झन झन् अन्ध युगमा होमिदै छन्। हामी आज जसलाई "ज्ञानको महासागर" भनिरहेछौ त्यो "महासागर"लाई पनि कन्ट्रोल गर्ने मालिकहरु छन् भन्ने कुरो कहिल्यै नभुलौ। यसरी हेर्दा हामीले पाएका ज्ञान केकती 'वास्तबमै सत्य' छन् ? र केकती 'नक्कली सत्य' छन् ? सोच्नै पर्नेहुन्छ। 



निरक्षर निरौला
२०७४/०१/२२

Tuesday, May 2, 2017

सम्झनै पर्ने दिन

सम्झनै पर्ने दिन
-२०७४/०१/१७

आज दिनभर यो देशमा के-के भो ?

- सुडान घोटालामा तीन पूर्व आइजिपीलाई जेल हाल्ने सुशीला कार्कीको फैसला,
- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता,
- प्रधानन्यायाधिशविरुद्धको महाभियोगमा अापत्ति जनाउँदै गृहमन्त्रीद्वारा राजीनामा,
- प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा प्रयोग भएको सांसदको हस्ताक्षर कीर्ते गरिएको पाइएको,
-सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिने,
(साथै नबराज सिलवाल अस्पतालबाटै एकाएक बेपत्ता, उनको फोन 'स्विच अफ' भएको जानकारी )

नेपाली राजनिती बुझी नसक्नुको छ। तर बुझ्ने प्रयत्न जारी छ- यो पङ्तिकारको। सत्तासीन माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका सांसदहरुले ब्यबस्थापिका संसदको एक तिहाई संख्या पुर्‍याएर सर्बोच्च अदालतकी प्रधानन्यायाधीश शुशिला कार्की उपर 'महाअभियोग' प्रस्ताब सदनमा दर्ता गराए। पछिल्लो क्रममा "सुसिला कार्किले निक्कै बोल्ड निर्णय लिदै गएको" भनेर बजारमा उनको तारिफ सुरु भएको थियो। हुन त उनको पैलैदेखि जयजयकार हुँदै आएको हो/थियो।

२/३ मैना अघि चार DIG बाट एक जनालाई IG बनाउनु थियो। त्यो काम सरकारको गृहमन्त्रालय अन्तर्गत पर्न आउँछ। सरकारले बरियता क्रममा चौथो भनिएका जयबहादुर चन्दलाई IG बनाउने निर्णय गर्‍यो। त्यो निर्णय गरेको आधा घण्टा पनि नबित्दै सर्वोच्च अदालतले "चन्दलाई IG नबनाउनु" भन्ने आशयको अन्तरिम आदेश दियो । अदालत आफैंले आदेध दिएको हैन, नबराज सिलवाल अदालत गएपछी त्यो आदेश भो। नबराज सिल्वाल एक नम्बरमा थिए भनिन्थ्यो। आफू एक नम्बरमा भएकाले आफू नै IG बन्न पाउनु पर्छ भन्दै सर्बोच्चमा रिट हालेपछि अदालतले पनि "बरियताक्रमलाई बेवास्ता नगर्नु, कार्यसम्पादन मुल्यांकन लाई पनि हेर्नू" भनी सरकारलाई आदेश दियो।
सुरुमा चारजना DIG मध्येका एक जयबहादुर चन्दलाई कुनैपनी हालतमा IG बनाउने भनेर देउवा लागेको देखिन्थ्यो। तर अदालतले रोकेपछी नवराज सिलवाल सङ्गको रिस साध्न दोश्रो बरियता भनिएका प्रकाश अर्याललाई IG बनाइयो।  रातारात प्रकाश अर्यालाई IG को फुलि लाइदिइयो। यता नबराज सिलवाल "म माथी अन्याय भो" भन्दै फेरि सर्बोच्च धाउन थाले। सर्बोच्चले पनि आउँदो १९ गते अन्तिम फैसला दिने भन्दै नवराज सिलवाललाई थाम्थुम पार्‍यो।

यसबीचमा- प्रहरी प्रधान कार्यलयबाटै नबराज सिलवाललाई बेलाबेलामा पकृने/ थुन्ने जस्ता काम भए। आरोप थियो- कार्यसम्पादनमुल्यांकन फारम- किर्ते गरेको। मिडियामा पनि नबराज सिलवालले आफ्नो कार्यसम्पादन मुल्यांकन फारम किर्ते गरेको (डुब्लिकेट बनाएको) भन्ने खबर छ्यापछ्याप्तिी आयो। सिलवालको उक्त फारम फरेन्सिक ल्याबमा परिक्षण गर्दा  "किर्ते गरिएकै हो" भन्ने निस्कर्स निकालियो।

तसर्थ नवराज सिलवालको यो विवाद आउँदो १९ गते 'फाइनल' हुनेवाला थियो। तर १९ गते आउनु भन्दा ठ्याक्कै दुई दिन अघि सत्तासीन घटक माओवादी र काङ्ग्रेसले सर्वोच्चकि प्रधानन्यायाधीश सुशीला कार्की उपर नै महाअभियोगको मुद्दा लगायो। महाअभियोग लगाएपछि प्रधानन्यायाधीश संवत्: निलम्बित हुन्छिन्। यो महाअभियोगको प्रकृया टुङ्गो लाग्न कम्तिमा पनि डेढ महिना जति लाग्छ। तर उमेरका हिसाबले आउँदो जेष्ठ २४ गते प्रधानन्यायाधीशको कार्यकाल सक्किने छ। अब यो महाअभियोग टुंगो लागे नि नलागे नि उनी सर्वोच्च अदालत फर्किन नपाउने लग्भग पक्का भो ।

पछिल्लोक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले द्वन्द्वकालका हत्यारा भनिएका नेता बालकृष्ण ढुङ्गेललाई समात्न प्रहरीलाई आदेश दिएकी थिइन्। हुन त उनलाई पहिल्यै पनि पकृने आदेश दिइएकै थियो तर सरकारले- यो द्व्न्दकालीन मुद्दा भन्दै ढुङ्गेलको बचाउ गरेको थियो। त्यसै गरि द्वन्द्वकालमै घटित मैना सुनारको मुद्दा, जसमा मैना सुनुवारलाई प्रहरीले पैला बलात्कार गरेको र पछि उनको हत्या गरिएको भन्ने कुरा छिनोफानो भो। प्रधानन्यायाधीश सुशिला कार्किकै आदेशमा सम्बन्धीत घटनाका दोषी प्रहरीहरुलाई सजाय सुनाइयो। प्रधानन्यायाधीशको कार्यकाल अब करिब डेढ महिना जति थियो। यो अबधिमा अहिलेसम्म टुङ्गो नलागेका ठुल्ठुला मुद्दा किनारा लगाएर जाने मनस्थितिमा कार्की देखिन्थिन्। त्यसैले सर्वोच्च अदालतबाट पछिल्लो समय फैसलाहरु धमाधम हुन थालेका थिए। तर एकै खालका लाग्ने कतिपय मुद्दा सुसिला कार्की पछि हेर्ने भन्दै 'साइड' लगाएको पनि यहाँ उल्लेख गर्नैपर्छ। के यसमा उनको आग्रह/पुर्वाग्रह थियो ? नभए किन उस्तै प्रकृतिका मुद्दा कुनै निर्णय गरि हाल्ने कुनै पछि हेर्ने भन्दै थन्क्याउने ?  केही भन्न सकिन्न यो सवालमा।

आजकै दिन।अर्थात बैशाख १७ गते।
 प्रधानन्यायाधीश सुसिला कार्कीले सुडान घोटाला काण्डमा मुछिएका र दोषी पाइएका तीन पुर्ब IGP लाई दुई बर्ष जेलको सजायको फैसला गरिइयो। यो घटना भए लगत्तै प्रधानन्यायाधीश सुसिला कार्की उपर महाअभियोग लगाइएको छ। काङ्ग्रेस र माओवादीले उनलाई महाभियोग लगाउनुको कारणमा "IG को बनाउने भन्ने माम्लामा हात हालेकाले" भनी आरोप लागेको छ । तर कारण यही मात्रै हुन सक्दैन।

यदि IG प्रकरण मात्रै यसको कारण हुन्थ्यो भने एक दुई हप्ता अघिदेखि नै यो महाअभोयोगका सम्बन्ध केही न केही त कुरा उठ्नु पर्ने हो। तर यहाँ त अघिल्लो दिनसम्म पनि अभियोग लगाउनुपर्छ भन्ने खालको कुरा कहिँ कत्तै सुनिएको थिएन। अघिल्लो दिन के भन्नू आजकै बिहान सम्म पनि यसको बारेमा कसैले चुइक्कसम्म पनि बोलेको/लेखेको पाइएको थिएन।  एक्कासि यसरी यो महा अभियोग ल्याउनुका पछाडी अर्कै कुराले काम गरेको छ।

"द्वन्द्वकालका घटनामा एक एक गर्दै फैसला सुनाउदै गएकी सुसिला कार्कीले कतै हामीलाई नै जेल जाक्ने त होइनन् ?" भन्ने प्रश्नले देउवा र प्रधानमन्त्री प्रचण्डलाई ठुङेको हुनुपर्छ। दस बर्षे द्वन्द्वकालमा सरकार र सशस्त्र समुहबाट हजारौं मारिएका थिए। त्यतिबेला भएका हत्या हिंसा लगायतको छिनोफानो गर्न 'सत्य निरुपण तथा मेलमिलाप आयोग' बनाइयो। तर यसले मृतक र पीडकको नाम र बिबरण टिप्नु बाहेक कै गर्न सकेन। त्यति बेलाका मुद्दा  अझैसम्म छिनोफानो भएका छैनन्। ती मुद्दा किनारा लगाउने नै हो भने पनि देउवा र प्रचण्ड बाबुराम नराम्ररी फस्छन। त्यसैले त्यो आयोगलाई यीनैले पङ्गु बनाइरहेका छन्। केही महिना अघि मिति सकिन लागेको त्यो आयोगको म्याद एक बर्ष थपिए जस्तो लाग्छ। तर त्यो थपिए पनि त्यसले गर्ने कै हैन। यत्तिकै म्याद गुजार्ने हो।

द्वन्द्वकालका ती हजारौं मुद्दा  खोतल्दै जादा देउवा र प्रचण्ड जेल जाकिन्छन, जाकिन्छ्न। त्यसैले त्यस्ता मुद्दा कोट्याउने साहस गर्ने उनै सुशीला कार्कीलाई बेलैमा पन्छाउदा राम्रो भन्ने बुझेरै देउवा र प्रचण्डले यो महाभियोग संयुक्त रुपमा ल्याएको देखिन्छ।

नेपाली राजनीतिको मुल समस्या:

नेपाली राजनितीको मुल समस्या भनेकै 'राजनीतिक ब्ल्याक मेलिङ्ग' हो । उबेला राजनिती थाल्दा अहिलेका थुप्रै नेताले भारत लगायत युरोपियन युनियनसङ्ग साठगाठ गरेका थिए। हिजो त्यसो गर्नु समय परिस्थितिको बाध्यता थियो भनेर पन्छिन पनि सकिएला। तर भारत र पस्चिमाहरुले हिजोको त्यही 'सङ्गत' लाई आधार बनाएर राजनितीक ब्ल्याक मेलिङग गर्छन्/ गर्दै आएका छन्। एक पल्ट उनीहरुको पन्जामा पुगिसकेपछी त्यो नेता ब्ल्याक मेलिङ्ग बाट उम्किन लगभग असम्भव जस्तै नै छ- नेपालका सन्दर्भमा।

जस्तो -
अहिले काङ्ग्रेसका सभापति देउवा छन्। उनले बिगतमा गरेका सारा नराम्रा कुराको फेहरिस्त इन्डिया सङ्ग छ। द्वन्द्वकालमा तत्कालीन प्रधानमन्त्री उनि नै थिए। तसर्थ राज्यका तर्फबाट जेजति निर्दोष नागरिकको हत्या बलात्कार भयो त्यसको भारी देउवाको थाप्लोमा पर्छ।
त्यसै गरी द्वन्द्वकालमै बिद्रोही पक्षका कमाण्डर प्रचण्ड समुहले गरेको हत्या,हिंसा,बलात्कार,अपहरण ती सबको भारी प्रचण्डको थाप्लोमा पर्न आउँछ। नेपालको शासन सत्तामा यी अथवा यीनैका लगौटी यारहरु मात्रै बस्ने हुनाले यो मुद्दा  राज्य पक्षबाट यत्तिकै दबाउदै आइएको छ। तर भारत र युरोपियनहरुलाई "यो मुद्दा  कसरी अन्तर्राष्ट्रिय अदालत, हेगमा लान सकिन्छ " यो बडो राम्रोसङ्ग थाहा छ। नेपालले यो मुद्दा हेगमा लगे पनि सुनुवाइ होला/नहोला भन्न सकिन्न तर भारतले यो मुद्दा लिएर गयो भने यी दुईको खैरियत छैन। लिबियाका शासक मोहम्मद गद्दाफीको हालत हुन सक्छ - यी मनुवाहरुको।
        तर भारत पनि लाटो छैन। भारतले यो मुद्दा  अन्तर्राष्ट्रिय अदालतमा लगेर उसलाई कै फाइदा हुदैन। छैन। बरु " मैले भनेको मानिनस् भने म यो मुद्दा  अन्तर्राष्ट्रिय अदालतमा लान्छु, बुझिस्" भन्ने डर देखाउदै आफ्नो हित अनुकुल काम गराउछ। आफुले भने अनुसारको गर्न गराउन बाध्य पार्छ। यसैको नतिजा हो - प्रचण्डको बेलाबेलामा फेरिने बोली र व्यबहारको।  हेगको तरवार देउवा र प्रचण्डको शीरमा लट्काएर  नाजाने केके गर्ने हुन् ? अहिल्यै भन्न सकिन्न।

भारतले नेपालको पानी चाहेको हो। त्यसका लागि तराई भुभाग भए पुग्छ-उसलाई। तराई उसको भएपछि लुम्बिनी पनि उसैको भैजान्छ। उत्तर प्रदेशको २२ करोड जनसंख्या ब्यबस्थापन गर्न पनि उसलाई सहज हुन्छ। सुरक्षाका दृस्टीले पनि चुरेसम्म भारतको सिमा पुर्‍याउन सक्यो भने उसलाई निकै फाइदा छ।  तराईलाई कालान्तरमा भारतमै गाभ्न अहिल्यै अनेक अभियान त खुल्लम खुल्ला भैरहेकै छन् । त्यसैलाई बैधानिकता दिन र त्यही रणनीतिलाई सघाउन केकस्तो 'प्लट' बनाउनु पर्ने हो, त्यसको जिम्मा देउवा र प्रचण्डले पाएका छन्। हुन त बाबुरामको पनि भुमिका आफ्नो ठाउँमा छदैछ। मधेसका नायक भन्नेहरुको पनि भुमिका आफ्नो ठाउँमा छ।

बर्तमानमा नेकपा एमाले बडो रास्ट्रवादी भएको छ। नाकाबन्दीका बेला भारतले निहुँ खोजिरहेको अवस्थामा चिनसङ्ग दुईचार सम्झौता गरेकाले एमालेको रास्ट्रवाद अहिले तन्नेरी भाको छ। हिजोका दिनमा एमालेको भुमिका त्यही भारत र युरोपियन युनियनको रणनीतिलाई सघाउने हैसियतको थियो। तर आज ऊ अलि स्वतन्त्र भएको हो कि ?  भन्ने पनि लाग्छ। अनेक हण्डर खाएपछि कि गर्छु कि मर्छु भनेर रिस्क लिएरै मैदानमा आएको पनि हुन सक्ला तर अहिल्यै यसै भन्न सकिन्नँ ।
साच्चैमा भारत र युरोपियन युनियन सङ्ग जोरी खोज्ने आट त उसले गर्न नसक्नु पर्ने हो। किनकी उसले पनि राम्रोसँग देखेको/बुझेको छ- मदन भन्डारीको हत्या कसरी भो ? कसले गर्‍यो ? राज परिवार कसरी स्वाहा भो ? किन स्वाहा ! भो ? यो सब बुझेको/देखेकाले त्यस्तो शक्तिशालीसङ्ग जोरी खोज्ने हिम्मत कहाँबाट कसरी आयो ? यो बडो अचम्म लाग्दो र पत्याउनै गाह्रो विषय छ।

कसै न कसैको आड भरोसा नभै एमालेमा यो आट आउनु असम्भव प्रायः छ । त्यसो भए उसलाई कसले धकेल्दै छ ? हालसम्म चलखेल नगरेको तर "अब म चुप बस्दिन" भन्ने चिनले ? या युरोपियनवालाहरुले ?

पछिल्लो क्रममा भारतमा मोदिको उदयपछी देखावटी रुपमा अमेरिका र युरोपियन युनियनसङ्ग मोदिको सम्बन्ध राम्रै देखिए पनि भित्र त्यत्ती राम्रो छैन। अहिलेसम्म नेपाललाई हेर्दा भारत र अमेरिकाले एकै नजरले सङसङै हेर्थे। के उनिहरु बिच खटपट भएर अमेरिका + युरोपियन युनियनवालाहरुले एमालेलाई धकेलेको त हैन ? माओवादी र काङ्ग्रेसलाई मोदीले चलाउने भएपछि त्यसको 'डिफेन्स' गर्न पस्चिमाहरुले एमालेलाई उचालेका त हैनन् ?

बर्तमान सम्बिधानलाई लिएर मोदि र पस्चिमाहरुको मत अलिकति बाझिएको छ। भारतको स्थायी रणनीति जुन छ, त्यो आफ्नो ठाउँमा छदैछ, त्यसका अलावा मोदी चाहान्छन्- यो सम्बिधानमा नेपाल हिन्दु रास्ट्र हो भनी लेखियोस। त्यो सकिन्न भने कमसेकम "धर्मनिरपेक्षता" हटाइयोस। तर पस्चिमाहरु (अमेरिका + युरोपियन युनियन कन्ट्री) यही संविधानमा "धर्मनिरपेक्ष" भन्ने गुण हुनैपर्छ भन्ने अडानमा छन्।

यो संविधान कार्यान्वयनको चरणमा गयो भने यो धर्मनिरपेक्षता सदाका लागि स्थायी हुनेथ्यो भन्ने मत पस्चिमाहरुको छ। यही संविधान कार्यान्वयन भयो भने उनिहरुले बर्सौ देखि खन्याउदै आएको करोडौं डलर सार्थक साबित हुनेथियो। INGO प्रती एमालेको बहुतै लगाव भएकाले कतै एमालेलाई पस्चिमाहरुको साथ त छैन ? यो शंका गर्ने ठाउँ पनि छ -एकातिर।

हेरौं,
बाचिइरहियो भने कोकताको शक्तिद्वारा परिचालित हो ? को आफ्नै बुतामा खडा हुन खोज्या हो ? प्रस्टिदै जानेछ। काङ्ग्रेसको बर्तमान नेतृत्व र माओवादीको नेतृत्वको कित्ताकाट भैसकेको छ। भोलि के हुन्छन् भन्न सकिन्न तर आजका दिनम उनिहरु मोदिको दासी भएका छन्। यो कुरो प्रष्ट छ। तर एमालेको बारेमा अहिल्यै यसै भन्न सकिन्न। आफ्नै बलबुतामा उभिएको हो या पस्चिमाहरुको बलमा ? या भारतसङ्ग जोरी खोजेजस्तो गरेर उसैको रणनीतीलाई बल पुर्‍याउन गरिएको एक नाटक ?

हेरौं ! हेर्दै जाऔ।