नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Showing posts with label निरक्षरको डाइरी. Show all posts
Showing posts with label निरक्षरको डाइरी. Show all posts

Monday, August 13, 2018

समकालीन नेपालका केही ब्याक्तित्व: जसलाई बुझे नेपाल बुझिन्छ

नेपालका केही ब्याक्तित्व: जसलाई बुझे नेपाल बुझिन्छ
यो लिस्टमा अधिकांंसत: राजनीतिक सामाजिक बिश्लेषक हुनुहुन्छ भने कोहि चाहिँ मिडियामा आवद्ध पत्रकार। यसै लिस्टमा केही यस्ता ब्याक्ति पनि हुनुहुन्छ जो नेपालको बास्तबिकतालाई नजिकबाट हेरिरहने र त्यस प्रति काउन्टर गर्ने। भलै त्यो काउन्टर सामाजिक सन्जाल मार्फत मात्रै किन नहोस्। कति चाहि उहाँको सामाजिक संजाल facebook का टाइमलाइन भिजिट गर्ने हो भने अहिलेको वास्तविक नेपाल बुझिने भएकाले उहाँहरुलाई यहाँ समेटिएको छ। यस लिस्टमा अटाउनुहुनेलाई एकेक गर्दै भेटेर अन्तरक्रिया गर्ने मेरो रहर छ। अब यसलाई तपाईं एक किसिमको लक्ष्य भन्दा नि भो । कम्तीमा यी यहाँ उल्लेखित लिस्टमा अटाइएकासङ्ग एकेक घन्टा मात्रै पनि अन्तरक्रिया गर्न सके/ छलफल बहस गर्न सके समकालीन नेपालको चित्र छर्लङ्ग हुनेछ हुन्छ भन्ने मेरो बुझाई हो।
यो मेरो आफ्नो धारणा हो, बुझाई हो तसर्थ यो ब्लग डाइरीमा यसरी नामै तोकेर लेख्दैछु। यसलाई गोल सेट गरेको भन्दा हुन्छ- एक किसिमले।

  1. पेशल कुमार निरौला  ✔✔
  2. अर्जुन ज्ञवाली  ✔✔
  3. टिकाराम यात्री ✔✔
  4. मोहन बन्जाडे  ✔✔
  5. बिन्दु पाठक 
  6. तनय देवकोटा 
  7. राम लोहनी 
  8. देबेन्द्र नेपाली
  9. डा. शास्त्र दत्त पन्त
  10. सौरभ  ✔✔
  11. श्रीकृष्ण अनिरुद्ध गौतम 
  12. डा. युवराज सङ्रौला
  13. भिमार्जुन आचार्य 
  14. बालकृष्ण न्यौपाने
  15. युबराज गौतम
  16. देब प्रकाश तृपाटी ✔✔
  17. युबराज घिमिरे
  18. डा. प्रेम सिंह बस्नेत 
  19. दीपक गजुरेल ✔✔
  20. डा. उपेन्द्र देवकोटा 
  21. मोहन लामा रुम्बा  ✔✔
  22. श्रेष्ठ सुनिल
  23. डा. सुरेन्द्र केसी  ✔✔
  24. .जनकमान डङ्गोल
  25. अरुण कुमार सुबेदी
  26. डा. राजेश अहिराज ✔✔
  27. बिपिन अधिकारी
  28. कुमार रेग्मी 
  29. पुरुशोत्तम दाहाल
  30. शम्भु थापा
  31. ध्रुवहरी अधिकारी 
  32. डा. जगमान गुरुङ्ग
  33. भरत जङ्गम
  34. सुरेन्द्र राज भण्डारी
  35. बिष्णु भट्टराई
  36. निर्मल मणि अधिकारी 
  37. डा. सुन्दरमणि दिक्षित
  38. डा. कटक मल्ल ( स्वेडनको बिश्वविद्यालयम अध्यापनरत प्राध्यापक)

                               XxxxxxxxX

समकालीन बिश्व राजनिती बुझ्न यो पङ्तिकारले सम्भव भएसम्म रेगुलर फलो गर्ने गरेका नेपाल भन्दा बाहिरका ब्याक्तित्वहरु:-

  1. राजिव मलहोत्रा
  2. राहुल मेहता
  3. डा कपिल कपुर
  4. Dr. Subramanian swamy
  5. Nicholas G. Carr
  6. Alfredo Bowman/ Dr. Sebi
  7. Yogesh Kumar Mishra
  8. Swaminathan Gurumurthy 
  9. Professor Willie Soon
  10. Pratik Sinha (Head of Alt News)
  11. Dr. Ram Puniyani
  12. Ravish kumar 
  13. Aniruddha bahal (Head of Cobra Post)




समकालीन नेपाललाई भित्रैबाट बुझ्नका लागि एउटा नेपालीले पढ्नै पर्ने 25 पुस्तकहरु:

  1. बाइबल र माओवाद - पेशल निरौला र अर्जुन ग्यवाली 
  2. जासुसीको जालो - सरोजराज अधिकारी 
  3. प्रयोगशाला - सुधीर शर्मा
  4. रजगज -हरीबहादुर थापा
  5. असङ्गती - सौरभ
  6. ब्रेकिङ नेपाल - सुजित मैनाली र सौरभ
  7. निसङ्कोच अभिव्यक्ति - युवराज सङ्ग्रौला
  8. चक्रब्युह - भरत जङ्गम 



कृष्णप्रसाद भट्टराईका स्वकीय सचीव Peshal Niraula 
र झट्ट सुन्दा रुखो बोलेझैँ लाग्ने तर यथार्थ ओकल्ने Arjun Gyawali 

यो देशले गर्व गर्न लायक एक पत्रकार:  Tikaram Yatri




Mohan Lama.Rumba सर, जो बाहिर नआईकनै एउटा सच्चा नेपालीले गर्नुपर्ने काम गर्न रुचाउनु हुन्छ


कानुनका ज्ञाता तथा नेपाल सरकारका पूर्वसचीव मोहन बन्जाडे सर सङ्ग म।

सौरभ सरसँग म।

डा. राजेश अहिराज सर सङ्ग...
देब प्रकाश त्रीपाटी सर सङ्ग...


..

Monday, June 12, 2017

सिट नम्बर B - 4 (कथा)

                           (कथा)

२०७२ असोज २३
त्यो असोज २३ गतेको पर्सि घटस्थापनाको दिन थियो। म दशैँ मनाउन तराई जाँदै थिएँ। बेलैमा प्याकिङ्ग स्याकिङ्ग सब गरेर चाबहिल टिकट काउन्टरमा पुगेँ। हामी केटाहरूका लागि प्याकिङ्ग भन्नू पनि के नै हुन्छ र ? केही सिमित सामान हुन्छन्। जस्तो दुईतीन जोर सर्ट पाइन्ट। एकदुई वटा हाप पाइन्ट, कट्टु गन्जी अनि टुथ ब्रस र मोबाइल चार्जर ।   

नबराजलाई हिजो बिहानै आजको नाइटको टिकट बुक गराउन लगाएको थिएँ। आफ्नो साथी आफ्नो साथी टिकट काउण्टरमा हुनुको यहि त यौटा फाइदा छ। चाहेको बेलामा सजिलै टिकट पाइने। दशैतिहार जस्तो मारामारमा पनि उसले एकदिई सिट मिलाइदिन सक्छ। त्यसैले म उसैको भर पर्छु। आज मात्रै हैन सधैं। मैले चढ्नु पर्ने बस कोटेश्वरबाट चाबहिल हुँदै नयाँ बसपार्क तिरबाट जाने रहेछ। रात्रीकालिन बस भनेपछि ढिलोढिलै कुदाउँछ भन्ने बुझेरै म अबेर गरि आएको थिएँ। "तीन बजे आइसक्नु" भनेको ठाउँमा म चार बजे आउँदा समेत गाडी आइपुगेको छैन। यहाँ सम्म आइपुग्न अझै आधा घन्टा जति समय लाग्छ भन्ने जानकारी पाइयो। काउन्टरमा बस्ने मेरो त्यो मित्र प्यासेन्जरको फोन उठाउनमै ब्यस्त छ। तसर्थ उसलाई डिस्टर्ब नगरी ब्याग काउण्टरमा राखेँ र छेउको क्याफेतिर लागेँ।

क्याफे छिर्न मात्रै के लागेको थिएँ, गेटैमा एक जोडी आखासङ्ग मेरा आँखा जुधे। मैले सुरुमै पत्ता लगाइहालेँ ती आँखा पारुका हुन्। म स्कुले समयमा फर्किएँ।

 पारु अर्थात् मेरो स्कुलकी साथी। स्कुलताका पारुका पछीपछि स्कुलका प्रायः सबै साथिहरु लाग्थे। सायद अझै पनि थुप्रै केटाहरु उसैका पछि लागेका हुँदा हुन्। "पारु मेरी गर्ल फ्रेन्ड हो" भन्दै बेलाबेलामा हाम्रा केटाहरूबिच फाइट पनि खुब चल्थ्यो। म उतिबेला पनि लुरे नै थिएँ। फगत हाड र छालाको थुप्रो। त्यसैले मैले ती केटाहरुसङ्ग कहिल्यै फाइट खेल्ने हिम्मत गरिनँ।
 पारु आज पनि सजिएरै आएकी छे, जस्तो स्कुलमा सजिने गर्थी ऊ। स्कुलमा पढ्दाताका लिप्स्टिक र गाजल लगाउने हाम्रो कक्षामा ऊ मात्रै थिई। कुनै ब्याक्तिको शुन्तरता नाप्ने मिटर त आजसम्मै बनिसकेकै रहेनछ तर मेरा साथिहरु उतिबेलै भन्थे "मेरी पारु जति राम्री हाम्रो स्कुल भरी कोहि छैन।" सबैले उसलाई "मेरी" भन्न रुचाउने। मान्छे निक्कै राम्री भएनी पढाइमा ऊ- ठिक्ठिक्कै। कैलेकाही आन्तरिक परिक्षामै अङ्रेजी र गणितमा फेल भैदिने। म त्यो स्कुले बुद्धिले त्यतिबेलै सोच्थे -"बिचराको भए जति सारा समय मेक-अप मै सिद्दिने होला, अनि कहाँबाट नम्बर आउनु ?"

मैले मनमनै भने - जे होस् आज यो क्याफे छिरेको राम्रै भो। मैले कुर्दै गरेको त्यो बसको ड्राइभर दाईलाई मनमनै धन्यवाद दिएँ, जसले  मेरा लागि यो सुनौलो मौका जुराइदिए। एसएलसी पछि मैले पारुलाई देखेको भनेको आजै हो। अहिले नै हो। यो पाँच बर्षको अन्तरालमा ऊ झनै राम्री भैछ। या यसो भनौं मेक-अप गर्ने कलामा ऊ निपुण हुँदै गइछ। लगभग आधा घन्टा जति 'कफी गफ' चल्यो- हाम्रो। उसले १२ कक्षा पढेर पढाइ छोडिछे। अहिले नबिल बैङ्कको चाबहिल शाखामा 'रीसेप्सनिस्ट' भएकी रहीछ। "स्यालरी पनि राम्रै छ" भन्दै थिइ ऊ। मलाई ठूलो रहर हुँदाहुँदै पनि 'ह्युमन साइकोलोजी' पढ्न पाइनँ। तर पनि हरेक बैङ्कवालाहरुले रिसेप्सनमा आखिर किन राम्री राम्री कन्या छानेर राख्छन् ? भन्ने प्रश्न मेरो मथिङ्गलमा घुमिरहन्छ। पुरुषप्रधान देशमा पुरुषको साइकोजीलाई कसरी एट्र्याक्ट गर्न सकिन्छ भन्ने कुरा बैङकवालाहरुलाई राम्रोसङ्ग थाहा भएको हुनुपर्छ।  कुरा बैङकको मात्रै हैन, हरेक कार्यालयको रीसेप्सनमा पारु जस्तैहरु सजाइएको हुन्छ। मानौं कि त्यो पद पारुहरु जस्काका लागि सिर्जना गरिएको होस्।  बेलाबेलामा पत्रपत्रिकामा यस्सो टिप्पणी लेखिटोपलिने ममनुवा म। यति राम्री पारुलाई साक्षात भेटिसकेपछि यति टिप्पणी त बन्ता है बोस !

पारु हरेक दिन यो क्याफेमा आइरहदी रैछ- चिया नास्ता गर्न। ऊ सङ्ग गफ्फिदै जादा स्कुल कलेज हुँदै उसको अफिसका कुराहरू उसले उप्काई। "साथिहरु सबै आफ्नो आफ्नो बाटो लागे" भन्ने गुनासो पनि गरी। हामिले एकएर्काको मोबाइल नम्बर एक्सचेन्ज गर्‍यौं।

त्यहाँबाट हिड्ने बेला मैले उसलाई सोधेँ - तिमी कसैको पर्खाईमा छौ या अब निस्किने ?

- "यौटा साथी आउदै छ।"

"यौटा कि यौटी ?" मैले हास्दै सोधेँ।

- "यौटी !"

"अनि आउने बेला भएन त.... ?"

- "भयो हुन त खै ... गाडी हिड्नै लागेको भन्दै थी।"

"मत्लब ?"

- "ऊ आज घर जादैछे। मलाई अफिसमा छुट्टि मिलेन। उसको गाडी यतैबाट जान्छ रे। एक्छिन भए नि भेटी हालौ न भनेर।"

"ऊ कहाँसम्म पुग्नुपर्ने हो ?"

"पुर्बी तराई।"

- "त्यत्ती लामो यात्राका लागि हिडेको गाडी यहाँ आएर कतिन्जेल रोक्ला र ! ऊ उताबाट फर्किएपछि भेट्दा भैगो नि !"

- "यहाँका प्यासेन्जरको सामान लोड गर्दा पाँच दश मिनेट त रोक्ला नि ! ऊ अब काठमाडौं नआउने भन्दै घर जान लागेकी छ।"

"ए ए ! तिम्री साथी कहाँबाट बस चडेकी हुन् ?"

- "कोटेश्वर।"

त्यसपछि हामी दुबै जना क्याफेबाट निस्कियौ। म बस काउन्टरतिर लागेँ। उ उसकी साथिलाई फोन गर्दै थिई।

म बस काउण्टरमा पुगेँ। मेरो साथी नबराज काउण्टर बाहिर उभिएर बस कुर्दै रहेछ। उसले मलाई टिकट थम्याउदै भन्यो-
 "ल मित्र ! यो तिम्रो टिकट। सिट नम्बर- बि चार।"

 "सिट नम्बर- बि चार ?" म मनमनै हासेँ। टिकेट हेरेँ। 
यात्रुको नाम - शरद कटुवाल, सीट नं. B- 4', पुग्नु पर्ने- कंचनपुर, सप्तरी।

बस आइपुग्यो। "यै हो है तिम्रो सिट" भनेर मलाई  सिटमा बसाउदै ऊ काउन्टरतिर लाग्यो। म ब्याग मिलाउन लागेँ। बसको यात्रा गर्दा म सधैं एउटा साहित्यक किताब र पत्रीका साथैमा बोक्छु। गज्जबको 'टाइम पास' हुन्छ। अब यहाँ कतिन्जेल रोक्ने हो भन्दै म पत्रीका निकालेर पढ्दै हुन्छु।

लगभग पाँच मिनेट जति पछि नबराज फेरि मेरा अघि हाजिर हुन्छ। ऊ अलि अफ्ट्यारो महसुस गर्दै भन्छ-

"हेर न यार टिकट जुधेछ। माइन्ड नगर ल ! मैले तिम्लाई अर्को बसमा मिलाइदेको छु।"

- "इट्स ओके यार।"

"यो बस र अर्को बस सङसङ्गै जाने हुन्। त्यसैले जुनमा बसे नि एउटै हो है !"

- "त्यसो भए मसङ्ग सिट जुधेको माछेलाई उता पठाइदेऊ न त।"

"ऊ मरिगए मान्दैन यार।"

- "इट्स ओके मित्र ! हिड जाऊँ।"

मलाई अर्को बसमा पुर्‍याउदै साथीले भन्यो-

"यसमा चै तिम्रो सिट नम्बर बि- ३ हो है !"

- "अघिको बि चार थ्यो। त्यै भएर झण्डै बिचरा भैयो। यसमा त त्यस्तो कै हुन्न नि ?"

"त्यस्तो कै हुन्न यार अब। यो फाइनल भो"

- "अनि यो छेउको बि चार वाला सिटमा चै कुन बिचरा बस्ने हो ?"

"बिचरा हैन, बिचरी हो। उसलाई झ्यालमा नभै नहुने रे।
यहीँ थिई ऐले कता निस्किछे। ऐले आउछे।"

- "ए बिचरी पो ? म मुस्कुराएँ। अनि उसलाई प्रश्न गरे  तिम्ले जानीजानी टिकट जुधाको हौ कि क्या हो ? मलाई त शङ्कै लाग्यो।"

उसले हास्दै भन्यो "संयोगले जुधेको थ्यो। अब मन जुधाउने कम तिम्रो !"

- "मतलब ?"

"कै हैन, उता पुगेपछि फोन गर्नु। ल राम्रो सङ्ग जानु।"

- "राम्रीको सिट छेउमा ल्याएर राख्द्या छौ। अनि राम्रोसँग जाउ भन्छौ ? के हो ती मुइयाको जेण्डर फिक्स छैन कि क्या हो ?" म ठट्टा गर्छु।

"खै ! अब त्यो छुट्याउने जिम्मा तिम्रो भो।"

-""हैट ! मलाई त ठूलै जिम्मेवारी पो सुम्पियौ नि मित्र !"

एक छिन दुबै जना गलल्ल हाँसिइयो। त्यसपछि ऊ बसबाट ओर्लिएर काउन्टरतिर लाग्यो। 

म मेरो ब्याग मिलाएर पत्रीका पढ्न थाल्छु। एकै क्षणमा  मलाई सम्झना हुन्छ- "ओ हो ! पानी र रिचार्ज कार्ड त किन्नै बिर्सिएछ।" म बसबाट ओर्लिएर छेउको पसलतिर लागेँ। 

बसले हर्न बजायो। म हतारिदै बसतिर लम्किएँ। बस चढेर आफ्नो सिटमा के पुगेको थिएँ- मेरो सिटमा परिचित अनुहार देखेँ। फेरि यो बसभित्र पनि मेरा आँखा तिनै जोडी आँखा सङ्ग जुध्न पुगे, जसलाई मैले अघि भर्खर क्याफेमा भेटेथे।

"अरे पारु ! तिमी यहाँ ?"

ऊ पनि छक्क पर्दै भनी-
"अघि मैले पर्खिएको उहीँ हो। म त झर्न लागेको।"
  पारु गाडीबाट ओर्लिदै भनी-  "ल दुबै जना राम्रोसँग जाऊ है ! सरद उसलाई केयर गर्नु ल ?"

पारुले "केयर गर्नु" भनेको मान्छेतिर मैले यस्सो नजर फ्याक्के। उसले पनि मलाई हेरी। तर उसले तुरुन्तै नजर मोड्दै भनी-
"पर्दैन मलाई कसैले केयर गर्न।"

गाडी हिड्न सुरु गर्‍यो। जादाजादै पारुले भनी "यो यस्तै छे। माइन्ड नगर्नु है !"

गाडीले आफ्नो गति समाउन थाल्यो। यस बिचमा मैले उसलाई दुईतीन चोटि कर्के नजरले हेर्ने प्रयत्न गरेँ। ऊ पनि मलाई घरी घरी हेर्न खोज्दी रहिछ। एक पटक उसले मतिर हेर्ने र मैले उतिर हेर्ने समय जुध्यो। त्यस्तो भएको लगत्तै मतिरबाट नजर हटाउदै झ्याल बाहिर हेर्न थाली ऊ।

बस झनै रफ्तारमा अघि बढ्दै थाल्यो। अघि ल्याएको पानीको बोतलको बिर्को खोलेर ऊतिर बढाउदै मैले सोधे-

"पानी खाने हो ?"

उसले नसुने जस्तो गरी। कुनै प्रतिक्रिया दिइन। ऊ अझै झ्यालतिरै हेर्दै थिई। गाडीको आवाजका कारण उसले नसुनेकी हो कि भन्ने लागेर म अलि ठूलो आवाजमा पुनः सोध्छु-

"पानी खाने हो ?"

उसले झ्याल तिरबाट नजर हटाउदै मतिर हेरी। म छक्क पर्छु। ऊ त मलाई खाउला झैँ गरी पो हेर्छे। पारुले अघि जाँदै गर्दा "उसलाई केयर गर्नु है" भन्दै थिई। यहाँको परिस्थिति हेर्दा उसलाई हैन, उल्टै मलाई चै केयर गर्नु पर्ने अवस्था आउला जस्तो छ।

मैले दुई तीन घुड्की पानी खाइसकेपछि फेरि उसलाई सोधेँ - "साच्चै नखाने नै हो ?"

"एक चोटि भन्दा हुँदैन ? खान्न भनेपछि खान्न खान्न।" उसको मुखबाट तोप पड्कियो। मलाई तोप हानेर ऊ फेरि झ्याल बाहिर हेर्न थाली।

"नखाइकन पिउदा मात्रै पनि हुन्छ। म कै भन्दिनँ" मैले नि तोप नै त नभनौ तोपको जवाफ राइफलले दिएँ।

यो पल्ट भने ऊ मुस्कुराउदै म तिर हेरी। शब्द उच्चारण नगरी हातको इशाराले पानीको बोतल मागी। "अब चै केटी पट्टि है" भन्ने अनुमान लगाउदै मैले बोतल उसको हातमा दिएँ।

उसले हुत्याउदै त्यो बोतल झ्याल बाहिर मिल्काइदिई। 

त्यति गरेपछी उसले आफ्नो ह्यान्ड ब्यागबाट एयर फोन र मोबाइल झिकी। एयर फोनका दुइटा ठेडी उसका कानमा ठुसी। अनि गित सुन्न थाली। 

उसको यस्तो चर्तीकला हेरेको हेरेकै भएँ म त। अब मैले चुपचाप रहनुमै मेरो भलाई हुने निस्कर्श निकालेँ।

'त्यसका मात्रै छन मोबाइल ? यी.. हाम्रा पनि छन्' भन्ने देखाउनकै लागि मैले नि गोजिबाट मोबाइल र एयर फोन निकालेँ। अघि पढ्छु भनेर निकालिएको पत्रीकालाइ ब्यागमा कोचिदिएँ। अनि म पनि गित सुन्न थालेँ।

"याद गर्न पनि कोहि न कोहि त चाहिदो रहेछ
कुनै मोडमा साथी पाँइदो रहेछ....
कुनै मोडमा गुमाइदो रहेछ ।।

याद गर्न पनि.........।"

                           .............


साच्चै ! याद गर्न पनि कोहि न कोहि त चाहिन्छ।

एक दिन म फेसबुकमा अन्लाईन बसिरहेको थिएँ- new friend request भन्ने नोटिफिकेसन आयो। को रैछ भनेर यस्सो हेरेँ। यौटी केटी रैछ- सबिना खड्का नाम गरेको। आजकल उटपट्याङ केटाहरू अरुको दिमाग चाट्न केटीको नाममा फेसबुक खोल्छन्। कतै यो एकाउन्ट पनि त्यस्तै त हैन ? मैले उसको प्रोफाइल चेक गर्न थालेँ।  म्युचल फ्रेण्ड हेरेँ। एक जना पनि छैनन्। 'स्टडी इन काठ्मण्डु फ्रम आउट साइड अफ द भ्याली, ब्याचर लेभल' लेखिएको थ्यो पर्सनल इन्फोमा। उसले अहिलेसम्ममा आठ दस ओटा प्रोफाइल पिक्चर फेरेकी रैछ। टाइमलाइनमा हिन्दी फिल्मी र दोहोरी गित्का भिडियो र नेपाली गितका लिरिक्स पनि सेयर गरेको भेटियो। उसले सेयर गरेका पोस्टहरुमा मुस्किलले २०/२२ लाइक्स र ४/५ वटा कमेन्ट देखिन्थ्यो। 

"यो एकाउन्ट अरिजिनल नै हुनुपर्छ भन्ने निस्कर्ष निकाले मैले तर केटीको पोस्टमा पनि जम्मा २०/२२ लाईक्स ? जम्मा ४/५ वटा कमेन्टस् ?  शङ्का अझै यथावत रह्यो। अँह..... यत्ती मात्रै बुझेर हुन्न डिटेलमै बुझ्नु पर्छ। 

फ्रेन्ड रीक्वेस्ट पेन्डिङ राखेरै उसलाई च्याट बक्समा म्यासेज पठाएँ- 

"नमस्कार सबिना खड्का ज्यु, 
यहाँको छोटो परिचय पाऊँ न ल !"

- "फेसबुकमै छ त ! त्यत्तिले पुग्दैन र ?"

"नपुगेरै हो सोधेको।"

"केके पुगेन ?"

"नाम थर, बसाई, अध्ययन अनि मलाई कसरी भेट्नु भो भन्ने कुरा"

"नाम सबिना खड्का भै'गयो। बसाई काठमाडौं। अध्ययन ब्याचर सेकेण्ड इयर- एजुकेसनबाट। अस्तिनै कान्तिपुरको पाठक पत्रमा तपाईंको कविता पढेथेँ।"

"त्यो कविता हैन, गजल थियो। तैपनि आज अहिले नै चै कसरी सम्झिनु भो ?"

"अघि बिबिसी नेपाली सेवा सुन्दै थिए। तपाईंको टिप्पणी पनि बजेको थ्यो। 'गोठाले' नाम राख्ने मान्छे कस्तो रैछ भन्ने लागेर।" 

मैले फेसबुक एकाउन्टमा मेरो नाम 'गोठाले'  राखेको छु। सुरुसुरुमा यत्तिकै राखेको भए पनि यहि नामले  क्याम्पसबाट दुईतिन वटा पुरस्कार पाइयो। दुईतिन वटा पत्रीकामा यहि नाममा  कविता गजल छपाइयो। त्यसबेला देखि मेरो स्थायी नाम 'गोठाले' रहन गयो। अब त धेरै साथीहरूले 'गोठाले' भनेरै चिन्छन्। नयाँ ठाँउ र नयाँ ब्याक्तीसङ्ग आफ्नो परिचय दिदा आफुलाई 'गोठाले' भनेरै चिनाउँछु म। 

उसलाई "धन्यवाद" भन्दै अगाडि लेखेँ-
" यहाँ सङ्गको मित्रता सफल र सार्थक हुनेछ भन्ने अपेक्षा सहित फ्रेन्ड रीक्वेस्ट स्वीकारिइएको छ है !"

"सार्थक त भन्न सकिन्नँ, सफलसम्म भयो भने म खुसी हुनेछु।"

"सफल र सार्थकमा के फरक हुन्छ ? एक लाइनमा बताउनुस्।"

"कालो बजारी गर्ने यौटा ब्यापारी 'सफल ब्याक्ती' हुन सक्ला तर ऊ 'सार्थक ब्याक्ती' मानिदैन।"

"हैट ! सुरु दिनमै यस्तो गहन लेक्चर ? अब यो गोठाले विद्वान हुने भो।"

"ए साची ! मैले त सोध्नै बिर्सिएछु। तपाईं कुन लेभलमा पढ्नुहुन्छ ?"

"गोठालेले कहिल्यै पढ्दैन। गाईबाख्रा चराउनु गोठालेको एक मात्र काम हो।"

" महाशय, काठमाडौंमा गाईबाख्रा चराउनलाई त ठाँउ पनि हुनु पर्‍यो नि  !"

"त्यै नभएर आजकल बेरोजगार भइएको छ।" 

"साच्चै भन्नू न ! तपाईं कहाँ कुन लेभलमा पढ्नुहुन्छ ?"

"ब्याचलर भर्खरै सकेर मास्टर्स जोइन गर्दै..."

"कहाँ पढ्नुहुन्छ ?"

"टीयुमा।"

"कहाँ बस्नुहुन्छ तपाईं ?"

"कोठामा।"

"त्यो कोठा कहाँ छ।"

"त्यो कोठा यौटा घरमा छ।"

"कोठा घरमै हुन्छ। सबै मान्छे बस्ने भनेको घरमै हो। त्यो थाहा छ मलाई। तपाईं बसेको घर चै कहाँ छ ?"

"सबिना जी, तपाईलाई थाहा रैन्छ, नेपालमा अझै पनि हजारौं ब्याक्तिहरु सुकुम्बासी भएर सडकमा, खोला किनारमा यत्तिकै बसिरहेछन। त्यसो भए सबै जना घरैमा बस्छन् भन्न कहाँ पाइयो र !"

"अरे बाबा ! तपाईं त सडकमा बस्नु हुन्न होला नि !"

"बसिन्छ कैलेकाही.... हिड्दा हिड्दै थाकियो भने।"

"यस्तो मान्छेले त कविता गजल हैन, चुट्किला लेख्नु पर्ने हो।"

" हा हा हा ..... सहि भन्नू भो। बजारमा 'शेरेको जोक्स' भनेर जेजती जोक्स आउछन्, ती सब मेरा प्रोडक्ट हुन्।"

"जोक्स लेखेरै त खान पुग्दैन होला नि। के गर्दै हुनुहुन्छ ?"

"त्यही भएर अब "कमेडी नाइट्स विथ गोठाले" भन्ने सो गर्न लाग्दैछु। तपाईं पहिले गेस्टका रुपमा आउन सक्नुहुन्छ- त्यो सोमा।"

"पर्‍या छैन त्यस्तो सोमा आउन।" 

"फ्रीमै तपाईं फेमस हुने मौका मिल्नेछ। बाइ द वे तपाईं कुन फ्याकल्टीको ?"

"एजुकेसन"

"ए त्यसो भा तपाईंलाई झन काइदा हुने'भो। पढाइ सिध्याइसके पछि ट्युसन नपढाइ हुन्न क्यारे ! मेरो सो मार्फत जतिसक्दो धेरै बिध्यार्थी बोलाउन सक्नुहुन्छ।"

"पर्‍या छैन मलाई त्यस्तो सो मा बिग्यापन गर्न।"

"बिज्ञापन गरेको एक रत्ती पनि पैसा लाग्दैन हौ ! डराउनु पर्दैन। ढुक्क हुनुस।"

"तपाईंको गाउँ कहाँ हो गोठाले जि ?"

"नेपालमै हो।"

"कुन ठाँउ ? ...... अघि घरकै जस्तो उतर चै नदिनु होला।"

"ओके ! ..... असीबाट दस घटाउदा जति हुन्छ ? त्यहीँ हो मेरो गाउँ।"

"असीबाट दश घटाउदा त सत्तरी हुन्छ।"

"हो त्यही सत्तरीको बिचमा 'प' घुसाइदिनुस।"

"ए ए तपाईं.... सप्तरीको मान्छे पो हो ? त्यसो भा' म तपाईंको छिमेकी परेछु है !" 

"तपाईंको घर कता हो ? जमिनमै हो भन्ने थाहा छ मलाई। त्यो जमिन कुन जिल्ला भित्र पर्छ, त्यो चै बताउनुस।"

"दुई जनाबिच झगडा सुरु हुनै लाग्दा के-के भन्छन् ?  त्यहीँ हो मेरो गाउँ।"

"ए हजुर त्यस्तो फोहोर शब्द मबाट उच्चारण नगराउनुस।"

" अरे ... झगडा गर्नै लाग्दा एक अर्काले "ल हान् ल हान्" भन्दैनन् ? हो त्यै ठाउँ हो मेरो -लाहान।"

"हैट ! तपाईं त कमेडीमा म भन्दा नि कडा हुनुहुँदो रैछ।" 

"तर ढुक्क हुनुस् तपाईंको दुकान बन्द गरिदिन्नँ।"

"दुकान ?"

" आइ मीन 'कमेडी नाइट्स विथ गोठाले' सो।"

"ए ए ! कै छैन म अर्को काम थालौँला। किसानको छोरो कै न कै त गरि हालिएला नि !"

"हा हा .... रजनिकान्त जोक्स सुन्नु भा छ ?"

"अँ .... सुन्या छु। ती जोक्सले मेरो मार्केट डाउन गराएका छन्"

"हो ती सबको नेपाल मामिला म ह्यान्डील गर्छु।"

"ए ए ! त्यो जोक्सको नेपाली डीलर तपाईं हो ?"

"अँ .....।"

"तर तपाईंको नाम कहिल्यै सुनिदैन त जोक्स मार्केटमा ?"

"म त्यस्तो सामाजिक कामको क्रेडिट माग्दिनँ।"

"तर म त माग्छु ......।"

"आ आफ्नो मर्जी हो, तपाईं माग्नुस।"

"साच्चै मागौँ त ! दिने हो ?"

"के दिनु ?"

"तपाईंको फोन नम्बर .....।"


गाडी  एकाएक घ्याच्च रोक्कियो। रात परिसकेछ। यसो घडी हेरेँ। पौने आठ बजिसकेछ। गित सुन्दा सुन्दै म  भुसुक्कै निदाएछु। छेउकी सिटवाली तिर यस्सो हेरेँ। ऊ त "म कति बेला उठुँला र बाहिर जान पाइएला" भन्ने भावले मलाई नै हेरिरहेकी रैछ। मैले हतार हतार आफ्नो सिटबाट उठिदिएँ। ऊ निस्किएर बाहिर गई।
 "म निस्किन्छु खै " भन्दा त भैहाल्थ्यो नि ! के खालकी मान्छे हो ?" भन्ने लागिरह्यो मलाई। म पनि बसबाट ओर्लिएँ। उसको पछि लागेजस्तो नहोस् भनेरै म अलमल अलमल गर्दै मुत्र बिसर्जन स्थल तर्फ लागेँ।
हातमुख धोइसकेपछी अलि फ्रेस भइयो। खाना खान रोकिएको होला भन्ने मेरो अनुमान गलत साबित भो। यहाँ चिया नास्ताको मात्रै ब्यबस्था रहेछ। यी ड्राइभरहरु बडो चलाख हुन्छन्। जहाँ जुन होटलवालाले कमिसन दिन्छ, उसैका होटल अघि मात्रै  गाडी रोक्छन्। अब अहिले आठ बजे यहाँ चियानास्ता खुवाएपछी कहाँ रोक्काउने हो थाहा छैन। केही त खानै पर्‍यो।

मैले ब्ल्याक टी र एउटा दुईटा सेल रोटी मगाएँ। चिया पिउदै मैले यताउता नजर डुलाएँ - कहाँ चै गइछ त्यो केटी ? त्यो होटलमा ऊ देखिइन। भोक लाग्या छैन होला, अनि आफ्नै सिटमा गएर बसेकी हुँदि हो मैले अनुमान लगाएँ।

गाडीले हर्न बजाएर अब जाने सङ्केत गर्‍यो। मैले अघि नै चिया-सेल खाइसकेको थिएँ। हतारिदै गाडीभित्र छिरेँ म। सिटमा गएर हेर्छु त उसको सिट खाली छ, ऊ अझै आइपुगेकी छैन। "आखिर कहाँ गै होली त्यो ?" भन्ने जिज्ञासा पलायो। उसैको सिटतिर सरेर झ्यालबाट यताउता हेरेँ। बाहिर निस्पट्ट अध्यारो छ के देखिन्थ्यो ? कै देखिएन। म झ्याल बन्द गर्नै लागेको के थिएँ अलि पर अध्यारोकै बिचमा एउटा चुरोट सल्किरहेको देखियो। अध्यारोका बिछ मान्छे चिनिएन कसैले चुरोट पिइरहेको हुनसक्ने अड्कल काट्न सकिन्थ्यो। चुरोटको धुवाँ सर्किएर होला ऊ खोकेको आवाज आयो। यता गाडी हिड्न लाग्यो- तर ऊ अझै आउदिन। गाडीले अन्तिम हर्न बजाएपछी त्यो चुरोट भुइमा झरेको देखियो। म त्यतै हेरीरहदै थिएँ- त्यो मान्छे कुद्दै बसतिर आयो। म छक्क परेँ। अघि चुरोट खाने मान्छे मेरै छेउमा बस्ने केटी रैछ।

ऊ चुइगम चपाउदै गाडीभित्र छिरी। मैले बाटो छोडिदिएँ। ऊ झ्यालतिरको आफ्नो सिटमा गएर बसी। गाडीले फेरि आफ्नो गति समात्न थाल्यो। अरु सबै लाइट निभेर डीम लाइट बल्यो। मधुरो प्रकाशमा मैले उसको अनुहार नियाल्ने प्रयत्न गरेँ। ठ्याक्कै त्यही बेला उसले पनि मतिर हेरी। मैले उसलाई हैन झ्यातिर हेरेजस्तो अभिनय गरेँ। बाहिर निस्पट्ट अँध्यारो छ झ्याल बाहिर हेर्नुको कुनै अर्थ हुँदैन। सायद उसले यो कुरो बुझेकी हुँदी हो।

छेउछाउका अरुले नसुनुन भन्ने हिसाबले मैले दबेको आवाजमा उसलाई  प्रश्न राखेँ।

"तपाईंले कैलेदेखी चुरोट खान थाल्नु भो ?"

"जैले सुकैबाट थालौँ, अरुलाई के मतलब ?"

"के प्रश्न सोध्नु पाप हो ?"

"मलाई थाहा छैन त्यस्ता कुरा। म नास्तिकलाई के था ?"

अहिले उसको अनुहार प्रष्ट देखिन्नँ। तर उसको बोलाइले थाहा हुन्छ ऊ अझै भयङ्कर रिसाइरहेकी छ। यस्तो आगो ओकलिरहेका बेला बोल्नु भन्दा नबोल्नु नै जाती भन्ने ठानेँ मैले। गोजीबाट मोबाइल झिकेर दिउँसो क्याफेमा भेटिएकी पारुलाई नम्बर लगाएँ। उसले उठाइन। फेरि लगाएँ अझै उठाइन। तेस्रो पल्ट ट्राइ गरेँ। बल्लतल्ल उठाई। म "हेल्लो हेल्लो" भन्दै थिएँ - फोन बिचैमा कट्यो। फेरि ट्राइ गरेँ। लागेन। मोबाइलको सिग्नल स्ट्रेन्थ हेरेँ जम्मा एक लाइन रहेछ। 

फोन नलागेपछि मैले पारुलाई म्यासेज पठाएँ।
 "पारु तिम्रो साथिको नम्बर देऊ न।" 

तर म्यासेज पनि गएन। त्यो म्यासेज आउट बक्समै गएर बस्यो। दुईतीन पल्ट ट्राई गर्दा नि भएन। "लु नभए नहोस् त" भनेर मोबाइल गोजीमा राखेँ र निदाउने चुपचाप बसेँ।

                        .............
                           
मैले एक पल्ट मात्रै सबिना जी सङ्ग उहाँको फोन नम्बर मागेको थिएँ। त्यो पनि सिरियस भएर हैन, यत्तिकै ठट्टा गर्ने क्रममा। खासमा नम्बरको आवस्यकता नै परेन भनौं अझ। फेसबुक च्याटमै दुईतीन दिन दुइतिन दिनमा "हाइ हेल्लो" हुन्थ्यो। सात आठ दिनको ग्यापमा एउटा टपिकमा गफ चल्थ्यो हाम्रो। प्रायः शनिबारको रात - नौ दस बजे हाम्रो बहस चल्ने शेड्युल हुन्थ्यो। प्रायः उताबाट सम्बाद सुरु हुन्थ्यो।

"आजकाल के गर्नु हुँदैछ गोठाले जी ?" 

"आजकल त बेरोजगार भैएको छ हजुर।"

"गाईबाख्रा हेर्ने काम के भो ?"

"गाइबाख्रा पाल्नै छोडे यो खाल्टोमा। अब खाली जमिननै कहाँ बाकी छ र यहाँ ?"

"त्यो त हो, अनि जोक्सको मार्केट पनि चौपट भाको हो ?"

"जोक्स मार्केटमा फाइदा छैन। दिमाग र समयको सत्यानाश।"

"कमेडी नाइट्स विथ गोठाले सो' के भो ?"

"स्पोन्सर भेटिएन कोहि। त्यो योजना पनि त्यत्तिकै थन्किराछ।"

"अनि अब कसरी गुजारा चल्छ त ?"

"यो पेटका लागि कै त गर्नै पर्छ। म सोच्दैछु - पानीपुरिको एउटा दुकान खोलु।"

"त्यो खोल्दा हुन्छ। त्यसमा राम्रो आम्दानी हुन्छ। आजकल कलेजका सबै केटीहरु पानीपुरी भैयाकै पछि लाग्छन्।"

"त्यसो भए यो 'गिड्डै गिड्डको शहर' का सारा केटिहरु मेरै पछि लागुन भन्ने चाहानु हुन्छ तपाईं ?"

"के भो त राम्रै हुन्छ नि !"

"म एक्लो ज्यानले त्यत्रा जेरहरुलाई पाल्न सक्दिनँ।"

"तपाईंले पाल्नै पर्दैन। आजकलका केटिहरु पढेलेखेका सक्षम हुन्छन्। उल्टै तिनिहरुले नै तपाईंलाई पाल्छन।"

"पाल्छन हैन, मलाई त्रीशुलिमा लगेर फ्याल्छन बरु।"

"फाल्दैनन हौ फाल्दैनन। कानुन उनिहरुलाई नि लाग्छ।"

समय बित्दै जादा हामीबिच हासो ठट्टामात्रै हैन, जीवन दर्शनका कुरा नि हुन्थ्यो। उताबाट हाई भनिसकेपछी पहिलो वाक्यमा जस्तो बिसयको उठान भो, हो त्यही बिसयमा हाम्रो बातचीत अगाडिबबढ्दै जान्थ्यो।

एकदिन मैले फेसबुकमा यौटा फोटो राखेँ- 'एक्लो एक्लो छु म' भन्ने क्याप्सन दिएर। त्यही फोटोमा कमेन्ट यस्तो आएको रहेछ। त्यो कमेन्ट उहीँ  "लाहानवाली" को थियो। त्यस दिनका लागि गफ गर्ने विषय मिलिहाल्यो।

"बेलैमा बिज्ञापन दिनु पर्‍यो नि त पत्रीकामा"

"आबेदन फारम खुल्यो भन्ने ब्यहोराको बिज्ञापन  जमानामा दिएकै हो। आजसम्म यौटै आवेदक आएन। आइनन्।"

"आएकालाई धमाधम रिजेक्ट हान्नु भो होला अनि !"

"रीजेक्ट हान्या छैन हौ ! आवेदक आए पो रीजेक्ट हान्नु।"

" आबेदनका लागि टाइम कैलेसम्म हो ? केके डक्युमेन्ट चाहिने हो ? भन्नुस् म फर्वार्ड गर्छु।"

"तपाईं एप्लाई नगर्नुस्... ।"

"किन ? सोर्स फोर्स चाहिन्छ कि क्या हो ?"

"आवेदनका लागि पहिलो शर्त: अनुभवीलाई निषेध छ।"

"अनि म कसरी अनुभवी भए त ?"

"तपाईंले सेयर गर्ने गरेका फिल्मी भिडियो र  लभ सम्बन्धी स्ट्याटसले 'आइ गेस्ड यु आर इन रीलेसन्सिप विथ समवान' ।"

"त्यसो भए त मैले पनि तपाईंलाई त्यस्तै ठान्नु पर्ने हुन्छ।"

"मैले त्यस्ता गित र भिडियो सेयर गरेँ र ?"

"तपाईंका धेरै कविता र गजल त त्यस्तै छन- ट्र्याजिडीवाला।"

"लेखकको खुवी नै त्यै हो, नभएको कुरालाई पनि हो जस्तै अनुभुत गरि शब्दमा उतार्नु।"

"अनि त्यसरी लेखिएका शब्दहरु नै गित हुने हैनन ? ती गित हाम्ले गुनगुनाउदा, सेयर गर्दा हामी अनुभवी ठानिने ?"

"मैले दाबी गरिनँ, अनुमान सम्म हो मेरो।"

"अनुमान नै कालान्तरमा दाबी भएर प्रस्तुत हुन्छ।"

"महोदय, आज दर्शनको पालो हैन। त्यसैले दर्शनलाई नछोऔ।"

"छुन्छु भनेर दर्शन छोइने हैन, हाम्रो जिबनको पलपलमा यौटा दर्शन छ। बोल्नुमा पनि यौटा दर्शन लुकेको छ। नबोल्नुमा पनि यौटा दर्शन लुकेको छ। हास्नुमा पनि एउटा दर्शन हुन्छ, रुनुमा अर्को।" 

"लु आजलाई दर्शन नमस्ते गरेँ। नियम मिच्न हुन्न। म चै आज दर्शनको पाटो कोट्याउन्नँ।"

यसैबिचमा मेरो आन्तरिक परीक्षा सुरु भो। त्यसकारण २०/२५ दिन भुमिगत नै भइयो। मोबाइल फेसबुक सब बन्द। २६ औं दिन फेसबुकमा म झुल्किएँ।

"You got three message from sabina ..." भनेर नोटिफिकेसन आयो। मैले नोटिफिकेसन बारमा क्लिक गर्दै म्यासेज हेरेँ।

"कता गायब भाको हौ ?
"के हो नबोल्ने ?"
"म्यासेज हेरेर पनि रीप्लाई नदेको हि ?"

"पैला सास त फेर्न दिनुस्, अनि रीप्लाइ फर्काउला।" मैले रेप्लाई फर्काएँ।

"एक्जाम कस्तो भो ?"

"एक्जाम 'एक्जाम' जस्तै भो।"

"ए हो ? म त दुई-जाम जस्तो पो भयो कि भन्ने ठानी रा !"

"ठान्दैमा हुन्छ। एक्जाम जस्तै भाको छ।"

"अरु के छ गोठाले महाराजको ? बताइबक्सइन्थ्यो कि ?"

"यो 'सियोस' भन्ने शब्द चै मसङ्ग सम्बाद गर्दा प्रयोग नगर्नु। सियोस भन्दा सियोले नै घोचेजस्तो लाग्छ।"

"झन भाउ दियो, झन रिसाउने ..... ।"

"भाउ तिनीहरुलाई दिनुस् जो भाउ माग्छन्।"

"मत्लब ?"

"तरकारी किन्न जादा तरकारी बेच्ने भैयालाई भाउ दिनु भनेको क्या। बिचरालाई सप्पैले "भैया यतिमा देऊ न" भन्दै उसको भाउ गिराइरा हुन्छन्।"

"तरकारी कुरा कसरी आयो यहाँ ?"

"आयो नि ! तपाईंको भान्सामा तरकारी सधैं आउदा हुने। आज कुरा कुरामा कुरा चल्दा तरकारीका कुरा आउन नहुने ? वाह .... क्या स्वार्थी छ यो दुनियाँ !"

"के हो आजको टपिक नै 'तरकारी' छ त। तरकारीको ब्यापार थाल्या हो कि क्या हो ?"

"पानीपुरीको ब्यापारमा त्यति पोसाएन। अनि साइकलमा तरकारी बेच्न थालेको।"

"लौ हेर ! पानीपुरीको बिज्नेस थालेर पनि छोड्दी सकेको ?"

"घाटाको बिज्नेसलाई पकडिरहने म कुनै 'फेविकोल' हुइनँ।"

"अनि कुनै दिन भेट भो भने पानीपुरी त खुवाउनु हुन्छ नि - आफैले बनाको ?"

"बिज्नेस छोडेपछि काम पनि छोडियो। साथिहरुलाई पानीपुरी बनाएर खुवाउदा पैसा आउँदैन।"

"पैसै मात्रै ठुलो हो जिन्दगीमा ? कति स्वार्थी हौ तपाइँ त ?"

"पैसा कमाउनकै लागि सबैले व्यापार गर्ने हो। पैसै कमाउनलाई अरुले नि पानीपुरी बेच्ने हुन्। धर्म कमाउन भनेर पानीपुरी बेच्ने मान्छे मैले आजसम्म भेट्या छैन।"

"हो हजुर हो। अनि तरकारीको बिज्नेस कस्तो चल्दै छ ?"

"खै ! यो पनि धेरै दिनसम्म टिक्ला जस्तो छैन।"

"अनि त्यसपछि कुन बिज्नेस थाल्ने ?"

"कवाडी; "कागुज बोतुल फलाम लेले" भन्ने बिज्नेस थाल्नु पर्ला। त्यसमा लगानी डुब्ने डर हुन्नँ।"

"हा हा हा .... किनकी त्यसमा लगानी नै छैन हैन त ? यो लाइन चै नभन्ने ?"

"सबै कुरा भनिदैनन्। कति कुरा त मान्छेले आफै बुझ्नुपर्छ- नभनिकनै।"

"लु त्यसो भए म गएँ।"

"कहाँ ?"

"सुत्न।"

"ए ए .....।"



गाडी फेरि रोक्कियो। बसको लाइट बल्यो। यसो घडी हेरेको एघार बजेको रहेछ। नाइट बसमा यात्रा गर्नु भनेकै उङ्ने, निदाउने अनि ब्युझिने, अल्छिको हाइ काढ्ने। फेरि उङ्ने निदाउने ......। यहि क्रमको पुनरावृत्ति नै रात्रीकालिन यात्राको विशेषता हो।
सायद खाना खुवाउन रोकेको हुनुपर्छ। म सिटबाट उठ्न के लागेको थिएँ छेउकी सिटवाली मेरो काधमा शीर ढल्काएर निदाइरहेकी। के गर्नु के नगर्नुको स्थिती भो। उसलाई निद्राबाट उठाउन यसो झक्झकाउनु पर्ने थ्यो, त्यत्ती गर्ने आट पनि आएन। धन्न ऊ त्यसको एकै क्षणमा ब्युझिई। मेरो काधमा उसको शीर ढल्किएका प्रती ऊ सजग भई। अनि "सरी" भन्दै बाहिर निस्किन खोजी। मैले बाटो छोडीदिएँ। यस पटक भने म पनि उ सङ्सङै ओर्लिए - बसबाट।

मुत्र बिसर्जनका हेतु ट्वाइलेटतिर प्रस्थान गरेँ म।  मान्छेहरूको भिड छ। सबैलाई यौटै समस्या। ठ्याक्कै दस मिनेट त्यहीँ बित्यो मेरो। त्यसपछि हातमुख धोईवरी खाना अर्डर गर्न तिर लागेँ म। ऊ कहाँ बसेकी होली भनी यताउता नजर डुलाएँ। उ.... पर ...  कुनाको टेबुलमा एक्लै बसेकी रैछ। मैले २ सेट खाना अर्डर गरेर ऊ बसेकै टेबल छेउको कुर्सी तानेँ। म उसङ्ग बोल्न खोज्दै थिएँ ऊ जुरुक्क उठेर अर्को टेबलमा गई।

छेउछाउका ५/६ जना मान्छेहरूले मलाई शङकाको नजरले हेर्न थाले। म तिनिहरुलाई वास्तै नगरी खाना कुर्न थालेँ।

ओ हो ! पारुलाई म्यासेज गर्नु भन्याथेँ। त्यस्ले नम्बर पठाइ कि पठाइएन ?
म मोबाइल चेक गर्न थालेँ। यत्तिकैमा नजानिदो गरि यताउता नजर डुलाएँ। एक जना ४०/४२ बर्षकि महिला मतिर एक टकले हेरिरहेको पाएँ। मेरो सिट छेउकी केटीका कारण मैले आज राम धुलाई भेट्ने हु कि ? भन्ने डर लाग्न थाल्यो। म फोनमा ब्यस्त छु झै देखाउन लागेँ।

पारुले अझै म्यासेज पठाकी छैन। मैले फोन गर्न खोजेँ उसलाई। फोन लागेन। सिग्नल स्ट्रेन्थ एक लाइन पनि छैन के लाग्थ्यो फोन ?

खाना खाइवरी आफ्नो सिटमा गएर बसेँ म। ऊ मभन्दा पैले नै आइपुगी छ। उसले खाना खान बसे जस्तो त लाग्याथ्यो तर भाग बस्ने काम मात्रै गरि होला भन्ने अनुमान लगाएँ। अन्य यात्रुहरू पनि गाडीमा चड्दै थिए। मैले मोबाइल निकालेर फेरि पारुलाई फोन गर्न खोजेँ लागेन। म्यासेज छोडेँ।
 "पारु इट्स अर्जेन्ट ! उसको डिटेल इन्फो चाहिदैन... जस्ट सेन्ड मी हर नम्बर...."

मेरो मोबाइलको ब्याट्री सक्किनै लागेको रैछ- २१ %। स्विच अफ भै हाल्ने पो हो कि ? मैले मेरो झोलाबाट पावर बैङ्गक निकालेर चार्जिङ केबल जोडेँ।

 उसले सोधी -
"दुईटा चार्जिङ्ग केबल छ ?"

"छैन ... किन.... पानीको बोतल झैँ झ्याल बाहिर हुत्याउन ?"

ऊ कै बोलिन। मैले चार्जिङ्ग केबलबाट मेरो मोबाइल झिकेर उसको हातमा थमाइदिएँ।

ऊ हल्का मुस्कुराउदै मतिर हेरी। आफ्नो मोबाइलमा चार्जिङ्ग कनेक्सन जोडी। गाडी हिड्न लाग्यो। ठुलो बत्ती निभेर डिम लाइट सुरु भो। गाडीले फेरि आफ्नो गति समायो।

               ..........

सबिना खड्का जी सङग गफ हुँदै गयो। बिस्तारै बिस्तारै ख्याल ठट्टा गर्दै जादा उहाँका बारेमा सबै कुरा थाहा हुँदै आयो। घर लाहान। बाबू आमा किसान। परिवारमा दुईटी छोरी र एक छोरा। घरकी सबिना जी जेठ्ठी छोरी। लहानबाटै एस एल सी र १२ सिध्याएर काठमाडौंमा ब्याचलर पढ्न थालेकी एक आटिली केटी। घरतिरबाट चामल दाल महिना महिना दिनमा कोठामै आइपुग्ने। त्यसका लागि उहाँका पिताजीले गाउँकै एक ड्राइभर दाइको जिम्मा लगाएका। यताउताको खर्च सबिनाजीको जबले धान्ने। यो खाल्टोमा केटीका लागि काम भनेकै त्यही रीसेप्सनिस्ट त छ। उहाँ लालिगुरास सहकारी बित्तिय सस्था कोटेश्वर कार्यलयकी रीसेप्सनिस्ट। त्यही जबले धान्नु पर्ने महिना। कोठामा उहाँ र भाइ बस्ने। भाईले भर्खर slc सिध्याएर ११ पढ्न थालेको। कहिलेकाही अभरै पर्‍यो भने उहाँका पिताजीले तिनै परिचित ड्राइभरको हातमा ४/५ हजार पठाइदिने।
निस्कर्शमा भन्दा- जिबनमा आफ्नै बलबुताले कै गर्छु भन्ने स्वाभावकी एक हिम्मतिली केटी- सबिना। मास्टर्स सिध्याएर ११/१२ कक्षाकालाई पढाउछु भन्ने उहाँको लक्ष्य। सपना। चाहाना। योजना भनौं।

उहाँ सङ्गको यो सम्बादको क्रम लगभग ३ महिना सक्किएर चौथो महिनामा प्रवेश गर्दै थियो।  त्यस बेला हाम्रो घरको नेट बिग्रीयो। सर्भिस प्रोभाइडरलाई कराउँदा कराउदा गरियो। "हस् हजुर हस् हामी आजै ऐले मान्छे पठाउछौ" भन्न कहिल्यै छोडेनन। त्यस बेला लगभग ७/८ दिन नै अन्धकारमा बस्नु पर्‍यो। अन्धकार मत्लब ईन्टरनेट सेवाबाट बन्चित हुँदाको अवस्था। आजको युगमा इन्टरनेटबाट अलग्गिनु भनेको त निरक्षर हुनु सरह हो।  मेरो मोबाइलमा डाटाबाट निक्कै स्लो चल्छ ईन्टरनेट। चिप्लेकिरा झैं। त्यसैले म डाटाले ईन्टरनेट चलाउदिन।

घरको नेट बिगृएको छैटौं दिन हुनुपर्छ-  उहीँ टिकट काउन्टरको साथी नबराजको जन्म दिन परेको थियो। जन्मदिनमा पार्टी त खुवाउनै पर्छ भन्दै बाँकी सबैले कर गरेछन्। उसलाई नि खासै अफ्ठ्यारो थिएन। कोठा लिएर बसेको मान्छे। कोठामा एक्लै। हरेक टिकट काट्दा उसलाई राम्रै कमिसन हात पर्थ्यो। तसर्थ त्यो दिन उसको कोठामा पार्टी हुने भो। हामी सबै जना ६ बजेतिर उसको कोठा पुग्यौं। ३ जना साथी पहिल्यै आइसकेका रह्छन। हामी पुग्दा त्यहाँ सात जना भइयो।  पकाउने देखि सलाद काट्ने सम्मका सारा काम बाडेर गरियो। आठ बजेतिर सब रेडी भो। केटाहरूले अघिनै ४ बोतल बियर र एक फुल भोड्का लिएर आइसकेका रहेछन्। पार्टी सुरु भो। गानाबजाना सुरु भो।

म कोक पनि नखाने मान्छे। त्यस दिन मेरो कै जोडबल चलेन। मलाई दुई प्याक नखुवाई तिनीहरुले छोडेनन्।  मलाई त्यतिले काम पुगि'गो। त्यसपछि म अर्को कोठामा गएर ढल्किएँ।

"ओ हो यहाँ त वाइफाइ छ नि !" मलाई एक्कासी याद आयो। मैले वाइफाई कनेक्ट गरेँ। 

धमाधम नोटिफिकेसन एलर्ट बज्न थाल्यो। मैले म्यासेज चेक गर्न थालेँ। १६ जनाले म्यासेज गरेका रैछन। ती १६ जनामा सबिना जीको पनि म्यासेज रैछ। मैले क्लिक गरेँ।

"हाई के छ ?"
"किन हो म्यासेज नफर्काको ?"
"ब्यस्त हो ?"
"ठिकै छ त्यसो भा।"
"के हो मान्छे यसरी किन गायब भाका हुन् ?"
"बोल्न मन नभए नबोल्दा भो, कमसेकम भन्नू त पर्छ।"

उताबाट यस्तै पाराका १८ ओटा अन्सीन म्यासेज हेरियो। मैले रीप्लाई फर्काएँ।

"हाई ... सरी है ! मेरो नेट प्रब्लम थ्यो। आज साथिकोमा आएर चलाउदै छु।"

"भो गफ लाउनु पर्दैन। बोल्न मन नभए नबोल्दा भैगो नि कसले कर गर्‍या छ ?"

"नेट बिग्रीएपछी मैले के गर्नु ?"

"डाटा बाट भए नि यस्सो हाई  भन्न सकिन्छ नि !"

"मेरो मोबाइलबाट डाटा राम्रो चल्दैन।"

मेरो मोबाइल एकाएक झ्याप्प बन्द भो। अन गर्न खोजेँ भएन। ब्याट्री सक्किएको हुनुपर्छ। चार्जर खोजेँ, भेटिनँ। नबराजलाई उसको चार्जर कहाँ छ भनी सोधेँ। "यतै थ्यो कता पर्‍यो यार" भन्ने जवाफ दियो। यत्तिकै च्याटिङ्ग छोडेँ भने बेक्कारमा भाउ खोजे जस्तो हुन्छ। च्याटिङ त गर्नै पर्‍यो भनेर मैले नबराजको मोबाइल मागेँ। उसको मोबाइल म्युजिक प्लेयरमा कनेक्ट रैछ। केटाहरूलाई म्युजिक नभै नहुने। त्यसैले अर्को साथी सुरेशको मोबाइल लिएर च्याटिङ्ग सुरु गर्न थालेँ।

फेरि आठ ओटा म्यासेज आइसके छन्। किन नबोलेको भन्ने आशयको। मैले रीप्लाई फर्काएँ।

"हेर न मेरो मोबाइलको ब्याट्री सक्किएछ यही बेला।"

"भो गफ नदिनुस् । घरी नेट बिगृयो भन्या छ, घरी ब्याट्री सक्कियो भन्या छ। बोल्न मन नभए नबोल्दा भो। म कर गर्दिनँ।"

"अरे बाबा ! भएकै कुरा गर्दा पनि नपत्याउनेलाई के भन्नू ?"

"आज यहाँ साथिको बर्थ डे पार्टीमा आछु। त्यै भर अनलाइन आउन मिल्यो"

"भो गफ नखोकौ।"

उसले बिश्वास गर्ली भनेर मैले वल्लो कोठामा आएर सबै जना नाच्दै गरेको फोटो खिचेँ। त्यो फोटो पठाउन 'अप्लोड इमेज' मा क्लिक गरि पठाइदिएँ। अप्लोड हुन अलि टाइम लाग्ने भो। मोबाइल त्यही छोडेर म मुत्र बिसर्जन गर्न ट्वाइलेट छिरेँ।

फर्किएर आउँदा १९ ओटा म्यासेज आइसकेछ। सबै सबिना जि कै। म्यासेज पढ्न थालेँ।

"तपाईं यस्तो मान्छे हुनुहोला भन्ने मैले कैले सोचेकै थिन"
"मैले के सोचेको थिए, तपाईं के निस्किनु भो।"
"हिजो म तपाईंकी साथी भन्दा क्या खुशी लाग्थ्यो, आज्देखी लाज लाग्न थाल्यो"
"तपाईंको सोच यस्तो रैछ, अनि के बोल्नु हुन्थ्यो ?"
"तपाईंको त्यस्तो नियत होला भन्ने मैले सपनामा सम्म सोचिन।"

हैन यो मान्छे आज किन यस्तो फायर भाको हो ? मैले बुझ्नै सकिनँ। मैले प्रश्न गरेँ।

"हैन मैले त्यस्तो के गरेछु जसका कारण यत्रो विधि रिस ममाथि ?"

"म के जान्नु ? .... त्यस्तो फोटो पठाउने तपाईं ?"

म छक्क परेँ। त्यो पार्टीको फोटोमा के खराबी रैछ ? भन्ने सोच्दै माथी स्क्रोल गर्दै गएँ। त्यसपछि त म आफै खङ्रङै भएँ। सन्नी लियोनीको नग्न तस्बिर पो छ। म छाँगाबाट खसे झैं भएँ। त्यो अघिको दुई प्याक एक पलमै उत्र्यो। अघि मैले पार्टीको फोटो पठाउदा सन्नी लियोनीको फोटो गएछ। भर्खर खिचेको फोटो लिस्टको माथी नै होला भनेर मैले सबभन्दा माथिको फाइल सेलेक्ट गरेक थिएँ।

तर भएछ त्यस्तो ......... ।

त्यसपछि मैले कै भन्ने ठाउँ रहेन। सबिनाजीले कै भन्नलाई समय पनि दिइनन्। मलाई तत्काल ब्लक हानिएछ। म सङ्ग उनको नम्बर पनि थिएन। कुन चै फोटो हो भन्ने कन्फर्म नै नगरी हतारमा क्लिक गर्नु मेरो गल्ती भो। आफै प्रती रीस उठेर आयो। रीसले सुरेशको त्यो फोन भित्तामा बजारीदिएँ। नबराज "के भो ? के भो ?" भन्दै आइपुग्यो। मैले घटनाको बेलिबिस्तार लगाएँ। घटना पनि के भन्नू दुर्घटना भनौं अझ। ऊ बेस्सरी हास्यो। एकै क्षणमा सबै साथिहरुले घटना थाहा पाए। सबै एक अर्कातिर हेर्दै झन हास्न थाले। मलाई खपी नसक्नु भो।
सुरेशमाथि मेरो रीस पोखियो।

"मुला ... तिम्ले सन्नी लियोनिको त्यस्तो फोटो किन राख्या मोबाइलमा ?"

"आरती ओतारेर पुजा गर्न" छेउको राजिन्द्रले थप्यो। सबै गलल्ल हासे।

"त्यस्तो फोटोहरु छन् भनेर भन्नू त पर्छ नि यार" मैले कमजोर तर्क राखेँ।

"त्यो भन्दा खत्रा खत्रा फोटो पनि छन् हेर्ने हो ?" प्रकाशले मेरो कमजोर तर्कमाथी काउन्टर एट्याक गर्‍यो।

"यार सरद, तैले नै अलि बिचार गर्नु पर्थ्यो फोटो पठाउदा"  राजुले मतिर गल्ती औल्यायो।

"अरे यार त्यो त हो, तर मैले पनि त्यस्तो होला भन्ने के था ? भर्खर खिचेको फोटो सबभन्दा माथीकै हो भन्ने ठाने" मैले आफ्नै बचाउ गरेँ।

"हेर मित्र ! जे हुनु भै गो। अब तनाब लिएर हुँदैन। चिन्ता नलेऊ। उसले भोलि आफै बोलाउछे।" नवराजले भन्यो।

"किन चिन्ता लिनु पर्‍यो ? त्यस्ता केटी त म लाइन लगाइदिन्छु, तँ भन् मात्रै न !" प्रकाशले आगोमाथी घ्यु थप्यो।

"पैला आफ्नै लागि यौटी पट्टाएर देखा" राजुले प्रकाशको भनाइलाई काउन्टर गर्‍यो।

"हाम्रो क्याम्पसकी त्यो पुजालाई तिमिहरुकै अगाडी पट्टाको बिर्सियौ ?" प्रकाशले उसको बहादुरी सम्झायो।

"पट्टाएर मात्रै के गर्नु ? तैले पुजाको आरती उतारिस, लास्टमा प्रसाद अर्कैले खायो" राजुले थप्यो।

"लास्टमा अर्कै सङ्ग भागी त मैले के गर्नु ?" प्रकाश जङ्गियो।

"अरे यार तिमिहरु कहाँ कुरा यहाँ नल्याओ न हौ !" नबराजले कुरो पट्रीमा ल्याउन खोज्यो।

 "तर सबिना जी त्यस्तो खालको केटी हैन। मैले उनिहरुलाई बुझाउन खोजेँ।

"हेर भाइ सब केटीहरु त्यस्तै हुन्, हाम्लाई थाहा छ" सुरेश बोल्यो।

"तिमिहरुले बुझ्दैनौ यार, साच्चै ऊ त्यति केटि हैन।" म बोलेँ।

एक क्षणको मौनता पछि नबराज बोल्यो-
"हेर यार, अब टेन्सन नलेऊ। अहिले हामी सबै टिल्ल छौँ। भोलि ठन्डा दिमागले कै न कै हल निकालौला। तिमी यहीँ ढल्की राख।"

केटाहरू अर्को कोठातिर लागे। म बिचारको शुन्यताको खाडलमा जाक्किएँ। पुरै दिमाग खाली भएजस्तो।

त्यो घटनाको भोलि पल्ट मैले नयाँ फेसबुक खाता खोलेर सबिनाजीलाई सर्च गरे सर्च गर्दा उहाँको एकाउन्ट  भेट्टिएन। सबिनाजी ले आफ्नो एकाउन्ट नै डीएक्टिभेट गरेको हुनुपर्छ भन्ने निस्कर्श निकाले मैले। त्यसपछि उहाँ सङ्ग कहिल्यै बोलचाल भएन मेरो। भेट हुने त झन सम्भावना नै रहेन । तर .........

                           ..............

झल्यास्सै ब्युझिएँ  म। बिहान हुनै लाग्या रैछ। घडी हेरे सवा पाँच। मेरो छेउमा बस्ने केटीको झर्ने ठाउँ आइपुग्नै लाग्या थ्यो। ऊ यताउता चलमलाउदै आफ्नो सामान चेक गर्न थाली। मैले मेरो मोबाइल चेक गरेँ। अझैसम्म पारुको रीप्लाइ आ'को थिएन। नहुने दिन कै गरे नि हुँदैन भने झै मेरो कै लागेन। मैले यो यात्रा भरी मेरो सिट छेउकी सङ्ग बोल्ने प्रयास गरिरहेँ तर ......  सकिनँ।
म दबेको अअवाजमा उसङ्ग बोल्न खोज्छु ऊ जोडले झर्किदै बोल्छे। वरतिर परतिरका यात्रुले मलाई हिजैदेखी शङ्कालु नजरले हेरिराखेकै थिएँ। मैले धेरै कर गरिनँ।

गाडी रोक्कियो। उसको ठाउँ आए जस्तो छ। मैले प्रश्न गरेँ ।
 "हेल्प गर्नु पर्छ ?"

ऊ कै बोलिन। मैले यसो सघाइदिने हेतुले उसको ब्याग तानेँ। उसले नाई भनिन। गाडीको हुटबाट पनि सामान निकाल्नु पर्ने रैछ। मैले सघाइदिएँ। दुईटा जेब्रा झोला, एउटा सुटकेस र उसको ह्यान्ड ब्याग। साच्चै ऊ अब काठमाडौं नफर्किने निधो गरेरै हिडेकी हो भन्ने कुरा उसका सामानले बताए। गाडी हिड्न लाग्यो। म अगाडि बढ्न लागेँ। उसले मलाई एक्कासी आफुतिर तानी अनि गम्लङ अङ्गालो हाली। उसका आखाबाट आँसु झर्न थाले।
अचानकको उसको यस्तो व्यबहारले म प्रतिक्रियाले म प्रतिक्रिया शुन्य भएँ। मैले कै भन्न र सोच्न सकिनँ।

गाडीले हर्न बजायो। ऊ आफू सम्हालिदै भनी-"बाई।"

म गाडीमा चढे। मोबाइल बज्यो। पारुको म्यासेज बल्ल आएछ। उसले लेखेको थी-

"सरी ! सरद, हेर न मैले कति ट्राइ गरेँ तर तिम्लाई फोनै लागेन। म्यसेज पनि गएन। यो म्यासेज पनि कैले सेन्ड हुने हो था छैन। तै पनि पठाइराख्या'छु। भोलि बिहानै म तिम्लाई फोन गर्छु। त्यो तिमी छेउमा बसेकी साथिको नाम सबिना खड्का हो। घर लाहान। मोबाइल नम्बर- ९८४३५८४३४८ हो। पर्सि उसको बिहे छ। इङ्गेज्मेन्ट एक महिना अघि नै भैसकेको भन्थी। बाँकी म भोलि बिहानै तिम्लाई फोन गरेर भन्छु है !"

मैले रीप्लाई फर्काएँ।

"म उसलाई राम्रोसँग चिन्छु, मलाई त बस् उसको नम्बर चाहिएको थ्यो। थ्याङ्क्स फर योर हेल्प।"

गाडीले आफ्नो गति समायो। मेरो पनि यात्रा अब टुङ्गिनै लाग्दै छ। मैले कंचनपुरमा झर्नुछ। कंचनपुर आउन अब आधा घन्टा जति छ। म कंचनपुरमा त झरौला तर मेरो मन यहीँ लाहानमा झरिसकेको छ। म आफ्नो ब्याग ठिक्क पार्न खोज्छु अघि ऊ बसेको सिटमा उसको टिकट देखिन्छ। यो टिकट यहाँ उसले किन छोडेकी होली ? भन्ने सोचिरहेको हुन्छु म। टिकट हातमा लिएर हेर्छु म। त्यहाँ उसको नाम थर र लहान भनेर लेखिएको हुन्छ। टिकटको अर्को तिर आखा पुग्छ मेरो। त्यहाँ केही लेखिएको हुन्छ।

"गोठाले जी, समयले हामीलाई निक्कै ढिलो गरि भेट गरायो। म सधैं तपाईंबाट भागिरहेँ। तर मेरो मनलाई भगाउन सकिनँ। बैशाख १२ को भुकम्पमा मलाई तपाईंको चिन्ता लागिराख्या थ्यो। साथीको फेसबुकबाट तपाईंको प्रोफाइल हेरिसकेपछी म ढुक्क भएँ। मैले अझैसम्म पनि तपाईंलाई सम्झिरहेकी छु। सायद जिन्दगी भर सम्झिरहने छु- राम्रा र नराम्रा दुबै सन्दर्भमा। खुसी हुँदा र दु:खी हुँदा दुबै अवस्थामा।

तपाईंको सदासदा भलो होस्। 

- सबिना खड्का 



(नोट: यो कथा पढ्ने कुनै पनि पाठकले सबिनाजीको मोबाइल नम्बरमा फोन गरेर उनलाई दु:ख दिने कष्ट नगर्नु होला। यो कथाको कथाकार म हुँ। म अर्थात् सरद। म आफैले त सबिना जी लाई त्यो यात्रामा छुट्टिएदेखी फोन गरेको छुइनँ। नम्बर चै सेभ गरेर राखेको छु। कथाका पात्रलाई स्वतन्त्र छोड्दिनु पर्छ भन्ने मेरो मान्यता छ। पात्रको निर्णय नै मेरो कथाको कथानक हो। पात्रलाई यसो यसो गर भन्दै म कहिल्यै अह्राउदिनँ। कुनै दिन यो कथाकी पात्र जिबनको कुनै मोडमा म्सङ्ग ठोक्किन आइपुगी भने त्यो संयोग मात्रै हुनेछ।)

!! इतिश्री !!


निरक्षर निरौला
niraulanirakshar@gmail.com



Tuesday, May 2, 2017

सम्झनै पर्ने दिन

सम्झनै पर्ने दिन
-२०७४/०१/१७

आज दिनभर यो देशमा के-के भो ?

- सुडान घोटालामा तीन पूर्व आइजिपीलाई जेल हाल्ने सुशीला कार्कीको फैसला,
- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता,
- प्रधानन्यायाधिशविरुद्धको महाभियोगमा अापत्ति जनाउँदै गृहमन्त्रीद्वारा राजीनामा,
- प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा प्रयोग भएको सांसदको हस्ताक्षर कीर्ते गरिएको पाइएको,
-सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिने,
(साथै नबराज सिलवाल अस्पतालबाटै एकाएक बेपत्ता, उनको फोन 'स्विच अफ' भएको जानकारी )

नेपाली राजनिती बुझी नसक्नुको छ। तर बुझ्ने प्रयत्न जारी छ- यो पङ्तिकारको। सत्तासीन माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका सांसदहरुले ब्यबस्थापिका संसदको एक तिहाई संख्या पुर्‍याएर सर्बोच्च अदालतकी प्रधानन्यायाधीश शुशिला कार्की उपर 'महाअभियोग' प्रस्ताब सदनमा दर्ता गराए। पछिल्लो क्रममा "सुसिला कार्किले निक्कै बोल्ड निर्णय लिदै गएको" भनेर बजारमा उनको तारिफ सुरु भएको थियो। हुन त उनको पैलैदेखि जयजयकार हुँदै आएको हो/थियो।

२/३ मैना अघि चार DIG बाट एक जनालाई IG बनाउनु थियो। त्यो काम सरकारको गृहमन्त्रालय अन्तर्गत पर्न आउँछ। सरकारले बरियता क्रममा चौथो भनिएका जयबहादुर चन्दलाई IG बनाउने निर्णय गर्‍यो। त्यो निर्णय गरेको आधा घण्टा पनि नबित्दै सर्वोच्च अदालतले "चन्दलाई IG नबनाउनु" भन्ने आशयको अन्तरिम आदेश दियो । अदालत आफैंले आदेध दिएको हैन, नबराज सिलवाल अदालत गएपछी त्यो आदेश भो। नबराज सिल्वाल एक नम्बरमा थिए भनिन्थ्यो। आफू एक नम्बरमा भएकाले आफू नै IG बन्न पाउनु पर्छ भन्दै सर्बोच्चमा रिट हालेपछि अदालतले पनि "बरियताक्रमलाई बेवास्ता नगर्नु, कार्यसम्पादन मुल्यांकन लाई पनि हेर्नू" भनी सरकारलाई आदेश दियो।
सुरुमा चारजना DIG मध्येका एक जयबहादुर चन्दलाई कुनैपनी हालतमा IG बनाउने भनेर देउवा लागेको देखिन्थ्यो। तर अदालतले रोकेपछी नवराज सिलवाल सङ्गको रिस साध्न दोश्रो बरियता भनिएका प्रकाश अर्याललाई IG बनाइयो।  रातारात प्रकाश अर्यालाई IG को फुलि लाइदिइयो। यता नबराज सिलवाल "म माथी अन्याय भो" भन्दै फेरि सर्बोच्च धाउन थाले। सर्बोच्चले पनि आउँदो १९ गते अन्तिम फैसला दिने भन्दै नवराज सिलवाललाई थाम्थुम पार्‍यो।

यसबीचमा- प्रहरी प्रधान कार्यलयबाटै नबराज सिलवाललाई बेलाबेलामा पकृने/ थुन्ने जस्ता काम भए। आरोप थियो- कार्यसम्पादनमुल्यांकन फारम- किर्ते गरेको। मिडियामा पनि नबराज सिलवालले आफ्नो कार्यसम्पादन मुल्यांकन फारम किर्ते गरेको (डुब्लिकेट बनाएको) भन्ने खबर छ्यापछ्याप्तिी आयो। सिलवालको उक्त फारम फरेन्सिक ल्याबमा परिक्षण गर्दा  "किर्ते गरिएकै हो" भन्ने निस्कर्स निकालियो।

तसर्थ नवराज सिलवालको यो विवाद आउँदो १९ गते 'फाइनल' हुनेवाला थियो। तर १९ गते आउनु भन्दा ठ्याक्कै दुई दिन अघि सत्तासीन घटक माओवादी र काङ्ग्रेसले सर्वोच्चकि प्रधानन्यायाधीश सुशीला कार्की उपर नै महाअभियोगको मुद्दा लगायो। महाअभियोग लगाएपछि प्रधानन्यायाधीश संवत्: निलम्बित हुन्छिन्। यो महाअभियोगको प्रकृया टुङ्गो लाग्न कम्तिमा पनि डेढ महिना जति लाग्छ। तर उमेरका हिसाबले आउँदो जेष्ठ २४ गते प्रधानन्यायाधीशको कार्यकाल सक्किने छ। अब यो महाअभियोग टुंगो लागे नि नलागे नि उनी सर्वोच्च अदालत फर्किन नपाउने लग्भग पक्का भो ।

पछिल्लोक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले द्वन्द्वकालका हत्यारा भनिएका नेता बालकृष्ण ढुङ्गेललाई समात्न प्रहरीलाई आदेश दिएकी थिइन्। हुन त उनलाई पहिल्यै पनि पकृने आदेश दिइएकै थियो तर सरकारले- यो द्व्न्दकालीन मुद्दा भन्दै ढुङ्गेलको बचाउ गरेको थियो। त्यसै गरि द्वन्द्वकालमै घटित मैना सुनारको मुद्दा, जसमा मैना सुनुवारलाई प्रहरीले पैला बलात्कार गरेको र पछि उनको हत्या गरिएको भन्ने कुरा छिनोफानो भो। प्रधानन्यायाधीश सुशिला कार्किकै आदेशमा सम्बन्धीत घटनाका दोषी प्रहरीहरुलाई सजाय सुनाइयो। प्रधानन्यायाधीशको कार्यकाल अब करिब डेढ महिना जति थियो। यो अबधिमा अहिलेसम्म टुङ्गो नलागेका ठुल्ठुला मुद्दा किनारा लगाएर जाने मनस्थितिमा कार्की देखिन्थिन्। त्यसैले सर्वोच्च अदालतबाट पछिल्लो समय फैसलाहरु धमाधम हुन थालेका थिए। तर एकै खालका लाग्ने कतिपय मुद्दा सुसिला कार्की पछि हेर्ने भन्दै 'साइड' लगाएको पनि यहाँ उल्लेख गर्नैपर्छ। के यसमा उनको आग्रह/पुर्वाग्रह थियो ? नभए किन उस्तै प्रकृतिका मुद्दा कुनै निर्णय गरि हाल्ने कुनै पछि हेर्ने भन्दै थन्क्याउने ?  केही भन्न सकिन्न यो सवालमा।

आजकै दिन।अर्थात बैशाख १७ गते।
 प्रधानन्यायाधीश सुसिला कार्कीले सुडान घोटाला काण्डमा मुछिएका र दोषी पाइएका तीन पुर्ब IGP लाई दुई बर्ष जेलको सजायको फैसला गरिइयो। यो घटना भए लगत्तै प्रधानन्यायाधीश सुसिला कार्की उपर महाअभियोग लगाइएको छ। काङ्ग्रेस र माओवादीले उनलाई महाभियोग लगाउनुको कारणमा "IG को बनाउने भन्ने माम्लामा हात हालेकाले" भनी आरोप लागेको छ । तर कारण यही मात्रै हुन सक्दैन।

यदि IG प्रकरण मात्रै यसको कारण हुन्थ्यो भने एक दुई हप्ता अघिदेखि नै यो महाअभोयोगका सम्बन्ध केही न केही त कुरा उठ्नु पर्ने हो। तर यहाँ त अघिल्लो दिनसम्म पनि अभियोग लगाउनुपर्छ भन्ने खालको कुरा कहिँ कत्तै सुनिएको थिएन। अघिल्लो दिन के भन्नू आजकै बिहान सम्म पनि यसको बारेमा कसैले चुइक्कसम्म पनि बोलेको/लेखेको पाइएको थिएन।  एक्कासि यसरी यो महा अभियोग ल्याउनुका पछाडी अर्कै कुराले काम गरेको छ।

"द्वन्द्वकालका घटनामा एक एक गर्दै फैसला सुनाउदै गएकी सुसिला कार्कीले कतै हामीलाई नै जेल जाक्ने त होइनन् ?" भन्ने प्रश्नले देउवा र प्रधानमन्त्री प्रचण्डलाई ठुङेको हुनुपर्छ। दस बर्षे द्वन्द्वकालमा सरकार र सशस्त्र समुहबाट हजारौं मारिएका थिए। त्यतिबेला भएका हत्या हिंसा लगायतको छिनोफानो गर्न 'सत्य निरुपण तथा मेलमिलाप आयोग' बनाइयो। तर यसले मृतक र पीडकको नाम र बिबरण टिप्नु बाहेक कै गर्न सकेन। त्यति बेलाका मुद्दा  अझैसम्म छिनोफानो भएका छैनन्। ती मुद्दा किनारा लगाउने नै हो भने पनि देउवा र प्रचण्ड बाबुराम नराम्ररी फस्छन। त्यसैले त्यो आयोगलाई यीनैले पङ्गु बनाइरहेका छन्। केही महिना अघि मिति सकिन लागेको त्यो आयोगको म्याद एक बर्ष थपिए जस्तो लाग्छ। तर त्यो थपिए पनि त्यसले गर्ने कै हैन। यत्तिकै म्याद गुजार्ने हो।

द्वन्द्वकालका ती हजारौं मुद्दा  खोतल्दै जादा देउवा र प्रचण्ड जेल जाकिन्छन, जाकिन्छ्न। त्यसैले त्यस्ता मुद्दा कोट्याउने साहस गर्ने उनै सुशीला कार्कीलाई बेलैमा पन्छाउदा राम्रो भन्ने बुझेरै देउवा र प्रचण्डले यो महाभियोग संयुक्त रुपमा ल्याएको देखिन्छ।

नेपाली राजनीतिको मुल समस्या:

नेपाली राजनितीको मुल समस्या भनेकै 'राजनीतिक ब्ल्याक मेलिङ्ग' हो । उबेला राजनिती थाल्दा अहिलेका थुप्रै नेताले भारत लगायत युरोपियन युनियनसङ्ग साठगाठ गरेका थिए। हिजो त्यसो गर्नु समय परिस्थितिको बाध्यता थियो भनेर पन्छिन पनि सकिएला। तर भारत र पस्चिमाहरुले हिजोको त्यही 'सङ्गत' लाई आधार बनाएर राजनितीक ब्ल्याक मेलिङग गर्छन्/ गर्दै आएका छन्। एक पल्ट उनीहरुको पन्जामा पुगिसकेपछी त्यो नेता ब्ल्याक मेलिङ्ग बाट उम्किन लगभग असम्भव जस्तै नै छ- नेपालका सन्दर्भमा।

जस्तो -
अहिले काङ्ग्रेसका सभापति देउवा छन्। उनले बिगतमा गरेका सारा नराम्रा कुराको फेहरिस्त इन्डिया सङ्ग छ। द्वन्द्वकालमा तत्कालीन प्रधानमन्त्री उनि नै थिए। तसर्थ राज्यका तर्फबाट जेजति निर्दोष नागरिकको हत्या बलात्कार भयो त्यसको भारी देउवाको थाप्लोमा पर्छ।
त्यसै गरी द्वन्द्वकालमै बिद्रोही पक्षका कमाण्डर प्रचण्ड समुहले गरेको हत्या,हिंसा,बलात्कार,अपहरण ती सबको भारी प्रचण्डको थाप्लोमा पर्न आउँछ। नेपालको शासन सत्तामा यी अथवा यीनैका लगौटी यारहरु मात्रै बस्ने हुनाले यो मुद्दा  राज्य पक्षबाट यत्तिकै दबाउदै आइएको छ। तर भारत र युरोपियनहरुलाई "यो मुद्दा  कसरी अन्तर्राष्ट्रिय अदालत, हेगमा लान सकिन्छ " यो बडो राम्रोसङ्ग थाहा छ। नेपालले यो मुद्दा हेगमा लगे पनि सुनुवाइ होला/नहोला भन्न सकिन्न तर भारतले यो मुद्दा लिएर गयो भने यी दुईको खैरियत छैन। लिबियाका शासक मोहम्मद गद्दाफीको हालत हुन सक्छ - यी मनुवाहरुको।
        तर भारत पनि लाटो छैन। भारतले यो मुद्दा  अन्तर्राष्ट्रिय अदालतमा लगेर उसलाई कै फाइदा हुदैन। छैन। बरु " मैले भनेको मानिनस् भने म यो मुद्दा  अन्तर्राष्ट्रिय अदालतमा लान्छु, बुझिस्" भन्ने डर देखाउदै आफ्नो हित अनुकुल काम गराउछ। आफुले भने अनुसारको गर्न गराउन बाध्य पार्छ। यसैको नतिजा हो - प्रचण्डको बेलाबेलामा फेरिने बोली र व्यबहारको।  हेगको तरवार देउवा र प्रचण्डको शीरमा लट्काएर  नाजाने केके गर्ने हुन् ? अहिल्यै भन्न सकिन्न।

भारतले नेपालको पानी चाहेको हो। त्यसका लागि तराई भुभाग भए पुग्छ-उसलाई। तराई उसको भएपछि लुम्बिनी पनि उसैको भैजान्छ। उत्तर प्रदेशको २२ करोड जनसंख्या ब्यबस्थापन गर्न पनि उसलाई सहज हुन्छ। सुरक्षाका दृस्टीले पनि चुरेसम्म भारतको सिमा पुर्‍याउन सक्यो भने उसलाई निकै फाइदा छ।  तराईलाई कालान्तरमा भारतमै गाभ्न अहिल्यै अनेक अभियान त खुल्लम खुल्ला भैरहेकै छन् । त्यसैलाई बैधानिकता दिन र त्यही रणनीतिलाई सघाउन केकस्तो 'प्लट' बनाउनु पर्ने हो, त्यसको जिम्मा देउवा र प्रचण्डले पाएका छन्। हुन त बाबुरामको पनि भुमिका आफ्नो ठाउँमा छदैछ। मधेसका नायक भन्नेहरुको पनि भुमिका आफ्नो ठाउँमा छ।

बर्तमानमा नेकपा एमाले बडो रास्ट्रवादी भएको छ। नाकाबन्दीका बेला भारतले निहुँ खोजिरहेको अवस्थामा चिनसङ्ग दुईचार सम्झौता गरेकाले एमालेको रास्ट्रवाद अहिले तन्नेरी भाको छ। हिजोका दिनमा एमालेको भुमिका त्यही भारत र युरोपियन युनियनको रणनीतिलाई सघाउने हैसियतको थियो। तर आज ऊ अलि स्वतन्त्र भएको हो कि ?  भन्ने पनि लाग्छ। अनेक हण्डर खाएपछि कि गर्छु कि मर्छु भनेर रिस्क लिएरै मैदानमा आएको पनि हुन सक्ला तर अहिल्यै यसै भन्न सकिन्नँ ।
साच्चैमा भारत र युरोपियन युनियन सङ्ग जोरी खोज्ने आट त उसले गर्न नसक्नु पर्ने हो। किनकी उसले पनि राम्रोसँग देखेको/बुझेको छ- मदन भन्डारीको हत्या कसरी भो ? कसले गर्‍यो ? राज परिवार कसरी स्वाहा भो ? किन स्वाहा ! भो ? यो सब बुझेको/देखेकाले त्यस्तो शक्तिशालीसङ्ग जोरी खोज्ने हिम्मत कहाँबाट कसरी आयो ? यो बडो अचम्म लाग्दो र पत्याउनै गाह्रो विषय छ।

कसै न कसैको आड भरोसा नभै एमालेमा यो आट आउनु असम्भव प्रायः छ । त्यसो भए उसलाई कसले धकेल्दै छ ? हालसम्म चलखेल नगरेको तर "अब म चुप बस्दिन" भन्ने चिनले ? या युरोपियनवालाहरुले ?

पछिल्लो क्रममा भारतमा मोदिको उदयपछी देखावटी रुपमा अमेरिका र युरोपियन युनियनसङ्ग मोदिको सम्बन्ध राम्रै देखिए पनि भित्र त्यत्ती राम्रो छैन। अहिलेसम्म नेपाललाई हेर्दा भारत र अमेरिकाले एकै नजरले सङसङै हेर्थे। के उनिहरु बिच खटपट भएर अमेरिका + युरोपियन युनियनवालाहरुले एमालेलाई धकेलेको त हैन ? माओवादी र काङ्ग्रेसलाई मोदीले चलाउने भएपछि त्यसको 'डिफेन्स' गर्न पस्चिमाहरुले एमालेलाई उचालेका त हैनन् ?

बर्तमान सम्बिधानलाई लिएर मोदि र पस्चिमाहरुको मत अलिकति बाझिएको छ। भारतको स्थायी रणनीति जुन छ, त्यो आफ्नो ठाउँमा छदैछ, त्यसका अलावा मोदी चाहान्छन्- यो सम्बिधानमा नेपाल हिन्दु रास्ट्र हो भनी लेखियोस। त्यो सकिन्न भने कमसेकम "धर्मनिरपेक्षता" हटाइयोस। तर पस्चिमाहरु (अमेरिका + युरोपियन युनियन कन्ट्री) यही संविधानमा "धर्मनिरपेक्ष" भन्ने गुण हुनैपर्छ भन्ने अडानमा छन्।

यो संविधान कार्यान्वयनको चरणमा गयो भने यो धर्मनिरपेक्षता सदाका लागि स्थायी हुनेथ्यो भन्ने मत पस्चिमाहरुको छ। यही संविधान कार्यान्वयन भयो भने उनिहरुले बर्सौ देखि खन्याउदै आएको करोडौं डलर सार्थक साबित हुनेथियो। INGO प्रती एमालेको बहुतै लगाव भएकाले कतै एमालेलाई पस्चिमाहरुको साथ त छैन ? यो शंका गर्ने ठाउँ पनि छ -एकातिर।

हेरौं,
बाचिइरहियो भने कोकताको शक्तिद्वारा परिचालित हो ? को आफ्नै बुतामा खडा हुन खोज्या हो ? प्रस्टिदै जानेछ। काङ्ग्रेसको बर्तमान नेतृत्व र माओवादीको नेतृत्वको कित्ताकाट भैसकेको छ। भोलि के हुन्छन् भन्न सकिन्न तर आजका दिनम उनिहरु मोदिको दासी भएका छन्। यो कुरो प्रष्ट छ। तर एमालेको बारेमा अहिल्यै यसै भन्न सकिन्न। आफ्नै बलबुतामा उभिएको हो या पस्चिमाहरुको बलमा ? या भारतसङ्ग जोरी खोजेजस्तो गरेर उसैको रणनीतीलाई बल पुर्‍याउन गरिएको एक नाटक ?

हेरौं ! हेर्दै जाऔ।



Wednesday, April 26, 2017

छन्द कविता - "घरीघरी फसाइयो"

 पन्चचामर छन्द - ।s ।s ।s ।s ।s ।s ।s ।s

               "घरीघरी फसाइयो"

रहेन राष्ट्र एक यो, चिरा चिरा बनाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।
निकास दिन्छु भन्छ जो, फसाउने त हुन्छ त्यै
भुलेर बस्छ गद्दिमा, करोड आसु कुल्च्दै ।।१।।

अनेक तन्त्र देखियो, अनेक कष्ट भोगियो
बिकास कै भएन खै ! करोड अर्ब पोखियो ।।
हिजो जहाँ-जहाँ थियौं, त्यहीँ छ आज पाइला
फुलेन फूल देशको, सधैं सधैं छ कोपिला ।।२।।

कतार साउदी दुबै, मलेसिया पठाउने
युवाहरू जत्ती सबै, उता तिरै खटाउने ।।
कसो गरी बचाउने, छ देश आज भीरमा
यही सवालले सदा, ठुङीरहन्छ शीरमा ।।३।।

जितेन देशले यहाँ, भयो सधैं पराजय
निकास क्यै भएन है ! हजार आए औं गए ।।
र सार्वभौम देश यो, भनी -भनी बताइयो
विवेक बुद्धि बेचियो, छिमेकमा पठाइयो ।।४।।

पहाड रून्छ बिचमा, हिमाल रून्छ उत्तर
हुँदै छ खण्ड देश यो, नरो न भन्ने को छ र ।।
बसेर छैन काम क्यै, गफै त हो लडाउने
 गरेर द्वन्द्व देशमा, प्रजाहरू भिडाउने ।।५।।

घरै भित्रै त छन् यहाँ, हजार लाख लेण्डुप
बुझाउँदै गए सबै, नदी तलाउ गुप्चुप ।।
छ चोट यो दिलै भरी, कता गई बगाउनु
हुँ नागरीक देशको, कसो गरी बचाउनु ।।६।।

छिमेक भन्नू ब्यर्थ हो, सधैं धुलो चटाउछन्
रिमोट हुन्छ हातमा, भनेजसो खटाउछन् ।।
हुँदै भएन शान्ति हे ! अशान्ति पो खटाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।७।।

छ काटमार देशमा, बढिरहेछ द्वन्द्व यो
मिलेन ताल देशको, बिग्रीरहेछ छन्द यो ।।
प्रजा रुवाइ देशमा, ब्रह्मान्ड पो हसाइयो
अनेक जालझेलमा घरीघरी फसाइयो ।। ८।

-निरक्षर निरौला
फत्तेपुर, सप्तरी ।
सम्पर्क: ९८४३५८४३४८
e-mail: niraulanirakshar@gmail.com

'रेडियो मिर्मिरे' मा आफ्ना रचना बाचन गर्दै
२०७३/०१/१५ 




Monday, September 21, 2015

संविधान बनेको दिन

२०७२-६-३
(नेपालको सम्बिधान २०७२ घोसणा र लागू भएको दिन)
- अब देशमा के हुने हो, यत्तिकै भन्न सकिने बाताबरण देखिरहेको छुइन -मैले । एकातिर सम्बिधान बनेको खुसियालीमा 'दिपावली' मनाउन लाई उर्दि जारी गरिएको छ , र धेरैले 'दिपावली' मनाई रहेका पनि छन । भने अर्कातिर तराईमा दिनहु जसो २/४ जना मरिरहेका छन । आफ्नो हक अधिकारको लडाइँ  भनिएको तराई को आन्दोलनमा आजका मितिसम्म आउदा ४० जनाले सहादत प्राप्त गरिसके ।  सो आन्दोलनल्मा घाइते के कति भए सो को यकिन बिबरण छैन । स्मरण रहोस तराईमा मा जारी आन्दोलन बिगत ४० दिनदेखी चलिरहेछ ।

जन जीवन स्तब्द छ, ढप्प छ ।

Tuesday, June 16, 2015

"तैंले चै कती मलामी कमाएको छस् त शंकर ?"

२०७२/०३ / ०३  
धुम्बाराही, काठमाडौं, नेपाल ।  
समय: १२:o९ रातको    


जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहनु पर्छ - मैले । प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको क्षणिकता उही हो । यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि मर्न सक्ने सम्भावना छ । यहाँ यसो भनिरहनुको तात्पर्यके हो भने  जिबन छोटो छ, यो कस्तो चै रैछ  भनी बुझ्न खोज्दा खोज्दै सकीइहाल्ने ।

         जन्मिएर हुर्किएर यत्तिको लाठे भईेयो । तिघ्रे भइयो । तर आजका दिनसम्मा पनि यि हातहरुले मेरा बा आमा का लागि कै कै कै पनि गर्न सकिइएको छैन । मलाई सधैं यही कुरो ले घोच्छ, घोचिरहन्छ । आफ्ना माता पिताका लागि  कै गर्न सकुँ । अनी सकिएछ भने यो गाउ ठाउँ, समाजका लागि कै गरुँ । मान्छे का सबै रहर चाहना इक्षा आकान्क्षा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन र ग्यारेन्टी हुँदैन पनि । तर  अरु कै गर्न नसके पनि मैले मेरा बा आमाका लागि कै न केही गर्नु नै पर्छ । तिनै त हुन जस्को सहारामा यत्ती रमाइलो संसार देख्न, भोग्न पाइेको छ । मैले पाएँ ।
            मलाई संसार देखाउने उनै मेरा बा आमाका लागि मैले कै गरेकै हुनु पर्छ । नत्र त यो जुनी  ब्यर्थै गएको हुनेछ मेरा लागी । मेरा बा आमा खुशी हुने त्यस्तो कुनै काम गर्न सकुँ । र जुन दिन मैले तिन्का मुहार हासो देख्ने छु त्यो पनि केबल अनी केबल मेरै कारणले हो, त्यस पछी भने मलाई यो जिबन प्रती कुनै गुनासो हुने छैन । हासी हासी मर्न तैयार हुनेछु म ।

              युबा-कबी मोतिराम भट्ट केबल ३० बर्ष बाँचे । त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले केके सम्म गर्न सक्छ भनेर प्रमाणीत गरेर गए । मात्र ३० बर्षमा । उनको पोल्टामा त्यो तिस बर्ष रैछ । तर मलाई घरी घरी लाग्छ मलाई त त्यती बर्ष पनि छैन कि ? कस्लाई के था ! मोतिरामले तिस बर्षमा त्यत्राो  गरेर गए,   २२ बर्षको हुँदैछु म  (सर्टिफिकेटका आधारमा)  आजैको दिनमा । तर म भने आजसम्म बाटो पहिल्याउन नसकेर यता उता, यो उ भन्दै बसिरहेछु ।  होला साना तिना उपलब्धी हात लागे होलान-मलाई तर त्यस्ता उपलब्धिले जिबनको हिसाबमा खासै महत्व राख्न सक्दैनन । त्यहा त ठुला कामको ,खास कामको ,महान कामको हिसाब राखिन्छ, हुन्छ ।
       
         मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु ।  अनी सोच्छु - "म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?"
           मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे मर्दा यस्का मलामी कत्तिको सन्ख्या मा होलान ?  १०/१५,  ५०/ ६०,  १००/२०० या २/ ४ हजार या लाख/ लाखौं  ?" अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ?"   त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।