२०७२/०३ / ०३
धुम्बाराही, काठमाडौं, नेपाल ।
समय: १२:o९ रातको
जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहनु पर्छ - मैले । प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको क्षणिकता उही हो । यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि मर्न सक्ने सम्भावना छ । यहाँ यसो भनिरहनुको तात्पर्यके हो भने जिबन छोटो छ, यो कस्तो चै रैछ भनी बुझ्न खोज्दा खोज्दै सकीइहाल्ने ।
जन्मिएर हुर्किएर यत्तिको लाठे भईेयो । तिघ्रे भइयो । तर आजका दिनसम्मा पनि यि हातहरुले मेरा बा आमा का लागि कै कै कै पनि गर्न सकिइएको छैन । मलाई सधैं यही कुरो ले घोच्छ, घोचिरहन्छ । आफ्ना माता पिताका लागि कै गर्न सकुँ । अनी सकिएछ भने यो गाउ ठाउँ, समाजका लागि कै गरुँ । मान्छे का सबै रहर चाहना इक्षा आकान्क्षा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन र ग्यारेन्टी हुँदैन पनि । तर अरु कै गर्न नसके पनि मैले मेरा बा आमाका लागि कै न केही गर्नु नै पर्छ । तिनै त हुन जस्को सहारामा यत्ती रमाइलो संसार देख्न, भोग्न पाइेको छ । मैले पाएँ ।
मलाई संसार देखाउने उनै मेरा बा आमाका लागि मैले कै गरेकै हुनु पर्छ । नत्र त यो जुनी ब्यर्थै गएको हुनेछ मेरा लागी । मेरा बा आमा खुशी हुने त्यस्तो कुनै काम गर्न सकुँ । र जुन दिन मैले तिन्का मुहार हासो देख्ने छु त्यो पनि केबल अनी केबल मेरै कारणले हो, त्यस पछी भने मलाई यो जिबन प्रती कुनै गुनासो हुने छैन । हासी हासी मर्न तैयार हुनेछु म ।
युबा-कबी मोतिराम भट्ट केबल ३० बर्ष बाँचे । त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले केके सम्म गर्न सक्छ भनेर प्रमाणीत गरेर गए । मात्र ३० बर्षमा । उनको पोल्टामा त्यो तिस बर्ष रैछ । तर मलाई घरी घरी लाग्छ मलाई त त्यती बर्ष पनि छैन कि ? कस्लाई के था ! मोतिरामले तिस बर्षमा त्यत्राो गरेर गए, २२ बर्षको हुँदैछु म (सर्टिफिकेटका आधारमा) आजैको दिनमा । तर म भने आजसम्म बाटो पहिल्याउन नसकेर यता उता, यो उ भन्दै बसिरहेछु । होला साना तिना उपलब्धी हात लागे होलान-मलाई तर त्यस्ता उपलब्धिले जिबनको हिसाबमा खासै महत्व राख्न सक्दैनन । त्यहा त ठुला कामको ,खास कामको ,महान कामको हिसाब राखिन्छ, हुन्छ ।
मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु । अनी सोच्छु - "म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?"
मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे मर्दा यस्का मलामी कत्तिको सन्ख्या मा होलान ? १०/१५, ५०/ ६०, १००/२०० या २/ ४ हजार या लाख/ लाखौं ?" अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ?" त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।
No comments:
Post a Comment