भूकम्पको राजनिती
देश यत्तिबेला राष्ट्रिय शोकमा डुबेको छ । बैसाख १२ गतेको सनिबार गएको महा-भुकम्प्ले क्षण भरमै हजारौको ज्यान लीनुका साथै लाखौँ नेपालीलाई सुकुम्बासी बनायो । यहि बिपत्तिबाट प्रभाबितको उद्दारका लागि बिभिन्न देशका उद्धार टोलि लगायत नेपाल सरकारका नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी अहोरात्र खटिएका छन् । त्यसरि उद्दारका लागि खटिएकाहरू आफु नै भुकम्पबाट पिडित छन । कयौँका आफ्ना परिबार पुरिएर ज्यान गुमाएका छन भने कतिका घर सखाप भएको छ । यसरि आफै शोकमा डुबेको स्थितिमा पनि "अरू अरूलाई बचाउनुपर्छ ,देशका लागि खट्नु पर्छ, यस्तो आपत बिपतमा हामीले नगरे कसले गर्छ ? "भन्ने उदार मन बोकेर उद्दारमा लागेका ति तमाम आर्मि ,पुलीस र नेपाली सेनालाई सलाम छ । आफ्नो सेवा प्रतिको उहाँहरूको समर्पणप्रति हामी सबै नतमस्तक छौँ,अनि हुनु पनि पर्छ । जे होस सरकार्को इज्जत यिनै सेना,प्रहरी र स्शस्त्र समुहले धानिदिए भन्दा हुन्छ्, नत्र त सरकार कुन दुलोमा छ भन्ने सम्म पनि थाहा नपाउने अवस्था रहने थियो । बिपद ब्यबस्थापनको मुख्य जिम्मेवारी बोकेको गृह मन्त्रालय र सरकार प्रमुखको भूमिका कम्जोर र अब्यबस्थित देखिएको छ ।
उदारका लागी आएका बिदेशी टोलिहरुलाई एक हप्ता भन्दा बढी बस्न नमिल्ने निती भएकाले ति टोलिहरुलाई फर्काउन लागिएको छ । भूकम्प गएको दशौ दिनभएको छ । सन्चार माध्यममा अझै पनि पिडित ले राहन नपाएको भन्ने आशयका खबर सुनिराखिएको छ तर दशौ दिन बित्दै गरेको यो सन्दर्भमा बजारमा थुप्रै टिकाटिप्पणी हुन थालेका छन । को र कस्ले के कती राहत दिए, कसले कसले दिएनन । कसले राहतको बहानामा आफ्नो स्वार्थ अनुकुल काम गर्ने प्रायत्न गरे लगातका कुराहरु सामजिक सन्जाल मा ओइरो लागेका छन । तर्क बितर्क र बहसको बिसय बनेका छन्, यहाँ त्यस्तै मुद्दाहरु उठान गर्ने सानो प्रयास गरिदैछ ।
भारतमा प्राकृतिक प्रकोपमा सघाउने 'National Disaster Relief Force' हुँदाहुँदै किन भारतिय सीमा सुरक्षा बल नेपाल आयो ? सरकारलाई थाहै छैन । कुनै पनि देशको सैन्य वा अर्धसैन्य बल सार्बभौमसत्ता सम्पन्न मुलुकमा आग्रह बिना आउन सक्दैनन् भने नेपालमा कसरि आए ? यिनलाई भारत सरकारको आग्रहमा आउने अनुमति दिइएको थियो र जनतालाई सुचना गरिएको थिएन या भारतले जबर्जस्ती नेपाल पठाएको थियो ? उहिले नब्बे सालको भुकम्पमा जुद्ध शमशेरले त बिपदसँग जुध्न गरेका कामकारबाही पारदर्शी थियो भने यो सरकारले आखिर किन त्यसो गर्न सकेन ?
चीन सरकारले बिकट पहाडी भेगमा ठूला हेलीकप्टर जान नसक्ने ठाउँमा राहत प्रथान गर्न साना हेलीकप्टर दिन्छु भन्दा सरकारले शुरूमा पर्दैन भन्यो । र, भुकम्प गएको चौबीस घण्टाभित्र कोदारी राजमार्ग खुलाईदिन्छु भन्दा पनि अग्रसर हुन दिइएन । त्यत्तिमात्र हैन, सरकारका प्रबत्ता तथा सुचना एबं संचार मन्त्रीबाट कुनै पनि सहयोग सरकार मार्फत् मात्र दिनु भन्ने उर्दि भयो ।सरकार आफुसँग साधन स्रोत पनि छैन, छिमेकीले दिन्छु भन्दा पनि मान्दैन ।
जुद्ध शमशेरले भताभुङ्ग भएका घरबास पुर्ननिर्माण गरी जनताले चाडोभन्दा चाडो टाउको लुकाउन पाउन् भनी चार भञ्ज्याङभित्र र पहाड मधेसको जङ्गल समेत खोलिदिन भनेका थिए ।तर अहिले सुगम स्थानमा पनि सामान्य त्रिपाल, खानेकुरा तथा औषधि पु-याउन सकेको छैन ।
राहत बितरण कार्यमा सरकार निकम्मा देखिएको छ । भुकम्प जानासाथ नगरपलीका, वडा, गाबिसहरूमा त्याहाँका सचिबसँग समन्वय गरी कुन स्थानमा केकति क्षति भयो भन्ने जानकारी लिनु पर्थ्यो । तर बर्तमान सरकारले त्यसो गर्न सकेन, बिपद सुचनाको अभावमा सहायता सामाग्री र जनशत्तीको आवश्यत्ताबारे निर्क्यौल गर्न सकिने कुरै आएन । फलस्वरूप केकस्तो अन्तराष्ट्रिय सहयोग माग गर्ने भन्ने कुरो निर्णय गर्न सकेन ।
अर्को तर्फ थुप्रै बिदेशी मुलुकबाट उद्दार टोली आए पनि ति आगन्तुक उद्दार टोलीहरूको कुशल निर्देशन गर्नमा पनि चुकेके छ- सरकार । जसले गर्दा ति उद्दार टोलीले अपरिचित मुलुकमा आ आफ्नै पाराले काम गर्नु पर्ने भयो । तिनलाई पनि असहज भो -काम गर्न । यस्तो अब्यबस्थित र खुकुलो निति अख्तियार गरिएकै कारण उद्दारको हवाला दिदै आएको यौटा समुहका हेलिकप्टरहरू भने चिनको सिमाना -सीमाना शैर गरेको खबर सुनियो । 'उद्दार' कम 'गद्दार' ज्यादा गर्दै आफ्नो (कु) नियत देखाउन पनि पछि परेन -त्यो ।
देशमा आपत्बिपत परेका बेलामा सरकार प्रमुख, मन्त्री लगायत सरकारी प्रतीनिधिहरुले सर्बसाधारणलाई आड भरोसा दिन सक्नु पर्थ्यो । । जस्ले जनातामा "हाम्रो सरकारले हामीलाई हेर्ने छ " भन्ने आशा पलाउदछ । तर हाम्रो सन्दर्भमा यसो हुन सकेन । देशमा महाभुकम्प गएको पाच दिन पछी मात्रै सरकार प्रमुखलाई प्रभाबित क्षेत्रमा जाने फुर्सद मिल्यो । राजधानी मै भएका पिडितलाई त पाच दिन सम्म पनि त्रीपाल लगायतका राहत सामाग्री उपलब्धा गराउन नसकेको भन्दै प्रधानमन्त्री माथी ढुङगा बबर्षाउन थालेको खबर पनि सुनिए । यस्ले सरकार प्रतिको आम- जनमानसमा कुन हदको आक्रोश रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।
तेसै गरी राजनितिक नेताहरुले पनि यस्तो बिपदका बेला महत्वपुर्ण भूमिका खेल्न सक्थे । तीनले भूकम्प पिडितको घाउमा मलम लगाउन सक्थे तर त्यतो काम कुनै पनि नेताले गरेको थाहा पाइएन । सामाजिक सन्जालामा नेताहरुका बारेमा अति नै आलोचनात्मक टिप्पणी हुन थाले पछी भने भूकम्प गएको एक हप्ता भैसक्दा दुइ चार नेताहरु यता- उता निरिक्षिणमा निस्किइएको देखिइयो । यो देशमा हरेक राजनितिक दलका भात्री सँगठन छन, तीनलाई सुरुको दिन्देखी नै परिचालन गर्न सक्नु पर्थ्यो तर देशमा भएका यत्तिका राजनितिक दलहरुमा कुनैले पनि सो युवा सक्तिको परिचालन गरेनेन । जनातामा नेताहरु प्रती बिस्वास गुम्दै गएको यो सन्दर्भमा नेताहरुले पुन्: बिस्वास कमाउने गतिलो अवसर गुमाए । हो, कुनै ठुलो काम गर्न सकिने अवस्था थिएन, छैन होला तर तर "हामी तपाईंको साथमा छौ ,आत्तीनु " पर्दैन भनेर आड भरोशा त दिन सकिन्थ्यो नि ! घरबास, परिवार गुमाएका पिडितहरुमा त्यतिले मात्र पनि केहि राहत हुन सक्थ्यो -मनोबैज्ञानिक रुपमा ।
देशमा यत्ती ठुलो बिपत्ती परेको छ । त्यसैले देश बिदेशबाट सहयोग गर्नेको लर्को लागेको छ । धनाढ्य ब्यापारिले मात्रै हैन तराइका ति गरीब मजदुरहरुले पनि आफुसँग भएको धान, गहु लगायतका अन्न मुठ्ठी दान गर्दै त्यस्लाई बेची लाखौ रुपैया सरकारलाई बुझाइरहेका छन । तर बिडाम्बना ! राजनितिक दलका नेताहरुले भने महाभूकम्प गएको आज दश दिन भैसक्दा पनि कोही कसैले पिडित लाई राहत स्वरुप रकम दिइएको सुनिएको छैन । यौटा युवा साम्सद्ले भने आफ्नो बर्ष भरिको कमाइ दिने घोसणा गरेका छन , यि नै एक जना अपवाद देखिए ।
देश बिदेश बाट राहतको ओइरो लागेको छ तर अझै सम्म पनि पिडित हरु यौटा त्रीपाल पनि नपाएको गुनासो गरिरहेका छन । सरकारले जनशत्ति ब्यबस्थापन चुस्त दुरुस्त र systematic, समन्वयात्मक हुन सकेको भए भूकम्प पिडितले यत्ती धेरै दुख पाउदैन थिए जती आज पाइरहेका छन । प्रभाबकारी भूमिका खेल्न सकेको भए अझै सयौँ पिडितहरूको जिबितै उद्दार गर्न सकिन्थ्यो कि ! भन्ने खड्को सर्बसाधारणको मनमा सदा रहिरहने भयो ।
यि र यस्ता कमि- कमजोरीका कारण भुकम्प पिडितले सकसमाथि सकस मात्र पाए । गरिब राष्ट्रका नागरिक हुनुको नियति रहेछ । या यसो भनौँ - 'भिजन' नभएका राष्ट्र प्रमुख हुनुको दुर्भाग्य । अब हेर्दै जाऊ सरकारसङ्ग उपलब्ध राहत सामाग्री के कसरी बितरण गरिनेछ्, कत्तिको प्रभाबकारी ढङ्गको हुनेछ। बितरण प्रणाली कत्तिको चुस्त दुरुस्त हुनेछ आदी जस्ता कुराले पनि कोइराला सरकारको केहि इज्जत बचाउन सक्ला । हेरौ, आगे के हुन्छ !
- शंकर निरौला 'निरक्षर'
काठमाडौँ,
No comments:
Post a Comment