छक्क पर्छु म नियतिको खेल देखेर । ।
गतिहिन यो मुलुकको रेल देखेर । ।
गतिहिन यो मुलुकको रेल देखेर । ।
दैव त ढुङ्गो रैछ, त्यसैले पग्लिएन
हाम्रा आखाबाट बग्ने भेल देखेर । ।
हाम्रा आखाबाट बग्ने भेल देखेर । ।
अब त दु:ख हैन, खुशीदेखी तर्सिन्छौ हामि
जस्तो तर्सिन्छ यौटा चोर जेल देखेर । ।
जस्तो तर्सिन्छ यौटा चोर जेल देखेर । ।
सतिकै श्राप लागेको भन्छन भन्नेहरू
यस्ता यस्ता परिदृश्य अचेल देखेर । ।
यस्ता यस्ता परिदृश्य अचेल देखेर । ।
-शंकर निरौला 'निरक्षर'
No comments:
Post a Comment