नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, January 31, 2016

                     गजल
न पृथक भएका छन्, न खास भएका छन् ॥
यहाँ सबै मान्छेहरू एकनास भएका छन् ॥

अस्तित्व खोजिरहेछन,बरू मसानहरू घाटमा
तर मान्छे ? ...मान्छे नभएर लास भएका छन् ॥

जिबजन्तु किरा फट्याङ्ग्रालाई नियालेर त हेर
बाँच्नका निम्ति कतिसम्म प्रयास भएका छन् ॥

डार्विनले उहिल्यै भने- अल्छे जुनजुन प्राणी छ
ती सबै लोप भएका छन्, ह्रास भएका छन्

भन के चै हुँदैन र पूरा, ईख लिएपछि मान्छेले ?
कस्ताकस्ता मूर्ख पनि कालिदास भएका छन् ॥

-निरक्षर

Friday, January 29, 2016


                   गजल

प्यासमा उभिएर अनि भोकमा उभिएर ॥
सालिक रोइरहेछ हेर, चोकमा उभिएर ॥

तिमी मान या नमान यथार्थ यही नै हो-
सहिद बुख्याँचा भएछ-यो लोकमा उभिएर ॥

रगत सुम्पिँदा पनि मैले किन देश 'देश' बनेन ?
ऊ सोच्दैछ-आफ्नै मृत्युको शोकमा उभिएर ॥

गङ्गालालहरू मलाई यस्तो भन्दै सम्झाउछ्न-
ए भाइ नमर्नु है, राष्ट्रवादको झोकमा उभिएर ॥

'हामी नै मुर्ख हौं' सहिदहरूले यस्तो सार निकाले-
शोध-खोज र बिश्लेषण  सबथोकमा उभिएर ॥

- शंकर निरौला
   

Tuesday, January 12, 2016

 
                    गजल

   यो सरकार यसरी मस्तसँग घुरिरहेछ
   लाग्छ अझै उ: मीठो सपना कुरिरहेछ

   केही लछारपाटो लागेन, यहाँबाट पनि 
   अरुजस्तै यहाँको फगत चुरिफुरी रहेछ ॥

   ढुङ्गो बरू पग्लिन्छ, जनताको दु:ख देख्दा
   तर महाशयको मन कस्तो निष्ठुरी रहेछ ॥

   भन म कसरी चुप बिसिरहुँ, यी सारा देखेर ?
   कोही भोकभोकै मर्छ कोही भने हसुरिरहेछ

   वायु भएर स्थिर, किन रहन सक्दैन कहिल्यै ?
   थाहा भो राष्ट्रवाद भन्ने कुरो अाँधिहुरी रहेछ ॥

   कसैकसैलाई यो ब्रह्मज्ञान भयो होला अब 
   उखान- टुक्का र यथार्थमा ठूलो दुरी रहेछ ॥

                                  - शंकर निराैला 'निरक्षर'
                                               फत्तेपुर, सप्तरी ।

Sunday, January 10, 2016

                   गजल

अौँसी रात छ तर म जुन देखिरा' छु ॥
तिम्रो प्रेममा यस्तो म गुण देखिरा' छु ॥

तिमी भन्छौ यो मन, कहाँ देखिन्छ र !
त्यही मनमा मीठो म धुन देखिरा' छु ॥

यी मेरा अाँखा किन उत्सव मनाउछन ?
के भनौं खै केके कुन-कुन देखिरा' छु ॥

किन हौ हतार किन दौडधुप यस्तो ?
ढुङ्गा भन्दा बेकार म सुन देखिरा' छु ॥

पिउछौ.. आऊ पिऊ रस कविताको
तिम्रो हातको सराब म खुन देखिरा' छु ॥

- निरक्षर

                         गजल

काँडा भयो जिन्दगी फूलका कुरा गर्दै नगर ॥
रङ्गी- चङ्गी सजाउने तुलका कुरा गर्दै नगर ॥

प्रिय, तिमी र म खोलाका दुई किनार हौँ
किनार जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ॥

गल्ती गर्दैन कसले ? नजानेर गल्ती हुन्छ
जानीजानी गरिएका भुलका कुरा गर्दै नगर ॥

सम्भव भएमात्रै हो, मान्छेले प्रयास गर्ने
मरुभूमिमा पानीको  मूलका कुरा गर्दै नगर ॥

भनिदैन संस्कार, त्यो देखिन्छ ब्यबहारमा
मसँग चाहिँ यस्तो गरि कुलका कुरा गर्दै नगर ॥

मलाई थाहा छ पिरतिमा हुनैपर्छ समर्पण
एकतर्फी समर्पणका 'रुल'का कुरा गर्दै नगर ॥


Saturday, January 9, 2016

नाकाबन्दिको सबाई

निर्माण प्रक्रिया - ४,४,६ = १४ अक्षर
वाचन प्रक्रिया - ४ ८ र १४ अक्षरमा विश्राम


नाकाबन्दिको सबाई


दिदि बैनी ए दाजुभाइ
यो संदेश भन्दैछु सबैलाई ॥
नाकै बन्द भए सरी सीमानामा नाका
स्वदेशीको मामिला छ बिदेशीको आँखा ।
दाजुभाइ जुधाएर रमितेको ताती
छिमेकिले शीरमाथि पुर्‍याउदैछ लात्ती ॥
अडान छ आफ्नै आफ्नै, छ है आफ्नै बोली
हिजो भन्दा आज कष्ट आजभन्दा भोलि ।
घर भित्र बिवाद छ दुनियाँको हासो
आफैलाई लगाउदै छन् किन गलपासो ॥
                                  कोहो आफ्नो कुन चै पराई
                                   हिमाल पहाड रुदैछ तराई ॥
साढेहरू डुक्री हिड्ने बाच्छालाई मिच्ने
जनताको घाँटी हेर कस्तो गरि थिच्ने ॥
कुटे जस्तो गर्ने कोहि, कोहि रोए जस्तो
राजनीति खेल हेर कति भयो सस्तो ॥
तेल ग्यास इन्धनको अभाव छ देशमा
चोरडाका डुलि हिड्छन ब्यापारीको भेषमा ॥
चोरडाका मोटाउने जनता चै सुक्ने
सुशासन हुन्छ भनी मन्त्रीहरू भुक्ने ॥
                              ज्याला गर्ने ए ज्यामी दाइ
                               उस्तै रैछ तिमी र हामिलाई ॥
म चै गर्छु भन्दै आए सुरिएर ओलि
सबै कुरा ठिक हुन्छ आज या त भोलि ॥
आजभोली भन्दाभन्दै सय दिन गए
आशा सबै आर्यघाटमा सहिद लौ भए ॥
आधा दर्जन उपप्रधान मत्रीहरूको टोली
कुर्सिहरू बाडियो है निर्धक्क मन खोली ॥
मन्त्रालय फुटाएर गरिदै छ राज
दुनियाँलाई रमिता भएको छ आज ॥
ओलि ज्युका उखान टुक्का कति मीठो बोली
तिम्रा हाम्रा आँसु झर्‍यो, बनीसक्यो खोली ॥
                                रास्ट्रवादको यो कस्तो नारा
                            छन भोकभोकै नेपाली जनसारा ॥
संविधान बनेपछि देश बन्छ हेर
यस्तो दिन एक जुगमा आउँछ एकै फेर ॥
यस्तै भन्दै नेपालीलाई आशा देखाएर
माछा माछा भन्यौ तर भ्यागुताको ढेर ॥
नयाँ नेपाल बनाउन लागि परेका छन्
खाका कोर्नै तछाड मछाड हेर गरेका छन् ॥
ग्यास तेल इन्धन र पेट्रोलको खाचो
यत्ति मात्रै रैछ अहो देश चल्ने साचो ॥
वरिपरि अभाव छ दु:ख पीर चिन्ता
पहुँचवाला सवारीमा सररर हिन्छ ॥
तस्करीले बजारलाई चलाउछ आज
तर पनि सरकारलाई छैन हेर लाज ॥
अनुगमन भन्नू मात्र आँखामाथी छारो
ठुलालाई चैन सधैं, सानालाई गाह्राे ॥
                                नेता ज्युको अडान छ जारी
                                तिम्रो हाम्रो पैदल सवारी ॥
जाडो लाग्यो शेर्पाहरू तलतिर झरे
हिजै मात्र कठ्याङ्ग्रीएर आठ जना मरे ॥
भुकम्पले घर लड्यो पहिरोले बारी
आफ्नो ब्यथा सुनाउछु आँसु झारी झारी ॥
बिपत्तिमा जोगाएर आए पनि सास
अब चाहिँ बाच्छु भन्ने रहेन है आश ॥
मन्त्री ज्युलाई कुर्सी भए त्यहीँ स्वर्ग धाम
पुनर्निर्माण नबनिर्माण बाकी रह्यो काम ॥
                                   बिदेशीको डलर ओइरो
                                   मुटु भित्र गैरहन्छ पहिरो ॥
  
-शंकर निरौला 'निरक्षर'
    फत्तेपुर, सप्तरी ।

Saturday, January 2, 2016

गजल

मेरा हजार सपना खरानी भएर राेएँ ॥
यी  मेरा अाँखामा पानी भएर राेएँ ॥

को छ भन यहाँ, जुगजुग बाचिरहने ?
ओइलिएर जाने जवानी भएर राेएँ ॥

भो नसोध ए साथी, किन बहन्छ आसु 
मनभित्र दु:खको खानी भएर राेएँ ॥

मोही लगिन उनैले, नौनी लगिन उनैले 
ब्यर्थै म चाहिँ हेर मदानी भएर राेएँ ॥

जसले मारेर गई, एक्लो पारेर गई
दिलभित्र अझै उही नानी भएर राेएँ ॥