नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, January 12, 2016

 
                    गजल

   यो सरकार यसरी मस्तसँग घुरिरहेछ
   लाग्छ अझै उ: मीठो सपना कुरिरहेछ

   केही लछारपाटो लागेन, यहाँबाट पनि 
   अरुजस्तै यहाँको फगत चुरिफुरी रहेछ ॥

   ढुङ्गो बरू पग्लिन्छ, जनताको दु:ख देख्दा
   तर महाशयको मन कस्तो निष्ठुरी रहेछ ॥

   भन म कसरी चुप बिसिरहुँ, यी सारा देखेर ?
   कोही भोकभोकै मर्छ कोही भने हसुरिरहेछ

   वायु भएर स्थिर, किन रहन सक्दैन कहिल्यै ?
   थाहा भो राष्ट्रवाद भन्ने कुरो अाँधिहुरी रहेछ ॥

   कसैकसैलाई यो ब्रह्मज्ञान भयो होला अब 
   उखान- टुक्का र यथार्थमा ठूलो दुरी रहेछ ॥

                                  - शंकर निराैला 'निरक्षर'
                                               फत्तेपुर, सप्तरी ।

No comments:

Post a Comment