नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, December 9, 2017

चौथो नम्बरवालाहरुको देश

'चौथो नम्बरवालाहरुको देश'

कथा 


मिती: १४ अगष्ठ, सन् २०६७  
समय: रातको साढे नौ बजे (अनुमानित)
स्थान: काठमाडौं नाम गरेको शहरको एक घरको एक कोठा 


(हजुरबा र नाती ओछ्यानमा ढल्किएका छन्। अघी नै देखी निदाउन खोजेको नातीलाई किनकिन निन्द्रै लागिरहेको छैन- आज। हजुरबा पनि निदाउन असफल प्रयास गर्दैछन। )

नाती:    हेर्नुस् न हजुरबा ! मलाई निन्द्रै लागेको छैन आज। खै.....  किन हो ?

हजुरबा: निन्द्रै लागेको छैन ?  के भन्छ यो ? अरु बेला त ओछ्यानमा ढल्किन पा'को छैन घुर्न थाल्थीस् तँ । आज चै के भएछ  तँलाई  ?

नाती:    खै......... ?

हजुरबा:  खोइ ज्वरो त आको छैन नि ? (नातीको निधार छाम्दै) छैन छैन। ज्वरो स्वरो कै आ'को छैन। चुप लागेर सुत। चाडै निन्द्रा आउछ अब। 

नाती:   हजुरबा ! अस्ती एउटा कथा भन्छु भन्नु' भाथ्यो नि मलाई..........  त्यो कथा भन्नु न ! 

हजुरबा:  कुन कथा भन्छ यो फेरी ? चुप लागेर सुत, भोली भनुम्ला बरु।

नाती:   नाइ के नाइ ! भन्नु न त्यही क्या 'चोरहरुको राज्यमा डाँका' भन्ने वाला। अस्ती पनि अर्को दिन सुनाउँछु  भन्नु भा'थ्यो तर सुनाउनु भएन।

हजुरबा:  'चोरहरुको राज्यमा डाँका' ?  .......... (केही सम्झिएझै) ए.... ए.......  त्यो ?     ल ठीक छ आज म तलाई त्यो कथा भन्छु।  तर....... नाती ! त्यो त कथा भन्दा पनि नाटक जस्तो पो छ त ! नौटङ्की जस्तो।

नाती: नाटक जस्तो ? नौटङ्की जस्तो ?  हजुरबा! के हो यो नौटङ्की भनेको  ?

हजुरबा:  "नौटङ्की" भनेको नौटङ्की नै हो। दश या एघार टङ्की होइन।

नाती: मत्लब ?

हजुरबा: मत्लब.......... पत्याउनै मुस्किल जस्तो नाटक। एकदमै ठुलो मञ्चमा मञ्चन गरिएको नाटक।

नाती: कती ठुलो मञ्चमा हजुरबा ? हाम्रो स्कुलको मञ्च भन्दा नि ठुलो ?

हजुरबा:     हा हा हा ! .......  हँसाउँछ केटाले। नाती ! त्यो एकदमै ठुलो मञ्च थियो। लगभग एक लाख सड्चालिस हजार एक सय एकासी बर्ग किमी (1,47,181 km²) क्षेत्रफलमा फैलिएको बिशाल मञ्चमा प्रहसन गरिएको नाटक। सुन्नेलाई पनि पत्याउन गाह्रो पर्ने र भन्नेलाई पनि भन्न अफ्ठ्यारो पर्ने खालको नाटक जस्तै एउटा रोचक कथा। रमाइलो कथा। हाँस उठ्दो कथा।

नाती: आहा ! खै छिटो भन्नु न त .... !

 हजुरबा:   एका.........देशमा एउटा देश थियो। त्यो देश आँफैमा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, अखण्ड र लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिलाई अङगिकार गरेको एउटा नमुना देश थियो। उदाहरणिय देश थियो।  त्यो देशको नाम पनि 'नेपाल' थियो।

नाती:  नेपाल.......  ?  (''नेपाल" भनेको सुन्दा नातीलाई अचम्म लाग्छ)

हजुरबा:  हो, त्यो देशको नाम पनि नेपाल नै थियो। त्यहाका जनताहरु आ-आफ्नै किसिमले जिन्दगी चलाइरहेका थिए। समुहमा बिभाजन गरेर भन्नु पर्दा त्यो देशमा मोटामोटी ४ किसिमका नागरिक थिए-

१..... काम गरी खाने, जो आफ्नै काम गर्नमा ब्यस्त रहन्थे,
२ ..... काम गरेर खान नसक्ने मागी खाने, जो कसले पेट भरिदेला भनेर माग्दै हिड्थे
३...... काम गर्ने शक्ती पनि नभएका र मागेर पनि खान नसक्ने, बरु भोकभोकै मर्न तैयार हुने तर  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न नसक्ने/नजान्ने
४.....  काम गर्ने शक्ती भएका तर काम गर्न जाँगर नचलाऊने, मागेर खान आफ्नो 'स्व'ले नदिने र भोकै मर्न पनि नसक्ने

चौथो अथवा अन्तिम नम्बरकाहरु चै  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न हमेशा तैयार रहन्थे। तिनिहरुको पेशा भनेकै 'चोर्नु' थियो। यी चौथो नम्बरवालाहरुमा नैतीकता छदै थिएन भनेर चै भन्नु पाप हुनेछ। किनकी यीनिहरुमा 'चोर' हुनु तर डाँका चै कहिल्यै नहुनु भन्ने असल भावना ब्याप्त थियो। त्यही भावनाको मुल्यमान्यता अनुसार ती चौथो नम्बरवालाहरु हिड्थे।
         ती चौथो नम्बरवालाहरु (अन्तिमका) मान्छेहरुलाई अचेल 'चोर' भन्छन्। तर त्यती बेला त्यो देशमा तिनिहरुलाई "नेता ज्यु" भनेर सम्बोधन गरिन्थ्यो। खुब 'भाउ' दीइन्थ्यो। नेता ज्युहरु पनि जनताले दिएको 'भाउ' खुशी हुँदै लिन्थे। त्यो 'भाउ' लाई बडो जतन गरेर कोटको खल्तिमा सुरक्षित राख्थे।

 देशलाई ब्यबस्थित पाराले चलाऊनका लागि कोही न कोही त चाहिन्छ नै। शासन चलाऊने एउटा मान्छे/समुहको खोजी भो। देशै भरी खोजी अभियान चलाइयो। यसरी खोज्दै जादा ती चौथो नम्बरवालहरु चै फुर्सदिला र काम नभै बसिरहेका भेटिए।  त्यसैले तिन्तिघ्रे पनि भएको र काम पनि नगरि फुर्सदमा बसेको एउटा समुह मात्रै थियो/थिए- त्यही चौथो नम्बरवालाहरु। त्यसैले ती चौथो नम्बरवाला नागरिकहरुलाई शासन हस्तान्तरण गर्ने निधो भो। यसरी देश चलाऊने जिम्मा ती चौथो नम्बरवालाहरुले पाए।

नाती:  (अचम्म मान्दै) चौथो नम्बरवालाहरुलाई ? मत्लब चोरहरुलाई पो देश जिम्मा लगाको ?

हजुरबा: त्यस्तै भन्दा हुन्छ। बुझ्दा हुन्छ। चौथो नम्बरवालाहरु = चोरहरु । हुन त त्यो देशमा राम्रा मान्छे हुँदै नभएका होइनन, थिए तर पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरु आ-आफ्नै कर्ममा ब्यस्त थिए। यिनिहरुलाई  राजनीति र सत्ता सङ्ग कै लिनु दिनु थिएन।
एक नम्बरवलाहरुलाई कसरी पेट पाल्नु भन्ने ध्याउन्न हुन्थ्यो। उनुहरु यो बाहेक अरु सोच्नै भ्याउदैनथे। त्यसैले यिनिहरुलाई फुर्सद हुने कुरै भएन।
दुई नम्बरवालाहरु आफु काम गर्न नसक्ने भएकाले कसले पेट भरिदेला भनेर माग्न डुल्दै फुर्सद थिएन।
तेश्रो नम्बरवालाहरु बडो नैतीकवान  र स्वाभिमानी भएकाले त्यस्ताहरु राजनीति जस्तो फोहोरी खेलमा छिर्ने कुरै भएन।
  तर देश त चलाऊनु छ। कोही न कोही त चाहियो नि देश चलाऊने।   त्यसैले ती चौथो नम्बरवालाहरु फुर्सदिला र चलाख पनि भएकाले कुटनिती/राजनीति  तिनिहरु जती राम्रो तरिकाले अरुले  'ह्यान्डल' गर्नै सक्दैनन भन्ने निस्कर्श निकालियो। फेरी, पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरुलाई राजनीतिको र पनि आउँदैनथ्यो। रुची पनि थिएन भनौ। तसर्थ चाहे पनि नचाहे पनि ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिनु पर्ने भो।

 तर ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिने बेलामा हरेक पल्ट "देश र जनताको भलो गर्छु" भनेर सपत खानै पर्ने कडा नियम जारी गरियो। त्यहा देखी उपरान्त जो-जो शासन सत्तामा जान्थे, उनिहरुले  "देश र जनताको भलो गर्छु" भन्दै सपत खान्थे।

नाती:  हजुरबा ! त्यो सपत भनेको कस्तो हुन्छ ?  त्यो खाएपछी नराम्रा मान्छे पनि राम्रा मान्छे बन्छ हो ?
मलाई पनि ल्याइदिनु न ल !  एक प्याकेट सपत !

हजुरबा  "हा  हा  हा" गर्दै कोठा नै थर्किने गरी हाँस्छन........  हासिरहन्छन- लग्भग दश सेकेण्डजती।
 नातीले आजसम्म नाजाने कती प्रश्न सोध्यो सोध्यो।  गन्दै जाने नै हो भने पनि  लाख भन्दा बढी प्रश्नहरु सोधिएका होलान। नातीको नजरमा यो संसारमा सबै भन्दा जान्ने मान्छे- तीनै हजुरबा थिए। हुन पनि हो, हजुरबा  "देश खाएर शेष भएका " मान्छे थिए। (माफ गर्नु होला खासमा- देश खाएर शेष भएका मान्छेहरुलाई हजुरबाले नजिकबाट जानेका थिए चै भन्न् खोजिएको हो)। 
नातीले हजुरबासङ्ग सोध्न हुने /नहुने सारा कुरा सोध्यो। एक पल्ट  "मान्छे कसरी जन्मिन्छ ?" भनेर आफ्नो ड्याडीलाई सोधेको थियो। ड्याडीले "मलाई थाहा छैन ममिलाई सोध" भन्दै पन्छिएका थिए। त्यसपछी ममिलाई गएर सोध्दा "छाडा  ! यस्तो कुरा पनि सोध्छन ?" भनेर झापारेकी थीइन। त्यो बेला देखी उसले ममी र ड्याडीलाई कै सोधेन। हजुरबालाई सोध्यो बरु। हजुरबाले त हरेक प्रश्नहरुको उतर बडो सभ्य र केटाकेटिले सजिलै बुझ्ने गरी बुझाईदिनु हुन्थ्यो।  उदाहरणका लागि त्यही प्रश्नलाई लिदा हुँन्छ।  "मान्छे कसरी जन्मिन्छ  ?" भन्ने प्रश्नको उतर हजुरबाले यसरी यती सभ्य भाषाले दिनु भो कि त्यो कुनै  "छाडा कुरा" हो भन्ने नै लागेन।   त्यसैले ऊ सधैं हजुरबाको साथमै हुन्थ्यो। स्कुल छुट्टी भएका दिन घरमा हुँदा  "हजुरबा-नाती" लग्भग चौबिसै घण्टा सँगसँगै हुन्थे। 
हजुरबालाई एक दिनमै डेढ दुई सय प्रश्न सोध्नु त नातीको दैनिकी नै हुन्थ्यो। प्रमाणका लागि यही कथालाई लिदा हुन्छ। यही कथामा पन्ध्र बीस वटा प्रश्न त सोधि भ्याउला जस्तो छ।     


तर फेरी पनि .......... नातीले सोधेको कुनै  पनि प्रश्न सुनेर  हजुरबा  यसरी हाँसेका थिएनन् -जसरी आज अहिले हाँसे। नातीलाई हजुरबाको यस्तो हाँसो रामायाण सिरियलमा  रावण हाँसे जत्तिकै लाग्यो।  
नातीको हरेक प्रश्नको जवाफ सटिक र सरल भाषामा दिनु हजुरबाको अघोसित धर्म हो भन्ने लागेको थियो- नातीलाई। तर आज चै किन हजुरबा यसरी अट्टहास हासेका हुन् ? नातीले सोच्नै सकेन। अस्ती नातीले हजुरबालाई हम्जाएगाको 'जोक' सुनाएको थियो। त्यत्ती बेला चै यी हजुरबा यसै गरी हाँसेका थिए। नातिको कलिलो बुद्दिले कलिलो अनुमान लगायो- शायद हजुरबालाई त्यही जोक याद आएको हुनुपर्छ।    
  


हजुरबा:  नाती यो सपत भन्ने कुरो किनेर किन्न पाइने जिनिस हैन।  फेरी तँ त ज्ञानी मान्छे छस् । ठुलाले भनेको पनि मान्छस्। ओछ्यान पनि मुत्दैनस्। यती राम्रो मान्छेले किन खानु पर्‍यो सपत ?


हजुरबाले "तँ त ज्ञानी मान्छे छस्" भन्दा मिठो लाग्यो -नातीलाई।  तर यो  "ओछ्यान पनि मुत्दैनस्" चै  नभनेको भए जाती हुन्थ्यो। "ओछ्यान पनि मुत्दैनस्" भन्ने वाक्य सुन्ने बित्तिकै नातीलाई दुई महिना अगाडिको एक घटना याद आयो जुन दिन उसले ओछ्यान मुतेको थियो। तर त्यती बेला हजुरबा तिर्थ घुम्न जाने भनेर तीन चार दिनका लागि जानु भा'को थियो। त्यसैले नातीले ओछ्यान मुतेको उनलाई थाहा नै भएन। नातीको ममी पनि जाती रहेछिन - यो कुरा हजुरबालाई बताइनछिन। नातीले मुसुक्क हाँस्यो र हजुरबाको  'तिर्थ भ्रमण'लाई  धन्यवाद दियो।   


नाती:  मलाई हैन क्या हजुरबा ! हाम्रो क्लासका केटाहरुलाई ख्वाउनलाई हो। लास्ट बेन्चमा बस्ने जोह्नले मसङ्ग सधैं निहु खोज्छ, त्यसलाई एउटा सपत दिन्छु। माइकल पनि नराम्रो छ। सरले पढाईरहेका बेलामा नि एन्जेलालाई हेर्दै घुरिरहन्छ। त्यसलाई 'नि एउटा सपत दिन्छु।

हजुरबा:  नाती ! सपत खाँदैमा कोइ मान्छे सुध्रिन्छ भन्ने हुँदैन। मान्छे सुध्रिने कि बिग्रिने भन्ने कुरा त मान्छे भित्रको 'मान्छे' मा भर पर्ने हो।


 सपत नै खुवाए पनि त्यो जोह्न नसुध्रिने रैछ भनेर नाती अली खिन्न हुन्छ। 

नाती:  सपत खुवाए पनि नखुवाए पनि आखिर मान्छेलाई कै फरक पर्दैन भने ती चौथो नम्बरवालाहरुलाई सपत खुवाइरहनुको के अर्थ छ ?

हजुरबा:  नाती ! सपत खुवाएपछी मान्छे सुध्रिन्छ कि भन्ने आशा रहन्छ।  त्यती मात्रै हो।

नाती: अनी त्यो देशका चौथो नम्बरवालाहरु सुध्रिए त ?

हजुरबा:  उनिहरुले सकेसम्म सुध्रेने प्रयास गरे। अथवा यसो भनौ हामीले देख्दा चै सुध्रिएको देखियो।

नाती:  अनी..............  ?

हजुरबा:  त्यसरी ती चौथो नम्बरवालाहरु "देश र जनताको भलो गर्छु" भन्दै उक्त राज्यको राज्य -ब्यबस्थालाई ब्यबस्थित रुपमा चलाऊन थाले।  यसरी त्यो देश चल्दै गयो........ चल्दै गयो..........चल्दै गयो।

 तर ................. समय एकनास ढङ्गले अगाडि बढीरहदैन। समयको यात्राामा थुप्रै उतारचढाव आइरहन्छ।

अनी एक दिन ती चौथो नम्बरवालाहरुबाटै चुनिएर गएको 'लोके' नाम धरेको एक ब्याक्तीले तिनै चौथो नम्बरवालाहरुसँग निहु खोज्न थाल्यो। डाँका शैलीमा त्यो लोकेले देशै भरी नै  'डाँकागिरी' गर्न थाल्यो। त्यसले  चौथो नम्बरवालाहरुलाई छानीछानी प्रतिसोधपूर्ण ढंगले मुद्दा लगाउने र जेलमा जाकिदिने 'मास्टर प्लान' बनायो। उसको 'मास्टर प्लान' अरुले बुझ्दासम्म त कतिलाई खोरमा जाकिसकेको थियो।
अब के गर्ने भनेर देशै भरी ठुलो खैलाबैला मच्चियो। भागारेभाग भयो। एक, दुई र तीन नम्बरकालाई त कै लिनु दिनु थिएन तर चौथो नम्बरवलालाई ठुलो समस्या भो। आतङ्क  भो।

 त्यो देशै भरी 'डाँकागिरी' ब्याप्त भो।  'डाँकागिरी' ले कसैलाई पनि बस्नु खानु दिएन।


फेरी त्यो लोकेको 'डाँकागिरी' सुरु हुनु भन्दा ठ्याकै एक बर्ष अघी त्यो देशका ती चौथो नम्बरवालाहरुले धेरै खर्च गरेर "संसारकै उत्क्रिस्ठ संबिधान"  बनाएका थिए। त्यसैले पनि  "संसारकै उत्क्रिस्ठ संबिधान" भएको देशमा कसैको 'डाँकागिरी'  कसैले सहने कुरै भएन।

 "जाबो एउटा 'लोके' को आतङ्कबाट हामीहरुले आजित हुनु पर्ने ?" भनेर ती चौथो नम्बरवालाहरुको झुण्डले महाअभियोग लगाएर त्यो लोकेलाई  घोक्रेठ्याक लगाउने निर्णय गरे।

नाती:  हजुरबा ! यो 'महाअभियोग' भनेको चै के हो नि ?

हजुरबा: नाती ! तैले बुझ्ने भाषामा भन्नु पर्दा महाअभियोग भनेको ठुलो आरोप हो। सानो तिनो होइन। । निक्कै ठुलो आरोप। त्यो डाँका लोकेप्रती चोरहरुको यो आरोप थियो कि -
 "'चोरगिरि'लाई चट्टकै छोडेर उसले 'डाँकागिरी' गर्नै हुँदैन्थ्यो। हिजो त्यही चोरहरुको समुदायबाट गएर 'चोरनीती' अनुसारै चल्छु भन्ने अनी अहिले आएर चै 'डाँकानिती' अपनाउने ? यो त सरासर धोका हो। बैमानी हो। तसर्थ उसलाई सजाय दिनै पर्छ।"

यसरी ठुलो बहस भो। चर्चा भो। छलफल भो। भेटघाट भो। कृया प्रतिकृया भो। र अन्तत: त्यो 'डाँकागिरी' गर्नेलाई चोरहरुको बैठक भेलाले सर्बसम्मत निर्णय गरी आइन्दा चोरहरुको समुदायमा छिर्नै नपाउने गरी उसलाई त्यो माथिल्लो पदबाट हटाईयो।
र यसरी त्यो देशमा कानुन भन्दा माथि कोही पनि छैन भन्ने कुरा प्रमाणीत गरे ती चौथो नम्बरवालाहरुले।  देशबाट 'डाँकागिरि'को अन्त्य भएकामा त्यो देशका सबै जनताहरु बडो खुशी भए।

यसरी फेरी त्यो देश "कानुनी राज्य हो" र त्यहा "कानुन भन्दा माथी कोही पनि छैन" भन्ने कुरामा सबैलाई विश्वाश भो।  अनी.................  देश आफ्नै गतिमा, आफ्नै पाराले चल्दै.... चल्दै......... गयो। र  यसरी चल्दै चल्दै गएर एक दिन देश नै .........  गयो।
तँ ज्ञानी मान्छेलाई  कुरा नलुकाइ नढाँटी भन्नु पर्दा त्यो देश त्यतिन्जेल सम्म चल्यो जतिन्जेल सम्म त्यो चल्न सक्थ्यो।

नाती: अनी हजुरबा ! डाँकालाई त त्यसरी हटाएछन् त्यो राम्रै भो तर ती चौथो नम्बरवाला चोरहरुलाई  चै किन नहटाएका त ?

हजुरबा: नाती ! किनकी त्यो देशका नागरिकहरुलाई त्यो डाँकाप्रती मात्रै सङ्का थियो। चोरहरुप्रती त विश्वाश छदै थियो नि त।

नाती: तै पनि हजुरबा ! ती चोरहरुलाई चै किन विश्वाश गरेका त त्यो देशका जनताले ?

हजुरबा: किनकी ती चोरहरुले त सपत खाएका छन् नि त "देश र जनताको हित गर्छु" भनेर।

नाती: अनी ती चोरहरुले देश र जनताको हित गरेका थिए त ?

हजुरबा: देशको हित गरेका थिए/ थिएनन त्यो त म भन्न सक्दिनँ,  तर यती चै पक्का हो तिनिहरुले 'डाँकागिरी' चै गरेका थिएनन्- जस्तो त्यो 'लोके' भन्नेले गर्‍यो।

नाती:  हजुरबा !  त्यो देशमा 'डाँकागिरी' नागरिकन  'चोरगिरी' गर्नलाई चै छुट थियो हो ?

हजुरबा: खै नाती ! त्यो त म के जान्नु ?

नाती:  तर त्यो देशका जनता मुर्खै रहेछन् डाँकालाई लखेट्ने अनी चोरलाई चै विश्वाश गर्ने ? अच्चम्मै खालका रहेछन्।

हजुरबा: (हजुरबा एक्क्षण कै बोलेनन, अध्यारो मुख लाए) ती जनतालाई 'मुर्ख' नै चै भन्नु हुन्न नाती।

नाती:  चोरहरुलाई विश्वास गर्ने जनतालाई मुर्ख नभनेर विद्वान भन्नु त ? (हाँस्दै)  हजुरबा पनि हसाउनु हुन्छ।


       तर नाती हाँसे पनि हजुरबा हाँस्न सकेनन्। उनलाई कताकता भित्र घोचिरह्यो। हजुरबालाई यस्तो लाग्यो- त्यो नातीले उनैलाई मुर्ख भनिरहेछ। उनैको बिद्वतालाई जिस्काइरहेछ। उनैको जिम्मेवारी, कर्तब्य र नैतीकता माथि प्रश्न उठाइरहेछ। हजुरबालाई असह्य भएर आयो। 

 
हजुरबा: लु लु धेर ठुला कुरा नगर, अब सुत। भोली तेरो स्कुलमा के कार्यक्रम छ भन्दै थीइस हैन ? चाडै उठेर स्कुल जानु पर्छ। अब सुत।


नाती: ओ हो.......  हो त नि ! भोली त १५ अगस्ट।  'इन्डिपेन्डेन्स डे'। बिहानै स्कुल जानु पर्छ, ठुलो कार्यक्रम छ- हाम्रो स्कुलमा।  हजुरबा तपाईं पनि आउनु ल ? पोहोर पनि तपाईं १५ अगस्ठको कार्यक्रममा जानु भएन।  यस पाली चै जानुपर्छ है ?

हजुरबा: खै.........  हेरौं.......  के हुन्छ। आज बिहानै देखि मेरो टाउको अलिअली दुखिरा'छ। भोली सम्ममा  सन्चो भो भने चै म पनि जान्छु तेरो स्कुल।

नाती: ओ हो !  हो र ? अनी हजुरबा दबाइ खानु भएन ?

हजुरबा: अँ..........  खा'को।


"अँ ....... खा'को" भनेर हजुरबाले नातीलाई झुट बोले। वास्तवमा उनले दबाइ खाएकै थिएनन्। दबाइ खाइरहनु जरुरी पनि थिएन किनकी हजुरबाको टाउको दुखेकै होइन। त्यतिक्कै नातिलाई भनेदे'का मात्रै हुन्।  खासमा हरेक  '१५ अगस्ट'का दिन यसरी नै हजुरबालाई कि टाउको कि पेट दुख्छ। टाउको र पेट दुखेन भने खुट्टा त अवश्य दुख्छ, दुख्छ।  पोहोरको  '१५ अगस्ट'मा खुट्टा दुखेको थियो। यस पाली चै टाउको दुख्ने लक्षण देखियो। म दावाका साथ भन्छु- अब अर्को साल  '१५ अगस्ट'का दिन हजुरबाको पेट दुख्ने छ।  त्यसरी  टाउको ,पेट र खुट्टा दुखेका दिन भरीका लागि हजुरबाको संसार भनेको त्यो कोठाको ओछ्यान र बाथरुम मात्रै हुन्।  त्यो दिन उनी कही निस्किदैनन्। अरु दिनको रमझम उनलाई खुब मन पर्छ तर त्यो एक दिनको रमझम खै किन हो- मन पर्दैन। भोली उनी नातीको स्कुल जानेवाला छैनन्, तैपनी नातीलाई आशा देखाउँछन् -  "सन्चो भो भने चै जान्छु" भनेर। नाती पनि हजुरबाको कुरा पत्याउँछ।  नातीले ठीक त्यसै गरी हजुरबाको कुरो  पत्याएको छ, जसरी उसको 'ड्याडी'ले आफ्नो स्कुले जिबनमा पत्याएथ्यो। तर हजुरबा आफ्नो छोरोको बेलामा 'नि कहिल्यै गएनन् - १५ अगस्ठ 'सेलिब्रेसन' प्रोग्राममा। 
      
नाती:  हजुरबा ! बिहान छिट्टै जानु पर्छ है ? भोली त हामी स्टेजमा गएर 'नेसनल एन्थम' गाउँछौ। हाम्रो सरले क्रिश, एन्जेला, पार्थ र मलाई 'नेसनल एन्थम' कण्ठ गरेर आउनु भन्नु भा'छ।

हजुरबा: अनी 'नेसनल एन्थम' कण्ठ गरिस् त ?

नाती: अँ.... गरिसकेँ।  सुनाऊँ ?

जन गन्-मन-अधिनायक,
 जय हे, भारत भाग्य बिधाता !
पन्जाब सिन्धु गुजरात .....


नातिले  'नेसनल एन्थम' (
राष्ट्रिय गीत होइन )पुरै सुनाउँछ -लय हालेर। यता हजुरबालाई हजार सियोले मुटुमै घोचेजस्तो हुन्छ। ज्युदै मरेको भान हुन्छ। आँखाबाट समुन्द्र नै निस्केला जस्तो हुन्छ। तर आफुलाई सम्हाल्दै कुरो बनाउछन। 

हजुरबा: लु लु ......  अब सुत।

नाती: हजुरबा तपाईंहरुको बेलामा 'इन्डिपेन्डेन्स डे' का दिन के-के गर्नु हुन्थ्यो- स्कुलमा ?

हजुरबा: नाती हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो।

नाती: (अचम्म मान्दै) 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो .........  ? अनी स्कुल पनि छुट्टी हुन्नथ्यो ?

हजुरबा:  हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' मनाउनु जरुरी नै  नै थिएन। 'डिपेन्डेन्ड' हुने हरुले मात्रै हो,  'इन्डिपेन्डेन्स डे' मनाउनु पर्ने।

नाती:  (टाउको कन्याउँदै) मत्लब..............  ?

हजुरबा:  मत्लब..............  जुन दिनदेखी हामी  'डिपेन्डेन्ड' भयौ, हो........  त्यही दिनदेखी हामीले 'इन्डिपेन्डेन्स डे' मनाउन थालेका हौ।

नाती:  मत्लब.....  ?  मैले त अझै कुरो बुझिनँ।

हजुरबा:  नाती, मैले पुरै ७१ वटा हिउँद फटाएको छु। म आँफैलाई यो कुरा बुझ्न त बर्सौ लाग्यो भने तँ त हिजोको अण्डा आजको फूल।

नाती:  त्यै पनि भन्नु न ........  बुझाए पछी त म बुझी हाल्छु नि ! हजुरबा यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' को कुरो के हो  ?  भन्नु न प्लिज......।

 हजुरबा:  नाती ! यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' भन्ने कुरो कसैले कसैलाई सिकाएर सिकिने र बुझाएर बुझिने हुँदै होइन। यो त समयले बिस्तारै सिकाउँदै जाने हो।   

नाती: हजुरबा ! अनी म चै कैले यी जान्ने हुन्छु त ?

हजुरबा:  हुन्छस्  हुन्छस् । एक दिन अवश्य यस्ता कुरा जान्ने/बुझ्ने हुन्छस्।  तर तैले जानेर/बुझेर कै फरक पर्ने छैन- यो माटोलाई। समयमै जान्नु/बुझ्नु त मेरो पुस्ताले पर्थ्यो। दुर्भाग्य ! बुझिएन। जानिएन।

नाती:  मत्लब ?

हजुरबा: मत्लब सत्लब कै होइन....  अब सुत। एकै दिनमा धेर जान्नु पनि हुँदैन। दिमाग दुख्छ। बाह्र बज्न लाग्यो होला ...... छिटो सुत। म पनि एउटा काम सकेर चाडै सुत्छु।


हजुरबा उठेर बाथरुमतिर जान्छन्। नातीले  "यती राती त्यो कुन काम होला  ?" भनेर सोध्नु जरुरी ठान्दैन। सोध्दैन। हजुरबाले 'नि त्यो  "एउटा काम" के चै हो  ? भनेर बताउँदैनन्। बताउन जरुरी ठान्दैनन् भनौ। कसैले कसैलाई  त्यो 'जरुरी काम'का सम्बन्धमा कै नबताइएका कारण यो संसारमा केबल दुईलाई मात्रै थाहा छ - त्यो   'जरुरी काम'के हो भन्ने कुरो। ती दुई मध्ये एक त स्वयम् हजुरबा  भै'गए भने अर्को चाँही  हजुरबाको कोठाको  बाथरुमको भित्तो।  त्यो जरुरी काम भनेको  "देशलाई सम्झेर रुनु" हो, जुन ती हजुरबाको दैनिकी हो।  

मेरा छिमेकीहरु भन्छन् कि यी हजुरबा त्यो  नेपाल नाम गरेको एकादेश कथाको पैलो दोस्रो या तेश्रो नम्बरवाला नागरिक थिए।  हुन त यो कथाको लेखक मै हुँ। त्यसैले कुन पात्रको ईतिहास भुगोल के हो ? भन्ने कुरो   अरु भन्दा बढी मलाई थाहा हुनु पर्ने हो। तर मैले आजसम्म मेरा कथाका पात्रलाई प्रश्न सोधेर दिक्क लगाउने काम गरिनँ /गरेको छुइनँ।  कथाका ती पात्रहरुलाई जसोजसो गरी मन लाग्छ त्यसै त्यसै गरी बग्न दिन्छु -म। यी हजुरबाका सम्बन्धमा मेरा छिमेकीले गरेको त्यो अनुमानलाई नै मैले 'नि सत्य हो भन्ने अड्कल गर्‍या'छु।  

तर जे होस्, सदा झैं आज पनि अबेर सम्मै हजुरबाले  'जरुरि काम' गर्दै आधा रात बिताउलान् भन्ने अनुमान- बाथरुमका भित्ताहरुले  गरेका छन्। 


नोट: यो कथा केबल एउटा 'एकादेशको कथा' मात्रै होइन। यो नाटक मात्रै पनि होइन। समयले नेपाल नामको राज्यमा ती चौथो नम्बरवाला चोर पात्र खटाएर मञ्चन गरिएको एउटा भद्दा मजाक हो। यसलाई कथा र नाटक भनेर मात्रै पुग्दैन। समयले आफ्नो गतिको नियमलाई बिर्सिएर भबिश्यतकाल मार्फत लेखिएको/लेखाइएको डाइरीको एउटा पाना पनि हो। भबिस्यतकालले बर्तमानमा हुत्याएको एउटा चिर्कट्टो भनौ अझ। 

भन्नेहरुले अझै पनि माथि उल्लेखित नेपाल नाम गरेको देश छ भन्छन्। तसर्थ कोही कसैले यो चिर्कट्टो फेला पार्नु भो भने त्यो नेपाल नाम गरेको देश खोजेर त्यहाका पहिलो, दोस्रो र तेस्रो नम्बरवाला नागरिकलाई थमाइदिनु होला- ताकी ती बेलैमा सचेत होऊन्। आफ्नो माटो जोगाउने मौका उनिहरुले पाऊन्।  कृपया चौथो नम्बरवाला नागरिकको हातमा यो चिर्कट्टो नदिनु होला। तिनिहरुले यसलाई रद्दिको टोकरीमा फालिदिनेछन् र यो चिर्कट्टोको आशङ्कालाई चरितार्थ पार्ने छन्। 



॥ इतिश्री 


 निरक्षर निरौला

Sunday, September 17, 2017

दरवार हत्या काण्ड कसरी भो: संक्षिप्त्त बहस

अज्ञात रहस्यमय
K xa sir
Nayanaulo
दरवार हत्या काण्ड कसरी भएजस्तो लाग्छ यहाँलाइ
Sep 14 at 4:01pmSent from Messenger
निरक्षर निरौला
म पैला ग्यानेन्द्रको मुख्य भुमिका छ भन्थेँ/मान्थेँ। तर बिगत ३ बर्ष नेपालका बिज्ञ बिश्लेशकका कुरा/किताब पढ्दा र बुझ्दा म गलत रहेछु भन्ने बोध भो।
Sep 14 at 5:36pm
निरक्षर निरौला
दरबार हत्याकाण्ड सम्बन्धि मेरो निस्कर्श:

यो हत्याकाण्ड अमेरिकाको जासुसी सस्था CIA र बेलायतको MI 6 ले भारतीय जासुसी सस्था RAW को काधमा चढेर नेपाली सेनाका प्रधानसेनापतिलाई हातमा लिएर गरिएको हो।
Thursday at 7:22pm
निरक्षर निरौला
अमेरिकालाई राजा किन बाधा थियो ?
- चिन र भारतलाई लफडा भजाउन सबभन्दा उत्कृष्ट ठाँउ ककपिट नेपाल हो।

बेलायतको उदेश्य के थियो ?
- कृस्चियानिटी भजाउन राजसस्था(हिन्दु धर्म) सिध्याउनै पर्ने थ्यो।

भारतलाई किन राजा बाधा भो ?
- २०७ सालदेखि जब राणालाई फालियो त्यसैबेला देखि बिपि गनेशमान लगायतलाई उसले आफ्नो बनाइसकेको थ्यो। त्यसपछि निरन्तर नेपालका प्रमुख पार्टीका नेतृत्व पङ्तिलाई आफ्नो बनाइरह्यो। राजनितीक दलभन्दा माथी राजा थिए, जसले दलले ल्याएको कुनै प्रोजेक्ट नो भन्दिन सक्थे। कतिपयमा भने पनि।
Thursday at 7:27pm
निरक्षर निरौला
त्यो हत्याकाण्डपछि सरकारले जारी गरेको प्रतिबेदनमा दिपेन्द्रले सबैलाई मारे र अन्त्यमा आफैलाई कन्चटमा गोलि हाने मरे भनिएको छ।
तर त्यसमा कुनै तर्क छैन।

अमेरिकाको जासुसी सस्था CIA र बेलायतको MI 6 ले भारतीय जासुसी सस्था RAW को काधमा चढेर नेपाली सेनाका प्रधानसेनापतिलाई हातमा लिएर गरिएको हो, र त्यसमा तत्कालीन राजनीतिक दलका नेतृत्वलाई पनि सामेल गराइएको थ्यो भन्ने केही आधार:

- जुन रात हत्याकाण्ड भो, त्यसै रातको दुई तीन बजे नै त्यहाँका खुन लाई धोईपखाली सफाचट पारिएको थ्यो। हत्या भएको प्रमुख भएन त्यसको एक दुई दिनमै भत्काइयो। दरबारको रेखदेख ADC ले गर्छन्। त्यो बेला ADC ले गरेन भने राजानै सिद्दिएपछी सरकारले गर्‍यो। सरकारमा प्रधानमन्त्री गिरिजाप्रसाद थिए। गृहमन्त्री रामचन्द्र पौडेल थिए।

- दरबारका ADC जो थिए, उनी आफ्नो अध्ययनका क्रममा भन्दै बारम्बार बेलायत + अमेरिका धाइरहन्थे। त्यसरी धाउनेमा भुतपुर्व ADc पनि थिए।

- हुन त राजसस्था सिध्याउने लक्ष्य थ्यो तर त्यसबेला बिरेन्द्र र ग्यानेन्द्र दुबैको परिवारलाई सिध्याउदा शङ्का सिधै सेनामा जान्थ्यो। तसर्थ ग्यानेन्द्रलाई आरोप लागोस भनी उनलाई छोडियो र बिरेन्द्रका एकेक छानेर मारियो। यसले आरोप ग्यानेन्द्रलाई लाग्यो। ग्यानेन्द्रलाई पनि हटाउनु त छदै थ्यो तसर्थ भारत मार्फत ग्यानेन्द्रलाई एकातर्फबाट उचालियो। अर्को तिर भारतले नै दललाई उचालियो। अन्तमा भारतले दललाई साथ दियो र राजाको बहिर्गमन।

- त्यो काण्ड घटेको दिन ग्यानेन्द्र पोखरामा थिए। गिरिजाप्रसाद र राम्चन्द्र गृहमन्त्री दरबार थिएनन्। अरु सामान्य बेला शुक्रबारका दिन दरबारको पार्टीमा प्राय सबै उल्लेख हुन्थे। माथी उपस्थित नभएका पनि। तसर्थ ग्यानेन्द्र र गिरिजालाई कि हातमा लिइयो कि धम्क्याएर चुप्प लाग्न भनियो। बोलेर पनि क्यै गर्न सकिने हैन भनेर निरीह भएको हुनुपर्छ। गिरिजाले जिन्दगिको अन्तिम सम्म ग्रान्ड डिजाइन शब्दमा बिशेष जोड दिइरहे।

- उक्त हत्याकाण्डको प्रतिबेदन अनुसन्धान समितिमा सुरुमा माधब नेपाल्ले "म त्यो समुहमा बसेर बयान दिन्छु, सहयोग गर्छु" भनेर नाम लेखाए। तर एक्दुई दिन पछि आफ्नो नाम हटाए र त्यसमा लागेनन।

- त्यत्तिबेला दरबारमा ३ हजार नेपाली सेना थिए। दुई गण बनाएर सुरक्षा दिने। ती ३ हजार मध्ये तल्लो तहका सेनालाई द्वन्द्वकालमा तिति क्षेत्रमा खटाइयो जहाँ माओवादीले सेनाको क्याम्प सिध्याउदै थ्यो। त्यसरी लगभग ३ हजार सबै माओबादीबाटै मारिए।

- एक दुई जना बाचेकाहरुलाई अनेक यातना दिएर मारियो थुनियो। एक जना पालेको श्रीमतिको त अन्तर्वार्ता नै आएको थ्यो। किन थुनोएको पनि भनी दैनथ्यो रे। कैले छुट्ने पनि भनिदैनथ्यो रे। खाली यातना दियो जेलमा राख्यो।

- अनुसन्धान प्रतिबेदनमा ग्यानेन्द्रले नै मारेको भनेर पनि देखाउन मिलेन किनकी त्यस्तो हो भने अब को राजा बन्ने ? यसरी एकै चोटि राजसस्था सिद्दिदा जनतामा राजसस्था प्रती सम्मान भैरहने थ्यो। तसर्थ त्यसको दोष दीपेन्द्रलाई लगाइयो। पारिवारिक कारण भनियो। जनतालाई शङ्का नहोस भनेर त्यसै दिन मरिसकेका दिपेन्द्रलाई बाचेका छन् सास छ भनेर तीन चार दिनसम्म दीपेन्द्र राजा भएको मानियो। पछि ग्यानेन्द्र खत्तम हुन भन्ने बाताबरण बनाउदै उनलाई गलत्याइयो। यत्ती गरेपछि भविष्य राजा नफर्किने निश्चित भो।
यो घटनामा बाताबरण मिलाउन दीपेन्द्रकी प्रेमीकाको ठूलो हात थ्यो तर घटना पछि उनी सिधै दिल्ली गएर बसिन। उनी राणा भएकाले पहिच माथिमाथी भो।

- दीपेन्द्रले नै त्यसो गरेको हो भनेर अमेरिका र भारतले यौटा डक्युमेन्ट्री बनाए, जुन discovery r history च्यानलमा प्रसारण गरियो।
Thursday at 7:59pm
निरक्षर निरौला
यो हत्याकाण्डको डिजाइन एक दुई दिनमा हैन दस बाह्र बर्ष लगाएर भएको हो। यसको कनेक्सन माओबादी द्वन्द्व सङ्ग पनि छ।
ग्यानेन्द्रका उत्तराधिकारी पारसलाई सुरुदेखी नै मिडिया कु गरिदै आइएको थ्यो। पारस यस्तो उस्तो भन्दै पारसप्रति खराब इमेज बनाइएको थ्यो। उनी प्रतिको मिडिया कु कसरी प्रमाणित हुन्छ भने आजकल पनि पारसका बारे मिडियाले लेखिरहन्छन। पारस थाइल्यान्डमा बस्छन्। थाइल्यान्डमा बेश्याबृती त कानुन सम्मत नै छ। लागू औषध पनि कानुन सम्मत नभए पनि भित्रभित्रै सजिलै हुन्छ। त्यस्तो देशमा बसेका पारसले "लागू औसधको कारोबर गरे" भनेर खबर आइरहन्छ। यस्सो अनुमान लगाऊँ। ग्यानेन्द्रको अहिले पनि देश बिदेशमा अर्बौ डलर सम्पत्ति छ। पारसलाई पनि पैसाको अभाव हुदैहुन्न। पारस मात्रै के उसका दुई तीन पुस्ताले जतिनै उडाए पनि नसकिने सम्पत्ति छ। त्यसो भए त्यस्तो भए पारस किन लागू औसध ब्यापारमा लाग्नु ?

लागू औसध खाए होलान् तर मिडियाले एकोहोरो लागू औसध ब्यापारी भनेर छाप्छ/लेख्छ।

पारसका नजिकका साथिहरुले उनलाई नियोजित रुपमा बारम्बार फसाइरहेको गतिलो तर्क राखेका छन।
Thursday at 8:23pm
निरक्षर निरौला
कसैलाई सिध्याउनु छ या स्थापित गराउनु छ भने मिडियालाई हतियार बनाइएन्छ। नेपालमा मात्रै हैन संसारमै त्यस्तै छ।

जस्तो- एक पल्ट ल्यारक्याल लामालाई डन र दोहोरो नागरिक्ता धारी भनेर उनी विरुद्ध मिडिया कु गराइयो।

- शुशिला कार्कीलाई भगवान बनायो मिडियाले। तर बास्तबमा शुशिला कार्कीले अदालतमा यति राजनीति गरेकी छिन भनी साध्य छैन। शुशिला कार्की अमेरिकन + भारतीय ब्लकको प्रतिनिधित्व गर्थिन। उनलाई भगवान बनाइराखियो भने पछि उनी मार्फत धेरै एजेन्डा घुसाउदा जनताले सजिलै स्वीकार्छन भन्ने उनिहरुको डिजाइन।
Thursday at 8:28pm
अज्ञात रहस्यमय
ल सर हजुरलाई धन्यवाद

Monday, August 28, 2017

बिज्ञान: झुटैझुटको यौटा पुलिन्दा

बिज्ञान: झुटैझुटको यौटा पुलिन्दा 

Note: यो लेख पढ्न सुरु गर्नु भन्दा अघि मेरा अघिल्ला दुई लेख पढ्न आग्रह गर्दछु। ती दुई लेख पढिसकेको पाठकलाई यहाँको कुरा बुझ्न सजिलो हुनेछ। १.http://niraksharniraula.blogspot.com/1
२. https://niraksharniraula.blogspot.com/2

एकै क्षणलाई मान्नुस कि तपाईंका अघि यौटा अनुसन्धानकर्ता उभिएर यसो भन्यो- 

"तपाईंलाई थाहा छ सूर्य पुर्बबाट होइन, पस्चिमबाट उदाउछ नि ।"

त्यसपछि तपाईंको प्रतिक्रिया के हुन्छ ? स्वाभाविक छ तपाईं त्यो ब्याक्तिलाई 'दिमाग खुस्केको' सङ्ग्या दिनुहुन्छ। तर उसले फेरि यसो भन्यो-

"सूर्य पश्चिमबाटै उदाउछ भन्ने कुरा प्रमाणित गर्न मसङ्ग एक सय भन्दा बढी बैज्ञानिक तथ्य र तर्क छन हेर्ने हो ?"

त्यसपछि उसले तपाईंका अघि ती तथ्यहरु छरपस्ट पोखिदियो रे। उसका तर्क सबै बिज्ञानका आधारभुत नियममा टेकेरै गरेको भेट्नु भो रे। तपाईंलाई अझै चित्त नबुझेर आफ्ना वरतिर परतिरका बिज्ञान पढ्ने साथिहरुलाई ती तर्कहरु सहि हुन कि हैनन भनेर क्रस चेक गराउदा सब्बै सही नोस्कियो रे। त्यत्तिले नपुगेर आफुले चिनेका दुई तीन बिज्ञान विषय पढाउने शिक्षकहरु मार्फत पनि ती तथ्य क्रस चेक गराउनु भो रे। ती सबै तर्क जुन त्यो अनुसन्धानकर्ताले दिएको छ बिज्ञानका नियम सङ्गत नै रहेको निश्कर्स निस्कियो रे। अब तपाईं के गर्नु हुन्छ ? 

तपाईं सङ्ग दुई बिकल्प हुन्छ:
१. दुनियाँले भन्दै र आफैंले सुन्दै/पढ्दै र देख्दै आएको "सूर्य पुर्बबाट उदाउछ" भन्ने कुरा मान्ने।
२. त्यो अनुसन्धानकर्ताको कुरा पत्याउने जसले सय वटा कारणहरु द्वारा सूर्य पस्चिमबाट नै उदाउछ भनी प्रमाणित गर्‍यो।

यो पङ्तिकारलाई अहिले ठ्याक्कै त्यस्तो मनोस्थिती भएको छ, जस्तो माथी बताइयो। र यो पङ्तिकारले माथिको दोश्रो बाटो समात्यो।

 बिगत दुई बर्षदेखि यो पङ्तिकार अन्तरिक्ष र बिशेषत NASA का गतिबिधी सम्बन्धि अनुसन्धानमुलक लेखहरु ईन्टरनेटमा खोजीखोजी अध्ययन गरिरहेको छ। यो दुई बर्षमा थुप्रै अनुसन्धानमुलक लेखहरु पढिइयो। पढ्ने क्रम जारी छ। पङ्तिकार जतिजति भित्र छिर्दैछ यो विषयमा उतिउती ठुल्ठुला झुटहरु पत्ता लाग्दैछ। मेरा लागि भनौं अहिलेलाई। किनकी मैले जुनजुन कुरा झुट हुन भनी सयौं हजारौं तर्क दिए पनि त्यो केबल मेरो तर्क हो। तपाईंले पाठकले ती तर्कहरुलाई 'हावा गफ' को सङ्ग्या दिन सक्नुहुन्छ। तत्यस्तो भन्न छुट हुन्छ नै पाठकलाई।

यो भन्दा अघिल्ला लेखहरुमा मान्छे चन्द्रमामा पुगेकै छैन भन्ने प्रमाणित भैसक्यो। त्यसै गरि चन्द्रमा त के आजसम्म कुनै रकेट पनि स्पेसमा पुगिसकेकै छैन भन्ने पनि प्रमाणित गरिसकियो। स्पेसमा स्याटेलाइट  छोडिएको कुरा, मङ्गल ग्रहमा यान पठाइएको कुरा पनि यौटा प्रोपोगन्डा सिवाय क्यै हैन भन्ने कुरो प्रमाणित गरीसकियो। कुनै हावादारी गफले हैन, बिज्ञानका पर्याप्त तथ्य र तर्क द्वारा ती कुरा प्रमाणित गरिएको हो। त्यस्ता तर्क र प्रमाण सबै समेट्न खोज्यो भने हरेक शिर्षकको यौटा किताब तैयार हुने प्रमाणहरु सुरक्षित छन मसङ्ग। कुनै जिग्यासु पाठकले चासो राखे म ती डक्युमेन्ट जुन्सुकै बेला उपलब्ध गराउन सक्छु। ती डक्युमेन्ट ईन्टरनेटबाटै फेला पारेको हु मैले। सन्सार भरका स्वतन्त्र बैज्ञानिकहरुले विभिन्न समयमा लेखेका त्यस्ता खोजमुलक लेख तपाईंले अलिकती चासो राख्नु भो भने आफैं पनि भेट्न सक्नुहुन्छ इन्न्टर्नेटमा।

आजसम्म बिज्ञानले बताएका कुराहरु र धर्मशास्त्रमा भएका कुरा सङसङै राखेर हेर्नू भो भने एकाअर्काको बिपरित पाउनु हुनेछ। यहाँ धर्मशास्त्र भन्नाले हिन्दु, इशाइ, मुस्लिम आदिलाई समग्रतामा बुझ्नुपर्छ। जस्तो- 

 धर्मशास्त्र भन्छ- यो बिश्व ब्रह्माण्ड, मान्छे, पृथ्वी सब भगवानले बनाए, बिज्ञान भन्छ भगवान् सगवान कै हुँदैन, यो त big bang थेउरीको उपज हो। धर्मशास्त्र भन्छ- पृथ्वीका एकेक जीव भगवानले सोचिसोची एकेक गर्दै बनाए, बिग्यान भन्छ कुरो त्यस्तो हैन big bang पछि डार्विनको जीव बिकासको सिद्धान्त अनुसार पृथ्वीमा एक कोसिय जीव दुई कोसिय जीव हुँदै बादरबाट मान्छे भएको हो। धर्मशास्त्र भन्छ- भगवानले पृथ्वी बनाएर यसलाई एक ठाउँमा अड्याएर राखे, यो स्थिर रहन्छ। उता बिज्ञान भन्छ- हैन हैन पृथ्वी एकै ठाउँमा अडिएको छैन यसले त सुर्यलाई केन्द्र बनाएर 30 km/s को स्पीडमा कुदिरहन्छ। अनि पृथ्वी चै 1600 km/hr मा spinning ball जस्तै घुमिरहन्छ। यताको मान्यता छ- छोरा कि छोरी जन्मिने भन्ने कुरा भगवान् को हातमा हुन्छ। उता बिज्ञान भन्छ- हैन हैन त्यो त x क्रोमोजोम र Y क्रोमोजोमले निर्धारण हुन्छ। यसमा भगवानको कुनै भुमिका छैन। एकातिरको मान्यता छ पृथ्वी भन्दा माथी अर्को लोक छ स्वर्ग नर्क भन्ने। राम्रो काम गरे पछि स्वर्ग गैन्छ नराम्रो काम गरे नर्क। उता बिज्ञान भन्छ पृथ्वी भन्दा माथी कै छैन वायु मण्डल छ। त्यो भन्दा माथी अन्तरिक्ष छ, त्यो भन्दा माथी सप्पै खाली छ। परपर ग्रह उपग्रह छन्। भगवान् छैनन्। एकातिरको मान्यता छ- यो सब भगवानको मास्टर प्लान अन्तर्गत भैरहेको छ। बिज्ञान भन्छ- हैन हैन big bang देखि अहिले सम्म संयोगले आजको सम्रचना खडा भएको हो।

एकातिरको मान्यता छ- चन्द्र सूर्य भगवानले बनाए। उता बिज्ञान भने त्यसो हैन भन्दै भन्छ "As the material drew together, gravity caused it to spin. The spin caused the cloud to flatten into a disk like a pancake. In the center, the material clumped together to form a protostar that would eventually become the sun."

माया सभ्यता लगायत धेरैमा चन्द्रमालाई भगवान् मानिन्छ, उता बिज्ञान भन्छ चन्द्रमा भगवान् सगवान क्यै हैन, यो त यौटा उपग्रह हो जहाँ मान्छेले पाइला टेकेरै आइसक्यो। 
धार्मिक मान्यता छ- पृथ्वी flat छ, बिज्ञान भन्छ- हैट कहाँ flat हुनु ? यो त गोलो पो छ त ।

यसरी हेर्दा धर्मशास्त्रलाई काउन्टर एट्याक गर्नु नै बिज्ञानको काम हो कि ? भन्ने सोच्न बाध्य भइन्छ। यहाँ कुरा हिन्दु धर्म, क्रिश्चियन या मुस्लिमको हैन। सबै धर्मको मान्यता जीव उत्पती बिकास र पृथ्वी सुर्यका बारेमा एकै खालको मान्यता छ। तर बिज्ञान भने यी सबैको बिपरित बिपरित हिडिरहेको देखिन्छ। के धार्मिक मान्यताको ठ्याक्कै उल्टो हुनु नै बिज्ञान हो ? के कुनै संयोगले मात्रै धार्मिक मान्यता भन्दा बिज्ञान बिपरित बिपरित हुँदै गएको हो या यसलाई 'बिपरित' बनाउदै लगिएको हो बिशेष योजना मुताबिक ? ताकी ती सबै  परंपरागत मान्यतालाई धुलो चटाउन सकियोस्। ताकी सबैभन्दा उत्कृष्ट मान्यता 'बिज्ञान' लाई मानोस प्रत्येकले । संसारका सारा मान्छेहरुलाई आफ्नो मान्यता नै उत्कृष्ट मान्यता हो भन्ने देखाउन कै खातीर बिज्ञानलाई बिपरित धारमा उभ्याइएको त हैन ? बडो बिचरणिय विषय छ यो। 

र अन्तरिक्ष बिज्ञानको ठेक्का लिएको NASA को कयौं गतिविधि त्यसै तिर लक्षित देखिन्छ। जस्तो एक पटक NASA मा jesus शब्दलाई निषेधित गरिएको थियो।

यौटा मानव समुदायलाई कसरी भ्रममा राख्न सकिन्छ ? यसो सोचौं। यौटा पुस्ता भनेको बाइस देखि बत्तिस बर्षको हुन्छ। दुईटा पुस्ताको अबधि भनेको लगभग ६० बर्ष जति भो। ती दुईटा पुस्ताले जेजे सिक्ने छन् जेजे जानेका हुन्छन, त्यही नै सिकाइने हो तिनका छोरानातिको पुस्तालाई। अझ तपाईंले तीन पुस्ता (९० बर्ष जति) लाई कुनै झुट कुरालाई "सत्य हो" भनी सिकाउनु भो भने त्यो झुट तपाईंका लागि त झुट हो (जुनकुरो तपाईंलाई मात्रै थाहा हुनेभो) तर त्यो समुदाय जुन समुदायको ३ पुस्तालाई तपाईंले आफुले चाहेको सिकाउनु/बताउनु भएको छ, त्यो समुदायले आगे सयौं बर्ष तपाईंको झुटलाई 'सत्य' हो भन्दै स्वत: स्वीकार्दै जानेछ। हजुरबाले भनेपछी छोरोले पत्याउनै पर्‍यो। छोरोले भनेपछी नातिले पनि पत्याउँछ नै। त्यसैगरी पढेको विद्वान भनाउदाले सिक्ने भनेको पनि उसको शिक्षकबाटै हो। उसले पढेका पाठ्य पुस्तकहरुबाटै हो। उसलाई सिकाउने शिक्षक  र उसले पढ्ने पाठ्य पुस्तक नै तपाईंले छर्नु भएको भ्रमको पुलिंदा रहेछ भने के हुन्छ ? उतर सहज छ। ऊ पनि तपाईंले छर्नु भएको भ्रमलाई 'सत्य' हो भन्ने बुझ्छ। त्यस्तै पढ्छ। पढाउछ। त्यस्तै पढेर ऊ उसको समुदायमा 'विद्वान' कहलिन्छ। तसर्थ ३ पुस्तालाई भ्रममा राख्न सक्नु भो भने त्यो सिङ्गो समुदाय आगे सयौं सायद हजारौं बर्ष पनि भ्रमलाई नै 'अन्तिम सत्य' भनेर हिड्ने छ। हिडिरहनेछ।

हो, पश्चिमाहरुले यही फर्मुला अपनाएको देखिन्छ। 
पस्चिमाहरुले समयलाई ३ चरणमा बाडेको छन्।
1. Ancient Period (60,000 BC- 650 AD)
2. Medieval period (500- 1500 AD)
3. The Modern Period (1500 - Present )

The Modern period कै सुरुवाती चरणलाई (लगभग २०० बर्ष) Renaissance- and Reformation-era भनिन्छ।  यो sub-period मा 'Age of DiscoveryElizabethan period, The Protestant ReformationThe Age of Enlightenment जस्ता उपचरण पर्दछन। यही अवधिमा आज हामीले मान्दै आएको बिज्ञानको जग खडा गरिएको हो। त्यत्ती बेलाको युरोपको बैज्ञानिक मान्यता नै परिस्कृत परिमार्जजत्त हुँदै आजको बिज्ञान भएको हो। न्युटनको समय पनि त्यही हो। ग्यालिलियो, कोपर्निकसहरु पनि त्यही बेलाका हुन। 

 ग्यालिलियो, कोपर्निकसहरु पनि त्यही बेलाका हुन। अर्थात साढे तीन सय बर्ष अघिका बैज्ञानिक हुन ती। अरुको के कुरा गर्नु ? चार्ल्स डार्विनको समयलाई हेर्दा उनी लगभग दुई सय बर्ष अघिका हुन्। उनिहरुले जे बुझाए बिश्वले दुई तीन चार सय बर्ष देखि त्यही त्यही सिक्दै मान्दै आएको छ। 

 माथी नै भनिसकियो कि असत्यलाई 'सत्य' हो जस्तो भ्रम छर्न तीन पुस्ता (९० बर्ष ) काफी छ। यहाँ यो सन्दर्भमा त तीन चार सय नै भैसकेको छ, तसर्थ हामी उनिहरुले सिकाएको भन्दा फरक तरिकाले सोच्नै खोज्दैनौ। 

 "के न्युटनको सिद्धान्त गलत हुन सक्छ ?" भनेर प्रश्न गर्नै सक्दनौ -हामी। सोच्नै सक्दनौ हामी। त्यस्तो सोच्नै नसकेपछि त्यसका विरुद्ध अध्ययन अनुसन्धान गर्दै गर्दैनौ हामी। झन चानचुने विषय हैनन यी। तसर्थ यस्ता ठुला ठुला मुद्दामा हात हालेर किन टाउको दुखाउने ? भन्ने मानसिकता छ हाम्रो। "दुनियाँ भरका बैज्ञानिकले भनेको छन् मानेका छन् सत्य त्यही त होला नि !" यस्तो भन्दै यसरी हल्का रुपमा लिन्छौं। 

सौर्य परिवारका ग्रह उपग्रह केकसरी घुम्छन भन्ने सम्बन्धमा  पैला geocentric concept थियो। तर अहिले  heliocentric concept छ।  geocentric concept,  Claudius Ptolemy थियो। geocentric concept मा सौर्य मन्डलको केन्द्र पृथ्वी हो भन्ने तर्क थियो। तसर्थ सुर्य, बुध शुक्र मङ्गल बृहस्पति लगायत ग्रहहरु पृथ्वीलाई केन्द्र बनाएर घुम्छन भनिन्थ्यो। Claudius Ptolemy दोश्रो शताब्दीका बैज्ञानिक थिए।  

उनको त्यस्तो मान्यता पन्ध्रौं शताब्दी सम्म त्यत्तिबेलाको बिज्ञानले सत्य  मान्यो तर जब सोह्रौ शताब्दीमा nicolaus copernicus आए, तब उनले Claudius Ptolemy को भन्दा बिल्कुल भिन्न अवधारणा ल्याए। nicolaus copernicus ले चाहिँ  "त्यस्तो हैन, पृथ्वी केन्द्रमा हैन सुर्य चाहिँ केन्द्रमा छ र अरु ग्रह सुर्यकै वरिपरि घुम्छन" भन्ने तर्क राखे। त्यत्तिबेला nicolaus copernicus कै तर्क बलियो मानियो र मानब बिज्ञानले मोटामोटी १३०० बर्ष सम्म 'सत्य' मान्दै आएको कुरो असत्य भएको स्वीकारियो।

तपाईं अलिकती कष्ट गरेर गुगलिङ्ग गर्नुस्। सबैभन्दा पैला मानिस अन्तरीक्षमा कहिले पुग्यो भनेर हेर्नुस्। सन् १९६१ पाउनु हुनेछ। सबैभन्दा पहिलो क्यामेरा कैले बन्यो खोज्नुस- सन १८८८ मा छ। सबैभन्दा पहिलो टेलिस्कोप कसले बनायो भनेर हेर्नुस् Hans Lippershey ले भन्ने छ सन् १६०० तिर। Hans Lippershey ले बनाएको टेलिस्कोप हेर्नुस्। त्यहाँ भनिएको छ- "In 1608, Lippershey tried to lay claim on a device with three-times magnification"  अर्थात् उनले बनाएको साधारण टेलिस्कोप रहेछ भन्ने बुझियो। चित्र हेर्नुस् साधारण दुर्बिन भन्दा बिशेष लाग्दैन। moden telescope कहिले बनाइयो भन्ने पनि क्लियर छैन। १८०० तिर अलि ठूलो लेन्सको टेलिस्कोप बनेको देखिन्छ। NASA को भनाइ अनुसार उसले सन् १९७० तिर Hubble Space Telescope अन्तरिक्षमा छोडेको हो। त्यसो भए Nicolaus Copernicus ले सन् १५४३ मै heliocentric model के आधारमा ल्याए ? 

 न टेलिस्कोप थ्यो त्यो बेला। न रकेट थ्यो त्यो बेला ताकी माथी पुगेर हेरिएको होस। न क्यामेरा थियो ताकी त्यसलाई कुनै माध्यम द्वारा अन्तरिक्षमा पुर्‍याएर फोटो खिच्न सकियोस् । hot air balloon मा मान्छे चढेर पृथ्वीको वरिपरि हेरियो होला भन्न पनि मिलेन किनकी मान्छे चड्न मिल्ने hot air balloon पछि सन् १७८३ मा बनेको हो। झन हवाइजहाज त अस्ति भर्खर सन् १९०० तिर बनेको हो।

 अचम्म लाग्छ आखिर कुन तर्क दिएर Nicolaus Copernicus ले त्यतिबेलाको बिश्वलाई कन्भिन्स गरे होलान् ?  के त्यत्ती बेलाको आम नागरिकले त्यस्ता विषयका बारेमा प्रश्न प्रतिप्रश्न गर्ने ल्याकत राख्थ्यो ? त्यो किसिमको बौद्धिक स्तर थ्यो होला आम नागरिकमा ? कि त्यत्तिबेलाका दस बीस जनाले "यस्तो होला" भनेर लहडमा भनिएको कुरा सबैले मान्दै आएका हुन् ? 

 Claudius Ptolemy ले "पृथ्वी बिचमा छ र यसैको वरिपरि सुर्य चन्द्र लगायत अन्य ग्रह घुम्छ" भनेर भनेका थिए। यसो common sense लगाउदा प्रायः सबैलाई त्यो हो जस्तो लाग्छ, किनकी चन्द्र सुर्य उदाएको अस्ताएको देखिन्छ तर पृथ्वी आफै घुमेको देखिदैन। तर Nicolaus Copernicus को heliocentric model त्यसको ठ्याक्कै उल्टो छ। अहिले बिज्ञान कै कुरो मान्दा "पृथ्वीले सुर्यलाई केन्द्र बनाएर 30 km/s को स्पीडमा कुदिरहन्छ। अनि पृथ्वी चै 1600 km/hr मा spinning ball जस्तै घुमिरहन्छ" भन्छ। "त्यसो भए पृथ्वीबाट हेर्दा/अनुभव गर्दा त चाल पाइदैन त पृथ्वी आफ्नै अक्षमा 1600 km/hr मा spinning ball जस्तै घुमिरहेको ?" भनी सोध्दा "यो बिशेष प्रकारले घुम्छ जुन चाल पाइदैन" भन्ने तर्क छ। अरे बाबा त्यसो भा तिम्रा जिजुबा Nicolaus Copernicus ले सन् १५४३ मा कसरी पत्तो पाए ? Nicolaus Copernicus पृथ्वी भन्दा बाहिर गएर हेरेको रेकर्ड त भेटिदैन कहिँ।" 

खोज्दै जादा पङ्तिकारको दिमागै हल्लाउने तथ्यहरु हात पर्न थाले। यी यस्ता तथ्यहरु थाहा पाएको कयौं दिन पङ्तिकारको निन्द्रा खल्बलियो। दिमागै खल्बलियो भनौं। यो पङ्तिकारले हैन, सन्सार भर छरिएर रहेक भिभिन्न स्वतन्त्र बैज्ञानिकहरुले पत्ता लगाएका यी तथ्य  प्रमाणहरु कुनै बकम्फुसे गफ हैनन। तपाईं कुनै बिज्ञान शिक्षक, प्रोफेसरलाई साथैमा राखेर क्रस चेक गराउनुस यी तथ्य प्रमाणहरुलाई।

कयौं दिनको महिना दिन भन्दा बढी भनौंको स्व अध्ययन पछि अन्ततः म यो निस्कर्शमा पुगेको छु। र आफु पुर्णतः क्लियर भैसकेर यो लेख लेख्दैछु। पाठक सहमत हुनु नहुनु उहाँहरुको कुरो भो। तर आफ्नो जिबनको तीस चालिस घण्टा निकालेर यो विषयमा खोज अनुसन्धान गर्नुहोला भन्ने मेरो विनम्र आग्रह छ। सिङ्गो जिन्दगी अन्धकारमा भ्रममा बस्नु भन्दा "बरु खेर गए पनि तीस चालीस घण्टै त जाला" भनेर एक चोटि यता चासो दिनुस्। हामिलाई सिकाएकै कुरा सहि रहेछ भन्ने निस्कर्श निस्किए टन्टै साफ। कुनै टाउको दुखाइ भएन त्यै तीस चालीस घण्टा खेर गयो तपाईंको।

तर निस्कर्श हामिलाई भन्दै र सिकाइदै आइएको भन्दा अर्कै आयो भने ......

पत्ता लागेका नयाँ नयाँ तथ्यहरु:

- न्युटनको गुरुत्व आकर्षणको सिद्धान्त यौटा हौवा मात्रै हो
- डार्विनको जीव उत्पतिको सिद्धान्त यौटा परिकल्पना मात्रै हो
- स्टेफन हकिङ्ग्सको बिग ब्याङ थ्योरी आधारहिन तर्क हो
- पृथ्वी गोलो छैन, यो सम्थर छ बाक्लो रोटी जस्तो
- पृथ्वी 1600 miles/hour मा (spinning ball) घुम्ने कुरा झुट हो

  यी माथी भनिएका हरेक लाइनलाई शिर्षक बनाएर लेख्न थालियो भने बेग्लाबेग्लै किताब तैयार हुन्छन्। अझ कयौ अनुसन्धानकर्ताले त किताबै निकालिसकेका रहेछन्। केही खोजमुलक लेखको लिङ्क दिदैछु यहाँ। यी विषयहरु जुन यहाँ उठाइदैछ, बताउन खोजिदैछ यो चानचुने कुरो हैन। यसलाई कुनै यौटा लेखले बुझ्न र बुझाउन सकिँदैन। त्यसैले मैले यहाँ भिडियो नै राखेको हुँ। यहाँ कुनैकुनै भिडियो ६ घण्टाका पनि छन्। पाठकलाई पर्याप्त समय छ भने मात्रै यो लेख पढ्नु होला। भिडियो हेर्नुहोला। दिइएका सबै भिडियो,  लेखहरुको लिङक खोल्दै सबै पढ्नु होला। अनि मात्रै सबै कुरा बुझिनेछ। यौटा भिडियो हेर्ने अर्को नहेर्ने, आधा अधुरो मात्रै हेर्ने गर्नुभो भने कुरा क्लियर बुझिने छैन।

न्युटनको gravity theory किन झुट छ भनी विश्लेषण गरिएका लेख/अनुसन्धान्हरु:-

डार्विनको जीव उत्पतिको सिद्धान्त झुट भन्ने सम्बन्धमा:-

स्टेफन हकिङ्गको बिग ब्याङ थ्योरी किन गलत हो भन्ने प्रमाणहरु :-

पृथ्वी गोलो छैन, यो समथर छ भन्ने प्रमाणहरु:-


         


अब प्रश्न यो उठ्छ कि बिज्ञानको खोल ओढेर यी पश्चिमा बैज्ञानिकहरु किन झुटमाथी झुट बोलिरहेका छन् त ? सबैभन्दा सोचनिय बिचारणिय प्रश्न यही छ। आगामी लेखमा यो प्रश्नको उत्तर लेखिने नै छ। अहिलेलाई बस् यत्ती भनौ कि संसारमा अस्तित्वमा रहेका सम्पुर्ण धर्म, ती धर्मका मान्यताहरुलाई सिध्याएर नास्तिकता फैलाई त्यही नास्तिकताको आडमा बिश्वलाई एउटै देश जस्तो बनाएर सन्सारमा आफुले राज गर्ने यौटा शक्तिशाली समुहको गुरु योजना हो यो। त्यो गुरु योजना बारेमा आगामी लेखौला।
                 


- निरक्षर निरौला 
२०७४/०५/१२

Saturday, August 12, 2017

Truth revealed : आजसम्म कुनै रकेट 'स्पेस' मा पुगेकै छैन

 आजसम्म कुनै रकेट 'स्पेस' मा पुगेकै छैन

पृथ्वी भन्दा बाहिर के छ ? कस्तो छ ? र जे जस्तो छ, त्यस्तो किन छ ? भन्ने जस्ता प्रश्नहरू/ जिज्ञासा्हरु मानवमा धेरै अगाडी देखि उठेको हो। त्यस्ता जिज्ञासा अझै उठिरहेका छन् र भविस्यमा पनि उठिरहने छन्। 
पृथ्वीमा भएका लगभग सबै क्रिया प्रतिक्रिया किन हुन्छ ? कसरी हुन्छ ? भन्ने प्रश्नको जवाफ बैज्ञानिकहरुले दिइसकेका छन्। अब पृथ्वीको सतहमा रहेका बैज्ञानिक अनुसन्धानकर्ताहरुले गर्ने नयाँ नयाँ आविष्कार मात्रै मानवको चासोको विषय बन्दै छ। त्यसै गरी मान्छेलाई पृथ्वीमा गरिने नयाँ अध्यन अनुसन्धान भन्दा पृथ्वी बाहिरका कुरामा ज्यादा चासो  छ भनेर भन्न सकिन्छ। त्यसैले नै हो पृथ्वीको कुनै नयाँ तथ्य पत्ता लाग्दा त्यत्ती हल्ला हुदैन जति अन्तरिक्ष, चन्द्रमा, ग्रह उपग्रहका तथ्य पत्ता लाग्दा हुने गर्छ। त्यसैले आजभोलि तपाईंले अन्तरिक्ष मङ्गल ग्रह सम्बन्धी अध्यन अनुसन्धानमा पृथ्वीका बैज्ञानिकहरुको समुहले अर्बौं खर्बौ खर्च गरिरहेको समाचार बारम्बार सुन्नु हुन्छ। संसारको ध्यान त्यस्ता समाचारहरुले खिचिरहेका हुन्छन। 

अमेरिका के हो र यसले केकेसम्म गर्न सक्छ भन्ने कुरा यो पङ्तिकारले अघिल्लो लेख- 'अमेरिका: यौटा धुर्त खेलाडी' बताइसकेको छ। त्ययसै  NASA का
बैज्ञानिकहरुले चन्द्रमा गएको कुरा किन झुट हो भन्ने सम्बन्धमा - 
भन्ने लेखमा स्पष्ट बताइसकिएको छ। यदि चन्द्रमामा गएको कुरा झुट हुन सक्छ भने NASA ले भनेका/गरेका अन्य कुरा किन झुट हुन सक्दैनन् ? यो पङ्तिकारलाई यही प्रश्नले बारम्बार ठुङिरह्यो। अनि के रहेछ त भनी यो विषयका सम्बन्धमा अध्ययन गर्दै जादा नयाँ नयाँ तथ्य फेला पर्दै गए, जसले यो पङ्तिकारको पुराना लेखहरुलाई झनै बलियो बनाउदै लग्यो।  आजको दुनियाँमा सन्चार माध्यमले कसरी मान्छेलाई गुमराहमा राखेको हुन्छ भन्ने कुरा- हामी अध्याँरो युगमा बाँचिरहेका छौ भन्ने लेखमा भनिसकियो। यश पङ्तिकारका माथिका लेख पढिसकेको पाठकलाई अबको यो लेख बुझ्न सहज हुनेछ। तर यसो भन्दैमा अघिल्ला लेखहरु नपढेको पाठकले यो लेख बुझ्दै बुझ्दैन भन्न खोजिएको अर्थ नलागोस। सहज सम्म हुनेछ भन्ने मत हो- पङ्तिकारको।

अघिल्ला लेखहरुमा बहस गर्दै गर्दा थुप्रै पाठकहरुलाई NASA का बारेमा न्युनतम जानकारी दिनै पर्छ भन्ने महसुस भो। तसर्थ यो लेख सुरु गर्नुभन्दा अगाडि NASA का बारेमा एक अनुच्छेद लेख्दै छु।


                  NASA के हो ?

National Aeronautics and Space Administration को सङ्क्षिप्त रुप नै NASA हो। यसको स्थापना सन् July 29, 1958 मा आजभन्दा करिब ५९ बर्ष अघि भएको हो। यो बैज्ञानिकहरुको सस्था हो, जहाँ सन्सार भरीका बैज्ञानिकहरु पनि आबद्ध भएका हुन्छन्। यस सस्थाको प्रमुख कार्य यस प्रकार छन्: 

- अन्तरिक्ष सम्बन्धी अध्ययन अनुसन्धान, प्रयोग, प्ररिक्षण गर्ने,

- यो समुहले पत्ता लगाएका अनुसन्धानका निस्कर्शर्स हरु दुनियाँलाई बाड्ने : ताकी त्यसले मानबको जिबन शैलीमा सहज होस्,

- चन्द्रमा देखि मंगल ग्रह सम्बन्धी अध्यन गर्ने र अब त मंगल ग्रहमा मानव पुर्‍याउन अध्ययन अनुसन्धान गर्ने,

- भिभिन्न बिश्वबिद्धालयका बिज्ञानका बिध्यार्थी सङ्ग सहकार्य गर्दै भबिस्यमा तिनिहरुलाई NASA मा आबद्ध गराउन पहल गर्ने,

- सन्सारका बैज्ञानिकहरुलाई आफ्ना नयाँ नयाँ फाइन्डिङ्ग् बताउने, त्यसका सम्बन्धमाछलफल गर्ने र शिक्षकहरुलाई ट्रेनिङ्ग दिने तथा बिध्यार्थीहरुमा अन्तरिक्ष सम्बन्धि उत्सुक्ता जगाउने कार्यक्रम गर्ने/गराउने।

हरेक बर्ष अमेरिकाको कुल बजेटको लग्भग ०.५% हाराहारी NASA लाई छुट्याइने गरिन्छ। सन् २०१७ का लागी भनेर ०.५% अर्थात्  US$ 19.5 billion खर्चिने जनाइएको छ।। नेपाली रुपैयाँमा
 भन्दा करिब करिब २,०२८ खर्ब रुपैयाँ ।
नासाका सम्बन्धमा यी कुरा बताइरहदा यहाँ यो यौटा कुरा पनि 
भन्नै पर्ने देखिएको छ।  थुप्रै पाठकलाई  यो भ्रम रहेछ कि 
आजसम्म बिज्ञान प्रबिधिको बिकासमा जेजे भएको छ त्यो
 केवल नासाकै देन हो। तर बास्तबिकता त्यस्तो हैन। जुन कुरा माथी नै 
उसको काममा लेखिसकियो। नासाले अन्तरिक्ष ग्रह उपग्रह जस्ता विषयमा
 अध्यन अनुसन्धान र प्रयोग गर्ने हो। 

स्वतन्त्र रुपमा लागेका बैज्ञानिक, बैज्ञानिकको समुह, मोबाइल कम्पनी, 

कम्प्युटर कम्पनी, अटोमोबाइल कम्पनी, रोबोट कम्पनी,
 सफ्टवेयर कम्पनी जस्ता समुहहरुले आ आफ्नै हिसाबले अध्ययन 
अनुसन्धान गरिरहेका हुन्छन्। र हाम्रो दैनिक जिबनमा हामिले प्रयोग 
गर्दै आएका चिज्बस्तुको आविष्कारका पछाडी नासाको हैन, बरु नासा बाहिरका 
बैज्ञानिकको बढी देन छ। सन् २०११ मा नासामा आबद्ध हजारौं बैज्ञानिकहरुलाई 
कटौती गरिएको थियो। हाल नासाकै वेबसाइटमा १५० जना बैज्ञानिकहरुको
 लिस्ट दिएको छ, र त्यही लिस्टलाई 'फुल लिस्ट' भनिएको छ।
  
                            ................

आउनुस अब विषयमा प्रवेश गरौँ। यस लेखमा तपाईंहरुलाई अनौठो बताइनेछ- त्यो पनि प्रमाण सहित। त्यस्तो सत्य जुन सत्यलाई आजसम्म लुकाएर राखियो। हो,  आजसम्म कुनै रकेट 'स्पेस' मा पुगेकै छैन। झट्ट सुन्दा अचम्म लाग्ला तपाईंलाई। तर यथार्थ यहि हो। त्यसका लागि प्रमाण एक दुई गर्दै तल दिइने नै छ।
कुनै रकेट स्पेससम्म पुगिसकेको छैन भन्ने कुरा प्रमाणित भए धेरै कुरा पनि भएकै रहेनछ भन्ने स्वत: सिद्ध हुनेछ/हुन्छ। जस्तो-

* मानव निर्मित स्याटेलाइट लाई छोडिने भनेको स्पेसमै हो, स्पेसमै पुगिएको छैन भने आजसम्म कुनै स्याटेलाइट छोडिएको रहेनछ भन्ने बुझ्नु पर्छ।
* चन्द्रमा पुगिएको कुरा किन असत्य हो भन्ने पनि यस्ले सिद्द गर्नेछ।
* मंगल ग्रहसम्म curiocity नामक रोबोट पठाइएको पनि झुट ठहरिनेछ। 
* International Space Station भन्ने पनि क्यै होइन रैछ भन्ने बुझिनेछ।
* स्याटेलाइट टेच्नोलोजी (Dish TV लगायत) ले जेजसरी काम गर्छ भनी हामिलाई बुझाइएको छ, त्यो पनि गलत रैछ भन्ने बुझिनेछ। किनकी त्यसका लागि स्पेसमा स्याटेलाइट  अनिवार्य चाहिन्छ भन्ने तर्क छ।
* त्यसो भए NASA मात्रै हैन, रसिया, चीन, भारतले अन्तरिक्ष सम्बन्धि गरेको भनिएका सफल अभियान पनि NASA क्यै जस्तो उसङ्सङै मिलेर सहमतिमा गरिएको 'प्रोपोगन्डा' रहेछ भन्ने प्रमाणित हुनेछ। 

निस्कर्शमा भन्दा धेरै रहस्य खुल्ने छ, यो लेख पढिसक्दा। यौटा पढेको लेखेको भनिएको मान्छेको पनि दिमाग घुमाउनेछ- यश लेखको निस्कर्शले। 

NASA को भनाई अनुसार,
 एपोलो मिसन पछि लग्गत्तै उसले Space shuttle programme' थाल्यो। Space shuttle programme भन्नाले त्यस्तो कार्यक्रम जसमा स्पेसमा मानव निर्मित स्याटालाइट पठाउने, त्यहाँ (स्पेसमा) मानव निर्मित स्याटेलाइट राख्ने, पृथ्वीको गुरुत्व आकर्षण क्षेत्र भन्दा बाहिर स्पेस स्टेसन (ISS ) खडा गर्ने जस्ता कार्य पर्दछन। त्यसै अभियानलाई NASA ले Space shuttle programme नाम दिएको थियो। NASA ले  Space shuttle programme अबधिमा पाँच ओटा Orbeter हरु पठाएको देखिन्छ। अर्बेटरभन्नाले  "Orbiter: spacecraft that orbits a planet or other celestial body (= a moon, star, etc.)। अहिले यहाँ बुझ्नलाई सजिलो होस् भन्ने हेतुले त्यो अर्बेटरलाई त्यस्तो यान बुझौं जुन यानले स्पेसमा सुटेलाइट लान्छ, ISS लाई चाहिने सामाग्री पार्पुर्जा ISS सम्म पुर्‍याउछ।space shuttle programme अहिलेलाई बन्द भैसकेको छ। सन् १९८१ देखि २०११ सम्म चलेको त्यो अभियानमा अन्तिम चोट्री ८ जुलाई, २०११ मा space shuttle उडाइएको थियो।

NASA कै भनाई सापट लिने हो भने उसले Space shuttle programme अबधीमा ६ ओटा अर्बेटर बनायो। जसमध्ये दुई अर्बेटरमा खराबी देखियो, बाकी सफल भए। यहाँ अर्को कुरा के छ भने अर्बेटरलाई केबल एक पल्टमात्रै हैन, बारबार प्रयोग गर्न सकिन्छ। पृथ्वीबाट स्पेससम्म जाने र त्यहाँबाट सकुशल फर्किन सक्ने खुवी अर्बेटरमा हुन्छ। (नासाको भनाई अनुसार) उसका अनुसार यी अर्बेटरहरु उसको अभियानका क्रममा बनाइए। प्रयोग गरिए। यीनै अर्बेटर मार्फत स्याटालाइट राखियो, स्पेसमा international space station (ISS) स्टेसन खडा गरियो। उसले बनाएका अर्बेटर हरु:

सन् १९७७ :  Enterprise 
- सन् १९८१ : Columbia (फर्किदा दुर्घटना भएको) 
-  सन् १९८३ : Challenger(लन्च गरेको एकै क्षणमा दुर्घटित भएको)
-  Endeavour (Challenger को परिपुर्ति गर्नकै लागि लन्च गरिएको)
- सन् १९८४:  Discovery (अन्तिम  फ्लाइट March 9, 2011 मा गरेको)
- सन्  १९८५ : Atlantis  (अन्तिम फ्लाइट June 1, 2011

जसरी चन्द्रमामा सातसात चोटि पुगेको कुरा नासाले गरेको थियो। हो त्यसै गरि स्पेसमा पनि माथि उल्लेखित अर्बेटर हरु मार्फत १३५ पटक अर्बेटर उडाएको बताइन्छ। त्यसमा सफल भएका असफल भएका सबै उडान पर्छन्। यौटा अर्बेटरलाई एक उडान भर्न सारा खर्च हिसाब गर्दा १.७ बिल्लियन USD लाग्छ। (नासाकै अनुसार) अब तपाईं आफै हिसाब लगाउनुस १३५ उडान भर्दा केकती खर्च लाग्छ। 



आउनुस अब नासाले जारी गरेका फोटो र भिडियोहरुलाई केन्द्रित गर्दै नासाको अर्बेटर स्पेसमा पुगेको कुरा किन झुट हो भन्ने तर्क गरौं।

तर्कहरु: 

१... 
सबभन्दा मजबुत तर्क त स्पेसमामा (vacuum मा) space shuttle को इन्जिनको सहाराले यानलाई अघि बढाउनै सकिँदैन भन्ने कुरा छ। 
तर NASA लगायत समुहले हामिसङ्ग बिशेश प्रकारको इन्जिन छ, जसले स्पेसमा पनि काम गर्छ भ्न्ने गरेका छन। तर त्यसका सम्बन्धमा उसले कहि पनि बिस्तृत बताएको पाइदैन। त्यै पनि यो तर्कलाई हामी अहिले यथावतै राखौं।

 NASA ले जारी गरेको भिडियो र फोटोहरुमा धेरै नमिल्दा कुराहरू देखिन्छन्। ती भिडियोमा पानीका फोकाहरु उडेको देखिन्छ। पानीका फोका त्यो पनि स्पेसमा भनेर प्रश्न उठ्दा "ती त ISS भित्रका धुलोका कण हुन्" भन्ने जवाफ दिइएको छ। धुलो कै कण हुन भने पनि ती  पानीका फोका जस्तो किन बुल्बुल गर्दै माथी गए भन्ने प्रश्नको जवाफ उनिहरु सङ्ग छैन।
अझ एक पल्ट त यस्तो सम्म भो।
अहिलेसम्म जम्मा दुई ओटा ISS छ। अमेरिका र रसियाको।
 रसियाको international space station को सन् २०१४ अगस्टको यौटा भिडियोमा ISS को झ्यालमा समुन्द्रमा पाइने जीव Plankton चल्मलाउदै गरेको पाइएछ। त्यसका सम्बन्धमा सन्सार भरी समाचार छायो। BBC, daily Mail, telegraph, The discover magazine लगायतले त्यसका सम्बन्धमा समाचार बनाए

  
यसले सन्सारभर खैलाबैला मच्चियो। बैज्ञानिकहरुको समुहमा बहसको विषय बन्यो। त्यो समुन्द्री जीव कसरी स्पेसमा पुग्यो ? अथवा हावा शुन्य भएको ठाउमा त्यस्तो जीव कसरी देखियो ? भन्ने जिज्ञासा् राखे सन्सार भरका बैग्यानिकले। त्यस्ता प्रश्नका सम्बन्धमा रसियन अन्तरीक्ष यात्रीको जवाफ कस्तो हास उठ्दो लाग्छ। यहाँ हेर्नुस्  जस्ताको तस्तै- 
  • Sea plankton were not carried by the craft as they aren't native to Baikonur in Kazakhstan, where the Russian modules of the station blasted off
  • Plankton may have been blown there by air currents, Russia claims
  • Organisms were able to survive without oxygen in sub zero temperatures
अर्थात् ती ब्याक्तिहरुले त्यो जीव लगेकै थिएनन् रे। त्यसो भए कसरी पुग्यो त्यहाँ भन्दा- Plankton may have been blown there by air current (एयर करेन्ट मार्फत रे)  अझ अर्को तर्क -
  • Organisms were able to survive without oxygen in sub zero temperatures.

यसका सम्बन्धमा NASA का बैज्ञानिकहरुले क्यै प्रतिक्रिया दिएनन्। बहस पनि चलाएनन। अन्तरिक्षमा जहाँ हावा हुँदैन त्यस्तो ठाउँमा कुनै जीव बाच्न सक्छ भन्ने रसियन बैग्यानिकको कुरो सहि हो भने हाल्सम्म पढिएको बिज्ञान गलत मानिन्थ्यो। किनकी आजसम्म जिबलाई बाच्न अक्सिजन oxygen चाहिन्छ र बनस्पतिलाई कार्बन्डाइ अक्साइड। तर यो कुरो यत्तिकै दबाइयो।
खासमा रसियनको त्यो भिडियो ISS मा खिचिएको भनिए पनि यहीँ पृथ्वी को समुन्द्रमा  खिचिएको थियो। पानीमा खिचेको भिडियोमा अलि स्लो मोसन हुन्छ।
यो भिडियो हेर्नुस-
       

अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा काम गर्न सजिलो होस भन्दै NASA लगायत रसियन अन्तरिक्ष सस्थाले पानीमुनी अभ्यास गराउछ। यो त सबैले थाहा पाइएकै कुरा हो। ISS को भिडियोमा त्यो जीव देखिनु भनेको अभ्यास गर्ने भन्दै समुन्द्रमा खिचिएको भिडियोलाई ISS को भिडियो भनिदो रैछ भन्ने प्रष्ट हुन्छ यो कुराबाट। त्यसबेला गल्तिले ट्रेनिङ्गको भिडियो प्रसारण भएछ भनेर पनि भनिएन। ISS कै हो भन्ने तर्क गरिरहे तिनीहरुले।आखिर किन NASA लगायत समुहकै गतिविधि सङ्कास्पद हुने गर्छ। चन्द्रमाको भिडियो पनि धेरै बिबादामा आएपछि अरिजिनल डटा इरेज भो भनियो। होल्यान्डमा एउटा ढुङ्गा निल आर्म स्ट्रङ्गले नै चन्द्रमाको भनी दिइएको ढुङ्गो पृथ्वीकै भएको समाचार समेत आयो। त्यसका सम्बन्धमा पनि NASA त्यै चुप मैचुप भयो।





















मङ्गल ग्रहमा अमेरिकाले दर्जन भन्दा बढी पटक यान पठाएको र सफल भएको रेकड छ तर मङ्गल ग्रहका सम्बन्धमा भिडियो/ फोटो सार्बजनिक  गरिएको छैन।  त्यही आठ दस ओटा फोटोहरुलाई ओल्टाइ पल्टाइ देखाइने गरेको छ।
खासमा मङ्गल ग्रह त के कुनै रकेट स्पेससम्म पुगिसकेको छैन। उनिहरु झुटमाथी छुट बोल्दै गैरहेका छन्। सत्य स्वीकार्नु भन्दा पनि झुट माथी झुटको खात थप्ने काम NASA र यस मा आबद्ध हरुले गरिरहेका छन्। 

२....
यो भिडियो रोक्दै हेर्नुस्। २४ फेब्रुअरी, २००४ (सन्) को भिडियो फुटेज हो यो। Discovery नाम गरेको space shuttle अथवा अर्बेटर भनौं हो यो। स्पेस उडानमा discovery ISS सम्म उडाइदै छ यसलाई । यसमा  STS-114 crew  छन्। अर्थात्  यसमा सात जना अन्तरिक्ष यात्री छन्। तौल भन्नुपर्दा त्यो पुरै space shuttle set कोो १ लाख २१ हजार किलो छ। अब यो भिडियो हेर्न सुरु गर्नुुुस्।
भिडियोको ठ्याक्कै 11:00 मा जानुस्। त्यहाँ रोकेर हेर्नुस्। त्यो space shuttle पुरै ९० डीग्रीमा आकाशतिर सोझिदै सतहबाट माथी जादैछ। अब त्यो भिडियोको तल information bar छ। त्यहाँ हेर्नुस् - Altitude लाई फिटमा नापिएको छ। त्यसलाई बिचार गर्दै गर्नुस्। जतिजति समुन्द्र सतहदेखी माथी पुग्छ त्यो space shuttle त्यत्ती त्यति अल्टिट्युड मीटर बढ्दै जान्न्छ।  (Altitude= the height of an object or point in relation to sea level or ground level.)  अब सो भिडियोको 12:00 मा जानुस्। अब त्यो spece shuttle छड्के हुँदै माथी उड्दै छ। altitude meter बिचार गरिरह्नु भएको छ भने, त्यो अङ्क बढ्ने अनुपात (ratio) कम हुनुपर्ने हो, तर पहिलेकै अनुपातमा अल्टिट्युड बढिरहेकै छ। अब 12:31 मा हेर्नुस्। अल्टिट्युड बढेको बढेकै छ। अब 12:52 मा हेर्नुस्। spece shuttle अलि छड्के छड्के परेर पृथ्वीकै सतहतिर झर्दै गरेको देखिन्छ। अल्टिट्युड मीटर हेर्नुस्। जमिन तिरै झर्दा पनि अल्टिट्युड मीडरमा उचाई बढेको बढेकै छ। तपाईं आफै अनुमान लगाउनुस- जमिनतिरै झरिरहदा अल्टिट्युड हाइट बढ्नुपर्छ कि घट्नु पर्छ ? तर यहाँ त space shuttle आकाशतिर सोझिएर जादा पनि बढिरहेको छ। अनि जमिनतिरै झर्दा पनि बढेक्को बढै छ त्यो पनि उहीँ अनुपातमा। यसमा अरु पनि कम्जोरी छन् तर तीनलाई अर्को नम्बरमा हेरौंला।

३...
यसका सम्बन्धमा अध्ययन गर्दै जादा थुप्रै नयाँ तथ्यहरु फेला परे। जसरी अमेरिकाले चन्द्रमामा पुगेको फोटो भिडियो जारी गरेको थियो हो, त्यसै गरि चिनले चन्द्रमा पुगेको फोटो जारी गरेको रहेछ। चिनले जारी गरेका पनि अमेरिकाका जस्तै कम्जोरी छन् छन् तर निक्कै थोरै। अमेरिकाका कमि कमजोरीलाई सकेसम्म हटाउने कोसिस गरेको छ चिनले तर आठ दस कम्जोरी अझै भेटिएका छन्। 
Wikipedia मा बताइए अनुसार युरोप चीन इन्डिया, जापान र अमेरिकाकाले आजको मितिसम्म भिभिन्न मिसन नाम दिदै ६० पटक चन्द्रमामा आ आफ्नो यान उतारिसकेका छन्। अमेरिकाले सवभन्दा बढी र त्यसपछि चिन, त्यसपछि युरोप अनि भारत चौथो छ त्यो अभियानमा। भारतले समेत दुई पटक सफल परिक्षण गरेको बताइन्छ। तर मान्छेसहित पठाउनेमा भने अमेरिका एक्लो छ। रुसले मान्छेसहित चन्द्रमामा उतार्न विशेष तैयारी गरिरहेको बताइन्छ। त्यसै गरि mars mission अन्तर्गत भिभिन्न देशले १६ ओटा यान मङल ग्रहमा उतारिसकेको बिबरण छ। भारतले समेत मङ्गल ग्रहमा "मङ्गल यान" पठाइसकेको छ, त्यसले अहिले मङ्गल ग्रहको चक्कर काटिरहेको छ। 
अब यो रफ स्केच हेर्नुस्। पृथ्वीबाट चन्द्रमा र मङ्गल ग्रहसम्मको दुरी बताउन खोजिएको छ।






अब पृथ्वीदेखि चन्द्रमाको दुरी हेर्नुस् - ३ लाख ८४ हजार km छ। अनि पृथ्वी देखि मङ्गल ग्रहसम्मको दुरी हेर्नुस् - ५४ करोड ६० लाख km छ। अर्थात चन्द्रमा भन्दा मङ्गल ग्रह १४२० गुणा टाढा छ। अब सामान्य दिमाग लगाउनुस बिज्ञान प्रबिधिको बिकासमा रुस पनि अमेरिका सङ्ग टक्कर गर्ने मुलुक हो तर उसले मान्छे सहित चन्द्रमासम्म पुर्‍याउन अहिले आएर अभियान थाल्दै छ। यता हिजो अस्तिको भारत भने मङ्गल ग्रहमा आफ्नो यान पठाउने भैसक्यो। 

मानौं अमेरीकाले चन्द्रमामा मान्छे पठाएकै हो (म चै कुनै हालतमा मान्दिन)।  तर अचम्मको कुरा यो छ कि सन् १९६० को दशकमै सातसात चोटि चन्द्रमामा मान्छे पठाउने देशले त्यसपछि मान्छे पठाउनै छोड्यो किन ? मान्छे पठाइसकेपछी पनि अमेरिकाले मात्रै ६ पल्ट बिनामानबको यान पठाइसकेको विवरण छ। सन् २००० यता नै भिभिन्न देशले १४ ओटा यान चन्द्रमाको orbit र भुईमै उतारेको देखिन्छ। तर तपाईंले चन्द्रमाको तस्बिर खोज्नु भने त्यही आठ दस ओटा मात्रै भेटिन्छ आखिर किन ?
यश पछाडीको राजनिती अलि रोचक छ। कुरा के भने उहिले शीत युद्धकालमा रुसले आफुलाई अब्बल देखाउन गफैगफमा आफ्ना अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेको हल्ला पिटायो। त्यसपछि अमेरिका चै के कम। उसले झन चन्द्र्मामै मान्छे उतारिदियो। त्यसपछि रुसले मङ्गल ग्रहको orbit मा आफ्नो यान पुर्‍याइदियो। अमेरिकाले रुसलाई काउन्टर गर्न त्यही मङ्गल ग्रहमा  १४ पटक space craft पठाइदियो। अब फेरि रुसको पालो आएको थ्यो तर रुस अहिले त्यत्तिबेलाको जस्तो रहेन। अब अमेरिकालाई टक्कर दिन चीन र भारत आइपुगे। त्यसैले अब कुन दिन चिनले गफैगफमा मङ्गल ग्रहमा मान्छे पुर्‍याइदिएर अमेरिकालाई "देखिस" भन्दिने हो थाहा छैन। यसरी पुग्नु चै 'स्पेस' मा पनि छैन तर गफैगफमा मङ्गल ग्रहमा यान पुर्‍याइदिए यी शक्तिशाली देशहरुले। धेरैलाई लाग्ला त्यसो भए अहिले रुसले किन पोल नखोल्देको ? अरे बाबा रुसले चै कहाँ मान्छे अन्तरिक्षमा पुर्‍याएको थ्यो र ? अमेरिकाको पोल खोल्दा "त्यसो भा तैले चै ?" भन्ने प्रश्न आउँछ। त्यसरी गर्दा फाइदा त रुसलाई पनि हुदैन बरु उल्टै सन्सरमा बद्नामी र बेईज्जत मात्रै हुन्छ। तसर्थ चुपचाप भ्रम छर्दै गयो। अहिले चिन र भारत उदाउँदो मुलुक हुन त्यसैले यी दुईको इज्जत सन्सार भर बढाइदिन यो अन्तरिक्ष परिकल्पनामा सङ्सङ्गै हिड्दै छन्। तपाइँलाई यो सत्य्री नभएर कथा जस्तो लाग्ला तर योो दुनियाँ माा भएको यस्तै छ। यो तस्बिर हेर्नुस्। 











अमेरिकाले यौटा space craft मङ्गल ग्रहमा पुर्‍याउन ६७१ मिलियन डलर खर्च लाग्छ।  उसले १४ पटक space craft पठाइसकेको बताइन्छ। त्यसो भा कुलखर्च ६७१ × १४ = ९३९४ मिलियन डलर हुन्छ। पैसा कमाउन दुनियाँ भर द्वन्द्व लफडा गराउने देश अमेरिकाले दुई तीन ओटा भन्दा ज्यादा space craft किन एकै ठाउँमा पठाको पठाकै गर्छ ? एक पल्ट गएको space craft महिनौं त्यही घुम्दै यता डाटा पठाउछ। त्यसो भा के अमेरिका बौलाएको छ जो पैसा पानीमा खन्याइरहेको छ ? 
 १४ सेप्टेम्बर २०१४ (सन्) मा इन्डियाले पनि सन्सारकै सबभन्दा सस्तो space craft त्यो पनि मङ्गल ग्रहमा पठाइसकेको छ। मङ्गल यान हो त्यो। यसमा हाइटेक टेक्नोलोजी प्रयोग गरिएको छ भनिन्छ तर त्यो कुन टेक्नोलोजी हो कहिकतै बताइदैन।  यो हिसाबले के बुझ्नु पर्‍यो भने टेक्नोलोजीमा भारतले अमेरिकालाई समेत पछारिदियो ? हा हा। त्यो पनि अहिल्यै ? 
यसको पछाडीको राजनीति बुझ्नुस। इन्डिया त्यत्ती धनी मुलुक हैन। त्यसैले उसले मङ्गल यान उडाउन अमेरिका जस्तो ६७१ मिलियन खर्च गर्न असम्भव छ। जनताले बिरोध जनाइहाल्छन। त्यसैले सस्तोमा भएको देखाइदियो। सन्सारमा इन्डियाको बिशेषत: मोदीको हाइट बढाइदियो। जनता पनि खुशी। आखिर space craft लाई पुग्नु र पुर्‍याउनु त कहिँ छैन। बस् रकेट लन्च गराइदियो भै गो। ईन्डियाबाट रकेट लन्छ गराएर रकेट बुस्टर माथी पुगेर झारिदियो र त्यसको space craft भनिएकोलाई अमेरिका तिर ल्यान्डिङ्ग गराइदियो। उडिसकेपछिको भाग देखिने हैन कम्प्युटर एनिमेसनमा मिलायो। सिद्दियो। यसरी यौटा नाटक मन्चन गराइदियो। 

४....
साधारण रकेट करिबकरिब यस्तो शैलीमा उड्छ। (तलको तस्बिर हेर्नुस्।)
तर space shuttle ले काम गर्ने तरिका अलि फरक हुन्छ। साधारण तरिकाले सोच्दा space shuttle ले सोझै गएको गएकै गरेर स्पेसमा पुग्नुपर्ने जस्तो लाग्ला। तर space shuttle को साइन्स अलि फरक छ। त्यसरी पृथ्वीको सतहदेखि सोझै गैरहन त सकिन्छ। तर स्पेस सम्म पनि पुगेर जब इन्धन सकिन्छ तब त्यो space shuttle सिधै जमिनमै खस्छ। किनकि पृथ्वीको गुरुत्व आकर्षण शक्ति बायुमन्डललाई पार गर्दैमा सकि हाल्दैन। पृथ्वीको gravity range निक्कै पर सम्म हुन्छ। त्यसैले ISS सम्म पुग्न space shuttle ले Tragectory path मा हिड्नै पर्छ। NASA कै तर्क हो यो।

यो भिडियोलाई मजाले हेर्नुस्। यसमा कुनै ग्रहको वरिपरि उपग्रह कसरी र किन घुमिरहन सक्छ ? भन्ने बताइएको छ। 0:20 देखी 0:55 सम्म हेर्नुस्। बिचका ३/४ अवस्थाको घेरा बनाएर कुनै बस्तु घुम्दा त्यो ग्रहको वरिपरि घुमिरहन सम्भव भएन। तर चन्द्रमाको दुरी र त्यसको speed का कारण पृथ्वीलाई केन्द्रबिन्दु बनाएर यौटा orbit बन्यो, जुन orbit मा चन्द्रमा घुमिरहन थाल्यो। ठिक यस्सै गरि पृथ्वीबाट space shuttle लन्च गरिन्छ। space shuttle प्रमुखत: ISS सम्म पुग्नका लागि प्रयोग गरिने भएकाले यहि नियम अनुसार ISS को orbit सम्म पुग्ने गर्छ। (according to the phyics law-NASA) 
अब यो भिडियो हेर्नुस्।
यो भिडियो disvovery नामक space shuttle को हो। ISS तर्फ प्रस्तान गत्न लागेको भनी बताइएको छ। यश भिडियोमा तपाइँ स्पष्ट सङ्ग देख्न सक्नु हुन्छ कि पैला आकाधतिर सोझिएर उडेको space shuttle 2:12 तिर जमिन तिरै फर्कीरहेको छ। फेरि जमिनतिरबाट मोडीएर दायाँ गएको देखाइएको छ।  यो space shuttle ले करिबकरिब यस्तो बाटो भएर उडेको देखिन्छ। (हातैले बनाइएकाले तस्बिर नभएपनी स्केच मार्फत यस्तो कोरेको छु)

भिडियोमा space shuttle स्केचमा देखाइए जस्तो ABCD हुँदै E सम्म गएको छ। जबकि trajectory path बनाउने हो भने ABC बाट क ख ग घ ङ हुँदै जानू पर्ने हो। अझ यहाँ अर्को के नमिल्दो कुरा छ भने ABC हुँदै माथी गैसकेको यान किन D बिन्दुमा पुर्‍याइयो ? फेरि D बाट E तिर लगिएको छ। E तिरै लाने हो भने A र B को बिछ भागबाट मोडिएर सोझै ए तर्फ किन गैएन। यसो गर्दा छिटो पनि हुन्थ्यो यदि E बिन्दुमै पुग्नुछ भने। रकेट सिद्धान्तमा सकेसम्म रकेटलाई धेरै उचाइबाट लन्छ गर्नु फाइदाजनक मानिन्छ। किनकि जतिमाथिबाट रकेट छोडियो त्यत्तिनै छिटो र कम ऊर्जामा trajectory path  सम्म पुग्न सजिलो हुन्छ। तर यहाँ त माथी गैसकेको space shuttle लाई पनि फर्काएर तल ल्याइएको छ। बैज्ञानिकहरुका अनुसार यसो गर्नुका पछाडीको कारण के भने-trajectory path  हुँदै स्पेस सम्म जाने ऊर्जा उक्त space shuttle को रकेट बुस्टरमा छदै छैन। तसर्थ माथी उचाईमा गएर मात्रै भएन। उचाईमा गएर C बाट क ख पुग्दा नपुग्दै रकेट बुस्टरको ऊर्जा सक्किएर दुबै झर्छन। बरु trajectory path   नगैकन क बाट DE हुँदै F मा ल्यान्डिङ गराइयो भने लन्चिङ स्टेसनबाट प्रत्यक्ष देखिदैन। NASA एक एक भिडियो हेर्नुस सबै यस्तै यस्तै गरि उडेका/उडाइएका छन्।
 यसै तर्कलाई बल पुग्ने थुप्रै घटना छन्। जस्तो एक पल्ट NASA ले ISS सम्म पठाउने भन्दै राति space shuttle पठायो। अमेरिका बाट लन्च गर्यो भनौं। त्यसको ५/६ मिनेटपछि त्यो यान स्पेसतिर प्रस्तान गर्दै छ भन्ने किसिमले प्रत्यक्ष प्रसारण गरिदै थियो। तर त्यो स्थानको लग्भग १५०/२०० km पर  समुन्द्रमा रकेट झरेको देख्ने थुप्रै थिए/ छन्। एक पल्ट हैन त्यस्तो घटना बारबार भएका छन्। यता जुन दिन space shuttle लन्चिङ हुन्छ, त्यस्को ५/६ मिनेटमा समुन्द्रमा रकेट झर्छ। रातको समय भएकाले समुन्द्रको किनारमा बस्नेले त्यस्तो दृश्य सजिलै देख्न सक्छन्। अझ अचम्म कुरा यो छ कि त्यो space shuttle ले trajectory path  हुुुुदै ISS तिर लाग्यो रे। international space station पृथ्वीको सतहको ४०० km माथी छ भनिएको छ। त्यसले पृथ्वीलाई २७,५८० km/h का स्पीडले orbit बनाएर चक्कर काटिरहेको हुन्छ भनिन्छ। त्यस्तो स्पीडमा घुमिरहेको ISS लाई सामान पुर्‍याउन गएको space shuttle ले ISS कै स्पीड समात्नु परिगो। एक क्षणलाई मानौ त्यो पनि गर्‍यो रे। तर हामीले के भुल्नु हुँदैन भने ISS भन्दा तल २२ सय हाराहारी स्याटेलाइटहरुले फरक फरक Orbit बनाउदै फरक फरक स्पीडमा पृथ्वी वरिपरि घुमिरकेका छन्। नासाको कुरा मान्दा) 

त्यसो भए त्यत्रा २२ सय स्याटालाइटलाई छल्दै space shuttle कसरी ISS सम्म पुग्छ ? तपाईं आफै सोच्नुस २७,५८० को स्पीडमा  गैरहेको यानले आफ्ना बाटोमा आउने २२ सय हाराहारी स्याटेलाइटलाई छल्दै कसरी ISS सम्म पुग्छ ? बडो अचम्म लाग्छ। अझ NASA ले जारी गरेको पृथ्वीको तस्बिर हेर्नुस त्यहाँ मुस्किलले ८/१० ओटा स्याटेलाइट देखाइएको हुन्छ।

५...
NASAभातृ सस्था  Goddard Space Flight Center का अनुसार अहिले पृथ्वीको अर्बिटमा ठ्याक्कै २,२७१ ओटा स्याटेलाईट पृथ्वीलाई गोलो घेरा समानान्तर बनाएर घुमिरहेका छन्/घुघुमिरहन्छन। ती स्याटेलाइटको काम भनेको NASA कै अनुसार- Uses of SatellitesSatellites are launched into space to do a specific job. The type of satellite that is launched to monitor cloud patterns for a weather station will be different than a satellite launched to send television signals for Sky TV. The satellite has to be designed specifically to fulfill its function." अब ती स्याटेलाइट्स लाई एक क्षण बिर्सिनुस ।

अब तपाईंलाई Tropospheric scatter का बारेमा बताउछु। यो प्रबिधि आज होइन, उहिल्यै प्रयोग भैसकेको थियो। यसमा के हुन्छ भने पृथ्वीको एक सतहबाट microwaves माथि आकाशतिर पठाइन्छ। पृथ्वीको ५० km उचाइ देखी ४०० km सम्ममा ionosphare हुन्छ। त्यो Ipnosphare को भिभिन्न तह हुन्छ। पृथ्वीको सतहबाट Isonosphare मा भिभिन्न frequency का  microwafe frequency पठाउदा त्यो जमिनतिरै फर्किन्छ।  तलको तस्बिर हेर्नुस। 
यो तस्बिरमा देखाए जस्तै ठ्याक्कै यहि तरिकाले काम गर्छ-Tropospheric scatter ले। अब स्याटेलाइटको काम बिचार गरौं। त्यसमा भनिएको छ- पृथ्वीको मौसम(बादलको अवस्था जान्न),  SKY TV लाई सिग्नल दिन। 
अब यी चार तस्बिर हेर्नुस। यहाँ बताइएको छ कि Tropospheric scatter मा microwave radio signals आदानप्रदान हुन्छ। UHF र VHF हरु microwave radio signals भित्रै पर्छ। DTV का लागि UHF VHF signals चाहिन्छ। अर्थात् यसबाट के प्रमानित भो भने Tropospheric scatter मार्फत डिजिटल TV प्रसारण हुन सम्भव रहेछ। त्यसो भो Tropospheric scatter ले गर्ने कामकै लागि स्याटेलाइट किन बनाइयो ? 
 
 
यौटा स्याटेलाइट स्पेसमा पुर्‍याउन कति खर्च लाग्ला ? 
wikipedia लेख्छIt is estimated that a single satellite launch can range in cost from a low of about $50 million to a high of about $400 million. Launching a space shuttle mission can easily cost $500 million dollars, although one mission is capable of carrying multiple satellites and send them into orbit.
अब तपाईं अनुमान लगाउनुस। यौटा स्याटेलाइट स्पेसको त्यो ओर्बिट (जहाँ त्यसलाई घुम्नुछ ) मा पुर्‍याउन कम्तिमा ५० मिलियन अर्थात ५ करोड अमेरिकन डलर लाग्छ।
अहिले पृथ्वीको माथी फरक फरक अर्बिटमा २,२७१ ओटा स्याटेलाइट घुमिरहको बताइन्छ। जसमा रुसको साढे तेह्र सय ओटा र अमेरिकाका साढे छ सय ओटा छन् । जुनजुन काम पृथ्वीबाटै 
 Tropospheric scatter प्रबिधि मार्फत सित्तैमा गर्न सकिन्छ त्यसका लागि करोडौं डलर खर्चिएर किन स्याटेलाइट पठाउनु पर्‍यो ? तपाईं आफै सोच्नुस। पैसाका लागि दुनियाँ भर द्वन्द लफडा गर्ने देशले करोडौ अर्बौ रुपैयाँ पानीमा बगाउछ ? कुरा अमेरिकाको मात्रै हैन, रुस पनि यो प्रोपोगान्डाको नाइके रहेछ भन्ने स्वत: सिद्ध हुन्छ। 
सन् २०१७, जुन २७ मा ईन्डियाले समेत स्याटेलाइट छोडेको सम्चार आयो। भनेपछी अब इन्डिया समेत प्रोपोगन्डाको एक हिस्सेदार भएछ।
( Tropospheric scatter का बारेमा बिश्वास नलागे तलको source खण्डको 19 र 21 औं नम्बरको लिङ्कमा जानुस् ।)

६.....
अब तपाईंलाई अर्को हास उठ्दो कुरो बताउछु। NASA ले अस्ति भर्खर अप्रिल २४, २०१७ मा यौटा weather baloon उडायो। यस्ता baloon धेरै उडाइएको छ। यो भिडियो हेर्नुस्
weather baloon ज्यादासे ज्यादा ५० km / ५५ km माथी जान्छ। त्यत्ति सम्म पुग्दा हावाको चाप घट्छ जसका कारण baloon फुट्छ। यो अत्याधुनिक baloon भनिए पनि यो पृथ्वी माथी करिब ३३ km उचाइमा जानेछ र लगभग १०० दिन उडिरहनेछ।(NASA कै website अनुसार।)  
अब यहाँ प्रश्न उठ्छ- स्याटेलाइटले गर्ने कामकै लागि आखिर यो baloon किन उडाइएको ? पृथ्वीको सतहभन्दा करिब छ सात km सम्म मात्रै बादल हुन्छ। त्यसो भए नासाको कुरा मान्ने हो भने त्यो भन्दा पर ओर्बिट बनाएर २५०० भन्दा बडि स्याटेलाइट पृथ्वीकै वरिपरि घुमिरहेका छन्। हो ती स्याटेलाइटले weather data लिए भै गो नि किन weather baloon उडाउनु ? ती स्याटेलाइट भन्दा लाखौं km टाढाको चन्दमाको हावापानी थाहा पाउन सक्ने। मङगल ग्रह सम्मको फोटो खिच्न अध्य्यन गर्न सक्ने क्षमताको स्याटेलाइटले पृथ्वीकै weather data दिन नसक्ने ? त्यस्तो पनि हुन्छ ? 
खासमा कुरो के भने पृथ्वी बाहिर स्याटेलाइट छदै छैन। तसर्थ त्यसबाट weather data आउने कुरै भएन। त्यसैले weather baloon मार्फत weather data कलेक्सन गरिएको हो। 

७...  wikipedia लाई आधार मान्दा हालसम्म १५ ओटा mars mission सफल भएका छन् भने २१ ओट असफल। सफल भनिएका १५ ओटा मध्ये कतिले अझै mars कै वरिपरि orbit मा चक्कर लगाइरहेका छन्। (नासाका अनुसार पनि त्यस्तै तथ्य छ)
अब योस्केच फ़ेरि हेर्नुस्। मज्जाले नियाल्नुस।

यश रफ स्केचमा पृथ्वी भन्दा ISS, चन्द्रमा र mars (मङ्गल ग्रह) कति टाढा छ भन्ने बुझाउन खोजिएको छ। पृथ्वीको सतहको ४०० km भन्दा माथी हावा शुन्य हुन्छ। vacuum भनौं न। vacuum नै सहि तर पृथ्वीबाट उडेको spacecraft को इन्जिन मङल ग्रहको orbit नपुग्दा सम्म चल्नै पर्‍यो।  त्यहाँ पुगेर फर्किएका spacecraft पनि छन्। अब माथिको तस्बिर हेरौं। पृथ्वीको सतहदेखि मङल ग्रहसम्मको दुरी ५४ करोड ६० लाख km छ। भनेपछि मङ्गल ग्रहसम्म पुग्न त्यत्ती दुरी space craft को इन्जिन चल्नै पर्‍यो ।त्यहाँ बाट फर्किन फेरि त्यत्तिनै दुरी पार गर्नै पर्‍यो। भनेपछि (५४ करोड ६० लाख x २ = ११,५२,००,००,०००km ) ११ अर्ब ५२ करोड km दुरी पार गर्ने इन्जिन बनिसकेको हुनुपर्‍यो। तर यथार्थ त्यस्तो छैन। अब यसैमा अर्को कुरा के छ भने पृथ्वीबाट १००km उचाइमा जान यहाँ त्यो spacecraft लाई तीन चार रकेट बुस्टरको आवश्यकता पर्छ। त्यसो भए mars मा झरिसकेको रोबोट/यानलाई त्यहाँबाट उड्नलाई पनि त रकेट बुस्टर चाहिएला। यहाँ बाट जादा त कुनै रकेट बुस्टर लग्न असम्भव छ। (रकेट बुस्टर भनेको spacecraft सङ्गै जोडिएको इन्जिन हो तर पृथ्वीको लगभग १००km सम्म मात्रै यसले spacecraft लाई उडाउछ। त्यसपछी spacecraft को इन्जिन सुरु हुन्छ। space craft को इन्धन बचाउन यसो गरिन्छ) यसमा अमिल्दा तथ्यहरु थुप्रै छन्। 

८.....
अघिकै स्केच नियाल्नुस। पृथ्वीबाट mars सम्मको दुरी ५४ करोड ६० लाख km छ। पृथ्वीबाट पठाइएका spacecraft हरुले मङगल ग्रहको orbit मा घुमिरहेका छन् भनिएको छ। त्यहाँ बाट देखिने तस्बिर भिडियो पृथ्वीको तान्नका लागि शक्तिशाली एन्टेनाको आवश्यता पर्छ।
हो यही एन्टेना मार्फत पृथ्वीमा mars बाट डाटा आउँछ भनिएको छ। 0.5 mb/s  देखि 4 mb/s डाटा उतबाट आउने गर्छ भनइएको छ। mars बाट फर्किसकेका spacecraft ले 55 TB डाटा ल्याइसकेको बताइएको छ।
तिन चार बर्ष अघिदेखि तपाईंले पनि सुन्दै पढ्दै आउनु भएको होला कि- फेअसबुक गुगल लगायत कम्पनिले ईन्टरनेटलाई बिश्वका बिकट गाउँ बस्तिसम्म पुर्‍याउन baloon उडाउने कुरा। हो उनिहरु त्यो अभियानमा छन्।  अब यहाँ आफै सोच्नुस पृथ्वीको एक कुनाबाट अर्को कुनामा ईन्टरनेट सेवा पुर्‍याउन अमेरिकाकै दुई कम्पनी फेसबुक र गुगल baloon उडाउछन।अर्कातिर अमेरिकाकै सस्था NASA भने ५४ करोड ६० लाख km दुरीसम्म 4 mb/s speed मा डाटा पाउने/पठाउने गर्छ। यो अचम्म कुरो हैन ? पृथ्वीको भुमध्यरेखाको लम्बाई ४०,००० km छ। ४०,००० km वरिपरि ईन्टरनेट सुबिधा पुर्‍याउन देशका ठुला कम्पनी लागेका छन् अनि नासा मौन बस्छ। नासाको उदेश्य केके हुन् भन्ने कुरो माथी नै भनिएको छ तर नासा मौन बस्छ यो कुरो मा किन ? 

किनकी उसङ्ग त्यस्तो शक्तिशाली भनिएको एन्टेना प्रबिधि छैन। त्यसैले गुगल फेसबुकलाई त्यो प्रबिधि दिनसक्ने कुरै भएन। अनिफेरि पृथ्वी वरिपरि उडाइएको सट्यालाइटको के काम ? गुगल फेसबुक जस्तो कम्पनिले किन त्यो प्रबिधि मार्फत ईन्टरनेट बिश्व भर फैलाउन चाहेनन् र baloon को बिकल्प रोजे ? 
कुरा स्पष्ट छ। आजसम्म कसैले कुनै स्याटेलाईट पृथ्वी को ओर्बिटमा छोडेको छैन। तसर्थ धर्तिमै गर्न सकिने उपाय अपनाउनै पर्‍यो।

९.... 
अब प्रश्न उठ्छ जब NASA र रसियन समुहले ISS का बारेमा झुट बोलिरहेछन त्यसो भए उनिहरुका के कुरा पत्याउने के नपत्याउने ?
जसरी अमेरिकाले  moon landing को भिडियो खिच्नका लागी स्टुडियो खडा गर्‍यो, हो त्यसै गरि ISS को भिडियो खिच्न पनि स्टुडियो खडा गरेकै हुनुपर्छ। 
तर पृथ्वीमै त्यो सम्भव छ ? अवश्य सम्भव छ। त्यो कसरी ? यो लिङ्कको भिडियो हेर्नुस्।
                   
           https://youtu.be/67RlN45aep
युरोपको एक एभिएसन कम्पनिले त्यस्तो फ्लाइट गराउछ लगभग ५००० डलरमा। त्यसमा के गरिन्छ पैला प्लेनलाई माथी उडाइन्छ। त्यसपछी त्यसलाई छड्के गरीर जमिन तिर झारिन्छ। डेटेलमा बुझ्न लिङको भिडियो हेर्नुस्। त्यस्तो फ्लाइटमा धेरै बेर त हैन तर ४० ४५ सेकेन्ड gravity zero को अवस्था हुन्छ। अझ अर्को कुरा-
२०१३ मा हलियुड फिल्म gravity रीलिज भएको थियो। त्यो फिल्मको बस ट्रेलर र त्यो फिल्ल्म कसरी बनाइयो भन्ने बुझ्न यो लिङकमा जानुस्।
            https://youtu.be/uJEkPq1WA3g

यसमा भिडियो क्वालिटी HD छ र NASA ले ISS बाट जारी गरिएको भिडियो भन्दा स्पष्ट छ। अब तपाईं अअफै बताउनुस यौटा फिल्म कर्मी समुहले त्यस्तो भिडियो पृथ्वी कै स्टुडियोमा बनाउन सक्छ भने NASA ले किन बनाउन सक्दैन ? 

१०..
आखिर NASA  कै गतिविधि किन सङ्कास्पद हुन्छ ? उसका फोटो भिडियोमा सन्सार भरीका स्वतन्त्र बैज्ञानिकहरुले प्रत्येक दिन प्रश्न उठाइरहदा समेत किन NASA चुप छ। यहाँ यो सन्दर्भमा NASA भन्दा अमएरिका मात्रै हैन ऊ सअङ्ग आबद्ध अन्य चारपाच देशहरू पनि सम्झिनुपर्छ। अमेरिकाले सन् १९७० को दशक सातसात चोटि चन्द्रमामा मान्छे उतार्‍यो तर त्यसपछी किन ऊ फेरि त्यहाँ गएन ? खर्बौ डलर खर्चिएर ऊ किन मङ्गल ग्रहमा १६ चोटी space craft पठाउछ ? जबजब NASA का गतिविधिमा प्रश्न उब्जाइन्छ तब ऊ त्यो मिसन रोकाइदिन्छ। जस्तो अहिले ISS बाट प्रत्यक्ष प्रसारण भन्दै Youtube मा त्यहाँको गतिबिधी देखाइरहन्छ। तर उसले त्यसरी देखाइएका भिडियोमा धेरै अ्इल्दा कुराहरु देखिएका छन्। त्यसका सम्बन्धमा Youtube सयौं भिडियो छन। तिनमा लाखौं करोडौ views छन्। यसबाट आत्तिएर अब NASA ले त्यो प्रत्यक्ष प्रसारण नै रोक्ने भएको छ।

तपाईं आफै सोच्नुस- ती भिडियोहरुमा किन र कसरी कम्जोरी देखियो जुन ISS मा हुनुहुदैनथ्यो तर भो ? भन्ने सम्बन्धमा जवाफ दिएर बुझाउनु पर्नेमा अब ऊ प्रत्यक्ष प्रसारण नै बन्द गर्दै छ। किनकी उसलाई थाहा छ जति धेरै दिन प्रसारण गर्‍यो त्यत्ती धेरै आफू बिरुद्ध प्रमाण जुट्ने छ। तसर्थ प्रत्यक्ष प्रसारण नै रोक्दियो भने टन्टै साफ। यहाँ उसले अलिकति बुद्धि के लगाएको छ भने ISS बाट हेर्दा एलियन जस्तो चिज देखियो त्यसैले हाललाई प्रसारण रोकिएको हो भन्ने तर्क गरेको छ। समाचार नै आइसकेका छन् यसका सम्न्बन्धमा। तर हामिले के बुझ्नुपर्छ भने आफुमाथी उठेका सवालबाट भाग्ने सजिलो उपाय NASA ले अपनायो फेरि।

११...
चन्द्रमा ,अन्तरिक्षमा,  ISS मा र मङ्गल ग्रहमा गएको कुरो झुट हो भने त्यसका लागि छुट्याइएको बजेट कहाँ जान्छ ? अब यो बडो सोचनिय प्रश्न छ। यसका सम्बन्धमा ठ्याक्कै त कतै बताइएको छैन तर अनुमान सम्म लगाउन सकिन्छ। त्यसरी त्यस्ता मिस्सनका लागि छुट्याइएको बजेटको केही हिस्सा त त्यस्तो उडान भर्न भनेर दुनियाँको आँखा अघि देखाइने देखाइने रकेट लन्चिङमै सकिन्छ। बाकी हिस्सा यो नाटक मंचन गर्न सहयोग गर्ने गराउनेमा जाला। त्यो बजेट कहि न कहिँ त जान्छ नै भन्ने सवालमा अनुमान सम्म हो मेरो। त्यस्ता मिस्सनमा पैसा छुट्याइएपछी मिसन पूरा भएको देखाएपछि त्यो बजेट त खर्च भएकै हुनुपर्‍यो। बाहिरबाट देख्दा बजेट सिद्दिसकेको हुनुपर्ने भएपनी भित्र नसिद्दिएको बजेट नाटकका पात्रले लिन्छन् नै। अमेरिकाको बार्सिक बजेट सन्सारका अरुभन्दा निक्कै बढी हुनुमा पनि यहि कारण भएको हुनुपर्छ। सयौं हजारौं बिलियन डलर यस्ता मिस्सनमा खर्चिएको देखाइए पनि बास्तवमा त्यसको एक अंस (रकेट लन्चिङमा) खर्च हुन्छ। तर बजेटमा भने पुरै देखाएर आफ्नो देशको बजेट आकार बढाउन सकिन्छ। अथवा भनौं बढेको देखाउन सकिन्छ। सामान्य दिमाग लगाऊँ - एक ठाँउमा space shuttle पुर्‍याएर त्याहाको सारा जानकारी ल्याइसक्दा पनि किन अमेरिका किन बारबार त्यहीँ पठाइरहन्छ  ? 
     
यत्तिका तर्कहरु दिदा पनि बिश्वास नलागे यी ४ भिडियो हेर्नुस। यी चार भिडियोमा सबै कुरा नअटाउलान तर धेरै अटाएका छन्।

         


          

                              .............

 यस लेखका सम्बन्धमा भएका अनुसन्धानहरु पुर्णतः मेरा हैनन आंशिक हुन। NASA मा आबद्ध नभएका तर स्वतन्त्र बैज्ञानिकहरु संसार भरी हजारौं छन्। त्यस्ता स्वतन्त्र बैज्ञानिकहरुले भिभिन्न समयमा लेखेका अनुसन्धानात्मक लेखहरु ईन्टरनेटमा उपलब्ध छन्। त्यस्ता चालिसौ पचासौ लेखहरु पढिसकेपछिको निस्कर्श हो- मेरो। मैले त त्यस्ता लेखहरुको निचोड निकाल्ने प्रयत्न सम्म  गरेको हुँ। यस लेखमा प्रयुक्त जेजती तर्क गरिदैछ ती तर्क बिज्ञानका आधारभुत नियममा टेकेर गरिएको हो। र कति चै NASA कै वेबसाइटलाई आधार लिइएको हो। पाठकलाई यो भ्रम नहोस् कि यी कुनै मन गढन्ते नियम हुन्, ती सयौं स्वतन्त्र बैज्ञानिकले आफ्नो लेखमा लेखेका कुरा हुन यी।
  यदि पढ्ददै जाँदा या यो लेखमा यहाँ उल्लेखित तर्क गलत जस्तो लाग्छ भने पाठक स्वयं स्वतन्त्र रुपले ती तर्कहरुका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न सक्नुहुन्छ। फुर्सदमा हुनुहुने पाठकहरुले आफैं अनुसन्धान गर्नुहोला भन्ने अभिप्रायले नै तल लेखको अन्त्यमा "Sources" मा यो लेख तैयार पार्दा आधार मानिएका लेखहरुको लिङ्क दिएको छु। एकेक गर्दै  अध्यन गर्न सक्नुहुन्छ। अध्ययन अनुसन्धान गर्न फुर्सद नहुने पाठकहरुले बिज्ञानका कुनै शिक्षकसङ्ग उक्त तर्क बैज्ञानिक ढङ्गले सहि हो/हैन ? क्रस चेक गर्न/गराउन सक्नुहुन्छ। यदि त्यसरी क्रस चेक गराउदा तपाईंको फाइन्डिङ्स मेरो भन्दा फरक निस्कियो भने निशन्कोच मलाई बताउनु होला। म गलत साबित भए पनि सत्य थाहा पाउँदा त्यतिबेला मलाई बढो खुशी मिल्ने छ। आखिर तपाईं हामीलाई सत्य के हो ?  बुझ्नु छ। कसले सत्य फाइन्डिङ गर्‍यो ? भन्ने कुरो ठूलो हैन,  बरु सत्य के हो ? भन्ने कुरा चै अहम सवाल हुन्छ/छ।



- निरक्षर निरौला
  २०७४/०४/२४


Sources: