आजसम्म कुनै रकेट 'स्पेस' मा पुगेकै छैन
पृथ्वी भन्दा बाहिर के छ ? कस्तो छ ? र जे जस्तो छ, त्यस्तो किन छ ? भन्ने जस्ता प्रश्नहरू/ जिज्ञासा्हरु मानवमा धेरै अगाडी देखि उठेको हो। त्यस्ता जिज्ञासा अझै उठिरहेका छन् र भविस्यमा पनि उठिरहने छन्।
पृथ्वीमा भएका लगभग सबै क्रिया प्रतिक्रिया किन हुन्छ ? कसरी हुन्छ ? भन्ने प्रश्नको जवाफ बैज्ञानिकहरुले दिइसकेका छन्। अब पृथ्वीको सतहमा रहेका बैज्ञानिक अनुसन्धानकर्ताहरुले गर्ने नयाँ नयाँ आविष्कार मात्रै मानवको चासोको विषय बन्दै छ। त्यसै गरी मान्छेलाई पृथ्वीमा गरिने नयाँ अध्यन अनुसन्धान भन्दा पृथ्वी बाहिरका कुरामा ज्यादा चासो छ भनेर भन्न सकिन्छ। त्यसैले नै हो पृथ्वीको कुनै नयाँ तथ्य पत्ता लाग्दा त्यत्ती हल्ला हुदैन जति अन्तरिक्ष, चन्द्रमा, ग्रह उपग्रहका तथ्य पत्ता लाग्दा हुने गर्छ। त्यसैले आजभोलि तपाईंले अन्तरिक्ष मङ्गल ग्रह सम्बन्धी अध्यन अनुसन्धानमा पृथ्वीका बैज्ञानिकहरुको समुहले अर्बौं खर्बौ खर्च गरिरहेको समाचार बारम्बार सुन्नु हुन्छ। संसारको ध्यान त्यस्ता समाचारहरुले खिचिरहेका हुन्छन।
अमेरिका के हो र यसले केकेसम्म गर्न सक्छ भन्ने कुरा यो पङ्तिकारले अघिल्लो लेख- 'अमेरिका: यौटा धुर्त खेलाडी' बताइसकेको छ। त्ययसै NASA का
बैज्ञानिकहरुले चन्द्रमा गएको कुरा किन झुट हो भन्ने सम्बन्धमा -
भन्ने लेखमा स्पष्ट बताइसकिएको छ। यदि चन्द्रमामा गएको कुरा झुट हुन सक्छ भने NASA ले भनेका/गरेका अन्य कुरा किन झुट हुन सक्दैनन् ? यो पङ्तिकारलाई यही प्रश्नले बारम्बार ठुङिरह्यो। अनि के रहेछ त भनी यो विषयका सम्बन्धमा अध्ययन गर्दै जादा नयाँ नयाँ तथ्य फेला पर्दै गए, जसले यो पङ्तिकारको पुराना लेखहरुलाई झनै बलियो बनाउदै लग्यो। आजको दुनियाँमा सन्चार माध्यमले कसरी मान्छेलाई गुमराहमा राखेको हुन्छ भन्ने कुरा- हामी अध्याँरो युगमा बाँचिरहेका छौ भन्ने लेखमा भनिसकियो। यश पङ्तिकारका माथिका लेख पढिसकेको पाठकलाई अबको यो लेख बुझ्न सहज हुनेछ। तर यसो भन्दैमा अघिल्ला लेखहरु नपढेको पाठकले यो लेख बुझ्दै बुझ्दैन भन्न खोजिएको अर्थ नलागोस। सहज सम्म हुनेछ भन्ने मत हो- पङ्तिकारको।
अघिल्ला लेखहरुमा बहस गर्दै गर्दा थुप्रै पाठकहरुलाई NASA का बारेमा न्युनतम जानकारी दिनै पर्छ भन्ने महसुस भो। तसर्थ यो लेख सुरु गर्नुभन्दा अगाडि NASA का बारेमा एक अनुच्छेद लेख्दै छु।
NASA के हो ?
National Aeronautics and Space Administration को सङ्क्षिप्त रुप नै NASA हो। यसको स्थापना सन् July 29, 1958 मा आजभन्दा करिब ५९ बर्ष अघि भएको हो। यो बैज्ञानिकहरुको सस्था हो, जहाँ सन्सार भरीका बैज्ञानिकहरु पनि आबद्ध भएका हुन्छन्। यस सस्थाको प्रमुख कार्य यस प्रकार छन्:
- अन्तरिक्ष सम्बन्धी अध्ययन अनुसन्धान, प्रयोग, प्ररिक्षण गर्ने,
- यो समुहले पत्ता लगाएका अनुसन्धानका निस्कर्शर्स हरु दुनियाँलाई बाड्ने : ताकी त्यसले मानबको जिबन शैलीमा सहज होस्,
- चन्द्रमा देखि मंगल ग्रह सम्बन्धी अध्यन गर्ने र अब त मंगल ग्रहमा मानव पुर्याउन अध्ययन अनुसन्धान गर्ने,
- भिभिन्न बिश्वबिद्धालयका बिज्ञानका बिध्यार्थी सङ्ग सहकार्य गर्दै भबिस्यमा तिनिहरुलाई NASA मा आबद्ध गराउन पहल गर्ने,
- सन्सारका बैज्ञानिकहरुलाई आफ्ना नयाँ नयाँ फाइन्डिङ्ग् बताउने, त्यसका सम्बन्धमाछलफल गर्ने र शिक्षकहरुलाई ट्रेनिङ्ग दिने तथा बिध्यार्थीहरुमा अन्तरिक्ष सम्बन्धि उत्सुक्ता जगाउने कार्यक्रम गर्ने/गराउने।
हरेक बर्ष अमेरिकाको कुल बजेटको लग्भग ०.५% हाराहारी NASA लाई छुट्याइने गरिन्छ। सन् २०१७ का लागी भनेर ०.५% अर्थात् US$ 19.5 billion खर्चिने जनाइएको छ।। नेपाली रुपैयाँमा
भन्दा करिब करिब २,०२८ खर्ब रुपैयाँ ।
नासाका सम्बन्धमा यी कुरा बताइरहदा यहाँ यो यौटा कुरा पनि
भन्नै पर्ने देखिएको छ। थुप्रै पाठकलाई यो भ्रम रहेछ कि
आजसम्म बिज्ञान प्रबिधिको बिकासमा जेजे भएको छ त्यो
केवल नासाकै देन हो। तर बास्तबिकता त्यस्तो हैन। जुन कुरा माथी नै
उसको काममा लेखिसकियो। नासाले अन्तरिक्ष ग्रह उपग्रह जस्ता विषयमा
अध्यन अनुसन्धान र प्रयोग गर्ने हो।
स्वतन्त्र रुपमा लागेका बैज्ञानिक, बैज्ञानिकको समुह, मोबाइल कम्पनी,
कम्प्युटर कम्पनी, अटोमोबाइल कम्पनी, रोबोट कम्पनी,
सफ्टवेयर कम्पनी जस्ता समुहहरुले आ आफ्नै हिसाबले अध्ययन
अनुसन्धान गरिरहेका हुन्छन्। र हाम्रो दैनिक जिबनमा हामिले प्रयोग
गर्दै आएका चिज्बस्तुको आविष्कारका पछाडी नासाको हैन, बरु नासा बाहिरका
बैज्ञानिकको बढी देन छ। सन् २०११ मा नासामा आबद्ध हजारौं बैज्ञानिकहरुलाई
कटौती गरिएको थियो। हाल नासाकै वेबसाइटमा १५० जना बैज्ञानिकहरुको
लिस्ट दिएको छ, र त्यही लिस्टलाई 'फुल लिस्ट' भनिएको छ।
भन्दा करिब करिब २,०२८ खर्ब रुपैयाँ ।
नासाका सम्बन्धमा यी कुरा बताइरहदा यहाँ यो यौटा कुरा पनि
भन्नै पर्ने देखिएको छ। थुप्रै पाठकलाई यो भ्रम रहेछ कि
आजसम्म बिज्ञान प्रबिधिको बिकासमा जेजे भएको छ त्यो
केवल नासाकै देन हो। तर बास्तबिकता त्यस्तो हैन। जुन कुरा माथी नै
उसको काममा लेखिसकियो। नासाले अन्तरिक्ष ग्रह उपग्रह जस्ता विषयमा
अध्यन अनुसन्धान र प्रयोग गर्ने हो।
स्वतन्त्र रुपमा लागेका बैज्ञानिक, बैज्ञानिकको समुह, मोबाइल कम्पनी,
कम्प्युटर कम्पनी, अटोमोबाइल कम्पनी, रोबोट कम्पनी,
सफ्टवेयर कम्पनी जस्ता समुहहरुले आ आफ्नै हिसाबले अध्ययन
अनुसन्धान गरिरहेका हुन्छन्। र हाम्रो दैनिक जिबनमा हामिले प्रयोग
गर्दै आएका चिज्बस्तुको आविष्कारका पछाडी नासाको हैन, बरु नासा बाहिरका
बैज्ञानिकको बढी देन छ। सन् २०११ मा नासामा आबद्ध हजारौं बैज्ञानिकहरुलाई
कटौती गरिएको थियो। हाल नासाकै वेबसाइटमा १५० जना बैज्ञानिकहरुको
लिस्ट दिएको छ, र त्यही लिस्टलाई 'फुल लिस्ट' भनिएको छ।
................
आउनुस अब विषयमा प्रवेश गरौँ। यस लेखमा तपाईंहरुलाई अनौठो बताइनेछ- त्यो पनि प्रमाण सहित। त्यस्तो सत्य जुन सत्यलाई आजसम्म लुकाएर राखियो। हो, आजसम्म कुनै रकेट 'स्पेस' मा पुगेकै छैन। झट्ट सुन्दा अचम्म लाग्ला तपाईंलाई। तर यथार्थ यहि हो। त्यसका लागि प्रमाण एक दुई गर्दै तल दिइने नै छ।
कुनै रकेट स्पेससम्म पुगिसकेको छैन भन्ने कुरा प्रमाणित भए धेरै कुरा पनि भएकै रहेनछ भन्ने स्वत: सिद्ध हुनेछ/हुन्छ। जस्तो-
* मानव निर्मित स्याटेलाइट लाई छोडिने भनेको स्पेसमै हो, स्पेसमै पुगिएको छैन भने आजसम्म कुनै स्याटेलाइट छोडिएको रहेनछ भन्ने बुझ्नु पर्छ।
* चन्द्रमा पुगिएको कुरा किन असत्य हो भन्ने पनि यस्ले सिद्द गर्नेछ।
* मंगल ग्रहसम्म curiocity नामक रोबोट पठाइएको पनि झुट ठहरिनेछ।
* International Space Station भन्ने पनि क्यै होइन रैछ भन्ने बुझिनेछ।
* स्याटेलाइट टेच्नोलोजी (Dish TV लगायत) ले जेजसरी काम गर्छ भनी हामिलाई बुझाइएको छ, त्यो पनि गलत रैछ भन्ने बुझिनेछ। किनकी त्यसका लागि स्पेसमा स्याटेलाइट अनिवार्य चाहिन्छ भन्ने तर्क छ।
* त्यसो भए NASA मात्रै हैन, रसिया, चीन, भारतले अन्तरिक्ष सम्बन्धि गरेको भनिएका सफल अभियान पनि NASA क्यै जस्तो उसङ्सङै मिलेर सहमतिमा गरिएको 'प्रोपोगन्डा' रहेछ भन्ने प्रमाणित हुनेछ।
निस्कर्शमा भन्दा धेरै रहस्य खुल्ने छ, यो लेख पढिसक्दा। यौटा पढेको लेखेको भनिएको मान्छेको पनि दिमाग घुमाउनेछ- यश लेखको निस्कर्शले।
NASA को भनाई अनुसार,
एपोलो मिसन पछि लग्गत्तै उसले Space shuttle programme' थाल्यो। Space shuttle programme भन्नाले त्यस्तो कार्यक्रम जसमा स्पेसमा मानव निर्मित स्याटालाइट पठाउने, त्यहाँ (स्पेसमा) मानव निर्मित स्याटेलाइट राख्ने, पृथ्वीको गुरुत्व आकर्षण क्षेत्र भन्दा बाहिर स्पेस स्टेसन (ISS ) खडा गर्ने जस्ता कार्य पर्दछन। त्यसै अभियानलाई NASA ले Space shuttle programme नाम दिएको थियो। NASA ले Space shuttle programme अबधिमा पाँच ओटा Orbeter हरु पठाएको देखिन्छ। अर्बेटरभन्नाले "Orbiter: spacecraft that orbits a planet or other celestial body (= a moon, star, etc.)। अहिले यहाँ बुझ्नलाई सजिलो होस् भन्ने हेतुले त्यो अर्बेटरलाई त्यस्तो यान बुझौं जुन यानले स्पेसमा सुटेलाइट लान्छ, ISS लाई चाहिने सामाग्री पार्पुर्जा ISS सम्म पुर्याउछ।space shuttle programme अहिलेलाई बन्द भैसकेको छ। सन् १९८१ देखि २०११ सम्म चलेको त्यो अभियानमा अन्तिम चोट्री ८ जुलाई, २०११ मा space shuttle उडाइएको थियो।
NASA कै भनाई सापट लिने हो भने उसले Space shuttle programme अबधीमा ६ ओटा अर्बेटर बनायो। जसमध्ये दुई अर्बेटरमा खराबी देखियो, बाकी सफल भए। यहाँ अर्को कुरा के छ भने अर्बेटरलाई केबल एक पल्टमात्रै हैन, बारबार प्रयोग गर्न सकिन्छ। पृथ्वीबाट स्पेससम्म जाने र त्यहाँबाट सकुशल फर्किन सक्ने खुवी अर्बेटरमा हुन्छ। (नासाको भनाई अनुसार) उसका अनुसार यी अर्बेटरहरु उसको अभियानका क्रममा बनाइए। प्रयोग गरिए। यीनै अर्बेटर मार्फत स्याटालाइट राखियो, स्पेसमा international space station (ISS) स्टेसन खडा गरियो। उसले बनाएका अर्बेटर हरु:
- सन् १९७७ : Enterprise
- सन् १९८१ : Columbia (फर्किदा दुर्घटना भएको)
- सन् १९८३ : Challenger(लन्च गरेको एकै क्षणमा दुर्घटित भएको)
- Endeavour (Challenger को परिपुर्ति गर्नकै लागि लन्च गरिएको)
- सन् १९८४: Discovery (अन्तिम फ्लाइट March 9, 2011 मा गरेको)
- सन् १९८५ : Atlantis (अन्तिम फ्लाइट June 1, 2011
जसरी चन्द्रमामा सातसात चोटि पुगेको कुरा नासाले गरेको थियो। हो त्यसै गरि स्पेसमा पनि माथि उल्लेखित अर्बेटर हरु मार्फत १३५ पटक अर्बेटर उडाएको बताइन्छ। त्यसमा सफल भएका असफल भएका सबै उडान पर्छन्। यौटा अर्बेटरलाई एक उडान भर्न सारा खर्च हिसाब गर्दा १.७ बिल्लियन USD लाग्छ। (नासाकै अनुसार) अब तपाईं आफै हिसाब लगाउनुस १३५ उडान भर्दा केकती खर्च लाग्छ।
आउनुस अब नासाले जारी गरेका फोटो र भिडियोहरुलाई केन्द्रित गर्दै नासाको अर्बेटर स्पेसमा पुगेको कुरा किन झुट हो भन्ने तर्क गरौं।
तर्कहरु:
१...
सबभन्दा मजबुत तर्क त स्पेसमामा (vacuum मा) space shuttle को इन्जिनको सहाराले यानलाई अघि बढाउनै सकिँदैन भन्ने कुरा छ।
तर NASA लगायत समुहले हामिसङ्ग बिशेश प्रकारको इन्जिन छ, जसले स्पेसमा पनि काम गर्छ भ्न्ने गरेका छन। तर त्यसका सम्बन्धमा उसले कहि पनि बिस्तृत बताएको पाइदैन। त्यै पनि यो तर्कलाई हामी अहिले यथावतै राखौं।
NASA ले जारी गरेको भिडियो र फोटोहरुमा धेरै नमिल्दा कुराहरू देखिन्छन्। ती भिडियोमा पानीका फोकाहरु उडेको देखिन्छ। पानीका फोका त्यो पनि स्पेसमा भनेर प्रश्न उठ्दा "ती त ISS भित्रका धुलोका कण हुन्" भन्ने जवाफ दिइएको छ। धुलो कै कण हुन भने पनि ती पानीका फोका जस्तो किन बुल्बुल गर्दै माथी गए भन्ने प्रश्नको जवाफ उनिहरु सङ्ग छैन।
अझ एक पल्ट त यस्तो सम्म भो।
अहिलेसम्म जम्मा दुई ओटा ISS छ। अमेरिका र रसियाको।
रसियाको international space station को सन् २०१४ अगस्टको यौटा भिडियोमा ISS को झ्यालमा समुन्द्रमा पाइने जीव Plankton चल्मलाउदै गरेको पाइएछ। त्यसका सम्बन्धमा सन्सार भरी समाचार छायो। BBC, daily Mail, telegraph, The discover magazine लगायतले त्यसका सम्बन्धमा समाचार बनाए
रसियाको international space station को सन् २०१४ अगस्टको यौटा भिडियोमा ISS को झ्यालमा समुन्द्रमा पाइने जीव Plankton चल्मलाउदै गरेको पाइएछ। त्यसका सम्बन्धमा सन्सार भरी समाचार छायो। BBC, daily Mail, telegraph, The discover magazine लगायतले त्यसका सम्बन्धमा समाचार बनाए
यसले सन्सारभर खैलाबैला मच्चियो। बैज्ञानिकहरुको समुहमा बहसको विषय बन्यो। त्यो समुन्द्री जीव कसरी स्पेसमा पुग्यो ? अथवा हावा शुन्य भएको ठाउमा त्यस्तो जीव कसरी देखियो ? भन्ने जिज्ञासा् राखे सन्सार भरका बैग्यानिकले। त्यस्ता प्रश्नका सम्बन्धमा रसियन अन्तरीक्ष यात्रीको जवाफ कस्तो हास उठ्दो लाग्छ। यहाँ हेर्नुस् जस्ताको तस्तै-
- Sea plankton were not carried by the craft as they aren't native to Baikonur in Kazakhstan, where the Russian modules of the station blasted off
- Plankton may have been blown there by air currents, Russia claims
- Organisms were able to survive without oxygen in sub zero temperatures
अर्थात् ती ब्याक्तिहरुले त्यो जीव लगेकै थिएनन् रे। त्यसो भए कसरी पुग्यो त्यहाँ भन्दा- Plankton may have been blown there by air current (एयर करेन्ट मार्फत रे) अझ अर्को तर्क -
- Organisms were able to survive without oxygen in sub zero temperatures.
यसका सम्बन्धमा NASA का बैज्ञानिकहरुले क्यै प्रतिक्रिया दिएनन्। बहस पनि चलाएनन। अन्तरिक्षमा जहाँ हावा हुँदैन त्यस्तो ठाउँमा कुनै जीव बाच्न सक्छ भन्ने रसियन बैग्यानिकको कुरो सहि हो भने हाल्सम्म पढिएको बिज्ञान गलत मानिन्थ्यो। किनकी आजसम्म जिबलाई बाच्न अक्सिजन oxygen चाहिन्छ र बनस्पतिलाई कार्बन्डाइ अक्साइड। तर यो कुरो यत्तिकै दबाइयो।
खासमा रसियनको त्यो भिडियो ISS मा खिचिएको भनिए पनि यहीँ पृथ्वी को समुन्द्रमा खिचिएको थियो। पानीमा खिचेको भिडियोमा अलि स्लो मोसन हुन्छ।
यो भिडियो हेर्नुस-
अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा काम गर्न सजिलो होस भन्दै NASA लगायत रसियन अन्तरिक्ष सस्थाले पानीमुनी अभ्यास गराउछ। यो त सबैले थाहा पाइएकै कुरा हो। ISS को भिडियोमा त्यो जीव देखिनु भनेको अभ्यास गर्ने भन्दै समुन्द्रमा खिचिएको भिडियोलाई ISS को भिडियो भनिदो रैछ भन्ने प्रष्ट हुन्छ यो कुराबाट। त्यसबेला गल्तिले ट्रेनिङ्गको भिडियो प्रसारण भएछ भनेर पनि भनिएन। ISS कै हो भन्ने तर्क गरिरहे तिनीहरुले।आखिर किन NASA लगायत समुहकै गतिविधि सङ्कास्पद हुने गर्छ। चन्द्रमाको भिडियो पनि धेरै बिबादामा आएपछि अरिजिनल डटा इरेज भो भनियो। होल्यान्डमा एउटा ढुङ्गा निल आर्म स्ट्रङ्गले नै चन्द्रमाको भनी दिइएको ढुङ्गो पृथ्वीकै भएको समाचार समेत आयो। त्यसका सम्बन्धमा पनि NASA त्यै चुप मैचुप भयो।
मङ्गल ग्रहमा अमेरिकाले दर्जन भन्दा बढी पटक यान पठाएको र सफल भएको रेकड छ तर मङ्गल ग्रहका सम्बन्धमा भिडियो/ फोटो सार्बजनिक गरिएको छैन। त्यही आठ दस ओटा फोटोहरुलाई ओल्टाइ पल्टाइ देखाइने गरेको छ।
खासमा मङ्गल ग्रह त के कुनै रकेट स्पेससम्म पुगिसकेको छैन। उनिहरु झुटमाथी छुट बोल्दै गैरहेका छन्। सत्य स्वीकार्नु भन्दा पनि झुट माथी झुटको खात थप्ने काम NASA र यस मा आबद्ध हरुले गरिरहेका छन्।
मङ्गल ग्रहमा अमेरिकाले दर्जन भन्दा बढी पटक यान पठाएको र सफल भएको रेकड छ तर मङ्गल ग्रहका सम्बन्धमा भिडियो/ फोटो सार्बजनिक गरिएको छैन। त्यही आठ दस ओटा फोटोहरुलाई ओल्टाइ पल्टाइ देखाइने गरेको छ।
खासमा मङ्गल ग्रह त के कुनै रकेट स्पेससम्म पुगिसकेको छैन। उनिहरु झुटमाथी छुट बोल्दै गैरहेका छन्। सत्य स्वीकार्नु भन्दा पनि झुट माथी झुटको खात थप्ने काम NASA र यस मा आबद्ध हरुले गरिरहेका छन्।
२....
यो भिडियो रोक्दै हेर्नुस्। २४ फेब्रुअरी, २००४ (सन्) को भिडियो फुटेज हो यो। Discovery नाम गरेको space shuttle अथवा अर्बेटर भनौं हो यो। स्पेस उडानमा discovery ISS सम्म उडाइदै छ यसलाई । यसमा STS-114 crew छन्। अर्थात् यसमा सात जना अन्तरिक्ष यात्री छन्। तौल भन्नुपर्दा त्यो पुरै space shuttle set कोो १ लाख २१ हजार किलो छ। अब यो भिडियो हेर्न सुरु गर्नुुुस्।
भिडियोको ठ्याक्कै 11:00 मा जानुस्। त्यहाँ रोकेर हेर्नुस्। त्यो space shuttle पुरै ९० डीग्रीमा आकाशतिर सोझिदै सतहबाट माथी जादैछ। अब त्यो भिडियोको तल information bar छ। त्यहाँ हेर्नुस् - Altitude लाई फिटमा नापिएको छ। त्यसलाई बिचार गर्दै गर्नुस्। जतिजति समुन्द्र सतहदेखी माथी पुग्छ त्यो space shuttle त्यत्ती त्यति अल्टिट्युड मीटर बढ्दै जान्न्छ। (Altitude= the height of an object or point in relation to sea level or ground level.) अब सो भिडियोको 12:00 मा जानुस्। अब त्यो spece shuttle छड्के हुँदै माथी उड्दै छ। altitude meter बिचार गरिरह्नु भएको छ भने, त्यो अङ्क बढ्ने अनुपात (ratio) कम हुनुपर्ने हो, तर पहिलेकै अनुपातमा अल्टिट्युड बढिरहेकै छ। अब 12:31 मा हेर्नुस्। अल्टिट्युड बढेको बढेकै छ। अब 12:52 मा हेर्नुस्। spece shuttle अलि छड्के छड्के परेर पृथ्वीकै सतहतिर झर्दै गरेको देखिन्छ। अल्टिट्युड मीटर हेर्नुस्। जमिन तिरै झर्दा पनि अल्टिट्युड मीडरमा उचाई बढेको बढेकै छ। तपाईं आफै अनुमान लगाउनुस- जमिनतिरै झरिरहदा अल्टिट्युड हाइट बढ्नुपर्छ कि घट्नु पर्छ ? तर यहाँ त space shuttle आकाशतिर सोझिएर जादा पनि बढिरहेको छ। अनि जमिनतिरै झर्दा पनि बढेक्को बढै छ त्यो पनि उहीँ अनुपातमा। यसमा अरु पनि कम्जोरी छन् तर तीनलाई अर्को नम्बरमा हेरौंला।
३...
यसका सम्बन्धमा अध्ययन गर्दै जादा थुप्रै नयाँ तथ्यहरु फेला परे। जसरी अमेरिकाले चन्द्रमामा पुगेको फोटो भिडियो जारी गरेको थियो हो, त्यसै गरि चिनले चन्द्रमा पुगेको फोटो जारी गरेको रहेछ। चिनले जारी गरेका पनि अमेरिकाका जस्तै कम्जोरी छन् छन् तर निक्कै थोरै। अमेरिकाका कमि कमजोरीलाई सकेसम्म हटाउने कोसिस गरेको छ चिनले तर आठ दस कम्जोरी अझै भेटिएका छन्।
Wikipedia मा बताइए अनुसार युरोप चीन इन्डिया, जापान र अमेरिकाकाले आजको मितिसम्म भिभिन्न मिसन नाम दिदै ६० पटक चन्द्रमामा आ आफ्नो यान उतारिसकेका छन्। अमेरिकाले सवभन्दा बढी र त्यसपछि चिन, त्यसपछि युरोप अनि भारत चौथो छ त्यो अभियानमा। भारतले समेत दुई पटक सफल परिक्षण गरेको बताइन्छ। तर मान्छेसहित पठाउनेमा भने अमेरिका एक्लो छ। रुसले मान्छेसहित चन्द्रमामा उतार्न विशेष तैयारी गरिरहेको बताइन्छ। त्यसै गरि mars mission अन्तर्गत भिभिन्न देशले १६ ओटा यान मङल ग्रहमा उतारिसकेको बिबरण छ। भारतले समेत मङ्गल ग्रहमा "मङ्गल यान" पठाइसकेको छ, त्यसले अहिले मङ्गल ग्रहको चक्कर काटिरहेको छ।
अब यो रफ स्केच हेर्नुस्। पृथ्वीबाट चन्द्रमा र मङ्गल ग्रहसम्मको दुरी बताउन खोजिएको छ।
अब पृथ्वीदेखि चन्द्रमाको दुरी हेर्नुस् - ३ लाख ८४ हजार km छ। अनि पृथ्वी देखि मङ्गल ग्रहसम्मको दुरी हेर्नुस् - ५४ करोड ६० लाख km छ। अर्थात चन्द्रमा भन्दा मङ्गल ग्रह १४२० गुणा टाढा छ। अब सामान्य दिमाग लगाउनुस बिज्ञान प्रबिधिको बिकासमा रुस पनि अमेरिका सङ्ग टक्कर गर्ने मुलुक हो तर उसले मान्छे सहित चन्द्रमासम्म पुर्याउन अहिले आएर अभियान थाल्दै छ। यता हिजो अस्तिको भारत भने मङ्गल ग्रहमा आफ्नो यान पठाउने भैसक्यो।
मानौं अमेरीकाले चन्द्रमामा मान्छे पठाएकै हो (म चै कुनै हालतमा मान्दिन)। तर अचम्मको कुरा यो छ कि सन् १९६० को दशकमै सातसात चोटि चन्द्रमामा मान्छे पठाउने देशले त्यसपछि मान्छे पठाउनै छोड्यो किन ? मान्छे पठाइसकेपछी पनि अमेरिकाले मात्रै ६ पल्ट बिनामानबको यान पठाइसकेको विवरण छ। सन् २००० यता नै भिभिन्न देशले १४ ओटा यान चन्द्रमाको orbit र भुईमै उतारेको देखिन्छ। तर तपाईंले चन्द्रमाको तस्बिर खोज्नु भने त्यही आठ दस ओटा मात्रै भेटिन्छ आखिर किन ?
यश पछाडीको राजनिती अलि रोचक छ। कुरा के भने उहिले शीत युद्धकालमा रुसले आफुलाई अब्बल देखाउन गफैगफमा आफ्ना अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेको हल्ला पिटायो। त्यसपछि अमेरिका चै के कम। उसले झन चन्द्र्मामै मान्छे उतारिदियो। त्यसपछि रुसले मङ्गल ग्रहको orbit मा आफ्नो यान पुर्याइदियो। अमेरिकाले रुसलाई काउन्टर गर्न त्यही मङ्गल ग्रहमा १४ पटक space craft पठाइदियो। अब फेरि रुसको पालो आएको थ्यो तर रुस अहिले त्यत्तिबेलाको जस्तो रहेन। अब अमेरिकालाई टक्कर दिन चीन र भारत आइपुगे। त्यसैले अब कुन दिन चिनले गफैगफमा मङ्गल ग्रहमा मान्छे पुर्याइदिएर अमेरिकालाई "देखिस" भन्दिने हो थाहा छैन। यसरी पुग्नु चै 'स्पेस' मा पनि छैन तर गफैगफमा मङ्गल ग्रहमा यान पुर्याइदिए यी शक्तिशाली देशहरुले। धेरैलाई लाग्ला त्यसो भए अहिले रुसले किन पोल नखोल्देको ? अरे बाबा रुसले चै कहाँ मान्छे अन्तरिक्षमा पुर्याएको थ्यो र ? अमेरिकाको पोल खोल्दा "त्यसो भा तैले चै ?" भन्ने प्रश्न आउँछ। त्यसरी गर्दा फाइदा त रुसलाई पनि हुदैन बरु उल्टै सन्सरमा बद्नामी र बेईज्जत मात्रै हुन्छ। तसर्थ चुपचाप भ्रम छर्दै गयो। अहिले चिन र भारत उदाउँदो मुलुक हुन त्यसैले यी दुईको इज्जत सन्सार भर बढाइदिन यो अन्तरिक्ष परिकल्पनामा सङ्सङ्गै हिड्दै छन्। तपाइँलाई यो सत्य्री नभएर कथा जस्तो लाग्ला तर योो दुनियाँ माा भएको यस्तै छ। यो तस्बिर हेर्नुस्।
अमेरिकाले यौटा space craft मङ्गल ग्रहमा पुर्याउन ६७१ मिलियन डलर खर्च लाग्छ। उसले १४ पटक space craft पठाइसकेको बताइन्छ। त्यसो भा कुलखर्च ६७१ × १४ = ९३९४ मिलियन डलर हुन्छ। पैसा कमाउन दुनियाँ भर द्वन्द्व लफडा गराउने देश अमेरिकाले दुई तीन ओटा भन्दा ज्यादा space craft किन एकै ठाउँमा पठाको पठाकै गर्छ ? एक पल्ट गएको space craft महिनौं त्यही घुम्दै यता डाटा पठाउछ। त्यसो भा के अमेरिका बौलाएको छ जो पैसा पानीमा खन्याइरहेको छ ?
१४ सेप्टेम्बर २०१४ (सन्) मा इन्डियाले पनि सन्सारकै सबभन्दा सस्तो space craft त्यो पनि मङ्गल ग्रहमा पठाइसकेको छ। मङ्गल यान हो त्यो। यसमा हाइटेक टेक्नोलोजी प्रयोग गरिएको छ भनिन्छ तर त्यो कुन टेक्नोलोजी हो कहिकतै बताइदैन। यो हिसाबले के बुझ्नु पर्यो भने टेक्नोलोजीमा भारतले अमेरिकालाई समेत पछारिदियो ? हा हा। त्यो पनि अहिल्यै ?
यसको पछाडीको राजनीति बुझ्नुस। इन्डिया त्यत्ती धनी मुलुक हैन। त्यसैले उसले मङ्गल यान उडाउन अमेरिका जस्तो ६७१ मिलियन खर्च गर्न असम्भव छ। जनताले बिरोध जनाइहाल्छन। त्यसैले सस्तोमा भएको देखाइदियो। सन्सारमा इन्डियाको बिशेषत: मोदीको हाइट बढाइदियो। जनता पनि खुशी। आखिर space craft लाई पुग्नु र पुर्याउनु त कहिँ छैन। बस् रकेट लन्च गराइदियो भै गो। ईन्डियाबाट रकेट लन्छ गराएर रकेट बुस्टर माथी पुगेर झारिदियो र त्यसको space craft भनिएकोलाई अमेरिका तिर ल्यान्डिङ्ग गराइदियो। उडिसकेपछिको भाग देखिने हैन कम्प्युटर एनिमेसनमा मिलायो। सिद्दियो। यसरी यौटा नाटक मन्चन गराइदियो।
४....
साधारण रकेट करिबकरिब यस्तो शैलीमा उड्छ। (तलको तस्बिर हेर्नुस्।)
तर space shuttle ले काम गर्ने तरिका अलि फरक हुन्छ। साधारण तरिकाले सोच्दा space shuttle ले सोझै गएको गएकै गरेर स्पेसमा पुग्नुपर्ने जस्तो लाग्ला। तर space shuttle को साइन्स अलि फरक छ। त्यसरी पृथ्वीको सतहदेखि सोझै गैरहन त सकिन्छ। तर स्पेस सम्म पनि पुगेर जब इन्धन सकिन्छ तब त्यो space shuttle सिधै जमिनमै खस्छ। किनकि पृथ्वीको गुरुत्व आकर्षण शक्ति बायुमन्डललाई पार गर्दैमा सकि हाल्दैन। पृथ्वीको gravity range निक्कै पर सम्म हुन्छ। त्यसैले ISS सम्म पुग्न space shuttle ले Tragectory path मा हिड्नै पर्छ। NASA कै तर्क हो यो।
यो भिडियोलाई मजाले हेर्नुस्। यसमा कुनै ग्रहको वरिपरि उपग्रह कसरी र किन घुमिरहन सक्छ ? भन्ने बताइएको छ। 0:20 देखी 0:55 सम्म हेर्नुस्। बिचका ३/४ अवस्थाको घेरा बनाएर कुनै बस्तु घुम्दा त्यो ग्रहको वरिपरि घुमिरहन सम्भव भएन। तर चन्द्रमाको दुरी र त्यसको speed का कारण पृथ्वीलाई केन्द्रबिन्दु बनाएर यौटा orbit बन्यो, जुन orbit मा चन्द्रमा घुमिरहन थाल्यो। ठिक यस्सै गरि पृथ्वीबाट space shuttle लन्च गरिन्छ। space shuttle प्रमुखत: ISS सम्म पुग्नका लागि प्रयोग गरिने भएकाले यहि नियम अनुसार ISS को orbit सम्म पुग्ने गर्छ। (according to the phyics law-NASA)
अब यो भिडियो हेर्नुस्।
यो भिडियो disvovery नामक space shuttle को हो। ISS तर्फ प्रस्तान गत्न लागेको भनी बताइएको छ। यश भिडियोमा तपाइँ स्पष्ट सङ्ग देख्न सक्नु हुन्छ कि पैला आकाधतिर सोझिएर उडेको space shuttle 2:12 तिर जमिन तिरै फर्कीरहेको छ। फेरि जमिनतिरबाट मोडीएर दायाँ गएको देखाइएको छ। यो space shuttle ले करिबकरिब यस्तो बाटो भएर उडेको देखिन्छ। (हातैले बनाइएकाले तस्बिर नभएपनी स्केच मार्फत यस्तो कोरेको छु)
भिडियोमा space shuttle स्केचमा देखाइए जस्तो ABCD हुँदै E सम्म गएको छ। जबकि trajectory path बनाउने हो भने ABC बाट क ख ग घ ङ हुँदै जानू पर्ने हो। अझ यहाँ अर्को के नमिल्दो कुरा छ भने ABC हुँदै माथी गैसकेको यान किन D बिन्दुमा पुर्याइयो ? फेरि D बाट E तिर लगिएको छ। E तिरै लाने हो भने A र B को बिछ भागबाट मोडिएर सोझै ए तर्फ किन गैएन। यसो गर्दा छिटो पनि हुन्थ्यो यदि E बिन्दुमै पुग्नुछ भने। रकेट सिद्धान्तमा सकेसम्म रकेटलाई धेरै उचाइबाट लन्छ गर्नु फाइदाजनक मानिन्छ। किनकि जतिमाथिबाट रकेट छोडियो त्यत्तिनै छिटो र कम ऊर्जामा trajectory path सम्म पुग्न सजिलो हुन्छ। तर यहाँ त माथी गैसकेको space shuttle लाई पनि फर्काएर तल ल्याइएको छ। बैज्ञानिकहरुका अनुसार यसो गर्नुका पछाडीको कारण के भने-trajectory path हुँदै स्पेस सम्म जाने ऊर्जा उक्त space shuttle को रकेट बुस्टरमा छदै छैन। तसर्थ माथी उचाईमा गएर मात्रै भएन। उचाईमा गएर C बाट क ख पुग्दा नपुग्दै रकेट बुस्टरको ऊर्जा सक्किएर दुबै झर्छन। बरु trajectory path नगैकन क बाट DE हुँदै F मा ल्यान्डिङ गराइयो भने लन्चिङ स्टेसनबाट प्रत्यक्ष देखिदैन। NASA एक एक भिडियो हेर्नुस सबै यस्तै यस्तै गरि उडेका/उडाइएका छन्।
यसै तर्कलाई बल पुग्ने थुप्रै घटना छन्। जस्तो एक पल्ट NASA ले ISS सम्म पठाउने भन्दै राति space shuttle पठायो। अमेरिका बाट लन्च गर्यो भनौं। त्यसको ५/६ मिनेटपछि त्यो यान स्पेसतिर प्रस्तान गर्दै छ भन्ने किसिमले प्रत्यक्ष प्रसारण गरिदै थियो। तर त्यो स्थानको लग्भग १५०/२०० km पर समुन्द्रमा रकेट झरेको देख्ने थुप्रै थिए/ छन्। एक पल्ट हैन त्यस्तो घटना बारबार भएका छन्। यता जुन दिन space shuttle लन्चिङ हुन्छ, त्यस्को ५/६ मिनेटमा समुन्द्रमा रकेट झर्छ। रातको समय भएकाले समुन्द्रको किनारमा बस्नेले त्यस्तो दृश्य सजिलै देख्न सक्छन्। अझ अचम्म कुरा यो छ कि त्यो space shuttle ले trajectory path हुुुुदै ISS तिर लाग्यो रे। international space station पृथ्वीको सतहको ४०० km माथी छ भनिएको छ। त्यसले पृथ्वीलाई २७,५८० km/h का स्पीडले orbit बनाएर चक्कर काटिरहेको हुन्छ भनिन्छ। त्यस्तो स्पीडमा घुमिरहेको ISS लाई सामान पुर्याउन गएको space shuttle ले ISS कै स्पीड समात्नु परिगो। एक क्षणलाई मानौ त्यो पनि गर्यो रे। तर हामीले के भुल्नु हुँदैन भने ISS भन्दा तल २२ सय हाराहारी स्याटेलाइटहरुले फरक फरक Orbit बनाउदै फरक फरक स्पीडमा पृथ्वी वरिपरि घुमिरकेका छन्। नासाको कुरा मान्दा)
त्यसो भए त्यत्रा २२ सय स्याटालाइटलाई छल्दै space shuttle कसरी ISS सम्म पुग्छ ? तपाईं आफै सोच्नुस २७,५८० को स्पीडमा गैरहेको यानले आफ्ना बाटोमा आउने २२ सय हाराहारी स्याटेलाइटलाई छल्दै कसरी ISS सम्म पुग्छ ? बडो अचम्म लाग्छ। अझ NASA ले जारी गरेको पृथ्वीको तस्बिर हेर्नुस त्यहाँ मुस्किलले ८/१० ओटा स्याटेलाइट देखाइएको हुन्छ।
५...
यसै तर्कलाई बल पुग्ने थुप्रै घटना छन्। जस्तो एक पल्ट NASA ले ISS सम्म पठाउने भन्दै राति space shuttle पठायो। अमेरिका बाट लन्च गर्यो भनौं। त्यसको ५/६ मिनेटपछि त्यो यान स्पेसतिर प्रस्तान गर्दै छ भन्ने किसिमले प्रत्यक्ष प्रसारण गरिदै थियो। तर त्यो स्थानको लग्भग १५०/२०० km पर समुन्द्रमा रकेट झरेको देख्ने थुप्रै थिए/ छन्। एक पल्ट हैन त्यस्तो घटना बारबार भएका छन्। यता जुन दिन space shuttle लन्चिङ हुन्छ, त्यस्को ५/६ मिनेटमा समुन्द्रमा रकेट झर्छ। रातको समय भएकाले समुन्द्रको किनारमा बस्नेले त्यस्तो दृश्य सजिलै देख्न सक्छन्। अझ अचम्म कुरा यो छ कि त्यो space shuttle ले trajectory path हुुुुदै ISS तिर लाग्यो रे। international space station पृथ्वीको सतहको ४०० km माथी छ भनिएको छ। त्यसले पृथ्वीलाई २७,५८० km/h का स्पीडले orbit बनाएर चक्कर काटिरहेको हुन्छ भनिन्छ। त्यस्तो स्पीडमा घुमिरहेको ISS लाई सामान पुर्याउन गएको space shuttle ले ISS कै स्पीड समात्नु परिगो। एक क्षणलाई मानौ त्यो पनि गर्यो रे। तर हामीले के भुल्नु हुँदैन भने ISS भन्दा तल २२ सय हाराहारी स्याटेलाइटहरुले फरक फरक Orbit बनाउदै फरक फरक स्पीडमा पृथ्वी वरिपरि घुमिरकेका छन्। नासाको कुरा मान्दा)
त्यसो भए त्यत्रा २२ सय स्याटालाइटलाई छल्दै space shuttle कसरी ISS सम्म पुग्छ ? तपाईं आफै सोच्नुस २७,५८० को स्पीडमा गैरहेको यानले आफ्ना बाटोमा आउने २२ सय हाराहारी स्याटेलाइटलाई छल्दै कसरी ISS सम्म पुग्छ ? बडो अचम्म लाग्छ। अझ NASA ले जारी गरेको पृथ्वीको तस्बिर हेर्नुस त्यहाँ मुस्किलले ८/१० ओटा स्याटेलाइट देखाइएको हुन्छ।
५...
NASAभातृ सस्था Goddard Space Flight Center का अनुसार अहिले पृथ्वीको अर्बिटमा ठ्याक्कै २,२७१ ओटा स्याटेलाईट पृथ्वीलाई गोलो घेरा समानान्तर बनाएर घुमिरहेका छन्/घुघुमिरहन्छन। ती स्याटेलाइटको काम भनेको NASA कै अनुसार- Uses of Satellites. Satellites are launched into space to do a specific job. The type of satellite that is launched to monitor cloud patterns for a weather station will be different than a satellite launched to send television signals for Sky TV. The satellite has to be designed specifically to fulfill its function." अब ती स्याटेलाइट्स लाई एक क्षण बिर्सिनुस ।
अब तपाईंलाई Tropospheric scatter का बारेमा बताउछु। यो प्रबिधि आज होइन, उहिल्यै प्रयोग भैसकेको थियो। यसमा के हुन्छ भने पृथ्वीको एक सतहबाट microwaves माथि आकाशतिर पठाइन्छ। पृथ्वीको ५० km उचाइ देखी ४०० km सम्ममा ionosphare हुन्छ। त्यो Ipnosphare को भिभिन्न तह हुन्छ। पृथ्वीको सतहबाट Isonosphare मा भिभिन्न frequency का microwafe frequency पठाउदा त्यो जमिनतिरै फर्किन्छ। तलको तस्बिर हेर्नुस।
यो तस्बिरमा देखाए जस्तै ठ्याक्कै यहि तरिकाले काम गर्छ-Tropospheric scatter ले। अब स्याटेलाइटको काम बिचार गरौं। त्यसमा भनिएको छ- पृथ्वीको मौसम(बादलको अवस्था जान्न), SKY TV लाई सिग्नल दिन।
अब यी चार तस्बिर हेर्नुस। यहाँ बताइएको छ कि Tropospheric scatter मा microwave radio signals आदानप्रदान हुन्छ। UHF र VHF हरु microwave radio signals भित्रै पर्छ। DTV का लागि UHF VHF signals चाहिन्छ। अर्थात् यसबाट के प्रमानित भो भने Tropospheric scatter मार्फत डिजिटल TV प्रसारण हुन सम्भव रहेछ। त्यसो भो Tropospheric scatter ले गर्ने कामकै लागि स्याटेलाइट किन बनाइयो ?
यौटा स्याटेलाइट स्पेसमा पुर्याउन कति खर्च लाग्ला ?
wikipedia लेख्छ- It is estimated that a single satellite launch can range in cost from a low of about $50 million to a high of about $400 million. Launching a space shuttle mission can easily cost $500 million dollars, although one mission is capable of carrying multiple satellites and send them into orbit.
अब तपाईं अनुमान लगाउनुस। यौटा स्याटेलाइट स्पेसको त्यो ओर्बिट (जहाँ त्यसलाई घुम्नुछ ) मा पुर्याउन कम्तिमा ५० मिलियन अर्थात ५ करोड अमेरिकन डलर लाग्छ।
अहिले पृथ्वीको माथी फरक फरक अर्बिटमा २,२७१ ओटा स्याटेलाइट घुमिरहको बताइन्छ। जसमा रुसको साढे तेह्र सय ओटा र अमेरिकाका साढे छ सय ओटा छन् । जुनजुन काम पृथ्वीबाटै
Tropospheric scatter प्रबिधि मार्फत सित्तैमा गर्न सकिन्छ त्यसका लागि करोडौं डलर खर्चिएर किन स्याटेलाइट पठाउनु पर्यो ? तपाईं आफै सोच्नुस। पैसाका लागि दुनियाँ भर द्वन्द लफडा गर्ने देशले करोडौ अर्बौ रुपैयाँ पानीमा बगाउछ ? कुरा अमेरिकाको मात्रै हैन, रुस पनि यो प्रोपोगान्डाको नाइके रहेछ भन्ने स्वत: सिद्ध हुन्छ।
सन् २०१७, जुन २७ मा ईन्डियाले समेत स्याटेलाइट छोडेको सम्चार आयो। भनेपछी अब इन्डिया समेत प्रोपोगन्डाको एक हिस्सेदार भएछ।
( Tropospheric scatter का बारेमा बिश्वास नलागे तलको source खण्डको 19 र 21 औं नम्बरको लिङ्कमा जानुस् ।)
६.....
अब तपाईंलाई अर्को हास उठ्दो कुरो बताउछु। NASA ले अस्ति भर्खर अप्रिल २४, २०१७ मा यौटा weather baloon उडायो। यस्ता baloon धेरै उडाइएको छ। यो भिडियो हेर्नुस्
weather baloon ज्यादासे ज्यादा ५० km / ५५ km माथी जान्छ। त्यत्ति सम्म पुग्दा हावाको चाप घट्छ जसका कारण baloon फुट्छ। यो अत्याधुनिक baloon भनिए पनि यो पृथ्वी माथी करिब ३३ km उचाइमा जानेछ र लगभग १०० दिन उडिरहनेछ।(NASA कै website अनुसार।)
अब यहाँ प्रश्न उठ्छ- स्याटेलाइटले गर्ने कामकै लागि आखिर यो baloon किन उडाइएको ? पृथ्वीको सतहभन्दा करिब छ सात km सम्म मात्रै बादल हुन्छ। त्यसो भए नासाको कुरा मान्ने हो भने त्यो भन्दा पर ओर्बिट बनाएर २५०० भन्दा बडि स्याटेलाइट पृथ्वीकै वरिपरि घुमिरहेका छन्। हो ती स्याटेलाइटले weather data लिए भै गो नि किन weather baloon उडाउनु ? ती स्याटेलाइट भन्दा लाखौं km टाढाको चन्दमाको हावापानी थाहा पाउन सक्ने। मङगल ग्रह सम्मको फोटो खिच्न अध्य्यन गर्न सक्ने क्षमताको स्याटेलाइटले पृथ्वीकै weather data दिन नसक्ने ? त्यस्तो पनि हुन्छ ?
खासमा कुरो के भने पृथ्वी बाहिर स्याटेलाइट छदै छैन। तसर्थ त्यसबाट weather data आउने कुरै भएन। त्यसैले weather baloon मार्फत weather data कलेक्सन गरिएको हो।
७... wikipedia लाई आधार मान्दा हालसम्म १५ ओटा mars mission सफल भएका छन् भने २१ ओट असफल। सफल भनिएका १५ ओटा मध्ये कतिले अझै mars कै वरिपरि orbit मा चक्कर लगाइरहेका छन्। (नासाका अनुसार पनि त्यस्तै तथ्य छ)
अब योस्केच फ़ेरि हेर्नुस्। मज्जाले नियाल्नुस।
यश रफ स्केचमा पृथ्वी भन्दा ISS, चन्द्रमा र mars (मङ्गल ग्रह) कति टाढा छ भन्ने बुझाउन खोजिएको छ। पृथ्वीको सतहको ४०० km भन्दा माथी हावा शुन्य हुन्छ। vacuum भनौं न। vacuum नै सहि तर पृथ्वीबाट उडेको spacecraft को इन्जिन मङल ग्रहको orbit नपुग्दा सम्म चल्नै पर्यो। त्यहाँ पुगेर फर्किएका spacecraft पनि छन्। अब माथिको तस्बिर हेरौं। पृथ्वीको सतहदेखि मङल ग्रहसम्मको दुरी ५४ करोड ६० लाख km छ। भनेपछि मङ्गल ग्रहसम्म पुग्न त्यत्ती दुरी space craft को इन्जिन चल्नै पर्यो ।त्यहाँ बाट फर्किन फेरि त्यत्तिनै दुरी पार गर्नै पर्यो। भनेपछि (५४ करोड ६० लाख x २ = ११,५२,००,००,०००km ) ११ अर्ब ५२ करोड km दुरी पार गर्ने इन्जिन बनिसकेको हुनुपर्यो। तर यथार्थ त्यस्तो छैन। अब यसैमा अर्को कुरा के छ भने पृथ्वीबाट १००km उचाइमा जान यहाँ त्यो spacecraft लाई तीन चार रकेट बुस्टरको आवश्यकता पर्छ। त्यसो भए mars मा झरिसकेको रोबोट/यानलाई त्यहाँबाट उड्नलाई पनि त रकेट बुस्टर चाहिएला। यहाँ बाट जादा त कुनै रकेट बुस्टर लग्न असम्भव छ। (रकेट बुस्टर भनेको spacecraft सङ्गै जोडिएको इन्जिन हो तर पृथ्वीको लगभग १००km सम्म मात्रै यसले spacecraft लाई उडाउछ। त्यसपछी spacecraft को इन्जिन सुरु हुन्छ। space craft को इन्धन बचाउन यसो गरिन्छ) यसमा अमिल्दा तथ्यहरु थुप्रै छन्।
८.....
अघिकै स्केच नियाल्नुस। पृथ्वीबाट mars सम्मको दुरी ५४ करोड ६० लाख km छ। पृथ्वीबाट पठाइएका spacecraft हरुले मङगल ग्रहको orbit मा घुमिरहेका छन् भनिएको छ। त्यहाँ बाट देखिने तस्बिर भिडियो पृथ्वीको तान्नका लागि शक्तिशाली एन्टेनाको आवश्यता पर्छ।
तिन चार बर्ष अघिदेखि तपाईंले पनि सुन्दै पढ्दै आउनु भएको होला कि- फेअसबुक गुगल लगायत कम्पनिले ईन्टरनेटलाई बिश्वका बिकट गाउँ बस्तिसम्म पुर्याउन baloon उडाउने कुरा। हो उनिहरु त्यो अभियानमा छन्। अब यहाँ आफै सोच्नुस पृथ्वीको एक कुनाबाट अर्को कुनामा ईन्टरनेट सेवा पुर्याउन अमेरिकाकै दुई कम्पनी फेसबुक र गुगल baloon उडाउछन।अर्कातिर अमेरिकाकै सस्था NASA भने ५४ करोड ६० लाख km दुरीसम्म 4 mb/s speed मा डाटा पाउने/पठाउने गर्छ। यो अचम्म कुरो हैन ? पृथ्वीको भुमध्यरेखाको लम्बाई ४०,००० km छ। ४०,००० km वरिपरि ईन्टरनेट सुबिधा पुर्याउन देशका ठुला कम्पनी लागेका छन् अनि नासा मौन बस्छ। नासाको उदेश्य केके हुन् भन्ने कुरो माथी नै भनिएको छ तर नासा मौन बस्छ यो कुरो मा किन ?
किनकी उसङ्ग त्यस्तो शक्तिशाली भनिएको एन्टेना प्रबिधि छैन। त्यसैले गुगल फेसबुकलाई त्यो प्रबिधि दिनसक्ने कुरै भएन। अनिफेरि पृथ्वी वरिपरि उडाइएको सट्यालाइटको के काम ? गुगल फेसबुक जस्तो कम्पनिले किन त्यो प्रबिधि मार्फत ईन्टरनेट बिश्व भर फैलाउन चाहेनन् र baloon को बिकल्प रोजे ?
कुरा स्पष्ट छ। आजसम्म कसैले कुनै स्याटेलाईट पृथ्वी को ओर्बिटमा छोडेको छैन। तसर्थ धर्तिमै गर्न सकिने उपाय अपनाउनै पर्यो।
९....
अब प्रश्न उठ्छ जब NASA र रसियन समुहले ISS का बारेमा झुट बोलिरहेछन त्यसो भए उनिहरुका के कुरा पत्याउने के नपत्याउने ?
जसरी अमेरिकाले moon landing को भिडियो खिच्नका लागी स्टुडियो खडा गर्यो, हो त्यसै गरि ISS को भिडियो खिच्न पनि स्टुडियो खडा गरेकै हुनुपर्छ।
तर पृथ्वीमै त्यो सम्भव छ ? अवश्य सम्भव छ। त्यो कसरी ? यो लिङ्कको भिडियो हेर्नुस्।
https://youtu.be/67RlN45aep
युरोपको एक एभिएसन कम्पनिले त्यस्तो फ्लाइट गराउछ लगभग ५००० डलरमा। त्यसमा के गरिन्छ पैला प्लेनलाई माथी उडाइन्छ। त्यसपछी त्यसलाई छड्के गरीर जमिन तिर झारिन्छ। डेटेलमा बुझ्न लिङको भिडियो हेर्नुस्। त्यस्तो फ्लाइटमा धेरै बेर त हैन तर ४० ४५ सेकेन्ड gravity zero को अवस्था हुन्छ। अझ अर्को कुरा-
२०१३ मा हलियुड फिल्म gravity रीलिज भएको थियो। त्यो फिल्मको बस ट्रेलर र त्यो फिल्ल्म कसरी बनाइयो भन्ने बुझ्न यो लिङकमा जानुस्।
https://youtu.be/uJEkPq1WA3g
यसमा भिडियो क्वालिटी HD छ र NASA ले ISS बाट जारी गरिएको भिडियो भन्दा स्पष्ट छ। अब तपाईं अअफै बताउनुस यौटा फिल्म कर्मी समुहले त्यस्तो भिडियो पृथ्वी कै स्टुडियोमा बनाउन सक्छ भने NASA ले किन बनाउन सक्दैन ?
युरोपको एक एभिएसन कम्पनिले त्यस्तो फ्लाइट गराउछ लगभग ५००० डलरमा। त्यसमा के गरिन्छ पैला प्लेनलाई माथी उडाइन्छ। त्यसपछी त्यसलाई छड्के गरीर जमिन तिर झारिन्छ। डेटेलमा बुझ्न लिङको भिडियो हेर्नुस्। त्यस्तो फ्लाइटमा धेरै बेर त हैन तर ४० ४५ सेकेन्ड gravity zero को अवस्था हुन्छ। अझ अर्को कुरा-
२०१३ मा हलियुड फिल्म gravity रीलिज भएको थियो। त्यो फिल्मको बस ट्रेलर र त्यो फिल्ल्म कसरी बनाइयो भन्ने बुझ्न यो लिङकमा जानुस्।
यसमा भिडियो क्वालिटी HD छ र NASA ले ISS बाट जारी गरिएको भिडियो भन्दा स्पष्ट छ। अब तपाईं अअफै बताउनुस यौटा फिल्म कर्मी समुहले त्यस्तो भिडियो पृथ्वी कै स्टुडियोमा बनाउन सक्छ भने NASA ले किन बनाउन सक्दैन ?
१०..
आखिर NASA कै गतिविधि किन सङ्कास्पद हुन्छ ? उसका फोटो भिडियोमा सन्सार भरीका स्वतन्त्र बैज्ञानिकहरुले प्रत्येक दिन प्रश्न उठाइरहदा समेत किन NASA चुप छ। यहाँ यो सन्दर्भमा NASA भन्दा अमएरिका मात्रै हैन ऊ सअङ्ग आबद्ध अन्य चारपाच देशहरू पनि सम्झिनुपर्छ। अमेरिकाले सन् १९७० को दशक सातसात चोटि चन्द्रमामा मान्छे उतार्यो तर त्यसपछी किन ऊ फेरि त्यहाँ गएन ? खर्बौ डलर खर्चिएर ऊ किन मङ्गल ग्रहमा १६ चोटी space craft पठाउछ ? जबजब NASA का गतिविधिमा प्रश्न उब्जाइन्छ तब ऊ त्यो मिसन रोकाइदिन्छ। जस्तो अहिले ISS बाट प्रत्यक्ष प्रसारण भन्दै Youtube मा त्यहाँको गतिबिधी देखाइरहन्छ। तर उसले त्यसरी देखाइएका भिडियोमा धेरै अ्इल्दा कुराहरु देखिएका छन्। त्यसका सम्बन्धमा Youtube सयौं भिडियो छन। तिनमा लाखौं करोडौ views छन्। यसबाट आत्तिएर अब NASA ले त्यो प्रत्यक्ष प्रसारण नै रोक्ने भएको छ।
तपाईं आफै सोच्नुस- ती भिडियोहरुमा किन र कसरी कम्जोरी देखियो जुन ISS मा हुनुहुदैनथ्यो तर भो ? भन्ने सम्बन्धमा जवाफ दिएर बुझाउनु पर्नेमा अब ऊ प्रत्यक्ष प्रसारण नै बन्द गर्दै छ। किनकी उसलाई थाहा छ जति धेरै दिन प्रसारण गर्यो त्यत्ती धेरै आफू बिरुद्ध प्रमाण जुट्ने छ। तसर्थ प्रत्यक्ष प्रसारण नै रोक्दियो भने टन्टै साफ। यहाँ उसले अलिकति बुद्धि के लगाएको छ भने ISS बाट हेर्दा एलियन जस्तो चिज देखियो त्यसैले हाललाई प्रसारण रोकिएको हो भन्ने तर्क गरेको छ। समाचार नै आइसकेका छन् यसका सम्न्बन्धमा। तर हामिले के बुझ्नुपर्छ भने आफुमाथी उठेका सवालबाट भाग्ने सजिलो उपाय NASA ले अपनायो फेरि।
तपाईं आफै सोच्नुस- ती भिडियोहरुमा किन र कसरी कम्जोरी देखियो जुन ISS मा हुनुहुदैनथ्यो तर भो ? भन्ने सम्बन्धमा जवाफ दिएर बुझाउनु पर्नेमा अब ऊ प्रत्यक्ष प्रसारण नै बन्द गर्दै छ। किनकी उसलाई थाहा छ जति धेरै दिन प्रसारण गर्यो त्यत्ती धेरै आफू बिरुद्ध प्रमाण जुट्ने छ। तसर्थ प्रत्यक्ष प्रसारण नै रोक्दियो भने टन्टै साफ। यहाँ उसले अलिकति बुद्धि के लगाएको छ भने ISS बाट हेर्दा एलियन जस्तो चिज देखियो त्यसैले हाललाई प्रसारण रोकिएको हो भन्ने तर्क गरेको छ। समाचार नै आइसकेका छन् यसका सम्न्बन्धमा। तर हामिले के बुझ्नुपर्छ भने आफुमाथी उठेका सवालबाट भाग्ने सजिलो उपाय NASA ले अपनायो फेरि।
११...
चन्द्रमा ,अन्तरिक्षमा, ISS मा र मङ्गल ग्रहमा गएको कुरो झुट हो भने त्यसका लागि छुट्याइएको बजेट कहाँ जान्छ ? अब यो बडो सोचनिय प्रश्न छ। यसका सम्बन्धमा ठ्याक्कै त कतै बताइएको छैन तर अनुमान सम्म लगाउन सकिन्छ। त्यसरी त्यस्ता मिस्सनका लागि छुट्याइएको बजेटको केही हिस्सा त त्यस्तो उडान भर्न भनेर दुनियाँको आँखा अघि देखाइने देखाइने रकेट लन्चिङमै सकिन्छ। बाकी हिस्सा यो नाटक मंचन गर्न सहयोग गर्ने गराउनेमा जाला। त्यो बजेट कहि न कहिँ त जान्छ नै भन्ने सवालमा अनुमान सम्म हो मेरो। त्यस्ता मिस्सनमा पैसा छुट्याइएपछी मिसन पूरा भएको देखाएपछि त्यो बजेट त खर्च भएकै हुनुपर्यो। बाहिरबाट देख्दा बजेट सिद्दिसकेको हुनुपर्ने भएपनी भित्र नसिद्दिएको बजेट नाटकका पात्रले लिन्छन् नै। अमेरिकाको बार्सिक बजेट सन्सारका अरुभन्दा निक्कै बढी हुनुमा पनि यहि कारण भएको हुनुपर्छ। सयौं हजारौं बिलियन डलर यस्ता मिस्सनमा खर्चिएको देखाइए पनि बास्तवमा त्यसको एक अंस (रकेट लन्चिङमा) खर्च हुन्छ। तर बजेटमा भने पुरै देखाएर आफ्नो देशको बजेट आकार बढाउन सकिन्छ। अथवा भनौं बढेको देखाउन सकिन्छ। सामान्य दिमाग लगाऊँ - एक ठाँउमा space shuttle पुर्याएर त्याहाको सारा जानकारी ल्याइसक्दा पनि किन अमेरिका किन बारबार त्यहीँ पठाइरहन्छ ?
यत्तिका तर्कहरु दिदा पनि बिश्वास नलागे यी ४ भिडियो हेर्नुस। यी चार भिडियोमा सबै कुरा नअटाउलान तर धेरै अटाएका छन्।
.............
यस लेखका सम्बन्धमा भएका अनुसन्धानहरु पुर्णतः मेरा हैनन आंशिक हुन। NASA मा आबद्ध नभएका तर स्वतन्त्र बैज्ञानिकहरु संसार भरी हजारौं छन्। त्यस्ता स्वतन्त्र बैज्ञानिकहरुले भिभिन्न समयमा लेखेका अनुसन्धानात्मक लेखहरु ईन्टरनेटमा उपलब्ध छन्। त्यस्ता चालिसौ पचासौ लेखहरु पढिसकेपछिको निस्कर्श हो- मेरो। मैले त त्यस्ता लेखहरुको निचोड निकाल्ने प्रयत्न सम्म गरेको हुँ। यस लेखमा प्रयुक्त जेजती तर्क गरिदैछ ती तर्क बिज्ञानका आधारभुत नियममा टेकेर गरिएको हो। र कति चै NASA कै वेबसाइटलाई आधार लिइएको हो। पाठकलाई यो भ्रम नहोस् कि यी कुनै मन गढन्ते नियम हुन्, ती सयौं स्वतन्त्र बैज्ञानिकले आफ्नो लेखमा लेखेका कुरा हुन यी।
यदि पढ्ददै जाँदा या यो लेखमा यहाँ उल्लेखित तर्क गलत जस्तो लाग्छ भने पाठक स्वयं स्वतन्त्र रुपले ती तर्कहरुका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न सक्नुहुन्छ। फुर्सदमा हुनुहुने पाठकहरुले आफैं अनुसन्धान गर्नुहोला भन्ने अभिप्रायले नै तल लेखको अन्त्यमा "Sources" मा यो लेख तैयार पार्दा आधार मानिएका लेखहरुको लिङ्क दिएको छु। एकेक गर्दै अध्यन गर्न सक्नुहुन्छ। अध्ययन अनुसन्धान गर्न फुर्सद नहुने पाठकहरुले बिज्ञानका कुनै शिक्षकसङ्ग उक्त तर्क बैज्ञानिक ढङ्गले सहि हो/हैन ? क्रस चेक गर्न/गराउन सक्नुहुन्छ। यदि त्यसरी क्रस चेक गराउदा तपाईंको फाइन्डिङ्स मेरो भन्दा फरक निस्कियो भने निशन्कोच मलाई बताउनु होला। म गलत साबित भए पनि सत्य थाहा पाउँदा त्यतिबेला मलाई बढो खुशी मिल्ने छ। आखिर तपाईं हामीलाई सत्य के हो ? बुझ्नु छ। कसले सत्य फाइन्डिङ गर्यो ? भन्ने कुरो ठूलो हैन, बरु सत्य के हो ? भन्ने कुरा चै अहम सवाल हुन्छ/छ।
- निरक्षर निरौला
२०७४/०४/२४
Sources:
Bafare yo ta purai anshakara ma bache jasto vaen ra ?
ReplyDeleteCool and I have a dandy supply: Who Repairs House Foundations house renovation pictures
ReplyDelete