नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, July 20, 2016

                      गजल

प्रिय तिम्रो आगमनले यो घर 'घर' हुनेछ ॥
नत्र फगत इट्टा बालुवा र पत्थर हुनेछ ॥

टाठाबाठाले तिमिलाई दिनुसम्म धोका दिए
प्यारी अब तिम्रो सहारा यो 'निरक्षर' हुनेछ ॥

जुन दिन ती पाउहरूले मेरो आगनी चुम्छन्
मलाई तिम्रो अनि तिमीलाई मेरो भर हुनेछ 

तिमी भए फल्छ फुल्छ, मुस्कुराउँछ जिन्दगी
तिम्रो अभावमा  मेरो वसन्त पत्झर हुनेछ ॥

तिमी आफैं भन ____ देख्ने सुन्नेले के भन्लान् ?
जब उता पिपल हुनेछ अनि यता  बर हुनेछ ॥

                                    - निक्षर निराैला

Sunday, July 17, 2016

कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!

कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!

यो संबिधान भन्ने जिनिस पनि गज्जबको हुँदो रैछ । जसले जसरी पारीभासित गर्‍यो त्यसरी नै पारीभासित हुने । एउटाले कालो छ भन्दा कालै भइदिनु पर्ने, अर्कोले "हैन हैन यो त सेतो पो छ्" भन्दा सेतै भइदिनु पर्ने । कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!
अहिले देशका सारा संबिधानबिदहरू दुई कित्तामा बाडिएका छन् । एक थरिले "यो बर्तमान सरकार संबैधानिक रुपमा परिवर्तन गर्नै मिल्दैन" भन्दै छन् भने अर्का थरीले "सत्ता परिवर्तन गर्न कुनै बाधा अड्चन नभएको" जिकिर गर्दै छन् । संबिधान एउटै हो, दुबै पक्षले एउटै धारा (२९८) लाई टेकेर जबर्जस्त तर्क राख्दैछन् । आ-आफ्नो मत राख्ने क्रम जारी छ । अन्त्यमा कस्को पल्ला भारी हुने हो,त्यो हेर्नु छ (हेर्नु यस कारणले छ कि- हेर्नु बाहेक हामीसँग बिकल्प नै छैन) ।
बडो मज्जा आउछ यस्तो बाद्बिवाद हेर्न/सुन्न । बाद-बिबादले बिस्तारै नाटकको रुप लिदै छ । सप्पै कलाकारले आ-आफ्नो भूमिका जबर्जस्त निभाउदै छन् । क्यारेकटरमै घुसेर पात्रहरू कला देखाउदै छन् । यस्तो बेलामा तपाईं हामीले आफुलाई यस कारणले भाग्यमानी ठान्नु पर्छ कि- यो नाटक हेर्न कसैले टिकट काट्नु परेको छैन । फिरिमै नाटक देखाइएको छ । फिरी मै नाटक हेर्न पाइएको छ ।
तपाईं हाम्रो अरु काम नै के छ र ? बस्, बस्यो- नाटक हेर्‍यो । नाटक हेर्‍यो- बस्यो । उङ्यो अनी फेरी नाटक हेर्‍यो ।

साँढेहरू र भेडाहरू

साँढेहरू  र भेडाहरू

हाम्रो सन्दर्भमा भन्नु पर्दा नेता भनेको डामेर छोडेका साँढेहरू हुन् । सबैलाई ज्ञात भएकै कुरो हो- जतीसुकै खाइलाग्दो किन नहोस् तर डामेर छोडिएका साँढेहरूले कहिल्यै पनि खेत जोतेका छैनन्, जोत्दैनन् । ती र त्यस्ता साँढेहरूको एक मात्र काम भनेको डुक्रेर हिन्नु हो । खेत जोत्नु हैन । अक्कल नभएका त हामी छौ जो यिनै साँढेहरूले एक दिन यो देश जोतिदेलान् र देश हराभरा बन्ला भन्ने भ्रम बर्षाैँदेखी पालेर बसेका छौ ।
अनी राजनीतिक पार्टीका कार्यकर्ता भनेको चै भेडा हुन् । भेडा अर्थात नाइकेको पिछलग्गु । भेडाका लागि सही र गलत के हो भनी छुट्याउने एक मात्र मापदण्ड भनेको यो छ कि- आफ्ना नाइके (नेता) ले जेजे भन्छ ठीक, जेजे गर्छ ठीक । त्यो बाहेकका सप्पै कुरा बेठिक । भेडाहरूमा नाइके प्रतिको बफादारी (अन्धभक्ती भनौ, पचाउन सकिन्छ भने) यती सम्म छ कि- आफ्ना नाइकेले पाद्यो भने पनि "आहा ! कती मिठो बास्ना" भन्न पनि पछी पर्दैनन् ।
हुन त देशमा सप्पै नाइके साँढे र सप्पै कार्यकर्ता भेडा छन् भनेर भनी हाल्न पनि सकिन्न । तर लोकतन्त्रमा बहुमतले अर्थ राख्ने भएकाले बहुमत ती र त्यस्तैहरूको छ । त्यसैले यो प्रसङ्गमा 'सप्पै' भन्ने बिशेषण प्रयोग गर्दा कोही कैसैले पनि टाउको दुखाइ हाल्नु पर्ने कारण देखिदैन ।

कठै हाम्रो पत्रकारिता !!

कठै हाम्रो पत्रकारिता !! 

अनलाइन मिडियाहरूको पत्रकारिता देखेर पनि दया लागेर आउछ । 
"काठमाडौंमा युवाहरुकोे स्वतःस्फुर्त जुलुस—आई एम विथ केपी–ओली" भन्ने सिर्शकको समाचारका लागि एउटा अनलाइनले ३७ वटा तस्बिरहरू उक्त समाचारमा राखेको छ ।
समाचारको बिसय प्रती मेरो कुनै आपत्ति छैन, र हुनु हुँदैन पनि । समाचार 'समाचार' हो । कुनै घटना घट्छ र त समाचार बनाइन्छ, त्यतिकै समाचार बन्दैन,बनाइदैन । तर एउटै समाचारका लागि ३७ वटा तस्बिरहरू राखिएका प्रती मेरो आपत्ति हो । त्यसरी ३७ वटा तस्बिर राखिनुले त्यो पूर्णत: प्रायोजित समाचार हो भन्ने स्पस्ट भएन र ?
(हास उठ्दो कुरो त के छ भने उक्त समाचारमा २ वटा 'सेल्फी' पनि अटाइएको छ )
स्मरण रहोस्- यो समाचार एउटा प्रतिनिधि मात्र हो, यस्ता थुप्रै भेटिएका छन्, भेटिन्छन् । अनलाइन मिडिया चलाउन दुई तीन जना मात्रै भए पुग्ने र कपी पेस्ट कै भरमा जिन्दगी चलाउन सकिने भएकाले अहिले अन्लाइन मिडियाको बाढी आएको बिर्सिनु हुँदैन ।

Saturday, July 16, 2016

कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!!


कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!!

आजको दिनमा नेपाली राजनीतिमा जो जसले  बरीस्ठ र शिर्सस्तको ट्याग भिरेका छन, ती कोही पनि दुधले नुहाएका छैनन् । सप्पैको आ-आफ्नै स्वार्थ छ, सप्पैलाई आफु सके प्रधानमन्त्री नसके मन्त्री बन्नु छ । देशको ढुकुटि रित्याउदै आफ्ना सात पुस्ते सन्तानको भबिश्य बनाउनु छ । स्विस बैन्कमा खाता खोल्नु छ । आफु र आफ्नाहरूको चाजोपाजो मिलाउनु छ ।

हिजो राजाले लुट्नु लुटे भनेर तिनको जरै उखेलेर फालियो आज हजार 'राजाहरू' उम्रिए । यसरी पालै पालो कहिले  माओवादी कहिले काङ्ग्रेस त कहिले एमालेले यो देश लुटेका हुन,लुट्दै छन र भोली पनि यिनैहरूले लुट्ने हुन । मधेसबादी  दल लगायत अन्य साना दलको त  कुरै नगरौ ।  
हुन त हातको औलामा गन्न मिल्ने कै युवा नेताहरू छन् जसको भरोशामा यो देशले मुहार फेरी पो हाल्छ कि ? भन्ने आशा गर्न सकिन्छ । तर त्यस्ताहरू कहिले पनि निर्णयक तहमा पुग्दैनन्, त्यस्ताहरूलाई माथि पुग्नै दिइदैनन् । बुढापाकहरूको कोटा यत्ती सजिलै सकिएला भन्ने कुनै लक्षण पनि देखिदैन । 
 संबिधानमा नेपाली जनताले प्रतक्ष कार्यकारी प्रधानमन्तत्री वा राष्ट्रपती खोजेका थिए,  देशको प्रधानमत्री, राष्ट्रपती जनताले नै चुन्न पाउनु पर्छ भन्ने ठुलो आवाज थ्यो तर त्यो आवाजलाई निर्णयक भूमिका खेल्ने महोदयहरूले वास्तै गरेनन । त्यस्तो ब्यबस्था  हुँदा धेरैको राजनीतिक जिबन समाप्त हुने पक्का भएकाले त्यो मुद्दा त्यत्तिकै दबाइयो । सम्सदिय ब्यबस्थाको भागबण्डे राजनीतिले वाक्क भएका जनतालाई घुमाइ फिराइ आखिर फेरी त्यही भारी बोकाइयो । 

आज  कस्तो बिडम्बना छ् भने  देश लुटेरा, दलाल, भ्रस्टचारी नेताहरूको अघि पछि सुरक्षा फौज अत्याधुनिक हतियार सहित तैनाथ हुन्छन, तर देशका निम्ती लड्नेहरू, 'मेरो देश मेरो देश' भन्नेहरू (जस्तो कि गोबिन्द केसी)  मरुन बाचुन कोही कसैलाई मतलब छैन । 
आज सम्म जे जती परीवर्तन भए ती कुर्सिका लागि भएका रहेछन । यस क्रममा दुई चार कुरा राम्रा भएका छन भने कुर्सी पाउनका लागि त्यो गर्नै पर्ने भएकाले त्यो भएको हो भनी बुझ्दा हुन्छ  । संघियता भएपछी यो देशै अर्को हुन्छ नेपालै अर्को हुन्छ  भन्ने भ्रम पालिराखेका छौ- हामीले  । नेता यिनै हुन, यिनको नियत यही हो, सोच यही हो । अनी प्रदेशमा गएपछी चै रातारात परिवर्तन हुन्छ भन्ने कुरो कसरी पत्याउने ? पत्याउने आधार खै के छन ?

ठुलठुला भनिएका परिवर्तनहरूले निती फेर्‍यो तर नियत फेरिएन । नियती फेरिएन । ब्यबस्था फेरियो अवस्था कहिल्यै फेरिएन ।

कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!! 

Tuesday, July 5, 2016

मुक्तक हरू


#१.
देश-भक्तीको एउटा पाठ पढाएर आउँदा
बलीदानीको जङ्गे पिल्लर ठड्याएर आउँदा
मलाई यि मान्छेहरुले लखेटे- मुर्कुटा भन्दै
देशका निम्ती मैले शिर चढाएर आउँदा ॥
#२.
चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन्
मान्छेकै भेषमा उ..हेर न गिद्दहरु आइरहेछन्
यहाँ तिनै मान्छेहरु शाकाहारी घोषित भए, आमा
जो-जसले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन् ॥
#३.
"म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
तिमी जस्तै लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन्
मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥
#४.
कहिले उकालो चढिन्छ, कहिले ओरालो झरिन्छ
जिन्दगी हो- यो, जिन्दगीमा सङ्घर्ष निरन्तर गरिन्छ
हेर्दै जाऊ- लक्ष्य हासिल हुन्छ हुन्छ, हुने नै छ एकदिन
यी ठक्करहरू कुनै बिष होइनन् जुन खाएपछि मरिन्छ ॥

Saturday, July 2, 2016

एउटा मान्छेले हेर्नै पर्ने १०० फिल्महरू:

एउटा मान्छेले हेर्नै पर्ने १०० फिल्महरू:


1. TARE JAMIN PAR (हिन्दी) 
 उटा आठ नौ बर्षको केटो हुन्छ । शरीरिक रुपमा सपाङग भए पनि सपाङ्ग जस्तो हुँदैन ऊ । उसलाई अपाङ्ग नै पनि भन्न् सकिन्न । अक्षर हरू उल्टो पाल्टो देखिने हुन्छ ।  त्यो एक किसिमको मानसिक रोग हो जसलाई डिस्लेसिय भनिन्छ ।  ( Dyslexia is a learning difficulty that primarily affects the skills involved in accurate and fluent word reading and spelling" and is characterized by "difficulties in phonological awareness, verbal memory and verbal processing speed )  उसका बाबु आमाले स्कुल कक्षामा खराब नम्बर ल्याएकाले दिक्क भइ होस्टेल हाल्दिन्छ्न । बिचरा ऊ धेरै रुने कराउने गर्छ तर उसको कै लाग्दइन । ऊ पहिले नै कसै सङ्ग नबोल्ने एकल्काटे स्वाभवको हुन्छ । झन होस्टेल मा बस्न थालए पछी त ऊ झनै लाटो जस्तै भएर रहन्छ । सबै बिसयमा लगभग फेल हुन्छ ।   एउटा शिक्षक (आमिर खान)ले उसको त्यो समस्या बुझ्छन र आँफै त्यो केटोलाई बिशेष तरिकाले समय दिएर पढाउन थाल्छन । सुरु देखी कै ऊ चित्रकलामा रुची राख्ने हुन्छ । त्यही कलाको मार्फत शिक्षकले उसमा गुमेको आत्मबिश्वास जगाइदिन्छन । त्यस पछी ऊ राम्ररी पढ्ने, खेल्ने कुद्ने रमाउने सामान्य स्वाभावको विद्यार्थी बन्छ । कथा यत्ती हो ।


2. CHILDREN'S OF HEAVEN (Iranian)
    - Iranian family drama


3. Da Vinci Code (Hollywood)


4. Three Idiots (Hindi)


5. Saairat (Marathi)


6. Udaan (Hindi)































...