नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, July 5, 2016

मुक्तक हरू


#१.
देश-भक्तीको एउटा पाठ पढाएर आउँदा
बलीदानीको जङ्गे पिल्लर ठड्याएर आउँदा
मलाई यि मान्छेहरुले लखेटे- मुर्कुटा भन्दै
देशका निम्ती मैले शिर चढाएर आउँदा ॥
#२.
चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन्
मान्छेकै भेषमा उ..हेर न गिद्दहरु आइरहेछन्
यहाँ तिनै मान्छेहरु शाकाहारी घोषित भए, आमा
जो-जसले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन् ॥
#३.
"म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
तिमी जस्तै लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन्
मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥
#४.
कहिले उकालो चढिन्छ, कहिले ओरालो झरिन्छ
जिन्दगी हो- यो, जिन्दगीमा सङ्घर्ष निरन्तर गरिन्छ
हेर्दै जाऊ- लक्ष्य हासिल हुन्छ हुन्छ, हुने नै छ एकदिन
यी ठक्करहरू कुनै बिष होइनन् जुन खाएपछि मरिन्छ ॥

No comments:

Post a Comment