नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, July 16, 2016

कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!!


कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!!

आजको दिनमा नेपाली राजनीतिमा जो जसले  बरीस्ठ र शिर्सस्तको ट्याग भिरेका छन, ती कोही पनि दुधले नुहाएका छैनन् । सप्पैको आ-आफ्नै स्वार्थ छ, सप्पैलाई आफु सके प्रधानमन्त्री नसके मन्त्री बन्नु छ । देशको ढुकुटि रित्याउदै आफ्ना सात पुस्ते सन्तानको भबिश्य बनाउनु छ । स्विस बैन्कमा खाता खोल्नु छ । आफु र आफ्नाहरूको चाजोपाजो मिलाउनु छ ।

हिजो राजाले लुट्नु लुटे भनेर तिनको जरै उखेलेर फालियो आज हजार 'राजाहरू' उम्रिए । यसरी पालै पालो कहिले  माओवादी कहिले काङ्ग्रेस त कहिले एमालेले यो देश लुटेका हुन,लुट्दै छन र भोली पनि यिनैहरूले लुट्ने हुन । मधेसबादी  दल लगायत अन्य साना दलको त  कुरै नगरौ ।  
हुन त हातको औलामा गन्न मिल्ने कै युवा नेताहरू छन् जसको भरोशामा यो देशले मुहार फेरी पो हाल्छ कि ? भन्ने आशा गर्न सकिन्छ । तर त्यस्ताहरू कहिले पनि निर्णयक तहमा पुग्दैनन्, त्यस्ताहरूलाई माथि पुग्नै दिइदैनन् । बुढापाकहरूको कोटा यत्ती सजिलै सकिएला भन्ने कुनै लक्षण पनि देखिदैन । 
 संबिधानमा नेपाली जनताले प्रतक्ष कार्यकारी प्रधानमन्तत्री वा राष्ट्रपती खोजेका थिए,  देशको प्रधानमत्री, राष्ट्रपती जनताले नै चुन्न पाउनु पर्छ भन्ने ठुलो आवाज थ्यो तर त्यो आवाजलाई निर्णयक भूमिका खेल्ने महोदयहरूले वास्तै गरेनन । त्यस्तो ब्यबस्था  हुँदा धेरैको राजनीतिक जिबन समाप्त हुने पक्का भएकाले त्यो मुद्दा त्यत्तिकै दबाइयो । सम्सदिय ब्यबस्थाको भागबण्डे राजनीतिले वाक्क भएका जनतालाई घुमाइ फिराइ आखिर फेरी त्यही भारी बोकाइयो । 

आज  कस्तो बिडम्बना छ् भने  देश लुटेरा, दलाल, भ्रस्टचारी नेताहरूको अघि पछि सुरक्षा फौज अत्याधुनिक हतियार सहित तैनाथ हुन्छन, तर देशका निम्ती लड्नेहरू, 'मेरो देश मेरो देश' भन्नेहरू (जस्तो कि गोबिन्द केसी)  मरुन बाचुन कोही कसैलाई मतलब छैन । 
आज सम्म जे जती परीवर्तन भए ती कुर्सिका लागि भएका रहेछन । यस क्रममा दुई चार कुरा राम्रा भएका छन भने कुर्सी पाउनका लागि त्यो गर्नै पर्ने भएकाले त्यो भएको हो भनी बुझ्दा हुन्छ  । संघियता भएपछी यो देशै अर्को हुन्छ नेपालै अर्को हुन्छ  भन्ने भ्रम पालिराखेका छौ- हामीले  । नेता यिनै हुन, यिनको नियत यही हो, सोच यही हो । अनी प्रदेशमा गएपछी चै रातारात परिवर्तन हुन्छ भन्ने कुरो कसरी पत्याउने ? पत्याउने आधार खै के छन ?

ठुलठुला भनिएका परिवर्तनहरूले निती फेर्‍यो तर नियत फेरिएन । नियती फेरिएन । ब्यबस्था फेरियो अवस्था कहिल्यै फेरिएन ।

कठै मेरो देश ! कठै हामी नेपाली !! कठै म !!! 

No comments:

Post a Comment