गजल
प्रिय तिम्रो आगमनले यो घर 'घर' हुनेछ ॥
नत्र फगत इट्टा बालुवा र पत्थर हुनेछ ॥
नत्र फगत इट्टा बालुवा र पत्थर हुनेछ ॥
टाठाबाठाले तिमिलाई दिनुसम्म धोका दिए
प्यारी अब तिम्रो सहारा यो 'निरक्षर' हुनेछ ॥
प्यारी अब तिम्रो सहारा यो 'निरक्षर' हुनेछ ॥
जुन दिन ती पाउहरूले मेरो आगनी चुम्छन्
मलाई तिम्रो अनि तिमीलाई मेरो भर हुनेछ ॥
मलाई तिम्रो अनि तिमीलाई मेरो भर हुनेछ ॥
तिमी भए फल्छ फुल्छ, मुस्कुराउँछ जिन्दगी
तिम्रो अभावमा मेरो वसन्त पत्झर हुनेछ ॥
तिम्रो अभावमा मेरो वसन्त पत्झर हुनेछ ॥
तिमी आफैं भन ____ देख्ने सुन्नेले के भन्लान् ?
जब उता पिपल हुनेछ अनि यता बर हुनेछ ॥
जब उता पिपल हुनेछ अनि यता बर हुनेछ ॥
- निरक्षर निराैला
No comments:
Post a Comment