हात्तीका दुई खाले दाँत हुन्छन् । एक खालका दाँत बाहिरै बाट देखिन्छन् भने अर्का खालका चाँही उसको मुख भित्र हुने भएकाले देखिदैनन् । बाहिरका दाँत हेर्दा खेरी बडेमानका र लोभ लाग्दा देखिए पनि ति केबल देख्न र देखाउनका लागि मात्रै हुन् । ती बहिरी दाँतको एक मात्र काम भनेको सोभा बढाउनु हो । त्यस बाहेक अरु कै पनि हैन, छैन । दाँतको असली काम भनेको उसको मुखभित्र हुने दाँतहरूले गर्छन् - घासपात चपाउने ।
नेपालको सन्दर्भमा भन्नु पर्दा, हाल अभ्यास भइरहेको जातिय समाबेशी ब्यबस्था हात्तीको त्यो बाहिरी दाँत जस्तै हो, जसले सोभा बढाउने काम मात्रै गरेका छ ।घासपात चपाउने काम गरेको छैन ।
नेपालमा आरक्षण प्रणालिको सुरुवात २०६४ सालबाट भएको हो । राज्य द्वारा यो भन्दा अघीसम्म पछाडि पारीएका वा परेका गरीब तथा बिपन्न महिला, आदिबासी, जनजाती, मधेसी, दलित, अपाङ्ग लगायत वास्तवमै पिछडिएका/ पछाडि परेका हरूलाई राज्यको निती निर्देशन तहमा ल्याउने र तिनको आर्थिक हैसियत सुधार्दै लगेर हरेक तह र तप्कामा तिनको सहभागी मुलक प्रतिनिधित्व रहोस् भन्ने असल भावनाका साथ यस प्रणालिको माग भयो र यो प्रणालिको अभ्यास थालियो ।
आरक्षण प्रणाली सदा कालका लागि हुँदैन । राज्यका सबै समुदायका ब्याक्तीहरुको पहुच सबै क्षेत्रमा बराबरीको स्थिती देखिएपछी स्वत: यस प्रणालिको औचित्य सकिन्छ र यो ब्यबस्था खारेज हुन्छ ।
No comments:
Post a Comment