रन्जु दर्शनालाई पत्र
नमस्कार रन्जु दर्शना ज्यु,
तपाईं उमेरका हिसाबले म भन्दा २ बर्ष कान्छी हुनुहुदो रहेछ, तसर्थ पत्रको सुरुवातमा 'ज्यु' भनेर सम्बोधन गरेपनि त्यसपछि 'बैनी' भनेरै सम्बोधन गर्छु ल ? "नेतृ जस्तो मान्छेलाई 'बैनी' भनेर हेला गर्यो" भन्ने कदापि नसोचिदिनु। तपाईंलाई 'हेला गर्नु' मेरो मनशाय हुँदै हैन। छैन। तपाईं प्रति मेरो मनमा असिम श्रद्धा भाव छ।
हाम्रै उमेर समुहकी एक युवा प्रतिनिधि यसरी नेतृका रुपमा उदाउनु मेरा लागि पनि खुसीको कुरा हो। तपाईं हाम्रै उमेर समुहकी हुनुभएकी हुँदा तपाईंसँग एक किसिमको नजानिदो आत्मियता जोडिएको छ। त्यसैको फलस्वरूप "बैनी" भन्दैछु। मेरो यो सम्बोधनलाई लिएर चित्त नदुखाउनु है !!
'बैनी' भनिसकेपछी सम्बोधनमा पनि 'तपाईं' होईन, 'तिमी' नै भनेर पत्र अगाडी बढाउदैछु ल !!
दर्शना बैनी, तिमिले यति सानो उमेरमै काठमाडौं महानगरको मेयरमा उम्मेद्बारी दिनु मात्रै पनि ठुलो कुरो हो। त्यो हिम्मत आउनु मात्रै पनि ठूलो कुरो हो। मैले 'बिबेकशील नेपालि समुह' का क्रियाकलाप हेर्दै/पढ्दै आएको छु। सामाजिक संजाल फेसबुकमा तिम्रो प्रोफाइलमा जोडिने हजारौं युवायुवतीको भिडमा म पनि एक हुँ/छु।
तिमिले गर्दै आएका श्रीजन्शिल कार्य बढो तारिफ योग्य छन्। शान्तिपुर्ण र्याली गर्नेदेखि लिएर "नेपाल खुल्ला छ" भन्ने 'क्याम्पिएन' र डा. गोबिन्द केसीको अनशनमा समर्थन गर्नेसम्मका क्रियाकलाप जगजाहेरै छन्। "बिरोधका लागि बिरोध" गर्ने, टायर बाल्ने युवाहरूको जमातमा तिम्रो समुहले गरेको शिर्जनत्मक काम निकै सराहनीय छ्/छन्। परम्परागत राजनितिक सँस्कारबाट वाक्क दिक्क भएको मेरो पिताजीको पुस्ता, मेरो पुस्ता र अब आउदै गरेका मेरा भाइबैनीको पुस्ताका लागि तिमिजस्ती युवा नेतृको राजनितीमा प्रवेश हुनुले निकै ठुलो आशाको सञ्चार गरेको अनुभुत हुन्छ। काठमाडौंको मेयरमा तिम्रो उम्मेद्बारी मात्रैले पनि ठूलो अर्थ राख्छ।
तिमिले दुई बर्ष अघि भुकम्पका बेला गरेको उद्दार, टीचिङ्ग हस्पिटलमा तत्कालीन परिस्थितिमा तिम्रो टिमले खेलेको भुमिका देखेर/पढेर यो शीर झुक्छ-'बिबेकशील नेपाली समुह' प्रति। तिमीमा र तिम्रो समुहमा यौटा ऊर्जा छ, 'आगो' छ। त्यसलाई कहिल्यै निभ्न नदिनु। र तिमीले त्यो 'आगो' निभ्न दिन्नौ भन्ने कुरामा म ढुक्क छु। मजस्तै हजारौं युवा ढुक्क छन् ।
आर्थिक अनियमितताको कलङ्क लागेका राजनीतिक दलहरुका भिडमा निर्वाचन आयोगमा आफ्नो वार्षिक कारोबारको हिसाब बुझाउने बेला बिबेकशील नेपाली अग्र पङ्तिमा छ। तिम्रो समुहको क्रियाकलापको पार्दर्शिताका सम्बन्धमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन। बस् यहीँ यौटे कारणले मात्रै पनि कुनै देशी बिदेशी शक्तिका सामु नझुक्ने नैतिक बल र साहस तिमिलाई प्रदान गर्छ। गर्नेछ। यसलाई निरन्तर कायम राखिराख्ने छौ भन्नेमा शङ्का छैन।
तर... दर्शना बैनी,
यत्ति मात्रैले जनता 'कन्भिन्स' हुन गाह्रो छ। तिमिले जे-जे गर्छु भनेकी छौ, त्यही त्यही कुरा हरेक उमेदवारले भनेकै हुन्छ। भन्नै पर्छ। चुनाबका बेेेेला हरेक उमेदवारले "आकाशको तारा झार्दिन्छु" भन्ने शैलीका आश्वासन दिए/दिन्छन्। तर जसै चुनाब जितेर गए - त्यसपछी उनिहरुले झार्नलाई त झारे, तर तारा हैन, जनताको आखाबाट आशु झारे। यदि ती आशुहरु एकै ठाउमा संग्रह गरिएको भए सायद यो काठमाडौंलाई मेलम्चिको खाचो पर्दैनथ्यो। त्यही आशुको भेलले मेलम्चिको खाँचो टर्थ्यो। जलश्रोतमा विश्वमै दोश्रो ठूलो मुलुक भनिए पनि लाखौं परिवार स्वच्छ पिउने पानीबाट अझै बन्चित छन्। कृषिप्रधान मुलुक भन्नलाई त भनिन्छ तर सिचाइको ब्यबस्था छैन। आकाशे पानीको भरमा कृषि अर्थतन्त्र धानिएको छ। युवाहरू प्रत्येक दिन दुई हजार हाराहारीको सङ्ख्यामा बिदेश हान्निन्छन। के-के न गर्छु भन्दै सपना बोकेर गएकाहरु फर्किदा बाकसमा सजिएर फर्किएको देख्दा मन कुडिन्छ। बर्तमान शासन ब्यबस्था प्रती घृणा जाग्छ। पैसा नभएर गरीब हुनु आफ्नो ठाउँमा छ तर पैसा भएर पनि हामी त्यो खर्च गर्न सकिरहेका छैनौं। हाम्रो पुजिगत बजेट सधैं 'फ्रीज' भैरहेको हुन्छ। सुनको थाल बोकेर हामी माग्न हिडिरहेका छौं।
यो देश बन्ने अनेक 'रीजन' हुँदाहुँदै 'भिजन'को अभावले देशको हविगत आज यस्तो छ ।
यी सारा लथालिङ्ग देख्दा/भोग्दा यो पङ्तिकारलाई पनि यस्तो लाग्छ कि- "राजनितीमा जाऊँ र देशलाई कसरी 'ट्र्याक'मा हिडाउनुपर्छ भन्ने कुरा हाम्रा 'हजुरबा' हरुलाई (जसले देश हाकिरहेछन) सिकाइदिऊँ ।" तर त्यसो गरिहाल्न पनि सकिन्नँ/सक्दिनँ । पङ्तिकार नेपाली साहित्यको बिध्यार्थी भएकाले भावनामा बहकिनु स्वाभाविक हो, यसलाई म स्वाभाबिकै मान्छु तर भावना र यथार्थ एकै हैन। हुँदैन। त्यो बुझेको छु- मैले।
भोको पेटले 'समाज सेवा' गर्न नसकिने यथार्थ बुझेरै म यो भोको पेट भर्नतिर लागेको हुँ। मजस्ता लाखौं युवायुवतीहरुलाई यही पेट भर्नै पर्ने बाध्यताले डोहोर्याएर अरबको ५० डिग्री तातोमा पुर्याएको छ। कतिलाई यहि पेटले गर्न हुने नहुने काम गर्न बाध्य पारेको छ।
दर्शना बैनी,
तिमी काठमाडौको मेयरमा उठ्ने खबर पाएदेखी तिम्रा हरेक अन्तर्वार्ता खोजीखोजी पढ्न/हेर्न थालेको छु। हुन त पैला पनि तिम्रा क्रियाकलाप ननियालेको भने होइन है ! नियल्ने नै गरेको थिएँ । तिमिलाई यो पत्र लेख्न बस्नु भन्दा अघि तीम्रा दुई टेलिभिजन अन्तर्वार्ता, एक रेडियो अन्तर्वार्ता र तिम्रो फेसबुक प्रोफाइलमा सुरुदेखि अहिलेसम्मका सारा 'पोस्ट' पढेँ। 'युट्युब' मा उपलब्ध (तिम्रा) लगभग सबै भिडियोहरु हेरेँ। तिम्रो समुहको घोषणापत्र पनि पढेँ। नाराहरु निक्कै आकर्षक र कवितात्मक छन्। तर बैनी, काठमाडौं बनाउने स्पष्ट भिजन अझै नपुगेको पो हो कि ? भन्ने मलाई कताकता लागिरह्यो। यो-यो गर्छौं भन्ने खालका कुरा त छन् तर त्यस्ता काम केकसरी गर्छौ ? त्यसकालागी केकती खर्च लाग्छ ? भन्नेजस्ता प्रश्नको चित्तबुझ्दो जवाफ कमसेकम मैले चै अझैसम्म पाइनँ। हुनसक्छ तिमिसङ्ग/तिम्रो समुहसङ्ग त्यस्तो 'भिजन' छ, 'प्लान' छ तर मैले बुझ्न नसकेको हुदो हुँ, यो पनि हुन सक्छ।
"उमेर ठूलो कुरो हैन" तिम्रो यो कुरामा म सहमत छु। तिम्रो कम उमेरलाई लिएर तिमीलाई कम आक्न खोजेको पनि होइन तर सङ्गैका प्रतिद्वन्दीहरु बिच तिमी उमेर बाहेक के अर्थमा फरक छौ ? अन्य प्रतिद्वन्द्वी भन्दा 'एक्स्ट्रा' तिमिमा के छ ? यो प्रश्नको चित्तबुझ्दो जवाफ सारा नेपालीले बिशेशत: काठमाडौंबासीले अझै पाइसकेका छैनन्। तिम्रा अन्तर्वार्ताहरु हेर्दा तिमी घरीघरी आत्तिएको भान हुन्थ्यो। कयौं प्रश्नको जवाफ अझै सटिक पाइएन। तर्कमा भन्दा भावनामा अलि बढी नै बहकिए झैँ लाग्यो। जन्मिदै कोहि पनि जान्ने भएर आएको हुँदैन। सबैले बिस्तारै सिक्दै जाने हो। तर दर्शना बैनी, महानगरपालिकाको मेयरले धेरै कुरा जानेको बुझेको हुनैपर्छ। तिमीमा एक किसिमको ऊर्जा छ, त्यो तिम्रो बोलीमै झल्किन्छ। महानगर बनाउन ऊर्जा पनि चाहिन्छ तर ऊर्जा मात्रै भएर पनि हुँदैन।
दर्शना बैनी,
म कुनै पनि पार्टीको कार्यकर्ता हुइनँ। तसर्थ म कुनै अमुक दलको उमेदवारको जयजयकार गर्नु पर्ने बाध्यताबाट मुक्त छु। आग्रह पुर्वाग्रहबाट मुक्त छु। मैले आजसम्म कुनै पार्टीको झन्डा बोकेको छुइनँ। र बोक्दिनँ भन्ने प्रढ गरेर बसेको थिएँ/छु। तर सही दृस्ठिकोण र भिजन लिएर कुनै नयाँ नेतृत्व आयो भने साथै नदिने भने होइन। तिम्रो समुह 'बिबेकशील नेपाली' प्रती सकारात्मक भएकै कारण दुई तीन पल्ट बिबेकशीलको कार्यल्यमै गएर 'तिम्रो समुहको योजना, अवधारणा पत्र हेरे/ ल्याएरै पढेँ।
दर्शना बैनी, यहाँ "काम गर्छु" मात्रै भनेर हुन्न, काम गर्न नदिनेहरु कोको छन् ? कस्ता कस्ता छन् ? तिनीहरुको जालो कस्तो छ ? कत्रो छ ? त्यो जालोलाई कसरी फेस गर्ने ? भन्ने जस्ता कुराको सूक्ष्म विश्लेषण नगरी काम गर्न खोजेर मात्रै काम बन्दैन। तिमिसङ्गै जुध्नेहरु (एमाले, काङ्ग्रेस,माओवादीकाहरु) चुनाबमा साम दाम दण्ड भेद प्रयोग गर्न खप्पिस छन् । तिम्रै अर्का प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापासङ्ग लामो प्रशासनिक अनुभव र ग्यान छ। उहाँ पनि तिमिजस्तै नयाँ र आशलाग्दा पात्र हुनुहुन्छ। काठमाडौंबासीले नयाँलाई समर्थन गरि नै हाले भने पनि किशोर थापालाई छोडेर तिम्लाई नै किन चुन्नु ? यो प्रश्नको जवाफ तिमिले आगामी अन्तर्वार्तामा दिनैपर्छ। दिनेछौ भन्ने अपेक्षा पनि छ।
हेर दर्शना, यो राजनितीमा आफू चोखो भएर मात्रै हुँदैन। आफुलाई फसाउनेहरुको जालो कस्तो छ ? त्यस्ताका फोहोरी रणनीतिहरुको 'फेस' कसरी गर्ने ? यतातिर पनि ध्यान दिनुपर्छ।
फेरि नेपालको राजनिती बुझ्न अन्तरास्ट्रिय राजनिती बुझेकै हुनुपर्छ। भारत, चिन र अमेरिका, यी तीन पक्षहरुको नेपालमा केकस्ता स्वार्थहरु छन् ? तिनीहरुको 'नेपाल रणनीति' के हो ? यी र यस्ता प्रश्नहरुको सुक्ष्म विश्लेषण नगरिकनै नेपाली राजनितीमा हाम्फाल्नु भनेको 'एक कक्षा नपढी क्याम्पस भर्ना हुनु' जस्तै हो । त्यसरी राजनीतिमा हाम्फाल्नु भनेको नजानिदो गरी छिमेकी र पश्चिमाहरुको योजनामा रणनीतिक हिस्सेदार बन्ने यौटा पात्र थपिनु हो। यो कुरो तिमिले बुझेकै हुनुपर्छ।
२१ बर्ष उमेर बाहेक तिमिसङ्ग अरु प्रतिद्वन्द्वीभन्दा 'एक्स्ट्रा' योजना, भिजन केके छन् ? काठमाडौंको मेयरले अब लगभग २५ अर्ब रुपियाँको ब्यबस्थापन गर्नुपर्ने छ। यसलाई तिमी कहाँ कहाँ कसरी खर्च गर्छौ ? त्यसलाई तिमी मेयर भएपछी एक्दुई गर्दै कसरी कार्यान्वयन गर्छौ ? काम गर्दै जादा काममा बाधा हाल्ने अनेक माफिया, कालोबजारीया, दलाल र गुन्डागर्दी गर्नेहरुले आफ्नो भाग खोज्लान, त्यसलाई तिमी कसरी 'ट्याकल' गर्छौ ? यी प्रश्नहरुको जवाफ तिमिबाट चाहेको छु।
अन्तर्वार्ताका क्रममा तिमिले "हाम्रो बिग्यहरुको एउटा टीम हुनेछ" भनेर भनेकी छौ तर नेपालमा त बिग्यहरु पनी पार्टी निकट गुट निकट, छिमेकी रास्ट्र निकट भएकाहरू हुन्छन्। यस्तो परिस्थितिमा तिमीले तटस्थ र देशप्रेमी बिग्य को हो ? कसरी छुट्याउछौ ? मैले यी प्रश्न किन गर्दै छु भने -बिगतमा ठुलठुला भनिएका, डाक्टर, इन्जिनियरहरुले नै यो देशलाई डुबाउन कुनै कसर बाकी राखेनन्। त्यसैले पनि बेलैमा तिमिलाई यस्ता प्रश्नहरू तेर्साएर सजग गराउन खोजेको हुँ।
तिम्रो अन्तार्वाताको भिडियो हेरिसकेपछी एक दर्शकले यस्तो टिप्पणी गरेको भेटेँ-
"बिबेकशील नेपाली प्रती सकारात्मक धारणा भए पनि काठमाडौंको मेयरमा रन्जुलाई अहिल्यै नउठाएको भए हुन्थ्यो। रन्जु अयोग्य छिन् भन्ने तर्क गर्न खोजेको होइन तर प्रतिस्पर्धिको स्तर केकस्तो छ त्यसै अनुरुप प्रतिद्वन्दी खडा गर्न सक्न पर्थ्यो/पर्छ।"
त्यसै गरि अर्का युवाले यसो लेखेका रहेछन् -
"युवा भएकै कारणले युवाले राम्रो गर्छन् र वृद्ध भएकै कारण बृद्दले देश बिगार्छन" भन्ने तर्क गर्नु जायज हुँदैन। उमेर जतिसुकै भएनि अनुभव, ग्यान, क्षमता र भिजन यी सबै चाहिन्छ ।"
त्यही अन्तर्वार्तालाई लिएर अर्का युवाको प्रश्न रहेछ-
"भावनामा बहेर मात्रै हुन्न। रज्नुमा त्यस्तो ठोस रणनीति कै देखिएन, खाली सतही कुरा गरेर हुन्छ ? धुलो धुवाँ र पानीको समस्या जस्ता सानातिना कुरा गरेर महानगर 'महानगर' बन्छ ?"
साथै यस्तो प्रश्न गरेको पनि भेटियो-
"तिमी २१ बर्षकि छौ भनेर तिमीलाई भोट दिने कि तिमिमा मेयर बन्ने क्षमता छ भनेर तिम्लाई भोट दिने ?"
यस्ता अनेकानेक प्रश्न/जिज्ञासा राख्नेहरुलाई तिमी कसरी 'कन्भिन्स' गर्छौ ? "म उमेरले सानी भएनी यौटा महानगरपालिकाको मेयर हुन चाहिने ज्ञान, क्षमता र 'भिजन' मसङ्ग छ" भन्ने कुरामा केकसरी बिस्वस्त पार्छौ -काठमाडौंबासीलाई ?
दर्शना बैनी,
हामिलाई यो महानगरमा यौटा सक्षम मेयर चाहिएको हो, त्यो चाहे २१ बर्षको होस् या ७० बर्षको। त्यसले कुनै तात्विक फरक पार्दैन। तिमी उमेरका हिसाबले अन्य प्रतिद्वन्द्वीहरु भन्दा सानी छौ, त्यसैले पनि तिमिले अन्यले भन्दा बढी अध्यन अनुसन्धान गरेको हुनैपर्छ -यो काठमाडौं महानगरपालिकाका सम्बन्धमा। अन्य प्रतिद्वन्द्वीहरुसङ्ग अनुभव छ, त्यो अनुभवलाई जित्न सक्ने तिम्रो अध्यन अनुसन्धान हुनुपर्छ, के त्यो तिमिसङ्ग छ ? यो मेयरको उम्मेद्बारी दिनु भन्दा अघि काठमाडौं महानगरपालिकाका बारेमा तिमिले के कति अध्ययन/अनुसन्धान गर्यौ ? सन्सारका महानगरहरु कसरी सुन्दर बन्न सफल भएका रहेछन् भन्ने सम्बन्धमा तिमिले कुन कुन देशको बिस्तृत अध्यन गर्यौ ? तिम्रो 'फाइन्डिङ्स' के रह्यो ? महानगर सुन्दर बनाउन तिमिले कुन मोडल पहिचान गर्यौ ?
"महानगरको बिकासका सम्बन्धमा तिमिले कति डिग्री हासिल गरेकी छौ ?" यो प्रश्न म तिमिलाई गर्दिनँ। यस्तो ठाडो प्रश्न सोध्नु तर्क सङ्गत पनि हुँदैन। किनकी मलाई पनि थाहा छ- बिध्यालय र बिश्वबिद्धालयका डिग्रीले सबैको क्षमता बताउन सक्दैन। मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' हुन्। बिल गेट्स पनि 'ड्रप आउट'। यो संसारलाई हजारौं आविष्कार दिएर गएका थोमस अल्वा एडिसन त झन कुनै औपचारिक बिद्यालयसम्म पनि नगएका पात्र हुन्। यस्ता कलेज 'ड्रप आउट' या स्कुल नै नगएकाहरु कति छन् कति जसले कालान्तरमा बिश्वको ध्यान आफुतिर खिचे/खिच्दै छन्। हिजोका मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' भएकै भरमा आजका 'मार्क जुकर्बर्ग' बनेका होइनन्। कलेजमा रहदा जेजति अध्ययन अनुसन्धान हुन्थ्यो/गरिन्थ्यो त्यो भन्दा बढी अध्ययन अनुसन्धान उनले 'ड्रप आउट' भएपछि गरे। उनको त्यही स्व-अध्ययन + अनुसन्धानले यो बिश्वलाई आज 'ग्लोबल भिलेज' बनाइदियो। अन्यको हकमा पनि लगभग यही नियम लागू हुने हो।
त्यसैले तिमिलाई मेरो प्रश्न छ- महानगर बिकासका सम्बन्धमा तिम्रो आफ्नो स्व-अध्ययन, स्व -अनुसन्धान केकती छ ? केकस्तो छ ?
उम्मेद्बारी दिनकै लागि उम्मेद्बारी दिन त जसले पनि सक्छ तर जित्ने आधार खडा गरेर उम्मेद्बारी दिने चै कमै हुन्छन्। तिमिले आफुले जित्ने आधार खडा गरिसकेरै उम्मेद्बारी दिएकी हौ कि 'हाइलाइट' हुन मात्रै हो ? यो प्रश्न मेरो मात्रै हैन हजारौं युवाहरुको हो।
कुरुप यो काठमाडौंलाई सुन्दर काठमाडौं बनाउन तिमी अरुभन्दा के मानेमा भिन्न छौ ? अरु भन्दा छुट्टै, बेग्लै, विशेष र खास तिमिमा त्यस्तो के छ ? एउटा 'भोटेर'ले भोट हाल्दै गर्दा सम्भवतः यहि प्रश्न आफ्नो मथिङ्गलमा खेलाउँछ।
एक क्षणलाई मान, म यौटा काठमाडौंबासी हुँ। म काठमाडौंको धुलोधुवा, अस्तब्यस्त ढल ब्यबस्था लगायतबाट वाक्क दिक्क छु। पुराना दलहरुले अनेक गर्छु भने तर नगरेकाले म नयाँ ब्याक्तिलाई भोट दिने निस्कर्समा पुगेँ रे। अब नयाँमा पनि मैले दुई जना छान्नु पर्ने भो, कि दर्शना कि किशोर थापा !! अब मैले तिमिलाई नै किन भोट दिने ? कसैलाई भोट दिनु भनेको महानगरको चाबी उसलाई सिम्पिनु हो। सचीव भएर लामो बर्षाैबर्ष काम गरेका किशोर थापालाई छोडेर मैले तिमिलाई नै महानगरको चाबी किन सुम्पिने ?
दर्शना,
तिमिले माथी उल्लेखित प्रश्नको जवाफ मलाई दिनैपर्छ भन्ने ढिपी गर्दिनँ -म। तर तिमी आफैले आफुभित्र खोज- ती प्रश्नहरुको जवाफ। तिमी आफैले आफुसङ्ग सोध। आफैले आफैलाई सोध्दा चित्त बुझ्दो जवाफ आयो भने तिमिलाई मेयर त के यो देशको प्रधानमन्त्री बन्नसमेत कोहि कसैले रोक्न सक्ने छैन।
तर दर्शना ! कथमकदाचित जवाफ चित्तबुझ्दो आएनछ भने "मेरो तैयारी अलि पुगेनछ" भनेर तिमिले आफुलाई निखार्नतिर लाग्नुपर्छ। लाग्नैपर्छ। म कामना गर्छु- जवाफहरु चित्तबुझ्दो आउन्।
दर्शना बैनी, यो पत्र लेख्दै गर्दा मलाई कयौं पल्ट मनमा प्रश्न उब्ज्यो- कतै मैले अन्याय त गरिरहेको छैन ? एउटा युवा नेत्री जो राजनितीमा कै गर्छु भनेर भर्खर भर्खरै आएकी छिन्, उनलाई मैले अनेक प्रश्न गरेर हतोत्साहित त गरिरहेको छुइनँ ? म अलि बढी अक्रामक भएर प्रस्तुत त भइनँ ?
तर यस्तो प्रश्न उब्जिदै गर्दा मलाई मेरा गुरुको भनाई याद आयो। उहाँ भन्नू हुन्थ्यो- "शिक्षकले विद्यार्थीलाई गाली गर्दा जबसम्म शिक्षक स्वयंलाई पीडा हुन्छ, तबसम्म उक्त शिक्षकलाई गाली गर्ने अधिकार हुन्छ। तर जुन दिनदेखि सिक्षकले विद्यार्थीलाई गाली गर्दा आनन्द लिन थाल्छ, त्यसै दिन/ त्यसै क्षणबाट उसले गाली गर्ने अधिकार गुमाउँछ ।"
मेरा गुरुको यही भनाईलाई सम्झिदै तिमि प्रती प्रश्न तेर्साएको हुँ। गुरुको उक्त भनाइ अनुसारै हेर्दा- तिमिलाई यी प्रश्न सोध्दै गर्दा म स्वयंलाई पिडा भैरहेछ, त्यसैले पनि मैले तिमिप्रती प्रश्न गर्ने अधिकार राख्छु भन्ने लाग्छ।
मेरा यी प्रश्न र तिम्रो अन्तर्वार्ता हेरेर दर्शकहरुले गर्ने प्रश्नको जवाफ दिन तिमिलाई खासै गाह्रो नहोला तर तिमिलाई यी प्रश्नहरु सोध्न मलाई चै निकै गाह्रो भैरहेको छ।
मैदानमा ओर्लिने भनेकै जित्नलाई हो। त्यसैले हारीन्छ भन्ने डर मान्नु हुन्न। तर हार्न सकिने सम्भावनालाई पनि खेलाडीले नजरअन्दाज गर्नु हुँदैन। यो बुझ्नु ।
तिमिले जित्नु भनेको मेरो पुस्ताले जित्नु हो। तसर्थ म कहिल्यै चाहान्नँ कि मेरो पुस्ताले हारोस् ।
२०७४/०१/१४

- "यो देश बृदा नेताहरुले बिगारे" भन्दै गर्दा बृद्दाले चै बिगार्छन र युवाले चै बनाउछन नै भनेर भनी हाल्न सकिन्नँ। कुलमान घिसिङ २१/२२ बर्षका छैनन्। लालबाबु पन्डित पनि २१/२२ बर्षका होइनन्। डाक्टर गोविन्द केसी पनि २१/२२ बर्ष होइनन्। तर उहाँहरुले गरेको काम जगजाहेर छ। उमेर धेरै हुनु नै महानगरको मेयर बन्न 'नेगेटिभ पोइन्ट' होइन। त्यसैगरी उमेर थोरै हुनु पनि 'प्लस पोइन्ट' होइन।
हामिलाई यो महानगरमा यौटा सक्षम मेयर चाहिएको हो, त्यो चाहे २१ बर्षको होस् या ७० बर्षको। त्यसले कुनै तात्विक फरक पार्दैन। तिमी उमेरका हिसाबले अन्य प्रतिद्वन्द्वीहरु भन्दा सानी छौ, त्यसैले पनि तिमिले अन्यले भन्दा बढी अध्यन अनुसन्धान गरेको हुनैपर्छ -यो काठमाडौं महानगरपालिकाका सम्बन्धमा। अन्य प्रतिद्वन्द्वीहरुसङ्ग अनुभव छ, त्यो अनुभवलाई जित्न सक्ने तिम्रो अध्यन अनुसन्धान हुनुपर्छ, के त्यो तिमिसङ्ग छ ? यो मेयरको उम्मेद्बारी दिनु भन्दा अघि काठमाडौं महानगरपालिकाका बारेमा तिमिले के कति अध्ययन/अनुसन्धान गर्यौ ? सन्सारका महानगरहरु कसरी सुन्दर बन्न सफल भएका रहेछन् भन्ने सम्बन्धमा तिमिले कुन कुन देशको बिस्तृत अध्यन गर्यौ ? तिम्रो 'फाइन्डिङ्स' के रह्यो ? महानगर सुन्दर बनाउन तिमिले कुन मोडल पहिचान गर्यौ ?
"महानगरको बिकासका सम्बन्धमा तिमिले कति डिग्री हासिल गरेकी छौ ?" यो प्रश्न म तिमिलाई गर्दिनँ। यस्तो ठाडो प्रश्न सोध्नु तर्क सङ्गत पनि हुँदैन। किनकी मलाई पनि थाहा छ- बिध्यालय र बिश्वबिद्धालयका डिग्रीले सबैको क्षमता बताउन सक्दैन। मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' हुन्। बिल गेट्स पनि 'ड्रप आउट'। यो संसारलाई हजारौं आविष्कार दिएर गएका थोमस अल्वा एडिसन त झन कुनै औपचारिक बिद्यालयसम्म पनि नगएका पात्र हुन्। यस्ता कलेज 'ड्रप आउट' या स्कुल नै नगएकाहरु कति छन् कति जसले कालान्तरमा बिश्वको ध्यान आफुतिर खिचे/खिच्दै छन्। हिजोका मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' भएकै भरमा आजका 'मार्क जुकर्बर्ग' बनेका होइनन्। कलेजमा रहदा जेजति अध्ययन अनुसन्धान हुन्थ्यो/गरिन्थ्यो त्यो भन्दा बढी अध्ययन अनुसन्धान उनले 'ड्रप आउट' भएपछि गरे। उनको त्यही स्व-अध्ययन + अनुसन्धानले यो बिश्वलाई आज 'ग्लोबल भिलेज' बनाइदियो। अन्यको हकमा पनि लगभग यही नियम लागू हुने हो।
त्यसैले तिमिलाई मेरो प्रश्न छ- महानगर बिकासका सम्बन्धमा तिम्रो आफ्नो स्व-अध्ययन, स्व -अनुसन्धान केकती छ ? केकस्तो छ ?
उम्मेद्बारी दिनकै लागि उम्मेद्बारी दिन त जसले पनि सक्छ तर जित्ने आधार खडा गरेर उम्मेद्बारी दिने चै कमै हुन्छन्। तिमिले आफुले जित्ने आधार खडा गरिसकेरै उम्मेद्बारी दिएकी हौ कि 'हाइलाइट' हुन मात्रै हो ? यो प्रश्न मेरो मात्रै हैन हजारौं युवाहरुको हो।
कुरुप यो काठमाडौंलाई सुन्दर काठमाडौं बनाउन तिमी अरुभन्दा के मानेमा भिन्न छौ ? अरु भन्दा छुट्टै, बेग्लै, विशेष र खास तिमिमा त्यस्तो के छ ? एउटा 'भोटेर'ले भोट हाल्दै गर्दा सम्भवतः यहि प्रश्न आफ्नो मथिङ्गलमा खेलाउँछ।
एक क्षणलाई मान, म यौटा काठमाडौंबासी हुँ। म काठमाडौंको धुलोधुवा, अस्तब्यस्त ढल ब्यबस्था लगायतबाट वाक्क दिक्क छु। पुराना दलहरुले अनेक गर्छु भने तर नगरेकाले म नयाँ ब्याक्तिलाई भोट दिने निस्कर्समा पुगेँ रे। अब नयाँमा पनि मैले दुई जना छान्नु पर्ने भो, कि दर्शना कि किशोर थापा !! अब मैले तिमिलाई नै किन भोट दिने ? कसैलाई भोट दिनु भनेको महानगरको चाबी उसलाई सिम्पिनु हो। सचीव भएर लामो बर्षाैबर्ष काम गरेका किशोर थापालाई छोडेर मैले तिमिलाई नै महानगरको चाबी किन सुम्पिने ?
दर्शना,
तिमिले माथी उल्लेखित प्रश्नको जवाफ मलाई दिनैपर्छ भन्ने ढिपी गर्दिनँ -म। तर तिमी आफैले आफुभित्र खोज- ती प्रश्नहरुको जवाफ। तिमी आफैले आफुसङ्ग सोध। आफैले आफैलाई सोध्दा चित्त बुझ्दो जवाफ आयो भने तिमिलाई मेयर त के यो देशको प्रधानमन्त्री बन्नसमेत कोहि कसैले रोक्न सक्ने छैन।
तर दर्शना ! कथमकदाचित जवाफ चित्तबुझ्दो आएनछ भने "मेरो तैयारी अलि पुगेनछ" भनेर तिमिले आफुलाई निखार्नतिर लाग्नुपर्छ। लाग्नैपर्छ। म कामना गर्छु- जवाफहरु चित्तबुझ्दो आउन्।
दर्शना बैनी, यो पत्र लेख्दै गर्दा मलाई कयौं पल्ट मनमा प्रश्न उब्ज्यो- कतै मैले अन्याय त गरिरहेको छैन ? एउटा युवा नेत्री जो राजनितीमा कै गर्छु भनेर भर्खर भर्खरै आएकी छिन्, उनलाई मैले अनेक प्रश्न गरेर हतोत्साहित त गरिरहेको छुइनँ ? म अलि बढी अक्रामक भएर प्रस्तुत त भइनँ ?
तर यस्तो प्रश्न उब्जिदै गर्दा मलाई मेरा गुरुको भनाई याद आयो। उहाँ भन्नू हुन्थ्यो- "शिक्षकले विद्यार्थीलाई गाली गर्दा जबसम्म शिक्षक स्वयंलाई पीडा हुन्छ, तबसम्म उक्त शिक्षकलाई गाली गर्ने अधिकार हुन्छ। तर जुन दिनदेखि सिक्षकले विद्यार्थीलाई गाली गर्दा आनन्द लिन थाल्छ, त्यसै दिन/ त्यसै क्षणबाट उसले गाली गर्ने अधिकार गुमाउँछ ।"
मेरा गुरुको यही भनाईलाई सम्झिदै तिमि प्रती प्रश्न तेर्साएको हुँ। गुरुको उक्त भनाइ अनुसारै हेर्दा- तिमिलाई यी प्रश्न सोध्दै गर्दा म स्वयंलाई पिडा भैरहेछ, त्यसैले पनि मैले तिमिप्रती प्रश्न गर्ने अधिकार राख्छु भन्ने लाग्छ।
मेरा यी प्रश्न र तिम्रो अन्तर्वार्ता हेरेर दर्शकहरुले गर्ने प्रश्नको जवाफ दिन तिमिलाई खासै गाह्रो नहोला तर तिमिलाई यी प्रश्नहरु सोध्न मलाई चै निकै गाह्रो भैरहेको छ।
मैदानमा ओर्लिने भनेकै जित्नलाई हो। त्यसैले हारीन्छ भन्ने डर मान्नु हुन्न। तर हार्न सकिने सम्भावनालाई पनि खेलाडीले नजरअन्दाज गर्नु हुँदैन। यो बुझ्नु ।
म चाहान्छु- तिम्रो जितको एकमात्र कारण तिम्रो २१ बर्षे उमेर नहोस्। बरु तिम्रो क्षमता, तिम्रो ज्ञान, तिम्रो ऊर्जा र तिम्रो 'भिजन' तिम्रो जितको कारण होस्/बनोस्।
- तिमिलाई धेरैधेरै सुभकामना छ !!
उहि
तिम्रो सुभ चिन्तक
तिम्रो सुभ चिन्तक
- निरक्षर निरौला
हैट कडा छ।
ReplyDeleteतटस्थ भएर लेखेको यौटा गहन पत्र।
ReplyDeleteरन्जु दर्सनाले हेर्नै पर्ने रैछ।
gajab lagyo ..
ReplyDeleteyasaima ranjuu darshana ko jawaf aidie kya kaida hune
ReplyDeletethikai ho tara bharkhar rajnitima chireko manxelai yati dherai prash nasodhe ko bha hune
ReplyDeletekham ma ticket halerai pathaidinu paryo aba
ReplyDeletebibeksil nepalile padnai parne raixa
ReplyDeletepaila k k bhanne ani lastma
ReplyDeleteतिमिले जित्नु भनेको मेरो पुस्ताले जित्नु हो। तसर्थ म कहिल्यै चाहान्नँ कि मेरो पुस्ताले हारोस् ।
"तिमी २१ बर्षकि छौ भनेर तिमीलाई भोट दिने कि तिमिमा मेयर बन्ने क्षमता छ भनेर तिम्लाई भोट दिने ?"
ReplyDeleteहेर दर्शना, यो राजनितीमा आफू चोखो भएर मात्रै हुँदैन। आफुलाई फसाउनेहरुको जालो कस्तो छ ? त्यस्ताका फोहोरी रणनीतिहरुको 'फेस' कसरी गर्ने ? यतातिर पनि ध्यान दिनुपर्छ।
ReplyDeletebhavanama bager hudain
ReplyDeletesabai kura bujer aunu parxa
natra don mafiya le sidhyaidinxan
एक क्षणलाई मान, म यौटा काठमाडौंबासी हुँ। म काठमाडौंको धुलोधुवा, अस्तब्यस्त ढल ब्यबस्था लगायतबाट वाक्क दिक्क छु। पुराना दलहरुले अनेक गर्छु भने तर नगरेकाले म नयाँ ब्याक्तिलाई भोट दिने निस्कर्समा पुगेँ रे। अब नयाँमा पनि मैले दुई जना छान्नु पर्ने भो, कि दर्शना कि किशोर थापा !! अब मैले तिमिलाई नै किन भोट दिने ? कसैलाई भोट दिनु भनेको महानगरको चाबी उसलाई सिम्पिनु हो। सचीव भएर लामो बर्षाैबर्ष काम गरेका किशोर थापालाई छोडेर मैले तिमिलाई नै महानगरको चाबी किन सुम्पिने ?
ReplyDelete२१ बर्ष उमेर बाहेक तिमिसङ्ग अरु प्रतिद्वन्द्वीभन्दा 'एक्स्ट्रा' योजना, भिजन केके छन् ?
ReplyDeletename nirakxar tara article ta gajab lagyo
ReplyDeletelogical xa
धन्यवाद सर लेख पढ्नु भएकमा ।
Deletethula thula sapana dekhaune le desh banae usobha?
ReplyDeletesanosano kura garer nai desh banni ho
ali badhi negative perspective bhayo ki ?
ReplyDeleteतिमिले माथी उल्लेखित प्रश्नको जवाफ मलाई दिनैपर्छ भन्ने ढिपी गर्दिनँ -म। तर तिमी आफैले आफुभित्र खोज- ती प्रश्नहरुको जवाफ। तिमी आफैले आफुसङ्ग सोध। आफैले आफैलाई सोध्दा चित्त बुझ्दो जवाफ आयो भने तिमिलाई मेयर त के यो देशको प्रधानमन्त्री बन्नसमेत कोहि कसैले रोक्न सक्ने छैन।
ReplyDeletewa wa
ReplyDeletekya damdar lekh xa
padhnai parne lekh
धन्यवाद सर लेख पढ्नु भएकमा ।
Delete✌✌✌
ReplyDeleteranju lai yata bolaunu paro
ReplyDeleteranjuko utar pani paun pae majja autho
mane guru mane maile tapai lai
ReplyDelete😀😁😀
Deletekuro yasto raixa
ReplyDeletekhali hawama kuder pani hunxa ?
तिमिलाई मेरो प्रश्न छ- महानगर बिकासका सम्बन्धमा तिम्रो आफ्नो स्व-अध्ययन, स्व -अनुसन्धान केकती छ ? केकस्तो छ ?
ReplyDeleteasti shyal bahadur r fussa kamal bhaner aafno harkat dekhai sakin.
ReplyDeletekai garlin bhanne lageko thyo uni pani puranai jasti raixin.
same on you
कै नबुजी रज्नितिमी हम्फल्नु हुन्न नानी
ReplyDeleteपैल राजनीति रम्ररी पढ बुझ सिक अनि आउ मैदानमा
केटाकेटी कुरा गरेर हुन्न
ranju bainy
ReplyDeletepaila kasari bolne ke bolne trainig lier aau
natra rajniti suru nagardai sakiela
bichar putau nani
umer chh hatar nagar
नेपालको राजनिती बुझ्न अन्तरास्ट्रिय राजनिती बुझेकै हुनुपर्छ। भारत, चिन र अमेरिका, यी तीन पक्षहरुको नेपालमा केकस्ता स्वार्थहरु छन् ? तिनीहरुको 'नेपाल रणनीति' के हो ? यी र यस्ता प्रश्नहरुको सुक्ष्म विश्लेषण नगरिकनै नेपाली राजनितीमा हाम्फाल्नु भनेको 'एक कक्षा नपढी क्याम्पस भर्ना हुनु' जस्तै हो ।
ReplyDeleteनेपालका सारा मिडिया विशेष गरि अन्लाइन मिडिया रन्जुलाई जिताउन ज्यु ज्यान छाडेर लागेका छन्।
ReplyDeleteसमाचार पनि उनैको लबिङ गर्दै छापेका छन् तर ती सब समाचार लेखहहरुको काउन्टर अट्याक गर्ने यो मात्रै एउटा लेख भेटियो
hats off nirakshar sir