नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, April 18, 2017

                       गजल 
                    भुजङ्गप्रयात छन्द - ।ss ।ss ।ss ।ss

      निको छैन चाला, उहाँ भन्नु हुन्छ 
      बिलाएर जाला, उहाँ भन्नु हुन्छ 

      यहाँ हिड्न गाह्रो छ है देशलाई
      भिराला उकालाउहाँ भन्नु हुन्छ 

      बलेको छ दन्दन्, छ आगो दिलैमा
      नसल्काउ ज्वाला, उहाँ भन्नु हुन्छ 

      हुँदै हुन्न शान्ती तिमी बुझ्नु सङ्गी
      चलाएर भालाउहाँ भन्नु हुन्छ 

      घरैभित्र छिर्‍यो, ल है चोर आज
     फुटाएर ताला, उहाँ भन्नु हुन्छ 

                                 - निरक्षर निरौला

No comments:

Post a Comment