नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, April 5, 2017

दोहोरो मापदण्डको यो जिन्दगी

दोहोरो मापदण्डको यो जिन्दगी

अन्य मुलुकको त म भन्न सक्दिनँ तर मेरो यो मुलुकका सन्दर्भमा भन्दैछु। यहाँ मान्छे दुइटा मुहार लिएर यो समाजमा बाचिरहेको छ। एक- जो ऊ देखिन्छ । या भनौं जस्तो ऊ देखिने प्रयत्न गर्छ। अर्को- बास्तबमै जस्तो ऊ छ । बाहिरी हेर्दा देखिँदा बडो सभ्य, शिष्टआचारी देखिनेहरु भित्र चै धुर्त र भ्रष्टाचारी भएको उदाहरण हाम्रै  वरिपरि नै प्रस्सस्तै छ ।

यो मुलुक बनेन भन्ने चिन्ता त सबैलाई छ तर किन बनेन भनेर सोच्नतिर कसैको ध्यान जादैन। सबै जना कतिबेला देशको श्रोत साधन लुट्न पाइन्छ भनेर बसेका छन्। नोट: यहाँ सबै भन्नाले ती ८०% नेपाली पर्छन् जो आफुलाई रास्ट्रवादी र सभ्य नागरिक भन्न लालायित हुन्छन्।

मैले बाचेको समय अचम्म किसिमको छ। यहाँ सबैलाई मुलुक सपृएको हेर्न/देख्न मन चह तर उनिहरु नै यो देशलाई लुट्न छोड्नैनन। अचम्म त यो छ कि कसैले "म आफ्नो इमान्दारीका साथ आफ्नो पसिनाको कमाइ मात्रै खान्छु, देश लुट्दिन" भनेर भन्यो भने त्यो मनुवा त लाटो ठहरिन्छ। कठै बरा ! पात्र बन्छ।

हैन हामी आखिर कस्तो समयमा बाचिरहेका छौ ? हामी हाम्रा छोराछोरीलाई इमान्दारी, सत्यता र पसिनाको कमाइमा बिश्वास गर्नुपर्छ भन्दै सिकाउछौ तर के आफू अभिभाभक भएर त्यो मार्गमा खुद हिड्न सकेका छौ ? आफ्नो छातिमा हात राखेर के हामी भन्न सक्छौं कि - "मैले मेरो जीवनमा जेजती कमाएको छु, त्यो मेरा इमान्दारीता र मेहनतको कमाइ हो" भनेर ? जो राज्यको साधन श्रोतको अधिकतम दुरुपयोग गरि आफ्नो महल खडा गर्छ, श्रीसम्पती जोड्छ, तलदेखि माथीसम्मै सेट्टिङ्ग मिलाएर भ्रस्टाचार गर्छ, जो  म सरकारी कर्मचारी हु त भन्छ तर सरकारप्रति कहिल्यै बफादार हुँदैन। उनिहरुकै इज्जत हुन्छ यो समाजमा। बडो दुख लाग्दो कुरा छ। सबैलाई थाहा छ यो समाजमा कि- कुन ब्याक्ती आफ्नो मेहनत पसीनाले धनाढ्य भएको हो ? र कुन चै भ्रस्टाचार गर्दै मालामाल भएको हो ? सबैलाई थाहा छ। तपनी समाज उनिहरुप्रती नै नतमस्तक छ। परिवार नातागोता इस्टमित्रहरु पनि "वा वा" भन्दिन्छन त्यस्ताहरुको जीवन शैली प्रती। बडो खेद छ यो समाज्प्रती मेरो। फेरी नैतिकताको पाठ सिकाउने तिनिहरु नै हुन्छन प्रायः जोजसले आफ्नो जिबनभर नैतिकता भन्ने बुझेनन्/जानेनन। मलाई अचम्म त यो कुरामा लाग्छ कि जब तिनीहरुका छोराछोरी अलि बुझ्ने हुन्छन्। आफ्ना अभिभाभक कति भ्रष्ट कर्म गरेर यो जिबन्शैलीमा बस्छन् भन्ने बुझ्छन् त्यस दिन देखि ती अभिभाभकले आफ्ना छोराछोरीसङ्ग कसरी आखा जुधाउदा हुन् ?

यो समयले मलाई पनि लाटो हैन बाठो बन्न बाध्य तुल्याउदै छ ।

No comments:

Post a Comment