नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, April 30, 2017

नेपालको राजनीति केकस्तो छ ? बुझ्नै पर्ने कुरा


मलाई थुप्रै साथि भाइ र मित्रहरूले प्रश्न गर्नुहुन्छ- नेपालको राजनितीमा को सहि को गलत कसरी छुट्याउने ? यसको कुरा सुन्यो यहीँ ठिक लाग्छ । उसको कुरा सुन्यो उहीँ ठिक जस्तो लाग्छ ।"

वास्तवमा नेपालको राजनीति सरल छैन, बडो जटिल छ। यहाँ कतिबेला कुन नेतालाई सनक चढेर के हुन्छ ? कै भन्न सकिन्नँ। नेताहरू असक्षम हुन् या उनिहरुलाई चल्नै दिइदैन ? या नेताहरूको जन्मनै बाहिरियाहरुको रणनीति अनुसार गराइन्छ ? आखिर कुरा के हो ? हामीले देश बनाउन नसकेको हो कि हाम्रो देश बन्नै नदिनेहरुको चलखेल हो ?  

यी सब प्रश्नहरूको उत्तर दिन सजिलो छैन। उत्तर दिइहाल्दा पनि आधारभूत पृष्ठभुमि नबुझी कै बुझिदैन । तसर्थ त्यस्ता प्रश्नहरुको उत्तर थाहा पाउनु भन्दा अघि जान्नै पर्ने केही कुराहरू छन्, जसलाई जानिसकेपछी त्यस्ता प्रश्नका उत्तर कसैले बताउदा बुझ्न र विश्लेषण गर्न सकिन्छ। त्यसैका लागि मैले यहाँ यी केही भिडियो राखेको छु। 
चुरो कुरो नबुझी नेपाली राजनीतिका बारे टिप्पणी गर्दा टिप्पणी गर्ने ब्याक्ति नै गलत हुन पुग्छ। तसर्थ कम्तिमा पनि यहाँ तल उल्लेख गरिएका विभिन्न बुद्धिजीवीका आठ/दस अन्तर्वार्ता हेरौं। अनि त्यसपछि राजनितीका बारेमा टिप्पणी गर्न सुरु गरौं। यी भिडियोमा अभिव्यक्त एकेक कुरा मनन गरिसकेपछि बल्ल नेपाली राजनितीको ABCD बुझिएको ठहर्छ। लगभग १५० भन्दा बढी अन्तर्वार्ता भिडियोहरुबाट मुस्किलले यी अन्तर्वार्ता छानिइएको हो। 
स्मरण रहोस्- ABCD सिकेर मात्रै हुँदैन। त्यसपछि word र त्यसको meaning बुझ्नुपर्छ । त्यसपछी sentence formation सिक्नु/बुझ्नुपर्छ। ब्याकरण बुझ्नुपर्छ। ती सब त छदैछ।
तर अहिलेलाई चै .... आउनुस नेपाली राजनितीको ABCD सिकौं ।

... A ...
नेपाललाई भारतले कसरी खेलाउछ ? त्यसका बारेमा विश्लेषण गर्दै -नारायणमान बुझुक्छे 'रोहित'

.... B ....
नेपालको न्यायालयमा कतिसम्मको भ्रस्टाचार छ ? त्यसका बारेमा बताउदै- सर्बोच्च अदालतकै वरिष्ठ न्यायाधीश प्रकाश वस्ती 


...C ....
यो देश कसरी डुब्दै डुब्दै गयो ? भन्ने सम्बन्धमा मेरा गुरु प्रा. डा. सुरेन्द्र केसीको विश्लेषण



...D...
अन्तर्राष्ट्रिय शक्ति र भारतले नेपाललाई कसरी आफ्नो पन्जामा पारेको छ ? भन्ने कुरा विश्लेषण गर्दै- भरत दाहाल 



...E...
इतिहासदेखी बर्तमानसम्म केके भो ? भन्ने सम्बन्धमा युबराज गौतमको विश्लेषण

.... F ...
नेपालको शिक्षा क्षेत्र कसरी ध्वस्त पारियो/पारिदै छ ? - केदारभक्त माथेमा सरसङ्गको छलफल 

.... G ...
नेपालमा दस बर्षे जनयुद्ध गरिनुको कारण के हो ? भन्ने बारेमा भरत दाहालको एक तथ्यगत बिस्लेशण

... H ...
परिवर्तनका नाममा दलहरू कसरी देश सिध्याउदै छन ? भन्ने बारे पेशल निरौलाको एक बिस्लेशण

No comments:

Post a Comment