नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, August 24, 2016

"Placebo Effect"

"Placebo Effect" लगभग सन १९५० तिर पश्चिमाहरुले "Placebo Effect" को अवधारणा ल्याए । त्यो अवधारणाले के भन्छ भने- बिरामीलाई औषधीले मात्रै निको पार्दैन बरु औषधी प्रति उक्त बिरामीको बश्वासले रोग निको हुन्छ । यो बिधिमा के गरिन्छ भने- बिरामीलाई वास्तविक औषधी नदिएर औषधी जस्तो देखिने चक्की दिइन्छ वा सिरिन्ज लगाउनु पर्ने भए नक्कली सिरिन्ज लगाइन्छ । यो बिधिको यौटै शर्त भनेको बिरामीलाई दिन लागिएको चक्की वा सिरिन्ज नक्कली हो भन्ने कुरा उसलाई थाहा दिनु हुँदैन । "Placebo Effect" ले सम्पूर्ण रोग र सबै खाले बिरामीमा उस्तै गरी काम गर्न नसक्ला । तर थुप्रै पटकको अनुसन्धान र प्रयोगले यो बिधी निक्कै प्रबावकारी देखिएको छ । पश्चिमाहरुले यो बिधी बारम्बार प्रयोग र परिक्षण गरी अनुसन्धान पत्रमा के सम्म लेखेका छन भने- "Placebo Effect" ले सामान्य रोग मात्रै हैन, सर्जरी गर्नै पर्ने खालका रोगहरु समेत निको भएको छ । ठ्याक्कै यही अबधारणामा आधारित भएर हजारौं बर्ष देखी पुर्बिय जगतमा धामी झाक्रिहरुले लाखौं बिरामी निको पारे । आज पनि दुर्गम भेगमा जहाँ डाक्टर पुगेका छैनन् त्यहाँ धामी झाक्रिहरुले नै सयौं बिरामीलाई झारफुक र बुटिका भरमा निको पार्दै छन् । तर अचम्म यो छ कि पश्चिमाहरुले त्यही काम गर्दा Placebo Effect हुने । बिरामी उपचार गर्ने नयाँ बिधी मानिने । अनी पुर्बियहरुले चाँही त्यही बिधी प्रयोग गर्दा रुढीवादी र अन्ध-विश्वास हुने ? बुझेर बुझी नसक्नु छ बा !

No comments:

Post a Comment