तैंले चै कती मलामी कमाएको छस् त शंकर ?
जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहदा प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको सम्भाब्यता लगभग यस्तै यस्तै हुन्छ,छ ।
यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि जीवन लीला समाप्त हुने सम्भावना रहन्छ । यहाँ यसो भनिरहनुको तात्पर्य के हो भने जिबन छोटो छ, यो कस्तो र कत्रो छ भन्ने पहिल्याउनै खोज्दा खोज्दै यत्तिकै सकिन्छ ।
मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । त्यसका निमित्त प्रत्येक ले फरक माध्यम शैली र बिषय अपनाउछन । मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कबी मोतिराम भट्ट बिक्रम सम्बत् १९२३ मा आएर १९५३ सालमा गए । केबल ३० बर्षर हेछ उनको हातमा । या भनौ निधारमा । त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले के-के सम्म गर्न सक्छ ?भन्ने कुरो प्रमाणीत गरेर गए । उनको पोल्टामा त्यो तिस बर्ष रैछ ।
यही नेर मेरो 'म' ले प्र्श्न गर्छ - मेरो भागमा चै आखिर कती बर्ष छ ? तीस बर्ष....चालिस बर्ष.... या त्यो भन्दा काम या त्यो भन्दा बढी ?
कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु । अनी सोच्छु - म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?
मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे कथम कदाचित मरी गए यस्का मलामी कत्तिको सन्ख्या मा होलान ? १०/१५, ५०/ ६०, १००/२०० या २/ ४ हजार या लाख/ लाखौं ? अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ? त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।
...
No comments:
Post a Comment