नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, November 2, 2016

उसलाई स्वागत छ



ब्यङ्यात्मक टिप्पणी- भारतीय राष्ट्रपतिको भ्रमणका सन्दर्भमा 


          उसलाई स्वागत छ


जसले अभावमा लोप्पा खुवायो, उसलाई स्वागत छ 
जसले मेरो माटोलाई रुवायो, उसलाई स्वागत छ 

हो, उसैले हो हिजो यो मुटु र कलेजोमा छुरा धसेको
हेर... आज ऊ मुस्कुराउँदै आयो, उसलाई स्वागत छ 

'यस् म्यान हुँदिन' भन्दै पाखुरी सुर्किनेहरुलाई समेत
हेर्नुस् ... अन्तत: उसैले फकायोउसलाई स्वागत छ 

आज बडो उदार हुँदै .... दोस्ती गर्न आइबक्सिएको छ
हिजो जसले हामीलाई छिर्के लगायो, उसलाई स्वागत छ 

तिम्रो मुलुक, तिम्रो संबिधान, तिमी आँफै बनाऊ भन्यो तर
"यो यो चैं हुनुपर्छ" भन्दै बिशेष दुत खटायो, उसलाई स्वागत छ 

- निरक्षर निरौला 
  फत्तेपुर, सप्तरी । 

No comments:

Post a Comment