नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, November 9, 2016

    Trump लाई हेर्ने मेरो आफ्नै चस्मा

             
                    Trump लाई हेर्ने मेरो आफ्नै चस्मा

बिगत एक हप्ता यता देखि सामाजिक संजालमा US President Election को भुत राम्रै सङ्ग सवार भो। हामी नेपाली अहिले सुचनाको राम्रै पहुँच राख्ने भैसकेका हुनाले अमेरिकाको चुनाब हाम्रो चियागफ, छलफल र बादबिबादको विषय बन्नु सामान्य नै मान्नु पर्नेहुन्छ। यसै क्रममा मेरा एक मित्रले फेसब स्ट्यायसर्थ  राखेका थिए-

"अमेरिकाको अगामी रास्ट्रपति को हो ?
१.. हीलारी क्लिन्टन
२.. डोनाल्ड ट्रम्प"

मैले त्यो स्ट्याटसमा के कस्तो प्रतिकृया आएछ भनेर सबै कमेन्ट हेरे। एकेक कमेण्ट गन्दै गए। जम्मा बाईस ओटा कमेन्ट रहेछन्। ती बाइसै जनाले "हीलारी क्लिन्टनले जित्छिन" भन्ने किसिमको प्रतिकृया दिएका थिए। हावा हिलारी क्लिन्टन तिरै बहेकाले मैले पनि त्यसैमा तेइसौ कमेन्ट थपिदिए-
" हिलारी क्लिन्टन"

तर 'हीलारी क्लिन्टन' लेखि सकेपछि लगत्तै लेखे-
"तर म डोनाल्ड ट्रम्पको समर्थक हुँ।"

मैले त्यति के लेखेको थिएँ, मित्रहरु म माथी खनिन थाल्नु भो-
- "त्यस्तो  sexual harassment गर्ने ट्रम्पलाई सपोर्ट गर्ने ?"

- "हैन, तिमी कस्तो मान्छे हौ ?"

 - "त्यति राम्री हीलारी हुँदा हुँदै ट्रम्पलाई सपोर्ट गर्ने ?"

- "ट्रम्प जस्तो कट्टर कोहि छैन बुझ्यौ ?"

- "पुरुषवादी सोच ।" (महिला मित्रको रीप्लाइ)

म सङ्ग पनि उत्तर तैयार नै थिए। तर मैले केही लेख्निरहनु जरुरी ठानिन। बिरोधका लागि 'बिरोध' गर्न म सङ्ग पनि त्यस्तै तर्क हुन सक्थे तर मैले प्रतिवादमा कै लेखिन। ति मित्रहरूका त्यस्ता प्रश्नहरु मन नपरे नि ती प्रश्नहरुरुलाई 'लाइक' गरिदिएर साइड लागे- म।

हीलारी क्लिन्टनले जित्छिन भन्ने अनुमान त मैले पनि लगाएको हुँ तर हिलारीले ट्रम्पलाई सजिलै गरी जित्न चै गाह्रो गाह्रै छ भन्ने लागिरहेकै थियो। सारा मीडियाले मत सर्बेक्षणमा "हिलारीले नै जित्ने छिन" भनेर भनिरहेकाले  अमेरिका भन्दा सात समुन्द्र पारी बस्ने म जस्तालाई त्यहाँका मीडियाको प्रभाव पर्ने नै भो। हावा जता जता बह्यो, त्यतै त्यतै बहनु हामी नेपालीको स्वाभाव पनि त हो नि ।

तर हावा बहेको दिशातिर नतिजा बहेन। अर्थात् हावा बहेको बिपरित दिशातिर नतिजा बहयो।

...............

Donald Trump हाम्रा लागि कट्टर जस्तो लागे पनि त्यो देशका नागरिकका लागि रास्ट्रवादी हुन। अमेरिकन नगरिकका लागि राम्रा राजनेता हुन। जुन कुरा उनले पाएको इलेक्ट्रोल कलेजको भोटले नै थाहा हुन्छ । इलेक्ट्रोल कलेजको कुल ५३८ भोट मध्ये  २८९ भोट उनै ट्रुम्पलाई गएको छ। जबकी रास्ट्रपतिमा चुनिन २७० भोट भए पुग्थ्यो।

भन्नेहरुले ट्रुम्पलाई   "महिलालाई यौन दुर्व्यवहार गर्ने ब्याक्ती हुन" भनेर भन्छन् तर यो पनि मिडियाले अनावश्यक रुपमा पुर्बाग्रही हुँदै उछालेको हो। यदि उनी साच्चै यौन कान्डमा मुछिएकै हुन भने उनलाई पीडितहरुले लगाएको आरोप किन अहिले आएर मात्रै बाहिर आयो। त्यति बेलै किन आएन जतिबेला ती र त्यस्ता घटना भए ?
रास्ट्रपतिमा ट्रम्पको उमेद्वारी भए पछि अथवा त्यो भन्दा अघि रीपब्लिकनबाट उनी बलिया उमेद्वार हुँदै गएपछी उनका बिरुद्धमा सारा मीडिया CNN, The Newyork Times ल्लगायत मज्जाले लाग्न थाले। त्याहाको प्रमुख मध्ये The Newyork Times त क्लिन्टनका पक्षमा खुलेरै लागेको देखिन्छ। कसरी हुन्छ ट्रम्पलाई न्याक्नु त्यो मीडियाको ध्यय थियो। यहाँसम्म कि त्यो पत्रीकाले त सम्पादकीयमै "हामी हिलारीलाई समर्थन गर्छौ" सम्म भनेको थियो। यसर्थ के भन्न सकियो भने त्यहाका मीडिया सरकारको इशारामा चल्दा रहेछन्। हुन त ट्रम्प धनाढ्य बर्गकै हुन तर उनले त्यहाका मिडिया हाउसलाई किन्न तिर लागेनन् । अथवा यसो भनौं - ट्रम्पले ती मिडिया हाउसलाई पैसा खुवाउन खोज्नु भन्दा पहिले नै हिलारी क्लिन्टनले ती मिडियालाई  किनिइसकेछिन।

The washinton post को 19, october 2016 मा प्रकाशित रीपोर्ट अनुसार हेलारी क्लिन्टनले यो चुनाबमा 1.3 billion $ खर्चिएको देखिन्छ जबकि ट्रम्पको चुनाबी खर्च केबल 795 million $ छ। अर्थात ट्रम्प भन्दा करिब करिब दोब्बर रकम हिलारीले खर्च गरिछन। हीलारीको चुनाबी खर्चको केही हिस्सा CNN, The Newyork Times हरुलाई गएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। (यो केबल अनुमान हो, यर पनि यहाँ शंका गर्ने ठाउँ  भने छ)

त्यसैले ट्रम्पलाई असफल बनाउन केके गर्न सकिन्छ ? कसरी दुनियाँको आखामा छारो हाल्न सकिन्छ ? त्यसको जिम्मा ती बिकाउ मिडियाले लिए। दुनियाँ भर "ट्रम्प केकती कारणले खराब हुन् ?" भनेर फुक्ने काम गरिरह्यो। त्यसका लागि अनेक महिलाहरुलाई उभ्यायो- "ट्रम्पले हामीमाथी यौन दुव्र्यवहार गर्‍यो" भन्न लगाउदै। तर जति सुकै आरोप लगाए नि ट्रम्पलाई आरोपित मात्र सिद्ध गर्न सके, दोशी सिद्द गर्न सकेनन् । निर्वाचनका सम्बन्धमा गरिने अनेक मत सर्बेक्षणहरुमा पनि त्यहाका मिडियाले "हिलारी नै अगाडि छिन" भनेर एकोहोरो बनाइदियो- पुरै दुनियाँलाई।

हिलारी क्लिन्टनको 'इमेल काण्ड' लाई अनुसन्धान गरेर खासै त्यस्तो कै हैन भन्दै 'क्लिन चिट' दिइयो तर ट्रम्पको 'फीमेल काण्ड' को बारे केही निश्कर्श निकालिइएन। किनकी 'फीमेल कान्ड'को मुख्य उद्देश्य भनेकै ट्रम्पको चरित्र माथी आरोप लगाएर चुनाबी मत हिलारी तिर पार्नु थियो। अनुसन्धान गरिएको भए 'फीमेल कान्ड' असत्य साबित हुने भएकाले त्यो मुद्दालाई अनुसन्धान तिर लादै लगिएन । खाली मीडियामा उछाल्ने काम मात्रै भो।

ट्रम्प खराब छन भन्दै लाग्नु सट्टा त्यहाका मीडियाले हीलारी चै किन ट्रम्प भन्दा राम्रा उमेदवार हुन् भनेर लागेका भए सायद नतिजा अर्कै हुन सक्थ्यो। भोट भनेको जनताको मन हो। माया हो। सायद हीलारी तिर त्यो माया खनिन नि सक्थ्यो होला तर हिलारीका मुद्दा खासै नयाँ थिएनन्। प्रायः सबै पुराना। ओबामाको नितिलाई निरन्तरता दिईए जस्तो। ओबामाको नितिको निरन्तरता भनेको अमेरिका अहिले जेजस्तो छ त्यस्तै रहिरहनु हो । तर  बर्तमन बिश्व अर्थतन्त्रमा अमेरिकाको भुमिका क्रमशः खुम्चिदै गएको छ। बरु अन्य नयाँ  उदाउदा रास्ट्रले अ्मेरिकी प्रभावलाई कम गर्दै आफ्नो भुमिका बिस्तार गर्दैछन । यस्तो अबस्थामा अमेरिका बर्तमान गतिमै जानू भनेको राम्रो संकेत होइन (त्याहाका नागरिकका निम्ति) । त्यसैले पनि ओबामा नितिको बिकल्प खोज्नु थियो र त्यो बिकल्प ट्रम्प भैदिए।

अमेरिका बाहिर बाट हामीले हेर्दा जति सुन्दर देखिन्छ तर भित्रबाट हेर्दा त्यति धेरै सुन्दर छैन, कमसेकम अहिलेको समयमा। त्यहाँका हजारौं उद्योगहरु बिस्थापीत भएर अन्यत्र देशमा सरेका छन। अमेरिकि बजारमा जेजति मात्रामा श्रम शक्ति उत्पादन भैरहेको छ त्यो अनुपातमा रोजगारको सिर्जना हुन सकेको छैन। फेरि संसार भरीका आप्रवासीहरु पनि त्यहीँ थुप्रीने भएकाले त्यहाका रैथाने नगरिकले सजिलै रोजगार पाउने सम्भावना न्यून हुँदै गयो । आप्रवासीहरुले सस्तैमा श्रम बेच्ने भएकाले उद्योगमालिकलाई त फाइदा पुगेकै होला तर त्यहाका रैथाने अमेरिकनलाई गाह्रो हुने भैगयो।

अमेरिका र मेक्सिको बिच पर्खाल लगाउने जुन कुरा गरेका छन त्यो त्यति धेरै आपत्ति जनाउनु पर्ने विषय होइन। लागू औसधका माफियाहरुको जन्जालमा फसेको मेक्सिकोलाई छुने अमेरिकाको साध सिमानामा पर्खाल लगाउने कुराको किन यत्ती धेरै बिरोध भएको हो ? मैले बुझ्नै सकिन। मेक्सिकोबाट अमेरिका जान पास्पोर्ट भिसा अनिवार्य छ। पर्खाल लाएपछी पनि आज कानुनी रुपमा अमेरिका छिर्नेहरू यसै गरि जान पाउने नै छन् किनकी ट्रम्पले पर्खाल लाउछु मात्रै भनेका छन्, मेक्सिकनलाई छिर्नै दिन्न भनेका छैनन्। पर्खाल लगाइयो भने आज अबैधानिक रुपमा अमेरिका छिर्नेहरु छिर्न पाउदैनन्। लागू औषध ओसार पसार रोकिन सक्छ। 
ट्रम्पले पर्खाल बनाउन सक्लान् नसक्लान त्यो भविष्यले बताउने नै छ तर जे होस् त्यहाका जनताको 'सेन्टिमेन्ट' लाई 'क्याच' गर्न चै ट्रम्पको यो 'पर्खाल निति' ले राम्रो काम गर्‍यो।

हिलारीले "धनिहरुबाट बढी कर र गरिबहरुबाट कम कर असुलिनेछ" भनिरहदा ट्रम्पले "सम्पुर्ण नागरिकलाई नै धनी बनाउछु" भने। "अमेरिका अझै पनि संसारकै शक्तिशाली र इज्जत्दार मुलुक हो" भनेर हीलारीले भनिरहदा ट्रम्पले "अमेरिकाको भ्याल्यु घटेको छ, इज्जत घटेको छ, यसलाई फेरि पहिले जस्तै शक्तिशाली र महान बनाउछु" भन्ने जवाफ फर्काए।
हीलारी आप्रवासीहरुको भोट बटुल्न धाइरहेका बेला ट्रम्प रैथाने अमेरिकिहरुलाई प्राथमिक्ता दिनु पर्छ भन्दै लागे। अमेरिकाले अहिले अङ्गलेको कुटनिती राम्रो छ भन्ने हीलारीकी तर्कमा "अनेक बहानामा पैसा अरु मुलुकमा खन्याउने तर प्रतिफल शून्य" भन्ने कुरा ट्रम्पले गरे। ट्रम्पको आश्वासन छ-
"बिश्वका अन्य मुलुकमा अहिले अमेरिकाले गर्दै आएको हस्तक्षेप बन्द गरि आफ्नै देशका नागरीकलाई के कसरी उत्कृष्ट सेवा सुबिधा दिने ? म त्यता तिर लाग्छु।"

                    .....................

हार जितको कुरा:

अहिले जे/जसरी क्लिन्टनले हार्नुलाई एउटी महिलाले हारेको भनी टिका-टिप्पणी गरिदैछ तर यो चुनाबी परिणामलाई केबल त्यस्तो सतही पाराले मात्रै पनि हेरिनु हुदैन भन्ने मेरो मत छ । एक क्षणलाई मानौ हिलारी क्लिन्टनले जितेकी भए तब के त्यतिबेला एउटा केटालाई हराइयो भनी विश्लेषण गर्नु  मनासिब हुन्थ्यो/ हुन्छ ?  तसर्थ कुरा महिला पुरुषको होइन, कुरा चुनाबी मुद्दाको हो। कसले केकस्तो मुद्दा उठायो ? भन्ने महत्त्वपुर्ण सवाल हो। जनताले भोट दिने भनेको उम्मेद्बार महिला या पुरुष के हो ? भनेर हैन बरु उमेदवारले उठाएका मुद्दा हेरेर भोट दिने हुन्। हीलारीले हार्नु भनेको हीलारीको मुद्दाले हार्नु हो। 

त्यसै गरि अर्को तर्फ "ट्रम्पले जित्नु" भनेको "कुनै पुरुषले जित्नु" होइन। बरु "ट्रम्पको मुद्दाले जित्नु" हो। चुनाबमा मुद्दा महत्त्वपुर्ण मानिन्छ। उमेद्वारको लैङ्गकि पहिचान होइन। ट्रम्पको जितलाई कयौंले एउटा 'सन्की मान्छे' ले जित्यो भनेर भन्दैछन। ट्रम्प आवश्यकता भन्दा बढी नै उत्तेजित हुने स्वाभावका छन् यो सत्य हो तर ट्रम्पको जित हुनुको अर्थ  'उनको ब्याक्तित्व स्वाभावको जित हुनु हो' भन्ने अर्थ्याउनु भुल हुनेछ। ट्रम्पले उठान गरेका मुद्दा नै उनको जितको प्रमुख कारण हो । 

हेलारी क्लिन्टनको रास्ट्रपतिय भुमिका भन्नू नै बिल क्लिन्टन र ओबामाको रास्ट्रपतिय भुमिका सरह हो । दुबै 'अलरेडी टेस्टेड फ्लेभर' । खासै नयाँ कै गर्न नसकेकाहरु । ट्रम्प पनि खासै गतिला नहुन सक्लान तर 'अन्टेस्टेड पर्सन' प्रती ज्यादा भरोशा गरिन्छ- एक पल्टलाई।

 उदाहरणका लागि नेपालमा २०६४ सालमा भएको सम्भिधान सभाको चुनाबलाई लिऊ। त्यस बेला एमाले र काङ्रेस 'अलरेडी टेस्टेड' भएकाले 'अन्टेस्टेड' माओबादी लाई सोचे भन्दा बढी मत प्राप्त भएको थियो । तर अन्टेस्टेड वालाहरुले नि उस्तै हर्कत देखाए अर्को चुनाबमा पहिलेको भन्दा ठ्याक्कै उल्टो नतिजा निस्किन्छ। साक्षी हाम्रै राजनीतिक दललाई हेर्दा भो।

अहिले ट्रम्पको जित नेपालमा त्यति बेलाका माओवादीको जित जस्तै हो। अप्रत्याशित । हुन चै हो, तर नहुनु पर्ने जस्तो।


ट्रम्पको उदयलाई नेपालबाट हेर्दा:

- नेपालबाट लगभग डेढ लाख  नेपाली (मेरो ब्याक्तिगत अनुमान) अमेरिकामा छन्- त्यहिको बासिन्दा भएर बसेका। ती नेपालीलाई अब समस्या हुन सक्छ, अफ्ट्यारो पर्न सक्छ। यो सम्भावना छ तर जसरी अहिले बाहिर भनिए जसरी "अब त ट्रम्पले सबै आप्रवासी,डीभिधारी लगायत हरुलाई लखेट्छन" भनिदैछ सायद त्यतिसम्म नगरिएला। हो, अब आउदै गरेका र आगामी बर्षहरुमा अमेरिका छिर्नेहरुप्रती चै ट्रम्प अलि कडै गरि प्रस्तुत होलान्। हालसम्मको उनको भाषणले त्यस्तै सङ्केत गर्छ। 

ट्रम्पले भने झैं अमेरिकालाई सच्चिकै 'ग्रेट नेसन' बनाउनु उनको लक्ष्य भएकाले मानबधिकार लगायतका सवालमा उनले आँखा चिम्ली नहाल्लान कि ? बैधानिक किसिमले अमेरिका छिरिसकेका नेपालीहरुलाई त्यति साह्रो नपरे पनि अबैधानिक किसिमले त्यहा पुगेका नेपालीलाई चै साह्रो गाह्रो नै पर्ने पक्का छ ।

हुन त अमेरिकाको बिदेशनिती स्थाइ नै देखिन्छ तर अब ट्रम्पले जिते सङ्गै अमेरिकले लिने बिदेश नितिमा अलिकती भएपनी खुकुलो हुने अनुमान गर्न सहज भएको छ। अमेरिकाले आजसम्म गर्दै आएको तेस्रो मुलुकप्रतिको हस्तक्षेप नितिमा केही फेरबदल होला कि भनेर आशा गर्ने लाभ मिलेको छ। नेपाल अमेरिकी प्रभावबाट अछुतो छैन। भारतको काधमा टेकेर अमेरिकाले नेपाल नीति हेर्दै आएको देखिन्छ । यदि ट्रम्पले भने झैँ गर्न सके भने अमेरिकाले अन्य देशमा आजसम्म मानव अधिकार, जलवायु, आतंकबादका नाममा गर्दै आएको लफडा कम हुँदै जाला। भारत पनि आफ्नो पछिपछी अमेरिका नआउदा नेपालप्रती अलि नरम होला।  अहिले अमेरिकाको साथ पाएकैले हो भारतले नेपालमा खुल्लम खुल्ला हस्तक्षेप गरेको। एसियाबाट अमेरिकाको 'दादागिरी' हट्यो भने चीन र भारत यी दुई शक्तिशाली मुलुकका बीच शक्ति सन्तुलन कायम रहला। दुबै देश (चीन र भारत) को शक्ति सन्तुलनले नेपाललाई हित नै गर्ला । नेपाल मात्रै होइन, बिश्वका अन्य मुलुक जहाँ आज अमेरिकाको 'दादागिरी' छ, त्यो हट्ला । अथवा कै न कै भए नि कम होला। 

अब आउदा दिनमा हेरौं ट्रम्प आफ्नो चुनाबी प्रतिबद्धतामा केकत्तिकी अडिग हुन्छन् ?

हेरौं, ....... उनले भनेको 'ग्रेट नेसन' के कसरी बनाउछन ?


निरक्षर निरौला

No comments:

Post a Comment