आमा प्रती समर्पित बिचारहरू ...
# मान्छेको स्वाभाव देखेर पनि म बडो छक्क पर्छु, साक्षात इस्वरलाई ब्रिद्धा-आश्रममा राखेर इस्वर भेट्न् भन्दै चार धाममा निस्किएका छन् ।
# धन्न, बर्षको ३६५ दिनमा एउटा दिन 'आमाको मुख हेर्ने दिन' छ र मान्छेले आमालाई बिर्सेंका छैनन । नत्र त्यो एक दिन पनि नहुदो हो त आमाहरू कसरी बाच्थे होलान ?
# फेसबूकमा आमाको फोटो तिनिहरूले मात्रै राख्छन, जस्ले आमालाई कहिल्यै दिलमा राख्न सकेनन् ।
# यि शब्दहरूमा त्यती ताकत कहाँ छ र जस्ले आमाको महिमा दर्शाउन सकोस् ।
# आज जेजती आमाहरूले उपहारमा फलफुल, मिठाइ पाउनु भो, उहाहरूलाई मेरो बिन्ती छ । आफ्ना छोरा छोरीलाई यो प्रश्न बिर्सेंर पनि नसोध्नु- "म प्रतिको यत्रो प्रेम ३६४ दिन कहाँ थ्यो ?"
# 'आमाको मुख हेर्ने' दिनमा सप्पैलाई मेरो आग्रह छ- कृपया आमाको मुख मात्रै हेर्नु होला, उहाँको आँखा हैन । किनकी आँखा हेर्नु भो भने त्यहा आसु हुनेछ र त्यो आसुले तपाईंलाई धिक्कर्ने छ ।
- शंकर निरौला 'निरक्षर'
No comments:
Post a Comment