गजल
तर्क- बितर्क मनमा, केके हो केके आइरहन्छ ॥
कस्तो- कस्तो चिन्ता, हर बखत मलाई रहन्छ ॥
कस्तो- कस्तो चिन्ता, हर बखत मलाई रहन्छ ॥
कोइ-कोइ दिन दुगुना रात चौगुना, मालामाल हुँदैछन
तर आफ्नो भने प्रगती एक दुई अनी अढाइ रहन्छ ॥
तर आफ्नो भने प्रगती एक दुई अनी अढाइ रहन्छ ॥
सम्पत्तिको मामिला जब छेडिन्छ, कसैको घरमा
तब न दाई, दाई रहन्छ, न भाई, भाई रहन्छ ॥
तब न दाई, दाई रहन्छ, न भाई, भाई रहन्छ ॥
दैबले पनि साथ छोडेपछी, अपवाद बनेको छ यौटा-
थाहा छैन मेरो छायाले किन मलाई पछ्याइरहन्छ ॥
थाहा छैन मेरो छायाले किन मलाई पछ्याइरहन्छ ॥
झुपडीमा बस्ने म बाबुरो ! भन्नुस्, कसरी निदाउँ ?
जब सम्म मेरो दुश्मनको हातमा सलाई रहन्छ ॥
No comments:
Post a Comment