गजल
सम्झना बगेर आउँदै छन् छालहरूमा ॥
कयौँ याद टाँसिएका छन् रूमालहरूमा ॥
कयौँ याद टाँसिएका छन् रूमालहरूमा ॥
समस्याभित्रै समाधान लुकेर बसेको हुन्छ
जवाफ निहित छ तिम्रै सवालहरूमा ॥
जवाफ निहित छ तिम्रै सवालहरूमा ॥
गरीब लाचार भएर कति चाँडै घाट पुग्छ
पैसाले जीन्दगी किनिन्छ अस्पतालहरूमा ॥
पैसाले जीन्दगी किनिन्छ अस्पतालहरूमा ॥
केहि गर्दा पनि जब बलेन घरको चुलो
भोक पस्केर दिन्छिन् आमा थालहरूमा ॥
भोक पस्केर दिन्छिन् आमा थालहरूमा ॥
आश्रममा छोडेर हिँड्ने बेला छोरोले भन्यो -
बा ! बिउ जोगाउनै पर्छ अनिकालहरूमा ॥
बा ! बिउ जोगाउनै पर्छ अनिकालहरूमा ॥
तिमी परदेश हिँडेदेखि आजसम्मै पनि
मेरा आँखा टोलाई बस्छन् झ्यालहरूमा ॥
मेरा आँखा टोलाई बस्छन् झ्यालहरूमा ॥
कोहिकसैमा भेटिएन आज त्यस्तो देशभक्ति
जस्तो हिजो हुने गर्थ्यो गङ्गालालहरुमा ॥
जस्तो हिजो हुने गर्थ्यो गङ्गालालहरुमा ॥
No comments:
Post a Comment